Tag: डाँका

  • धनुषाको पेट्रोल पम्पमा डकैती, रड प्रहारबाट मालिक घाइते

    धनुषाको पेट्रोल पम्पमा डकैती, रड प्रहारबाट मालिक घाइते

    जनकपुरधाम । धनुषाको विदेह नगरपालिका-७ स्थित रोसन ज्योती पेट्रोल पम्पमा डकैती भएको छ ।

    १०/१२ जना डाँकाहरूको समूहले मध्यरातमा आएर नगद, सुनचाँदी र मोवाइल लुटेर लगेका छन् । डाँकाहरूले रड प्रहार गर्दा पेट्रोल पम्पका सञ्चालक शम्भुनारायण साहको टाउकोमा चोट लागेको छ । जकपुरस्थित प्रादेशिक अस्पतालमा उपचाररत साहको टाउकोमा सात टाँका लगाइएको छ ।

    डाँकाहरूले ६ लाख नगद, ६/७ तोला सुन र केही चाँदी लुटेर लगेको उनले जानकारी दिए । पीडितले गिद्धा प्रहरी चौकीमा खबर गरे पनि प्रहरी घटनास्थल पुग्दा उनीहरू भागिसकेका थिए ।

  • मध्य तराईका कुख्यात डाँका पासवान पक्राउ

    मध्य तराईका कुख्यात डाँका पासवान पक्राउ

    जनकपुरधाम । पछिल्ला केहि वर्षदेखि मध्य तराईमा भएका डकैतीका घटनामा संग्लग्न रहेको पाइएका कुख्यात डाँका चन्दन पासवानलाई प्रहरीले पक्राउ गरेको छ ।

    विदेह नगरपालिका ४, धनुषाका ४० वर्षीय पासवान सिरहाको लहान नगरपालिका–७ स्थित सुनचाँदी व्यावसायी राजेश शारडाको घरमा भएको डकैती घटनामा पनि संग्लग्नता देखिएको प्रहरीले जनाएको छ । त्यसपछि उनी सर्वाधिक खोजीको सूचीमा थिए । घरमा आएको विशेष सूचना पाएका प्रदेश प्रहरीले मंगलवार साँझ उनलाई पक्राउ गरेको हो ।

    ०७७ चैत ३० मा शारडाको घरमा हतियारधारी डाँकाको समूह प्रवेश गरी उनका बुवा भगिरथ र परिवारका सदस्यको कञ्चटमा पेस्तोल तेर्साएर सुनचाँदी लुटपाट गरेको घटनामा पासवानको संलग्नता रहेको प्रहरीको अनुसन्धानले देखाएको छ । उनलाई आवश्यक कारबाहीका लागि ईलाका प्रहरी कार्यालय लहान पठाइएको छ ।

    धनुषा प्रहरीका प्रवक्ता डीएसपी मकेन्द्र मिश्रका अनुसार रुपन्देहीको तत्कालीन चिल्हिया गाबिस ६ का फतेसिंह राणा र उत्तमकुमार क्षेष्ठको घरमा भएको डकैती घटनामा पनि पासवानको संग्लग्नता रहेको थियो । त्यहाँका प्रहरीले पनि उनीमाथि डाँका मुद्दा दर्ता गरेको छ ।

    यस्तै डकैतीका घटनामा संलग्न पासवानमाथि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा पनि मुद्दा दर्ता छ । पासवानमाथि अन्य ठाउँमा पनि मुद्दा रहेको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।