Tag: केपी शर्मा ओली

  • आजको संसदमा एमाले अध्यक्ष ओलीले सम्बोधन गर्ने

    आजको संसदमा एमाले अध्यक्ष ओलीले सम्बोधन गर्ने

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आजको संसदमा सम्बोधन गर्दैछन् । संसदमा प्रस्तुत भएको नीति तथा कार्यक्रमसँगै समसामयिक विषयमा अध्यक्ष ओलीले सम्बोधन गर्ने बताइएको छ ।

    एमालेले लामो समयदेखि संसद अवरुद्ध गर्दै आएको थियो । स्थानीय तह निर्वाचनपछि बिनाशर्त एमालेले संसदमा अवरोध गर्न छाडेको हो ।

    आजको संसद बैठक ११ बजेका लागि डाकिएको छ ।

  • ओलीको चुनौती- प्रचण्डले दुर्घटनाको धम्की नदिए हुन्छ, अन्तिममा चिसै पानीले नुहाउने हो

    ओलीको चुनौती- प्रचण्डले दुर्घटनाको धम्की नदिए हुन्छ, अन्तिममा चिसै पानीले नुहाउने हो

    इटहरी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भरतपुरमा रेनु दाहाल नजिते मुलुक दुर्घटनामा जाने भनी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दिएको अभिव्यक्ति पराजयको स्वीकारोक्ति मात्र रहेको टिप्पणी गरेका छन् ।

    चुनावी अभियानका क्रममा इटहरी पुगेका ओलीले एमाले उम्मेदवारको पक्षमा मत माग्दै प्रचण्डले दुर्घटनाको धम्की दिएपनि अन्तिमा चिसै पानीले नुहाउँने बताए ।

    ओलीले भने,’पुष्पकमल दाहालले दुर्घटनाको धाक धम्की नदिए हुन्छ । अन्तिममा उनले चिसै पानीले नुहाउने हो । देउवालाई धम्की दिन सक्नुहुन्छ । हिजो पनि धम्की दिनुभएछ क्यारे,प्रचण्डको छोरीलाई मैले उम्मेदवार बनाएको हो,उहाँले होइन भनेर धामी बके झैं बक्नुभएछ देउवाजी ।’

    ओलीले गठबन्धनका नाममा छोरी,बुहारी,श्रीमतीलाई महिला कोटा दिलाउने गठबन्धनले अन्यत्र महिला उम्मेदवारबाट बन्चित गरेको आरोप लगाए ।

  • चुनावीसभालाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली हेटौंडा जाँदै

    चुनावीसभालाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली हेटौंडा जाँदै

    हेटौंडा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज हेटौंडा जाँदैछन् । एमाले मकवानपुरले हेटौंडामा आयोजना गर्न लागेको आमसभालाई सम्बोधन गर्न ओली हेटौंडा जान लागेका हुन् ।

    स्थानीय तह निर्वाचनलाई केन्द्रित गरेर, अन्तरार्ष्ट्रिय श्रमिक दिवसको अवसरमा ओलीले सम्बोधन गर्नेछन् । आमसभामा मकवानपुरका १० वटै स्थानीय तहका एमालेका उम्मेदवार, नेता, कार्यकर्तासहित ४० हजार भन्दा बढीको सहभागिता रहने दाबी गरिएको छ ।

    आमसभाको सम्पूर्ण तयारी सकिएको एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठले जानकारी दिए । हेटौंडा उपमहानगरपालिकाका विभिन्न चारवटा नाकाबाट पैदल र्‍याली गरी हुप्राचौरमा आमसभा गरिने श्रेष्ठले बताए ।

  • गठबन्धन लुतो हो, बैशाख ३० लुतो फाल्ने दिन हो: ओली

    गठबन्धन लुतो हो, बैशाख ३० लुतो फाल्ने दिन हो: ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनलाई लूतोको संज्ञा दिएका छन् ।

    काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पाँचदलीय गठबन्धन ठूलो घाउ नभएपनि केहीसमय चिलाएर दुःख दिने लुतो रहेको बताए ।

    उनले बैशाख ३० गते जनताले लुतो फाल्नुपर्ने बताए । ‘ पाँचदलीय गठबन्धन लुतो हो । ठूलै घाउ पनि होइन तर चिलाको चिलाई गर्छ । यो केही समयका निम्ति पीडा हो । यो पीडाको अन्त्य बैशाख ३० मा गर्नुपर्छ । त्यसलाई लुतो फाल्ने दिन बनाउनुपर्छ जनताले’ ओलीले भने ।

    काठमाडौंमा एमालेको जित सुनिश्चित रहेको भन्दै ओलीले गठबन्धनका कारण जनतामा त्रास बढेको बताए । ‘गठबन्धनको पक्षमा छु नभनेसम्म बाँच्नपनि नपाउने भन्ने अवस्था आइसक्यो’, ओलीले भने ।

    आफ्नो मन्तव्यमा कांग्रेसप्रति कटाक्ष राखेका ओलीले कांग्रेसबाहेकका पार्टी टिप्पणीका लागि योग्य नभएको बताए । ‘जनावरको कुरा गरेपछि जनावरको खुट्टा र पुच्छरको कुरा गर्न जरुरी छैन’, उनले भने ।

  • गगनलाई ओलीको जवाफ– ट्यूसन पढाउँछु भन्नेले हाम्रा भाईबहिनीसँग बहस गरेर देखाऊ (भिडिओ)

    गगनलाई ओलीको जवाफ– ट्यूसन पढाउँछु भन्नेले हाम्रा भाईबहिनीसँग बहस गरेर देखाऊ (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको घोषणापत्र र उम्मेदवारबारे खुला बहसमा आउन नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई चुनौती दिएका छन् ।

    पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफूलाई ट्युसन पढाउँछु भन्ने कांग्रेस महामन्त्री थापालाई ‘एमालेका भाईबहिनीसँग बहस गर्न’ चुनौती दिएका हुन् ।

    ‘नेकपा एमालेको घोषणापत्र र उम्मेदवारबारे बहसमा उत्रन कोही ट्युसन क्लास चलाउँछु भन्नेहरु तयार छन् भने हामी तयार छौं । भर्खर भर्खर पास गरेका भाईबहिनी भिडाइदिन्छौ , बहस गरेर आउनु’, ओलीले भने ।

    नेपाली कांग्रेस गन्तव्यहीन पार्टीका रुपमा स्थापित भएको भन्दै अध्यक्ष ओलीले कांग्रेसको हालत देख्दा आफूलाई टीठ लागेको बताए ।

    ‘कांग्रेस कुनै गन्तव्य भएको पार्टी होइन । विचार शून्य, गन्तव्यहीन कुहिराको काग हो । कुहिराको कागको उद्देश्य पेट भर्ने मात्रै हो । कांग्रेस कुहिरोकोे काग भएको देख्दा मलाई टीठ लाग्छ’, ओलीले भने ।

    उनले कांग्रेस र माओवादीले श्रीमती र छोरीलाई उम्मेदवार बनाएर महिला उम्मेदवारको हाँक दिन नमिल्ने बताए ।

  • सोलुखुम्बु पुगेर ओलीले भने: बालुवाटारमा ओथारो बसेको गठबन्धनले फुल पार्न सक्दैन

    सोलुखुम्बु पुगेर ओलीले भने: बालुवाटारमा ओथारो बसेको गठबन्धनले फुल पार्न सक्दैन

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘बालुवाटारमा ओथारो बसेको गठबन्धनले फुल पार्न नसक्ने’ टिप्पणी गरेका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा भागबण्डा मिलाउन सत्तागठबन्धनको बैठक बसिरहेका बेला सोलुखुम्बुको चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो टिप्पणी गरेका हुन् ।

    चुनावीसभा एवम् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने– एमालेविरुद्ध बालुवाटारमा ओथारो बसिरहेका छन् रे, तर फुल पार्न सकेका छैनन् भन्ने सुन्छु ।

    एमालेसँग डराएर सत्तागठबन्धन चुनावबाट भाग्न खोजेको आरोप लगाउँदै उनले सबै दलसँग एमाले एक्लै भिड्न तयार रहेकोसमेत बताए । सत्तागठबन्धन अझै चुनावसँग भाग्न खोजेको उनको बुझाइ थियो । उनले भने– अझै संविधानविरोधी केही तत्व चुनाव सार्न खोज्दैछन्, एमाले तिनीहरुविरुद्ध एक्लै प्रतिकार गर्न तयार छ ।

    उक्त कार्यक्रममा सञ्चारउद्यमी आङकाजी शेर्पा एमालेमा प्रवेश गरेका छन् । शेर्पालाई अध्यक्ष ओलीले पार्टीमा स्वागत गरेका थिए ।

  • ‘नयाँ वर्षमा जनविरोधीले फैलाएका सबै भ्रम चिरियोस्’

    ‘नयाँ वर्षमा जनविरोधीले फैलाएका सबै भ्रम चिरियोस्’

    पूर्वप्रधानमन्त्री एवम् प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ वर्ष २०७९ को उपलक्ष्यमा देशवासीका नाममा शुभकामना दिएका छन् । शुभकामना सन्देशमा उनले भनेका छन्– गत वर्ष राजनीतिक स्थिरताको दृष्टिकोणबाट सुखद रहेन । केही अवाञ्छित शक्तिहरुका प्रतिगामी उद्देश्य र केही राजनीतिक व्यक्तिहरुको जङ्गली आकाङ्क्षा, कुण्ठा र इष्र्याका कारण केही वर्षदेखि शुरु भएको हाम्रो विकास र समृद्धि तर्फको यात्रामा गम्भीर अवरोध उत्पन्न हुन पुग्यो । नयाँ वर्षको यस अवसरमा म जनविरोधी र राष्ट्रहीतविपरीत चल्ने स्वार्थी समूहले फैलाउने भ्रामक अफवाह र गलत सूचनाप्रति सबैलाई सचेत रहन आग्रह गर्दछु । र नयाँ वर्षको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि र सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

    उनले देशबासीका नाममा दिएको शुभकामना सन्देश जस्ताको तस्तै

    गत वर्ष राजनीतिक स्थिरताको दृष्टिकोणबाट सुखद रहेन । केही अवाञ्छित शक्तिहरुका प्रतिगामी उद्देश्य र केही राजनीतिक व्यक्तिहरुको जङ्गली आकाङ्क्षा, कुण्ठा र इष्र्याका कारण केही वर्षदेखि शुरु भएको हाम्रो विकास र समृद्धि तर्फको यात्रामा गम्भीर अवरोध उत्पन्न हुन पुग्यो ।

    विसंगति, वेथिति र अस्थिरताका पुराना दुषित खेलको फेरि पुनरावृत्ति भएको छ । वितेको वर्षबाट गठबन्धनका नाममा चरम स्वार्थी समूह राज्यशक्तिको दुरुपयोगमा सक्रिय छ । व्यवस्थापिका निकम्मा हुन पुगेको छ । कार्यपालिकाको छायाँमुनि न्यायपालिका क्रमशः आप्mनो स्वतन्त्र पहिचान गुमाउँदै छ ।

    संवैधानिक विचलन र अराजकताको विकृत उत्पादनको रुपमा जन्माइएको कर्तव्य, लक्ष्य तथा गन्तव्यहीन कार्यपालिका अकर्मण्य मात्रै होइन भ्रष्टाचारमा निर्लिप्त छ । केही वर्षयता हामीले सुरु गरेको विकासको राष्ट्रिय बहसको सट्टा अहिले सत्ताशक्तिको अनुचित भागबण्डा, लेनदेन र राज्यस्रोतको दोहनमा केन्द्रित हुन पुगेको छ ।

    यतिखेर मुलुक आर्थिक सङ्कट उन्मुख छ । यस सन्दर्भमा विज्ञहरुद्वारा विभिन्न कोणबाट प्रस्तुत आंकडा दोहर्याउन आवश्यक ठान्दिनँ । सङ्क्षेपमाः
    – हाम्रो नेतृत्वको सरकारले दुरुस्त छोडेको अर्थतन्त्र अहिले भत्किएको छ । तर गठबन्धनवालाहरुको ध्यान भने आर्थिक समस्या समाधानमा भन्दा आफ्नै स्वार्थसिद्धिमा केन्द्रित छ ।
    – मूल्य वृद्धिदर हाम्रो सरकारको समयमा भन्दा दोब्वर भएको छ । मूल्य अनुगमन नगर्दा जथाभावी मुल्य वृद्धि गर्ने र कृत्रिम अभाव सिर्जना गर्ने काम जारी छ ।

    – देशको आयात अनियन्त्रित ढंगले वढेको छ । मुलुकको समग्र वाह्य कारोवारको भुक्तानी असन्तुलन भयावह हुँदैछ । विदेशी मुद्रा संचितिमा पहिरो गइरहेको छ । चालू खाता घाटा र वैदेशिक व्यापार घाटा देशले धान्न मुस्किल हुने तहमा पुगिसकेको छ ।

    – बैंकिङ प्रणालीवाट वाहिर गएको रकम बैंकमा फर्कन सकेको छैन । तरलताको संकट भयावह हुँदैछ । सरकार यसको कारणको खोजीमा होइन, अरुमाथि दोष थोपरेर उम्कन खोजिरहेको छ ।

    – गठबन्धन सत्तासीन भएदेखि नै सरकारी वित्त प्रणालीमा अनिश्चयता र अन्योल शुरु भयो । प्रदेशको वित्त स्थिति त्यस्तै निराशाजनक हुन पुग्यो ।

    – सरकारी नीति संगतिपूर्ण छैनन् । सहि राजनीतिक नेतृत्वको अभावमा सरकारी सेवा प्रवाह गर्ने संस्थाहरु अस्तव्यस्त बनेका छन् । उल्टै चुनावी खर्च उठाउने

    – जस्ता निहीत स्वार्थ अनुकूल कर्मचारीतन्त्र परिचालन गर्ने ध्याउन्नमा गठबन्धन सक्रिय देखिन्छ ।

    – अर्थप्रणाली गलत र अदृष्य तत्वको हातमा पुगेको छ । गठबन्धन सरकार भूमाफिया, काला व्यापारी र तस्करहरुको चंगुल र कमिसनतन्त्रको जालोमा फसेको छ । सरकारकै संरक्षणमा हुण्डी फस्टाएको छ ।

    – सरकारले साख गुमाएको छ । विकास साझेदारको विश्वास गुम्दैछ । सरकारमाथि व्यवसायिक क्षेत्रको विश्वास गुमेको छ । निजी क्षेत्र यो सरकारवाट निराश छ ।

    – सरकारी निकायबीच नै समन्वय छैन । सम्पत्ति शुद्धीकरण निवारण गर्नुपर्ने सरकार उल्टो वाटोमा हिंड्दै छ ।

    – यो गठबन्धन सत्तासीन भएदेखि अहिलेसम्म एउटा पनि नयाँ परियोजना शुरु भएको छैन । ‘मासिक १० प्रतिशतका दरले पूँजिगत खर्च गर्ने’ फुटानी लगाउने यो गठबन्धनले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा २५ प्रतिशत भन्दा माथि खर्च गर्न सकेको छैन । यसरी अहिले, आर्थिक बृद्धि त परै जाओस्, देशको अर्थतन्त्र नै धरासायी हुने हो कि भन्ने चिन्ता व्याप्त छ ।

    – तर ‘सेटिङ्–सिद्धान्त’मा विश्वास गर्ने गठबन्धन सरकार विज्ञहरुको सुझाव र प्रतिपक्षी दलको खवरदारीलाई मनन गर्नुको साटो प्रतिवादमा उत्रिएको छ । तथ्याङ्कलाई तोडमोड गरी अर्थतन्त्र “दुरुस्त छ” भन्ने झुठा सूचना प्रवाह गरिरहेको छ ।

    – अराजक अर्थमन्त्रीको दवावमा भागबण्डाको ‘टेको’मा उभिएका प्रधानमन्त्री स्वयं पनि एकपछि अर्को गलत निर्णय लिइरहेका छन् । सबैभन्दा पछिल्लो निर्णयको रुपमा गभर्नरमाथि गैरकानूनी कार्वाही रहेको छ ।

    प्रतिकुलताका वाबजुद वितेको बर्षमा हाम्रो पार्टी नेकपा (एमाले) पुनर्ताजगीका साथ अघि बढेको छ । गत असोजमा भएको विधान महाधिवेशन, त्यसपछि भएका वडा र पालिका अधिवेशन, दशौं राष्ट्रिय महाधिवेशन तथा जिल्ला अधिवेशनबाट झण्डै ४ लाख हाम्रा संगठनमा संगठित सदस्यहरुको नेतृत्वमा पार्टी गतिशीलताका साथ अघि बढिरहेको छ ।

    ०७५ जेठ ३ गतेको एकीकरणपछि निस्क्रिय पारिएको हाम्रो पार्टी पंक्ति नयाँ जोशका साथ अघि बढिरहेको छ । अहिले देशव्यापि रुपमा हाम्रो पार्टीको पक्षमा अभुतपूर्व जनलहर देखिएको छ । विभिन्न पार्टीमा रहेका दिदीबहिनी–दाजुभाइहरुको हाम्रो पार्टीमा प्रवेश गर्ने चाहना असाधारण छ ।

    हामीले यो लहर र जनचाहनालाई हाम्रो पार्टीको सही नीति र हाम्रो नेतृत्वप्रति जनताको भरोसाको रुपमा लिएका छौं । नेतृत्वमा रहेका केही स्वार्थी तत्वले शुरु गरेको पार्टी र आन्दोलनलाई तहसनहस पार्ने प्रायोजित षडयन्त्रलाई जनस्तरबाट परास्त गर्न पार्टीका कार्यकर्ता, सदस्य, समर्थक र सशुभेच्छुकहरुले खेलेको सुझबुझपूर्ण भूमिका र दृढतालाई म फेरी एकपट सलाम गर्छु, उच्च प्रशंसा गर्दछु ।

