Tag: चौधरी ग्रुप

  • भैँसेपाटीमा चौधरी ग्रुपको हाउजिङ परियोजना सुरू

    भैँसेपाटीमा चौधरी ग्रुपको हाउजिङ परियोजना सुरू

    काठमाडौं । चौधरी ग्रुपअन्तर्गतको सीजी डेभलपर्सले ‘सीजी हिल्स प्रिमियम भैँसेपाटी’ हाउजिङ परियोजना सुरू गरेको छ । नेपालमा लक्जरियस हाउजिङ विकास गर्ने लक्ष्यअनुसार उक्त परियोजना कार्यान्वयनमा ल्याइएको हो ।

    सीजी डेभलपर्सले यहाँ ६० वटा सुविधासम्पन्न घरहरू निर्माण थालेको हो । आवासका लागि आकर्षक रमणीय ठाउँ, विशेष सुरक्षा प्रबन्ध, फराकिलो सडकलगायतका भौतिक संरचना र भीआईपीहरूको जमघट हुने स्थानमा सीजीसँग जोडिँदै आएका उपभोक्ताहरूलाई लक्षित गरी परियोजना संचालनमा ल्याइएको ग्रुपले जनाएको छ ।

    ‘सीजी हिल्स प्रिमियम सम्पूर्ण रूपमा एउटा सुन्दर घर परिकल्पनाको साकार रूप त हो नै त्यसका अलावा यो आफैमा स्टाटस सिम्बोलका रुपमा समेत स्थापित हुनेछ’, परियोजना प्रमुख इन्जिनियर नारायण श्रेष्ठ भन्छन्, ‘सीजीसँग बर्षौदेखि जोडिँदै आउनुभएका हाम्रा प्रिय उपभोक्ताहरूका लागि यति सुन्दर परियोजना समर्पण गर्न पाँउदा हामी निकै खुसी छौँ र यो उहाँहरुका लागि एउटा दुर्लभ अवसर सावित हुनेछ भन्नेमा पनि विश्वस्त छौँ ।’

    यस परियोजनामा चार प्रकारका घरहरू निर्माण हुनेछन् । करिब २७ सय वर्गफिटदेखि ३७ सय वर्गफिटसम्ममा फैलिने घरहरू साढे दुई तलादेखि साढे तीन तलासम्मका रहनेछन् । यी घरहरू ४ आनादेखि १० आना जग्गाको क्षेत्रफलमा विकास हुनेछन् । नेपालको हाउजिङ इतिहासमा यस परियोजनामा अत्याधुनिक इन्जिनियरिङको प्रत्यक्ष अनुभव गर्न पाइने बताइएको छ ।

    फिल्डमा निर्माण कार्य प्रारम्भ भएसँगै परियोजनाले हाउजिङ बुकिङ खुला गरिएको छ ।

  • ओलीको आरोपपछि चौधरी ग्रुपले तथ्यांक देखाउँदै भन्योः १ वर्षमा १४ अर्ब राजश्व तिर्‍यौं

    ओलीको आरोपपछि चौधरी ग्रुपले तथ्यांक देखाउँदै भन्योः १ वर्षमा १४ अर्ब राजश्व तिर्‍यौं

    काठमाडौं । चर्चित व्यापारिक घराना चौधरी ग्रुपले आफूलाई देशकै सबैभन्दा ठूलो करदाता भएको दावी गरेको छ । नेपाल सरकारको राजश्वमा १.७३ प्रतिशत योगदान दिएको  भन्दै ग्रुपले सो दावी गरेको हो ।

    एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हिजो पार्टीको केन्द्रीय समिति वैठकमा बोल्दै ‘ठूला उद्योगपतिहरुले नै सरकारलाई कर नतिर्ने गरेको आराेप लगाएका थिए । ओलीको आरोप परोक्षरुपमा आफूहरुमाथि भएको महसुस गर्दै चौधरी ग्रुपले स्पष्टीकरण दिएको हो ।

    आर्थिक वर्ष २०७७/०७८ मा आफू अन्तरगतका उद्योग व्यवसायले १४ अर्ब २८ करोड रूपैयाँभन्दा बढी राजश्व योगदान गरेको ग्रुपले जनाएको छ ।

