Tag: कोरोना संक्रमण

  • अब कोरोना संक्रमणको जोखिम टरेकै हो ?

    अब कोरोना संक्रमणको जोखिम टरेकै हो ?

    काठमाडौं । पुस १८ गतेदेखि सुरु भएको कोरोना भाइरसको तेस्रो लहर विस्तारै ओरालो लाग्दैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघ महिनामा दैनिक संक्रमित हुनेको संख्या २५ हजारसम्म पुग्ने बताएको थियो । माघ २ गते १२ हजार ८ जना संक्रमित थपिएपछि दोस्रो लहरमा जस्तै ठूलो क्षति बेहोर्नुपर्ने हो कि भन्ने चिन्ता भएको थियो ।

    तर संक्रमितहरुलाई दोस्रो लहरमा जस्तै कडा लक्षण देखिएको थिएन । ओमिक्रोन भेरियन्टको लक्षण भाइरल ज्वरो जस्तै थियो । जसकारण लक्षण देखिएकाहरु पनि सामान्य भाइरल ज्वरो सोचेर पीसीआर परीक्षण गर्न गएनन् । त्यसले संक्रममण फैलाउन मद्दत पुगेको थियो । यद्यपि, संक्रमित भइहाले पनि ५ देखि ७ दिनमा निको हुने थाल्यो ।

    अहिले विस्तारै ओमिक्रोन संक्रमण पिक आवरबाट ओरालो लागेको छ । एक महिना अघि बन्द भएका विद्यालय विस्तारै खुल्न थालेका छन् । यातायातमा लगाएको जोर–बिजोर प्रणाली हटाइएको छ । मेला महोत्सवहरु हुन थालेका छन् । बन्द भएका मठमन्दिर खुल्न थालेका छन् । तर तुलनात्मकरुपमा दर घटे पनि अहिले दैनिक एक हजार हाराहारीमा संक्रमित थपिइरहेका छन् । अब सबै क्षेत्र खुलाउँदा फेरि संक्रमणको दर बढ्ने त होइन भन्ने चिन्ता पनि छ । र स्वास्थ मन्त्रालयले जोखिम अझै कायम रहेको बताइरहेको छ ।

    अस्पतालमा बिरामीको चाप घट्दो

    गत साता सशस्त्र प्रहरी बल अस्पताल बलम्बुमा भेन्टिलेटरमा १, आइसीयुमा ५ र एचीडीयुमा २० जना संक्रमित थिए । वीरेन्द्र अस्पतालको भेन्टिलेटरमा २, आइसीयसमा ११, इचडीयुमा ३९ र जेनेरलमा २ जना भर्ना भएका थिए ।

    नेपाल प्रहरी अस्पतालको जेनेरेलमा २६, एचडीयुमा २९, आइसीयुमा ४ जना थिए । वीर अस्पतालको जेनेरलमा ६९, एचडीयुमा ७८, आइसीयुमा २४ र भेन्टिलेटरमा ५ जना कोभिडका बिरामी थिए । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको जेनेरलमा शून्य, एचडीयुमा १७, आइसीयूमा २ र भेन्टिलेटरमा २ जना बिरामी थिए ।

    त्यस्तै त्रिवि शिक्षण अस्पतालको जेनेरलमा २, एचडीयुमा १०६, आइसीयुमा १७ र भेन्टिलेटरमा ६ जना कोरोनाका बिरामी थिए । पाटन अस्पतालको जेनेरलमा ४३ जना, एचडीयुमा ३४ आइसीयुुमा १२ र भेन्टिलेटरमा ७ जना थिए ।

    त्यस्तै निजामती कर्मचारी अस्पतालको जेनेरलमा १, एचडीयुमा २३, आइसीयुमा १३ जना कोभिडका बिरामी थिए । भक्तपुर अस्पतालमा ९ जना एचडीयुमा, आइसीयु र भेन्टिलेटरमा ४–४ जना थिए ।

    धुलिखेल अस्पतालमा एचडीयु र आइसीयुमा २०–२९ जना थिए भने भेन्टिलेटरमा ४ जना थिए । उपत्यकाका सबै कोभिड अस्पतालमा गरी उक्त दिन जेनेरलमा १८२, एचडीयुमा ३७५ आइसीयुमा ११२ र भेन्टिलेटरमा ३१ जना थिए ।

    एक सातायता अस्पतालमा चाप कम छ । बिहीबार उपत्यकाको सशस्त्र प्रहरी बल अस्पतालको एचडीयु ८, आइसीयुमा ५ जना छन् । वीरेन्द्र अस्पतालको एचडीयुमा १५, आइसीयुमा १३ र भेन्टिलेटरमा १ जना छन् । वीर अस्पतालको जेनेरलमा ५८, एचडीयुमा ६०, आइसीयुमा २१ र भेटिन्टलेटरमा २ जना छन् । नेपाल प्रहरी अस्पतालको जेनेरलमा ६, एचडीयुमा १३, आइसीयुमा १ जना बिरामी छन् ।

    शुक्रराज ट्रपिकल अस्पतालको एचडीयुमा १६, आइसीयुमा ४ र भेन्टिलेटरमा १ जना बिरामी छन् । टिचिङ अस्पतालको जेनेरलमा २, एचडीयुमा ७७, आइसीयुमा २० र ६ जना भेन्टिलेटरमा छन् भने पाटन अस्पतालको जेनेरलमा ४६, एचडीयुमा १८ आइसीयुमा ६ र भेन्टिलेटरमा ५ जना बिरामी छन् ।

    त्यस्तै निजामती अस्पतालका ३ जना जेनेरलमा, एचडीयुमा २४, आइसीयुमा १० छन् । धुलिखेल अस्पतालको एचडीयुमा २७, आइसीयुमा १६ र भेन्टिलेटरमा २ जना छन् ।

    दुई साताको तथ्यांक हेर्ने हो भने अस्पतालमा ओक्रिोन संक्रमित बिरामीको चाप घटेको देखिन्छ । टेकु अस्पतालका चिकित्सकहरुका अनुसार तेस्रो वेभमा अस्पतालमा कुनै पनि दिन बिरामीको चापाचाप भएन । दोस्रो वेभमा टेकु अस्पतालमा बेड पाउनै मुस्किल थियो ।

    तेस्रो वेभमा सोचेजस्तो अवस्था गम्भीर नभएको टेकु अस्पतालका फोकल पर्सन डा. विमल शर्मा चालिसेले बताए । उनले भने, ‘अहिले हाम्रो अस्पतालमा आधा दर्जन मात्रै बिरामी छन् । दोस्रो लहरमा जस्तो बिरामी कहिल्यै पनि आएनन् । तेस्रो लहरमा कुनै पनि दिन अस्पतालको बेड भरिभराउ भएन । फाटफुट मात्रै बिरामी आए ।’

    वीर अस्पतालका उपनिर्देशक डा प्रज्वल श्रेष्ठले अस्पतालमा कोभिडका बिरामीको चाप घटेको बताए । उनले भने, ‘अहिले विस्तारै घट्ने क्रममा छ । पहिला भर्ना हुनेको संख्या दिनमा नै १७० पुगेको थियो । पछिल्लो दुई–तीन दिनदेखि दिनमा ५ देखि ७ जनाको दरले घटिराखेको छ ।’

    मृत्युदर चाहिँ बढेको हो ?