    यो वर्ष निर्वाचनको वर्ष हो । गठबन्धनवालाहरु जे जति दाउपेच र षडयन्त्रमा पारङ्गत भए पनि चुनावबाट भाग्ने ठाउँमा छैनन् । जनादेश नै यस्ता निकम्मा र राष्ट्रहित प्रतिकूल तत्वलाई परास्त र दण्डित गर्ने माध्यम हो । ‘ताजा जनादेश’ भन्ने शव्द सुन्नासाथ सातो जाने लक्ष्यविहीन यस अराजक समूहका कुनै एजेण्डा छैनन्, कार्यक्रम छैनन् । यिनीहरुले  ‘राष्ट्रिय नीति तथा कार्यक्रम’को रुपमा विगतमा हाम्रो पहलमा भएका उपलब्धि र कामको ‘भण्डाफोर गर्ने’लाई अघि बढाएका छन् ।

    पार्टीमाथि धावा बोलिएको क्षण, आम रुपमा पार्टी कमिटी निष्क्रिय तुल्याइएको बेला, आवश्यक परेको समयमा पार्टीको राजनीतिक नेतृत्वको अभाव रहेको अवस्थामा समेत पार्टी नीति तथा प्रतिवद्धता अनुरुप हाम्रो नेतृत्वमा रहेका स्थानीय तहबाट आधारभूत रुपमा प्रभावकारी काम भयो । हाम्रा लागि आसन्न निर्वाचनमा कुनै कृत्रिम एजेण्डाको बैशाखी टेकीरहनु पर्दैन ।

    विगतमा गरेका जनपक्षीय कामका विवरण हाम्रो योग्यता र क्षमताका उदाहरण हुन् । गर्न बाँकी र अनुभवबाट खारिएर समाजवादको आधार तयार गर्न हामीले आगमी दिनमा गर्ने कामका प्रतिवद्धता जनताको मन जित्ने हाम्रा आधार हुन् । आसन्न निर्वाचनमा प्रकट हुने जनादेश छली, स्वार्थी र जनहित विरोधी प्रतिगामी गठबन्धन कि ताजा जनादेश मार्फत् लोकतान्त्रिक विधिद्वारा सामाजिक सुव्यवस्था र विकासका लागि शासन सञ्चालन गर्न चाहने हाम्रो पार्टीजस्तो अग्रगामी शक्ति, कसलाई छान्ने भन्नेजस्तो देशको भविश्य निर्धारण गर्ने गहन विषयको जनमत संग्रह हुनेछ ।

    अहिले पनि विभिन्न बहानामा हिजो स्थानीय तहको निर्वाचन रोक्ने अलोकतान्त्रिक र असंवैधानिक दुस्प्रयासमा असफल रहेका शक्तिहरु चुनाव रोक्ने प्रपञ्च रचिरहेका छन् । हामी खबरदारी गर्न चाहन्छौं, कुनै पनि बहानामा चुनाव रोक्नु लोकतन्त्र विरोधी कुरा हो र यो किमार्थ स्वीकार्य हुन सक्दैन ।

    नयाँ बर्षको यस अवसरमा म जनविरोधी र राष्ट्रहीतविपरीत चल्ने स्वार्थी समूहले फैलाउने भ्रामक अफवाह र गलत सूचनाप्रति सबैलाई सचेत रहन आग्रह गर्दछु । विश्वास छ, मुलुक निर्माणको प्रथमिकताबाट विमूख ब्यक्ति र समूहहरुका निहीत स्वार्थद्वारा सिर्जना गरिएका अवरोधलाई छिचोल्न, राजनीतिक स्थिरता कायम गर्न र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्ने हाम्रो गन्तव्यमा आम देशवासी दिदीबहिनी तथा दाजुभाइहरुको हामीलाई साथ सहयोग प्राप्त हुनेछ ।
    नयाँ वर्ष सम्बत् २०७९ को पुनः हार्दिक शुभकामना ।

  • ओलीको टिप्पणी- पुष्पकमलका भाइ नारायणकमललाई मनोनित गरेर क्रान्ति सम्पन्न (भिडिओ)

    ओलीको टिप्पणी- पुष्पकमलका भाइ नारायणकमललाई मनोनित गरेर क्रान्ति सम्पन्न (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनतामा रहेको ‘क्रान्तिकारी हुँ भन्नेले आफन्तबाहेक अन्य कोही नियुक्त गर्दैनन्’ भन्ने कुरा पुष्टि हुँदै गएको बताएका छन ।

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कटाक्ष गर्दै राजनीतिक नेताहरूमा नातावाद, कृपावादको बारेमा यत्रो बहस भइराखेको अवस्थामा प्रचण्डले त्यसलाई मलजल गरेको बताए ।

    ‘देशमा क्रान्तिकारी हुँ भन्नेले त आफन्तबाहेक अन्य कोही नियुक्तै गर्दैनन भन्नेथ्योे,’ राजधानीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने,‘हिजो पुष्पकमल दाहालका भाई नारायणकमल दाहाल उहाँलाई राष्ट्रिय सभामा नियुक्त गरियो ।’

    देशमा भएका संघर्षमा आन्दोलन गरेका, दुःख पाएकाहरूलाई छाडेर परिवारवादमा चुर्लुम्म डुब्नु दुखद भएको उनले बताए । माओवादीले सञ्चालन गरेको जनयुद्धलाई उद्वरण गर्दै अध्यक्ष ओलीले भने,‘अपाङ्गता भएका व्यक्तिहरू छन । शरीरमा गोली लागेर हिडिरहेका व्यक्तिहरू छन । जनयुद्धका नाममा ज्यान हत्केलामा राखेर मौकाले बचेका व्यक्तिहरू छन । यि सबै व्यक्तिहरूलाई छोडेर अनादर गरेर, उपेक्षा गरेर आफ्नै भाईलाई राष्ट्रिय सभा सदस्य बनाउने बोक्ने !’

  • २ हजार बढी कार्यकर्ता भित्राउन एमाले अध्यक्ष ओली सोमबार बझाङ जाँदै

    २ हजार बढी कार्यकर्ता भित्राउन एमाले अध्यक्ष ओली सोमबार बझाङ जाँदै

    कैलाली । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार बझाङ जाने भएका छन् । एमाले बझाङ जिल्ला कमिटीले आयोजना गर्न लागेको बृहत् जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न ओली बझाङ जान लागेका हुन् ।

    उक्त दिन करिब २ हजार बढी विभिन्न पार्टीबाट नेता कार्यकर्ताहरू एमाले प्रवेश गर्ने भएका छन् । सुदूरपश्चिम प्रदेशमा पहिलो पटक यति ठुलो सङ्ख्यामा पार्टी प्रवेश कार्यक्रम आयोजना गर्न लागिएको हो ।

    ‘२ हजार बढी कार्यकर्ता एमालेमा भित्राउने गरी एमाले अध्यक्ष ओली बझाङ आउन लाग्नु भएको हो’ नेकपा एमालेका केन्द्रीय सदस्य तथा बझाङ जिल्ला सह– इन्चार्ज ऐन महरले भने, ‘सुदूरपश्चिममा यति धेरै सङ्ख्यामा पार्टी प्रवेशको कार्यक्रम पहिलो पटक आयोजना गर्न लागिएको हो ।’

    बृहत् जनसभा तथा पार्टी प्रवेश कार्यक्रमको तयारी तीव्र रूपमा अघि बढिरहेको छ । उक्त कार्यक्रममा ५ सय स्वयंसेवक खटाउने र ५० हजार जनता उतार्ने प्रयासमा सबै लागिरहेका उनले बताए ।

    महरकै पहलमा एमाले अध्यक्ष ओली सुदूरपश्चिम आउन लागेका हुन् । प्रचारप्रसारका लागि नेकपा एमाले जिल्ला कमिटी सचिव आनन्दलाल विकको संयोजकत्वमा १३ सदस्यीय प्रचारप्रसार उपसमिति गठन गरिएको छ ।

    उक्त कार्यक्रममा राष्ट्रिय कलाकारहरूको सांस्कृतिक प्रस्तुतिका साथै स्थानीय झाँकी प्रर्दशन र देउडा प्रतियोगिता समेत आयोजना हुने बताइएको छ ।

  • एमाले अध्यक्ष ओलीले आज नेपालगञ्ज र बर्दियाको सभालाई सम्बोधन गर्दै

    एमाले अध्यक्ष ओलीले आज नेपालगञ्ज र बर्दियाको सभालाई सम्बोधन गर्दै

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज बाँकेको नेपालगञ्ज जाँदैछन् । ओली बिहान बिहान ९ बजे नेपालगञ्ज जाँदैछन् । त्यहाँ उनले पार्टीको जिल्ला कमिटीले आयोजना गर्ने कार्यकर्ता भेलालाई ११ बजे सम्बोधन गर्नेछन् ।

    त्यसपछि अध्यक्ष ओली बर्दिया जाने कार्यक्रम छ । त्यहाँ पार्टी मातहतको सुकुम्वासी संगठनको राष्ट्रिय सम्मेलनलाई पनि सम्बोधन गर्ने भएका छन् ।

    अध्यक्ष ओली पार्टीको निर्वाचन केन्द्रित कार्यक्रमको ‘कमाण्डर’ बनेर खटिँदै आएका छन् ।

  • निर्वाचन आयोग गठबन्धनसँग मिल्यो, मतपेटिकालाई आँखाबाट ओझेल हुन दिने छैनौं: ओली (भिडिओ)

    निर्वाचन आयोग गठबन्धनसँग मिल्यो, मतपेटिकालाई आँखाबाट ओझेल हुन दिने छैनौं: ओली (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यसपालिको निर्वाचनमा मतपेटिकालाई आँखाबाट ओझेल गर्न दिन नहुने बताएका छन् । उनले स्थानीय निर्वाचनमा भरतपुर र सिराहा काण्ड दोहोरिन सक्ने आशंका व्यक्त गरे ।

    एमालेको अहिले सुरु भएको पोलिटब्युरो वैठकमा बोल्दै ओलीले यस्तो आशंका जनाएका हुन् । उनले निर्वाचन आयोगसमेत एमालेविरुद्ध लागेको भन्दै सचेत रहन पार्टी पंक्तिलाई आग्रह गरे ।

    ओलीले भने, ‘यसपटक हामी मतपेटिका आँखाबाट ओझेल गर्न मञ्जुल गर्दैनौं । किनभने हामी षडयन्त्रभित्र छौं । काउन्टिङ अन्त्य नभएसम्म अन्तिमसम्म मतपेटिका हाम्रो आँखा अगाडि हुनुपर्छ । विश्वास गर्नुस् भन्ने कुरा हुँदैन । विश्वासको कुराले हुने भए गोप्य मतदान नै किन चाहिन्थ्यो ?’

    ओलीले स्थानीय तहको चुनावमा ‘भरतपुर र सिराहा काण्ड’ दोहोरिन सक्ने भन्दै सचेत रहन कार्यकर्तालाई आग्रह गरेका छन् । निर्वाचन आयोग गठवन्धनसँग मिलेको उनले दाबी गरे ।

    ओलीले अहिले पनि निर्वाचन पर धकेल्ने षडयन्त्र गठवन्धन र आयोगबीच भइरहेको बताए । आयोगका ३ पदाधिकारी खाली गराएर त्यही बहानामा निर्वाचन रोक्ने विषयमा गठवन्धन र आयोगबीच कुरा भइरहेको उनको दावी छ ।

    उनले थपे, ‘अझै पनि निर्वाचन टार्ने, नगराउने र पर धकेल्ने कलात्मक षडयन्त्र भित्रभित्र भइरहेको छ । सत्ता गठवन्धन र निर्वाचन आयोगबीच कतिपय संवैधानिक र कतिपय राजनीतिक कुरा भइरहेका छन् । अरु ३ जना आयुक्तको नियुक्ती बदर गरिदियो भने दुईजनाले मात्रै निर्वाचन गराउन सक्छ कि सक्दैन भन्ने ढंगले प्रश्न उठाउन खोजिएको छ । मुलतः हाम्रोविरुद्ध षडयन्त्र भइरहेको छ ।’

  • ओलीको उद्घोष- अदालतले बनाइदिएको गठबन्धनलाई जनताको आँगनमा लगेर पछार्ने हो (भिडिओ)

    ओलीको उद्घोष- अदालतले बनाइदिएको गठबन्धनलाई जनताको आँगनमा लगेर पछार्ने हो (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय सत्ता गठबन्धन अदालतले बनाइदिएको हुनाले चुनावबाट जनताको आँगनमा लगेर पछार्ने चेतावनी दिएका छन् ।

    एमाले सम्पर्क समन्वय कमिटीले शनिवार आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मुद्दा जितेर आएका झगडियाहरुलाई जनतामा जाने अधिकार नै नरहेको बताए ।

    ओलीले भने,’यो अदालतले बनाइदिएको गठबन्धन हो । जनताले हो र गठबन्धन बनाइदिएको ? भोटले हो र ? यस्तालाई जनताको आँगनमा लगेर पछार्नुपर्छ । अदालतले बनाएको सरकारलाई मुद्दा लड्न जाउ भन्ने हो,हामी जनताको बीचमा जाने हो ।’

    कांग्रेससँग जनतासँग जाने कुनै एजेण्डा नरहेकाले एमालेको भण्डाफोर गर्ने नीति लिएको भन्दै ओलीले एमाले आउने स्थानीय चुनावमा बहुमत सिट जित्नै पर्ने बताए ।

  • गठबन्धनलाई ओलीको चुनौती– भागेर कहाँ जान्छौ ? जनताको अभिमतबाट स्वीपआउट गर्छौं (भिडिओ)

    गठबन्धनलाई ओलीको चुनौती– भागेर कहाँ जान्छौ ? जनताको अभिमतबाट स्वीपआउट गर्छौं (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावमा जाँदा आफू स्वाहा हुने डर भएकाहरुले चुनाव गर्ने कुरालाई प्रतिगमन भन्ने गरेको टिप्पणी गरेका छन् ।

    नेपाल निजामति कर्मचारी संगठनको महाधिवेशनलाई काठमाडौंमा सम्बोधन गर्दै ओलीले जनतामा जाने कुरालाई प्रचण्ड–माधव समूहले प्रतिगमन भनेको बताए ।

    अध्यक्ष ओलीले अहिलेको सरकार पाँचजना न्यायाधीशले नियुक्त गरेको बालुवाको मूला जस्तै भन्दै यसलाई जनताको अभिमतबाट उखेलेर मिल्काइदिने दावी समेत गरे । अध्यक्ष ओलीले अबको चुनावमा एमालेले स्वीप आउट गर्ने बताए ।

    ओलीले भने,’यिनीहरु चुनावबाट भाग्न खोज्दैछन्,भागेर कहाँ जान्छौ रु चुनाव त गराउनैपर्छ । त्यहीबेला हामी जनताको अभिमतबाट उखेलेर मिल्काइदिन्छौं । परमादेशबाट एमालेलाई हटाइयो,अब रोकिन्छ भन्ने नसोचे हुन्छ । एमाले एउटा भेल हो,यो भेल अगाडि आउँदैछ निर्वाचनको माध्यमबाट ।’

    अध्यक्ष ओलीले दिनहुँ पार्टी प्रवेशको लहर चलेको र आजै पनि वारामा गाउँपालिका अध्यक्ष उपाध्यक्षसहितलाई प्रवेश गराउने आफू जान लागेको बताए ।

    उनले वीरगन्जका मेयर पनि एमाले प्रवेश गर्न लागेको भन्दै आउने चुनावमा एमालेले भेल सिर्जना गर्ने दावी गरे । ओलीले मुद्दा लडेर ल्याएको संसदले भत्ता खानेबाहेक केही काम गर्न नसकेको बताए ।

  • ओलीको घोषणा- कोसी सभ्यता सबैको साझा पहिचान हो, प्रदेश १ को नाम कोसी राख्नुपर्छ

    ओलीको घोषणा- कोसी सभ्यता सबैको साझा पहिचान हो, प्रदेश १ को नाम कोसी राख्नुपर्छ

    झापा । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश १ को नाम कोसी प्रदेश राख्नुपर्ने एमालेको धारणा पहिलोपटक सार्वजनिक गरेका छन् ।

    गृहजिल्ला झापाको विर्तामोडमा प्रेस चौतारी प्रदेश १ को पहिलो अधिवेशनलाई सम्बोधन गर्दै ओलीले कोसी सभ्यताजस्तो साझा पहिचान अरु नभएकाले प्रदेशको नामाकरण कोसी राखिनुपर्ने बताएका हुन् ।

    प्रदेश १ को नाम राख्न सकस परिरहेका बेला एमाले अध्यक्ष ओलीले यो धारणा राख्नुलाई अर्थपूर्ण मानिएको छ । एमालेबिना सत्ता गठबन्धनको दुई तिहाई नपुग्ने भएकाले कोसी प्रदेशमा सबैलाई उभ्याउन ओलीले झापा पुगेर आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

     

