Tag: डढेलो

  • किन लाग्छ डढेलो ? ९ वर्ष यताकै धेरै आगलागी यसपालि

    किन लाग्छ डढेलो ? ९ वर्ष यताकै धेरै आगलागी यसपालि

    काठमाडौं । आइतबार नेपाली सेनाको सुरक्षा घेरा भित्र रहेको शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा डढेलो लाग्यो । ८ घण्टापछि हेलिकप्टरबाट पानी खन्याएर आगो नियन्त्रणमा लिइयो । तर डढेलो के कारणले लाग्यो ? अझै खुल्न सकेको छैन ।

    गएको शुक्रबार बिहान चोभारको जंगलमा डढेलो लाग्यो । स्थानीयले देखेपछि दमकल बोलाएर आगो निभाइयो । दमकलले आगो निभाएर गएको केही समयमै पुनः सोही क्षेत्रमा आगलागी भयो । स्थानीय जुटेर आगो निभाए । चोभार जंगलमा कसरी बारम्बार आगलागी भयो ? अझैं खुल्न सकेको छैन ।

    यी त प्रतिनिधि उदाहरण मात्रै हुन् । देशका विभिन्न जिल्लामा अवस्थित वनहरुमा दैनिक जसो डढेला लाग्ने गर्छ । अहिले काठमाडौं लगायतका शहरमा बढेको प्रदूषणको मुख्य कारण डढेलो पनि हो । विगत ९ वर्षयताको तथ्यांक हेर्ने हो भने । हाल डढेलो चार गुणाले बढेको छ ।

    राष्ट्रिय विपद तथा जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विगतका वर्षहरुमा नेपालमा वार्षिक सरदर २ हजार ५ सय डढेलोको घटना दर्ता हुने गर्थे । यो वर्ष एकैदिन ५ सय वटासम्म डढेलोको घटना दर्ता भएका छन् । डढेलोका कारण वार्षिक २ हनार हेक्टर वन क्षेत्र नोक्सान हुने गरेको प्राधिकरणको तथ्यांक छ ।

    किन लाग्छ वनमा वर्षेनी डढेलो ?

    एक अध्ययनका अनुसार नेपालमा हुने अधिकांश डढेलो ‘नियोजित’ हो । झण्डै ६४ प्रतिशत डढेलोका घटना कृत्रिम छन् । प्राकृति कारणले वनमा डढेलो लाग्ने घटना ज्यादै न्यून रहेको अध्ययनको प्रक्षेपण छ । विज्ञहरुका अनुसार मानवीय लापरवाही र वन पैदावरको अनुचित लाभ लिने उद्देश्यले नै धेरै डढेलो लाग्ने गरेका छन् । वनविज्ञ भोला भट्टराई विगतमा जस्तो प्राकृति डढेलोका घटनाहरु नगन्य रहेको बताउँछन् । ‘पहिले प्राकृतिक हिसाबले वनमा डढेलो लाग्थ्यो । अहिले मान्छेले कि त जानेर कि त लापरवाही गरेर डढेलो लाग्ने गरेको छ । वन पैदावरको चोरी शिकारी वा नयाँ पालुवाका लागि पनि डढेलो लगाइदिने क्रम बढेको छ’, भट्टराईले भने ।

    उनका अनुसार वनजंगलमा डढेलो लाग्नुको मुख्य कारण ३ वटा छन् । पहिलो लापरवाही, दोस्रो नियोजित र तेस्रो जंगली जनावर भगाउने उपाय स्वरुप । उनी भन्छन्, ‘बाटो हिड्दा चुरोट विँडी खाएर ननिभाई फाल्दिने, गोठाला गएकाहरुले घासको लोभमा आगो लगाइदिने, तथा जगंली जनावरलाई भगाउन आगो लगाउने प्रवृति धेरै देखिएको छ ।’

    सरकारले डढेलो नियन्त्रणमा प्रभावकारी कदम नचालेको उनी बताउँछन् । सरकारले जनतालाई डढेलो नियन्त्रणबारे पर्याप्त जानकारी गराउन नसकेको उनको भनाइ छ । ‘सरकार आफैंले सिकेको छैन , अरुलाई के सिकाउँला ? अहिलेको विल्कप भनेको नै सबैलाई जिम्मेवार हुन सिकाउनु हो । नियोजित रुपमा डढेलो लगाउनेलाई कारवाही गर्नुपर्ने हो तर कारबाही हुँदैन । कानून फितलो हुँदा दैनिक यस्ता घटना बढिरहेका छन्’, उनले भने ।

    डढेलोका कारण प्रदूषण मात्र होइन तर विभिन्न लोपोन्मुख बोटबिरुवा र जनावरहरूको अस्तित्व समेत संकटमा पर्दै गएको छ ।

    तर्साउने तथ्यांक

    राष्ट्रिय विपत न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो केही दिनको तथ्यांक हेर्ने हो भने अवस्था गम्भीर छ । सोमबार मात्रै २ सय ३० ठाउँमा आगलागी हुँदा ४० जिल्ला प्रभावित भएका छन् भने आइतबार ३ सय ९७ ठाउँमा आगलागी हुँदा ४७ जिल्ला प्रभावित भए । गत शनिवार ४ सय ४० ठाउँमा आगो लागेको थियो भने ४६ जिल्लामा क्षति पुग्यो । गत शुक्रबार २ सय ७८ वटा वनमा डढेलो लाग्दा ४१ जिल्ला प्रभावित बन्न पुग्यो । बिहीबार १ सय ८५ वनमा आगो लाग्दा ३८ जिल्ला प्रभावित बन्यो ।