    गत वैशाखको अन्तिमसाता कोरोना संक्रमणको दोस्रो लहर सुरु भएलगतै ज्यान गुमाउनेको संख्या ह्वातै बढ्यो । एकैदिन २८७ जनासम्मले ज्यान गुमाएका थिए । असोजको अन्तिमतिर जब दोस्रो वेभ ओरालो लाग्यो मृत्यु पनि घट्दै गयो । मंसिरको पहिलो सातातिर आइपुग्दा संक्रमणबाट मृत्यु हुनेको संख्या शून्यमा झरेको थियो ।

    पुसको १७ गतेदेखि नेपालमा कोरोना संक्रमणको तेस्रो लहर सुरु भयो । तेस्रो लहर सुरु भएको केही दिनसम्म मृत्युदर दुई–तीनको हारहारीमा थियो । माघको २ गते नेपालमा कोरोना संक्रमित हुनेको संख्या हालसम्मकै उच्च हुँदा उक्त दिन मृत्यु हुनेको संख्या ३ जना थियो ।

    माघको १ गते ४ जनाको संक्रमणबाट मृत्यु भएको थियो भने २ गते ३ जनाको मृत्यु भएको थियो । त्यसपछि ७ गते १७ जनाको मृत्यु भएको थियो । ८ गते मृत्युदर बढेर १६ जना पुगेको थियो । त्यसपछि क्रमशः मृत्युदर घट्यो । ९ र १० गते ४–४ संक्रमितको मृत्यु भयो भने ११ र १२ गते क्रमशः ८ र ९ जनाले ज्यान गुमाए ।

    त्यसपछि फेरि मृत्युदर बढ्यो । १६ गते एकैदिन ३२ जनाको मृत्यु भयो भने बिहीबार १२ जना संक्रमितले ज्यान गुमाए ।

    यससँगै अब क्रमशः मृत्युदर घटेको देखिएको छ । टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेर बहादुर पुनले कोरोना संक्रमितको मृत्युदर अहिले नबढेको बताए । जाडोयाममा दीर्घरोगी र वृद्धवृद्धाको मृत्युदर बर्सेनि बढेको भन्दै उनले अहिले कोरोना संक्रमितको मृत्युदर नबढेको बताएका हुन् ।

    डिसेम्बर, जनवरी र फेब्रअरीमा कोरोनाबाहेकको कारण मृत्यु हुनेको संख्या बढेको भए पनि कोरोना संक्रमितको मृत्युदर नबढेको उनको भनाइ छ ।

    ‘ओमिक्रोन धेरै कडा हुँदो हो त अरु उमेर समूहको पनि मृत्युदर उस्तै हुन्थ्यो होला, अहिले मृत्यु हुनेमा वृद्धवृद्धा र दीर्घरोगी धेरै छन्’, पुनले भने, ‘त्यसैले अहिले कोरोनाका कारण मृत्यु हुनेको संख्या घटेकै छ ।’

    विभिन्न कारणले मृत्यु भइरहेको तर परीक्षण गराउँदा पोजेटिभ रिपोर्ट देखिएकाले कारोनाबाट मर्नेहरु बढेको जस्तो देखिएको उनी बताउँछन् । ‘कोरोनाले त थप दबाब दिने भइहाल्यो । टेस्ट गरेपछि कोरोना देखिने भइहाल्यो । रिपोर्ट पोजेटिभ देखिएपछि हामीले कोरोनामा नै जोडिदिन्छौं’, डा पुनले भने ।

    अब कोरोना संक्रमण साम्य हुन लागेकै हो त ?

    डा. पुन अब क्रमशः ओमिक्रोन संक्रमण साम्य हुँदै गएको बताउँछन् । उनी भन्छन्,‘सम्भवतः कोरोनाको तेस्रो वेभ साम्य हुँदै गएको देखिन्छ । एकैदिन १२ हजारको हाराहारीमा संक्रमित भएको अवस्था थियो । अब क्रमशः कम नै हुने हो ।’

    उनी अब फेरि ओमिक्रोन संक्रमण धेरै फैलने सम्भावना पनि नभएको बताउँछन् ।

    वीर अस्पतालका उपनिर्देशक डा. प्रज्वल श्रेष्ठ पनि अस्पतालमा भर्ना हुन आउने संख्यासँगै संक्रमण दर घट्दै गएकाले अब यो अन्त्य हुने सम्भावना बढेको बताउँछन् ।

    तर इपिडिमिओलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्णप्रसाद पौडेल भने अहिले नै कोरोना संक्रमण साम्य हुँदै गएको भन्न नमिल्ने बताउँछन् । ‘बालबालिकाहरु धेरैले खोप पाएका छैनन् । खोपले पनि ६ महिनापछि कति काम गर्छ थाहा छैन’, उनी भन्छन्, ‘खोप पाएका पनि संक्रमित भएकै छन् । नयाँ भेरियन्ट भन्ने छँदैछ, अर्को भेरियन्टको पनि खतरा छ, त्यसैले अहिले नै सबै साम्य भयो भन्न मिल्दैन ।’

    संक्रमणदर घटे पनि सावधानी अपनाउनुपर्नेमा उनले जोड दिए । ‘अझै पनि खोप नलगाएको जनसंख्या ३० प्रतिशतभन्दा बढी छ’, उनी भन्छन्, ‘११ वर्षमुनिका बालबालिकाले खोपै पाएका छैनन् । त्यो हिसाबले जोखिम टरिसकेको छैन ।’

  • प्रधानमन्त्री कार्यालयका तीन जना सचिवसहित ४० जना कर्मचारीमा कोरोना संक्रमण

    प्रधानमन्त्री कार्यालयका तीन जना सचिवसहित ४० जना कर्मचारीमा कोरोना संक्रमण

    काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तीन जना सचिवसहित ४० जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । दुइ दिन लगाएर कार्यालयका कार्यरत २ सय जना कर्मचारीको पीसीआर परिक्षण गर्दा ४० जनामा कोरोना संक्रमण पुष्टि भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

    कार्यालयमा आर्थिक तथा पूर्वाधार विकास हेर्ने सचिव शिशिरकुमार ढुंगाना, सीसीएमसीका प्रमुखसमेत रहेका प्रादेशिक समन्वय र सामाजिक विकास हेर्ने सचिव रामप्रसाद थपलिया र भर्खरै सहसचिवबाट सचिवमा बढुवा भएर पदस्थापन हुन नसकेका सचिव कृष्णबहादुर रावतसहित ४० जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको कार्यालयका प्रवक्तासमेत रहेका सहसचिव महादेव पन्थले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार कार्यालयमा कार्यरत सहसचिव मनोज आचार्य र एक जना अर्का सचिव गरेर दुइ जना सहसचिवलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

    कार्यालका सचिव थपलिया र ढुंगानालाई भने केहि दिन अघि नै संक्रमण पुष्टि भएको थियो । उनीहरु दुवै जना संक्रमणमुक्त भइनसकेको कार्यालयले जनाएको छ । प्रवक्ता पन्थका अनुसार प्रधानमन्त्री तथा मन्त्रपरिषद्को कार्यालयका दुइ जना सचिवमा कोरोना संक्रमण पुष्टि भइसकेपछि कार्यालयले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको टिम बोलाएर कार्यालयमा नै पीसीआर परिक्षण गराएको थियो । उनका अनुसार थप केहि कर्मचारी आइतबार पनि परिक्षण गरिएकाले उनिहरुको रिपोर्ट आउन बाँकी छ ।

    कार्यालयका कर्मचारीमा कोरोना संक्रमणम पुष्टि भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिष्दको कार्यालयले कोराना संक्रमित तथा सामान्य ज्वरो तथा रुघाखोकी लागेका कर्मचारीलाई पनि घरमा नै बस्ने भनेको छ भने कार्यालयलाई निसंक्रमण पनि गरिसकेको छ ।

  • लमजुङमा एकैदिन आठजनामा कोरोना संक्रमण

    लमजुङमा एकैदिन आठजनामा कोरोना संक्रमण

    लमजुङ । लमजुङमा एकैदिन आठजनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना परीक्षणका लागि एन्टिजेन परीक्षण गर्दा आठजनामा संक्रमण पुष्टि भएको जिल्ला अस्पताल लमजुङले जनाएको छ ।

    जिल्ला अस्पतालमा एन्टिजेन गर्दा एकैदिन यतिका धेरै संख्यामा संक्रमण पुष्टि भएको अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले बताए । उनका अनुसार शनिबार चार पुरुष र चार महिनामा संक्रमण पुष्टि भएको हो ।

    कोरोना संक्रमण पुष्टि हुने अधिकाशंमा रुघाँखोकी, ज्वरो, जिउ दुख्ने, घाँटी दुख्ने समस्या लिएर अस्पताल आउने गरेको अस्पतालले जनाएको छ । शनिबार संक्रमण पुष्टि हुने आठजनाकै स्वास्थ्य अवस्था सामान्य रहेको छ । जसमध्ये ६ जना होम आइसोलेशनमा रहेको र दुईजना अस्पतालको आइसोलेसनमा उपचाररत रहेको अस्पताल प्रमुख श्रेष्ठले बताए ।

    पछिल्लो साता अस्पताल आउने अधिकाशं बिरामीको एन्टिजेन परीक्षण गर्दा संक्रमण पुष्टि हुने गरेको छ ।

