Tag: टेलिग्राम

  • ट‍ेलिग्राम म्यासेजिङ एपमा यसरी लुकाउनुहोस् आफ्नो नम्बर

    ट‍ेलिग्राम म्यासेजिङ एपमा यसरी लुकाउनुहोस् आफ्नो नम्बर

    काठमाडौं । गोपनियतालाई प्रमुख महत्त्व दिएर बनाइएको म्यासेजिङ एप टेलिग्राम पछिल्लो समय लोकप्रिय बन्दैछ । ह्वाट्सएप तथा भाइबरसँग मिल्दोजुल्दो यो एपमा अन्य धेरै सुविधा छन् ।

    तीनै सुविधामध्ये एक हो, व्यक्तिगत गोपनियता कायम राख्ने । यो एपमा आफ्नो व्यक्तिगत जानकारी बिना पनि म्यासेज गर्न सकिन्छ । कोही अन्जान मानिसलाई आफ्नो नम्बर नदेखाइ म्यासेज गर्नसकिन्छ ।

    यसका लागि टेलिग्राम एप खोलेर सेटिङमा जानुपर्ने हुन्छ । सेटिङमा (Privacy and Security) को सेक्सन देखिन्छ । सोही सेक्सनमा गएर फोन नम्बरको अप्सनमा गएर कसैले पनि नम्बर नदेखोस् भन्ने चाहनुहुन्छ भने ‘Nobody’, आफ्नो कन्ट्याक्ट्स लिस्टमा भएकाले देखुन् भन्ने चाहनुहुन्छ भने ‘My Contacts’मा सेभ गर्नसकिन्छ ।