  • एमसीसीबारे मुख खोल्दै एमाले अध्यक्ष ओली, दिउँसो पत्रकार सम्मेलन

    एमसीसीबारे मुख खोल्दै एमाले अध्यक्ष ओली, दिउँसो पत्रकार सम्मेलन

    काठमाडौं । एमसीसीमा तटस्थ बसेको भन्दै अनेक आरोप खेपिरहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गर्दैछन् । एमसीसी सदनबाट अनुमोदन हुँदा पक्ष–विपक्षमा नउभिएको एमालेको आधारिक धारणा सार्वजनिक गर्न ओलीले पत्रकार सम्मेलनको आयोजना गरेका हुन् ।

    पत्रकार सम्मेलन दिउँसो १ बजे रोयल ब्यांकेट तीनकुनेमा आयोजना गरिएको छ । एमसीसीसँगै देशको समसामयिक विषयमा एमालेको धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलनको आयोजना गरेको भनिएको छ ।

    त्यस्तै नेकपा एसले पनि आजै पत्रकार सम्मेलन गरी एमसीसीको पक्षमा उभिनुको कारणबारे प्रष्टीकरण दिँदैछ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले हिजो आफ्नो प्रष्टीकरण दिइसकेका छन् ।

  • ओलीको ठोकुवा- चोलेन्द्रविरुद्धको महाअभियोग संसदमा निर्णयार्थ कहिल्यै पेश हुँदैन

    ओलीको ठोकुवा- चोलेन्द्रविरुद्धको महाअभियोग संसदमा निर्णयार्थ कहिल्यै पेश हुँदैन

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा संसदमा प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले प्रधान न्यायाधीश चोेलेन्द्र शमसेर जबराविरुद्ध सत्ता गठबन्धनले ल्याएको महाअभियोग संसदमा निर्णयार्थ प्रस्तुत नहुने दावी गरेका छन् ।

    एमाले सम्बद्ध कानून व्यवसायीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले चोलेन्द्रविरुद्धको महाअभियोग पारित गर्नका लागि नभएर अदालतलाई आफ्नो नियन्त्रणमा राख्ने उद्देश्यले ल्याइएको बताए ।

    ओलीले भने,’यो महाअभियोग पारित गर्नका लागि ल्याइएको हो भन्ने भ्रममा कोही नपरे हुन्छ । यो त लम्ब्याउँदै लम्ब्याउँदै समय टार्ने हो । हेरिरहनु होला चोलेन्द्रविरुद्धको महाअभियोग कुनै पनि दिन संसदमा निर्णयार्थ पेश हुँदैन । त्यो प्रस्तुत गर्न ल्याइएकै होइन । न्यायिक क्षेत्रलाई अस्तव्यस्त बनाउन ल्याइएको हो ।’

    अध्यक्ष ओलीले चोलेन्द्रलाई महाअभियोग लगाइएकै भोलिपल्ट स्थानीय चुनाव रोक्ने दरपीठ भएको रिट निवेदन जगाइनुले पनि कम्फरटेबल अदालतका लागि ल्याइएको बताए । उनले एमाले निकट वकिलहरुलाई परमादेशीहरुको भण्डफोर गर्न समेत निर्देशन दिए ।

    अध्यष ओलीले नेपाल बार एशोसियसन र आन्दोलनकारी वकिलहरुले न्यायालयमा देशलाई अस्तव्यस्त र अस्थिर बनाउने प्रचण्ड विचारको प्रतिनिधित्वि गरेको आरोप समेत लगाए । ओलीले भने–बार र केही बरिष्ठ अधिवक्तालले देशलाई अस्तव्यस्त राख्नुपर्छ भन्ने प्रचण्ड विचारको प्रतिनिधत्व गरेका छन् । प्रचण्ड–माकुने विचारको स्पष्ट प्रतिनिधित्व गरेको त्यो समूहमा एमाले निकट वकिल सहभागी हुन मिल्दैन ।

  • एमाले अध्यक्ष ओलीलाई विश्व स्काउट एशिया प्रशान्त क्षेत्रको सबै भन्दा ठुलो पदक

    एमाले अध्यक्ष ओलीलाई विश्व स्काउट एशिया प्रशान्त क्षेत्रको सबै भन्दा ठुलो पदक

    काठमाडौं । पुर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विश्व स्काउट एशिया प्रशान्त क्षेत्रको सबै भन्दा ठुलो पदक ‘मेधावी योगदान’ प्राप्त गरेका छन् । सोमबार समापन भएको विश्व स्काउट एशिया प्रशान्त क्षेत्रीय सम्मेलनमा ओलीले नेपाल स्काउटको अभियान विकास, विस्तार र प्रर्बद्धनमार्फत बालबालिका तथा युवाको सर्बपक्षीय विकासमा पुर्याएको योगदानको कदर गर्दै उक्त पदक प्रदान गरिएको नेपाल स्काउटले जनाएको छ ।

    ओली ‘मेधावी योगदान’ पदक प्राप्त गर्ने पहिलो नेपाली हुन् । साथै यस बर्ष यो पदक उनलाई मात्र प्रदान गरिएको छ । ओली दुवैपटक प्रधनमन्त्री हुँदा उनले नेपाल स्काउट र यसका गतिबिधिलाई बिशेष चासोको रुपमा लिई, स्काउट अभियानलाई देशै भरी विस्तार गर्न नितिगत तथा आर्थिक हिसाबले सहयोग गरेकाले उनलाई उक्त पदक प्रदान गरिएको नेपाल स्काउटका राष्ट्रिय संयोजक लोक बहादुर भण्डारीले जानकारी दिए ।

    नेपाल स्काउट ऐन २०५० ले प्रधानमन्त्रीलाई नेपाल स्काउटको संरक्षक हुने कानुनी व्यवस्था गरेको छ । पुर्व प्रधानमन्त्री ओलीले नेपाल स्काउटको संरक्षको रुपमा गरेको योगदान नेपालमा मात्र नभई विश्व स्काउटमै प्रशंसायोग्य रहेको स्काउट सदस्य बताउँछन् ।

    प्रधानमन्त्रीकै रुपमा ओलीले बिभिन्न स्काउट कार्यक्रममा सहभागिता जनाउनुका साथै ‘बालबालिका संग प्रधानमन्त्री’ भन्ने कार्यक्रम नै शुरुवात गरेका थिए । ओलीकै पहलकदमीमा पछिल्लो समय नेपाल स्काउटको संरचना ७ सय ५३ वटै स्थानीय तहमा बिस्तार भएको र देशका सबै बिद्यालयमा स्काउट इकाइ संचालन गर्ने कार्य धमाधम भइरहेको नेपाल स्काउटले जनाएको छ । यि उपलब्धीमा ओलीको मुख्य योगदान रहेकाले विश्व स्काउट एशिया प्रशान्त क्षेत्रले ‘मेधावी योगदान’ पदकबाट बिभुषीत गरेकाे स्काउटका राष्ट्रिय संयोजक भण्डारीले बताए ।

  • स्थानीय तहको निर्वाचन सार्ने धोखाधडी र बहानाबाजी स्वीकार्य छैन : ओली

    स्थानीय तहको निर्वाचन सार्ने धोखाधडी र बहानाबाजी स्वीकार्य छैन : ओली

    काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन सार्न सरकारले बहानाबाजी गरिरहेको भन्दै त्यो आफूहरुलाई स्वीकार्य नहुने बताएका छन् । आइतबार सरकारका ६ महिनाबारे वक्तव्यमार्फत एमालेका धाराणा सार्वजनिक गर्दै ओलीले भनेका छन्, ‘स्थानीय तहको निर्वाचन समयमै हुनुपर्ने विषयमा नेकपा (एमाले)को स्पष्ट, द्विविधारहित र दृढ अडान छ । यस सम्बन्धमा गरिने कुनै पनि अलमल, धोखाधडी र बहानाबाजी पार्टीलाई किमार्थ स्वीकार्य हुने छैन ।’

    स्थानीय तहको चुनाव र्सान बैशाखमै प्रतिनिधिसभाको चुनाव गर्न कार्ड फ्याँकेको अरोप पनि ओलीको छ । ‘स्थानीय तहको निर्वाचनलाई विभिन्न बहानामा पर धकेल्न लागिपरेका गठबन्धनका नेताहरूले प्रतिनिधिसभाको निर्वाचन २०७९ बैशाखमा गर्ने ’कार्ड’ फ्याँकेका छन्,’ ओलीले भनेका छन्, ‘यो प्रस्ताव कुनै असल मनशायले होइन, स्थानीय तहको निर्वाचनलाई पर धकेल्ने र मुलुकमा राजनीतिक अन्यौल सिर्जना गर्ने गलत नियतका साथ अगाडि सारिएको हो भन्नेमा नेकपा (एमाले) स्पष्ट छ ।’

    आफ्नो पार्टी ताजा जनादेशको पक्षमा उभिएको भए पनि स्थानीइ तहको निर्वाचन सार्ने पक्षमा भने आफूहरु नरहेको ओलीले स्पष्ट पारेका छन्। ‘हाम्रो पार्टी गत बर्षदेखि नै ताजा जनादेशको पक्षमा उभिएको हो र आज पनि हामी यो मान्यतामा अडिग छौं,’ उनको भनाइ छ, ‘हामी जुनसुकै बेलामा निर्वाचन भए पनि सामना गर्न तयार छौं । साथै, हाम्रो स्पष्ट अडान छ– यस बहानामा स्थानीय तहको निर्वाचन पर धकेल्न पाइँदैन ।’

  • ओलीको आरोपः प्रचण्ड–माधव ‘आफ्नै सेनापति’विरुद्ध लागे, अब त्यो खतरा छैन

    ओलीको आरोपः प्रचण्ड–माधव ‘आफ्नै सेनापति’विरुद्ध लागे, अब त्यो खतरा छैन

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई ‘सेनापतिविरुद्ध लागेर’ आफ्नै सरकार ढालेको आरोप लगाएका छन् । अग्रेज युद्धका बेला बंगालका सेनापतिले विरोधीसँग मिलेर आफ्नालाई नै हराएको उदाहरण दिँदै ओलीले प्रचण्ड–माधवप्रति कटाक्ष गरेका हुन् ।

    काठमाडौंमा वैदेशिक रोजगारबाट फर्केकाहरुको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारले देशमा थुप्रै विकासका काम गरेको र त्यसलाई सहन नसकेर आफ्नाहरुले नै सरकार ढालेको आरोप लगाएका हुन् । ‘देशमा विकास भइरहेकै थियो, सडक बनिरहेका थिए, खानीहरु पत्ता लाग्दै थिए, तर हामीले गरेका राम्रा कामलाई आफ्ना भनाउँदाहरुले नै देख्न सकेनन्’, उनले भने ।

    अहिलेको सरकार विद्यार्थीलाई विदेश पठाउने दलालजस्तो भएको उनको भनाइ थियो । पछिल्लोपटक सरकारसँग भएको एक सम्झौतामाथि टिप्पणी गर्दै ओलीले भने– प्रधानमन्त्रीले सातवटा माग पूरा गर्न नौ बुँदे सम्झौता गर्नुभएछ । नर्सिङ पढ्न नेपालमै नदिने, विद्यार्थी विदेश पठाउने दलालीको रुपमा काम गरिहेको छ ।

    भेलामा ओलीले आँशु पुछ्दै, मुटु गाँठो पारेर विदेश जानेको पीडाबारे आफू जानकार रहेको भन्दै रेमिट्यान्सबाट देशको आर्थिक उन्नतिमा योगदान पुर्याएका युवाको प्रशंसा गरे । ‘दुःख गरेर देशमा रेमिट्यान्स भित्र्याएकोप्रति उहाँहरुलाई धन्यवाद दिन चाहन्छु’, उनले भने, ‘तर नेपाल जस्तो देश छाडेर काम गर्न विदेशिनुपर्ने बाध्यताको अन्त्य गर्न जरुरी छ ।’

    भेलामा गण्डकी कांग्रेसका नेता बेनीराम थारुसहित तीन सयजना विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका थिए ।

  • ओलीलाई कंस, रावण र हिटलरसँग तुलना गर्दै माधव नेपालले भने – वाक्क भएर विद्रोह गर्‍यौं (भिडिओ)

    ओलीलाई कंस, रावण र हिटलरसँग तुलना गर्दै माधव नेपालले भने – वाक्क भएर विद्रोह गर्‍यौं (भिडिओ)

    सल्यान । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले अब इतिहासको विषय भइसकेको भन्दै सूर्य चिन्हमा ग्रहण लागिसकेको टिप्पणी गरेका छन् ।

    सल्यानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमालेमा अब कोही पनि बस्न नसक्ने दाबी गरे । नेपालले एमाले अध्यक्ष केपी ओलीलाई कंस,रावण र हिटलरसँग तुलना गर्दै आफूहरू वाक्क भएर विद्रोह गरेको बताए ।

    नेपालले भने, ‘सूर्यमा ग्रहण लागिसक्यो । अब कलम लिएर आएका छौं, अबको चुनावमा सूर्यमा होइन कलममा भोट हाल्नुपर्छ । एमाले त अब समाप्त भइसक्यो ।’

    ओलीप्रति चरम घृणा प्रकट गर्दै नेपालले देशकै खराब नागरिकको संज्ञा दिए । अब एमालेलाई कसैले पनि भोट नदिने भन्दै सबै जनता नेकपा एसको पक्षमा उभिएको दाबी नेपालले गरे ।

  • एमाले अध्यक्ष ओली कपिलवस्तु आउँदै

    एमाले अध्यक्ष ओली कपिलवस्तु आउँदै

    रुपन्देही । नेकपा (एमाले) कपिलवस्तुले आयोजना गर्ने जिल्लास्तरीय जनसभालाई सम्बोधन गर्न पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली कपिलवस्तु आउने भएका छन् ।

    पुस ६ गते जिल्लाको पश्चिमक्षेत्रमा आयोजना हुने जनसभामा विभिन्न पार्टी परित्याग गरी थुप्रै नेता, कार्यकर्ता एमालेमा प्रवेश गर्ने एमाले कपिलवस्तुले जनाएको छ । जिल्लाको पश्चिम क्षेत्रका पुराना लोकप्रिय नेता मंगलप्रसाद गुप्ता सहित सयौं नेता कार्यकर्ता एमालेमा प्रवेश गर्ने कार्यक्रमलाई सम्वोधन गर्ने कार्यक्रममा अध्यक्ष ओली आउने भएपछि पालिका तहमा व्यापक तयारी गरिएको एमाले कपिलवस्तुले जनाएको छ । सो कार्यक्रमको तयारीका लागि नेकपा (एमाले) कपिलवस्तु, नगर कमिटी, गाउँ कमिटीका बैठकहरु संचालन भएका छन् ।

    नेकपा एमाले वाणगंगा नगर कमिटी सचिवालयको बैठक बनगाईमा बसेको छ । वैठकलाई सम्बोधन गर्दै पार्टीका लुम्बिनी प्रदेश कमिटी सदस्य डम्मर शर्माले नेकपा एमालेमा आउनेको लहर चलेको बताए । उनले ६ गते बहादुरगञ्जमा हुने विशाल जनसभामा पूर्वप्रधानमन्त्री एवम् पार्टीका अध्यक्ष केपी शर्मा ओली आउने खबरले कपिलवस्तुमा एमालेभित्र ऊर्जा थपिएको बताए ।

    पार्टी सचिवालय सदस्य चक्र अर्यालले जनसभामा जिल्लाका पाटी कार्यकर्ता, शुभचिन्तकलगायतको उलेख्य सहभागिता हुने बताए ।
    पार्टी अध्यक्ष केपी ओली कपिलवस्तु आउने भएपछि पालिकाहरूले वडा वडाबाट जनसहभागिता गराउने तयारी गरेको गाउँ कमिटी अध्यक्ष थर्कबहादुर खनगाहाले जानकारी दिए । वैठकमा सवारी साधनहरु साइकलदेखि ट्याक्टर, बस लगाएतका साधनहरू प्रयोग गरी ७ हजार कार्यकर्ता सहभागिता गराउने बताइएको छ ।

    बैठकमा प्रदेश सांसद अर्जुन केसी, जिल्ला अध्यक्ष झविलाल पोखरेल, गाउँपालिका अध्यक्ष गोपालबहादुर थापालगाएतले तराई मधेशको समृद्धि र विकासको लागि नेकपा एमाले नभई नहुने भएकाले पार्टीप्रति जनलहर चलेको बताए ।

  • सेयरकारोबारीले चन्दा दिएन होला, प्रचण्डले साम्राज्यवादको रूप भनिदिए : ओली (भिडियो)

    सेयरकारोबारीले चन्दा दिएन होला, प्रचण्डले साम्राज्यवादको रूप भनिदिए : ओली (भिडियो)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सेयरबजारबारे प्रचण्डले गरेको टिप्पणीको खण्डन गरेका छन् । कुन सेयर कारोबारीले चन्दा नदिएकाले प्रचण्डले पुँजीबजारविरुद्ध बोलेको उनको आरोप छ ।

    ‘प्रचण्डले सेयरबजारका बारेमा बडो क्रान्तिकारी भएर बोलेछन्, साम्राज्यवाद विकसित भएपछि सेयरबजारमा जान्छ भनेछन्,’ पार्टीद्वारा आयोजित एक कार्यक्रममा ओलीले भने, ‘लेनिनभन्दा दुई कदमअघि बढेर नयाँ सिद्दान्त ल्याए छन् । कुन सेयर कारोबारीले चन्दा दिएन छन्, अनि त्यसविरुद्ध बोले । न रहे बाँस, नबजे बाँसुरी ।’

    लेनिनले पुँजीवाद विकास भएर साम्राज्यवाद हुन्छ भनेका थिए । प्रचण्डले त्योभन्दा बढ्दा जान्ने भएर सेयर बजार साम्राज्यवादको विकसित रूप हो भनिदिएको ओलीको भनाइ छ ।