  • भारतमा तीस गुणाले बढ्यो कोरोना संक्रमण

    भारतमा तीस गुणाले बढ्यो कोरोना संक्रमण

    काठमाडौं । भारतमा एक महिनामा कोभिड संक्रमण तीस गुणाले बढेको छ । तर, सामाजिक दूरी, यात्रा प्रतिबन्धजस्ता संक्रमणबाट बच्ने उपाय अवलम्बन गरिएको पाइँदैन।

    कोभिड बढिरहेका बेला लाखौं हिन्दू भक्तजनहरु गंगा नदीमा सामूहिक स्नान गरेका छन् । मकर संक्रान्तिको अवसरमा लाखौंले सामूहिक स्नान गरेका हुन् । हिन्दू धर्मअनुसार संक्रान्तिमा पवित्र गंगामा स्नान गर्नाले सम्पूर्ण पाप नस्ट हुनुका साथै मृत्युपछि पुन्य प्राप्त हुन्छ ।

    शनिबार पश्चिम बंगालस्थित गंगामा भक्तजनको भीड नै लागेको थियो । उनीहरुले संक्रमणको कुनै ख्याल नै गरेका थिएनन् । भारतमा महाराष्ट्रपछि पश्चिम बंगालमा सबैभन्दा बढी कोभिड संक्रमित छन् । कोभिड बढेपछि भारतका विभिन्न सहरहरुमा रात्रिकालीन कफ्र्यू लगाइएका छन् ।

    भारतमा पछिल्लो २४ घन्टामा दुई लाख ६८ हजारमा कोभिड संक्रमण देखिएको छ ।

  • प्रचण्डलाई बधाई दिन गएका सबैमा कोरोना, दर्जन बढी नेताहरु संक्रमित

    प्रचण्डलाई बधाई दिन गएका सबैमा कोरोना, दर्जन बढी नेताहरु संक्रमित

    काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनबाट फर्किएका प्रायः सबै नेता कार्यकर्तामा कोरानाको लक्षण देखिएको छ । महाधिवेशनबाट फर्किएकाहरु धमाधम अस्वस्थ हुन थालेपछि पार्टीको केन्द्रीय समिति बैठकलगायत सबै गतिविधि बन्द भएका छन् ।

    माओवादी केन्द्रीय कार्यालय सिल गरिएको भोलिपल्टै अध्यक्ष प्रचण्डमा लक्षण देखिएको थियो । प्रचण्डसहित वरिष्ठ नेता नारायणकाजी श्रेष्ठमा संक्रमण पुष्टि भइसकेको छ ।

    माओवादी अध्यक्षमा पुनः निर्वाचित भएका प्रचण्डलाई बधाई दिन जानेहरु अधिकांशमा संक्रमण भएको छ । प्रचण्डका स्वकीय सचिव रमेश मल्ल पनि संक्रमित भएका छन् ।

    प्रचण्डलाई बधाई दिन गएका वाइसिएल इन्चार्ज रामप्रसाद सापकोटा, वाइसिएल अध्यक्ष सुमन देवकोटा, वाइसिएल नेता तथा हाल केन्द्रीय सदस्य सुवोध शेर्पाली, वागमती प्रदेश अध्यक्ष तथा प्रचण्डका पूर्व अंगरक्षक प्रकाश पाण्डेलगायत अधिकांश संक्रमित भएका छन् ।

    त्यस्तै अखिल क्रान्तिकारीकी अध्यक्ष पन्चा सिंहमा पनि संक्रमण देखिएको छ । नेताहरु हरिबोल गजुरेल, मात्रिका यादव, डोरप्रसाद उपाध्यायमा पनि संक्रमण पुष्टि भइसकेको छ । यो संख्या अझ बढिरहेको छ ।

    महाधिवेशनबाटै संक्रमण फैलिएको आशंका गरिएको माओवादीका एक नेताले बताएका छन् । सबै नेताहरुमा एकै खालको लक्षण देखिएको छ । माओवादीले आन्तरिक रुपमा सबैलाई परीक्षण गर्न सुझाएको छ ।

  • थप १३९ जनामा कोरोना संक्रमण

    थप १३९ जनामा कोरोना संक्रमण

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार १३४ नमुनाको पीसीआर परीक्षणमा १२८ र १ हजार ७९८ नमुनाको एन्टिजेन परीक्षण गर्दा ११ गरी १३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यस्तै कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ भने ३९६ जना निको भएका छन् । यसैगरी संक्रिय संक्रमितको संख्या ८ हजार १४४ रहेको छ ।

  • थपिए ६७२ जना संक्रमित, ८ जनाको मृत्यु

    थपिए ६७२ जना संक्रमित, ८ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार आइतबार गरिएको पीसीआर परीक्षणबाट ५८२ र एन्टिजेन परीक्षणबाट ९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    ९ हजार ४९५ गरिएको नमूना परीक्षणमा ७१६७ पीसीआर परीक्षण र २३२८ एन्टीजेन परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।सोही अवधिमा ४९५ जना कोरोनामुक्त भएका छन् भने कोरोनाबाट ८ जनाको मृत्यु भएको छ।

    अहिले देशभर सक्रिय संक्रमितको संक्रमितको संख्या १० हजार ३७५ छ ।

  • थप ७७६ जनामा कोरोना संक्रमण, १३ जनाको मृत्यु

    थप ७७६ जनामा कोरोना संक्रमण, १३ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार आइतबार गरिएको पीसीआर परीक्षणबाट ६७३ र एन्टिजेन परीक्षणबाट १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    १० हजार ८६४ गरिएको नमूना परीक्षणमा ८२८४ पीसीआर परीक्षण र २५८० एन्टीजेन परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।सोही अवधिमा ५०१ जना कोरोनामुक्त भएका छन् भने कोरोनाबाट १३ जनाको मृत्यु भएको छ।

    अहिले देशभर सक्रिय संक्रमितको संक्रमितको संख्या १० हजार ३६० छ ।

  • थपिए ५५७ कोरोना संक्रमित

    थपिए ५५७ कोरोना संक्रमित

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार आइतबार गरिएको पीसीआर परीक्षणबाट ५२२ र एन्टिजेन परीक्षणबाट ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    जम्मा ७ हजार ६२५ गरिएको नमूना परीक्षणमा ६०६१ पीसीआर परीक्षण र १५६४ एन्टीजेन परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।सोही अवधिमा ८७७ जना कोरोनामुक्त भएका छन् भने कोरोनाबाट ३ जनाको मृत्यु भएको छ।

    अहिले देशभर सक्रिय संक्रमितको संक्रमितको संख्या १० हजार २०१ छ ।

  • थप १४७ जनामा कोरोना संक्रमण, ८४५ जना संक्रमणमुक्त

    थप १४७ जनामा कोरोना संक्रमण, ८४५ जना संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप १४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ७७३ नमुनामध्ये १ हजार ४४६ पीसीआर परीक्षण गर्दा १३६ जना र ३२७ एन्टिजेन परीक्षण गर्दा ११ गरी १४७ जनामा संक्रमण पुष्टि भएको हो ।

    यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ भने ८४५ जना निको भएका छन् । अहिले सक्रिय संक्रमित १२ हजार ५९८ जना छन् ।

     

  • थप ३६५ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

    थप ३६५ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ५९४ नमुनामध्ये ३ हजार ६७१ पीसीआर परीक्षण गर्दा३२६ जना र १ हजार ९२३ एन्टिजेन परीक्षण गर्दा ३९ गरी ३६५ जनामा संक्रमण पुष्टि भएको हो ।

    यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ भने ६०९ जना निको भएका छन् । अहिले सक्रिय संक्रमित १४ हजार २७६ जना छन् ।

  • थप ७९२ जनामा संक्रमण, १४ जनाको मृत्यु

    थप ७९२ जनामा संक्रमण, १४ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ६१९ जनाको परीक्षण गर्दा ७९२ जनामा संक्रमण पुष्टि भएको हो ।

    यस्तै ९१० जना निको भएका छन् भने १४ जना संक्रमितको मृत्यु भएको छ । अहिले सक्रिय संक्रमित १४ हजार५५४ जना छन् ।

