Tag: जनकपुर

  • जनकपुरमा गठबन्धनका उम्मेदवारको भन्दा कांग्रेसका बागी साहको ७ गुणा बढी मत

    जनकपुरमा गठबन्धनका उम्मेदवारको भन्दा कांग्रेसका बागी साहको ७ गुणा बढी मत

    जनकपुरधाम । मधेस प्रदेशको राजधानीसमेत रहेको जनकपुरधाममा सत्ता गठबन्धनविरुद्ध नेपाली कांग्रेसका बागी मेयर उम्मेदवार मनोज साहले अग्रता कायम राखेका छन् ।

    पछिल्लो मतपरिणाम अनुसार स्वतन्त्र उम्मेदवार साहले ८६९ मत पाएका छन् । उनलाई सुरुदेखि नै नेकपा एमालेका शिवशंकार साह ‘हिरा’ले पछ्याउँदै छन् । हिराले ४६१ मत ल्याएका छन् ।

    अर्का स्वतन्त्र उम्मेदवार बलराम महतो २२४ मत ल्याएर तेस्रो स्थानमा छन् । सत्ता गठबन्धनको तर्फबाट मेयर उम्मेदवार बनेका जसपाका लालकिशोर साहको अवस्था नाजुक देखिएको छ । निवर्तमान मेयर समेत रहेका उनी मात्र १४५ मतका साथ चौथो स्थानमा छन् ।

    लोसपाका मेयर उम्मेदवार मनोज चौधरीले १६४ र स्वतन्त्र उम्मेदवार जानकीराम साह ७९ मत पाएको छन् ।

     

  • जनकपुर जसपालाई दिइएपछि कांग्रेसका नेताहरुले आज सामूहिक राजीनामा दिँदै

    जनकपुर जसपालाई दिइएपछि कांग्रेसका नेताहरुले आज सामूहिक राजीनामा दिँदै

    जनकपुरधाम । सत्ता गठबन्धनले गरेको भागबण्डामा मधेसको राजधानीसमेत रहेको जनकपुरधाम उपमहानगरपालिका जसपाले पाएपछि नेपाली कांग्रेसका नेताहरुले आज सामूहिक राजीनामा दिने तयारी गरेका छन् ।

    कांग्रेस जनकपुरधामका नगर सभापति मनोज साहलगायतका असन्तुष्ट नेताहरुले पार्टीबाट सामूहिक राजीनामा दिन लागेका हुन् । उनीहरुले दिउँसो दुई बजे पत्रकार सम्मेलनमार्फत राजीनामा घोषणा गर्दैछन् ।

    नगर सभापति साह नेता विमलेन्द्र निधि समूहका हुन् । नेता निधिले समेत सत्ता गठबन्धनले जनकपुरधामका मेयर जसपालाई दिएको निर्णयमा असन्तुष्टि जनाइरहेका छन् । निधिकै सल्लाहमा सभापति साह लगायतका नेताहरु राजीनामा दिन लागेको स्रोतको दाबी छ ।

    पार्टीबाट राजीनामा दिएर पत्रकार सम्मेलनमै साहले मेयरमा स्वतन्त्रबाट उठ्ने घोषणा पनि गर्ने उनीनिकट एक नेताले बताए । साह गत स्थानीय तहको निर्वाचनमा झण्डै १० हजार मतान्तरले पराजित भएका थिए ।

    जनकपुरधामको मेयरमा निर्वाचित मेयर लालकिशोर साह अहिले जसपामा छन् ।

  • विवाह पञ्चमीको मुखमा जनकपुरधाम फोहोरले दुर्गन्धित

    विवाह पञ्चमीको मुखमा जनकपुरधाम फोहोरले दुर्गन्धित

    जनकपुरधाम । साताव्यापी सिता-राम विवाह पञ्चमी मेला सुरु हुन एक दिन बाँकी रहेको बेला जनकपुरधाम फोहोरले दुर्गन्धित बनेको छ । जानकी मन्दिर क्षेत्र, रामानन्द चोकदेखि मन्दिर जाने मुख्यबाटो, पीडारी चोक, मुरली चोक, जनक चोकसहितका सडकमा अत्रतत्र फोहोर थुप्रिएको देखिन्छ ।

    सरसफाई कर्मचारीले सडकमा झाडु लगाएर फोहोर थुपारेका छन् । तर थुपारिएको फोहोर उप-महानगरपालिकाले व्यवस्थापन नगरेका कारण दुर्गन्ध फैलिएको छ । जनकपुरधाममा बजार क्षेत्रमा दैनिक २५ देखि ३० ट्याक्टर फोहोर निस्किने गर्दछ । अहिलेसम्म उपमहानगरपालिकाले ल्याण्डफिल साइट निर्माण गर्न सकेको छैन । जसका कारण फोहोर व्यवस्थापन चुनौती बनेको छ ।

    कार्याकाल सकिन लाग्दा पनि मेयर लालकिशोर साहले फोहोर व्यवस्थापनको स्थायी समाधान गर्न नसकेकाले वडाध्यक्षहरु नै उनको आलोचना गरिरहेका छन् । फोहोर व्यवस्थापन गर्न चासो नदेखाएको भन्दै वडा ७ का अध्यक्ष जानकीराम साह, वडा ३ का अध्यक्ष दिपेन्द्र साह, वडा ४ का अध्यक्ष सुदर्शन सिंह लगायतका २५ जनप्रतिनिधि अहिले पनि आन्दोलित छन् ।

    उनीहरुले गत मंगलवार मेयर साहको कार्यकक्षमा तालाबन्दी गरेका थिए । त्यसपछि दुई दिन अगाडीमात्र सरसफाइमा ध्यान नदिएको र भ्रष्टाचारमा डुबेको आरोप लगाउदै उनीहरु काठमाडौं पुगेर मेयर साह विरुद्ध प्रदर्शन गरे ।

    मेयर साह भने सरसफाइ व्यबस्थापनको स्थायी समाधान गर्नुको साटो दबाब दिने जनप्रतिनिधिविरूद्ध कर्मचारीलाई उस्काएर प्रतिकार आन्दोलन गर्न लगाएका छन् ।

    जनकपुरधामलाई नर्क बनाएको भन्दै यूवा अभियानी र वडाध्यक्षहरु स्वंयम पनि बजारको फोहोर उठाएर मेयर साहको घर अगाडी र कार्यालयको गेटमा थुपारेका थिए । फोहरमैला व्यवस्थापनमा मेयर साह असफल देखिएको वडाध्यक्ष दिपेन्द्र साह बताउँछन् ।

