Tag: जसपा बैठक

  • जसपा बैठक आज सकिँदै, सरकारमा सहभागिताबारे निर्णय हुने (तस्बिरहरू)

    जसपा बैठक आज सकिँदै, सरकारमा सहभागिताबारे निर्णय हुने (तस्बिरहरू)

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्य समितिको दोस्रो दिनको बैठक शुरू भएको छ ।

    काठमाडौं कालिकास्थानस्थित अमृतभोग पार्टी प्यालेसका सोमबारदेखि जारी बैठक आज सकिँदैछ ।

    निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि उपेन्द्र यादव पक्षले पहिलोपटक जसपा केन्द्रीय समिति बैठक राखेको हो ।

    आजको बैठकमा पार्टी संगठन सुदृढीकरण तथा जनजागरण अभियान र अभिमुखीकरणसम्बन्धी कार्ययोजना र सरकारमा सम्मानजनक सहभागिताबारे निर्णय हुने यादवका प्रेस संयोजक महेश चौरासियाले जानकारी दिए ।

      
  • जसपामा बैठक बोलाउनै विवाद, बाबुराम उपेन्द्रको प्रस्ताव महन्थ पक्षद्वारा अस्वीकार

    जसपामा बैठक बोलाउनै विवाद, बाबुराम उपेन्द्रको प्रस्ताव महन्थ पक्षद्वारा अस्वीकार

    काठमाडौं । जनता समाजवादी पार्टी (नेपाल) को कार्यकारिणी समितिको बैठक बोलाउने विषयमै विवाद उत्पन्न भएको छ ।

    जसपाका शीर्ष नेताहरूको आजको बैठकमा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराई लगायतका नेताहरूले पछिल्लो राजनीतिक अवस्थाबारे कार्यकारिणी समितिको बैठकबाट धारणा बनाउनुपर्ने बताएका थिए ।

    अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका नेताहरूले भने कोरोनाको दोस्रो लहर बढेको बेलामा बैठक बस्न अनुपयुक्त हुने बताएका थिए । बैठक बस्ने विषयमा विवाद भएपछि शीर्ष नेताहरू कुनै निष्कर्षमा पुगेनन् । ‘कार्यकारिणीको बैठक बोलाउने विषयमा सहमति जुटेन । शीर्ष नेताहरूबीच नै फेरि छलफल गर्ने कुरा भएको छ’, बैठकमा सहभागी एक नेताले भने ।

    जसपाभित्र अध्यक्ष यादव र भट्टराईलगायतका नेताहरू प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्न विपक्षी गठबन्धन बनाउनुपर्ने पक्षमा छन् । ठाकुर, महतोलगायतका नेताहरू भने पार्टीले अघि सारेका मागहरू पूरा गर्न ध्यान दिनुपर्ने र अहिले नै ओली सरकारको विकल्प खोज्न नहुने पक्षमा छन् । जसपाले आधिकारिक निर्णय नलिएकै कारण नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहितको गठबन्धन निर्माणले सार्थकता पाउन सकेको छैन ।

  • जसपा बैठकमा महन्थ ठाकुरको दावी : देउवालाई प्रधानमन्त्री बन्न मनै छैन

    जसपा बैठकमा महन्थ ठाकुरको दावी : देउवालाई प्रधानमन्त्री बन्न मनै छैन

    काठमाडौं । नयाँ सत्ता समीकरणका लागि निर्णायक मानिएको जनता समाजवादी पार्टीभित्र लामो समयको संवादहिनता तोड्दै आन्तरिक छलफल सुरु भएको छ । यद्यपि, आइतबार भएको छलफल कुनै निस्कर्षमा पुग्न सकेन ।

    जसपाका कार्यालय बालकुमारीमा जसपाका शीर्ष नेताबीचको छलफलमा नेताहरुले आफ्नो ‘पोजिसन’ क्लियर गरेका छन् । जसपाले यसअघि नै विभिन्न मागहरु अघि सार्दै जसले सम्बोधन गर्छ उसैसंग सहकार्य गर्ने घोषणा गरेको थियो । मागका विषयमा एकमत रहेपनि जसपाभित्र अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई प्रधानमन्त्री केपी ओलीसँग सत्ता सहकार्य नगर्ने अडानमा छन् । अर्का अध्यक्ष महन्थ ठाकुर र नेताहरु राजेन्द्र महतो, राजकिशोर यादवलगायत भने ओलीसँगको सहकार्यका लागि तम्तयार छन् ।

    जसपाले शुक्रबार मात्रै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसँगको वार्तामा छलफलका लागि समय मागेको थियो । कांग्रेसले बुढानिलकण्ठमा आयोजित तीन दलको बैठकमा आफ्नै नेतृत्वमा सरकार बनाउन प्रस्ताव राखेको थियो । माओवादी कांग्रेसको प्रस्तावमा सहमत भएपनि जसपाले सहमति जनाएको छैन । जसपा शीर्ष नेताहरुको आइतबारको बैठकमा अध्यक्ष ठाकुरले कांग्रेसले गरेको प्रस्तावबारे जानकारी गराए ।