  • कांग्रेस महामन्त्री खड्कालाई कोरोना संक्रमण

    कांग्रेस महामन्त्री खड्कालाई कोरोना संक्रमण

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण भएको छ ।

    शुक्रबारदेखि ज्वरो र खोकीको समस्या देखिएपछि एन्टिजेन र पीसीआर परीक्षण गराउँदा दुवैमा पोजेटिभ देखिएको हो । महामन्त्री खड्काले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएकोले आफूसँग सम्पर्कमा रहेकाहरूलाई सतर्कता अपनाउन अनुरोध गरेका छन् ।

  • कोरोनाबाट प्रहरी अस्पतालमा १२० जनाको मृत्यु, साढे १० हजार प्रहरी संक्रमित

    कोरोनाबाट प्रहरी अस्पतालमा १२० जनाको मृत्यु, साढे १० हजार प्रहरी संक्रमित

    काठमाडौं । विश्वभर फैलिएको कोभिड-१९ बाट नेपाल प्रहरी अस्पतालमा अहिलेसम्म एक सय २० जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालले बुधबार पत्रकार भेटघाट कार्यक्रममा सो जानकारी गराएको हो ।

    प्रहरी प्रवक्तासमेत रहेका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) वसन्तबहादुर कुँवरका अनुसार प्रहरी अस्पतालमा उपचारका क्रममा आठजना प्रहरी, २७ जना पूर्वप्रहरी, २६ जना प्रहरीका परिवार र ५९ जना सर्वसाधारणको ज्यान गएको छ । यद्यपि, कोरोना नियन्त्रणमा नेपाल प्रहरी सक्रिय रूपमा खटिएर सफलता प्राप्त गर्न सफल भएको प्रहरी प्रवक्ता कुँवरले दावी गरे ।

    प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार अहिलेसम्म १० हजार पाँच सय ४१ जना प्रहरी कर्मचारीमा कोभिड-१९ को संक्रमण भएको छ । जसमध्ये १० हजार तीन सय ८ जना कोरोना संक्रमणमुक्त भइसकेका, १७ जनाको मृत्यु भएको र दुई सय १६ जना उपचाररत रहेका छन् । अहिलेसम्म नेपाल प्रहरीका ६० हजार पाँच सय ९७ जना प्रहरी कर्मचारीले पहिलो चरणको र ४८ हजार चार सय ४५ जनाले दोस्रो चरणको खोप लगाइसकेका छन् ।

    नेपाल प्रहरी अस्पतालमा दुई हजार आठ सय ६६ बहालवाला प्रहरी कर्मचारी र सात हजार सात सय १८ जना सर्वसाधारण नागरिक तथा पूर्वप्रहरी कर्मचारी गरेर १० हजार पाँच सय ८४ जनालाई कोभिडविरुद्धको खोप लगाइएको छ ।

    कोरोना महामारी नियन्त्रणका लागि नेपाल प्रहरीका ४१ हजार दुई सय ९२ जना परिचालित भएकामा ११ हजार दुई सय ७२ अहिले पनि खटिएका छन् । कोरोना रोकथामका लागि सीमानाकामा नेपाल प्रहरीका तीन सय ९४ वटा चेकपोष्टमा तीन हजार तीन सय ९४ जना प्रहरी कर्मचारी खटिएका र सात सय ९७ वटा हेल्थ डेस्क स्थापना गरी कार्य सञ्चालन गरिएको छ ।

    कोभिड-१९ सम्बन्धी ३२ हजार छ सय २४ वटा जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको र त्यसबाट १७ लाख १३ हजार सात सय ९५ जनालाई सचेत गरिएको छ । गैरस्वास्थ्य क्षेत्र र प्रयोजनमा प्रयोग भएका चार हजार ४३ भरेको र छ हजार छ सय ८४ वटा खाली गरेर जम्मा १० हजार सात सय २७ थान अक्सिजन सिलिण्डर संकलन गरेर वितरण गरिएको छ ।

    २०७८ वैशाख १६ गतेदेखि लागू भएको निषेधाज्ञा अवज्ञा गर्ने चार लाख ३६ हजार २५ जनालाई होल्ड गरेर छोडिएको र निषेधाज्ञा अवज्ञा गरी सवारी चलाउने एक लाख ९० हजार आठ सय ९६ वटा सवारीसाधनलाई कारवाही गरिएको छ ।

    नेपाल प्रहरी अस्पतालको एक सय ५० बेड क्षमताबाट स्तरोन्नती गरी तीन सय बेड क्षमतापछि दुई सय ६४ बेड कोभिड डेडिकेटेट आईसोलेसन बेड, ८० बेड क्षमताको एचडीयु, २० वटा भेन्टिलेटरसहित ३० बेड क्षमताको आईसीयू तयार गरी सेवा प्रदान गरिएको छ ।

  • संक्रमणबाट वडाअध्यक्षको मृत्युपछि नगरपालिका सिल

    संक्रमणबाट वडाअध्यक्षको मृत्युपछि नगरपालिका सिल

    रुपन्देही । कोरोना संक्रमणबाट एक वडाअध्यक्षको कोरोनाबाट मृत्यु भएपछि अर्घाखाँीको सन्धिखर्क नगरपालिका शील गरिएको छ । सन्धिखर्क नगरपालिका-८ का वडाअध्यक्ष ईश्वरीप्रसाद भुसालको कोरोना संक्रमणबाट मृत्यु भएपछि सोमबारदेखि एक हप्ताको लागि सन्धिखर्क नगरपालिका कार्यालय बन्द गर्ने निर्णय गरिएको छ ।

    सन्धिखर्क नगरपालिका ८ किमडाँडा घर भएका वडाअध्यक्ष भुसालको उपचारका क्रममा काठमाडौंको ह्याम्स अस्पतालमा आइतबार मृत्यु भएको थियो । बिरामी परेपछि अर्घाखाँची अस्पतालमा उपचारका लागि भर्ना गरिएको ६१ वर्षीय वडाअध्यक्ष भुसालको अवस्था गम्भीर बनेपछि ५ दिनअघि हेलिकोप्टरबाट काठमाडौं लगिएको थियो ।

    नगर प्रमुख कमलप्रसाद भुसालको अध्यक्षतामा सोमबार बसेको नगर कार्यपालिकाको बैठकले नगर कार्यपालिकाको कार्यालय तथा १२ वटै वडा कार्यालयका अत्यावश्यकबाहेकका सम्पूर्ण काम साउन १७ गतेसम्म बन्द गर्ने तथा सबै वडा र नगरमा १३ दिनसम्म शोकपुस्तिका राख्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले जानकारी दिए ।

    शिक्षण पेशाको अवकाशपछि नेकपा एमालेबाट वडाअध्यक्ष पदमा निर्वाचित भएका थिए । उनी पार्टीको जिल्ला सदस्यको जिम्मेवारीमा रहेका थिए ।

    भुसालको निधनले पार्टीमा ठूलो क्षति भएको भन्दै नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले शोकको घडीमा ३ दिनसम्म जिल्लाका ६१ वटै वडाहरू तथा ६ वटा स्थानीय तहमा कुनै औपचारिक कार्यक्रमको आयोजना नगर्ने, जिल्लास्थित पार्टीका कार्यालयहरूमा तीन दिनसम्म पार्टीको झन्डा आधा झुकाउने र १३ दिनसम्म जिल्ला पार्टी कार्यालयमा शोकपुस्तिका राखि मृतक भुसालप्रति शोक श्रद्धाञ्जली अर्पण गर्ने निर्णय गरेको छ ।

    जिल्लामा हालसम्म कोरोनाका कारण ७० जनाको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापाले जानकारी दिए । कोरोनाका कारण सन्धिखर्क नगरपालिकामा २०, भुमिकास्थान नगरपालिकामा १५, शितगंगा नगरपालिकामा १२, मालारानी गाउँपालिकामा १२, पाणिनि गाउँपालिकामा ८, र छत्रदेव गाउँपालिकामा ३ जना गरी ७० जनाको मृत्यु भएको छ ।

    हालसम्म जिल्ला भरमा कुल कोरोना संक्रमितको संख्या ३१ सय १६ पुगेको छ । हालसम्म कोरोनामुक्त हुनेको संख्या २६ सय ३४ पुगेको छ। अब जिल्लाभरमा सक्रिय कोरोना संक्रमितको संख्या ४ सय १२ जना रहेका छन् ।