    डढेलोबाट सबैभन्दा धेरै पश्चिम तराईका जिल्लाहरु प्रभावित भएका छन् । पहाडदेखि तराईसम्म जताततै डढेलो लागेको छ । गत चैत २२ गते एकैदिन सबैभन्दा धेरै ७ सय ९८ वनमा डढेलो लागेको थियो । जसबाट ६१ जिल्ला प्रभावित भएका थिए । यस्तो डढेलोको घटना जेठसम्म नै निरन्तर रहने विज्ञहरुको अनुमान छ ।

    डढेलोबाट कसरी जोगिने ?

    राष्ट्रिय विपद तथा जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव सुन्दरप्रसाद शर्मा डढेलोबाट बस्ती र वन्यजन्तु जोगाउन बढी संवेदनशील हुनुपर्ने बताउँछन् । डढेलो लागेको वनमा मान्छेहरुको आवतजावत रोक्नुपर्ने शर्माको सुझाव छ ।

    आगो लागिहालेको अवस्थामा अग्निय रेखा बनाएर वन तथा बस्ती जोगाउन उनको सुझाव छ । ‘डढेलो नियन्त्रणमा स्थानीय समूदायको भूमिका एकदमै महत्वपूर्ण हुन्छ । स्थानीयको सहयोग विना डढेलो नियन्त्रण गर्न गाह्रो पनि छ । सकभर डढेलो लाग्न नदिऔं, लागिहाले स्थानीय नै सचेत हुनुपर्छ’, शर्माले भने ।

    चुरोटको ठुटा निभाएर मात्र फाल्ने, वनभोज खान जाँदा आगोलाई राम्रो सँग निभाउने, सकभर सलाई लाइटर लिएर वनमा नजाने, वनमा डढेलो लागेको देखे सबैभन्दा पहिला प्रहरी वा नगरपालिकालाई खबर गर्ने लगायतका काम गर्न शर्माको सुझाव छ ।

    डढेलो नियन्त्रणमा साधनको अभाव

    नेपालमा डढेलो नियन्त्रणका लागि भरपर्दो साधन र उपकरणकै अभाव रहेको विज्ञहरु स्वीकार्छन् । डढेलो नियन्त्रणका लागि डिभिजन वन कार्यालयबाट टोली खटिने गरे पनि अत्याधुनिक प्र्रविधिको प्रयोग हुन सकेको छैन । त्यस्ता टोलीले स्याउलाकै भरमा डढेलो नियन्त्रणको प्रयास गर्दै आएका छन् । डढेलो नियन्त्रणका लागि सरकारले पर्याप्त बजेट र साधन उपलब्ध गराउनुपर्ने देखिन्छ ।

    डढेलो लगाउनेलाई के कारबाही हुन्छ ?

    वन जंगलमा लाग्ने डढेलो अधिकांश स्थानीयले नै लगाउने गरेको अध्ययनले देखाएको छ । वनजंगलमा आगो लगाउनेलाई सरकारले कारबाही गर्ने व्यवस्था पनि गरेको छ ।

    वन ऐन २०७६का अनुसार राष्ट्रिय वनमा आगो लगाउने र आगलागी हुने कुनै कार्य गरेमा क्षति भएको बिगो असुल गरी ३ वर्षसम्म कैद वा ६० हजार जरीवाना अथवा दुवै सजाय हुनसक्छ ।

    सुराक दिने वा अपराधी पक्राउ गर्न सहयोग गर्ने संस्था वा व्यक्तिलाई कसुरदारले तिर्ने जरिवानाको दश प्रतिशत पुरस्कार स्वरुप दिने व्यवस्था रहेको छ । तर हालसम्म प्राधिकरणसँग कति कारबाहीमा परे भन्ने जानकारी छैन । वनजंगलमा आगो कसले लगायो ? भन्ने समेत पत्ता लाग्दैन ।

    प्राधीकरणका उपसचिव सुन्दरप्रसाद शर्मा भन्छन्,‘डढेलो लगाउने व्यक्तिलाई पत्ता लगाउनु गाह्रो काम रहेछ । अब कहिलेकाहीँ लगाएको हुन्छ । पर्याप्त प्रमाणको अभावमा उनीहरुलाई छोड्नुपर्ने बाध्यता रहन्छ । अहिलेसम्म कति कारवाहीमा परे जानकारी छैन ।’

    धेरै डढेलो यसपालि

    विशेष गरी कात्तिक देखि जेठसम्म बढी डढेलोको घटना हुने गर्दछ । यसवर्ष डढेलोको मुख्य समय सुरु नहँुदै ३ हजार भन्दा बढी आगलागीका घटना भइसकेका छन् । पछिल्लो ९ वर्षको तथ्यांक हेर्ने हो भने यसपालि ४ गुणा बढी डढेलो लागेको छ ।