    विवाह पञ्चमीका बेला पनि फोहोर नउठेपछि जानकी मन्दिरका सहायक महन्थ रोषण दासले दुःख व्यक्त गरेका छन् । उनले भने, ‘अब हामी आफैं सरसफाईका लागि निस्किन्छौं । भोलि विहान बृहत सरसफाई कार्यक्रम राखेका छौं ।’

    सरसफाइ कार्यक्रममा सहभागी हुन नगरबासी, सुरक्षाकर्मी, विद्यार्थी, व्यावसायी सबैलाई आह्वान गरेको उनको भनाई छ । यसवर्ष विवाह पञ्चमी म‌सीर २२ गते परेकाे छ ।

     

  • जनकपुरमा हिन्दू र मुस्लिम समुदायबीच ७ बुँदे सहमति

    जनकपुरमा हिन्दू र मुस्लिम समुदायबीच ७ बुँदे सहमति

    जनकपुरधाम । छठ मनाउने विषयमा जनकपुरधाम उपमहानगरपालिका-२० रूपैठामा भएको विवाद साम्य पार्न त्यहाँका हिन्दू र मुस्लिम समुदायबीच सात बुँदे सहमति भएको छ ।

    जिल्ला प्रशासन कार्यालय धनुषामा प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाको उपस्थितिमा दुवै समुदाय विवाद अन्त्यका लागि राजी भएका हुन् । सहमतिको बुँदामा तेलिया पोखरीको स्वामित्व र संरक्षण जनकपुरधाम उपमहानगरपालिकाले गर्ने, हिन्दूको छठ र मुस्लिमको दाहाजस्ता पर्वमा सुरक्षा निकायलाई पूर्वजानकारी दिई पोखरीमा थप माटो नझारी मनाउने, दुवै समुदायले एक-अर्काको धर्म कर्म, रितिरिवाज परम्पराको उच्च सम्मान गर्ने विषयमा दुबै पक्ष सहमति जनाएका छन् ।

    यस्तै पोखरीमा झण्डालगायतका कुनै पनि संकेत चिन्हहरू नराख्ने, मुस्लिम समूदायले हाल राखेको झण्डालाई त्यहाँबाट व्यवस्थापन गर्ने व्यवस्था मुस्लिम समूदायले मिलाउने र अब उप्रान्त दुवै पक्षले सोसल मिडिया वा अन्य कुनै पनि माध्यमबाट धार्मिक साम्प्रदायिक सद्भाव बिगार्ने गरी भनाइ/ विचार नराख्ने सहमति भएको छ ।

    पोखरीको विवाद समाधान गरी धार्मिक साम्प्रदायिक सद्भाव कायम गर्न र त्यस क्षेत्रको विकास निर्माणमा सहयोग पुयाउन जनकपुर उप-महानगरपालिकाका उपमेयर रिता मिश्रको संयोजकत्वमा समिति बनाइएको छ । समितिको सदस्यमा हिन्दू समुदाय तर्फबाट रामस्वरूप महतो, उमेश दास, महेन्द्र साह र कमलेश साह छन् भने मुस्लिम समुदायबाट मो. हैदर अली, मो. जाविर राइन, मो. मोति (भोला) कवारी र मो. हमिद कवाडी पनि सदस्य छन् ।

    दुवै समुदायबीच तनाब उत्पन्न भएपछि प्रशासनले विगत दुई दिनदेखि सो क्षेत्रमा प्रशासनले निशेधाज्ञा जारी राखेको छ । सहमतिपश्चात पनि कुनै गलत क्रियाकला वा धार्मिक आस्थाविपरीतको क्रियाकलाप गर्ने जोसुकैलाई कारवाही गर्ने सीडीओ बास्तोलाले बताए ।

  • जनकपुरमा छठको रौनकः अस्ताउँदो सूर्यलाई अर्घ्य चढाउन जलाशय पुगिसके ब्रतालु (तस्बिर र भिडिओ)

    जनकपुरमा छठको रौनकः अस्ताउँदो सूर्यलाई अर्घ्य चढाउन जलाशय पुगिसके ब्रतालु (तस्बिर र भिडिओ)

    जनकपुरधाम । तराई-मधेसका गाउँदेखि शहरसम्मको जलाशयमा छठको विशेष रौनक छ । आस्थाको महापर्व छठको मुख्यदिन आज ब्रतालुहरुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिने तयारीमा ब्रतालु जुटेका हुन् ।

    जनकपुरधामको जलाशयहरुमा दुलहीझैं सिंगारिएको पूजास्थलमा अधिकांश ब्रतालु मध्यराति नै पुगिसकेका छन् । चारैतिर खुशीको माहोल छाएको छ । मानिसहरु नयाँ लुगा लगाएर घाटमा देखिन्छन् ।

    छठ पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइन्छ । छठका व्रतालुले कात्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् । छठको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर राति घाटमै विताउँछन् । भोलि उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ सम्पन्न हुन्छ ।

    ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आरधना गरिएको थियो । उक्त समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।

    सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको जनविश्वास छ ।

    साम्ब पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षी दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्व सूर्यको आरधनाको फलस्वरूप रोगमुक्त हुन गएको भन्ने चर्चा छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फल चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ ।

    यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्कोबाट व्रत गराउने गर्छन् । आर्थिक अभाव भएका मानिस भिक्षा मागेरै भए पनि यो पर्व मनाउने गर्छन् । छठ पर्व सन्तानको दिर्घायु र सन्तान प्राप्तिका लागि समेत गर्ने गरेको पण्डित गोविन्द झा बताउँछन् ।

    ब्रतालु एवं परिवारजनले पर्व समापनपछि बिहान घाटमा उपस्थिति दर्शनार्थीलाई गच्छेअनुरुपको प्रसाद बाँड्दै अर्को वर्ष फेरि आउने बाचाकासाथ घर फर्कन्छन् । यस वर्षमा डोम समुदायले बनाउने बाँसजन्य सामग्री चढाउनै पर्ने भएकोले छुवाछुत नहुने सन्देशसमेत दिएको छ ।

  • जनकपुरका वडाध्यक्ष आन्दोलित, मेयरकै घर अगाडि फोहोर थुपारियो (भिडिओसहित)

    जनकपुरका वडाध्यक्ष आन्दोलित, मेयरकै घर अगाडि फोहोर थुपारियो (भिडिओसहित)

    जनकपुरधाम । नेपालीहरुको ठूलोमध्येको चाड तिहारको पूर्वसन्ध्यामा पनि फोहोर नउठेपछि जनकपुरधाम उपमहानगरपालिकाका वडाध्यक्षहरु आन्दोलित बनेका छन् ।