  • थप १८०१ जनामा संक्रमण पुष्टि, २३ जनाकाे मृत्यु

    थप १८०१ जनामा संक्रमण पुष्टि, २३ जनाकाे मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १८ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधीबाट ६हजार ६२८ र एन्टीजेन विधीबाट ३ हजार नमुना परीक्षण गर्दा १८०१ जनामा संक्रमण पुष्टि भएको हो ।

    आइतबार देशैभरको प्रयोगशालाहरुमा पीसीआर र एन्टीजेन गरी ९ हजार ६२८ स्वावको नमुना परीक्षण गरिएको थियो ।

    यस्तै पछिल्लो २४ घण्टामा १६ सय ६७ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट मुक्त भएर जानेको दर ९४. ७ प्रतिशत रहेको छ ।

    भने २३ जनाको कोभिडको कारण ज्यान गएको छ । हालसम्म कोभिडको कारण ९ हजार ५५० जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ ।

     

     

  • १६०३ जनामा संक्रमण, २७ जनाको मृत्यु

    १६०३ जनामा संक्रमण, २७ जनाको मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १६०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार ४हजार ८७६ जनाको पीसीआर परीक्षणमा १,०४२ र ३,२५६ जनाको एन्टिजेन परीक्षणमा ५६१ जना गरी १,६०३ जनामा काेभिड-१९ संक्रमण पुष्टि भएको हो ।  अन्य दिनकाे तुलनामा आज  परीक्षण घटेकाे छ ।

    यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट २७ जनाको मृत्यु भएको छ । भने २ हजार ५५२ जना संक्रमणमुक्त भएका छन् ।

    हालसम्म ३३ लाख ६८ हजार ५४२ पीसीआर विधिबाट र २ लाख ४हजार २४८ एन्टिजेन्ट विधिबाट गरी कुल ३५ लाख ७२ हजार ७९० जनको परीक्षण गरिएको छ ।
    हलसम्म कोरोना भाइरसका कारण ९,२२५ जनाले ज्यान गुमाइसकेका छन् ।

     

  • निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमण बढ्यो, चार दिनमा सात गुणाले बढे संक्रमित

    निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमण बढ्यो, चार दिनमा सात गुणाले बढे संक्रमित

    रुपन्देही । निषेधाज्ञा खुकुलो भएसँगै रुपन्देहीमा कोरोना संक्रमण बढ्न थालेको छ । एक सातायता संक्रमणदर बढ्न थालेको जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

    पछिल्लो तथ्यांकअनुसार जिल्लामा पछिल्लो २४ घण्टामा ३६ जना संक्रमित फेला परेका छन् । गत बिहीबार पाँचजनामा संक्रमण देखिएको थियो । त्यसको चार दिनपछि सात गुणा धेरैमा कोरोना संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा दुई सय तीन जनालाई परीक्षण गर्दा ३६ जनामा संक्रमण देखिएको हो । कार्यालयका अनुसार उक्त अवधिमा पाँच जना संक्रमितको ज्यान गएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा पाँच जना संक्रमितले ज्यान गुमाएका छन् ।

    लक्षणसहित परीक्षण गराउन आउनेको संख्या बढेकाले संक्रमितको संख्या बढ्न गएको स्वास्थ्य कार्यालयले बताएको छ ।

    पछिल्लो समय बुटवलका १४ जना, तिलोत्तमाका ९ जना, सियारीका एक जना, देवदहका २ जना, सैनामैनाका एक जना, ओमसतियाका १ जना, कञ्चनका ३ जना, रोहिणीका २ जना, लुम्बिनी साँस्कृतिक नगरपालिकाका १ जना र शुद्धोधनका १ जनामा संक्रमण पुष्टि भएको हो ।

    जिल्लामा २ सय १५ जना सक्रिय संक्रमित पुगेका छन् । गत शुक्रबारदेखि जिल्लामा सक्रिय संक्रमितको संख्या पनि निरन्तर बढिरहेको छ । संक्रमणको दोस्रो चरण बढेको समयमा सकृय संक्रमित ८ हजार पुगेका थिए ।

    एक सातायता कोरोना अस्पतालमा बिरामीको संख्या बढ्न थालेको छ । लुम्बिनी प्रादेशिक अस्पतालका डक्टर सागर न्यौपानेले अहिले पुनः कोरोना संक्रमितले आइसियुका बेड भरिन थालेको बताए ।

    उनले सबै नागरिकलाई स्वास्थ्य सर्तकता अपनाउन आग्रह गरे । संक्रमण कम भएको भन्दै प्रशासनले लकडाउन खुकुलो बनाउँदै लगेको र नागरिकले स्वास्थ्य सर्तकता अपनाउन छाडेकाले संक्रमण बढ्न थालेको स्वास्थ्यकर्मीले बताउँदै आएका छन् ।

  • थप १९२० जनामा संक्रमित थपिँदा ३४ जनाको मृत्यु

    थप १९२० जनामा संक्रमित थपिँदा ३४ जनाको मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १९२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    देशभरको प्रयोगशालामा ६ हजार जनामा गरिएको पीसीआर परीक्षणमा १३५३ र ३८३६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५६७ जना गरी १९२० जनामा संक्रमण पुष्टि भएको हो ।

    संक्रमणका कारण ३४ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म ९हजार ९ जनाको मृत्यु भएको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३००७ रहेको छ ।

  • २,२९७ जना संक्रमित थपिए, ४६ जनाको मृत्यु

    २,२९७ जना संक्रमित थपिए, ४६ जनाको मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधीबाट ६ हजार ५८३ र एन्टीजेन विधीबाट ४ हजार ३२१ नमुना परीक्षण गर्दा २ हजार २९७ जनामा संक्रमण पुष्टि भएको हो ।

    मंगलबार देशैभरको प्रयोगशालाहरुमा पीसीआर र एन्टीजेन गरी १० हजार ९०४ स्वावको नमुना परीक्षण गरिएको थियो ।

    यस्तै पछिल्लो २४ घण्टामा ३ हजार १३० जना संक्रमणमुक्त भएका छन् । भने ४६जनाको कोभिडको कारण ज्यान गएको छ ।

    हालसम्म कोभिडको कारण ८ हजार ७७२ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना संक्रमण निको हुने दर ८९. ९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

  • धनुषामा एकैदिन चार कोरोना संक्रमितको मृत्यु

    धनुषामा एकैदिन चार कोरोना संक्रमितको मृत्यु

    जनकपुरधाम । कोरोना संक्रमणदर घटेको भन्दै निषेधाज्ञा खुकुलो पारेको एक दिनपछि घनुषामा कोरोनाका कारण चार जनाको मृत्यु भएको छ ।

    कोरानाबाट मृत्यु हुनेमा चारैजना ६० वर्षमाथिका पुरुष हुन् । मिथिला नगरपालिका १० का ७४ वर्षीय, सबैला नगरपालिका १२ का ६५ वर्षीय, क्षिरेश्वरनाथ नगरपालिका ८ का ६५ वर्षीय र जनकपुरधाम उपमहानगरपालिका १४ का ६० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    योसहित धनुषामा कोरोनाबाट मृत्यु हुनेको संख्या १०२ पुगेको छ । हाल सक्रिय संक्रमित ९०७ जना छन् । जसमध्ये २० जनाको आइसीयूमा उपचार जारी छ ।

    निषेधाज्ञा जारी भएपनि धनुषामा सार्वजनिक यातायातबाहेक सबै सवारी गुड्न थालेका छन् । करिब ६० प्रतिशत पसलसमेत सञ्चालनमा आइसकेका छन् । प्रशासनले भने बिहान ११ बजेसम्म अत्यावश्यक सामग्रीको पसल मात्र खोल्न भनेको छ ।

  • २,७४५ जना संक्रमित थपिए, ४,१८७ संक्रमणमुक्त

    २,७४५ जना संक्रमित थपिए, ४,१८७ संक्रमणमुक्त

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधीबाट ७ हजार ४४९ र एन्टीजेन विधीबाट ५ हजार ८४१ नमुना परीक्षण गर्दा २ हजार ७४५ जनामा संक्रमण पुष्टि भएको हो ।

    मंगलबार देशैभरको प्रयोगशालाहरुमा पीसीआर र एन्टीजेन गरी १३ हजार २९० स्वावको नमुना परीक्षण गरिएको थियो ।

