Tag: टाटा

  • चितवनमा टाटा म्याजिक ‘बीएस६’ सार्वजनिक

    चितवनमा टाटा म्याजिक ‘बीएस६’ सार्वजनिक

    काठमाडौं । नेपालको लागि टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले चितवनमा टाटा म्याजिक ‘बीएस६’ सार्वजनिक गरेको छ । सिप्रदीले एक विशेष समारोहबीच उक्त टाटा म्याजिक सार्वजनिक गरेको हो ।

    सिप्रदी ट्रेडिङ्ग प्रालिका सिभीबीयू कृष्ण चन्दका अनुसार टाटा म्याजिक ‘बीएस६’ गाडीमा ६९४ सीसी पेट्रोल इन्जिन, ३० एचपी पावर, ५५ एनएम टर्क, ५–स्पीड गियर, १३ इन्चका टायर, डिजिटल ओडोमिटर, इको स्विच, एबीएस, र एन्टि–रोल बार जस्ता विशेषताहरू छन् । यी विशेषताले यात्रुहरूको लागि आरामदायी यात्रा र व्यवसायिक दृष्टिकोणबाट उच्च लाभ सुनिश्चित गर्नेछ ।

    ‘चितवन जस्तो व्यस्त सहरी क्षेत्रमा टाटा म्याजिक बीएस६ ले यातायात क्षेत्रको लागि नयाँ आयाम थप्नेछ । यसको किफायती सञ्चालन लागत र आधुनिक प्रविधिले यहाँका व्यवसायीहरूलाई अझ सशक्त बनाउनेछ’, उनले भने ।

    कार्यक्रममा बोल्दै प्रोडक्ट मेनेजर इन्द्रमणि पोख्रेलले टाटा म्याजिक सहरी यातायात र विद्यालय यातायातका लागि उपयुक्त मोडेल रहेको बताए । उनले यसले प्रदूषण घटाउन र इन्धनको कुशल प्रयोग गर्न मद्दत गर्ने दाबी गरे ।

  • ८३ वर्षपछि टाटाले नै लियो एयर इण्डियाको स्वामित्व

    ८३ वर्षपछि टाटाले नै लियो एयर इण्डियाको स्वामित्व

    काठमाडौं । भारतीय ध्वजावाहक हवाई सेवा कम्पनी एयर इण्डिया टाटा समूहलाई बिक्री गरिएको छ ।

    भारत सरकारको स्वामित्वमा रहेको एयर इन्डिया ८३ वर्षपछि पुनः टाटा कम्पनीकै स्वामित्वमा पुगेको छ । सरकारले कम्पनीको घाटा धान्नै नसकेकाले प्रतिस्पर्धाका आधारमा बढी बोल कबोल लगाएको टाटा समूहलाई बेचिएको हो । भारतीय संचारमाध्यमका अनुसार सरकारले राखेको मूल्यभन्दा ३ हजार करोड बढी टाटाले तिरेको छ ।

    जहाज बिक्रीका लागि भारतीय अर्थमन्त्री निर्मला सीतारमण, वाणिज्य मन्त्री पियुष गोयल र उड्डयन मन्त्री ज्योतीरादित्य संन्धियालगायतको समिति गठन गरिएको थियो । कम्पनीकाअनुसार एयर इन्डियाको मूल्यांकन मूल्य २० करोडको छ ।

    १९३२ मा टाटा ग्रुपले नै टाटा एयर सर्भिसको नामबाट एयर इण्डिया सुरू गरेको थियो । पछि, सन् १९३८ सम्म आन्तरिक उडान गर्दै आएकोमा कम्पनीले दास्रो विश्वयुद्धपछि सरकारलाई स्वामित्व हस्तान्तरण गरेको थियो ।

    कम्पनी घाटामा गएपछि भारत सरकारले यसको शाःखमात्र जोगाउने प्रयास गरेको थियो । घाटा धान्न नसकेपछि सन् २००० देखि नै कम्पनी बेच्ने भनिए पनि निजीकरण भने हुन सकेको थिएन ।

    अहिले एयर इन्डियाको ऋण करिब ३८४ अर्ब भारुभन्दा बढी पुगिसकेको छ । भने एयर इन्डियासँग २०२० मार्चसम्म कुल सम्पत्ति करिब चार खर्ब ५८ अर्ब ६३ करोड छ ।