Tag: घोराही उपमहानगरपालिका

  • घोराहीमा गठबन्धनलाई हराउँदै फराकिलो मतान्तरले एमालेका चौधरी निर्वाचित

    घोराहीमा गठबन्धनलाई हराउँदै फराकिलो मतान्तरले एमालेका चौधरी निर्वाचित

    काठमाडौं । दाङको घोराही उपमहानगरपालिकामा गठबन्धनलाई फराकिलो मतान्तरले पराजित गर्दै नेकपा एमालेका नरुलाल चौधरी विजयी भएका छन् ।

    चौधरी ३१, ७२८ मत ल्याएर निर्वाचित भएका हु । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट माओवादी केन्द्रका हेमराज शर्मा पोखरेलले २६, ३६८ मत प्राप्त गरे ।

    उपप्रमुखमा नेकपा एमालेकै हुमाकुमारी डिसी ३०, ४०३ मत ल्याएर विजयी भइन् । उनका प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका भुपबहादुर डागीले ३०, ३५४ मत ल्याएको मुख्य निर्वाचन अधिकृत रितेन्द् थापाले जानकारी दिए ।

    घोराही उपमहानगरपालिकामा १९ वडा छन् ।

  • ग्यास बनाउन बजारको फोहोर किन्दै घोराही नगरपालिका

    ग्यास बनाउन बजारको फोहोर किन्दै घोराही नगरपालिका

    काठमाडौं । नयाँ वर्षको शुरुआतसँगै घोराही उपमहानगरपालिकाले फोहोरलाई मोहरमा बदल्ने र पूर्ण सरसफाइयुक्त नगर बनाउने अभियानको थालनी गरेको छ ।

    उपमहानगरले गल्नेबाट ग्यास र नगल्ने फोहोरलाई खरीद गरेर पुनःप्रयोगमा ल्याउने कार्यक्रमको शुरुआत गरेको हो । गल्ने फोहोरबाट ग्यास उत्पादनको तयारी अन्तिम चरणमा पुगेको उपमहानगरकाले जनाएको छ ।

    घोराही उपमहानगरपालिकाले घर, पसल, उद्योगबाट निस्किएको फोहोरलाई किन्ने भएको छ । पूर्ण सरसफाइयुक्त नगर बनाउने उद्देश्यका साथ उपमहानगरले घर, बस्ती, टोलबाट निस्किएको फोहोरलाई मोहरमा बदल्ने योजना बनाउँदै फोहोर किन्ने भएको हो ।

    नयाँ वर्ष २०७८ सालको शुभारम्भसँगै उपमहानगरले फोहोर किन्ने अभियान पनि यही वैशाख १ गतेदेखि शुरु गरेको छ । प्रतिकिलो फोहोर दुईदेखि २० रुपैयाँसम्ममा उपमहानगरले किन्ने सरसफाइ व्यवस्थापन समितिका संयोजक शक्तिराम डाँगीले जानकारी दिए ।

    उनका अनुसार बोटलसहित नरम पोलिथिन प्रतिकिलो १० रुपैयाँ, कपडा पाँच, सुर्तीजन्य प्लास्टिक दुई र गत्ता सहितका अन्य फोहोरलाई १० देखि २० रुपैयाँसम्ममा उपमहानगरले किन्ने छ । उक्त फोहोर सङ्कलनका लागि उपमहानगरले टोलटोलमा गाडी पठाउने छ ।

    उपमहानगरपालिकाले प्लास्टिक, लत्ता, कपडालगायत फोहोर खरीद गर्न थालेको छ । सङ्कलित फोहोरमध्ये नगल्ने फोहोरलाई उपमहानगरले बेच्ने र गल्ने फोहोरलाई वायोग्यास निकाल्नका लागि प्रयोग गरिने छ ।

    ‘घोराहीमा फोहोर व्यवस्थापन गर्न वार्षिक दुई करोड रुपैयाँभन्दा बढी रकम खर्च हुने गरेको छ र उक्त रकमलाई फोहोरसँगै सिधै जमीनमा गाडिएको छ’, घोराही–१४ का वडाध्यक्ष एवं सरसफाइ संयोजक डाँगीले भने, ‘अब भने फोहोरलाई पुनः प्रयोग गरेर उक्त रकमको सदुपयोग गरिनेछ ।’

    फोहोर पुनः प्रयोग हुने भएसँगै घोराहीका नागरिकले फोहोर व्यवस्थापन गर्न अब पैसा तिर्नुपर्ने नभई पैसा कमाउने भएका छन् । घोराही उपमहानगरले गल्ने फोहोरबाट बायोग्यास निकालेर पाइपबाट घरघरमा ग्याससमेत पुर्‍याउने भएको छ ।

    जसका लागि बायोग्यास प्लान्टको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । करीब २० करोड लागतमा निर्माण हुन लागेको प्लान्टको अहिले ७० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको र आउने मङ्सिर महिनाअघि काम सम्पन्न भइसक्ने घोराही उपमहानगरले जनाएको छ ।

    उक्त वायोग्यास प्लान्टबाट अहिले तत्काल ७४० घरमा पाइपबाट घरघरमा ग्यास पुर्‍याउने योजना रहेको सरसफाइ व्यवस्थापन समितिका संयोजक डाँगीले बताए।

