Tag: किसान

  • किसानलाई सधैँ पीडाः लगाएको बाली उठाउन नपाई क्षति

    किसानलाई सधैँ पीडाः लगाएको बाली उठाउन नपाई क्षति

    झापा । झापाको गौरीगञ्ज-१ का खगेन्द्र श्रेष्ठले बगरमा ‘पैसा’ फलाउने उद्देश्यले माई नदीको बगरमा खरबुजा खेती लगाएका छन् । गत वर्षदेखि खरबुजा खेती सुरु गरेका खगेन्द्रले यस पटक भने खरबुजा खेतीबाट केही आम्दानी गर्ने सोचेका थिए ।

    वैशाख पहिलो साताबाट खरबुजा टिप्न योग्य हुन्छ । गत वर्ष यही समयमा कोरोना महामारी फैलिएपछि लकडाउन हुँदा उत्पादित खरबुजा बजारसम्म पुर्‍याउन सकेका थिएनन् । पाँच बिघा बगर क्षेत्रमा लगाएको खरबुजाबाट लगानी उठाउन पनि हम्मे हम्मे परेको थियो । ‘गत वर्षदेखि बगरमा पनि केही गर्न सकिन्छ कि भनेर खरबुजा खेती गर्न थालेको हुँ,’ उनी भन्छन्, ‘गत वर्ष पाँच लाख लगानी गरेर खरबुजा लगाएँ । तर, लकडाउनले बगरमै खरबुजा कुहिने अवस्था आयो । बल्लतल्ल लगानी उठाएँ ।’

    यस पटक खरबुजा राम्रो फलेको थियो । मिहिनेतअनुसार कमाई हुनेमा उनी ढुक्क थिए । खरबुजा पाकेर टिप्ने बेला भएको थियो । तर, चैत अन्तिम साता आएको असिना पानीले उनको खरबुजा खेतीमा क्षति गर्‍यो । पाँच लाख खर्च गरेर पाँच बिघामा लगाएको खरबुजा असिनाले कामै नलाग्ने गरी बिगारेको खगेन्द्र बताउँछन् । ‘असिनाले अधिकांश फुटाएको छ । १ वैशाखदेखि टिप्न थालेको । धेरै त काम नलाग्ने भएको छ । काम लाग्ने बजारमा पठाउँदै छु,’ उनी भन्छन्, ‘राम्रो फलेको बेला असिनाले काम नलाग्ने बनायो । यस पटक त लगानी पनि उठ्दैन कि भन्ने डर छ ।’

    श्रेष्ठजस्ता किसानलाई सधैँ समस्या हुने गरेको छ । प्राकृतिक प्रकोपले सधैँ उठाउन लागेको बालीमा क्षति पुर्‍याएको गरेको छ । गत कात्तिकमा खगेन्द्रले लगाएको दुई बिघा धान खेतमा क्षति पुर्‍याएको थियो । ‘खेलीमा लगानी गरेको उठाउनै नपाएपछि कसरी कृषि गर्ने रु,’उनी भन्छन्, ‘धानको क्षतिमा सरकारले केही हेर्छ कि भनेको अहिलेसम्म केही गरेन । धानको क्षतिको फर्म चाहिँ भरेको छ ।’

    मोरङका मेघराज चौधरी ६ महिनादेखि गौरीगञ्ज–२ स्थित भाकुरमारमा माई नदीको बगरमा छन् । नदीले बगर बनाएको जग्गा भाडामा लिए । बगरमा मल लगाए । खरबुजाको बिउ रोपे । उनले करिब चार हजार खरबुजाका बोट रोपे । मलजल गरे । ६ महिना बगरमै बसेर यसलाई स्याहार पनि गरे । यसका लागि उनले ऋण गरेर तीन लाख खर्चेका छन् । तर, फल आउने बेलामा भने असिनाले सखाप बनायो ।

    ‘६ वर्षदेखि म माईको बगरमा खरबुजा खेती गर्दै आएको छु । पहिला त राम्रो हुन्थ्यो । अहिले त कहिले लकडाउन हुन्छ कहिले के,’ उनी भन्छन्, ‘यस पटक असिनाले सखाप बनायो । ६ महिना मिहिनेत गर्‍यो फल पाउने बेलामा यस्तो भएपछि के गर्ने रु पाकेको खरबुजा सबै असिनाले फुटायो । यस पटक त लगानी पनि नउठ्ने भयो ।’