    ‘एउटा ब्यापारिक समुहबाट सरकारको राजश्वमा भएको संभवतः यो सबैभन्दा ठूलो योगदान हो,’ ग्रुपद्वारा जारी विज्ञप्तिमा भनिएको छ । कांग्रेस सांसद एवं ग्रुपका अध्यक्ष विनोद चौधरीले कोभिड–१९ का कारण राष्ट्रिय अर्थतन्त्र नै संकुचित भएको समयमा राजश्वमा आफूहरुले उल्लेख्य योगदान गरेको बताए ।

    ‘स्वास्थ्य संकटको व्यवस्थापन र कोभिड खोप खरिदलगायत सरकारका अत्यावश्यक दायित्व व्यवस्थापनमा यसले महत्वपूर्ण भुमिका निर्वाह गरेको होला भन्ने मैले विश्वास लिएको छु,’ उनले भने ।

    विगत चार आर्थिक वर्षमा ४५ अर्ब ५० करोड रूपैयाँ योगदान गरेको ग्रुपले जनाएको छ । चौधरी ग्रुपको खाद्य पदार्थदेखि जलविद्युत् र वित्तिय क्षेत्रसम्म लगानी रहेको छ । यस ग्रुपका अध्यक्ष विनोद चौधरी नेपालका एकमात्र डलर अर्बपति हुन् ।

    ‘यस्तो संकटमा पनि यो तहको योगदान गर्न सक्नु ग्रुपको कुशल व्यवस्थापनको नतिजा हो, जसले हामीलाई क्राईसिस म्यानेजमेन्टमा धेरै कुरा सिकाएको छ’, ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरी भने, ‘हामी नेपालका धेरै क्षेत्रहरुमा लगानी विस्तार गरिरहेका छौँ र चालु आर्थिक बर्षको राजश्वमा हाम्रो योगदान पक्कै पनि योभन्दा माथि रहनेछ ।’

    चौधरी ग्रुपका प्रवक्ता मधुसूदन पौडेलले यदि प्रधानमन्त्री भईसकेको व्यक्तिलाई यस बिषयमा जानकारी नभएको हो भने त्योभन्दा दुःखद कुरा अरु केही नहुने प्रतिक्रिया दिए ।

  • काठमाडौंमा सीजी इन्टरनेट सेवा सुरु, ९९९ रूपैयाँमै १२० एमबीपीएस

    काठमाडौंमा सीजी इन्टरनेट सेवा सुरु, ९९९ रूपैयाँमै १२० एमबीपीएस

    काठमाडौं । सीजी कम्युनिकेसन्सले आजदेखि काठमाडौं उपत्यकामा इन्टरनेट सेवा ‘सीजी नेट’ सुरु गरेको छ । उपभोक्ताले नेपाली बजारमा उपलब्ध इन्टरनेट सेवाभन्दा आधा सस्तो मूल्यमा ‘सीजी नेट’ प्राप्त गर्ने सीजीले दाबीसमेत गरेको छ ।

    सीजी कम्युनिकेसन्सले १२० एमबीपीएस गतिको इन्टरनेट सेवा ९९९ रूपैयाँमा उपलब्ध गराउने बताएको छ । उपभोक्ता केन्द्रित सेवा सुरु गरिएको र यसले उपभोक्ताको जीवनमा नयाँ अनुभव गराउने विश्वास लिएको सीजी कम्युनिकेसन्सले बताएको छ ।

    ‘सीजी नेट’ देशव्यापी इन्टरनेट सेवाप्रदायक (आईएसपी) रहेको र यसले व्यावसायिक र व्यक्तिगत दुवैका लागि इन्टरनेट सेवा उपलब्ध गराउने छ । निकट भविष्यमै आईपीटीभी र अन्य सेवा पनि बजारमा ल्याउने तयारी गरिरहेको सीजीले जनाएको जानकारी दिएको छ ।

    भिडियो, ओटीटी प्लेटफर्म, ‘वर्क फ्रम होम’, अनलाइन कक्षाको बढ्दो प्रयोग र माग सम्बोधन गर्न ‘सीजी नेट’ले विश्व बजारमा उपलब्ध पछिल्लो पुस्ताको प्रविधि प्रयोग गरिरहेको बताइएको छ ।