    ‘त्यसबाट सेयरमा लगानी गर्ने जनताको जीवन के असर पर्छ कुनै मतलब छैन । कुन सेयर कारोबारीले चन्दा दिएन होला । अब म ध्वस्त पारिदिन्छु भनेर उनले त्यस्तो भनिदिए’, ओलीले भने ।

  • फैसला लेख्ने श्रीमान्‌ले भनिसक्नुभो- ओली नहटाइ नभएकाले ‘आउट अफ संविधान’ जानुपर्‍यो (पूर्णपाठ)

    फैसला लेख्ने श्रीमान्‌ले भनिसक्नुभो- ओली नहटाइ नभएकाले ‘आउट अफ संविधान’ जानुपर्‍यो (पूर्णपाठ)

    काठमाडौं । प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउन सहयोगको याचना गर्दै बालकोट पुगेका बार पदाधिकारी र चिरपरिचित आफ्ना विरोधी वरिष्ठ अधिवक्ताहरूलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले धेरै विषयमा रक्षात्मक र कतिपयमा नाजवाफ बनाएर फर्काए ।

    संवैधानिक इजलासमा न्यायाधीश साटफेर गरेर परमादेश दिलाएबापत सत्ता गठबन्धनसँग पैंचो मागिरहेका कानून व्यवसायीले ओलीसँग चोलेन्द्र हटाउन सहयोगको याचना गरेका थिए ।

    त्यसक्रममा शम्भु थापा, कृष्णप्रसाद भण्डारी र रमण श्रेष्ठजस्ता चरम ओलीविरोधी वरिष्ठ अधिवक्ताहरूले ओलीको जेल जीवन र संघर्षको कथा स्मरण गराउँदै प्रशंसाका कुनै शब्द बाँकी राखेनन् ।

    ओलीले आफूविरुद्धको परमादेशमा सेटिङ मिलाएकोमा वकिलहरूप्रति कुनै गुनासो नरहेको भन्दै आफ्नो भनाइ सुरू गरेका थिए । परमादेशको पतलून उतार्न झगडीया, न्यायाधीश र वकिलहरू आफैं पोल खोलाखोल गरिरहेका बेला परमादेशबाट विस्थापित भएका ओलीले सबै प्रश्न उनीहरूतिरै फर्काइदिए ।

    प्रधानन्यायाधीशसहितका न्यायाधीश, वकिलहरू सबै सत्ता गठबन्धनको हिस्सा भएकाले महाअभियोग लगाउने हो भने आफ्नै सत्ता गठबन्धनलाई भन्नसमेत ओलीले सुझाव दिए ।

    प्रस्तुत छ, ओलीले बारसँगको छलफलमा व्यक्त गरेका महत्वपूर्ण विषय जस्ताको तस्तै :

    एउटा हटाएर अर्को ल्याउने सेटिङ हो

    न्याय दिने प्रमुख थलो सर्वोच्च अदालत हो । सर्वोच्च अदालते संविधान र कानुनबमोजिम न्याय दिन्छ । त्यसका लागि ऊ निष्पक्ष, स्वतन्त्र हुनुपर्दछ ।

    एउटा कुरा पनि सत्य हो । न्यायालय न स्वच्छ रह्यो, न स्वतन्त्र । निष्पक्ष पनि रहेन । यहाँहरूले स्वच्छताको कुरो त अलिकति उठाउनुभयो । निष्पक्षताको कुरो चाहिँ अलिकति उठेन कि जस्तो लाग्छ ।

    अहिले न्याय ध्वस्त भएको छ । हामी चाहान्छौं यस स्थितिबाट न्यायालयलाई साँच्चैको स्वतन्त्र, निष्पक्ष र स्वच्छ बनाउनुपर्छ । हामीले स्वतन्त्र न्यायालयको निकै कुरा गर्‍यौं । यदि त्यसमा स्वच्छता भएन, यदी त्यसमा न्यायिक मन भएन भने त्यो स्वतन्त्रता दुरूपयोग भएर अहिलेको अवस्था आउँछ । अहिलेको अवस्था किन आयो भने न्यायालय स्वतन्त्र बोल्न पनि नपाइने, भन्न पनि नपाइने, जे गरे पनि हुने । यस्तो भएपछि त स्वतन्त्रताको दुरूपयोग भयो ।

    तपाईंहरूका थुप्रै कुराहरू जायज छन् । कुनै बिन्दु एउटा प्रस्थान बिन्दु हुनसक्छ । तर, प्रधानन्याधीशको अवकाश भनेको प्रस्थान बिन्दु होइन । त्यसबाट न्यायिक सुधारको यात्रा अगाडि जान्छ भन्ने हो भने त्यहिँ पूर्णविराम लाग्छ । पूर्णविराम लगाउने नै कुरा हो त्यो । त्यसका अनेक लक्षण देखिएका छन् । किनकी एउटा हटाएर अर्को ल्याउने र सेटिङ मिलाउने कुरा छ ।

    परमादेशका पक्षको समस्या हो

    असार २८ को फैसला कसरी भएको रहेछ भन्ने कुरा एकजना राजनीतिक नेताले भन्नुभयो- तपाईंहरूले असाधारण गुण लगाउनु भएको छ, त्यो बिर्सिदैनौं तिर्छौं ।

    तिर्दै पनि आउनु भएको छ । तत्काल त मान पदवी, विभूषण र अलंकारबाट सुरू भयो । पछि लेनदनेका कुराहरू भए । एउटा कुरा चाहिँ प्रधानन्यायाधीशले तपाईंहरूले यति गर्दा किन राजीनामा गर्दिनँ भनेर बस्नु भएको छ ?

    उहाँलाई राम्ररी थाहा छ- संसदले प्रधानमन्त्री बनाउनु पर्ने ठाउँमा अदालतले बनाइदिएको छ । सरकारलिे संसदले बनाउने हो । संसदलाई थाहा पनि भएन प्रधानमन्त्री फेर्ने कुरा ।

    कमसेकम संसदमा त फर्काउनुपर्थ्यो होला नि त । त्यो पनि भएन । संसदमा पनि आएन । जनताले त्यही अभिभारा दिएर पठाएको हो नि सांसदलाई । संसदले प्रधानमन्त्री नियुक्त भएको पनि थाहा पाएन, हटेको पनि थाहा पाएन ।

    परमादेश लेख्ने न्यायाधीशको ईमेल काण्ड

    परमादेशबाट प्रधानमन्त्री नियुक्ति कसरी भएछ ? एकजना श्रीमान्‌ले अमेरिकाबाट ईमेल गर्नुभयो । जुन ईमेल सर्वोच्चमा वाचन भयो । न्यायाधीशहरूको भेलामा वाचन भयो । पछि वितरण गरेको कागज फिर्ता ल्याइयो । करेक्सन गरी-गरिकन वाचन गरियो । र, के भनियो भने केपी ओलीलाई नहटाइ नहुने थियो । संविधानले हटाउन मिल्दैन्थ्यो त्यसैले ‘आउट अफ द ट्रयाक’, ‘आउट अफ द संविधान’ गएर हटाउनुपर्‍यो। फैसलाकर्ता श्रीमान्‌ले यस्तो भन्नुभयो ।

    फैसला त पूर्व रहेछ नि । त्यहाँ त एउटा वैधानिकता दिएको रहेछ । फैसला त एउटाले लेखेर सुनाउने काम भएको रहेछ । फैसला त केपी ओलीलाई नहटाइ नहुने थियो । संविधानले हटाउन दिँदैन्थ्यो त्यसैले आउट अफ द संविधान गएर हटाउनुपर्‍यो भनेर श्रीमान् भन्नुहुन्छ ।

    एकजना वरिष्ठ अधिवक्ताले भन्नुभयो- हामीले न्यायाधीश हटाइ-हटाइ, अर्को न्यायाधीश राखी-राखी, परिवर्तन गरिकन फैसला तिम्रो पक्षमा पारिदिएको हो । गुण लगाउनु पदैन तिमीहरूले ? राजनीतिक पार्टीलाई भनियो । (हाँस्दै ) अब कुरा त आयो । श्रीमान्‌को कुरा पनि आयो । वरिष्ठ अधिवक्ताको कुरा पनि आयो ।

    चोलेन्द्र हटाएपछि के गर्ने भन्ने सेटिङ छ

    त्यसपछि अर्को एउटा लक्षण । सर्वोच्चका न्यायाधीशज्यूहरू बस्नुभयो । एमिकस क्यूरीका सदस्यहरू बस्नुभयो । एमिकस क्यूरी भनेको बार नै होला । बारका प्रतिनिधि होलान् ।

    अर्को चाहिँ एक पक्षका वकिलहरू बस्नुभयो । अबका मुद्दा के-के भनेर तय गर्नुभयो । प्रधानन्यायाधीशको राजीनामा काण्ड त्यहाँबाट सुरू भयो ।

    प्रधानन्यायाधीशको राजीनामा गराउने त्यसपछि भएका नियुक्ति यसो-यसो गर्ने । के त्यो भएन ? यसरी न्यायपालिका चल्छ ? म त स्वतन्त्र न्यायालयका लागि बिनासित्ति, एउटा झिंगो, लामखुट्टे नमारी १४ वर्ष ज्यान मुद्दा, डाँका मुद्दामा जेल बसेर आएको मान्छे हुँ । सबै अदालतका फैसला मैले देखेको छु । न्यायालय देखेको छु । न्याय चिनेको छु मैले ।

    सेटिङ के-के कुरामा थियो ? कांग्रेसबाहेकको एकजना राजनीतिक नेताले भन्नुभयो- यो कांग्रेको कोटाबाट नियुक्त भएको हो । प्रधानन्यायाधीशको कोटाबाट कुनै नियुक्ति भएको छैन ।

    तपाईंहरूको महाअभियोग दर्ता हुन्छ कसरी ? दर्तै हुँदैन महाअभियोग । भनिराख्नु भएको छ त श्रीमान् चोलेन्द्रजीको कुनै गल्ती छैन । कांग्रेसको प्रधानमन्त्रीले आफ्नो कार्यकर्ता नियुक्त गर्‍यो भनेर अर्को पार्टीको नेताले भन्नुहुन्छ ।

    सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा त्यही भन्दै हुनुहुन्छ । तर, उहाँ (गजेन्द्र हमाल) ले किन राजीनामा गर्नुभयो फेरि । एउटा कम्प्लेक्स छ त्यो । थिएन भने, कांग्रेसको कोटाबाट थियो भने त किन राजीनामा दिनुभयो ।

    त्यसर्थ म चाहान्छु- साँच्चै न्यायालयलाई निष्पक्ष, न्यायिक मर्यादासहितको स्वच्छ न्यायालय हामी सबैले चाहान्छौं ।

    संसद विघटन राजनीतिक मुद्दा हो । बहस राजनीतिकरूपमा भयो । फैसला राजनीतिक हिसाबले भयो । फैसला चाहिँ राजनीतिक हुनुहुँदैन्थ्यो । त्यो भयो । अब सच्याउने कसरी त ? समग्रमा सच्याउनुपर्दछ । यदी कानून त्यही थियो भने लेनदेन, सट्टा-पट्टा किन गर्नुपर्‍यो ? यो ‘रिफ्लेक्सन’किन गर्नुपर्‍यो ? अहिलेको रिफ्लेक्सन भनेको पाँच दलीय गठबन्धनको लिगल सेक्टरको रिफ्लेक्सन न हो ।

    पाँच दलले जुन तथाकथित न्याय पायो सम्मानित सर्वोच्च अदालतबाट । पाँचजनाको बेन्चले बिनाअसहमति राखेको छ नि त । ड्राफ्ट गरेर ल्याउनु भएको छ त उहाँहरूले । त्यसमा सही गर्दा लेनदेन गरेको खुल्यो ।

    न्यायालयलाई तत्काल सच्याएर लैजाने अवस्था पनि मैले तत्काल देखेको छैन । किनभने तपाईं हामी साँच्चै सच्याएर लान कति तयार छौं भन्ने कुरा हो ।

    महाअभियोग लगाएर हटाउँदैमा सच्याउने कुराको शुरुवात भए त ठिकै हुन्थ्यो । यो त सुरूआत र अन्त्य पनि हो । यत्ति हो गर्नुपर्ने कुरा अहिले । तपाईंहरूले आंशिक कुरा उठाउनु भएको छ । यो ठीक छ । तर, यसलाई पूर्णतातिर लैजानुहोस् । पूर्णता दिने कुरातिर साथ छौं हामी ।

    (नेपाल बारका पदाधिकारसँगको छलफलका क्रममा ओलीले राखेको धारणाको सम्पादित अंश)

  • सबैको नजर ओलीमा, ध्वनी मतबाट नेतृत्व घोषणा गर्ने तयारी !

    सबैको नजर ओलीमा, ध्वनी मतबाट नेतृत्व घोषणा गर्ने तयारी !

    चितवन । नेकपा एमालेको नयाँ नेतृत्वका लागि अन्तिम कसरत भइरहँदा चुनाव हुने सम्भावना टर्दै गएको छ । बन्दसत्रले सबै अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई प्रदान गरेसँगै निर्वाचन नगरी नेतृत्व घोषणा गर्ने तयारी भएको हो ।

    हिजोको बन्द सत्रले अध्यक्ष ओलीलाई केन्द्रीय समिति र पदाधिकारीका लागि नाम प्रस्ताव गर्ने जिम्मेवारी सुम्पिएको थियो । त्यसअनुसार ओलीले आफू निकटस्थहरुसँग परामर्शमा सूची बनाउने र बन्दसत्रमा पढेर सुनाउने तयारी गरिएको छ । अध्यक्षले

    हलमा नाम घोषणा गरेपछि प्रतिनिधीले ध्वनी मतबाट त्यसलाई सदर गर्ने संस्थापन पक्षका नेताहरु बताउँछन् ।

    एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले संसदमाजस्तै ‘हुन्छ’ र ‘हुन्न’ भनेर प्रस्ताव लैजाने र हलले ताली पिटेर अनुमोदन गर्ने बताए । महाधिवेशन प्रतिनिधिहरुमा अधिकांस ओलीकै प्राधिकारको पक्षमा छन् । त्यसैले उनले नाम घोषणा गर्दा बदर हुने सम्भावना नगण्य देखिएको छ ।

    भीम रावलले अध्यक्षमा दावेदारी प्रस्तुत गरिरहेका छन् । कसैले उम्मेदवारी दिन चाहेमा निर्वाचन प्रक्रियामा जाने पार्टीको निर्वाचन आयोगले बताइरहेको छ । तर, पार्टी संस्थापनले भने कसैले उम्मेदावरी दिएमा त्यसलाई पनि ध्वनीमतबाटै टुंग्याउने रणनीति बनाएको बुझिएको छ । यस्तोमा रावलका पक्षमा बहुमत प्रतिनिधि नपुगेको भन्दै ओलीलाई सर्वसम्मत अध्यक्ष घोषणा गर्ने सम्भावना पनि छ ।

    यतिबेला सबै नेता तथा कार्यकर्ता ओलीबाट आउने सूचीको पर्खाइमा छन् । अहिलेसम्मको परिदृश्य हेर्दा वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा विष्णु पौडेललाई ओलीले अघि सार्ने देखिएको छ । अन्य पदाधिकारीबारे अझै प्रष्ट खाका आइसकेको छैन ।

    पार्टीभित्र एकल वर्चश्व भएकाले ओलीलाई आफ्ना नीति, विचार र निर्णय अनुमोदनका लागि समस्या छैन । हिजोको बन्द सत्रले सर्वाधिकार दिएपछि उनी थप शक्तिशाली भएका छन् । अब सबै नेताहरु नेतृत्वमा समेटिनका लागि ओलीमै निर्भर छन् ।

    पदाधिकारी र केन्द्रीय सदस्य बन्न चाहेका धेरै नेताहरु अझै पनि अलमलमा देखिएका छन् । आफू पार्टीको कुन कमिटी र पदाधिकारीमा परिने हो भन्ने व्यग्रता उनीहरुलाई छ ।

    केन्द्रीय कमिटीमा दोहोरिन चाहेका एक सदस्यले भने, ‘को मान्छे कसरी समेटिन्छ भन्ने केही पनि थाहा छैन । अध्यक्षले चाहे केन्द्रीय कमिटीमा परिएला । हेरौं अध्यक्षले के ल्याउनुहुन्छ ।’

    महाधिवेशन स्थलामा भेटिएका यस्ता धेरै नेताहरु छन्, जसलाई आफू के हुन्छु भन्ने थाहा छैन् । ओलीले समेट्लान कि नसमेट्लान भन्ने प्रतीक्षा धेरैमा छ ।

    एमालेले १९ पदाधिकारी, ३०१ केन्द्रीय सदस्य र तीन आयोगका पदाधिकारी र सदस्य महाधिवेशनबाट चुन्नुपर्ने छ ।

  • एमाले अध्यक्ष ओली आज चितवन जाँदै

    एमाले अध्यक्ष ओली आज चितवन जाँदै

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीको १०औं महाधिवेशन उद्घााटनका लागि आज चितवन जाँदैछन् ।

    अध्यक्ष ओली आज विहान ११ बजे चितवन पुग्नेछन् । उनी आजै केहि कार्यक्रममा समेत सहभागी हुनेछन् । आज दिउँसो एमाले निकट नेपाल बुद्धिजीवि परिषदले आयोजना गर्ने कार्यक्रममा ओलीको सहभागिता रहनेछ ।

    ओलीसहितका अन्य नेताहरू पनि आजै पुग्नेछन् । हिजो सचिव योगेश भट्टराई र मूल आयोजक समितिका संयोजक सुरेन्द्र पाण्डे पुगिसकेका छन्