    असिनाले क्षति पुर्‍याएर बाँकी रहेका खरबुजा उनी धमाधम टिप्दै छन् । अहिले बगरबाटै प्रतिकेजी २० रुपैयाँसम्म खरबुजा बिक्री भइरहेको छ । ‘बाँकी रहेकोले कतै लगानी उठ्छ कि, लगानी उठेन भने साहुको ऋण कसरी तिर्ने,’ उनी भन्छन् ।

  • राहत र क्षतिपूर्तिकाे प्याकेज घोषणा गर्न सुदूरपश्चिमका किसानहरुको माग (भिडिओ)

    राहत र क्षतिपूर्तिकाे प्याकेज घोषणा गर्न सुदूरपश्चिमका किसानहरुको माग (भिडिओ)

    काठमाडौं । बाढी, पहिरो र डुबानबाट प्रभावित सुदूरपश्चिमका किसानहरुले प्रदेश सरकार समक्ष राहत र पुनस्र्थापनाको माग गरेका छन् ।

    सुदूरपश्चिम प्रदेशका कृषक संगठनहरुले बाढी पहिरो पीडित किसानहरुका लागी तत्काल राहत र पुनस्र्थापनाका कार्यक्रम घोषणा गर्न माग गरेका छन् । आइतबार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीलाई ध्यानाकर्षण पत्र बुझाउँदै राहत र क्षतिपूर्तिको माग गरिएको हो ।

    ज्ञापन पत्र बुझाउँदै कृषक संगठनहरुले कृषि संकटग्रस्त क्षेत्र घोषणा, प्राकृतिक विपत्तिबाट प्रभावित घरधुरीको यर्थाथ तथ्यांक संकलन, क्षतिपुर्ति तथा किसानलाई तत्काल उचित राहत, घाइतेहरुको स्वास्थ्योपचार तथा बसोबास गुमाएकाहरुलाई उचित बसोबासको व्यवस्था, कृषि पेशा सुरक्षाको लागी बाली र पशुधन विमा कार्यक्रम प्रभावकारी बनाउन माग गरेका छन् ।

    ज्ञापनपत्र बुझाउँदै राष्ट्रिय कृषक समूह महासंघ नेपाल सुदूरपश्चिम प्रदेश अध्यक्ष प्रकाशबहादुर थापाले बाढी पहिरो पीडित किसानहरुको लागी तत्काल प्रदेश सरकारले राहत प्याकेज घोषणा गर्नुपर्ने बताए ।

    ज्ञापनपत्र बुझ्दै मन्त्री विनिता चौधरीले तथ्यांक संकलन गरिरहेको र तथ्यांक आइसकेपछि किसानको लागि राहत प्याकेज र हिउँदे बालीको लागि अनुदानमा बिउविजन तथा मलखाद उपलव्ध गराउने बताइन् ।

    राष्ट्रिय कृषक समूह महासंघ नेपाल, खाद्य अधिकार संजाल, केरा उत्पादन तथा प्रबद्र्धन जिल्ला सहकारी कञ्चनपुर, मुख्यमन्त्री नमुना कृषि गाउँ(केरा) कृषक समन्वय समिति कञ्चनपुर, गैसस महासंघ नेपाल, भूमि अधिकार मञ्च कैलाली लगायत कृषि संघ संगठनहरुले संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका थिए ।

    गत असोज ३१ गते देखी निरन्तर परेको बर्षाले कैलाली कञ्चपुरमा मात्रै ३ अर्वको धानबालीमा क्षति गरेको जनाइएको छ ।

     

  • धान खेतभित्र माछा र हाँस पालन, अतिरिक्त आम्दानी

    धान खेतभित्र माछा र हाँस पालन, अतिरिक्त आम्दानी

    कैलाली । कञ्चनपुरको बेलौरी नगरपालिका-६ हात्तिबोझाका आश्रय बडायकले ७ कठ्ठा जमिनमा धान खेती गरेका छन् । त्यसो त यो क्षेत्रका सबैको मुख्य बाली धान नै हो । तर बढायकले भने खेतमा धानबाहेक आम्दानीको अरु क्षेत्र पनि समेटेका छन् । उनले धान खेतभित्र माछा पालेका छन् र हाँस पनि पालेका छन् ।

    आफूसँग भएको जग्गालाई भिन्न ढंगबाट प्रयोगमा ल्याए मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन्, बडायक । धान खेलमा माछा र हाँस पनि पाल्न थालेपछि उनीसँग यो विधि सिक्न आउने किसानहरूको पनि संख्या बढिरहेको छ ।