    प्राधीकरणको तथ्यांकअनुसार २०६८ कात्तिकदेखि चैतसम्म ३ सय ७९ डढेलोको घटना भए जसमा ४० जिल्ला प्रभावित बन्यो । ०७० कात्तिकदेखि चैतसम्म २ सय ६९वटा डढेलोको घटना भएकोमा ४० जिल्ला डढेलोबाट प्रभावित भयो । ०७१ मा १ सय ९ डढेलोबाट ३१ जिल्लाको जंगलमा क्षति पुग्यो । त्यस्तै ०७२ सालमा मात्रै ६७ जिल्लामा ९ सय ८९ वटा डढेलोको घटना घट्यो । ०७३ मा ५२ जिल्लामा ३ सय २४ वटा डढेलोको घटना घट्यो । त्यसैगरी ०७४ मा ६ सय १७ वटा डढेलो घटनाबाट ६४ जिल्ला प्रभावित भएको थियो ।

    यस्तै ०७५ मा ८ सय २९ वटा डढेलोको घटना भएको थियो । जसबाट ६३ जिल्लाको वनमा क्षति पुगेको थियो । गत वर्ष १ सय ८८ वटा आगलागीको घटना भयो जसबाट ४० जिल्ला प्रभावित भयो । यस वर्ष कात्तिकदेखि चैतको दोस्रोसातासम्म २ हजार ७ सय १३ घटना भइसकेका छन् । जसबाट ७३ वटा जिल्ला प्रभावित भएको तथ्थाङकले देखाएको छ ।

    हेलिकप्टरबाट आगो निभाउन सम्भव छैन- प्राधीकरण

    शिवपुरी राष्ट्रिय निकुञ्जको वनमा लागेको आगो हेलिकप्टरबाट पानी ओसारेर निभाइएको थियो । आगो निभाउन हेलिकप्टर उत्तम विकल्प भए पनि सबै स्थानमा सम्भव नहुने प्राधीकरणको भनाइ छ । डढेलो नियन्त्रणमा हेलिकप्टरको प्रयोग खर्चिलो र झन्झटिलो हुने गरेको छ ।

    ‘बस्ती र सांस्कृति धरोहर नजिकै ठूलो डढेलो लाग्यो भने आपतकालीन रुपमा हेलिकप्टरको प्रयोग हुनसक्छ तर जताततै हेलिकप्टरबाट डढेलो निभाउन सम्भव छैन’, प्राधीकरणका उपसचिव शर्माले भने । डढेलो नियन्त्रणका लागि अन्य प्राविधिक तयारीसँगै जनचेताना अभिवृद्धि नै महत्वपूर्ण माध्यम रहेको जानकारहरु बताउँछन् ।

  • काभ्रेका ३३ जंगलमा डढेलो, काँक्रेमा नियन्त्रण बाहिर

    काभ्रेका ३३ जंगलमा डढेलो, काँक्रेमा नियन्त्रण बाहिर

    काभ्रे । नमोबुद्ध नगरपालिका-७ काँक्रेस्थित जंगलमा शनिबार भएको आगलागी नियन्त्रण बाहिर रहेको छ । काँक्रेको पौवाडाँडामा शनिबार बिहान १० बजेबाट सुरु भएको आगलागी घोरेटो भिर, सीताघारी हुँदै अहिले ल्याँसे जंगलतर्फ गइरहेको छ ।

    आगलागी नियन्त्रण गर्न शनिबार राति १२ बजेसम्म नगरको दमकल, स्थानीयवासी, जनप्रतिनिधि, प्रहरी र भकुण्डेस्थित २६ बाहिनीका नेपाली सेना प्रयासरत रहेको वडाध्यक्ष धर्म लामाले बताए। ‘आगलागी नियन्त्रण बाहिर गइसेकको छ, अब पुनः सबै मिलेर नियन्त्रणमा लाग्ने तयारीमा गर्दैछौं,’ उनले भने । वडाध्यक्ष लामाका अनुसार अहिले ल्याँसे जंगलमा ठूलाठूला आगो र धुँवाको मुस्लो देखिएको छ ।

    आगलागी भएको जंगल छेउछाउ मानव बस्ती नभए पनि बारी र दुई/चार संख्यामा गोठ रहेको लामाले बताए । आगलागी फैलिएर मानव बस्तीतिर आउसक्ने देखिए जिल्लास्थित विपद्–उद्धार समितिमार्फत् थप उपकरणसहित सहयोगी जनशक्ति ल्याइने उनले बताए ।

    दुई महिनामा ३३ वनमा डढेलो

    काँक्रेको आगलागीसमेत गरी दुई महिनाको अवधिमा काभ्रेका ३३ सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रमा डढेलो लागेको छ । जिल्ला वन कार्यालय धुलिखेलका अनुसार फागुन महिनाको पहिलो सातादेखि चैतको अन्तिम सातासम्म ३२ वन क्षेत्रको ६ सय ५० हेक्टरमा डढेलो लागेको हो । काँक्रेबाहेक सबै आगलागी नियन्त्रणमा आइसकेको कार्यालयले जनाएको छ । कार्यालयका सहायक वन अधिकृत न्हुच्छेमान श्रेष्ठका अनुसार फागुन पहिलो साता भुम्लु गाउँपालिका-४ स्थित लाँकुर भलभुले, चापानी, धारापानी र लाम्राङ आहालडाँडा सामुदायिक वनमा आगलागी भएको थियो ।

