Tag: जंगली हात्ती

  • बाख्रा चराउन गएकी महिलाको जंगली हात्तीको आक्रमणबाट मृत्यु

    बाख्रा चराउन गएकी महिलाको जंगली हात्तीको आक्रमणबाट मृत्यु

    बर्दिया । जंगली हात्तीको आक्रमणबाट राजापुरस्थित नेपाल-भारत सीमा क्षेत्रमा एक महिलाको मृत्यु भएको छ ।

    राजापुर नगरपालिका-९ की ५४ वर्षीया भुसिया थारुलाई दशगजानजिक आज दिउँसो हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । थारुलाई बाख्रा चराउन गएको बेला जंगली हात्तीले आक्रमण गरेको बर्दिया प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले जानकारी दिए ।

  • जंगली हात्तीको आक्रमणबाट चितवनका युवकको मृत्यु

    जंगली हात्तीको आक्रमणबाट चितवनका युवकको मृत्यु

    चितवन । जंगली हात्तीको आक्रमणबाट पूर्वी चितवनका एक जनाको ज्यान गएको छ । हात्तीको आक्रमणबाट पूर्वी चितवनमा पर्ने राप्ती नगरपालिका १ घलान चोकका २८ वर्षीय सागर लामाको मृत्यु भएको हो ।

    घर नजिकैको ड्याम साइडमा शनिबार राति ८ बजे अन्य दुई साथीसँगै घुम्न निस्केका उनीहरुलाई जंगली हात्तीले लखेटेको थियो । चितवन प्रहरी प्रवक्ता सूर्यबहादुर थापाले राति देखि सम्पर्क विहिन सागर लामा विहान ८ बजेतिर मृत भेटिएको बताए ।

    सागरको शव मकवानपुरको मनहरि गाउँपालिका ६ खयरघारी (लोथर खोला पारी)मा भेटिएको थियो । हात्तीको आक्रमणबाट उनीसँगै गएका कृष्ण लामाको खुट्टामा सामान्य चोट छ । अर्का शक्ति गुरुङ सकुशल छन् ।