    ‘धान मात्रै लगाएर पनि फाइदा भइरहेको थियो । त्यहिँ माछा र हाँस पनि पालेपछि तेब्बर फाइदा भइरहेको छ,’ उनले भने, ‘सानो क्षेत्रबाट पनि धेरै फाइदा लिन सकिन्छ भन्ने कुरा मैले अरू किसानलाई पनि सिकाउँदै आइरहेको छु ।’

    गत वर्ष उनले धान र हाँस पालेका थिए । ७ कठ्ठामा २२ हजारको धान हुँदा ४८ हजारको हाँस बेचेको उनको अनुभव छ । यस बर्ष माछा पनि थप भएपछि थप फाइदा हुने भन्दै उनी उत्साहित छन् ।

    ‘गत वर्ष सात कट्ठामा धान भित्र हाँस पालेको निकै राम्रो भयो । यस बर्ष त्यसमा माछा पनि थपेको छु’ उनले भने ‘अर्काे बर्ष देखि अझै धेरै जग्गामा उत्पादन गर्ने लक्ष्य छ ।’

    साढे छ बिगा आफ्नो जग्गा र थप साढे ३ बिगा जग्गा लिजमा लिएर कृषि पेसा गरिरहेका छन् । घर ननिकै ७ कट्ठामा धान भित्र माछा र हाँस पालेको भएपनि अन्य क्षेत्रमा धान र उखु लगाएका छन् ।

    प्रविधिको प्रयोग

    बिहानै खेतबारी जाने आफ्नो उत्पादनको अवस्था हेर्ने र फर्किने । बडायकको दैनिक अहिले यसरी नै बितिरहेको छ । उनी आफू मात्रै होइन घरका अरू सदस्यलाई पनि कृषि पेसा तर्फ आकर्षित गरिरहेका छन् ।

    ९ बर्ष पहिले बाट कृषि पेसामा रहेका रानाले पछिल्लो ६ बर्ष यता भने प्रविधिको माध्यमबाट उत्पादन बढाइरहेका छन् ।

    ‘कृषि पेसा मात्रै गर्न लागेको त १० वर्ष हुन थाल्यो’ उनी भन्छन् ‘तर पछिल्लो ६ वर्ष देखि प्रविधिको माध्यमबाट उत्पादन गरिरहेको छु ।’

    उनले प्रविधिको माध्यमबाट उत्पादन गर्न थालेपछि मनग्गे आम्दानी समेत हुन थालेको सुनाए । उनी मौसम अनुसार धन ,गहुँ, आलु, तोरी मसुरो, उखु र मकै उत्पादन गर्ने गरेका छन् ।

    बडायकले वार्षिक रुपमा २५ लाख भन्दा बढी आम्दानी गरिरहेको छन् ।

    उनी धान रोप्ने देखि काट्ने सम्म प्रविधिकै माध्यबाट गर्छन् । यसले लागत कम हुने र आम्दानी बढि हुने गरेको उनी बताउँछन् । छरुवा धान प्रविधिबाट खेती गर्दा लागत कम हुने र उत्पादन बढ्ने गरेको उनले बताए ।

    ‘सिमिटको सिसा परियोजनाले हामीलाई प्रविधि सम्वन्धी धेरै कुराको ज्ञान दिएको छ । त्यहि ज्ञान र सिपको माध्यमबाट हामीले कृषिमा कम लगानी बढि उत्पादन गरिरहेका छौं,’ उनले भने, ‘अहिले क्रमिक रुपमा सबै किसान प्रविधिसँग जोडिँदै गएका छन् ।’

    सिसा परियोजनाका सुदूरपश्चिम प्रमुख लोकेन्द्र खड्काले उनलाई प्राविधिक ज्ञान दिएको बताए । उनले भने, ‘हामीले उत्पादन बढाउन र कृषिमा लाग्ने रोगहरूको बारेमा जानकारी दिने गरेका छौँ । अहिले उहाँ जस्ता अरू किसानहरूले पनि प्रविधिको माध्यमबाट कम लगानीमा मनग्य आम्दानी गरिरहनु भएको छ ।’

    उखुको विउमा आफ्नै प्रविधि

    उखुको बिउ पनि उनी आफै तयार गर्ने गरेका छन् । परम्परागत शैलीमा उखु लगाउँदा एक बिघा क्षेत्रफलका लागि ८० क्वीन्टल उखु चाहिन्छ । तर, उनले उत्पादन गरेको नर्सरी विधिबाट उखु लगाउँदा एक बिघाको लागि २० क्वीन्टल उखु भए पुग्ने उनको दाबी छ ।