    त्यसलगत्तै भुम्लुकै वडा नं ५ स्थित छेकर्पा र फागरखोला सामुदायिक वन तथा वडा नं ९ को घट्टेखोला सामुदायिक वन, चौँरीदेउराली गाउँपालिका-१ स्थित साँगास्वती, वडा नं ७ को मादन सल्लेरी सामुदायिक वनमा आगलागी भएको थियो । खानीखोला गाउँपालिका-५ को फर्लेक धारपानी र गोल्मे सामुदायिक वन, पनौती नपा–५ चौकोटस्थित गैह्रीगाउँ, नमोबुद्ध नपा-३ को चरुवा सामुदायिक वन, मण्डनदेउपुर नपा-११ स्थित जैसिथोक सामुदायिक वन, वडा नं ९ को जुकेपानी, घ्याम्पेपानी र पौवा सामुदायिक वनमा डढेलो लागेको कार्यालयले जनाएको छ ।

    यसैगरी बेथानचोक गाउँपालिका-५ र ६ वडास्थित राष्ट्रिय वन क्षेत्र तथा ५ नं वडाको दक्षिण भारत, चिसापानी सामुदायिक वन, ३ नं वडास्थित नारायणस्थान र गोरखनाथ सामुदायिक वन, २ नं वडाको जनजागृति, महाँकाल, पाट्नेखोला, खहरे, डुकुल्चे र अमिलचौर सामुदायिक वन क्षेत्रमा डढेलो लागेको सहायक वन अधिकृत श्रेष्ठले जानकारी दिए । उनका अनुसार पाँचखाल नपा-९ को सिम्ले लामीडाँडा र भान्छेपोखरी सामुदायिक वन, महाभारत गाउँपालिका-४ स्थित सार्दुङमुलेङ्ख सामुदायिक वन तथा ५ नं वडास्थित दुङ्गरीपाखा सामुदायिक वनमा डढेलो लागेको थियो ।

    नौ स्थानीय तहका जंगलमा आगलागी

    काभ्रेपलाञ्चोकको नौ स्थानीय तहका जंगलमा आगलागी भएको कार्यालयको तथ्यांकले देखाएको छ । तथ्यांकमा सबैभन्दा बढी बेथानचोक गाउँपालिकाको २९ हेक्टर, भुम्लुको १ सय ४५ हेक्टर, खानीखोलाको ९० हेक्टर, चौँरीदेउरालीको ७८ हेक्टर, महाभारतको ३३ हेक्टर जंगलमा डढेलो लागेको उल्लेख गरिएको छ । साथै पनौती नगरको २५ हेक्टर, मण्डनदेउपुर नगरको २२ हेक्टर, नमोबुद्ध नगरको पाँच र पाँचखाल नगरको तीन हेक्टर जंगलमा आगलागी भएको थियो ।

    डढेलोबाट विशेषगरी जंगलमा रहेका साना बोट-बिरुवाका साथै वन्यजन्तु विस्थापनमा परेको कार्यालयले जनाएको छ । आगलागी भएका केही जंगलमा स्थानीयबासी तथा सुरक्षाकर्मीको सहकार्यमा नियन्त्रणमा ल्याइएको थियो भने कतिपय जंगलको डढेलो आफैं नियन्त्रणमा आएको जनाइएको छ ।

    विगतका वर्षको तुलनामा यस वर्ष लामो खडेरी परेका कारण पनि अधिकांश सामुदायिक वनमा डढेलो लागेको हुनसक्ने अनुमान गरिएको छ ।

    पाँच वर्षअघि यही समयमा काभ्रेका विभिन्न सामुदायिक वनको डढेलोले करिब एक हजार ३ सय हेक्टर क्षेत्र नष्ट भएको जिल्ला वन कार्यालयको तथ्यांकमा उल्लेख छ । कार्यालयका अनुसार विसं २०७२ को फागुनदेखि वैशाखसम्मको डढेलोले जिल्लाको दक्षिणी महाभारत पहाड शृङ्खलामा बढी क्षति पुर्‍याएको थियो ।

    त्यसबेला महाभारत क्षेत्रको २ सय ५० हेक्टर, जनागाल क्षेत्रको ५५ हेक्टर, नारायणस्थान क्षेत्रमा ६० हेक्टर, खोपासी क्षेत्रमा ३३९ हेक्टर र चौबासमा ७० हेक्टर सामुदायिक वनमा डढेलो लागेको थियो ।

    वन कर्मचारीप्रति बदलाको भावना, जंगलमा घाँस पलाउने धारणा, वनमा रहेका बोटबिरुवामा राम्रो फल फल्ने आशा, चोरी शिकारीले जंगलीजन्तुको शिकार गर्न सहज बनाउने उद्देश्यले जिल्लाका सामुदायिक वनमा डढेलो लगाउने गरेको बताइन्छ ।

    त्यसयता सामुदायिक वनमा डढेलो लाग्न नदिन कार्यालयले जिल्लाका विभिन्न स्थानमा चेतनामूलक होडिङ बोर्ड राख्नुको साथै डढेलोबाट हुने बेफाइदा, हानी-नोक्सानी र कानूनी व्यवस्थाका बारेमा माइकिङसमेत गर्दै आएको छ ।