    भोलिदेखि तीन दिनसम्म चितवनमा एमालेको महाधिवेशन आयोजना हुँदैछ । शुक्रबार नारायणगढस्थित नारायणी नदी किनारमा हुने उद्घाटन कार्यक्रमपछि सौराहामा बन्दसत्र आयोजना हुनेछ । एमालेले उद्घाटनमा ५ लाख कार्यकर्ता उतार्ने लक्ष्य लिएको छ ।

  • ओलीले भने- द्वन्द्वकालका मानवताविरोधी घटनामा आममाफी दिन मिल्दैन

    ओलीले भने- द्वन्द्वकालका मानवताविरोधी घटनामा आममाफी दिन मिल्दैन

    काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले द्वन्द्वकालमा भएका मानवताबिरोधी घटनामा आममाफी दिन सहमत नभएको बताएका छन् ।

    विस्तृत शान्ति सम्झौता भएको १५ वर्ष पुगेको अवसरमा आइतबार विज्ञप्ति जारी गर्दै ओलीले भनेका छन्, ‘हामी द्वन्द्वकालमा भएका मानवता बिरोधी ज्यादती तथा मानव अधिकार उल्लंघनका गम्भीर घटनामा आममाफी दिने कुरामा सहमत हुन सक्दैनौं,’ ओलीले भनेका छन्।

    शान्ति सम्झौतामार्फत तत्कालीन माओवादीसँग रहेका हतियार र लडाकुहरूको व्यवस्थापन संविधानसभामार्फत नेपालको संविधान निर्माण सम्पन्न भएको ओलीको भनाइ छ।

    संक्रमणकालीन न्यायको विषय अझैं बाँकी रहेको भन्दै ओलीले आफू सरकारमा रहँदा इमान्दार प्रयत्न गरेकोसमेत उल्लेख गरेका छन्। ‘द्वन्द्वबाट पीडित भएका नागरिकले भोग्नुपरेका पीडाको सम्बोधन गर्न हामीले सरकारमा रहँदा सचेत प्रयत्न गर्‍यौं,’ उनको भनाइ छ, ‘यद्यपि द्वन्द्वमा प्रत्यक्ष संलग्न राजनीतिक पक्षहरूको अनिच्छा र परस्पर विरोधी अडानका कारण धेरै विषयहरू चाहेर पनि सम्बोधन गर्न सकिएन ।’

    संक्रमणकालीन न्यायबारे ओलीका चार धारणा

    संक्रमणकालीन न्यायका बाँकी कार्यभार पूरा गर्ने सम्बन्धमा सरकारमा रहँदा वा नरहँदा निरन्तर एकै प्रकारका धारणा रहेका भन्दै आलीले त्यसलाई पुनः बुँदागत रुपमा उल्लेख गरेका छन्।

    – सर्वप्रथम, हामी सत्य, न्याय, परिपूरण र रूपान्तरणमुखी शान्तिको प्रक्रियाद्वारा समाजमा मेलमिलाप र स्थायित्व कायम राख्नुपर्ने पक्षमा छौं ।

    – दोस्रो, हामी द्वन्द्वकालमा भएका मानवता बिरोधी ज्यादती तथा मानव अधिकार उल्लंघनका गम्भीर घटनामा आममाफी दिने कुरामा सहमत हुन सक्दैनौं ।

    – तेस्रो, नेपालको शान्ति प्रक्रिया हाम्रो घरेलु प्रयासद्वारा मौलिक रूपमा अघि बढेको यथार्थलाई आत्मसात गर्दै हामी संक्रमणकालीन न्यायलाई पनि नेपाली नेतृत्वमा तार्किक निष्कर्षमा पु¥याउनुपर्ने मान्यता राख्दछौं ।

    – र, चौथो, द्वन्द्वका दौरान पीडा भोग्न बाध्य पारिएका नागरिक र समाजलाई सत्यको जानकारी गराउने, न्याय सुनिश्चित गर्ने, राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय रूपमा स्वीकार्य विधिबाट स्मरण, सम्मान र औषधोपचारसहितको परिपूरणको व्यवस्था गरी मेलमिलापको भावना अभिवृद्धि गर्नुपर्ने हाम्रो धारणा रहिआएको छ ।

  • एमाले अध्यक्ष ओली नेपालगन्ज पुगे, तीन हजारभन्दा बढीलाई पार्टी प्रवेश गराउँदै

    एमाले अध्यक्ष ओली नेपालगन्ज पुगे, तीन हजारभन्दा बढीलाई पार्टी प्रवेश गराउँदै

    रुपन्देही । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली बाँकेको नेपालगन्ज पुगेका छन् ।

    स्वतन्त्र समूहका नेता पशुपति दयाल मिश्रसहितका तीन हजारभन्दा नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउन ओलीे नेपालगन्ज पुगेको एमाले नेता देवराज भारले जानकारी दिए ।

    केही समयअघि उनी नेपालगन्ज पुगिसकेको उनले बताए । उनलाई विमानस्थलबाट विशेष सुरक्षाका साथ कार्यक्रमस्थलमा पुर्याइएको छ ।

    मिश्रसहित साविकको फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य अब्दुल करिम खान, साबिक तमलोपाका जिल्ला अध्यक्ष गिरिजाप्रसाद पाठकलगायतका तीन हजारभन्दा बढी विभिन्न पार्टीका नेता कार्यकर्ता पार्टी प्रवेश गर्न लागेको एमाले केन्द्रीय सदस्य मो. हारुनले बताए ।

    केही समययता कार्यकर्तासहित एमाले प्रवेश गर्ने तयारीमा मिश्र रहेका थिए । उनी गत निर्वाचनमा एमालेमा नखुलेका कारण थोरै मतले पराजित भएको एमालेको निष्कर्ष छ । ओलीको स्वागतमा नेपालगन्जका विभिन्न चोकचोकमा नेता कार्यकर्ताहरुको भीड लागेको छ ।

  • ओलीले गरे दासढुंगास्थित मदन–आश्रितको सालिकमा माल्यार्पण

    ओलीले गरे दासढुंगास्थित मदन–आश्रितको सालिकमा माल्यार्पण

    दासढुंगा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दासढुंगास्थित मदन भण्डारी र जिवराज आश्रितको सालिकमा माल्यार्पण गरेका छन् । दुईदिने चितवन यात्राका क्रममा ओलीले सालिकमा माल्यार्पण गरेका हुन् ।

    सडक मार्गहुँदै चितवन हिँडेका उनलाई दासढंगामा सयौं नेता कार्यकर्ताले स्वागत गरेका थिए । आजै चितवन पुगेर उनी विभिन्न कार्यक्रममा सहभागी हुँदैछन् ।

    ओली भोलि माडीस्थित प्रस्तावित अयोद्याधाम जाने कार्यक्रम छ । यसबीचमा उनले नेकपा एमालेको महाधिवेशन हुने स्थानको पनि अवलोकन गर्ने कार्यक्रम छ ।

  • ओली-प्रचण्डको वाकयुद्धः व्यक्तित्वको ‘टसल’ कि चुनाबको ‘रिहर्सल’ ?

    ओली-प्रचण्डको वाकयुद्धः व्यक्तित्वको ‘टसल’ कि चुनाबको ‘रिहर्सल’ ?

    काठमाडौं । हालको राजनीतिक अंकगणितका आधारमा आगामी आम चुनावका मुख्य प्रतिष्पर्धी एमाले र कांग्रेस मानिएका छन् । दुवै पार्टीका नेताहरुको स्वकारोक्ति पनि यही छ ।

    ३ कात्तिकमा वागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो मुख्य प्रतिष्पर्धी कांग्रेस नै भएको बताएका थिए ।

    ‘हाम्रो मुख्य प्रतिस्पर्धा कांग्रेससँग छ,’ उनको भनाइ थियो, ‘राजनीतिक, वैचारिक र सांगठनिक आधारमा हाम्रो मुख्य प्रतिस्पर्धी कांग्रेस हो ।’

    यदि कांग्रेस मुख्य प्रतिस्पर्धी हो भने ओलीले आफ्ना भाषणमा प्रहारको मुख्य निशाना पनि कांग्रेस र यसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई बनाउनुपर्ने हो । तर पछिल्लो केही समयदेखि ओली मुलत माओवादी अध्यक्ष प्रचण्डमाथि बढी केन्द्रित हुने गरेका छन् । आफ्ना भाषणमा उनले देउवाभन्दा बढी प्रहार प्रचण्डलाई गर्छन् । सत्तारुढ गठवन्धनका योजनाकार प्रचण्डले त ओलीलाई मुख्य निशाना बनाउने भइहाले ।

    केही समय अघिसम्म एउटै पार्टीका अध्यक्ष रहेका ओली-प्रचण्ड एकअर्काको प्रशंसा गरेर थाक्दैनथे । तर, जसै पार्टीमा विवाद सुरु भयो, त्यसयता उनीहरुको दन्तवझानले जनता वाक्क बनिसकेका छन् । ओली-प्रचण्डले राजनीतिक कटाक्ष मात्र होइन, व्यक्तिगत स्तरमै ओर्लेर पनि एक-अर्कालाई गालीगलौज गर्न बाँकी राख्दैनन् ।

    इगोको टक्कर

    ओली र प्रचण्डले एकअर्काप्रति गरेका कटाक्ष मुलतः व्यक्तिगत इगोको परिणाम हुन् । पछिल्ला दुई महिनाका केही दृष्टान्त हेरौं ।

    चितवन पुगेका प्रचण्डले १२ कात्तिकमा ओली प्रधानमन्त्री हुँदा आफू कहिल्यै बालुवाटार छोड्दिन झैं गरी थाइल्याण्ड, इटाली, रोमबाट महँगा–महँगा सामान ल्याएर थुपारेको आरोप लगाए ।

    ‘मलाई डेढ लाखको खाटमा सुत्यो भनियो, ओलीले त अर्बौंको सामान ल्याएका रहेछन्,’ प्रचण्डको भनाइ थियो, ‘थाइल्याण्ड, इटाली, रोमबाट यति महँगा महँगा सामान ल्याएर त्यहाँ थुपारेको रहेछ हेर्नुस् । त्यो देख्दा अरु त अरु शेरबहादुर देउवाले जिब्रो टोक्नु भा’छ ।’

    ओलीले भोलिपल्ट एमालेको सिन्धुपाल्चोक-काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा त्यसको जवाफ दिए ।

    ‘मेरो भान्छामा त भाँडाकुँडा पनि आफ्नै हुन्थे, केको सरकारी पैसामा किन्नु ?’ ओलीको जवाफ थियो, ‘प्रधानमन्त्री निवासमा सेना पनि बस्छ, उसलाई खाना खानुपर्‍यो होला । भाँडाकुँडा चाहियो होला । मेरो श्रीमतीले पकाएको खाना खाएर बस्ने मलाई किन करोडौंको भाँडाकुँडा चाहियो ?’

    २३ असोजमा पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको नवनिर्मित भवन उद्घाटनका क्रममा प्रचण्डले ओलीलाई राजनीतिबाटै बाहिर निकालिदिने चेतावनी दिए । ‘म र मेरो पार्टीलाई धोका दिएकै कारण ओलीलाई बालुवाटारबाट बालकोट पुर्‍याएको हो, अझै पनि चलखेल गरे राजनीतिबाटै बाहिर निकालिदिन सकिन्छ,’ उनको भनाइ थियो, ‘ओलीकै घमण्डका कारण गण्डकी र लुम्बिनीको सरकार गुम्यो । २/४ दिनमा बागमती र प्रदेश १ बाट पनि बाहिरिँदैछ । अब पनि चलखेल गर्न खोजे राजनीतिबाटै बाहिर गर्दिन्छु, अति गरेपछि खति हुन्छ ।’

    ओली पनि के कम । प्रचण्डको दर्शन धक्का-क्रमभंग-छलाङ-महाविपत्तिको भएको भन्दै उनलाई विनाशकारीको संज्ञा दिए ।

    ‘उनको दर्शन के हो भने धक्का, त्यसपछि क्रमभंग,’ ओलीको भनाइ थियो, ‘क्रमभंगपछि छलाङ । छलाङपछि पुग्ने भनेको महाविपत्तिमा ।’

    उनले थपे, ‘कुनै बनाउने कुरा छ ? कुनै रचनात्मक कुरा छ ? एमालेमा आउँदा सप्रिएलान् की भनेर कम्ती साबुनका डल्ला सकाएको छु मैले । तर, यहाँ पनि धक्का दिएर गए ।’

    ७ कार्तिकमा झापामा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले प्रचण्डलाई आफूले टाँसिदिएको जुँगामा ताउ नलगाउन आग्रह गरे ।

    ‘संसदमा एक-दुईजना मान्छेहरू उफ्रिपाफ्री गरिरहेका छन्,’ ओलीले भनेका थिए, ‘हामीले टाँसिदिएका जुँगामा ताउ नलगाऊ, पहिले आफू जुँगा उमार ।’

    उनले अगाडि थपे, ‘हामीले चुनाव जिताइदिएर संसदमा ल्याएको हो । प्रचण्डको फुर्ती हामीले जगाइदिएको हो । अब जितेर देखाउन् । उनीहरूलाई कसले भोट दिन्छ ? विनाशकारी, विध्वंसकारी तत्वलाई कसले भोट दिन्छ ?

    इगोको कारण

    ओली-प्रचण्डको इगो दिनप्रतिदिन बढ्दै छ । बुटवलमा गर्ने भनिएको १० औं महाधिवेशन एमालेले चितवनमा सार्नुलाई धेरैले प्रचण्डलक्षित भन्ने बुझेका छन् । प्रचण्डलाई कमजोर पार्न उनीसँग रामबहादुर थापा ‘बादल’ भिडाउने तयारी ओलीको छ ।

    आफूलाई नै लक्षित गरेर ओलीले चितवनमा महाधिवेशन गर्ने भएपछि प्रचण्डले पनि यसलाई ठूलो प्रतिष्ठाको विषय बनाएका छन् । उनलै हालै चितवनमा पाँच दिन बिताएर आए । प्रचण्डका पाँच दिनसम्मका सम्पूर्ण गतिविधि चुनाव लक्षित थिए । आफू हार खाने मान्छे नभएको भन्दै आत्मरतिमा नरमाउन पनि प्रचण्डले ओलीलाई चितवनबाट चेतावनी दिए । प्रचण्डपछि ओली चितवन जाँदै छन् र उनले त्यहाँ प्रचण्डलाई जवाफ दिने अपेक्षा छ ।

    ओली-प्रचण्ड इगोका केही कारण छन् । २०७५ मा एमाले र माओवादीबीच एकता भएर बनेको नेकपामा ओली र प्रचण्ड अध्यक्ष थिए । चुनावी परिणाम राम्रो आएपछि ओली प्रधानमन्त्री बने । एक/डेढ वर्षसम्म उनीहरुको ‘माया-प्रेम’ राम्रै चल्यो । त्यसपछि भने नेकपामा खटपट शुरु भयो ।

    ओली र प्रचण्डले आधा-आधा कार्यकाल सरकार चलाउने सहमति भएको कुरा पनि बाहिरियो । त्यही सहमतिमाथि टेकेर शुरु भएको असन्तुष्टि नेकपामा निकै चुलियो । नेकपामा ओली समूह र उनी इतरको प्रचण्ड नेतृत्वमा अर्को समूह बन्यो ।

    ओलीले आफूलाई सरकार र पार्टी दुवैबाट हटाउन थालेको महसुस गरेर संसद विघटनको बाटो रोजे । २०७७ साल पुस ५ गतेको संसद विघटनपछि नेकपाले राजनीतिक विभाजन पुरा गर्‍यो । ओलीको कदमविरुद्ध प्रचण्ड सडक संघर्षमा ओर्लिए । प्रचण्ड-माधव नेपाल लगायतले ओलीलाई नेकपाको साधारण सदस्य समेत नरहने गरी कारवाही गरे । सर्वोच्चले फागुन ११ मा विघटन बदर गर्‍यो । सर्वोच्चले फागुन २३ मा नेकपा एकतालाई अवैध घोषित गर्दैै एमाले र माओवादी ब्युँताइदियो । कमजोर बनेका ओली त्यसपछि शक्तिशाली भए ।

    ओलीले फेरि जेठ ८ मा संसद विघटन गरे । फेरि प्रचण्डले ओलीविरुद्धको आन्दोलन छेडे । यसपाली उनले कांग्रेसको पनि साथ लिए । यसपटक सडक आन्दोलन कम र अदालती लडाइँ बढ्ता चल्यो । २८ असारमा सर्वोच्चले संसद विघटन बदर गर्दैै नयाँ प्रधानमन्त्रीमा देउवा नियुक्त गर्न परमादेश जारी गर्‍यो । त्यसपछि ओली तीन वर्ष बिताएको बालुवाटार छोडेर बालकोट जानुपर्‍यो ।

    ओलीले यी सबै घटनामा प्रचण्डलाई जिम्मेवार ठहर्‍याएका छन् । प्रचण्डले पनि नेकपा विभाजनको प्रमुख दोषी ओली ठानेका छन् । र, दुवै के निष्कर्षमा पुगेका छन् भने एउटालाई कमजोर नबनाइ अर्को बलियो बन्न सक्दैन ।

    ओली-प्रचण्डको व्यक्तित्व टकरावका कारण आगामी चुनावमा जसरी पनि एकले अर्कालाई कमजोर बनाउने रणनीति लिएका छन् ।