    ‘३० क्वीन्टल उखुको मूल्यले त सिंचाइ खर्च र लगाउँदाको लगानी पनि उठाउँछ’ उनी भन्छन् ‘यो विधिबाट लगाएको उखुको उत्पादन पनि निकै राम्रो छ ।’

    उनका अनुसार परम्परागत शैलीले लगाएको उखुबाट प्रति बिघा ५ सय क्वीन्टल उखु उत्पादन हुने गरेको छ । उनले तयार गरेको नर्सरी

    विउबाट प्रति बिघा १५ सय क्वीन्टल उखु उत्पादन हुने गरेको उनी बताउँछन् ।

    ‘यस वर्ष विउ अझै राम्रो भएको छ । त्यसैले एक बिघामा २ हजार क्वीन्टल उखु उत्पादन गर्ने मेरो लक्ष्य छ,’ उनी भन्छन् ‘कृषिबाट पनि धेरै आम्दानी गर्न सकिने रहेछ भनेर अरूलाई पनि सिकाउँदै आइरहेको छु ।’

  • बागमती प्रदेश सरकारद्वारा पाँच किसान पुरस्कृत

    बागमती प्रदेश सरकारद्वारा पाँच किसान पुरस्कृत

    काठमाडौं । बागमती प्रदेश सरकारले यस वर्ष प्रदेश भित्रका उत्कृष्ट पाँच किसान छनोट गरी ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’ प्रदान गरेको छ ।

    बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत कृषि विकास निर्देशनालय हेटौंडाले यस वर्ष उत्कृष्ट किसानको छनोट गरेर सो पुरस्कार प्रदान गरेको हो ।

    पुुरस्कृत हुनेमध्ये पहिलो स्थानमा नोबेल एग्रीकल्चर फर्म चितवनका कृष्णप्रसाद न्यौपाने, दोस्रोमा एसएस कटफ्लाओर नर्सरी काठमाडौंका अन्जना आचार्य, तेस्रोमा लालीगुराँश डेरी फार्म एण्ड रिर्सच सेन्टर चितवनका कृष्ण भण्डारी, चौथोमा एग्रो एण्ड लाइभस्टक नेपाल प्रालि रामेछापका राजनबहादुर लामा र पाँचौ स्थान हुनेमा मेलापात अर्गानिक एग्रो फार्म भक्तपुरका कबिन्द्र श्रेष्ठ रहेका छन् ।

    मन्त्रालयले प्रदेशभित्र किसानका विभिन्न विधाअन्तर्गत दूध उत्पादन, प्रशोधन, विविधकरण तथा बजारिकरण क्षेत्रमा अतुल्य योगदान पुर्‍याउँदै आएका किसानलाई पुरस्कृत गरिएको हो ।

  • रोपाइँको रौनक ! हेर्नुस् तस्वीर

    रोपाइँको रौनक ! हेर्नुस् तस्वीर

    काठमाडौं । आज असार १५, अर्थात राष्ट्रिय धान दिवस । २०६१ सालमा सरकारले आजको दिनलाई राष्ट्रिय धान दिवसको रूपमा मनाउने निर्णय गरेको थियो ।

    आज मुलुकभर नै रोपाइँ उत्सव गरेर यो दिवस मनाइँदैछ । दही-चिउरा खाने, हिलो छ्यापाछ्याप गर्ने, ठाउँअनुसार परम्परागत रूपमा साँस्कृतिक कार्यक्रम गरेर दिवस मनाउने चलन परम्परादेखि नै छ । मानो रोपेर मुरी उब्जाउने यो बेला कोरोना संक्रमणको जोखिमकै बीच बिहानदेखि साँझसम्म कृषकलाई चटारो छ ।

    नेपालमा खेती हुने कुल जमिनको ४७ प्रतिशतमा धान खेती हुन्छ । त्यसमा १४ लाख ७३ हजार हेक्टर क्षेत्रफलमा ५६ लाख २१ हजार मेट्रिक टन धान फल्ने कृषि विभागले जनाएको छ । विभिन्न कारण मानिसमा खाद्य संस्कृतिको परिवर्तनले आन्तरिक उत्पादनले माग नधान्दा चामल आयातको क्रम भने बढ्दो छ ।

    राष्ट्रिय योजना आयोगका सदस्य डा. कृष्णप्रसाद ओली, जन्मनुअघिदेखि मृत्युपर्यन्तसम्म धानको प्रयोग हुने मुलुकमा अनुसन्धान गरी हाइब्रिड धानको विकास जरुरी रहेको बताउँछन् ।