    रासस

  • एकै दिन १८ जिल्लाका २८ जंगलमा डढेलो (सूचीसहित)

    एकै दिन १८ जिल्लाका २८ जंगलमा डढेलो (सूचीसहित)

    काठमाडौ । शुक्रबार एकै दिन १८ जिल्लाका २८ जंगलमा डढेलो लागेको छ । सोही डढेलोको असरले आज काठमाडौंको वायूमण्डलमा उच्च प्रदुषण फैलियो । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार खोटाङ र भोजपुरका तीन-तीन, सुनसरी, मकवानपुर, कपिलवस्तु, तेह्रथुम र सल्यानका दुइ-दुइ ठाउँमा डढेलो लागेको हो । गोरखा, धनकुटा, मोरङ, तेह्रथुम, बाग्लुङ, दाङ, नवलपरासी, कैलाली, कञ्चनपुर, काठमाडौं, गुल्मी र बैतडीका एक-एक जंगलमा पनि डढेलो लागेको छ ।

    गोरखाको आरुघाट गाउँपालिका सात सादोबाटोस्थित सालघारी जंगल, सुनसरीको रामधुनी नगरपालिका २ कालिझोडा सामुदायिक वन र रामधुनी सामुदायिक वन, खोटाङको केपिलासगढी गाउँपालिका तीन बासपानीस्थित सल्लेरी सामुदायिक वन, खोटाङकै बराहपोखरी गाउँपालिका एक डानसिङस्थित रक्तमाला सामुदायिक जंगल र खोटाङकै खोटेहाङ गाउँपालिका ६ बालडाडास्थित बाजगरा सामुदायिक वनमा आगलागी भएको हो ।

    धनकुटाको चौबिसे गाउँपालिका ३ स्थित भोटे पौवा चिसापानी सामुदायिक वन, मोरङको लेटाङ नगरापालिका २ बुधबारे वन, भोजपुरको पौवादुङबा गाउँपालिका ५ चौकीबारीस्थित सिन्द्राङ सामुदायिक वन, भोजपुरकै हतुवागढी गाउँपालिका ८ बारीगाउँस्थित मालढुंगा सामुदायिक वन, गाउँपालिकाकै खाम्चीमा राष्ट्रिय वनमा डढेलो लागेको छ ।

    तेह्रथुमको छथर गाउँपालिका ३ पञ्चकन्यास्थित धामी सामुदायिक वन, मकवानपुरको कैलाश गाउँपालिका ७ स्थित बाल्पाङ वन, जिल्लाकै मनहरी गाउँपालिका १ चकरी घैया डाँडास्थित हरियाली सामुदायिक वन, बाग्लुङको बरेङ गाउँपालिका ३ चाँजास्थित चाँदा सामुदायिक वन, कपिलवस्तुको बुद्धभुमी नगरपालिका ३ बक्तापुरस्थित जागृती सामुदायिक वन, जिल्लाकै शिवराज नगरापालिका ३ मदवास्थित साझेदारी सामुदायिक वनमा डढेलो लागेको हो ।

    यस्तै, दाङको लमही नगरपालिका १ सितलापुरस्थित देवस्थान सामुदायिक वन, नवलपरासी पश्चिमको बर्दघाट नगरापालिका १० संसारकोटस्थित हरियाली सामुदायिक वन, कैलालीको धनगढी उपमहानगरपालिका १५ उर्मिस्थित कालिका सामुदायिक वन, कञ्चनपुरको शुक्लाफाटा नगरपालिकास्थित जनज्योती सामुदायिक वन, तेह्रथुमको लालिगुँरास नगरपालिका ६ सल्लेरी सालघारी सामुदायिक वनमा पनि डढेलो लागेको छ ।

    काठमाडौंको दक्षिणकाली नगरपालिका ५ को डल्लु सामुदायिक वन र चुनीखानी पाखोस्थित जंगल, गुल्मीको मुसिकोट नगरापालिका ५ खर्बाङस्थित जंगल, सल्यानको सारदा नगरपालिका १३ स्थानिखालस्थित चौतारी सामुदायिक वन र बिन्केश्वरी सामुदायिक वन, बैतडीको सिगार गाउँपालिका ८ स्थित मधुवन जंगलमा डढेलो लागेको हो ।

         शुक्रबार कहाँ लागेको डढेलोले कति क्षती पुयार्यो ?