    सो क्रममा ठाकुरले नयाँ गठबन्धन बनाउने प्रस्ताव गरे पनि कांग्रेस सभापति शेरबहादुर देउवा स्वयं प्रधानमन्त्री बन्न इच्छुक नदेखिएको बताएका थिए । गठबन्धनबारे छलफल नै नभई कांग्रेसले सरकारको नेतृत्व दावी गर्नु गलत भएको समेत उनले बताएका छन् ।

    ‘नयाँ सरकारका लागि गठबन्धन बनाउने हो भने गठबन्धनका सबै दलको कुरा सुन्नुपर्छ । अरुसंग छलफल नहुँदै कांग्रेसले सरकारको नेतृत्व दावी गर्न गठबन्धन संस्कार विपरीत हो’, बैठकमा ठाकुरले भने । पार्टीले उठाएका माग सम्वोधन गर्ने विषयमा पनि कांग्रेसले कुनै चासो नदेखाएको भन्दै देउवालाई प्रधानमन्त्री बन्न मन नभएको उनले दावी गरे ।

    ‘३ दलको बैठकमा मेरो पार्टीले यस्तो निर्णय गरेको छ तपाईहरु के गर्नुहुन्छ भनेर साधियो । प्रधानमन्त्री बन्न मन भए त मलाई सहयोग गर्नुस्, मैले यसोयसो गर्छु भन्थे होला नि’, ठाकुरलाई उद्वृत गर्दै जसपा स्रोतले भन्यो ।

    बैठकबाट बाहिरिने क्रममा जसपा अध्यक्ष महन्थ ठाकुरले भने समसामयिक विषयमा छलफल सुरु भएको मात्रै प्रतिक्रिया दिए ।

    जसपाले उठाएका मागहरु सम्बोधन गर्न सरकारले काम थालिसकेको पनि बैठकमा ठाकुरले जानकारी दिएका थिए । ‘अबको क्याबिनेटबाटै हाम्रा केही माग पूरा हुनसक्छन् । त्यस्तो बेलामा के गर्ने हो ?’ ठाकुरको भनाई थियो ।

    बैठकमा अर्का अध्यक्ष उपेन्द्र यादवले पार्टीका माग पूरा गराउने र नयाँ सत्ता समीकरणबारे खुला छलफल जरुरी रहेको बताएका थिए । कांग्रेसले सरकारको विकल्प खोज्ने निर्णय गरेको भन्दै यादवले सरकारको विकल्प खोज्न जसपा पनि तयार हुनुपर्नेमा जोड दिए ।

    पार्टीको कार्यकारिणी समितिको बैठक बोलाएर राजनीतिक निकास दिनेगरी छलफल र निर्णय गर्नुपर्नेमा सहभागी नेताहरुको जोड थियो । संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नयाँ सरकार निर्माणबारे भर्खरै छलफल सुरु भएको र केही दिन छलफल लम्बिने बताए ।

    ‘आज राजनीतिक विषयमा छलफल सुरु मात्रै भएको छ । बैठक निरन्तर बस्छ र ठोस निष्कर्षमा पुग्छौ,’ भट्टराईले नेपाल प्रेससँग भने । उनका अनुसार कांग्रेसको प्रस्तावलाई स्वीकार गर्ने वा आफ्ना एजेण्डाबारे प्रतिबद्धता खोज्ने भन्नेमा पनि छलफल थालिएको छ ।

    जसपाभित्र नयाँ सत्ता समीकरणबारे दुई धार भएपनि अध्यक्ष ठाकुर नेतृत्वकै धार बहुमतमा छ । नयाँ सरकार गठनका लागि कांग्रेसलाई माओवादी र जसपा दुवैको साथ अनिवार्य रहन्छ । प्रधानमन्त्री ओलीसंग पनि निरन्तर संवादमा रहेको जसपाका माग पुरा गर्न सरकारले नै पहल गरिरहेको छ । जसपाको समर्थन सुरक्षित गरेर संसदमा विश्वासको मत हासिल गर्ने प्रधानमन्त्री ओलीको योजना छ ।

  • जसपाको कार्यकारिणी बैठक बस्दै

    जसपाको कार्यकारिणी बैठक बस्दै

    काठमाडौं । संसद विघटनपश्चातको राजनीतिक घटनाक्रमबारे छलफल गर्न जनता समाजवादी पार्टी (जसपा) को कार्यकारिणी बैठक आज बस्दैछ ।

    एक बजेपछि बबरमहलस्थित जसपा केन्द्रीय कार्यालयमा बैठक सुरु हुनेछ । जसपा नेता केशव झाका अनुसार बैठकले सरकारविरुद्ध संघर्ष गर्ने लगायतका विषयमा निर्णय लिने छ ।

    जसपाका अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरले यसअघि नै विज्ञप्ती जारी गरेर संसद विघटनको विरुद्धमा प्रतिवाद गर्ने जनाएका थिए ।