    पटक–पटक फोहोर व्यवस्थापन गर्न ध्यानकर्षण गराए पनि चासो नदेखाएको भन्दै वडाध्यक्षहरुले आज बिहान आन्दोलनस्वरुप मेयर लालकिशोर साहको घर अगाडि फोहोर थुपारेका हुन् ।

    वडा नम्बर ७ का वडाध्यक्ष जानकीराम साहले आफैं ट्याक्टर चलाएर फोहोर थुपार्न मेयर साहको घरमा पुगेका थिए ।

    उनको साथमा वडाध्यक्षहरु दिपेन्द्र साह, सुदर्शन सिंह र शत्रुधन साह पनि थिए । जनकपुरधाम उपमहानगरको कार्यालयमा फोहोर फाल्न पुगेका उनीहरुलाई प्रहरीले रोकेपछि मेयर साहको घर अगाडि थुपारेका हुन् ।

    उपमहानगरपालिका कार्यालयमा फोहोर थुपार्न नदिएपछि वडाध्यक्षहरु सडकमै ट्याक्टर तेर्साएर धर्ना बसेका थिए ।

    सडकमा धर्ना बसेका वडाध्यक्ष दिपेन्द्र साहले तिहारका बेला पनि फोहोर नउठाएपछि मेयरविरुद्ध आन्दोलन गर्नुपरेको सुनाए । उनले भने, ‘वडाबासीले फोन गरेर हैरान पारेका छन् । फोनले सुत्न पाएको छैन । बाध्य भएर आफैं आन्दोलन गर्न सडकमा आउनुपर्यो ।’

    अर्का वडाध्यक्ष शत्रुधन साहले मेयरको बदमासीका कारण जनकपुरधाम कुरुप बनेको गुनासो गरे । उनले भने, ‘जनकपुरधाम एउटा धार्मिक केन्द्र हो । तर यहाँ आउनेहरु फोहोर देखेर तर्सिन्छन् । अहिले दीपावली र छठ नजिकै आइसक्यो । तर पनि मेयरले फोहोर उठान चासो देखाएका छैन ।’

    निर्वाचित भएको ४ वर्ष बित्दा पनि मेयर साहले डम्पिङ साइट बनाउन नसकेको वडाध्यक्ष जानकीराम साहले गुनासो गरे । उनका अनुसार डम्पिङ साइट निर्माणका लागि आएको ४८ करोड रुपैयाँ फ्रिज भएको छ ।

    वडाध्यक्ष साहले फोहोर उठाउन चासो नदेखाए मेयर साहलाई कालोमोसो दल्ने चेतावनी दिएका छन् । उनले भने, ‘सुरक्षा निकाय, प्रशासन र जनप्रतिनिधिको संयुक्त बैठक हुनुपर्छ । त्यस बैठकमा मेयर साहले फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान गर्ने प्रतिवद्धता जनाउनुपर्छ, होइन भने हामी आन्दोलन जारी राख्छौं ।’

    यसअघि पनि पटक–पटक फोहोर व्यवस्थापनको विषयमा आन्दोलन भएको छ । केही दिनअघि मात्र स्थानीय युवाहरुले पनि मेयर साहको घर अगाडि फोहोर थुपारेका थिए । तर मेयरले फोहोर व्यवस्थापन गर्नेतर्फ कुनै चासो देखाएका छैनन् ।
    अहिले मेयर साह काठमाडौंमा र प्रमुख प्रशाशकीय अधिकृत बिनोद कुमार खड्का पनि विदामा छन् ।

  • दशैँका लागि जुट्यो जनकपुर, महिलालाई राजदेवी मन्दिरमा पूजा गर्न वर्जित (भिडिओ)

    दशैँका लागि जुट्यो जनकपुर, महिलालाई राजदेवी मन्दिरमा पूजा गर्न वर्जित (भिडिओ)

    जनकपुर । नेपालीहरुको महान पर्व बडा दशैँको उपलक्ष्यमा जनकपुरको विभिन्न शक्तिपीठहरुमा पूजाको आवश्यक तयारी पूरा भएको छ ।

    बडा दशैँको उपलक्ष्यमा जनकपुरको ऐतिहासिक शक्तिपीठहरु भव्य रुपमा सजाइएको हो । स्थानीय युवा क्लवहरु दशैँलाई भव्य बनाउन जुटेका छन् भने प्रमुख शक्तिपीठ राजदेवी मन्दिरसहित एक दर्जनभन्दा बढी स्थानमा शक्तिस्वरुपा दूर्गाको मूर्ति स्थापना गरी दशैँमा पूजाअर्चना गर्ने गर्न तयारी गरिरहेका छन् ।

    राम मन्दिर परिसरभित्र रहेको राजदेवी मन्दिरसहित अन्य स्थानमा मूर्ति स्थापना गरी पूजा गरिने ठाउँहरुमा आकर्षक पण्डाल, रंगीचंगी बल्व जडान गर्ने कार्य शुरु भइसकेको छ । राजा जनकका कुलदेवता भनिएको प्रसिद्ध राजदेवी मन्दिरमा आकर्षक पण्डाल र भिलिमिल बत्तीहरु जडान गर्ने कार्य करिव पूरा भइसकेको महावीर युवा कमिटीले जनाएको छ ।

    पण्डाल, बत्तिलगायत पूजा व्यवस्थापन गर्न १० लाखभन्दा बढी खर्च हुने अनुमान गरिएको छ । मन्दिरका मुलपुरोहित गणेश झाले मन्दिरमा पररम्पगत रुपमा हुने गरिएको पूजाको साथै तान्त्रीक विधिको अनुसार समेत पूजा गरिने बताए । उनले मन्दिरमा तान्त्रिक विधि अनुसार पूजा हुने गरिएकै कारण दशैँभर महिलाहरुलाई राजदेवी मन्दिरमा पूजा गर्न वर्जित गरिएको पनि बताए ।

    मुल पुरोहित झाले भने, ‘मन्दिरमा पररम्पगत रुपमा हुने गरिएको पूजाको साथै तान्त्रीक विधिको अनुसार समेत पूजा गरिन्छ, मन्दिरमा तान्त्रिक विधि अनुसार पूजा हुने गरिएकै कारण दशैँभर महिलाहरुलाई राजदेवी मन्दिरमा पूजा गर्न वर्जित हुन्छ ।’

    त्यस्तै घटस्थापनादेखि शुरु हुने पूजाअर्चना विजया दशमीसम्म चल्ने बताउँदै क्लबका अध्यक्ष मनमोहन शाहले दशैँलाई भव्य बनाउन नियमित पूजाका साथै भजन सन्ध्या लगायतको कार्यक्रम गरिने जानकारी दिए ।