    यस्तै पछिल्लो २४ घण्टामा ४ हजार १८७ जना संक्रमणमुक्त भएका छन् । भने ४१ जनाको कोभिडको कारण ज्यान गएको छ । हालसम्म कोभिडको कारण ८ हजार ५०६ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ ।

     

  • भारतमा मंगलबार २७ सयको मृत्यु, ७५ दिनयताकै कम संक्रमित

    भारतमा मंगलबार २७ सयको मृत्यु, ७५ दिनयताकै कम संक्रमित

    दिल्ली । भारतमा मंगलबार ६० हजार ४७१ व्यक्तिमा कोरोना संक्रमण देखा परेको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार जानकारी दिएको छ । भारतमा ७५ दिनयताकै यो सब भन्दा कम कोरोना संक्रमित फेला परेको हो ।

    गत २४ घण्टामा भारतमा कोरोना संक्रमणको कारण २ हजार ७२६ जनाको मृत्यु भएपछि भारतमा कोरोनाबाट मृत्यु हुने कूूल व्यक्तिको संख्या ३ लाख ७७ हजार ३१ भएको जनाइएको छ । यहाँ हाल कोरोना संक्रमितको कूल संख्या २ करोड ९५ लाख ७० हजार ८८१ पुगेको मन्त्रालयले मंगलबार जानकारी दिएको छ ।

    गत २४ घण्टामा १ लाख १७ हजार ५२५ जना कोरोनाभाइरस संक्रमित मुक्त भएका छन् । यसैसँग भारतमा २ करोड ८२ लाख भन्दा बढी कोरोना मुक्त भएका बताइएको छ । भारतमा कोरोनाभाइरस संक्रमण मुक्त हुने दर ९५.६४ प्रतिशत रहेको छ । हाल यहाँ ९ लाख १३ हजार ३७८ जना सक्रिय संक्रमित रहेका छन् ।

    कोरोना सुरु भएयता हालसम्म यहाँँ ३८ करोड १३ लाख ७५ हजार ९८४ जनाको कोरोना परिक्षण भएको सरकारी स्रोतले जानकारी दिएको छ । गत जनवरी १६ बाट भारतमा कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो । सो समयदेखि जुन १३ तारिखसम्म भारतमा २५ करोड ३१ लाख ९५ हजार ४८ डोज खोप लगाइएको थियो ।

  • सुस्ताउँदै कोरोना महामारी, अस्पतालका बेड खाली हुन थाले (भिडियो)

    सुस्ताउँदै कोरोना महामारी, अस्पतालका बेड खाली हुन थाले (भिडियो)

    काठमाडौं । कोरोना संक्रमणको ग्राफ ओरालो लागेसँगै अस्पतालहरु विस्तारै सामान्य अवस्थामा फर्किन थालेका छन् । महामारी उत्कर्षमा पुग्दा सबैभन्दा बढी चाप व्यहोरेका टेकुदेखि टिचिङसम्मका अस्पतालमा हामीले आज स्थलगत अनुगमन गर्दा महामारी निकै हदसम्म शान्त भइसकेको भान भयो ।

    एक महिना अगाडिसम्म टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका आँगन र कोरिडोर पनि भरिभराउ हुन्थे । अहिले त्यो अवस्था छैन । अस्पतालको इमर्जेन्सी वार्डमा बिरामीको संख्या न्यून देखिएको छ । हामी पुग्दा इमर्जेन्सीका केही बेडहरु खाली थिए ।

    जेठको पहिलो साता यस अस्पताले १ सय ३७ जनासम्म कोभिडका बिरामी राखेर उपचार गर्‍यो । अहिले ८७ जना बिरामी उपचाररत छन् ।

    ‘जेठको पहिलो सातासम्म ४० जनाभन्दा बढी बिरामीलाई आँगनमा राखेर उपचार गर्न बाध्य थियौं । दोस्रो हप्तापछि विस्तारै घट्दै गयो,’ अस्पतालका निर्देशक डा. सागरराज भण्डारी भन्छन् ।

    बिरामीहरू काठमाडौं बाहिरबाट विशेष उपचारका लागि अस्पतलाल आइरहेका छन् । धादिङ, गोरखा, सिन्धुपाल्चोक, काभ्रे लगायतका जिल्लाबाट आउने गम्भीर प्रकृतिका बिरामीको संख्या भने कम नभएको डा. भण्डारी बताउँछन् ।

    डा. भण्डारीका अनुसार इमर्जेन्सीमा बिरामी घटे पनि आइसोलेसन र आइसीयू भने अहिले पनि लगभग प्याक छन् । आइसोलेसनमा रहेको ४० बेड सबै प्याक छन् भने २८ वटा आइसीयुमध्ये एउटा खाली छ ।

    टेकुलगायत काठमाडौंका अन्य अस्पतालमा पनि कोभिडका संक्रमितहरू घटेसँगै कोभिड बेड खाली हुने क्रम बढ्दै गइरहेको छ । काठमाडौंको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा अहिले कोभिडका बिरामी १ सय ५७ जना छन् ।

    अस्पतालमा कोभिडको ६० वटा वार्ड अहिले खाली भएको अस्पतालका कोभिड व्यवस्थापन समितिका संयोजक डा. सन्तकुमार दास बताउँछन् । उनका अनुसार आकस्मिक कक्ष पनि खाली हुँदै गइरहेका छन् । आइसीयु बेड भने प्याक रहेको दासले बताए ।

    ‘आइसीयु ५७ वटामा ५७ वटै प्याक छ,’ उनी भन्छन् ।

    डा दासका अनुसार अहिले संक्रमितहरूमध्ये बाहिरबाट आउने क्रम केही बढेको छ ।

    पाटन अस्पतालमा २ सय कोभिड बेडमा १ सय ३० खाली छन् । अस्पतालका कार्यकारी निर्देशक डा रवी शाक्यका अनुसार आइसीयु भने भरिभराउ नै छन् ।

    वीर अस्पतालमा पनि आइसीयुबाहेक जनरल वार्ड भने खाली हुँदै गएका छन् । अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा जागेश्वर गौतमका अनुसार जम्मा १ सय ३० बेडमा मात्र संक्रमित छन् ।

    ‘आइसीयु पनि अभाव हुन नदिन १८ वटा आइसीयु बेड व्यवस्थापन गर्दैछौं । केही दिनमा तयार हुन्छ,’ उनले भने ।

    राष्ट्रिय ट्रमा सेन्टरले विस्तारै कोभिड वार्ड हटाएर ट्रमा नै सुरु गर्दैछ ।

    ‘नयाँ कोभिडको लागि अब भर्ना लिँदैनौं । किनकि अन्य अस्पतालमा नै सहजै बेड पाइन्छ,’ अस्पतालका निर्देशक डा. सन्तोष पौडलले भने ।

    अस्पताललमा कोभिडका ४० जना बिरामी छन् । जसममध्ये आइसीयुमा १० जना, ३० जना वार्डमा छन् ।

    ननकोभिडका बिरामी बढ्दै

    अस्पतालहरूमा कोभिडका बिरामी घटेसँगै ननकोभिडका बिरामी बढ्दैछन् । टिचिङमा अहिले ननकोभिडका बिरामी संख्या २ सय ८० पुगेको छ । यो केहीदिन यता बढ्दै गएको हो । डा. दासका अनुसार हाल अस्पतालको कोभिडका वार्डलाई कन्भर्ट गरेर तत्काललाई ननकोभिड बनाइएको छ ।

    पाटन अस्पतालमा पनि ननकोभिडका बिरामी विस्तारै बढ्दै गएका छन् ।

    ‘हाम्रो अस्पतालमा ननकोभिडका बिरामी लकडाउनअघि फूल हुन्थे । लकडाउनपछि घटेका थिए । फेरि अहिले विस्तारै बढ्न थालेका छन्,’ कार्यकारी निर्देशक डा शाक्यले भने ।

    ‘आइसियु अझै एक महिना प्याक’

    अस्पतालहरूमा अझै एक महिना आइसीयु अभाव हुने डाक्टरहरूको आँकलन छ । वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन आइसीयु केही हप्ता वा महिनासम्म अभाव हुनसक्ने बताउँछन् ।

    ‘हामीसँग धेरै आइसीयु नै छैन । त्यसैले यो समस्या त सधैं निरन्तर रहन्छ,’ डा पुन भन्छन् ।