    प्रचण्डलाई कमजोर बनाउन सके माओवादीका धेरै नेता कार्यकर्ता एमालेमै फर्किन्छन् भन्ने ओलीको सोचाइ छ । गठबन्धन गरेर हुन्छ या के गरेर हुन्छ ओलीले आउँदो आम चुनावपछि पनि कुनै हालतमा सत्तामा पुग्नबाट रोक्ने र कमजोर बनाउने प्रचण्डको रणनीति छ।

    मुख्य प्रतिष्पर्धा कांग्रेस-एमालेकै भए पनि आउँदो चुनावमा उनीहरुको इगो र रणनीतिको टक्कर भइरहने छ । एकअर्का लक्षित कटाक्ष र घोचपेच सुनिरहनुपर्ने छ ।

  • सभामुखप्रति ओलीको टिप्पणी : संसदीय प्रणालीका कलंक अब सिन्धुपाल्चोकबाट जितेर आउन पाउँछन् ? (भिडिओ)

    सभामुखप्रति ओलीको टिप्पणी : संसदीय प्रणालीका कलंक अब सिन्धुपाल्चोकबाट जितेर आउन पाउँछन् ? (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्नी प्रसाद सपकोटा संसदीय प्रणालीको लागि कलंक भएको भन्दै अब सिन्धुपाल्चोकबाटै सिंहदरबारको ढोका बन्द गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

    एमाले सिन्धुपाल्चोक–काठमाडौं सम्पर्कमा मञ्चको भेलालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ओलीले सभामुखमाथि पदीय गरिमा र संवैधानिक दायित्व बिर्सेर प्रचण्डको धक्का र महाविपत्तिको लाइनमा उभिएको आरोप लगाए ।

    ओलीले भने– अग्नी सापकोटा जस्ता संसदीय प्रणालीका कलंक अब सिन्धुपाल्चोकबाट जितेर संसदमा पाइला टेक्न पाउछन् ? कुनै हालतमा हुँदैन । एमालेविरुद्ध निर्लज्ज षडयन्त्र गर्ने र पार्टी फुटाउन मतियारी गर्ने, संवैधानिक परिषद्का बैठकमा अनुपस्थित हुने यस्ता व्यक्ति ।

    अध्यक्ष ओलीले प्रचण्डको नीति नै धक्का, छलाङ र महाविपत्ति रहेको भन्दै ओलीले एमालेमा ल्याएर सुधार्न सकिन्छ कि भन्दा आफू असफल भएको बताए । प्रचण्डले एमालेलाई धक्का दिएर माओवादी केन्द्रमा फर्किए पनि अब चुनावमा महाविपत्ति देखिने ओलीको दावी छ ।

  • सी, मोदी र ओलीः उस्तै विचार, उस्तै शैली

    सी, मोदी र ओलीः उस्तै विचार, उस्तै शैली

    उसो त नेपालका सबै मूलधारका पार्टीहरुमा कुनै न कुनै कोणबाट विदेशी ‘कनेक्सन’ भेटिन्छ । कम्युनिष्ट पार्टीहरुका विचारकदेखि संस्थापक सबै विदेशी नै हुन् । नेपाली कांग्रेसको त नाम नै भारतीय कांग्रेससँग मिल्छ । २०१५ सालको प्रथम आमनिर्वाचनको एक रिपोर्टमा अमेरिकाको प्रसिद्ध म्यागजिन ‘फरेन अफेयर्स’ले त भारतीय कांग्रेससँग नाम मिलेकै आधारमा नेपाली कांग्रेसलाई ‘भारतीय कांग्रेसको शाखा’ भनेको थियो । १९५९ को जुलाई अंंकमा तत्कालीन सम्पादक ह्यामिल्टन फिस आम्सट्रोङले यस्तो हचुवा विश्लेषण गरेका थिए ।

    माओवादी पार्टी र ‘प्रचन्डपथ’ पेरुको माओवादी पार्टी साइनिङ पाथ र त्यसका नेता गोन्जालोको बिचार ‘गोन्जालो बिचार’ बाट प्रत्यक्ष प्रभावित छ । त्यसको ‘कन्फेसन’ गोन्जालोको भदौ २६ मा भएको मृत्युपछि प्रचण्ड र बाबुरामले सामाजिक सञ्जालमा व्यक्त गरिसकेका छन् । स–साना क्षेत्रीय पार्टीदेखि पहिचानको मुद्दा हुँदै धार्मिक मुद्धा बोक्ने दलहरुको समेत मौलिक स्टाइल लगभग छैन । दुनियाँमा कतै न कतै प्रयोग भएकै विचार र शैली उनीहरुले पछ्याएका छन् ।

    पार्टी, सिद्धान्त र शैलीमा प्रभावित हुनु विश्वव्यापी प्रवृत्ति हो । पछिल्लो समय सूचना प्रविधिको सर्वसुलभताको कारण नेताहरुले आफ्नो व्यक्तित्व निर्माण र प्रदर्शनमा समेत विदेशका अभ्यास लागू गरेको वा भनौँ अनुसरणको जस्तो देखिएको छ । यो प्रचलन बजारमा चलेका युवा नेताहरुदेखि शीर्ष नेतृत्वसम्म सुक्ष्मरुपमा हेर्दा पाउन सकिन्छ । यो सामग्रीमा चाहिँ एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि केन्द्रित छ । समकालीन नेताहरुमध्ये सर्वाधिक चर्चित र विवादित यी नेतामा नेपालका दुई छिमेकी देशका दुई राजनीतिज्ञको छवि भेट्न सकिन्छ । ओलीको विचार र शैली चिनीयाँ राष्टपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री मोदीसँग धेरै हदसम्म मिल्दोजुल्दो छ । कसरी त ?

    १. देवत्वकरण र ब्रान्डिङ

    २०६९ चैत १ गते चीनमा सी चिनफिङ राष्ट्रपति चुनिए । त्यसको १४ महिनापछि २०७१ जेठ १२ गते भारतीय प्रधानमन्त्री भएका हुन् नरेन्द्र मोदी । २०७१ असार १९ देखी २५ सम्म भएको एमालेको नवौं महाधिबेसनबाट माधब नेपाललाई पराजित गरेर अध्यक्ष भए ओली ।

    ओलीले मोदीले जस्तो विशाल देशको प्रभावशाली मिडियालाई आफ्नो कल्ट बनाउन प्रयोग गर्ने सामर्थ्य राख्दैनन् । न त उनले सीजस्तो एकदलीय शासनको फाइदा पाएका छन् । तर, उनले आफ्ना समर्थकहरुको पङ्तिलाई भने भरपुर प्रयोग गरेका छन् । ‘केपी बा’ देखि ‘केपी ओली आइ लभ यू’ हुँदै विभिन्न सभा–जुलुसमा उभिने ओलीको कटआउट प्रतिमा यसै उपज हुन् ।

    पूर्वराष्ट्रपति हु जिन्ताओभन्दा भिन्न छन् सी । र, पूर्वप्रधानमन्त्री मनमोहन सिंहभन्दा अलग छन् मोदी । नेपालका ओली पनि एमाले पूर्व अध्यक्ष झलनाथ खनालभन्दा फरक छन् । सी र मोदीको व्याक्तित्वलाई दुवै देशमा ब्रान्डिङ गरिएको छ । यस्तो ब्रान्डिङ गरिएको छ कि एक खालको ‘कल्ट’ नै बनेको छ । ‘कल्ट’ लाई नेपालीमा ‘देवत्व’ भन्न सकिन्छ ।

    कल्ट निर्माण विश्वकै राजनीतिको एक स्थापित प्रवित्ति हो । कम्युनिष्टले मार्क्स, लेनिन र स्टालिनको कल्ट बनाएका छन् । नेपालको राष्ट्रिय राजनीतिमा एमालेले मदन भण्डारी र कांग्रेसले वीपी कोइरालाको कल्ट बनाएका छन । माओवादीले पनि प्रचण्डको कल्ट बनाएकै छन् । बरु देउवाको कल्ट देखिँदैन ।

    केही दिनअघि कात्तिक ६ मा भएको वडा अधिवेसन र ९ को पालिका अधिवेसनमा ओलीले भर्चुअल सम्बोधन गरेर डिजिटल स्पेसको भरपुर प्रयोग गरे । आफ्ना लाखौं कार्यकर्तामाझ एकैपटक पुगे ।

    ओलीले मोदीले जस्तो विशाल देशको प्रभावशाली मिडियालाई आफ्नो कल्ट बनाउन प्रयोग गर्ने सामर्थ्य राख्दैनन् । न त उनले सीजस्तो एकदलीय शासनको फाइदा पाएका छन् । तर, उनले आफ्ना समर्थकहरुको पङ्तिलाई भने भरपुर प्रयोग गरेका छन् । ‘केपी बा’ देखि ‘केपी ओली आइ लभ यू’ हुँदै विभिन्न सभा–जुलुसमा उभिने ओलीको कटआउट प्रतिमा यसै उपज हुन् । हालै सम्पन्न विधान महाधिबेसनमा कल्ट ब्रान्डिङको बलियो प्रयास भयो । सीजस्तो आफ्नै नाममा बिचार बनाउने प्रयास नगरे पनि नेतृत्वको स्थापनामा सीकै स्टाइल ओलीले पछ्याएको देखिन्छ । नेता-कार्यकर्ताको स्तरमा हुने कल्ट निर्माणमा भने मोदीको स्टाइल देखिन्छ ।

    २. डिजिटल स्पेसको भरपुर उपयोग

    डिजिटल स्पेस प्रयोग गर्न सी र मोदी दुवै उत्तिकै सक्रिय छन् । अहिलेको जनामामा केही हजार मान्छे भेला हुने भौतिक कार्यक्रमभन्दा हजारौं र लाखौंमाझ एकैपटक पुगिने डिजिटल माध्यम बढी प्रभावकारी मानिन्छ । यस मामलामा सी र मोदी दुवै अगाडि छन् ।

    आफ्ना पार्टी तथा प्रदेशका बैठकहरु प्राय डिजिटलमै गर्न सी र मोदीले कोभिड-१९ आउनु अगाडि नै पहल गरेका थिए । सीले त डिजिटल सभ्यताको विश्व सम्मेलनकै तयारी थालेका छन् । सामाजिक सञ्जाल फेसबुकदेखी ट्विटरसम्म सक्रिय प्रयोगमा भने मोदी र ओलीको स्टाइल मिल्छ । एमालेको ‘साइबर सेना’ र बिजेपीको साइबर सेलका स्टाइल उस्तै छन् । सीको वोल्फ वारियर डिप्लोम्याट पनि यस्तै प्रकृतिको हो ।

    ओलीले भारतको नाकाबन्दीको डटेर बिरोध गरे । नेपाली कांग्रेसले पार्टीको आधिकारीक धारणा नाकाबन्दी भन्न नसकेको फाइदा उठाएर ओलीले राष्ट्रवादी स्पेसको उपयोग गरे । आयात–निर्यातमा भारतको एकद्धार भत्काउन चीनसँग पारवाहन सन्धि गरे ।

    पहिले विदेशमा हुँदा सामाजिक सञ्जाल अकाउन्ट नबनाउने र चुपचाप बस्ने चिनियाँ कूटनीतिज्ञ अहिले सामाजीक सञ्जालमा खाता खोलेर मुखररूपमा प्रस्तुत हुन थालेका छन् । आफ्नो नेतृत्वको प्रचार र रक्षा अनि विपक्षीको तीव्र आलोचनामा यी दुवैको स्टाइल मिल्छ । बिजेपीका नेता अमित साहले साइबर सेललाई १० करोड जनतामा पुग्न अपील नै गरेका छन् । केही दिनअघि कात्तिक ६ मा भएको वडा अधिवेसन र ९ को पालिका अधिवेसनमा ओलीले भर्चुअल सम्बोधन गरेर डिजिटल स्पेसको भरपुर प्रयोग गरे । आफ्ना लाखौं कार्यकर्तामाझ एकैपटक पुगे ।

    ३. राष्ट्रवादी मुद्धाको वकालत

    राष्ट्रवादी मुद्धामा सी र मोदीकै पदचिन्हमा छन्- ओली । सिले चिनियाँ क्रान्तिपछि अलग रुपमा शासित हुन थालेको ताइवानलाई चीनमै ल्याउने र चीनले भोगेको शताब्दी लामो विदेशीको तनावबाट मुक्त हुने सार्वजनिक भाषण गर्दै आएका छन् । अमेरिकासँग अब चीन नदब्ने भन्दै आएका छन् ।

    यता मोदीले जम्मु र काश्मिरको आत्मनिर्णय र बेग्लै झन्डाका कारण भारतीय सार्वभौमसत्तामा समस्या भएको भन्दै संविधान संसोधन गरेरै भारतीय राष्ट्रवादी जमातलाई खुशी पार्न खोजे । आम आदमी पार्टीजस्ता बिरोधीले समेत यस्तो मुद्धामा समर्थन जनाएका थिए । चीनसँगको सीमा तनावमा पनि मोदी आएपछि उनले चीनलाई काउन्टर दिन अमेरिकासँग सक्रिय गठवन्धन गरे । अमेरिका, भारत, जापान र अष्टे«लियाको गठवन्धन क्वाड मोदीकै पालामा भयो ।

    सीमा सुरक्षामा ओलीको चासो मोदी र सीकै तहको छ । उनले सीमा सुरक्षा गर्ने विओपीको संख्या बढाएका थिए । भारत र चीनसँग भएको बिओपीको संख्या ५ सय पुर्‍याउने घोषणा गरेर बिओपी क्षेत्रमा ओलीको चासो देखिएको थियो । ओलीकै पालामा लिपुलेक क्षेत्र नजिकैको व्यास गाउँपालीकामा बिओपी स्थापना भयो ।

    ओलीले भारतको नाकाबन्दीको डटेर बिरोध गरे । नेपाली कांग्रेसले पार्टीको आधिकारीक धारणा नाकाबन्दी भन्न नसकेको फाइदा उठाएर ओलीले राष्ट्रवादी स्पेसको उपयोग गरे । आयात–निर्यातमा भारतको एकद्धार भत्काउन चीनसँग पारवाहन सन्धि गरे । कार्यान्वयनको पाटो अझै देखिन बाँकी छ, तर आगामी सम्भावित भारतीय नाकाबन्दीलाई यसले मनोबैज्ञानिक शक्ति र पारवाहनको विकल्प दिएको छ । भारतले जबरजस्त कब्जा गरेका लिपुलेक, कालापानी र लिम्पियाधुरा सहितको नक्सा छाप्ने निर्णय मन्त्रीपरिषदबाट गरेर सदनमा टेबल गर्दै दुवै सदनबाट सर्वसम्मत पारित गर्न ओलीले नै नेतृत्व गरे ।

    ४. सीमा सुरक्षाको बढ्ता चासो र प्रचार

    मोदी आएपछि भारतले सिमा चासो झन् बढाएको छ । सिमानामा फौजलाई आवश्यक पुर्वाधार र लगानी बढाइएको छ । सन् २०२० जुलाई ३ मा मोदी आफै लद्दाख पुगेर फौजलाई हौसला दिएका थिए ।

    सीले पनि चीनको सीमाक्षेत्रको पुर्वाधार निर्माणमा व्यापक चासो दिएका छन् । चीनको संवेदनशील क्षेत्र तिब्बतमा भ्रमण गर्ने थोरै राष्ट्रपतिमा सी पनि परे । उनी सन् २०२१ को जुलाई २१ र २२ मा तिब्बत आएका थिए । ३० वर्षको दौरानमा तिब्बत आउने राष्ट्रपति सी नै हुन् । सीले सिमाको आधुनिकीकरण र सुधारको क्षेत्रमा ध्यान दिने बताउँदै आएका छन् ।

    सीमा सुरक्षामा ओलीको चासो मोदी र सीकै तहको छ । उनले सीमा सुरक्षा गर्ने विओपीको संख्या बढाएका थिए । भारत र चीनसँग भएको बिओपीको संख्या ५ सय पुर्‍याउने घोषणा गरेर बिओपी क्षेत्रमा ओलीको चासो देखिएको थियो । ओलीकै पालामा लिपुलेक क्षेत्र नजिकैको व्यास गाउँपालीकामा बिओपी स्थापना भयो । २०७७ मंसिर ८ मा इलामको सुन्दरपुर क्षेत्रमा रहेको सीमाक्षेत्र पुग्न भने ओलीले पुर्वनिर्धारित समयअनुसार मौसम खराबी भएर सकेनन् । उनी ताप्लेजुङको घुन्साबाट फर्किएका थिए ।

    ५. विश्वमञ्चको उपयोग

    विश्वमञ्चको प्रयोग गर्न सी, मोदी र ओलीको शैली मिल्छ । सीले विश्वमञ्चमा चीनको स्वाभिमान बढाउने कुरा पटक–पटक गर्दै आएका छन् । आफै विश्वमञ्च स्थापना गर्न समेत उनी सक्रिय छन् । सन् २०१६ जनवरीबाट बेइजिङ मुख्यालय भएको एसियाली पूर्वाधार विकास बैंक सीको नेतृत्वमा खुल्यो । यस्तै सन् २०१६ फेब्रुअरीमा चीनको संघाइमा मुख्यालय भएको ब्रिक्स बैंक सीकै अगुवाइमा स्थापना भयो ।