    कोरोनाको जोखिमका कारण सरकारी तबरबाट हुने राष्ट्रिय धान दिवस समारोह भने आज औपचारिकतामा सीमित भएको छ ।

    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
  • बुङ्‍मतीका व्यस्त किसान

    बुङ्‍मतीका व्यस्त किसान

    काठमाडौं । मनसुन भित्रिएसँगै खेतबारीमा किसानको व्यस्तता पनि बढेको छ ।

    मानो रोपेर मुरी उब्जाउने यो बेला कोरोना संक्रमणको जोखिमकै बीच बिहानदेखि साँझसम्म कृषकलाई चटारो छ । केहीदिन लगातार पानी परेपछि उपत्यका आसपासका क्षेत्रमा कृषकहरूको खटाइको दृष्यले मन्त्रमुग्ध बनाउँछ ।

    ललितपुर बुङ्‍मतीका किसानहरू झरीमा रुझ्दै बीउ गोड्ने, काढ्ने, हिलोआली र रोपाइँमा व्यस्त देखिएका छन् ।

    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
  • किसानका उत्पादन कुहिए खेतबारीमा, भारतीय तरकारी पुगे घरघरमा

    किसानका उत्पादन कुहिए खेतबारीमा, भारतीय तरकारी पुगे घरघरमा

    रुपन्देही । कोरोना महामारी भएपनि हरेक परिवारका लागि दिनहुँ चाहिने अत्यावश्यक वस्तु हो तरकारी । तर यस्तो समयमा पनि किसानका उत्पादन बजारमा लैजान नदिएर स्थानीय सरकारले किसानका उत्पादनलाई बारीमै कुहाउन बाध्य पारेका छन् ।

    कृषिमार्फत किसानलाई राहत दिन रुपन्देहीका धेरै स्थानीय सरकारले शुरु गरेका यस्ता योजनामा सहभागी भएका स्थानीय किसान आफ्नो उत्पादनले बजार नपाउँदा निरास भएका छन् ।

    ‘बजारमा रहेका आफ्ना आफन्तहरुले तरकारीको मूल्य सुनाउदा अचम्म परेको छु, मेरो बारीमा उत्पादन भएको तरकारी यसै खेर गएको छ, ३ किलोमिटरमा रहेको बुटवलको मुख्य बजारमा पुराउन पाइएको छैन’बुटवल उपमहानगरपालिका-१५ का किसान अमृत शर्मा बताउँछन् ।

    ‘विचौलियाका कारण हामी उत्पादन गर्नेले लागत मूल्य पाएका छैनौ, उता उपभोक्ताले तीनदोब्बर मूल्यमा खरिद गर्नुपरेको अवस्था छ, त्यसमाथि अहिलेको बन्दले त तयार भएका उत्पादन कतै पठाउनसमेत पाइएको छैन, सरकार अरु सबै छाडेर किसानको उत्पादनको बजारीकरणलाई ध्यान देऊ’ किसान अमृतले सुझाए ।

    देवदह नगरपालिकाका किसान तिलोचन दाहालले पनि उस्तै पीडा सुनाउँछन् । ‘महामारीले किसानका उत्पादन खेतबारीमै सडाउनुपरेको छ, विचौलियाले यहाँको उत्पादन छाडेर भारतबाट अनेक बहानामा ल्याएर बजारमा पुराएका छन्, कोरोना किसानका उत्पादन बजारमा पठाउँदा लाग्दैन सबै स्थानीय सरकारले किसानको उत्पादनका बजारीकरणलाई तत्काल ध्यान दिन आवश्यक छ’ दाहालले भने ।

    शुद्धोधन ३ का कृषक रामशरण लोध आफ्नो खेतमा उत्पादन भएको तरकारी सबै गाईवस्तुलाई खुवाउनुपरेको पीडा सुनाउछन् । भन्छन्,‘के गर्ने हामीहरुको आवाज कसैले सुन्दैन, यति धेरै मेहनत गरेर तयार गरेको तरकारी बजारमा लैजान पाइएको छैन, महामारीले त हामीलाई डुबाउने भयो ।’

    शुद्धोधन १ राजन मल्लाहले तयार गरेका उत्पादन बजारमा लान प्रहरीले रोक्ने गरेको गुनासो गरे । ‘अहिले गाउँक्षेत्रमा रहेका तरकारी बजार लैजान प्रहरीले रोकेको छ, तर बजार क्षेत्रमा भारतबाट आएका तरकारी गाडीमा घरघरमा पुग्ने गरेको सुनेका छौं यो त अन्याय भयो’ मल्लाहले भने ।

