Tag: जनजाति महासंघ

  • जनजाति महासंघको अध्यक्षमा गेल्जे लामा निर्वाचित, पदाधिकारीमा को-को आए ?

    जनजाति महासंघको अध्यक्षमा गेल्जे लामा निर्वाचित, पदाधिकारीमा को-को आए ?

    काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघको दसौं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा गेल्जे शेर्पा निर्वाचित भएका छन् । त्यस्तै वरिष्ठ उपाध्यक्षमा बुद्ध घर्ती चुनिएका छन् भने महासचिवमा दिवस राई निर्वाचित भएका छन् ।

    त्यस्तै अधिवेशनले सात उपाध्यक्ष, एक उपमहासचिव, आठ सचिव, एक कोषाध्यक्ष र एक सह–कोषाध्यक्ष चयन गरेको छ ।

    हेर्नुहोस् निर्वाचित पदाधिकारीको सूची

    अध्यक्ष– गेल्जे लामा (शेर्पा) निर्वाचित

    वरिष्ठ उपाध्यक्ष– बुद्ध घर्ती

    उपाध्यक्षहरु

    युवराज जिरेल (खुल्ला)
    ध्यानी उराँव (खुल्ला)
    क्षेत्रबहादुर थकाली (खुल्ला)
    गम्भीर सिं गुरुङ भोटे (खुल्ला)
    लाक्पा शेर्पा (ढोक्या) (महिला)
    लहरु जिमि (महिला)
    श्रुति कुमाल (महिला)

    महासचिव– दिवस राई

    उपमहासचिव– रामकृष्ण लामा ब्लोन

    सचिवहरु

    मंगलराम दराइ (खुल्ला)
    गोविन्द लामा ह्योल्मो (खुल्ला)
    मोहन राजबंशी (खुल्ला)
    विकास सुरेल (खुल्ला)
    ममता मेचे (महिला)
    छोर्गेल लामा (महिला)
    यमुना छन्त्याल (महिला)
    भद्रकुमारी बरामु (महिला)

    कोषाध्यक्ष– विमल सारू मगर

    सहकोषाध्यक्ष– रिदार नोसाङ भोटे