    मोदी नेतृत्वमा कुनै विश्वमञ्च त बनेको छैन, तर, विश्व मञ्चमा भारतीय भूमिका बलियो बनाउन उनले जोड दिँदै आएका छन् । विश्वका शक्तिशाली नेताहरुसँगको उठबस, ब्रोमान्स देखि आफूलाई न्यूज हेडलाइनमा राख्न मोदी सफल छन । सन् २०१४ मा प्रधानमन्त्री भएर संयुक्त राष्ट्रसंघ जाँदा अंग्रेजीमा सम्बोधन गरेका उनी आजकाल हिन्दीमा बोल्छन् । हिन्दीलाई संयुक्त राष्ट्रसंघले मान्यता दिनुपर्ने आशयमा मोदीले अभ्यास सुरु गरेका छन् । सार्क र बिम्सटेक सम्मेलनमा अंग्रेजी बोल्ने उनी राष्ट्रसंघमा हिन्दी बोलेर खास सन्देश दिन चाहन्छन् ।

    दि गार्जियनमा आलेख लेख्नेदेखि सिएनएनमा अन्तरवार्ता दिएर उनले आफ्नो नेतृत्वमा नेपाल र नेपाली प्रधानमन्त्रीलाई विश्वले नोट गरेको बताउँछन् । त्यही कारण एमाले नेताहरुले ओली सरकार आएपछि ‘विश्वमा नेपाल सुनिन र देखिन थालेको’ बताउँदै आएका छन् ।

    ओलीले समेत आफ्नो स्केल अनुसारको विश्व मञ्च प्रयोग गर्न छोडेका छैनन् । चाहे अष्ट्रेलियाली पूर्वप्रधानमन्त्री केभिन रुटले प्रश्न सोध्ने एसिया सोसाइटीको बहसमा सहभागी भएर होस वा विश्व अर्थतन्त्रका हस्तिहरु भेला हुने स्वीट्जरल्यान्डको डाभोस सम्मेलनमा अतिथि भएर होस अथवा जापानको ‘फ्युचर अफ एसिया’ सम्मेलनमा निम्तो पाएर होस् ओलीले आफू विश्व मन्चमा सान्दर्भिक पात्र भएको देखाउन खोजेका छन् ।

    दि गार्जियनमा आलेख लेख्नेदेखि सिएनएनमा अन्तरवार्ता दिएर उनले आफ्नो नेतृत्वमा नेपाल र नेपाली प्रधानमन्त्रीलाई विश्वले नोट गरेको बताउँछन् । त्यही कारण एमाले नेताहरुले ओली सरकार आएपछि ‘विश्वमा नेपाल सुनिन र देखिन थालेको’ बताउँदै आएका छन् ।

    ६. सांस्कृतिक मुद्धामा रुझान

    सांस्कृतिक मुद्धामा सी, मोदी र ओलीका तौरतारिका मिल्छन् । मोदी त हिन्दु राष्ट्रवादी भएकाले उनले धार्मिक भ्रमण गर्नु, सांस्कृतिक राष्ट्रवादको कुरा उठाउनु सामान्य नै हो । तर, संविधानमा धर्मनिरपेक्षता भएको नेपालका ओली र संविधानमा धर्म नै नहुने मान्यता भएको एथिस्ट चीनका सीको कुरामा रोचक संयोग छ ।

    सीले अरु कम्युनिष्टहरुले प्रिय नमानेको शब्द सभ्यता र संस्कृतिको पटक-पटक उठान गर्दै आएका छन् । राष्ट्रिय सवाल, पार्टी कमिटीदेखि विश्व मञ्चमा उनले चिनियाँ सभ्यता र संस्कृतिको वकालत गर्दै आएका छन् । कन्फ्युसिअस सेन्टर खोल्दै विश्वभर फैलाउने, चीनको तिब्बती बुद्ध धर्मदेखि ताओवादको प्रबर्द्धन सी आएपछि व्यापाक भएको छ । सन् २०१९ को एक बीबीसी सामाग्रीअनुसार हाल विश्वभर पाँच सयभन्दा धेरै कन्फ्युसियस सेन्टरहरु छन् ।

    राष्ट्रियचासोका मुद्धामा आफ्नो उपस्थिति देखाउन माहिर छन् सी । उनी अन्तरिक्षमा पुगेका चिनियाँ अन्तरिक्षयात्रुसँग कुराकानी गर्छन् । चीनको नाम राख्ने व्याक्तित्वहरुसँग सिधा भेटघाट गर्छन । चिनियाँ जनताले अमेरिकादेखि ताइवान प्रसंगमा चाहेका मुद्दामा उनी तत्काल कुनै माध्यमबाट प्रतिक्रिया दिइहाल्छन् ।

    कतिपय नेपाली कम्युनिष्टहरुले फलाक्ने सांस्कृतिक क्रान्ति सीले नाम पनि लिँदैनन् । चिनियाँ कम्युनिष्ट पार्टीको शताब्दी समारोहमा कसैले सांस्कृतिक क्रान्तिको नामै लिएन । ओली पनि सांस्कृतिक मुद्धामा बढ्दो झुकाव राखिरहेका छन् । भगवान रामको जन्मस्थान नेपालमा भएको दावी गरेर उनी भारतमा समेत चर्चामा आए । पशुपतिमा सुनको जलहरी राख्नेदेखि ठोरीमा राम–लक्ष्मणको मूर्ति स्थापना गर्नेसम्मका क्रियाकलापले उनी आफ्नो धार्मिक–सांस्कृतिक रुझानलाई अभिव्यक्त गरिरहेका छन् ।

    ७. लोकप्रियता कमाउने काइदा

    राष्ट्रियचासोका मुद्धामा आफ्नो उपस्थिति देखाउन माहिर छन् सी । उनी अन्तरिक्षमा पुगेका चिनियाँ अन्तरिक्षयात्रुसँग कुराकानी गर्छन् । चीनको नाम राख्ने व्याक्तित्वहरुसँग सिधा भेटघाट गर्छन । चिनियाँ जनताले अमेरिकादेखि ताइवान प्रसंगमा चाहेका मुद्दामा उनी तत्काल कुनै माध्यमबाट प्रतिक्रिया दिइहाल्छन् ।

    माधव नेपाल समूह छोडेर एमालेमा बसेका १० नेतालाई उनको खपिनसक्नु पेलान छ । ओलीले आफ्नो नेतृत्वमा फरक विचार राख्नेहरुलाई पाखा लगाउँदै आएका छन् ।

    मोदीको यही स्टाइल छ । उनी भारतले क्रिकेट खेल्दा हौसला दिनेदेखि ओलम्पिक मेडल बिजेतालाई बधाइ दिन पुग्छन् । भारत र पाकिस्तानदेखि भारत र चीनबीचको तनावमा उनी तत्काल लोकप्रिय टिप्पणी दिन्छन् ।

    ओलीको स्टाइल पनि यस्तै छ । उनी घरी दशरथ रंगशालामा नेपालको खेल हेर्न पुग्छन् त घरी गाइजात्रा समारोहमा सहभागी हुन्छन् । सेनाको जागीर छाडेर कृषिकर्मका लागेका गुल्मीका दीलिप भण्डारीलाई फोन गरेर प्रोत्साहन दिनसमेत भ्याए उनले । क्यामेराले घेरिएको र देशले हेरेको क्षेत्रमा सक्रिय उपस्थिति जनाउनमा सि, मोदी र ओलीको एकै स्टाइल छ ।

    ८. विरोधी ठेगान लाउने आक्रामक शैली

    आफ्नो विरोधीलाई ठेगान लाउन र भित्तामा पुर्याउन सी, मोदी र ओलीको एकै स्टाइल छ । सन् २०१३ मा राष्ट्रपति हुनेबित्तिकै सीले भ्रष्टाचारको आरोपमा आफ्ना बिरोधी मानिएका धेरै शीर्ष नेतृत्वलाई जेल हाले । मोदीले आफ्नो कल्टमा अबरोध गर्नेलाई पार्टीदेखी मन्त्रालयमा राम्रो जिम्मेवारी दिँदैनन् ।

    ओलीको यस्तै पारा छ । उनले आफूलाई च्यालेन्ज गर्नेलाई स्पेस दिँदैनन् । नेकपामा उनले प्रचण्डलाई पेल्दा पेल्दा विभाजनको अवस्थामा पुर्‍याए । एमालेमा फेरि माधव नेपाल समूह अध्यादेशको सहाराले अलगियो । अहिले फेरि माधव नेपाल समूह छोडेर एमालेमा बसेका १० नेतालाई उनको पेलान छ । ओलीले आफ्नो नेतृत्वमा फरक विचार राख्नेहरुलाई पाखा लगाउँदै आएका छन्।

  • अदालतको गुटबन्दीप्रति ओलीको टिप्पणी-सट्टापट्टामा परमादेश जारी गर्नेले न्यायपालिकाको हुर्मत लिदैछन्

    अदालतको गुटबन्दीप्रति ओलीको टिप्पणी-सट्टापट्टामा परमादेश जारी गर्नेले न्यायपालिकाको हुर्मत लिदैछन्

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालत गुटबन्दीको अखडा भएको भन्दै यसमा टुप्पो (प्रधान न्यायाधीश)मात्र नभएर परमादेश जारी गर्ने सबै न्यायाधीशको अनुहार उस्तै रहेको टिप्पणी गरेका छन् ।

    गृहजिल्ला झापामा रहेका ओलीले गौरादहमा आयोजित कार्यक्रममा न्यायाधीशहरु आफैं आरोप प्रत्यारोप र मारामारीमा उत्रिएर दुनियाँमा नभएको जात्रा देखाइरहेको बताए ।

    ओलीले अदालत सट्टा पट्टामा चलेको र सत्ता गठबन्धनसँग मिलेमतो गर्दा न्यायको हुर्मत लिइएको बताए । अध्यक्ष ओलीले भने, ‘अदालतको हुर्मत लिने काम भइरहेकोे छ। कहिले परमादेश जारी गरेर दुनियाँमा नभएको जात्रा देखाइरहेका छन्,’ ‘कहिले गुटबन्दी, कहिले सट्टापट्टाको कुरा सुनिन्छ। हामी सबैले विश्वास गर्ने, कोही भएन भने न्याय पाउँछौँ विश्वास गर्ने ठाउँमा न्यायाधीश आफैँ आरोप–प्रत्यारोप र मारामार गरेका छन्।

    ओलीले न्यायलाई सट्टा पट्टा गरेपछि अदालतको सम्मान घटेको बताए ।

  • बाढीपीडितलाई क्षतिपूर्ति दिन सरकारसँग ओलीको माग

    बाढीपीडितलाई क्षतिपूर्ति दिन सरकारसँग ओलीको माग

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बाढी पहिरोबाट पीडित नागरिकलाई राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

    अध्यक्ष ओलीले बेमौसमको वर्षाका कारण ज्यान गएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाईतेहरुको शिघ्र स्वास्थ्यलाभको कामनासमेत गरे ।

    शनिबार पार्टीको वडा अधिवेशनहरुको भर्चुअल रुपमा उद्घाटन गर्दै ओलीले भने, ‘बाढी पहिरोबाट पिडित जनतालाई क्षतिपूर्ति दिन सरकारले कुनै कञ्जुस्याईं गर्नुहुन्न ।’

    उनले वर्षात्को मारमा परेकाहरुलाई राहत दिने र उद्धार कार्यमा संलग्न पार्टीका नेता, कार्यकर्तालाई पनि धन्यवाद दिएका थिए । ओलीले अतिवृष्टिका कारण आज हुन नसकेका वडा अधिवेशनहरु छिट्टै सम्पन्न गर्न पनि सम्बन्धित कमिटीहरुलाई निर्देशन दिएका छन् ।

  • गलत तत्वहरू बाहिरिएपछि एमाले एकढिक्का भयो: ओली (भिडिओ)

    गलत तत्वहरू बाहिरिएपछि एमाले एकढिक्का भयो: ओली (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खराव तत्वहरू बाहिरएपछि एमाले एकढिक्का बनेको बताएका छन् । प्रचण्ड र माधव नेपालको बहिर्गमनसँगै पार्टी नयाँ ढंगले अघि बढेको उनले बताए ।

    देशभर एमालेको वडा अधिवेसनको भर्चुअल उद्घाटन गर्दै उनले विभाजनबाट पार्टीमा सकारात्मक प्रभाव परेको बताएका हुन् ।

    ओलीले भने, ‘पार्टी विरोधि गतिविधि गर्ने तत्वहरुको बहिर्गमनपछि सकारात्मक कुरा भनेको अब हामी एक ढिक्का छौं । आपसी तानातान गर्ने र बाहिर पार्टीको बेइज्जति गर्ने खालको प्रवृत्ति अब छैन । यो एउटा खुशीको कुरा हो ।’

    हालै ६ हजारभन्दा बढी प्रतिनिधि सहभागी गराएर एमालेको विधान अधिवेसन अभूतपूर्व सफलताका साथ सम्पन्न भएको ओलीले बताए । नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा नै यत्रो ठूलो सभा यति सुव्यवस्थित र उन्नत समझदारीका साथ भएको पहिलो परिघटना भएको उनले दावी गरे ।

    सम्वोधनमा ओलीले हालै वर्षा र बाढी-पहिरोका कारण क्षति भोगेका कृषकलाई उचित राहत र क्षतिपूर्ति प्रदान गर्न सरकारसँग माग रेका छन् ।

  • ओलीलाई रावलको प्रश्न- अरुको हकमा १० बुँदे लागू हुने मेरो हकमा किन दोहोरो कुरा ? (फरक मतको पूर्णपाठ)

    ओलीलाई रावलको प्रश्न- अरुको हकमा १० बुँदे लागू हुने मेरो हकमा किन दोहोरो कुरा ? (फरक मतको पूर्णपाठ)

    काठमाडौं । १० बुँदे कार्यन्वयनका सन्दर्भमा असन्तुष्ट बनेका एमाले उपाध्यक्ष भीम रावलले पार्टी भित्र फरक मत राखेका छन् । दुई दिन चलेर शुक्रबार सकिएको स्थायी कमिटी बैठकमा रावलले पाँच पृष्ठको फरक मत राखेका हुन्।

    फरक मतमा रावलले १० बुँदे कार्यन्वयनका सन्दर्भमा दोहोरो मापदण्ड अपनाइएको भन्दै असन्तुष्टि पोखेका छन् । अरुका सन्दर्भमा १० बुँदे लागू भए पनि आफ्ना हकमा त्यो लागू नभएको भन्दै उनको असन्तुष्टि छ।

    ‘उदाहरणको लागि म स्वयं नेकपा (एमाले), सुदूरपश्चिम समन्वय कमिटी (जसलाई अपानि– १२ ले स्वीकार गरिसकेको छ) को संयोजक थिएँ,’ उनले भनेका छन्, ‘पछि पार्टी एकीकरण भएको बेला त्यस प्रदेशको इञ्चार्ज थिएँ। मेरो हकमा ती दुवै प्रावधान लागु नहुने तर्क कसरी र केको आधारमा गर्न मिल्छ?’

    पार्टी अध्यक्ष आफ्नै वचनमा नअडिने हो भने पार्टीभित्र समस्या सृर्जना हुने उनको भनाइ छ। ‘त्यसो गर्ने हो भने पार्टी अध्यक्ष कमरेडले पटक– पटक, विशेषत: पार्टीका बैठकहरू र भदौ ७ गते आफ्नै निवासमा हामीलाई सामूहिकरुपमा पक्षपात गरिने छैन भनी गर्नुभएको वाचा विपरीत हुन्छ,’ रावलको भनाइ छ, ‘त्यसो नगरौं। त्यस्तो गर्दा पार्टीमा पुनः अविश्वास र मतभेद सिर्जना हुने मात्र होइन नेतृत्वले भन्ने र दिने वचनको विश्वसनीयतामाथि नै प्रश्नचिन्ह खडा हुन्छ।’

    रावलले १० बुँदे कार्यन्वयन र पार्टीको महाधिवेशन सम्बन्धमा समेत केही प्रस्ताव गरेका छन् । सुदूरपश्चिम प्रदेश समन्वय कमिटीको बैठक तत्काल बसी अपानि–१२ को कार्यान्वयनको लागि सबै जिल्लालाई निर्देशन दिनुपर्ने उनको प्रस्ताव छ।

    पार्टीमा मतभेद र अन्तरविरोधकाको कारण हालसम्म सदस्यता नविकरण हुननसकेकाहरुको पनि सदस्यता नवीकरण गर्नुपर्ने रावलको प्रस्ताव छ । तर, हिजो सकिएको बैठकले २०७७ चैत मसान्तसम्म नवीकरण गरेका सदस्यहरुलाई मात्रै मान्ने निर्णय गरेको थियो।

    त्यस्तै गम्भीर मतभेदका कारण समस्या समाधान नभएका र हालैको बर्षा कारण समस्या झेल्नुपरेका वडा र पालिकाका हकमा अधिवेशन अहिले नगरि अनुकूल समयमा गर्नुपर्ने प्रस्ताव रावलको छ । तर, यसमा पनि सहमति जुट्न सकेको छैन्।

    यस्तो छ फरक मत :

    २०७८ साल असार २७ गते ११ जना स्थायी कमिटीका नेताहरूद्वारा हस्ताक्षरित १० बुँदे सहमतिको कार्यान्वयनका बारेमा अनेकौं पटक विभिन्न किसिमले कुरा भइसकेको छ । यस्ता छलफल र कुराकानी कहिले पार्टीका औपचारिक बैठकमा, कहिले पार्टी अध्यक्षसमेतको सहभागितामा सामूहिक किसिमले, कहिले उहाँको सहभागितामा केही नेताहरू सम्मिलित भएर, कहिले उहाँसँग एकल किसिमले, कहिले कार्यदलमा र कहिले सहजकर्ताहरूका बीच भएका छन् । यति धेरै छलफल र स्थायी कमिटी र केन्द्रीय कमिटीबाट निर्णय भई अन्तरपार्टी निर्देशन– १२ जारी हुँदा पनि कतिपय ठाउँमा पार्टी निर्णय कार्यान्वयन नहुनु बिडम्बना र दुःखको कुरा हो । यस्तो स्थिति तत्काल समाप्त भई अन्तरपार्टी निर्देशन (अपानि) –१२ को कार्यान्वयन हुनुपर्छ ।