    शुक्रबार गोरखाको आरुघाट गाउँपालिका वडा नम्बर सातको सातदोबाटोस्थित सालघारी जंगलमा लागेको डढेलो निभाउने क्रममा ७२ वर्षका एक जना जेष्ठ नागरिकको मृत्यु पनि भएको छ । यस्तै १८ जिल्लाका २८ जंगलमा लागेको डढेलोबाट ११ लाख ८५ हजार रुपैयाँ बरावरको क्षती भएको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

  • काठमाडौंमा दिउँसै अँध्यारो, डढेलोको असरले आँखा पोल्ने प्रदुषण

    काठमाडौंमा दिउँसै अँध्यारो, डढेलोको असरले आँखा पोल्ने प्रदुषण

    काठमाडौं उपत्यकामा शुक्रबार अनायास मौसम बिग्रिएर दिउँसै अँध्यारो छाएको छ । साथै, घरभित्रै बस्दा पनि आँखा पीरो हुने गरी वायु प्रदुषण बढेको छ ।

    अहिले पानी पर्ने वा हावाहुरी आउने कुनै सम्भावना नभएको मौसमविद्ले बताएका छन् । उनीहरूको भनाइअनुसार मकवानपुर, चितवन र पर्साका जंगलमा लागेको डढेलोले गर्दा काठमाडौंको आकाश खराब भएको हो ।

    वातावरणविद् भुषण तुलाधरले काठमाडौंमा मात्र नभएर देशका अन्य ठाउँमा पनि वायू प्रदुषण बढेको बताए । प्रदुषणले गर्दा आँखा पोलेको मात्र नभइ कतिपयमा स्वासप्रश्वासको समस्या समेत देखिने उनको भनाइ छ । ‘प्रदुषण बढेको ठाउँमा अनिवार्य मास्क लगाएर बाहिर आवतजावत गर्नुपर्छ,’ उनले भने ।

    जनस्वास्थ्यविद् समीरमणी दिक्षितले अहिलेको वातावरणमा ज्येष्ठ नागरिक र स्वास्प्रश्वास सम्वन्धी समस्या भएकाहरुले सावधानी अपनाउनुपर्ने बताएका छन् । उनले ट्वीटरमा लेखेका छन्, ‘सकेसम्म कम र परेको खण्डमा मास्क लगाएर मात्रै बाहिर निस्कौं । मर्निङ वाक केही दिनलाई रोकौं ।

  • जनस्वास्थ्यविद भन्छन्ः प्रदुषणले बच्चा र ज्येष्ठ नागरिक जोखिममा

    जनस्वास्थ्यविद भन्छन्ः प्रदुषणले बच्चा र ज्येष्ठ नागरिक जोखिममा

    काठमाडौं । देशका विभिन्न स्थानमा लागेको डढेलोका कारण काठमाडौंको वायू प्रदुषण उच्च तहमा पुगेको छ । यो अवस्थामा खासगरि बालबच्चा र वृद्धवृद्धाहरुले उच्च सतर्कता अपनाउनुपर्ने विज्ञहरुले बताएका छन् ।

    जनस्वास्थ्यविद डा. समिरमणी दिक्षितले डढेलोबाट निस्केको धुवा वायूमण्डलमा फैलिएका कारण त्यसले आँखा पोल्ने समस्या सुरु भएको बताए । अहिलेको वायूप्रदुषणबाट जोगिनका निम्ति मास्क अनिवार्य लगाउनुपर्ने उनको सुझाव छ ।

    डा. दिक्षितले नेपाल प्रेससँग भने, ‘यस्तो बेला विशेषतः आँखालाई बचाउनुपर्छ । सकेसम्म घरबाहिर ननिस्किने र निस्कनैपर्यो भने अनिवार्य मास्क लगाउने ।’ उनले केही दिन मर्निङ वाक नगर्न र खुल्ला स्थानमा व्यायाम पनि नगर्न सुझाव दिएका

  • डढेलोको धुवाँले कुहिरीमण्डल काठमाडौं‌‌ (तस्विरहरु)

    डढेलोको धुवाँले कुहिरीमण्डल काठमाडौं‌‌ (तस्विरहरु)

    काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबार अनायास मौसम बिग्रिएर दिउँसै अँध्यारो छाएको छ । साथै, घरभित्रै बस्दा पनि आँखा पीरो हुने गरी वायु प्रदुषण बढेको छ ।

    अहिले पानी पर्ने वा हावाहुरी आउने कुनै सम्भावना नभएको मौसमविद्ले बताएका छन् । उनीहरूको भनाइअनुसार मकवानपुर, चितवन र पर्साका जंगलमा लागेको डढेलोले गर्दा काठमाडौंको आकाश खराब भएको हो ।

    वातावरणविद् भुषण तुलाधरले काठमाडौंमा मात्र नभएर देशका अन्य ठाउँमा पनि वायू प्रदुषण बढेको बताए । प्रदुषणले गर्दा आँखा पोलेको मात्र नभइ कतिपयमा स्वासप्रश्वासको समस्या समेत देखिने उनको भनाइ छ । ‘प्रदुषण बढेको ठाउँमा अनिवार्य मास्क लगाएर बाहिर आवतजावत गर्नुपर्छ,’ उनले भने ।

    यसैगरी मौसमविद् बरुण पौडेलले तीन जिल्लाको डढेलोबाट निस्केको धुँवा काठमाडौंको आकाशमा आएर वायू प्रदुषित बनेको बताएका छन् । ‘यहाँको स्थानीय प्रदुषण त छँदैथियो, डढेलोको धुवाँले थप बिग्रियो,’ उनले नेपाल प्रेससँग भने ।

    जनस्वास्थ्यविद् समीरमणी दिक्षितले अहिलेको वातावरणमा ज्येष्ठ नागरिक र स्वास्प्रश्वास सम्वन्धी समस्या भएकाहरुले सावधानी अपनाउनुपर्ने बताएका छन् । उनले ट्वीटरमा लेखेका छन्, ‘सकेसम्म कम र परेको खण्डमा मास्क लगाएर मात्रै बाहिर निस्कौं । मर्निङ वाक केही दिनलाई रोकौं ।