    संक्रमण भने अब विस्तारै घट्दै जाने उनको अनुमान छ ।

    ‘लकडाउनको प्रभावले पनि संक्रमण घट्दै गइरहेको छ । सायद एक महिनामा अझै देखिने गरी दर घट्छ,’ उनी भन्छन् ।

    अधिकांश बिरामी खोप नलगाएका

    गम्भीर प्रकारका अधिकांश बिरामी भने खोप लगाएका नै छन् । टेकु अस्पतालका निर्देशक डा भण्डारीका अस्पतालमा खोप लगाएर पनि संक्रमित भएकाहरू भर्ना हुनु परेको छैन ।

    ‘खोप लगाएका भर्ना हुनु परेका तथ्य निकै कम छन् । गम्भीर देखिएका र मृत्यु भएका धेरैजसो बिरामी युवाहरू छन् । जसले खोप लगाएमा थिएनन्,’ उनी भन्छन् ।

    डा. भण्डारी तेस्रो वेभको जोखिमबाट जोगिन सरकारले खोपलाई प्राथमिकता दिनुपर्ने बताउँछन् । ‘खोपको वितरण प्रभावकारी गराउन सकियो भने तेस्रो वेभको जोखिम निकै कम हुन्छ । जनस्वास्थ्यको मापदण्ड र खोपको आवश्यकतालाई सरकार र नागरिकले ध्यान दिनुपर्छ,’ उनी सुझाउँछन् ।

  • ३ हजार ४७९ थपिए संक्रमित, निको भए ६ हजार ३३६

    ३ हजार ४७९ थपिए संक्रमित, निको भए ६ हजार ३३६

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ हजार ४७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    आइतबार देशैभरका प्रयोगशालामा १० हजार ४७१ पीसीआर परीक्षणबाट ३०२४ र ३२६२ एन्टिजेन परीक्षणमा ४५५ जना गरी ३ हवार ४७९ जनामा संक्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६हजार ६३६ जना संक्रमणमुक्त भएका छन् । संक्रमणबाट ९९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

     

  • बाँकेका अस्पतालमा घट्यो मृत्युदर

    बाँकेका अस्पतालमा घट्यो मृत्युदर

    बाँके । कोरोना संक्रमण बिरामीको उपचार हुँदै आएको बाँकेका अस्पतालमा मृत्युदर ह्वात्तै घटेको छ । दैनिक १५ देखि १७ जनाको मृत्यु हुने गरेकामा अहिले ह्वात्तै घटेको छ ।

    गएरातिदेखि आज बिहानसम्म चार जनाको मृत्यु भएको छ । मृत्यु हुने सबै बाहिरी जिल्लाकारहेको छ भने पछिल्लो २४ घण्टामा बाँकेका बिरामीको मृत्यु शुन्य रहेको छ ।

    अस्पतालमा अहिले भर्ना हुने बिरामी र मृत्यु हुने अधिकांश बाहिरी जिल्लाका संक्रमित रहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

    उनका अनुसार कोरोना संक्रमणबाट हालसम्म बाँकेका २८८ को मृत्यु भएको छ भने विभिन्न बाहिरी जिल्लाबाट यहाँका अस्पतालमा उपचारका लागि आएका २७९ को उपचारका क्रममा मृत्यु भएको छ ।

    पछिल्लो पटक गएरातिदेखि आज बिहानसम्म यहाँका अस्पतालमा भर्ना भएका दाङ, बर्दिया र सल्यानका चार कोरोना सङ्क्रमितको मृत्यु भएको छ । शिक्षण अस्पताल कोहलपुरमा उपचाररत तुलसीपुर उपमहानगरपालिका -४ निवासी ४२ वर्षीया महिलाको गएराति ११ः०० बजे मृत्यु भएको छ ।

    यसैगरी भेरी अस्पताल नेपालगञ्जमा भर्ना भएका बर्दिया बाँसगढी नगरपालिका– ३ निवासी ४२ वर्षीय पुरुषको आज बिहान ३ः३० बजे, सल्यान बागचौर नगरपालिका– ८ निवासी ६१ वर्षीय पुरुषको बिहान ५ः३० बजे र बर्दिया बढैयाताल गाउँपालिका– ५ निवासी ५८ वर्षीया महिलाको आज बिहान ६ः४५ बजे मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति वलीले जानकारी दिए ।

  • गायक दीप श्रेष्ठलाई कोरोना संक्रमण, आइसीयूमा भर्ना

    गायक दीप श्रेष्ठलाई कोरोना संक्रमण, आइसीयूमा भर्ना

    काठमाडौं । गायक एवं भ्वाइस अफ नेपालका निर्णायक दीप श्रेष्ठलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अहिले ह्याम्स अस्पतालको आइसीयूमा भर्ना गरिएको भ्वाइस अफ नेपालले जनाएको छ ।

    अन्य सहभागिलाई पनि कोरोना देखिएपछि यो गायन रियालिटी सोले गतसाता सोज नै स्थगित गरेको थियो ।

  • काठमाडौंमा घट्न थाल्यो कोरोना संक्रमण

    काठमाडौंमा घट्न थाल्यो कोरोना संक्रमण

    काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमण जेठयता घट्दै गइरहेको छ ।

    पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १४ सय ९३ थप कोरोना संक्रमित थपिए । मंगलबारको तुलनामा यो धेरै कम हो ।

    मंगलबार उपत्यकामा २६ सय १३ संक्रमित थपिएका थिए । जेठको पहिलो सातायता उपत्यकामा संक्रमण घटिरहेको थियो ।

    जेठ ६ यता हेर्ने हो भने जेठ ६ मा काठमाडौं उपत्यकामा तीन हजार २३२ कोरोना संक्रमित थपिएका थिए । काठमाडौं जिल्लामा मात्रै संक्रमण दुई हजार ६ सय थियो ।

    जेठ ७ गते घटेर उपत्यकामा दुई हजार ४ सय ४७ जना कोभिड–१९ संक्रमित थपिएका छन् । काठमाडौं जिल्लामा पनि घटेर एक हजार ७ सय ५२ पुगेको थियो ।

    जेठ ८ गते दुई हजार ३ सय १८ कोरोना संक्रमित थपिएका थिए ।

    त्यसयता निरन्तर संक्रमण घट्दै गइरहेको छ ।

  • कोरोना संक्रमित बालबालिकालाई कीर्तिपुर आयुर्वेद अस्पताल पठाइयो

    कोरोना संक्रमित बालबालिकालाई कीर्तिपुर आयुर्वेद अस्पताल पठाइयो

    काठमाडौं । कोरोना संक्रमित दुई बालमन्दिरका आश्रित बालबालिकालाई सरकारले आइसोलेसनको व्यवस्था गरेको छ ।

    नेपाल बाल संगठन अन्तर्गत संचालित नक्साल र सिफल बालमन्दिरमा संरक्षणमा रहेका ४९ बालबालिकामा एकैपटक कोरोना पुष्टि भएको थियो ।

    यो पनि पढ्नुहोस् : बालमन्दिरमा संरक्षित ४९ बालबालिकालाई एकैपटक कोरोना संक्रमण

    संगठनका महासचिव समिक बडालका अनुसार प्रधानमन्त्री कार्यालयसँगको समन्वयमा ती बालबालिकालाई कीर्तिपुरस्थित आयुर्वेद अस्पतालमा आइसोलेसनमा राखिएको छ ।

    दुईवटै बालगृहका ४९ र केयर टेकर १० जनासमेत ५९ जनामा संक्रमण देखिएको थियो ।

  • भारतमा कोरोना संक्रमण ओरालो लाग्दै, मृत्युदर भने स्थिर

    भारतमा कोरोना संक्रमण ओरालो लाग्दै, मृत्युदर भने स्थिर

    दिल्ली । पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसको संक्रमणबाट ३ हजार ५ सय ११ जनाको मृत्यु भएको छ । १ लाख ९६ हजार ४ सय २७ जना नयाँ संक्रमित थपिएका छन् भने ३ लाख २६ हजार ८ सय ५० जना डिस्चार्ज भएका छन् ।

    भारतमा कोरोना संक्रमण दर केहि दिनयता ओरालो लाग्दै आएको छ भने मृत्युदरमा भने कमी आएको छैन । भारतमा कूल संक्रमित हुनेको संख्या २ करोड ६९ लाख भन्दा बढी रहेको छ भने २ करोड ४० लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् ।