    पार्टीका वडा, पालिका अधिवेशन र राष्ट्रिय महाधिवेशन समेत संघारमा आइसकेको स्थितिमा अपानी– १२ को कार्यान्वनय नगरिने र विवाद मात्र गरिरहने हो भने त्यसले गम्भीर समस्या उत्पन्न गर्नेतर्फ सबैको ध्यान आकर्षित गर्न चाहन्छु । यस्तो स्थिति हामी कसैको पनि चाहना होइन र हुनुहुन्न भन्नेमा मेरो विशेष जोड छ ।

    दश बुँदे सहमति र अपानि– १२ को कार्यान्वयन गर्ने सन्दर्भमा कार्यदलमा त्यसबारे औपचारिक छलफल हुनु अघि ३५ पटकभन्दा बढी स्थायी कमिटीका विभिन्न नेताहरूका बीच भएका अनौपचारिक छलफल तथा २०७८ साल असार २१ गतेदेखि २७ गतेसम्म कार्यदलमा भएको घनीभूत बहस, छलफल र सहमति एवम् पार्टी अध्यक्षसँग समेत भएका परामर्शहरूको इमानका साथ स्मरण गरिनुपर्छ । पार्टीलाई विभाजनबाट बचाएर एकता कायम राख्नको लागि गरिएका उक्त प्रकारका प्रयत्न तथा महत्वपूर्ण सहमतिको अवमूल्यन हुने र अझ त्यसको कार्यान्वयन नगर्ने तहका कुरा कहि कतैबाट आउँछन् भने त्यस्ता कुरा पार्टीका तत्कालिन वरिष्ठ नेताहरू माधव कुमार नेपाल र झलनाथ खनाल र उहाँहरूलाई समर्थन गर्ने एउटा पंक्तिले पार्टी फुटाएर अर्को पार्टी खोलिसकेको स्थितिमा पनि नेकपा (एमाले) लाई एकताबद्ध बनाएर देश र जनताको हितमा काम गरिरहने मार्गमा तगारो मात्र हुन्छन् भन्ने स्वतः स्पष्ट हुन्छ । दश बुँदे सहमति केवल माधवकुमार नेपाल नेकपा (एमाले) मा रहनको लागि मात्र गरिएको थियो भन्ने तर्क गलत छ र तथ्यसम्मत छैन । माधवकुमार नेपाललाई नेकपा (एमाले) लाई विभाजन गरिनुहुन्न र यहीँ पार्टीमा रहेर सही विचार, सिद्धान्त, नीति र पद्धतिको पृष्ठपोषण गर्नुपर्छ भन्ने कुरामा अडेर उहाँको पार्टी विभाजनको प्रस्तावलाई अस्वीकार गरिएको हो ।

    उहाँले अलग पार्टी खोल्नको लागि भदौ १० गते आफूलाई समर्थन गर्ने केन्द्रीय कमिटी र संघीय संसदका सदस्यहरूलाई निर्वाचनमा आयोगमा सनाखतका लागि उपस्थित गराउने कुरा आएपछि भदौ ७ गते पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीको निवास बालकोटमा उहाँ लगायत कमरेडहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, ईश्वर पोखरेल, विष्णु पौडेल, घनश्याम भुसाल, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, रघुजी पन्त, शंकर पोखरेल समेतका नेताहरूका बीच १० बुँदेको कार्यान्वयन गरेर अघि बढ्ने गहन कुरा र सहमति भयो उक्त छलफलमा पार्टी अध्यक्षले भन्नुभएको थियो,“कमी कमजोरी भए, ती छोडि दिऔँ । धाँजा फाटेका टालौँ । एकजुट भएर लागौँ । पार्टीमा एकमना एकता कायम गरौँ । परस्पर सम्मान गरौँ । पार्टी दर्ता गर्ने काममा जानुभएन धेरै धेरै धन्यवाद । आफू जोगिनु भयो, पार्टीलाई धेरै क्षतिबाट जोगाउनु भयो । मैले स्थायी कमिटी र केन्द्रीय कमिटीमा अनुमोदन गरिसकेपछि त्यसको कार्यान्वयन गर्ने कुरामा कुनै धुकचुक छैन । यो कार्यान्वयन गर्ने कुरामा कुनै द्विविधा छैन । यसको कार्यान्वयनले सनाखत पछि गती लिन्छ । यता रहेकोमा पक्षपात हुँदैन । हिजोको कुराको आधारमा कसैलाई लखेट्ने र पाखा गर्ने काम हुँदैन । आग्रहहीन ढंगले काम गर्नुपर्छ । यति भइसकेपछि समस्या कही पनि देख्दिन । भोली बैठक बसेर निर्णय गरौँ ।”

    अध्यक्षको कुरामा सहमति जानाउँदै अरु नेताहरूबाट १० बुँदे सहमतिको निशंकोच कार्यान्वनय हुने र पक्षपात नहुने कुरा भएकोप्रति समर्थन जनाइएको थियो र पार्टीलाई विभाजनको क्षतिबाट जोगाउने कुरा भएको थियो । यस सन्दर्भमा महासचिव कमरेड ईश्वर पोखरेलको विचार यस्तो थियो, “अध्यक्ष कमरेडको भनाईलाई सबै कमरेडहरूले सकारात्मकरुपमा लिनुभएको छ । त्यही अनुसार जाने हो । दश बुँदे कार्यान्वयन गर्न कमिटीले विधिवत् अनुमोदन गरिसकेको छ । पार्टीको पक्षमा र विभाजनको विपक्षमा उभिनेहरूलाई एकताबद्ध गर्ने भनेपछि कुरा सिद्धियो । आधार त्यही हो ।”

    अन्तमा पार्टी अध्यक्षले भीम रावल, ईश्वर पोखरेल र विष्णु पौडेललाई उक्त सहमतिको कार्यान्वयनका लागि स्थायी कमिटीमा पेश गर्नुपर्ने प्रस्ताव तयार गर्न जिम्मेवारी दिनुभयो । भदौ ८ गते हामी तीनजनाले महासचिव कमरेड ईश्वर पोखरेलको निवासमा बैठक गरेर प्रस्ताव तयार गर्‍यौँ । सोही दिन पार्टी अध्यक्षको निवास, बालकोटमा गएर उहाँलाई प्रस्तावबारे जानकारी गराई उहाँको सहमति प्राप्त भयो । सोही दिन सम्पन्न स्थायी कमिटीको बैठकबाट उक्त प्रस्ताव पारित भयो । भदौ १० गते सम्पन्न केन्द्रीय कमिटीको बैठकले त्यसको पुनःपुष्टि गर्‍यो । सोही अनुरुप अध्यक्ष कमरेड केपी शर्मा ओलीद्वारा हस्ताक्षरित अन्तरपार्टी निर्देशन– १२, भदौ १३ गते जारी भयो ।

    उक्त अपानिको शुरुमा नै भनिएको छ, “ नेकपा (एमाले) भित्र प्रकट भएको पार्टी विरोधी गतिविधि, गुटबन्दी र विभाजनकारी क्रियाकलापको अन्त्य गरी पार्टीलाई एकताबद्ध ढंगले अघि बढाउने प्रयत्नस्वरुप गठित कार्यदलले प्रस्तुत गरेको प्रस्तावमा उल्लिखित सुझावहरूको कार्यान्वयन समेतको सन्दर्भमा आयोजना भएका यी बैठकहरूको विशेष महत्व छ । उक्त बैठकहरूले गरेका निर्णयहरू निकालेका निष्कर्षहरू मातहत कमिटी र पार्टी सदस्यहरू समक्ष जानकारी एवं कार्यान्वयनका लागि यो अन्तरपार्टी निर्देशन जारी गरिएको छ ।” अपानिको पृष्ठ २ (क) मा १० बुँदे सहमतिको कार्यान्वयनका लागि यस्तो भनिएको छ, “पार्टीको पक्षमा रहेर क्रियाशील हुने केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश समन्वय कमिटी, जिल्ला कमिटी लगायत सबै तहका स्थानीय पार्टी कमिटी र जनसंगठनका सबै तहका पदाधिकारी र सदस्यहरूलाई पार्टी एकता र जीवन्ततालाई ध्यान दिदै एकीकरणको महान कार्य र भावनामा चोट नपर्ने गरी एकीकरण पूर्वको स्थिति अर्थात् जेठ २ गतेको अवस्थामा फर्किएको यथार्थलाई समेत ध्यानमा राखी कार्य गर्न निर्देशन दिने ।” सोही अपानिको पृष्ठ ३ (ख) मा भनिएको छ, “नेकपा (एमाले) मा विद्यमान समस्या समाधानसम्बन्धी दस बुँदे प्रस्तावमा आधारित निर्णयहरू कार्यान्वयनका क्रममा उत्पन्न हुनसक्ने समस्याको समाधान गर्न, केन्द्रीय कमिटीमा सदस्य मनोनयन गर्न, केन्द्रीय निकाय तथा विभागहरूलाई पूर्णता दिने विषयमा आवश्यक गृहकार्य गर्न कमरेडहरू भीमबहादुर रावल, ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, धनश्याम भुसाल, सुरेन्द्र पाण्डे र लेखराज भट्टलाई जिम्मेवारी दिने ।”

    उपर्युक्त किसिमले भएका छलफल, पार्टीको निर्णय र निर्देशनले दश बुँदे सहमति माधवकुमार नेपालले पार्टी विभाजन गर्नु अघिको सन्दर्भमा गरिएको र निजले पार्टी विभाजन गरिसकेपछि उक्त प्रस्तावको औचित्य समाप्त भएको भन्ने तर्क स्वयं खण्डन गर्दछन् । त्यस्तो तर्क दिनु भनेको उपर्युक्त गहन छलफल, निष्कर्ष, सहमति र निर्णयको उल्लंघन हुन्छ । त्यस्तो कुराले पार्टीलाई गम्भीर क्षतिमात्र पुर्‍याउँछ । पार्टीलाई क्षति पुर्‍याउने र अन्ततः राष्ट्रिय राजनीतिमा नै प्रतिकूल प्रभाव उत्पन्न हुने त्यस्ता काम कुरा कसैले नगरौं भन्ने मेरो सम्बद्ध सबैलाई, विशेषतः पार्टी अध्यक्ष कमरेडलाई विशेष आग्रह छ । दश बुँदे सहमतिको कार्यान्वयनका लागि जारी अपानि–१२ मा दिइएको निर्देशनको सबैबाट पालना होस् ।

    उक्त कार्य गरिरहँदा दोहोरो मापदण्ड कहीं कतै अपनाइनु हुन्न । २०७५ साल जेठ २ गते अघिको स्थितिमा पार्टी र जनसंगठनलाई फर्काउने र पार्टी एकीकरण हुँदा त्यहाँ हुनुभएका र नेकपा (एमाले) पुनःजीवित भएपछि यही पार्टीमा रहनुभएका कमरेडहरूलाई दश बुँदे सहमतिको बुँदा नम्बर २ र ४ मा उल्लेख भएबमोजिम गर्नेमा कुनै विमति हुनसक्दैन । तर कहीँ एकीकरणको बेला जसको जे जिम्मेवारी थियो सोही गरौं भन्ने र कहीं त्यसो पनि नमान्ने दोहोरो कुरा पार्टी पद्धतिको दृष्टिकोणबाट नै गलत हुन्छ । उदाहरणको लागि म स्वयं नेकपा (एमाले), सुदूरपश्चिम समन्वय कमिटी (जसलाई अपानि– १२ ले स्वीकार गरिसकेको छ) को संयोजक थिएँ । पछि पार्टी एकीकरण भएको बेला त्यस प्रदेशको इञ्चार्ज थिएँ । मेरो हकमा ती दुवै प्रावधान लागु नहुने तर्क कसरी र केको आधारमा गर्न मिल्छ? त्यसो गर्ने हो भने पार्टी अध्यक्ष कमरेडले पटक– पटक, विशेषतः पार्टीका बैठकहरू र भदौ ७ गते आफ्नै निवासमा हामीलाई सामूहिकरुपमा पक्षपात गरिने छैन भनी गर्नुभएको वाचा विपरीत हुन्छ । त्यसो नगरौं । त्यस्तो गर्दा पार्टीमा पुनः अविश्वास र मतभेद सिर्जना हुने मात्र होइन नेतृत्वले भन्ने र दिने वचनको विश्वसनीयतामाथि नै प्रश्नचिन्ह खडा हुन्छ ।

    अब म कार्यदल र सुदूरपश्चिम प्रदेशमा दश बुँदे सहमतिको कार्यान्वयनका लागि सहजकर्ताका बीच भएका बैठक र छलफलबारे संक्षिप्त जानकारी गराउन चाहन्छु । कार्यदलका तीनवटा औपचारिक र एक अनौपचारिक बैठक भएका छन् । कार्यदलको बैठकमा अपानि–१२ को कार्यान्वयनमा देखिएका समस्याहरू समाधान हुनुपर्छ र १० बुँदे सहमति लागु हुनुपर्छ भन्ने निर्णय भएका छन् । तर सहजकर्ता स्तरको छलफलमा अपानि–१२ को कार्यान्वनय हुनुपर्छ भन्ने विषयमा नै मबाहेकका सहजकर्ताको राय फरक देखिएकोले त्यहाँ समस्याको समाधान गर्न सहमति कायम हुने स्थिति हुनसकेन । यससन्दर्भमा उत्पन्न हुने समस्याको समाधान सम्बन्धित व्यक्तिहरूसंग अनौपचारिक राय–परामर्श गरी समाधान खोज्ने सहमति कार्यदलमा भने भएको छ । तर लामो समयसम्म निर्णय हुने तर त्यसको कार्यान्वयन नहुने स्थिति भने हटिसकेको छैन । सुदूरपश्चिम प्रदेशमा अपानि–१२ को कार्यान्वयन भएको छैन । एक नम्बर प्रदेशका ताप्जेजुङ्ग, सुनसरी, दुई नम्बर प्रदेशका सर्लाही र बारा, वागमती प्रदेशका चितवन तथा काठमाण्डौ महानगरपालिका अन्तर्गत कीर्तिपुर नगर कमिटी लगायतका स्थान, नेपाल उत्पीडित जातीय मुक्ति समाज लगायत जनसंगठनहरूमा अपानि–१२ को कार्यान्वयनमा समस्या उत्पन्न भएको भनी कहींबाट मौखिक र कहींबाट लिखित गुनासा प्राप्त भएका छन् । यसको अपानि–१२ बमोजिम तुरुन्त सम्बोधन गरिनुपर्छ ।

    सुदूरपश्चिम प्रदेश समन्वय कमिटीको संयोजक तथा कार्यदलको संयोजकको हैसियतले त्यहाँको समस्या समाधान तत्काल गर्न निम्नलिखित प्रस्ताव गर्दछुः

    सुदूरपश्चिम प्रदेश समन्वय कमिटीको बैठक तत्काल बसी अपानि–१२ को कार्यान्वयनको लागि सबै जिल्लालाई निर्देशन दिने ।
    पार्टी एकीकरणको बेला कमिटी सदस्य पदमा रहनु भएका पूर्व माओवादी केन्द्रसँग सम्बद्ध कमरेडहरूलाई सोही स्तरको कमिटीको सदस्य बनाउने र एकीकरणको समयमा पदाधिकारीमा रहनुभएका र पछि नेकपा (एमाले) मै रहनुभएका कमरेडहरूलाई सम्बन्धित जिल्ला कमिटीको सहमति अनुसार पदाधिकारीको जिम्मेवारी दिने, पार्टीमा अन्तरविरोध चर्किएको बेला पक्षधरताको आधारमा बनेका कमिटीहरूमा रहेका तर उक्त कमिटीमा नरहेका कमरेडहरूको हकमा निजहरूको योग्यता, क्षमता, वरियता र सक्रियता हेरी सम्बन्धित जिल्लाका नेताहरूसंग छलफल गरी पार्टी कमिटीमा ल्याउने ।

    नेकपा (एमाले) मा लामो समयसम्म सदस्यको रुपमा रहनुभएका तर मतभेद र अन्तरविरोधकाको कारण हालसम्म सदस्यता नविकरण हुननसकेका कमरेडहरूको सदस्यता अविलम्ब नवीकरण गर्ने ।

    पहिले माओवादी केन्द्रमा रहनु भएका तर नेकपा (एमाले) मा रहनुहुने कमरेडहरूले पार्टी निर्णय बमोजिम तोकिएको शुल्क तिरेर तथा अरु सदस्य सरह आवश्यक विवरण र जानकारी दिएर सदस्यता नविकरण गर्ने ।

    गम्भीर मतभेदका कारण समस्या समाधान नभएका र हालैको अविरल बर्षा, बाढी, पहिरो र डुबानका कारण गम्भीर समस्या झेल्नुपरेका वडा र पालिकाका हकमा अधिवेशन यही कार्तिक ६ र ९ गते नगरी ती वडा र पालिकाको अनुकूल समयमा गर्नेगरी नीतिगत निर्णय गर्ने ।

    भीम रावल
    संयोजक
    दश बुँदे सहमतिको कार्यान्वयनसम्बन्धी कार्यदल तथा
    उपाध्यक्ष, केन्द्रीय कमिटी