    सीजीले सुरुमा आफ्नो सेवा काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा उपलब्ध गराउने भएको छ । तत्कालका लागि जावलाखेल, झम्सिखेल, भनिमण्डल र एकान्तकुनाका सेवाग्राहीले सीजीको इनटनेट सेवा प्राप्त गर्नेछन् । १ वर्षभित्रमा उपत्यकाका स्थानमा क्षेत्रमा ‘सीजी नेट’ विस्तार लक्ष्य लिएको कम्पनीले बताएको छ ।

    उल्लेखित क्षेत्रका उपभोक्ताले सीजी नेटको सेवा माग गरिएमा ६ देखि २४ घण्टाभित्र उपलब्ध गराइने चौधरी ग्रुपले जनाएको छ ।

    सीजी नेटका डिजिटल शाखाहरू जावलाखेल, कुमारीपाटी, कीर्तिपुर, नयाँबजार, मीनभवन र ट्रेड टावरमा राखिएको पनि कम्पनीले जानकारी दिएको छ । सुरुआतमा १२० एमबीपीएस गतिको इन्टरनेटका लागि मासिक ९९९ रुपैयाँ शुल्क तोकिएको छ । वार्षिक प्याकेज लिने उपभोक्ताका लागि जडान र राउटर नि:शुल्क व्यवस्थामा मिलाउनुका साथै मासिक, ३ महिने र ६ महिने प्याकेजमा जडान र केबल नि:शुल्क दिने सीजीले बताएको छ ।

    सीजी कम्युनिकेसन्सका प्रबन्ध निर्देशक निर्वाण चौधरीले नेपाली उपभोक्तालाई उच्च गुणस्तर र सस्तो दरमा इन्टरनेट प्रदान गर्ने प्रतिवद्धता अनुसार ‘सीजी नेट’को सेवा प्रारम्भ गरिएको बताए ।

    ‘दैनिक जीवनमा उच्च गतिको गुणस्तरीय इन्टरनेट अत्यावश्यक भइसकेको छ, माग पनि बढ्दो छ, उनले भने ‘नेपालको प्रतिस्पर्धी ब्रोडब्यान्ड बजारमा आफ्नो दह्रिलो उपस्थिति जनाउन सीजीले कुनै कसर बाँकी राखेको छैन । मुलुकलाई डिजिटल युगमा लैजान हाम्रो उपस्थितिले ठूलो अर्थ राख्नेछ ।’

    नोकियाको प्रविधिले उच्च गतिको सेवा प्रदान गर्न र भविष्यको बढ्दो बजारको मागलाई पूर्ति गर्न सीजी सक्षम हुनेमा आफू विश्वस्त रहेको उनले बताए ।

  • सर्वाधिक चेन होटलको उपाधी चौधरी ग्रुपको ‘द फर्न’ लाई

    सर्वाधिक चेन होटलको उपाधी चौधरी ग्रुपको ‘द फर्न’ लाई

    काठमाडौं । चौधरी ग्रुपको भारतस्थित ‘द फर्न होटेल्स एण्ड रिसार्टस’ होटल भारतको सर्वाधिक ठूलो हस्पिटालिटी सेवा प्रदायक घोषणा भएको छ ।

    एचभीएस एनारकामा प्रकाशित ‘इन्डियन हस्पिटालिटी ओभरभ्यू २०२०’ अनुसार ‘द फर्न’ ले भारतमा सबैभन्दा धेरै व्यावसाय विस्तार गरेको बताइएको छ । एचभीएसले गत वर्ष भारतीय होटल व्यवसायमा आएको उतरचढावबारे पनि अध्ययन गरेको छ ।

    यसैगरी, एचभीएसको अध्ययनअनुसार व्यवसाय विस्तारमा ‘द फर्न’ पछि म्यारियट, सरोवर, आइएचसीएल र इन्टेली स्टे छन् । कोठाका संख्याका आधारमा भने ‘द फर्न’ तेस्रो नम्बरमा छ ।

    सीजी हस्पिटालिटीले कन्सेप्ट हस्पिटालिटीसँगको सहकार्यमा होटल विस्तार र सञ्चालन गर्दै आएको छ । सीजीको यो सफलतासँगै सन २०२१ मा विभिन्न स्थानमा थप १३ ओटा होटल खोल्ने योजना कम्पनीको छ । अहिले सीजीसँग ‘द फर्न’ को चेन संख्या ७४ ओटा रहेको छ ।