    उनले स्थानीय रामानन्द युवा क्लव हरेक वर्ष झैँ यस वर्ष पनि माटोको मूर्ति निर्माण गरी पूजाको तयारीमा जुटेको बताउँदै पूजालाई भव्य बनाउन क्लबले रामानन्द चोकमै पण्डाल निर्माण थालेको जानकारी दिए ।

    जनकपुरको मुरली चोक, भ्रमरपुरा चोक, पिडडीया माइस्थान, रजौल लगायतको क्षेत्रका युवा क्लबहरु पनि दशैंको तयारीमा जुटेका छन् । अन्य दिन चाँडै बन्द हुने जनकपुर दशैँ शुरु भएपछि राति अबेरसम्म खुल्ला रहने गर्दछ । धार्मिक स्थलहरुमा हुने भजनकिर्तन तथा धार्मिक कार्यक्रमले जनकपुरमा छुट्टै रौनक छर्ने गर्छ ।

     

  • जनकपुरमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु, आक्रोशित स्थानीयबासीद्वारा प्रदर्शन

    जनकपुरमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु, आक्रोशित स्थानीयबासीद्वारा प्रदर्शन

    जनकपुरधाम । जनकपुरको पिडारी चोकमा टिपरको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ । ठक्कर दिने टिपरलाई स्थानीयले आगजनी गरेका छन् ।

    ना. ७ ख. ४७४१ नम्बरको टिपरको ठक्करबाट अन्दाजी ४५ वर्षीय आनन्द किशोर दासको मृत्यु भएको हो । उनी भारतीय नागरिक रहेको प्रहरीले बताएको छ । उनको मृत्युपछि आक्रोशित स्थानीयले टिपरमा आगजनी गरेर प्रदर्शन गरेका छन् । टिपर श्रतिग्रस्त बनेको छ ।

    धनुषाका एसपी प्रकाश रानाभाटले चौराहामा गलत बाटोबाट हिँडेपछि टिपरले ठक्कर दिँदा दासको मृत्यु भएको जानकारी दिए । उनले घटनालगत्तै चालकलाई नियन्त्रणमा लिएको बताए ।

    टिपरमा आगजनी गरेर स्थानीय आन्दोलित बनेपछि पिडारी चौकमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

  • जनमत पार्टी केन्द्रीय सचिवालय समितिको विस्तारित बैठक जारी

    जनमत पार्टी केन्द्रीय सचिवालय समितिको विस्तारित बैठक जारी

    जनकपुरधाम । डा. सीके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रीय सचिवालय समितिको विस्तारित बैठक शुरू भएको छ ।

    जनकपुरधामस्थित न्यू चन्दन होटलमा केन्द्रीय सचिवालय समितिको बैठक शुरू भएको पार्टीका उपमहासचिव ई. ईन्द्रजीत यादवले जानकारी दिए ।

    भोलिसम्म चल्ने बैठकमा संगठन विस्तार र आगामी निर्वाचन रणनीतिबारे छलफल हुने बताइएको छ ।

    बैठकमा निर्वाचित केन्द्रीय समितिका पदाधिकारी, मोर्चाका प्रमुखहरू, जिल्ला समन्वय समितिका पदाधिकारीसहित २ जना जनाको सहभागिता छ ।

  • भजन किर्तन गरिरहेका दुई जनाको करेन्ट लागेर मृत्यु

    भजन किर्तन गरिरहेका दुई जनाको करेन्ट लागेर मृत्यु

    जनकपुरधाम : धनुषाको क्षीरेश्वरनाथ नगरपालिका- ३ मा भजन कृतन गरिरहेका दुई जनाको करेन्ट लागेर मृत्यू भएको छ ।

    मृत्यू हुनेमा लक्ष्मीनिया गाउपालिका- ३ का बिन्दा दास र सोही ठाउका मनिराम यादव छन् । दुबै जना ४०/५० बर्ष उमेर समूहका छन् ।

    क्षिरेश्वरनाथका बुलन यादवले घरमा भजन कृतन कार्यक्रम आयोजना गरेका थिए । भजन गरिरहेकै क्रममा माइकमा करेन्ट प्रवाह भएपछि उनीहरु दुबै जनाको घटनास्थलमै मृत्यू भएको हो ।

    अहिले मृतक दुबै जनालाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको छ ।

  • जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतभित्रै आत्महत्या

    जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षमा आज विहान एक थुनुवाले आत्महत्या गरेका छन् ।

    धनुषा प्रहरी प्रवक्ता डिएसपी मकेन्द्र मिश्रका अनुसार लक्ष्मीनिaयाँ गाउँपालिका घर भएका थुनुवा पल्टु रबिदासले आत्महत्या गरेका हुन् । उनी कुटपिट अंगभंग मुद्दामा पक्राउ परेका थिए ।

    थुनुवा रबिदासले आफूले लगाउने गञ्जी च्यातेर पासो बनाई भेन्टिलेशनमा झुण्डिएको डिएसपी मिश्रले जानकारी दिए । उनले घटना विषयमा थप अनुसन्धान भइरहेको बताए ।

  • जनकपुरको शिवालयमा भक्तजनको भीड (तस्बिरहरू)

    जनकपुरको शिवालयमा भक्तजनको भीड (तस्बिरहरू)

    जनकपुरधाम । साउनको पहिलो सोमबार आज जनकपुरस्थित शिव मन्दिरमा बिहानैदेखि भक्तजानको भीड लागेको छ ।

    साउन महिनामा सोमारका दिन भगवान शिवको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुने जनविश्वास रहेकाले शिवालयहरुमा पूजापाठ गर्नेहरुको भीड लागेको हो ।

    साउनको सोमबार शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ । विशेषगरी महिलाहरुले विहानै स्नान गरी भगवान शिवको पूजा आराधना गर्छन् ।

    साउनको सोमबार व्रत गरेमा मनको इच्छा पूरा भई अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ । जनकपुरधामसहित देशभरको शिवालयमा भीड लागेको छ ।

    विगत दुई वर्षदेखि कोरोना महामारीका कारण साउने सोमबारी प्रभावित हुँदै आएको छ । यस वर्ष पनि विगत जस्तो भीडभाड र चहलपहल नरहेको स्थानीय बताउँछन् ।

     
     