    घोराही–१६ स्थित स्यानेटरी ल्यान्डफिल्ड साइटको तीन बिघा क्षेत्रफलमा निर्माण हुन लागेको उक्त प्लान्टबाट तत्काल त्यस वरपर र नारायणपुर बजार क्षेत्रका घरघरमा पाइपबाट ग्यास वितरण गरिने छ ।

    घोराही उपमहानगरपालिका, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र ललितपुर र नेपाल ऊर्जा विकास कम्पनी प्रालि काठमाडौँका बीचमा त्रिपक्षीय सम्झौता भएर उक्त प्लान्टको निर्माण भइरहेको छ ।

    वायोग्यास प्लान्ट निर्माण गर्न २०७६ मङ्सिर ५ गते त्रिपक्षीय सम्झौता गरेर १४ महिनामा सक्ने भनिए पनि कोरोना महामारी आएसँगै काम रोकिएको थियो । अहिले भने काम धमाधम भइरहेको छ ।

    सो प्लान्टबाट दैनिक एक हजार ३०० किलो ग्यास र छ टन प्राङ्गारिक मल उत्पादन गर्ने लक्ष्य रहेको कम्पनीका प्रमुख कार्यकारी सल्लाहकार शेखर अर्यालले जानकारी दिए । नगरपालिकाका वडा नं १० र १६ का १६ सय घरधुरीमा पाइपमार्फत मिटर जडान गरी ग्यास वितरण गरिने उनले बताए ।

     

  • वडाध्यक्षसहित १० जना विरुद्ध हात हतियार र ज्यान मार्ने उद्योगको मुद्धा दर्ता

    वडाध्यक्षसहित १० जना विरुद्ध हात हतियार र ज्यान मार्ने उद्योगको मुद्धा दर्ता

    दाङ । दाङको घोराहीमा शिकार खेल्न गएका दुई जनामध्ये एक जनाको गोली लागेर मृत्यु भएको घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका वडाध्यक्षसहित १० जना विरुद्ध प्रहरीमा मुद्धा दर्ता भएको छ । घटनामा सलग्न भएको आशंकामा प्रहरीले घोराही उपमहानगरपालिका १३ का वडा अध्यक्ष रबिलाल घर्तीसहित १० जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय दाङमा मुद्धा दर्ता भएको हो ।

    शिकार खेल्ने क्रममा वडा नम्बर १३ का ५० वर्षका टेकबहादुर गुरुङको गोली लागेर घटनास्थलमै मृत्यु भएको थियो । स्थानीयका अनुसार सिकार खेल्न मृतक गुरुङसहित वडाध्यक्ष रविलाल घर्ती पनि पुगेको खुलेपछि उनिसहित पक्राउ परेका १० जना विरुद्ध मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता समेत रहेको प्रहरी नायव उपरीक्षक (डीएसपी) मुकुन्द रिजालले जानकारी दिए ।

    रिजालका अनुसार पक्राउ परेका वडा अध्यक्षसहितका अभियुक्तलाई अबैध हातहतियार खर खजनासहित ज्यान मार्ने उद्योग मुद्धा दर्ता गरेर घटनाको थप अनुसन्धान भइरहेको छ । वडाध्यक्षहित १० जना शिकार खेल्न गएको स्थानीयले प्रहरी समक्ष दावी गरेपछि प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको हो ।

    सिकार खेल्न प्रयोग भएको हतियार अवैध रहेको र वडाध्यक्ष घर्तीकै रहेको आशंका स्थानीयले गरे अनुसार उनलाई प्रहरीले केही दिनदेखि हिरासतमा राखेर घटनाको अनुसन्धान गरेको थियो । मृत्यु भएका पीडित पक्षले वडाध्यक्ष घर्तीले ढिलो जानकारी दिएको भन्दै दुई दिन यता विरोध गर्दै प्रहरी अनुसन्धान त्यतातर्फ गर्न आग्रह गरेर प्रहरी कार्यालयमा धर्ना समेत दिएका थिए ।

    मृत्यु हुने व्यक्ति वडाध्यक्ष घर्तीका छिमेकी हुन् । आफ्नै घर नजिकैका छिमेकीको मृत्यु हुँदासम्म अध्यक्षले जानकारी नदिइ प्रहरीलाई बोलाएर लगेपछि मात्रै मृत्युको घटना बाहिर आएको हो ।

    उक्त घटना वडा नम्बर १२ को चम्पाखेल भलानेरी सृजना सामुदायिक वनस्थित जंगल क्षेत्रमा गत शुक्रबार राति भएको थियो । प्रहरीले गोली चलाउने व्यक्तिलाई पनि पहिचान गरी नियन्त्रणमा लिइसकेको थियो ।

    मृत्यु भएको घटनामा संलग्न दुई जनालाई एक थान भरुवा बन्दुकसहित प्रहरीले सुरुमा पक्राउ गरेको थियो । सुरुमा प्रहरीले वडा नम्बर १३ का ३५ वर्षका मधु शर्मा, २७ वर्षका भिम घर्ती र ओम रानाबाट घटनाको अनुसन्धान गरेको थियो । उनीहरुको साथबाट ४ फिट ८ इन्च लम्बाई भएको एक थान भरुवा बन्दुक बरामद भएको प्रहरीले जनाएको छ ।