    यहाँ ३ लाख ७ हजार २ सय ३१ जनाको मृत्यु भइसकेको छ भने २५ लाख ८६ हजार ७ सय ८२ जना संक्रिय संक्रमित रहेका छन् ।

  • एकै गाउँका ४६ जनामा कोरोना संक्रमण

    एकै गाउँका ४६ जनामा कोरोना संक्रमण

    जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका -११ लोटा दुधपानी गाउँका अधिकाशंलाई कोरोना संक्रमण भएको छ । दुधपानीका ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    एकैपटक धेरैलाई ज्वरो आएपछि गाउँका स्थानीयले पिसिआर परीक्षण गराइदिन नगरपालिकाका मेयर हरिनारायण महतोसँग आग्रह गरेका थिए । उनको पहलमा ५४ जनाले पिसिआर परीक्षणका लागि सोमवार नै स्वाब दिए । मंगलवार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा परीक्षण गर्दा ४६ जनाको रिपोर्ट पोजेटिभ आयो ।

    मेयर महतो भन्छन्, ‘एउटा टोल नै संक्रमित भएको अवस्था छ । तर एक जनाबाहेक अहिलेसम्म सबैको अवस्था सामान्य छ ।’ साँसफेर्न गाह्रो भएपछि एकजना उपचारका लागि सिन्धुली पुगेको मेयर महतोले जानकारी दिए । अब कसैको अवस्था जटिल भए ढल्केवर ल्याएर आइसोलेसनमा राख्ने उनको भनाई छ ।

    मेयर महतोका अनुसार काठमाडौंबाट दुई जना आएका थिए । उनीहरुबाटै संक्रमण फैलिएको हुनसक्ने अनुमान छ । भारतबाट उक्त टोलमा कोही पनि आएको छैन ।

    संक्रमित भएकाहरु डाक्टरबाट आवश्यक सल्लाह नपाउँदा त्रसित बनेका छन् । एक संक्रमितले भने, ‘कोरोनाबाट कसरी बाँच्न सकिन्छ भन्ने कुराको ज्ञान छैन । डाक्टरबाट आवश्यक सल्लाह सुझाव पाए हुन्थ्यो । तर भगवान भरोसामै बाँचिरहेका छौं ।’

    मेयर महतोले स्वास्थ्यकर्मीको टोली पनि त्यहाँ पठाउन लागेको उनले बताए । उनले भने, ‘म आफैं त्यहाँ गएर सबैको स्वास्थ्य अवस्था बुझेर फर्केको छु । अब स्वास्थ्यकर्मी लिएर पुग्दैछौं ।’

    त्यहाँका थप व्यक्तिमा पनि संक्रमण सरेको हुनसक्ने अनुमान छ । सम्भावित सबैको पिसिआर परीक्षण गराउने मेयर महतोले जनाएको छ । उनका अनुसार अहिले गाउँमा आवतजावत बन्द गरिएको छ ।

  • बाँकेमा १४ घण्टा भित्रमा १७ संक्रमितको मृत्यु

    बाँकेमा १४ घण्टा भित्रमा १७ संक्रमितको मृत्यु

    दाङ । बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या अत्याधिक बढेको छ । हिजो बेलुका ५ बजेदेखि आज बिहान साढे ६ बजेसम्म १४ घण्टाको अवधिभित्र १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जसमध्ये ८ जना बाँकेका हुन भने ९ जना बाहिरी जिल्लाका रहेका छन ।

    जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका अनुसार नेपालगञ्ज १८ की ७३ बर्षिया महिलाको भेरी अस्पतालमा हिजो बेलुका ५ः१५ बजे मृत्यु भएको छ । गढवा ७ दाङकी ३० बर्षिया महिलाको पनि हिजो बेलुका ५ बजे नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको छ ।

    त्यसैगरी, सानोभेरी ११ रुकुमका ३६ बर्षका पुरुषको हिजो राती साढे ८ बजे मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको छ । सोही अस्पतालमा कोहलपुर १२ का ४१ बर्षिय पुरुषको हिजो राती ८ः३५ बजे मृत्यु भएको छ । बढैयाताल २ बर्दियाका ८४ बर्षिय पुरुषको मंगलबार राती ८ः४५ बजे भेरी अस्पतालमा मृत्यु भएको छ । हिजो राती ९ बजे नेपालगञ्ज ६ का ४५ बर्षिय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको छ ।

    मेडिकल कलेज कोहलपुरमा राप्तीसोनारी २ बाँकेका ५९ बर्षिया महिलाको गएराती ११ः३० बजे मृत्यु भएको छ । टिकापुर १६ कैलालीका २८ बर्षिय पुरुषको भेरी अस्पतालमा आज बिहान २ बजे मृत्यु भएको छ । कोहलपुर ११ बाँकेकी ५८ बर्षिया महिलाको बिहान ३ बजे मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।

    त्यसैगरी,नेपालगञ्ज ३, बाँकेका ६१ बर्षका पुरुषको मेडिकल कलेज कोहलपुरमा बिहान ४ बजे मृत्यु भएको छ । सोही अस्पतालमा त्रीवेणी १ रुकुमकी २७ बर्षिया महिलाको बिहान ४ बजे मृत्यु भएको छ । नेपालगञ्ज ४ का ६७ बर्षिय पुरुषको बिहान ४ बजे भेरी अस्पतालमा मृत्यु भएको छ । मेडिकल कलेज कोहलपुरमा कोहलपुर ४ बाँकेका ४२ बर्षिय पुरुषको आज बिहान ४ः१५ बजे मृत्यु भएको छ ।

    ठाकुरबाबा ९ बर्दियाका ६३ बर्षिय पुरुषको बिहान ५ बजे भेरी अस्पतालमा मृत्यु भएको छ । सोही अस्पतालमा ठाकुरबाबा १ बर्दियाकै ३८ बर्षिया महिलाको बिहान ५ः१५ बजे मृत्यु भएको छ । भेरी अस्पतालमै तुलसीपुर २ दाङका ६५ बर्षिय पुरुषको बिहान ५ः३० बजे र लम्की चुहा ५ कैलालीकी ६८ बर्षिया महिलाको बिहान ६ः३० बजे मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।

    योसँगै बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २५३ पुगेको छ भने बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आई मृत्यु हुनेको संख्या २०९ पुगेको छ ।

  • कोरोना संक्रमित चिकित्सकको मृत्यु

    कोरोना संक्रमित चिकित्सकको मृत्यु

    जनकपुरधाम । कोरोना संक्रमित अर्थोपेडिक डा. मुकेश चौधरीको मृत्यु भएको छ ।

    सिरहाको लहान घर भएका उनको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको हो । महामारीमा पनि नागरिकको स्वास्थ्य सेवामा समर्पित उनी कोरोना देखिएसँगै ९ दिनदेखि होम आइसोलेसनमा थिए ।

    स्वास्थ्य जटिल बनेपछि उनलाई थप उपचारको लागि नोबेल अस्पताल भर्ना गरिएको थियो । अन्दाजी ३५ वर्षीय उनी लहानमा डाइग्नोस्टिक सेन्टरका संचालक हुन् ।

  • सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई कोरोना संक्रमण

    सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई कोरोना संक्रमण

    कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

    सेती प्रादेशिक अस्पतालका प्रयोगशालामा गत वैशाख २७ मा पिसिआर परीक्षण गर्दा उनालई संक्रमण पुष्टि भएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

    उनी चिकित्सकका निगरानीमा होम आइसोलेसन रहेको मुख्यमन्त्रीका स्वकीय सचिव प्रेम कुँवरले जानकारी दिए ।

  • कोरोना संक्रमित पत्रकारको मृत्यु

    कोरोना संक्रमित पत्रकारको मृत्यु

    दाङ । दाङमा एकजना कोरोना संक्रमित पत्रकारको मृत्यु भएको छ ।

    रेडियो हापुरेमा कार्यरत पत्रकार लक्ष्मण बस्नेतको भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको बबई गाउँपालिका प्रमुख भुवनेश्वर पौडेलले बताए ।

    ६ दिनअघि संक्रमण पुष्टि भएका बस्नेतको निमोनिया भएपछि स्वास्थ्य जटिल बनेको थियो ।