     
  • जनकपुरमा सर्वोच्चको फैसलाको स्वागतमा र्‍याली र मैनबत्ती प्रज्वलन

    जनकपुरमा सर्वोच्चको फैसलाको स्वागतमा र्‍याली र मैनबत्ती प्रज्वलन

    जनकपुरधाम । संयुक्त लोकतान्त्रिक गठबन्धनले जनकपुरमा सर्वोच्च अदालतले गरेको संसद पुन:स्थापनाको फैसलाको स्वागतमा र्याली निकालेको छ ।

    नेपाली काँग्रेस, नेकपा एमाले माधव समूह, नेकपा माओवादी केन्द्र र जसपाले सर्वोच्चको फैसलाको स्वागतमा र्याली निकाल्नुका साथै मैनबत्ती प्रज्वलन गरेको हो । रेल्वे स्टेशनबाट निकालेको र्‍यालीले जनकचोकमा पुगेर मैनवत्ती प्रज्वलन गरिएको छ ।

    र्‍यालीमा गठबन्धनका नेता कार्यकर्ताहरुले आजलाई होइन् भोलीलाई, देश निकाल ओलीलाई, लोकतन्त्र जिन्दावाद, केपी ओली मुर्दावाद जस्ता नारा लगाए ।

    यूवा संघका कार्यकर्ताले प्रधानन्यायाधीशको पुत्ला जलाए

    नेकपा एमालेका राष्ट्रिय यूवा संघका कार्यकर्ताहरुले जनकपुरमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको पुत्ला जलाएका छन् ।

    संसद पुन:स्थापनाको फैसलालाई असंवैधानिक भन्दै प्रधानन्यायधीश राणको पुत्ला जनकपुरको मिल्स एरियामा यूवा संघका कार्यकर्ताहरुले जलाएका हुन् । उनीहरुले प्रधानमन्त्री केपीशर्मा ओलीको पक्षमा र सर्वोच्च अदालतका प्रधानन्यायाधीश राणको विपक्षमा नाराबाजी समेत गरेका छन् ।

    संसद पुन:स्थापनाको फैसला आउनुअघि यूवा संघका कार्यकर्ताले जनकपुरमा मोटरसाइकल र्‍याली निकालेका थिए । लगत्तै फैसला आएपछि उनीहरुले जनकपुरको पिडारी चोकमा टायर बालेर प्रदर्शन गरे ।

  • सर्वोच्चको फैसलाबारे प्रचण्डको अनुमान- देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी हुन्छ

    सर्वोच्चको फैसलाबारे प्रचण्डको अनुमान- देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी हुन्छ

    जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्ने दावी गरेका छन् ।

    पार्टीका केन्द्रीय सदस्य महादेव यादवप्रति श्रद्धाञ्जली अर्पण गर्न जनकपुरधाम आइपुगेका प्रचण्डले सर्वोच्चले आफूहरूको पक्षमा फैसला गर्ने ठोकुवा गरे । उनले सर्वोच्चको आदेशबाट प्रतिनिधिधिसभा पुन:स्थापना हुने र देउवा प्रधानमन्त्री बन्नेमा विश्वस्त रहेको बताए ।

    प्रचण्डले प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतलाई दबाब दिएर निरंकुश बन्दै गएको आरोप लगाए । उनले भने, ‘ओली जनताको नजरमा निरंकुश र लोकतन्त्र विरोधी तत्वको रुपमा उजागर भइसक्यो ।’

    यसअघि मन्त्रिपरिषद् विस्तारको निर्णय बदर गर्ने सर्वोच्चको फैसलाको पूर्वसन्ध्यामा पनि प्रचण्डले धादिङमा अदालतको फैसलाको पूर्वानुमान गरेका थिए । प्रधानमन्त्री ओलीले त्यसलाई ‘स्याल कराउनु र कुखुरो हराउनु’को संज्ञा दिएका थिए ।

  • जनकपुरमा प्रधानमन्त्रीको समर्थनमा युवा संघको शक्ति प्रदर्शन

    जनकपुरमा प्रधानमन्त्रीको समर्थनमा युवा संघको शक्ति प्रदर्शन

    जनकपुरधाम । नेकपा एमालेको राष्ट्रिय युवा संघ नेपालले प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा शक्ति प्रदर्शन गरेको छ ।

    शक्ति प्रदर्शनका क्रममा यूवा संघका कार्यकर्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा र जसपा अध्यक्ष उपेन्द्र यादवसहित विपक्षी गठन्धनका नेताहरुको विरुद्धमा नाराबाजी गरे । उनीहरुले ‘अघि बढ्नुस् केपी बा, हामी साथ दिन तयार छौं’ लगायतका नारा लगाएका थिए ।

    प्रदर्शनमा सहभागी सयौं कार्यकर्तामध्ये अधिकांशले बाँसको लाठी बोकेका थिए । जनकचोक पुगेर उनीहरुले विपक्षी नेताहरु उपेन्द्र यादव, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवको पुत्ला समेत दहन गरे ।

    जनकपुरमा केहिदिन अगाडी विपक्षी गठन्धनका विद्यार्थीहरुले सरकारविरुद्ध गरेको आन्दोलनको प्रतिकारमा युवा संघका कार्यकर्ताहरु उत्रेका थिए ।

  • जनकपुरमा मुख्यमन्त्री राउतविरुद्ध प्रदर्शन

    जनकपुरमा मुख्यमन्त्री राउतविरुद्ध प्रदर्शन

    जनकपुरधाम । कोभिड अस्पतालमा गरेको लगानी र कर्मचारी भर्ना प्रक्रिया सार्वजनिक गर्नुपर्ने माग राख्दै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतविरुद्ध जनकपुरका युवाहरुले प्रदर्शन गरेका छन् ।

    जनकपुरस्थित मधेस भवनमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडी युवा संघ नेपालसँग आवद्ध मुन्जय राउत नेतृत्वमा युवाहरुले प्रदर्शन गरेका हुन् । कोभिड विशेष अस्पतालमा व्यापक भ्रष्टाचार भएको र कर्मचारी पनि कानून विपरित भर्ना गरेकाले प्रदर्शन गरेको उनीहरुले बताएका छन् ।

    प्रदर्शनको नेतृत्व गरेका राउतले भने, ‘कोभिड अस्पतालमा ९ करोड लगानी गरेको कुरा बाहिर आएको छ । यसमा व्यापक भ्रष्टाचार भएको देखिन्छ । कुनै प्रक्रिया पुरा नगरी आफ्ना पकेटका मान्छेलाई कर्मचारी भर्ना गरेकाले प्रदर्शन गरेका हौं ।’

