Tag: कोनर गल्लाघर

  • कोनर गल्लाघारलाई इङल्यान्डको सिनियर टोलीमा बोलाइयो

    कोनर गल्लाघारलाई इङल्यान्डको सिनियर टोलीमा बोलाइयो

    काठमाडौं । क्रिस्टल प्यालेसका मिडफिल्डर कोनर गल्लाघरलाई इङ्ल्यान्डको सिनियर टोलीमा पहिलो पटक बोलाइएको छ ।

    युरोपेली च्याम्पियन टोली चेल्सीबाट लोनमा क्रिस्टल प्यालेस गएका २१ वर्षीय गल्लाघारले सोमबार सान मारिनोमा हुने विश्वकप क्वालिफयर खेलका लागि इङ्लिस मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले टोलीमा बोलाएका हुन् ।

    ज्याक ग्रेलिस, रहिम स्टर्लिङ, ल्युक श, जोर्डन हेन्डरसन र म्यासन माउन्ट टोलीमा समावेश नभएको इङ्लिस एफएले पुष्टि गरेको बीबीसीले बताएको छ ।

    उदीयमान खेलाडी गल्लाघरले जारी सिजन प्रिमियर लिगमा ४ गोल र ३ असिस्ट गरिसकेका छन् । उनलाई जनवरीमा चेल्सीले लोनबाट फिर्ता बोलाउने वा अर्को सिजन चेल्सीको सिनियर टोलीमा उनले स्थान बनाउने सम्भावनासमेत देखिएको छ ।

    २१ वर्षीय प्रतिभावान् गल्लाघरले चेल्सीको सिनियर टोलीबाट खेल्नु आफ्नो सपना रहेको अभिव्यक्ति दिएका थिए । अहिले इङ्ल्यान्डको टोलीमा उनलाई समावेश गरिएसँगै उनको त्यो सपना चाँडै पूरा हुनेमा विश्वस्त हुन सकिन्छ ।