Tag: जगन्नाथ खतिवडा

  • प्रधानन्यायाधीशले एक मिनेट पनि पदमा बसिरहन मिल्दैन– जगन्नाथ खतिवडा (भिडिओ)

    प्रधानन्यायाधीशले एक मिनेट पनि पदमा बसिरहन मिल्दैन– जगन्नाथ खतिवडा (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा एक मिनेट पनि कुर्सीमा बस्न नमिल्ने बताएका छन् ।

    समाजवादी प्रेस संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै खतिवडाले आफ्नो पार्टी र गठबन्धनले आधिकारिक धारणा बनाउन बाँकी रहे पनि प्रधानन्यायाधीश अब पदमा बस्न योग्य नरहेको बताए ।

    खतिवडाले भने– यो मेरो व्यक्तिगत भनाइ नै हो अहिलेलाई । तर प्रधानन्यायाधीशले कुर्सीमा बसिरहन उचित छैन । यति चरित्रहीन न्यायालय बनाएर त्यसको नेतृत्वमा बस्न उहाँले सुहाउँदैन ।

  • नेकपा एसले डाक्यो केन्द्रीय कमिटी बैठक

    नेकपा एसले डाक्यो केन्द्रीय कमिटी बैठक

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

    ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा कात्तिक २७ र २८ गतेलाई बैठक तय गरिएको हो । २७ गते बिहान ११ बजे अध्यक्ष माधवकुमार नेपालले बैठक उद्घाटन गर्ने छन् ।

    नेकपा एसका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार संगठन विस्तार, सरकारको कामको समीक्षा, प्रदेश सरकारमा पार्टीको सहभागिता र भूमिका, न्यायालयमा देखिएको समस्यालगायतका विषय बैठकका मूख्य एजेण्डा हुनेछन् ।

    यसअघि सचिवालयलगायतले गरेका निर्णयको पनि केन्द्रीय कमिटीमा अनुमोदन हुने बताइएको छ ।

  • नेकपा एसको प्रचार विभाग प्रमुख जगन्नाथ, श्रीप्रसादले पाए प्रवास इन्चार्जको जिम्मेवारी

    नेकपा एसको प्रचार विभाग प्रमुख जगन्नाथ, श्रीप्रसादले पाए प्रवास इन्चार्जको जिम्मेवारी

    काठमाडौं । नेकपा एकीकृत समाजवादीको प्रचार विभाग प्रमुखको जिम्मेवारी जगन्नाथ खतिवडाले पाएका छन् । स्थायी कमिटीको हालै बसेको बैठकले खतिवडालाई प्रचार विभागको जिम्मा दिएको हो ।

    पूर्व सांसद खतिवडा अनेरास्ववियुका पूर्व महासचिव तथा प्रखर वक्ता हुन् । प्रवक्ता पद नराखिए पनि प्रचार विभाग प्रमुखले प्रवक्ताको जिम्मेवारी सम्हाल्ने प्रचलन छ । तर स्थायी कमिटीमा उनी नभएकाले तत्काल प्रवक्ता भनेर कसैलाई तोकिएको छैन ।

    नेकपा एसले बेदुराम भुसाल, प्रमेश हमाल, राजेन्द्र पाण्डे, गंगालाल तुलाधर, जयन्ती राई र जीवनराम श्रेष्ठ रहेको केन्द्रीय सचिवालय समेत गठन गरेको छ ।

    नेकपा एमालेमा महासचिवको नेतृत्वमा रहने सचिवालयको अभ्यास नेकपा एसले गरेको हो । सचिवालयको पहिलो बैठक आज बस्ने बताइएको छ ।

    नेकपा एसले मोर्चा संगठनको इन्चार्जमा डा. बिजय पौडेल र प्रवास क्षेत्रको इन्चार्जको जिम्मेवारी श्रीप्रसाद साहलाई दिएको छ । साह यसअघि एमाले र साविक नेकपामा पनि प्रवास हेर्ने जिम्मेवारीमा थिए ।

  • जगन्नाथ खतिवडाको टिप्पणीः हामीलाई छल्नका लागि एकताको नाटक गरियो

    जगन्नाथ खतिवडाको टिप्पणीः हामीलाई छल्नका लागि एकताको नाटक गरियो

    काठमाडौं । प्रस्तावित नेकपा एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडाले एमालेमा मिसिएका मध्यमार्गी नेताहरुलाई ‘धोकेवाज’ संज्ञा दिएका छन् । आफूहरुलाई छल्नका लागि एमालेसँग एकता गरेको उनले टिप्पणी गरे ।

