Tag: घुस

  • घुस लिँदालिँदै नापी कार्यालयका अमिन अख्तियारको नियन्त्रणमा

    घुस लिँदालिँदै नापी कार्यालयका अमिन अख्तियारको नियन्त्रणमा

    रुपन्देही । सेवाग्राहीसँग ३० हजार घुस लिँदै गर्दा नापी कार्यालय भैरहवाका अमिन टेकबहादुर रायमाझीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलको टोलीले पक्राउ गरेको छ ।

    घुस लिँदै गर्दा उनको निवास (पुरानो नापी कार्यालय)बाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धानका सूचना अधिकारी बेदप्रसाद भण्डारीले जानकारी दिए ।

  • घुस लिएको अभियोगमा लेखा अधिकृत र इन्जिनियरविरुद्ध मुद्दा दायर

    घुस लिएको अभियोगमा लेखा अधिकृत र इन्जिनियरविरुद्ध मुद्दा दायर

    काठमाडौं । योजना सम्पन्न भई फरफारक गर्ने क्रममा घुस लिएको अभियोगमा धादिङ गंगाजमुना गाउँपालिकाका लेखा अधिकृत र इन्जिनियरविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

    ९५ हजार घुससहित पक्राउ परेकी पुजा कार्की र सेवाग्राहीसँग घुस लिन निर्देशन दिने लेखा अधिकृत अर्जुनप्रसाद सापकोटाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम जरिवाना र कैद सजाय दाबी गरिएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिएका छन् ।

    ठेक्का सम्झौता अनुसारको काम सम्पन्न पश्चात बिल भुक्तानी र प्राविधिक परीक्षण प्रतिवेदन तयार गर्ने क्रममा घुस रकम माग गरिएको अख्तियारले जनाएको छ ।

  • औषधि व्यवस्था विभागका अधिकृत २ लाख घुससहित पक्राउ

    औषधि व्यवस्था विभागका अधिकृत २ लाख घुससहित पक्राउ

    विराटनगर । विराटनगरस्थित औषधि व्यवस्था विभागका फार्मेसी अधिकृत सरोज सुवेदी घुससहित पक्राउ परेका हुन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले विराटनगर-३ स्थित एक होटलबाट केहीबेरअघि उनलाई २ लाख घुससहित पक्राउ गरेकाे  आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले नेपाल प्रेसलाई जानकारी दिए ।

    बन्द भएको फार्मेसीलाई सञ्चालनको अनुमति दिने आश्वासन दिएर सुवेदीले घुस लिएको अख्तियार स्रोतले जनाएको छ ।

  • दुई सशस्त्र प्रहरी अधिकृत घुस लिंदालिंदै अख्तियारको फन्दामा

    दुई सशस्त्र प्रहरी अधिकृत घुस लिंदालिंदै अख्तियारको फन्दामा

    रुपन्देही । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले सेवाग्राहीसँग घुस लिएको अवस्थामा दुई जना सशस्त्र प्रहरीका अधिकृतलाई पक्राउ गरेको छ ।

    सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेसक्याम्प गैडहवा–३ लोण्डिहवा रूपन्देहीका कार्यालय प्रमुख सशस्त्र प्रहरी निरीक्षक दधिराम पौडेल र सोही कार्यालयका सशस्त्र प्रहरी नायव निरीक्षक राजेश पासी घुससहित पक्राउ परेका हुन् ।

    बिहीबार १० बजे उनीहरुलाई सेवाग्राहीबाट ५० हजार घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका प्रवक्ता सुरेश भुसालले बताए ।

    सेवाग्राहीको काष्ठ फर्निचर उद्योग संचालनमा सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीबाट घुस रकम लिइसकेको अवस्थामा रूपन्देही गैडहवा गाउँपालिका–३ बाट उनीहरुलाई नियन्त्रणमा लिएको घटनाबारे थप अनुसन्धान भइरहेको भुसालले जानकारी दिए ।

  • लगनखेल मालपोतका नासु र लेखापढी व्यवसायी घुससहित पक्राउ

    लगनखेल मालपोतका नासु र लेखापढी व्यवसायी घुससहित पक्राउ

    काठमाडौं । मालपोत कार्यालय लगनखेल, ललितपुरका एक नायब सुब्बा र लेखापढी व्यवसायी घुससहित पक्राउ परेका छन् ।

    जग्गा हालसाविकको क्रममा ट्रालय चेक गर्दा नक्सा अनुसार क्षेत्रफल बढी भएको भनी जग्गा मिलाउन नायब सुब्बा मन्दिपकुमार श्रेष्ठ र लेखापढी व्‍यवसायी रमेशलाल श्रेष्ठले ४० हजार घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार पक्राउ गरेको हो ।

    अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार लगनखेल बसपार्क नजिकबाट नियन्त्रणमा लिइएका दुवैजनामाथि अनुसन्धान थालिएको छ ।