  • चौधरी ग्रुपले नवलपुरमा स्थापना गर्‍यो सीजी उन्नति कल्चर भिलेज

    चौधरी ग्रुपले नवलपुरमा स्थापना गर्‍यो सीजी उन्नति कल्चर भिलेज

    काठमाडौं । चौधरी ग्रुप सीजी अन्तर्गतको सामाजिक उत्तरदायित्व वहन गर्ने निकाय चौधरी फाउण्डेसनले नवलपुरको हर्कपुरमा ‘सीजी उन्नति कल्चरल भिलेज’ स्थापना गरेको छ ।

    राष्ट्रको कला, संस्कृती, साहित्य, वेशभुषा, आर्टस्, क्राफ्ट, नाटक, संगितको प्रवर्धनका लागि सीजीले कल्चरल भिलेजको स्थापना गरिएको सीजी ग्रुपले जनाएको छ ।

    आर्टस् एण्ड  क्राफ्ट अन्तर्गत सम्पदा (आर्ट ग्यालरी), रँगमञ्च (एमपीथियटर) बाटिका (गार्डेन अफ आर्टस्), निशर्ग सयर (नेचर वकवेज), क्राफ्ट म्युजियम, नेपाल क्राफ्ट, दि एटिलियर (क्रियटिभ स्टुडियो) रहेका छन् ।

    कल्चर अन्तर्गत थारू गाउँ, बाहरी (लाइभ किचन), बडाघर (डाइनिङ) डबली, गदला मोद (बार) रहेका छन् । गेष्ट स्पेस अन्तर्गत कला घर (आर्ट होटल) बोधि कुञ्ज (आर्ट रेसिडेन्सी) देहारी (थारू घर), आथित्य (मल्टिपर्पोज ब्लक) रहेका छन् ।

    एक्पिरियन्स अन्तर्गत आर्ट एण्ड क्राफ्ट, थारू कल्चर, यथ्निक कुजिन, हस्पिटालिटी, अर्गानिक फार्मिङ रहेका छन् । सांस्कृतिक हिसाबले यहाँ थारू गाउँ छ ।

    यसअन्तर्गत थारू डबली, थारू बार छन् । थारू बारलाई ‘गदला मोद’ नाउँ दिइएको छ । थारू संस्कृतिमा गदला भनेको जाँड र मोद भनेको रक्सी हो ।

    अरू संरचनाको नाउँ पनि यसैगरी राखिएको छ । भिलेजमा थारू मात्र नभएर अन्य विभिन्न संस्कृतिका विषयलाई पनि प्रस्तुत गरिनेछ । करिब ६ बिघा जग्गामा फैलिएको भिलेजमा नेपाली कलाको संग्रहालय पनि छ ।

    कला र साहित्यको प्रवद्र्धनका लागि भनेर कला केन्द्र बनाइएको छ । कलाघर पनि यहीँ छ, जहाँ सर्जकहरू आएर सिर्जना गर्न सक्छन् ।

    अर्गानिक खेतीपातीको प्रवद्र्धन र विभिन्न खाद्यान्न उत्पादन गर्ने तरिका प्रदर्शनी गर्न यहाँ विशेष स्थान छुट्याइएको छ । यहाँको थारू रेस्टुराँमा आउने पाहुनाका लागि यहीँका उत्पादन पस्किइनेछ ।

    सँगै थकाली र नेपाली परम्परागत खानाको स्वाद पनि चखाइनेछ । भिलेजमा ‘कल्चरल मल्टीपर्पस हल’ पनि हुनेछ, जहाँ कल्चरल ब्यांक्वेटिङ, सभासमारोह, बैठक, सांस्कृतिक प्रदर्शनी हुनेछन् ।

    भिलेजमा ‘कला बाटिका’का लागि छुट्टै ठाउँ तयार गरिएको छ । यसमा १८ वटा स्थान छुट्याइएका छन्, जसलाई ‘ओपन एयर म्युजियम’ भनिएको छ । यहाँ कलाकारले आफ्ना कलाकृति सिर्जना गर्नेछन्, जसलाई यहीँ प्रदर्शनीमा राखिनेछ ।

    भिलेजमा स्थानीय हस्तकलाका विभिन्न साधन उत्पादन पनि हुनेछन् । त्यसका लागि यहीँ दक्ष जनशक्ति उत्पादन गर्ने र उत्पादनहरूलाई बजारसम्म पहुँच पुर्‍याउने योजना छ ।