    युवाहरुले यसअघि कोभिड अस्पतालमै पुगेर खर्च रकम र कर्मचारी भर्ना प्रक्रिया सार्वजनिक गर्न माग गरेका थिए । तर त्यहाँका कर्मचारीहरुले सार्वजनिक गर्न मानेनन् । त्यसपछि उनीहरु मुख्यमन्त्री राउतविरुद्ध प्रदर्शनमा उत्रेका हुन् ।

    तीन दिनभित्र अस्पतालमा लगानी गरेको रकम र कर्मचारीको विवरण तथा भर्ना प्रक्रिया सार्वजनिक नगरे कडा आन्दोलन गर्ने युवाहरुले चेतावनी दिएका छन् ।

  • व्यवसायीमाथि ज्यादती भएको भन्दै प्रधानमन्त्रीलाई ज्ञापन

    व्यवसायीमाथि ज्यादती भएको भन्दै प्रधानमन्त्रीलाई ज्ञापन

    जनकपुर । भारत निकासी गर्न लागेको झुठो आरोप लगाई समान बरामद गर्ने, सवारी साधन जफत गर्ने र व्यवसायीलाई फसाउने कार्य रोक्न जनकपुर उद्योग बाणिज्य संघले सरकारसँग माग गरेको छ ।

    संघका अध्यक्ष जितेन्द्र महासेठले धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलामार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

    ग्रामिण भेगमा सामान लाने क्रममा जनकपुर क्षेत्रबाटै समातेर सीमा क्षेत्रमा समातेको भन्दै व्यवसायीलाई प्रहरीले फसाउने गरेको र सो कार्य बन्द गर्नका लागि आवश्यक निर्देशन दिन प्रधानमन्त्रीसँग ज्ञापन–पत्रमा माग गरिएको छ ।

    समान बरामद परे उद्योग बाणिज्य संघको पदाधिकारी अनिवार्य रोहबरमा राखि मुचुकल्का उठाउने प्रावधान राखी कार्यान्वयन गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख छ । व्यवसायीलाई दुःख दिने नियतले समान समातेर झूठो मुचुल्का तयार पार्ने प्रहरीलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने व्यवसायीहरुको माग छ ।

    ‘दशगजा क्षेत्रबाट ५ सय मिटरभित्रसम्म गोदाम राख्न पाउने प्रावधान छ’, संघका अध्यक्ष महासेठ भन्छन्, ‘तर गोदामसम्म समान लानै दिँदैन । अनेक बहाना बनाएर प्रहरीले समान समात्ने गर्छ । यसबाट व्यवसायी आजित बनेका छन् ।’

  • कोरोनाको ‘हटस्पट’ जनकपुरधाममा भीडभाड रोक्न प्रशासन असफल (तस्बिरहरु)

    कोरोनाको ‘हटस्पट’ जनकपुरधाममा भीडभाड रोक्न प्रशासन असफल (तस्बिरहरु)

    जनकपुरधाम । कोरोना महामारी फैलन नदिन सरकारी नीतिअनुसार स्थानीय प्रशासनले निषेधाज्ञा लागू गरेका छन् । निषेधाज्ञाको उद्देश्य संक्रमण दरको नियन्त्रण गर्नु नै हो ।

    तर, प्रदेश २ को अस्थायी राजधानी रहेको जनकपुरधाममा निषेधाज्ञाको पालना गराउन धनुषा प्रशासन असफल भएको छ । कोरोना संक्रमण तीब्र गतिमा बढ्न थालेपछि वैशाख २२ गते जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले निषेधाज्ञा लगाए । तर बजारमा देखिएको चहल–पहलले निषेधाज्ञा अन्त्य भएको जस्तो लाग्छ ।

    बजार क्षेत्रका अधिकांश पसल खुल्न थालेका छन् । सडकमा सिटी रिक्सा यात्रु ओसार्न सुरु गरिसके । ठेला फलफूल र पसलहरुमा विभिन्न समान बेच्दा न व्यवसायीले स्वास्थ्य मापदण्ड अपनाएको देखिन्छ, न सेवाग्राही अर्थात् सर्वसधारण जनता सचेत देखिन्छन् । प्रहरीले पक्रिन छाडेपछि त मास्क प्रयोग नगर्नेको संख्या बढ्न थालेको छ ।

    गृह मन्त्रालयले शनिवार मात्र ७७ वटै जिल्ला प्रशासन र सुरक्षा निकायलाई पत्राचार गर्दै ‘जनतालाई घरबाट निस्किनै नदिनू’ भनेर निर्देशन दिएको थियो । तर, धनुषामा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न स्थानीय प्रशासनले कुनै चासो देखाएका छैन । यस विषयमा बुझ्न प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलासँग सम्पर्क स्थापित हुन सकेन ।

    जनकपुधाम उपमहानगरपालिका कोरोनाको हटस्पट बनेको छ । अहिले उपमहानगरमै करिब १२ सय कोरोनाका सक्रिय संक्रमित छन् । र उनीहरु घरमै छन् । स्वास्थयकर्मीले निगरानी नगर्दा कतिपयले त घुमफिर पनि गर्छन् । यस्तो बेला बजारमा देखिन थालेको भीडभाडले जनकपुरमा कोरोनाले भयावह रुप लिने देखिन्छ ।

    हेर्नुस् तस्बिरहरु

  • स्वास्थ्य संकटकाल घोषणा गर्न जनकपुरका व्यवसायीको माग

    स्वास्थ्य संकटकाल घोषणा गर्न जनकपुरका व्यवसायीको माग

    जनकपुरधाम । जनकपुरका व्यवसायीहरुले स्वास्थ्य संकटकाल घोषणा गरी निजी अस्पताललाई कोरोना उपचारमा लगाउन माग गरेका छन ।

    जनकपुरधाम उद्योग बाणिज्य संघले शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रदेश सरकारले निजी अस्पतालको केहि भागलाई कोरोना उपचारका लागि अधिग्रहण गरी उपचारको व्यवस्था मिलाउन माग गरेको हो ।

    संघका अध्यक्ष जितेन्द्र महासेठ र महासचिव मनोज कुमार साहले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै निषेधाज्ञा अवधिभरको घरभाडा र बैंकको ब्याज छुट गर्न जनकपुरका व्यापारीको माग गरेका छन ।

    निषेधाज्ञाको सिधा मारमा उद्योगी व्यवसायीहरु परेकोतर्फ सरोकार राख्ने तीनै तहको सरकार पूर्ण उदासिन छ,’ विज्ञप्तीमा भनिएको छ, ‘उद्योगी व्यवसायीलाई गतिहिन बनाइएमा अर्थतन्त्र धारासायी हुनेतर्फ सचेत गराउँदै संघले भनेको छ, ‘निषेधाज्ञालाई निर्विकल्प उपाय नबनाइयोस् ।’