    निर्वाचन आयोगमा दर्ता सनाखतका लागि पुगेका खतिवडाले पत्रकारसँग भने, ‘उहाँहरु भुलभुलैयामा परेर अभियानबाट फर्किनुभयो । हामीलाई छल्नका लागि यो एकताको नाटक गरिएको हो । हामीले नयाँ पार्टी बनाउन प्रक्रिया थाल्नेवित्तिकै अनेकौं नाटकको श्रृंखला मञ्चन गरिएको छ ।’

    अब उहाँहरुलाई तान्न प्रयास गर्नुहुन्छ ? भन्ने प्रश्नमा खतिवडाले त्यस्तो प्रयास नगर्ने, तर उनीहरु आफैं आउने दावी गरे ।

    ‘धोकेवाजहरुसँग हामी प्रयास गर्दैनौं । तर हामीलाई थाहा छ, उहाँहरु केपी ओलीको स्वेच्छाचारितासँग मिल्न सक्नुहुन्न । अन्तिममा हामीतिरै आउनुहुन्छ ।’

  • ‘अब नयाँ कम्युनिष्ट पार्टी बन्छ, विष्णु पौडेल र सुवास नेम्वाङले माधव नेपालको साथ छाड्न पाउँदैनन्’

    ‘अब नयाँ कम्युनिष्ट पार्टी बन्छ, विष्णु पौडेल र सुवास नेम्वाङले माधव नेपालको साथ छाड्न पाउँदैनन्’

    काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले अब एकताको सम्भावना अन्त्य भएको निष्कर्ष निकालेको छ । अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकबाट विधान संशोधनसहित संगठनात्मक गतिविधि अघि बढाएपछि उनले एकता नचाहेको प्रष्ट भएको नेपाल पक्षको दावी छ ।

    नेपालनिकट पोलिटब्यूरो सदस्य जगन्नाथ खतिवडाले ओलीकै कारण अब एकताको अध्याय समाप्त भएको बताए । उनले कम्युनिष्ट पार्टीको पुनर्गठन गर्दै अब नयाँ ढंगबाट अघि बढ्नुपर्ने बाध्यता माधव नेपालमाथि आइपरेको बताए ।

    नेपाल प्रेससँग कुरा गर्दै नेपालनिकट नेता खतिवडाले पार्टीमा सम्मानजनक एकता र सबै कार्यकर्ताको सुरक्षाका लागि समान हैसियतसहितको अध्यक्ष माधव नेपाललाई बनाउने सहमति ओलीले नमानेपछि अब नयाँ कम्युनिष्ट पार्टी गठनको विकल्प नरहेको बताए ।

    उनले समान हस्ताक्षरसहितको अध्यक्ष बनाउने प्रस्ताव लिएर जाने विष्णु पौडेल, सुवास नेम्वाङ, भीम रावल र सुरेन्द्र पाण्डेले अब माधव नेपाललाई धोका दिए राजनीतिक बेइमान ठहरिने चेतावनी दिए ।

    खविडाले नेपाल प्रेससँग यसो भने

    एमाले एकताको लागि पहिलो कुरा सबैभन्दा महत्वपूर्ण हतियार भनेको संयुक्त हस्ताक्षरले समान बिजयको भाव देखाउँथ्यो । दोस्रो कार्यकर्तालाई भेदभावको नियन्त्रण गर्नेलाई हतियारको काम गर्थ्यो । तेस्रो साझा सहमतिमा काम गर्न र सहमतिको निर्णयमात्र गर्न बाध्य पार्थ्यो । महाधिवेशनसम्म सहमतिको निर्णय गर्दा हाम्रो दूरी पनि घट्दै जान्थ्यो । त्यो कुराको लागि हामीले संयुक्त हस्ताक्षर भनेको हो । तर, केपी ओलीले यो कुरा मान्नु भएन भनेपछि कुरा सकियो ।

    अब दुइटा चुनौती छन् । अब वार्ता कार्यदलका खासगरी चारजना नेताहरूमाथि चुनौती छ । उताबाट विष्णु पौडेल र सुवास नेम्वाङ, यताबाट भीम रावल र सुरेन्द्र पाण्डे ।

    यी चारजनाले माधव नेपाललाई पूर्ण विश्वस्त गराउनुभएको थियो । । संयुक्त हस्ताक्षर पनि प्रमाणीकरण हुन्छ, तपाईंलाई समान हैसियतको अध्यक्ष पनि बनाइन्छ भनेर ढुक्क बनाउनुभएको थियो । । हामीले पनि यो बटमलाइन बनाएका थियौं । त्यो आधारभूमि बटमलाइन थियो ।

