Tag: चुनावीसभा

  • गठबन्धनका शीर्ष नेताले आज पोखराको चुनावीसभालाई सम्बोधन गर्दै

    गठबन्धनका शीर्ष नेताले आज पोखराको चुनावीसभालाई सम्बोधन गर्दै

    काठमाडौं । दिनहुँजसो देशका ठूला सहरमा चुनावीसभा गरिरहेको सत्तागठबन्धनले आज पोखरामा चुनावीसभा गर्दैछ । चुनावीसभामा प्रधानमन्त्री शेरबहादुर देउवासँगै गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताले सम्बोधन गर्नेछन् । पोखराको सभा बिहान ११ बजेदेखि सुरु हुने जनाइएको छ ।

    गठबन्धनले यसअघि भरतपुर, काठमाडौं र लुम्बिनीमा चुनावीसभा गरिरहेको छ ।

    पोखराको सभा सकेर कांग्रेस सभापति देउवालगायत शीर्ष नेताहरू दाङको तुलसीपुर जाने कार्यक्रम छ । दाङमा दिउँसो २ बजेका लागि सभा समय तोकिएको छ ।

    गठबन्धनले वैशाख २१ गतेबाट चुनावी सभा सुरू गरेको थियो ।

  • काठमाडौंमा सत्तागठबन्धनको चुनावीसभा आज, प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बोधन गर्ने

    काठमाडौंमा सत्तागठबन्धनको चुनावीसभा आज, प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बोधन गर्ने

    काठमाडौं । सत्ता गठबन्धनले आज काठमाडौं उपत्यकामा संयुक्त चुनावीसभा गर्दैछ । बिहीबार भरतपुरमा चुनावीसभा गरेको गठबन्धनले आज दिउँसो २ बजे काठमाडौंको भृकुटीमण्डपमा सभा गर्न लागेको हो ।

    सभालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित पाँचै दलका शीर्ष नेताले सम्बोधन गर्नेछन् ।

    काठमाडौं महानगरपालिकामा गठबन्धनबाट कांग्रेस नेतृ सृजना सिंह मेयरमा उम्मेदवार छिन् भने ललितपुर महानगरमा पनि कांग्रेसकै चिरिबाबु महर्जन उम्मेदवार छन् ।

    बिहीबार भरतपुरमा आयोजित चुनावीसभामा माओवादी केन्द्रकी नेतृ रेनु दाहाललाई मेयरमा जिताउन आह्वान गरेका गठबन्धनका नेताहरुले आज काठमाडौंमा सभा गर्न लागेका हुन् ।

    कांग्रेसले यसअघि २१ वैशाखमा मोरङको विराटनगरमा सभा गरिसकेको छ । विराटनगर महानगरपालिकामा गठबन्धनबाट कांग्रेसका नागेश कोइराला मेयरका उम्मेदवार छन् ।

    कांग्रेसले देशका प्रमुख १० सहरमा साताव्यापी चुनावीसभा आयोजना गर्दैछ ।

  • डुब्यो चितवनमा गठबन्धनले चुनावीसभा गर्न लागेको ठाउँ

    डुब्यो चितवनमा गठबन्धनले चुनावीसभा गर्न लागेको ठाउँ

    काठमाडौं । चितवनको भरतपुर बसपार्कमा सत्तागठबन्धनले संयुक्त चुनावीसभा गर्न लागेको गाउँ डुबानमा परेको छ । रातभरजसो परेको पानीले चुनावी सभास्थल भरतपुरस्थित केन्द्रीय बस टर्मिनलको खाली क्षेत्र डुबानमा परेको हो ।

    सभाका तयार पारिएको मञ्च र टेन्टहरु भएको ठाउँ पनि जलमग्न भएको छ भने झण्डा पनि हावाले उडाएर यत्रतत्र पुर्याएको छ ।

    आजको चुनावीसभालाई कांग्रेस सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम छ । अब सभा सोही स्थानमा गर्ने कि अन्यत्र गर्ने भन्नेबारे छलफल भइरहेको चितवन कांग्रेसले जनाएको छ ।

    सभापति देउवा भरतपुरका बागी उम्मेदवार जगन्नाथ पौडेललाई फकाउन हिजै भरतपुर गएका थिए ।

  • २७ गतेसम्म कांग्रेसको चुनावीसभा: कहिले, कहाँ ?

    २७ गतेसम्म कांग्रेसको चुनावीसभा: कहिले, कहाँ ?

    काठमाडौं । सत्तागठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले आजदेखि २७ गतेसम्म देशका विभिन्न सहरमा चुनावीसभा गर्दैछ ।

    चुनावी सभालाई कांग्रेस सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा, प्रवक्ता प्रकाशशरण महतलगायतका नेताहरुले सम्बोधन गर्नेछन् ।

    कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख भएअनुसार कहाँकहाँ हुँदैछ सभा ?

    वैशाख २२ गते– चितवनको भरतपुरमा

    वैशाख २३ गते– काठमाडौंमा

    वैशाख २४ गते– रुपन्देहीको बुटवलमा

    वैशाख २४ गते– तनहुँको दमौली र धनुषाको जनकपुरमा

    वैशाख २५ गते– कास्कीको पोखरा र दाङको तुलसीपुरमा

    वैशाख २६ गते– कैलालको धनगढीमा

    वैशाख २७ गते– डडेल्धुरामा

    चुनावीसभालाई सम्बोधन गर्न प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज विराटनगर जाँदैछन् ।