     

  • वनमा लागेको डढेलोले फेरि जल्यो घर

    वनमा लागेको डढेलोले फेरि जल्यो घर

    खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँमा पसेपछि खोटाङमा चार घर र एउटा बाख्रा फार्म जलेर नष्ट भएको छ ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१५ विजयखर्कस्थित सामुदायिक वनमा लागेको डढेलो बुधबार गाउँमा पस्दा बसेरीका तेजविनोद ढकाल, हेमसागर ढकाल, खेमराज ढकाल र बडहरेका दुर्गाबहादुर भुजेलको घर जलेर नष्ट भएको हो ।

    स्थानीय जुरेथुम्का र साँघुरी सामुदायिक वनमा लागेको डढेलो हावाहुरीसँगै गाउँमा पसेपछि उनीहरूको घर जलेर नष्ट भएको स्थानीयवासी सागर खनालले बताए । खनालका अनुसार आठ वर्षअघि जंगलमा लागेको डढेलो गाउँ पस्दा ढकाल परिवारले  घर गुमाएका थिए । पुनः निर्माण गरेका घर यस वर्ष  पनि सामुदायिक वनबाट गाउँ पसेको डढेलोले जलेर नष्ट बनाएको हो ।

    सामुदायिक वनमा लागेको डढेलो अनियन्त्रित भई गाउँ पस्दा सहकारी संस्थाबाट रु एक लाख ७० हजार अनुदान लिएर बनाएको आगलागी पीडित भुजेलको बाख्रा फार्मसमेत खरानी भएको जनाइएको छ । आगलागी पीडित भुजेलको घरमा भने वर्षायाममा मात्र बस्ने गरिएको थियो ।

    डढेलो नियन्त्रणका लागि दिक्तेलबाट नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली डढेलो प्रभावित क्षेत्रमा पठाइएको प्रमुख जिल्ला अधिकारी एवं जिल्ला प्राकृतिक प्रकोप समितिका अध्यक्ष मित्रलाल शर्माले जानकारी दिए । साँझपख घटनास्थल पुगेका सुरक्षाकर्मी र स्थानीयवासीले अहिले पनि डढेलो निभाउने प्रयास गरिरहेका छन् ।

    डढेलो निभाउन चम्पावती माविका कक्षा ९ र १० का छात्रछात्रा र शिक्षकसमेत खटिएका स्थानीयवासी किसन भुजेलले जानकारी दिए । डढेलोले तीन घर जलेको जानकारी आए पनि क्षतिको विस्तृत विवरण आउन बाँकी छ । हलेसी तुवाचुङ नगरपालिका-११ राजापानीतिरबाट तीन दिनअघि शुरु भएको डढेलो विजयखर्कको साँघुरी सामुदायिक वन हुँदै अन्य वनमा प्रवेश गरेको बताइएको छ ।

    डढेलोबाट घर जोगाउन कतिपय स्थानीय बासिन्दाले आ-आफ्नो घरको छानामा पानी छ्यापेर बसिरहेका छन् ।

    आगोबाट घर जोगाउन छानामा पानी छ्याप्ने क्रममा लडेर स्थानीय मोहन विश्वकर्मा घाइतेसमेत भएको वडाध्यक्ष वीरेन्द्र ढकालले बताए । विश्वकर्माको देब्रे हात भाँचिएको र एम्बुलेन्समा राखेर उपचारका लागि स्वास्थ्य संस्था पठाइएको वडाध्यक्ष ढकालले जानकारी दिए ।

    डढेलोले जुरेथुम्का सामुदायिक वनको पूर्व र पश्चिम मोहडा, साँघुरी सामुदायिक वन र भुन्टेम्मा सामुदायिक वनको अधिकांश भाग जलिसकेको स्थानीय बासिन्दाले बताएका छन् । सामुदायिक वनमा डढेलो लाग्नुको कारण पत्ता लागेको छैन ।

    सुक्खाग्रस्त क्षेत्रमा पर्ने विजयखर्क र राजापानीका सामुदायिक वनमा बर्सेनि आगलागी हुँदै आएको छ । सामुदायिक वनमा लाग्ने डढेलो कतिपय स्थानीय बासिन्दाले जानाजान लगाउने गरेको पाइएको स्रोतले जनाएको छ ।

  • ओखलढुंगाको जंगलमा अनियन्त्रित डढेलो, आसपासका बस्ति जोखिममा

    ओखलढुंगाको जंगलमा अनियन्त्रित डढेलो, आसपासका बस्ति जोखिममा

    विराटनगर । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका-४ स्थित सालबोटै चुनिबोटेको वन क्षेत्रमा सल्केको आगो नियन्त्रणबाहिर जाँदा आसपासको बस्ति जोखिममा परेका छन् । मंगलबार राती १० बजेदेखि लागेको डढेलो २० घण्टा बितिसकेपनि नियन्त्रणमा आउन सकेको छैन ।

    आगो फैलिने क्रम भईरहेकाले जंगल आसपासका शेर्मा, राजमाटे लगायतका बस्ति आगलागीका जोखिममा परेका हुन् । आगो नियन्त्रणका लागि विहानैदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका ६० जना परिचालन गरिएको छ ।