    नेपाली शिल्प एवम् कलाबारे रुचि जगाउन ‘हिस्ट्री म्युजियम’ पनि बनाइएको छ, जहाँ नेपाली शिल्पीका प्राचीन, मध्यकालीन र आधुनिक शिल्पहरू हुनेछन् ।

    थारुसँगै अन्य समुदायका संस्कृतिलाई पनि भिलेजले समाहित गर्नेछ । नवलपुर क्षेत्रका माझी, बोटे, दराई, मगरलगायतका संस्कृति पनि यहाँ हुनेछन् । घाटु, सोरठीजस्ता नाच प्रदर्शन गरिनेछ ।

    नेपालका सबै कलाकार एवम् साहित्यकार आएर यहाँ आफ्नो कला एवम् साहित्य सिर्जना गर्न सकून् भन्ने भिलेजको लक्ष्य हो ।

    भिलेजको अवधारणाले रोजगारी सिर्जनालाई प्रोत्साहन गर्छ नै, सँगै यसले स्वरोजगारीलाई पनि समानान्तर रूपमा बढाउनेछ । स्वरोजगारका बृहत्तर योजनामा भिलेजले काम गरिरहेको छ ।

    स्थानीयलाई नै सहभागी गराइने भएकाले हस्तकलाका सामग्री उत्पादनदेखि अतिथि सत्कारसम्म उनीहरू नै अग्रपंक्तिमा रहनेछन् ।

    साहित्य महोत्सबको आयोजना यही सीजी उन्नती कल्चरल भिजेलमा फागुन २८ गतेदेखि उन्नतीसँगको सहकार्यमा दुईदिने ‘फाइनप्रिन्ट फिभर’ महोत्सव आयोजना हुँदै छ ।

    सोही दिन कल्चरल भिलेजको उद्घाटनलगत्तै यो महोत्सव शुरू हुनेछ । महोत्सवमा कलाकार अनिल शाही र उनको ब्यान्डले सांस्कृतिक प्रस्तुति दिनेछ । वरिष्ठ कलाकार गोपाल कलाप्रेमी श्रेष्ठले बोल्नेछन् ।

    डा. बाबुराम भट्टराईसँग जीवन क्षेत्रीले ‘गुमनाम आमाका कथा’बारे कुरा गर्नेछन् । अभिनेतृ मनीषा कोइरालासँग पत्रकार स्वरूप आचार्यले ‘जिजीविषा’बारे विशेष संवाद गर्नेछन् । माननीय सांसद गगन थापा र व्यवसायी/लेखक जीवा लामिछानेबीच ‘देश देशावर’को कुरा हुनेछ ।

    ‘पूँजीवादी र स्वतन्त्र समाजका आधारहरू’मा लेखक/अध्येता हरि शर्मा र मुराहरी पराजुलीबीच छलफल हुनेछ । प्रतीक्षा कट्टेलले लेखक निरञ्जन कुवँरसँग उनको नयाँ पुस्तक ‘बिटविन क्विन्स एन्ड द सिटिज’को सेरोफेरोमा रहेर कुरा गर्नेछिन् ।

    ‘क’ कविता संग्रहका लेखक असीम सागरसँग उपन्यासकार अमर न्यौपानेको संवाद हुनेछ । पत्रकार रवि लामिछाने र विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रबीच ‘राजनीतिमा राजकाज’माथि रोचक शास्त्रार्थ हुनेछ ।

    माननीय प्रदीप गिरिले नागरिक आन्दोलन र देवेन्द्रराज पाण्डेमाथि विद्वत् प्रवचन दिनेछन् । आफ्नो पुस्तक पठनको शुरुवाती दिनबारे बोल्दै कलाकार राजेश हमालले पुराना दिन सम्झिनेछन् ।

    युवाकेन्द्रित उपन्यासकार सुविन भट्टराई र भर्खर ‘रहर’ कथासंग्रह लिएर उदाएका सुरेश बडालबीच रमाइलो संवाद हुनेछ ।

    डा. बाबुराम भट्टराई र सीजी फाउन्डेसन÷सीजी कर्प ग्लोबका अध्यक्ष विनोद चौधरीबीच अर्थतन्त्र, विकास र समृद्धिबारे रोचक कुराकानी हुनेछ ।