    भारतबाट ल्याएर बेच्न दिने तर यहाँको उत्पादनलाई रोक्ने कामले महामारी रोकेर दुख नदिन किसान रामनाथ लोध बताउँछन् ।
    रुपन्देहीका धेरै क्षेत्र हरियो तरकारी उत्पादनमा आत्मनिर्भरजस्तै बनेका छन् ।

    बिगतका वर्षमा प्रदेश तथा स्थानीय सरकारले कृषि एम्बुलेन्स संचालन गरेकाले केही सहज भएको थियो । तर यो पटक धेरै समस्या भएको बेलाह कृषि सहकारीका अध्यक्ष सुनिल हरिजन बताउँछन् ।

    कृषिमार्फत किसानलाई राहत दिन कोरोना उद्धार परियोजनाअन्तर्गत रूपन्देहीको सैनामैनामा सञ्चालन गरिएको परियोजना बजारकै व्यवस्थापन नगरी सुरु गरिएको कार्यक्रमले नोक्सानी बेहोरेको छ ।

    ४० लाखको लगानी रहेको कार्यक्रमबाट जम्मा ५० हजार आम्दानी देखिएको छ । सैनामैना नगरपालिका, सेतो गुराँस बाल विकास सेवा रूपन्देही तथा सयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडीपीको कोभिड–१९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना पहिलो वर्षमा असफल देखिएको हो ।

    सैनामैना नगरपालिका -७ मा सञ्चालित उक्त परियोजनामा १५ जना कृषकहरूले मिलेर सामूहिक रूपमा तरकारीदेखि फलफूल खेती गर्दै आएका छन् ।

    यद्यपि ९ महिनादेखि निरन्तर रूपमा खटिएका कृषकहरू उत्पादनले बजार पाउनेबेला कुहिएका बन्दागोपी र लौका हेरेर चित्त बुझाउन बाध्य भएका छन् । बहुतले वृक्षारोपण कार्यक्रमलाई सैनामैना नगरपालिकाले २५ लाख र युएनडीपीले झन्डै १५ लाख लगानी गरेर सञ्चालनमा ल्याएको हो । समूहका अध्यक्ष एवम् कृषक लक्ष्मण पौड्यालले सुरुमा जस्तो जोश जागर हराउँदै गएको हो कि भन्ने भान भएको बताउँछन् ।

    ‘अब आम्दानी लिनेबेला गोपी जति कुहिएर मल बनायौं,’ पौडेलले भने,‘भनेजस्तो बजार पनि पाइएन । केही सामान्य तरकारी बेचेको भए पनि अरू बारीमै थन्किए । कोभिडमै उद्धारका लागि सञ्चालन गरिएको परियोजना कोभिडकै कारण मर्कामा परेको छ । बजारमा लगेर बेच्न पनि पाइएको छैन ।’

    उनले लौका, बोडी, टमाटर, ठुलो कागती, लिची जस्ता तरकारी र फलफूल गरेर साढे ५ बिगाहामा उत्पादन सुरु गरेको दैनिक लुम्बिनीलाई जानकारी दिए । यतिका समयमा गरेको मेहेनतले जम्माजम्मि ५० हजार मात्र रकम समूहमा जम्मा भएको दुखेसो गर्छन् ।

    ‘मेहेनतका हिसाबले त हामी अहिलेलाई घाटामा छाैं,’ कृषकमध्येका एक सदस्यले भने,‘लामो समयसम्म रहने प्रोजेक्ट भएका कारण पछिलाई राम्रो होला भनेर धैर्य गरेर बसेका छाैं।’ उनले कृषकहरू पूर्ण व्यवसायिक नहुँदासम्म यसले प्रतीफल नदिने स्वीकारे ।

    यता परियोजनाका प्रमुख दिनेश क्षेत्रीले वर्षौंदेखि खाली रहेको जमिनलाई खेतीमा परिणत गर्दै नेपालकै नमूना फर्म बनाउने लक्ष्यका साथ अगाडि बढेको बताउँछन् । रिसर्च सेन्टरका रूपमा परिणत गरेर कृषकहरूलाई धेरैभन्दा धेरै लाभ लिने वातावरण बनाइने क्षेत्रीले दाबी गरे ।