    संघले प्रादेशिक अस्पताल जनकपुरधाममा चिकित्सक र स्वास्थ्यकर्मी थप्न पनि सरकारको ध्यानाकर्षण गराएको छ । यस्तै जनकपुरकै मनिपालमा तत्कालै कोरोना अस्पताल संचालन गर्न पनि माग गरेको छ ।

  • अस्पताल चाहर्दा चाहर्दै जनकपुरमा एकको मृत्यु

    अस्पताल चाहर्दा चाहर्दै जनकपुरमा एकको मृत्यु

    जनकपुरधाम । जनकपुरमा अस्पताल चाहर्दै गर्दा मिथिला नगरपालिकास्थित तुलसी पाटो टोलका अन्दाजी ४० वर्षीय लोकबहादुर परियारले ज्यान गुमाएका छन् । उनलाई कोरोना संक्रमण भएको आशंका गरिएको छ ।

    बेड खाली नभएको भन्दै उनलाई अस्पतालहरूले उपचार नगरी फर्काएको थियो । केही दिनयता बटेश्वर गाउँपालिका-४ ससुरालीमा बसेका परियारलाई रुघाखोकी र ज्वरोको समस्या देखिएको पारिवारिक स्रोतले बताएको छ । स्वास्थ्य बिग्रिएपछि सोमवार साँझ करिब ७ बजे आफन्तले स्थानीय क्लिनिकमा लगे । तर, क्लिनिकका स्वास्थ्यकर्मीले यहाँ उपचार सम्भव नहुने भन्दै जनकपुर लग्न सुझाए ।

    लगत्तै उनलाई जानकी देवी स्मृति प्रतिष्ठानको एम्बुलेन्स भाडा गरेर जनकपुर लग्यो । करिब ८ बजे प्रादेशिक अस्पतालमा पुर्‍याइएकोमा आईसियू बेड खाली नभएको जवाफपछि फर्काइयो । कोभिडका बिरामी उपचार गरिरहेको बताउने सो अस्पतालमा चिकित्सकले बिरामी भर्ना भने लिन नमानेको आफन्तको गुनासो छ ।

    प्रादेशिक अस्पतालले भर्ना नलिएपछि बिरामीलाई जानकी हेल्थ केयर र रामजानकी अस्पताल लगियो । त्यहाँ अस्पतालको मूल गेटभित्र पनि पस्न पाएनन् ।

    एम्बुलेन्स चालक रामबाबु महतो भन्छन्, ‘जनकपुरमा कुनै अस्पतालले भर्ना लिन नमानेपछि आफ्न्तले घर नै लगिदिनु भने । त्यसपछि बटेश्वरको आरपी मेडिकल हल (क्लिनिक) मा बिरामीलाई उतारिदिएँ । म अर्को विरामी बोकेर काठमाडौं आएँ । अहिले थाहा भयो उनको मृत्यु भइसकेछ ।’

    उनका अनुसार एम्बुलेन्समा राख्ने बेला ठीकै थियो । तर, ५/७ मिनेटपछि सास फेर्न गाह्रो भयो भनेपछि अक्सिजन पनि लगाइयो । अक्सिजनकै अभावका कारण उनको मृत्यू भएको हुनसक्छ ।

    आज बिहान करिब ७ बजे परियारको मृत्यु भएको आरपी मेडिकल हलका संचालक सुवोध साहले जानकारी दिए । उनले भने, ‘राति ल्याएपछि बाहिर लग्नुस् भनेर फर्काइदिएको थिएँ । बिहान क्लिनिक खोल्न पुनः अर्को व्यक्ति लिएर आइपुग्यो । यहाँ उपचार सम्भव छैन, बाहिर लग्नुस् भनेर राति फर्काएको थिएँ, फेरी किन ल्याउनुभयो भन्दै गर्दा मृत्यु भयो ।’

    क्लिनिकको सिँढीमै परियारको मृत्यु भएपछि आफन्तले समेत शव छाडेर हिँडेका छन् । शव व्यवस्थापनको लागि प्रहरी गुहारिएको छ ।

  • जनकपुरमा महाशिवरात्रिको रौनक (तस्वीरहरु)

    जनकपुरमा महाशिवरात्रिको रौनक (तस्वीरहरु)

    जनकपुरधाम । महाशिवरात्रिको अवसरमा जनकपुरस्थित शिव चोकमा रहेको शिवालयमा पूजापाठ गर्नेहरुको घुँइचो लागेको छ ।

    ऐतिहासिक गंगा सागर पोखरीमा स्नान गरी भक्तजनहरुले शिवालयमा पूजा आराधना गरिरहेका छन् ।

    पूजापाठ गर्न बिहानैदेखि भक्तजनहरु लाइन लागेका छन् । पूजा आराधना गर्नेहरुको भीडका कारण सडक नै जाम भएको छ ।

    भगवान शिवलाई खुशी पार्न भक्तजनहरुले दुध, धतुरो, फूलमाला र बेलपत्र चढाउने गर्छन् ।

    आजको दिन निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा तथा शिवलिंगमा दुग्धाभिषेक र किर्तन गर्दा भगवान शिवले मनोकामना पूरा गर्ने जनविश्वास छ ।

    यस्तै महाशिवरात्रिको अवसरमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र जनकपुरले विशाल शिवलिङ्गलाई गाडीमा राखेर शान्ति यात्रा निकालेको छ ।

     

  • बुद्धएयरले जनकपुर–अयोध्या उडान भर्ने

    बुद्धएयरले जनकपुर–अयोध्या उडान भर्ने

    काठमाडौं । बुद्धएयरले धार्मिक पर्यटन क्षेत्र नेपालको जनकपुरबाट भारतको अयोध्यामा सिधा उडान सञ्चालन गर्ने भएको छ ।

    पौराणिक, धार्मिक सम्बन्ध रहिआएको जनकपुरधाम र अयोध्याको महत्वलाई दर्शाइ धार्मिक पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले उडान विस्तार गर्न लागिएको कम्पनीले जनाएको छ ।

    बुद्धले जनकपुरबाट अयोध्यामा विस्तार भइरहेको विमानस्थलमा सिधा उडान अनुमतिका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) मा निवेदन दिएको छ ।

    प्रदेश नं २ सरकारलाई पनि बोधार्थ पठाइएको छ । तीन वर्षअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला जनकपुर र अयोध्यालाई भगिनी शहरका रूपमा विकास गर्ने, रामायण सर्किट बनाउनेजस्ता सहमति भएको थियो ।