    तर, अब विष्णु पौडेल, सुवास नेम्वाङ, भीम रावल र सुरेन्द्र पाण्डेलाई ठूलो नैतिक संकट छ । यदि उहाँहरूसँग साँच्चिकै राजनीतिक नैतिकता छ भने माधव नेपालको साथ छाड्नु हुँदैन । किनकी समान हैसियतको अध्यक्षको प्रस्ताव यी चार नेताहरूको थियो, माधव नेपालको प्रस्ताव होइन ।

    माधव नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव सुवास र विष्णुको हो । केपी ओलीले सहमति र स्वीकृति दिएको कुरा हो । कहिले झलनाथ, कहिले वामदेव भन्नुभयो माधव नेपालले, तर आफू हुनुपर्छ भन्नुभएन । यस हिसाबले यी चार नेताले माधव नेपाललाई छाडे भने राजनीतिक बेइमानको रूपमा दर्ज हुनुहुनेछ ।

    अर्को कुरा केपी ओलीले सबै ढोका बन्द गर्नुभयो । हाम्रो वार्ता कार्यदल यो भन्दा निराश हुने ठाउँ छैन । कि त वार्ताकार नेताहरू भूलभलैयामा थिए, केपी ओलीले एक-एकवटा मायाजाल बिछ्याएका थिए । सबै भ्रमबाट मुक्त भए, केपी ओली एकता चाहँदैनन् ।

    केपी ओली सय प्रतिशत उनका समर्थक बनाउन चाहानुहुन्छ । उहाँको बटमलाइन आफ्नोमात्र चल्ने पार्टी बनाउने हो । हाम्रो एकताको आधार संयुक्त हस्ताक्षरसहितको एकता हो । अब अगाडि कसरी अगाडि बढ्ने भन्ने हो ।

    केपी ओलीले कस्तो पार्टी बनाउन चाहानुहुन्छ भन्ने उहाँको  विधान हेरेपछि देखिन्छ । आफूलाई सधैंभरि स्तुती गान गाइरहने,आफूले जतिबेला पनि पजनी गर्न पाइरहने,कसैले आलोचना गर्न नपाइने पार्टी बनाउन चाहानुहुन्छ भन्ने देखिन्छ । हिजो पार्टीको लोकतान्त्रीकरण भन्ने ओली अब तानाशाही तरिकाले पार्टी चाहानुहुन्छ।

    अब केपी ओली यस हिसाबले राष्ट्रपतीय शासन प्रणालीमा जान बाध्य हुनुहुन्छ । पार्टीमा एकल नेतृत्व हो भने त्यही मोडलको प्रत्यक्ष निर्वाचिन राष्ट्रपतीय प्रणालीमा जान बाध्य हुनुहुन्छ।

    ओलीले जो-जो आउँछन् समेट्ने, नआउनेलाई घर-घरमा लिन गइदैन भन्नुभएछ । । पहिलो कुरा केपी ओलीको विषालु चकलेट खाइँदैन । हामी मान्यताको राजनीति गर्छौं भनेर लागेका छौं । जाने कोही छ भने व्यक्तिको स्वतन्त्रताको कुरा हो । कसैलाई रोकिँदैन ।

    केपी ओलीका मान्छेहरू पनि हामीसँग आउन सक्छन्, हाम्रो मूल्य मान्यता मन परेपछि । तर, अब पार्टी पुनर्गठनको गर्नुको विकल्प हामीसँग छैन । विचारमा, राजनीतिमा र संगठनमा तीनै ठाउँमा पुनर्गठन गरेर नयाँ धारको नयाँ ढाँचाको, बढी जनतालाई केन्द्रविन्दु बनाएको नयाँ कम्युनिष्ट पार्टी आजको मुलुकको आवश्यकता हो । हामी त्यो दिशामा जानुपर्छ भन्ने निष्कर्ष हो ।

  • १० बुँदे सहमतिले माधव समूहमा असन्तुष्टि, प्रतिगमनका अगाडि घुँडा टेकेको आरोप

    १० बुँदे सहमतिले माधव समूहमा असन्तुष्टि, प्रतिगमनका अगाडि घुँडा टेकेको आरोप

    काठमाडौं। एमाले एकताका लागि गठित वार्ता कार्यदलले गरेको १० बुँदे सहमतिप्रति माधव नेपाल समूहमा असन्तुष्टि बढेको छ । वरिष्ठ नेता माधवकुमार नेपाल स्वयंले सम्झौताप्रति असन्तुष्टि जनाएका बेला उनी निकट नेताहरुले यो सहमति अश्वीकार गर्ने बताएका छन् ।