    ‘यो वर्षमात्रै १० लाख बराबरको तरकारी र फलफूल बेच्ने योजना थियो । तर सम्भव नभएकै हो, क्षेत्रीले आगामी योजनाबारे थप्दै गए – १ बिगाहामा फूलखेती समेत गरेर वार्षिक रूपमा ४० लाखको उत्पादन गर्नेगरी अगाडि बढ्ने छाै‍ं । तर त्यसका लागि १५ जना कृषकहरूले पनी विशेष चासोका साथ योजनालाई मूर्तरूप दिनेगरी लाग्नुपर्‍यो ।’उनले भने ।

    सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले पहिलो वर्ष सोचेजस्तो सफल नहुनुमा कृषकहरू पनि दोषी रहेको बताए । ‘हामीले भरपुर सहयोग गरेका छौं,’ कार्की भन्छन्– ‘उत्पादन भएका तरकारीहरू घरघरमा पुगेर कृषकहरू आफैले बेच्नुपर्‍यो नी ! त्यसका लागि सबैभन्दा पहिला व्यवसायिक चेतना हुन जरूरी छ ।’

  • निषेधाज्ञामा किसानको समस्या सम्बोधन गर्न सहजीकरण गरिरहेका छौं : मन्त्री अर्याल

    निषेधाज्ञामा किसानको समस्या सम्बोधन गर्न सहजीकरण गरिरहेका छौं : मन्त्री अर्याल

    काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले निषेधाज्ञामा किसानको समस्या सम्बोधनका लागि आवश्यक सहजीकरण गर्ने काम भएको बताएकी छन् ।

    गत वर्षको बन्दाबन्दीमा किसानहरु प्रत्यक्ष मारमा परेकाले त्यसबाट पाठ सिक्दै अहिलेको बन्दाबन्दीमा किसानका कामलाई सहज हुनेगरी व्यवस्था मिलाइएको मन्त्री अर्यालले बताएकी हुन् ।

    मंगलबार मन्त्रालयमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री अर्यालले किसानले उत्पादन गरेको कृषि उपजको आयात, निर्यात, ढुवानी, मल, बिउ, औषधीको ओसार–पसार, मासु, अण्डा, दुधजस्ता सबै वस्तु तथा सामानका सवारीसाधनलाई निर्वाध रुपमा संञ्चालन गर्नेे व्यवस्था मिलाइएको बताइन् ।

    अहिले देशका केही स्थानमा कृषि उपजको बजारीकरणमा समस्या देखिएको गुनासो आएको र यसलाई सम्बोधन गर्न ७ प्रदेशका कृषि मन्त्री र सचिवसँग छलफल गर्न लागिएको समेत जानकारी गराइन् ।

    यस्तै कोभिड संक्रमणको जोखिम बढ्दै जाँदा बन्दाबन्दी लम्बिन सक्ने र यसले कृषि क्षेत्रलाई थप असर गर्ने कुरालाई ध्यान दिदैँ किसान तथा व्यवसायीलाई सरकारले गर्नसक्ने सहयोग बारे अध्ययन÷छलफल गर्न मन्त्रालयले कार्यदल बनाएको पनि भइसकेको उनले जानकारी दिइन् ।

    यो कार्यदलले बन्दाबन्दीले किसालाई पर्न गएको असुविधा र क्षतिको मुल्यांकन गरी क्षतिपूर्ति दिने बारे पनि सुझाव दिनेछ । कृषि मन्त्री अर्यालले कृषि उपजको अनलाइन बजार र कृषि एम्बुलेन्सको अवधारणामा छलफल भइरहेको बताइन् ।

    अघिल्लो पटकजस्तो दुःख अहिले किसानले भोग्न नपरेको मन्त्री अर्यालको भनाई छ । कृषि मन्त्रालयले सबै तहका सरकार र सरोकारवालाहरु सँग समन्वय गरेर काम भइरहेको उनी बताउँछिन् ।

  • किसानको वर्गीकरण गरी परिचयपत्र दिइने, कृषि अनुदानमा परिमार्जन

    किसानको वर्गीकरण गरी परिचयपत्र दिइने, कृषि अनुदानमा परिमार्जन

    काठमाडौं, ५ माघ । कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले किसानहरुको वर्गीकरण गरेर कृषि कार्यक्रमलाई वितरण गरिने बताएकी छन् ।

    अखिल नेपाल महिला संघ (अनेमसंघ) केन्द्रीय समितिका पदाधिकारी तथा जनप्रतिनिधि महिलाहरुसँग आयोजित कार्यक्रममा मन्त्री अर्यालले यस्तो जानकारी दिएकी हुन् ।
    पहिलो चरणमा किसानहरुको वर्गीकरण गरी किसान परिचयपत्र वितरण गरिने मन्त्री अर्यालको भनाई थियो ।