    जनकपुरधामबाट अयोध्यामा निर्माणाधीन विमानस्थलको उडान ५० मिनेटको हुनेछ । यस उडानबाट दुवै देशका धार्मिक पर्यटकले मनग्यै लाभान्वित हुने कम्पनीको विश्वास छ ।

    जनकपुर विमानस्थल आन्तरिक विमानस्थल भएकाले अन्तर्राष्ट्रिय उडानका लागि भन्सार र अध्यागमन कार्यालय स्थापना गर्न सरोकारवाला निकायले पनि सहजीकरण गरिदिएको खण्डमा निकट भविष्यमा यो गन्तव्यबाट भारतीय पर्यटकको सङ्ख्या बढ्ने अनुमान गरिएको छ ।

    कोभिड–१९ पछिको उडान बजारमा आफूनो उपस्थिति बलियो बनाउन बुद्धले आक्रामक बजार विस्तार गर्न लागेको विज्ञप्तिमार्फत जनाएको छ । हरेक गन्तव्यमा यात्रुको चाप हेरी थप उडान भरिनेछ ।

    बुद्धएयरसँग अहिले नौ थान एटिआर–७२, तीन थान एटिआर–४२ र दुई थान बीचक्राफ्ट गरी १४ जहाज छन् । कोभिडका कारण शिथिल भएको हवाई क्षेत्रलाई चलायमान बनाउन बजार विस्तारसहित उपस्थिति जनाउने कम्पनीको योजना छ ।

    अहिले बुद्धले दैनिक १२० उडान गरिरहेको छ । उडान सङ्ख्या बढे पनि विदेशी पर्यटक नआएसम्म पूर्ववत अवस्थामा फर्कन कठिन हुने बुद्धएयरका बजार निर्देशक रुपेश जोशीले बताए ।

    बुद्धले पोखराका लागि दैनिक नौ, विराटनगरका लागि आठ, भैरहवा सात, सिमरा, भरतपुर, भद्रपुर पाँच, जनकपुर, नेपालगञ्जका लागि दैनिक चार उडान गर्दै आएको छ ।

    अन्य गन्तव्यमा पनि यात्रुको चाप हेरी उडान विस्तार गर्ने बुद्धएयरले जनाएको छ । बुद्धएयरलले अहिले भद्रपुर, तुम्लिङटार, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, भैरहवा, नेपालगञ्ज, सुर्खेत र धनगढीमा उडान गरिरहेको छ ।

    यीबाहेक काठमाडौँ र पोखराबाट पर्वतीय उडान पनि सञ्चालन गरिरहेको छ । भारतको वनारस उडान दुवै देशको स्वीकृतपछि पुनः उडान सञ्चालन गर्ने योजना रहेको कम्पनीले उल्लेख गरेको छ

     

  • रामचन्द्र कुटिएपछि मात्रिका सडकमा, लाठी बोकेर बजार बन्द गराउँदै कार्यकर्ता

    रामचन्द्र कुटिएपछि मात्रिका सडकमा, लाठी बोकेर बजार बन्द गराउँदै कार्यकर्ता

    जनकपुरधाम । प्रहरी र प्रदर्शनकारीबीचको झडपमा प्रचण्ड–माधव नेपाल समूहका नेता रामचन्द्र झा घाइते भएपछि नेता मात्रिका यादव सडकमा निस्किएका छन् । यादवको नेतृत्वमा प्रदर्शनकारीहरुले जबर्जस्ती बजार पसल बन्द गराइरहेका छन् ।

    प्रदर्शनकारीले ठूला–ठूला भाटा बोकेर स्थानीयलाई बजार पसल बन्द गर्न दबाब दिइरहेका छन् ।

    केही समयअघि जनक चोकमा बन्दकर्ता र सुरक्षाकर्मीबीच भएको झडपमा नेता झा घाइते भएका हुन् । घाइते झाको टाउकोमा चोट लागेको छ । उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।

    झडपपछि प्रदर्शनकारी झन् आक्रामक ढंगमा प्रस्तुत भएका छन् ।

    केहीबेर अघि स्थिति नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्याँस प्रहारसँगै हवाई फायर समेत गरेको थियो ।

  • जनकपुर यातायातमा अख्तियारको छापा, कार्यालय सहयोगी र दलाल पक्राउ

    जनकपुर यातायातमा अख्तियारको छापा, कार्यालय सहयोगी र दलाल पक्राउ

    जनकपुरधाम । यातायात तथा व्यवस्था कार्यालय जनकपुरका कार्यालय सहयोगी र एक दलाललाई घुस रकमसहित अख्तियारले पक्राउ गरेको छ ।

    कार्यालय सहयोगी भोगेन्द्र कापर र दलाल राजकिशोर भगत घुस रकमसहित पक्राउ परेको अख्तियारको कार्यालय बर्दिबासका प्रवक्ता मनिराज ज्ञवालीले जानकारी दिए ।

    उनका अनुसार कापरबाट २ लाख २३ हजार ८२० रुपैया र दलाल भगतको साथबाट ५० हजार रुपैयाँ नगद बरामद भएको छ ।

    प्रवक्ता ज्ञवालीले भने, ‘यातायात कार्यालयका छैठौं तहका कर्मचारी तेजेन्द्र भनिने अनिल गिरीको निर्देशनमा दलाल भगतबाट कार्यालय सहयोगी कापरले घुस लिएका थिए ।’ घुस लिन भनेका कर्मचारी गिरी फरार भएका छन् ।

    लोडर र स्काभेटरको चालक अनुमति पत्रका लागि दलालले कर्मचारीलाई घुस दिन लागेको सूचना पाएपछि अख्तियारको टोली आएर छापा मारेको प्रवक्ता ज्ञवालीले बताए । उनका अनुसार रकम खोज्न करिब ५ घण्टा नै लागेको छ ।

  • राम–सीताको टिकाटालोका लागि कोसेली लैजाँदै साधुसन्त (फोटो फिचर)

    राम–सीताको टिकाटालोका लागि कोसेली लैजाँदै साधुसन्त (फोटो फिचर)

    जनकपुर । राम–सीता विवाहपञ्चमीको चौथो दिन अर्थात् बिहीबार जानकी मन्दिरबाट बाजागाजासहित कोसेली बोकेर साधुसन्तसँगै सर्वसाधारण राम मन्दिर गएका छन् । यो विधिलाई तित्कोत्सव भनिन्छ । त्रेतायुगमा भगवान राम र सीताको टिकाटालो भएको सम्झनामा तिल्कोत्सव मनाउने गरिन्छ ।