    नेपाल निकट पोलिटव्युरो सदस्य डा. विजय पौडेलले यही सहमति भएको हो भने प्रतिगमनका अगाडि घुँडा टेकेको बताएका छन् । उनले यस्तो सहमतिले पार्टी एकता नहुने समेत प्रष्ट पारेका छन् ।

    पौडेलले भनेका छन्, ‘यदि यसमा सहमति भएको हो भने यो लिखत प्रतिगमनका अगाडि घुँडा टेकेको हो । ‘प्रतिनिधिसभा बिघटन गर्नु गलत थियो’सम्म भन्न नसक्ने यस्तो सहमतिले पार्टी एकता हुन्न ।’

    अर्का पोलिटव्युरो सदस्य जगन्नाथ खतिवडाले सहमतिको राजनीतिक अन्तरवस्तुमा आफू अहिले टिप्पणी नगर्ने र माधव नेपाल समूहमा छलफलपछि प्रतिक्रिया दिने बताए ।

    तर, प्राविधिक कुरामा भने आफू असहमत रहेको खतिवडाले बताए । उनले आफूलाई नेकपा एमालेको १४ औं केन्द्रीय कमिटी बैठकमा सहभागिताका लागि एसएमएस आएको भन्दै त्यो मान्य नहुने बताए ।

    खतिवडाले नेपाल प्रेससँग भने, ‘२०७५ जेठ ३ गते एमालेको नवौं केन्द्रीय कमिटी बैठक बसेको थियो । अब १० औं बैठक बस्नुपर्नेमा १४ औं बैठक भनेर बोलाइनु फागुन २८ यताका सबै निर्णय मान्य हुने हो । यो कसरी हुन्छ ?’

    खतिवडाले १० बुँदे सहमतिले प्रतिनिधिसभा विघटन सही हो भनेर पुनःस्थापनाको विपक्षको आशय व्यक्त गरेको बताए ।

  • राष्ट्रपति र प्रधानमन्त्री मिलेर राज्यका सबै अंग कब्जा गर्न खोजेको पुष्पलाल मित्रता केन्द्रको ठहर

    राष्ट्रपति र प्रधानमन्त्री मिलेर राज्यका सबै अंग कब्जा गर्न खोजेको पुष्पलाल मित्रता केन्द्रको ठहर

    काठमाडौं । पुष्पलाल मित्रता केन्द्रले नेपाल कम्युनिष्ट पार्टीलाई विभाजित गरेर दक्षिणपन्थले टाउको उठाइरहेको भन्दै कम्युनिस्ट आन्दोलनको एकताको लागि आह्वान गरेको छ । केन्द्रीय समितिको बैठकले प्रस्ताव पारित गर्दै दक्षिणपन्थबाट जोगाएर पार्टी एकतामा जुट्न आग्रह गरेको हो ।

    केन्द्रका अध्यक्ष जगन्नाथ खतिवडाको अध्यक्षतामा भर्चुअल रूपमा बसेको बैठकले केपी ओलीले पार्टी सत्ता र राज्यसत्ताको दुरुपयोग गर्दै लोकतन्त्र,संविधान र राजनीतिक प्रणाली नै धरापमा पारेको आरोप लगाएको छ ।

    माधव नेपाल पक्षधर नेताहरू रहेको सो संस्थाले राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा संवैधानिक निकाय कब्जा गर्ने प्रयास भइरहेको टिप्पणी समेत गरेको छ । बैठकले काम चलाउ सरकारले बजेट वक्तव्यमार्फत व्यापार घाटा कम गर्ने नाममा नेपालको चुरे क्षेत्रको उत्खनन गरी निकासी गर्ने कार्यले नेपालको तराई क्षेत्रलाई मरुभूमिकरण गर्न खोजेको ठहर गरेको छ ।

    केन्द्रले नेपालमो वैदेशिक हस्तक्षेप बढेको भन्दै हालै पाँच पूर्व प्रधानमन्त्रीहरुले संयुक्त वक्तव्य जारी गरी वैदेशिक हस्तक्षेपका विरुद्ध आवाज उठाउँदै आसन्न संकटलाई संकेत गरेको जनाएको छ ।

    केन्द्रका अध्यक्ष खतिवडाले नेकपा फुटाउने र एमाले एकता हुन नदिने पनि मुख्य बाधक केपी ओली नै रहेको ठहर बैठकले गरेको बताए । असमान ढंगले हुने एमाले एकता दीर्घकालीन रूपमा अघि बढ्ने बैठकले गरेको उनको भनाइ छ ।