    टोली रातीको समयमा पनि त्यहीँ बसेर ओगो नियन्त्रणका लागि परिचालन हुने ओखलढुंगाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक गोविन्दराज काफ्ले जानकारी दिए । आगो नियन्त्रणका लागि स्थानीय पनि उनीहरुसँगै जुटेका छन् ।

    ‘जङ्गलभित्र चारै तर्फबाट आगो सल्किएको छ,’ डिएसपी काफ्लेले भने, ‘आगो नियन्त्रणका लागि प्रयास जारी छ । तर अहिलेसम्म प्रयास सफल हुन सकेको छन ।’

    दुर्गम भेग भएकोले कठिनाइ भइरहेको डिएपी काफ्लेले बताए । आगोका कारण १ हजारभन्दा बढी हेक्टरको जगल जलेर नष्ट भएको छ । काफ्लेलेका अनुसार फायरलाइन बनाएर आगो नियन्त्रणको प्रयास भए पनि हावा चलेकाले आगो फैलिने क्रम रोकिन सकेको छैन ।

    पहाडी क्षेत्र भएकाले जंगलमा पानीको समस्या एवं दलकल पनि जान नसक्ने भएकाले आगो नियन्त्रणमा थप चुनौति थपिएको डिएसपी काफ्लेले जानकारी दिए ।

    चिशंखुगढी गाउँपालिका अध्यक्ष निशान्त शर्माले स्थानीयस्तरमा डढेलो नियन्त्रणबाहिर जाँदा डढेलो चुनिबोटे बस्तीसम्म आइपुग्ने खतरा रहेको बताए ।
    ‘आगलागीलाई बस्तीतिर फैलन नदिने प्रयास भइरहेको छ । तर, आगो नियन्त्रण गर्न सकिएको छैन,’ नेपाल प्रेससंग अध्यक्ष शर्माले भने ।

  • ताचैको जंगलमा लागेको डढेलो बस्ती नजिक पुग्यो, ६३ घर जोखिममा

    ताचैको जंगलमा लागेको डढेलो बस्ती नजिक पुग्यो, ६३ घर जोखिममा

    मनाङ । गत मङ्सिर ११ गतेदेखि लागेको आगो निभ्न नपाउँदै नासो गाउँपालिका रहेका जङ्गलमा आगो बलिरहेको छ । मनाङको ताचैमा लागेको आगो दुई दिनदेखि लगातार प्रयास गर्दा पनि नियन्त्रणमा आउन सकेको छैन । रातदिन नभनी भोकभोकै यहाँका स्थानीय आगो निभाउन खटिइरेका छन् ।

    ‘जिल्लामा उपलब्ध सबै स्रोतसाधनको प्रयोग भइसक्यो तर आगो नियन्त्रणमा भएन’, नासो गाउँपालिका–८ ताचैका वडाध्यक्ष हुपजङ्ग गुरुङले भने । चारैतिर अग्ला डाँडाकाँडा अनि बीचमा रहेको बस्ती ताचै हो । यहाँ जम्मा ६३ घरधुरी छन् ।

    तिल्चेबाट आगोले बाटो परिवर्तन गरी अचम्म लाग्ने गरी खोला नाघेर गाउँको इलाका प्रवेश गरेको स्थानीय युवा यज्ञ घलेले बताए । तीव्र वेगमा हावा चलेकाले आगो नियन्त्रणमा लिन कठिन भएको उनको भनाइ छ । उनले जिल्लास्थित सबै सुरक्षा निकाय तथा स्थानीय बूढाबूढी, केटाकेटी सबै मिलेर अग्नि रेखा बनाउन सफल भएको बताउँदै भने, ‘पाइपको व्यवस्था गरेर बाल्टीमा पानी भरी आगो निभाउने प्रयासमा छौँ ।’

    रात परेकाले घर जाने कि वनमै बस्ने केही निर्णय गर्न नसकेको उनको भनाइ छ । ‘घर जाऊँ आगोले बस्ती नै सिध्याउला भन्ने डर, नजाऔँ दुई दिनदेखिको भोक प्यासले हैरान पार्यो’, घलेले आफूहरुका बाध्यता सुनाए । ‘गाउँ कुइरीमण्डल छ, सास फेर्न गाह्रो भइरहेको छ’, उनले भने ।

    ताचै संरक्षण क्षेत्र व्यवस्थापन समिति अध्यक्ष याद घलेले आगो निभाउने प्रयास भैरहेको बताए । अर्का स्थानीय रोशन गुरुङले आगो नियन्त्रणमा अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)ले चासो नदिएको गुनासो गरे ।

    आगोले एक्याप क्षेत्रको दुई हजार हेक्टर जङ्गल सखाप पारेको छ । जङ्गल जलेपछि घोरल मृग दौडिएको स्थानीयले बताएका छन् । अहिले आगो मनास्लु पदमार्गतर्फ गोवा भन्ने ठाउँमा बलिरहेकोे वडा ७ तिल्चेका अध्यक्ष धनबहादुर गुरुङले जानकारी दिए ।

    मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले आगो लगाउने व्यक्तिको खोजी गरी कारवाही गरिने बताए ।