    मन्त्री अर्यालले भनिन्, ‘किसानहरुको वर्गीकरण गरी परिचयपत्र वितरणको काम सम्पन्न गर्छौ । वर्गीकरणका आधारमा कृषि कार्यक्रमलाई व्यवस्थित ढंगले अगाडी बढाउछौ । आगामी फागुनदेखी यो कार्यक्रम द्रुतरुपले अगाडी बढ्छ ।’

    किसानहरुको हकहितका निम्ती स्थापना गरिएको किसान आयोगलाई शक्तिशाली बनाइने पनि मन्त्री अर्यालले बताइन् ।

    त्यस्तै कृषि मन्त्रालयमार्फत वितरण गरिदै आएको अनुदानका कार्यक्रमहरु परिमार्जन गरिने बताउदै मन्त्री अर्यालले कतिपय अनुदानलाई बन्द नै गर्नुपर्ने अवस्था रहेको बताएकी छन् ।

    किसानहरुलाई मलको अभाव हुन नदिन मन्त्रालयले काम अगाडी बढाइसकेको भन्दै मन्त्री अर्यालले अब किसानहरुलाई मलको अभाव हुन नदिने बताइन् ।

    उनका अनुसार देशभरका स्थानीय तहलाई आफ्नो स्थानीय तहमा वर्षभरी चाहिने मलको माग पठाउन माघ अन्तिमसम्मको समय दिइएको छ ।

  • लुम्बिनी चिनी मिलले  तिर्‍यो उखु किसानको पैसा

    लुम्बिनी चिनी मिलले तिर्‍यो उखु किसानको पैसा

    रुपन्देही । संचालक पक्राउ परेर धरौटीमा छुटेपछि पश्चिम नवलपरासीको सुनवलस्थित लुम्बिनी चिनी उद्योगले किसानलाई तिर्नुपर्ने  रकम बैंक खातामा जम्मा गरेको छ ।

    ऊखु किसानको उजुरीका आधारमा सो उद्योगले रकम नतिरेपछि प्रहरीले उद्योगी मनोज अग्रवाललाई नियन्त्रणमा लिएको थियो ।

    हप्ता दिनभित्र रकम जम्मा गर्ने जिल्ला प्रशासन कार्यालयमा प्रतिबद्धता जनाएअनुसार अग्रवालले सबै रकम बैंकमा जम्मा गरेका हुन् । उद्योगले किसानलाई २ वर्ष अघिदेखिको ७ करोड ८० लाख रुपैयाँ तिर्न बाँकी रहेको प्रमुख जिल्ला अधिकारी सागर मणि पाठकले बताए । पहिलो चरणमा उद्योगले खातामा ३ करोड ८० लाख रुपैयाँ जम्मा गरेको छ ।

    तत्कालीन सञ्चालक मनिष अग्रवालको निधनपछि उद्योगको स्वामित्व उनकी पत्नी सुशिला गोयलको नाउँमा गएको छ । अंशवण्डाका क्रममा उद्योग मनोजको भागमा परेकाले केही दिनमा स्वामित्व हस्तान्रण भएपछि खातामा होल्ड गरिएको रकम वितरण गरिने प्रशासनले जनाएको छ ।

    भुक्तानी दिनुपर्ने बाँकी ४ करोड रुपैयाँ नेपाल राष्ट्र बैंक आदर्श नगर वीरगञ्ज शाखामा रहेको रकममध्ये बाट तिर्ने भनी अग्रवालले प्रशासन कार्यालयमा बैंक स्टेटमेण्ट बुझाएका छन् ।

    बैंक स्टेटमेण्ट अनुसार अपुग ४ करोड रुपैयाँ अग्रवालको खाताबाट होल्ड गर्न नेपाल राष्ट्र बैंकलाई पत्रचार गरिएको र उद्योगको स्वामित्व मनोजका नाउँमा आउने वित्तिकै उद्योगको खातामा रकम पठाएर वितरण सुरु गरिने प्रजिअ पाठकले जानकारी दिएका छन् ।

    इन्दिरा चिनी उद्योगका संचालक पक्राउ परेनन्

    यता किसानको ५ करोड बढी भुक्तानी गर्न बाँकी रहेको नवलपरासीको प्रतापपुरस्थित इन्दिरा चिनी उद्योगले भने अहिलेसम्म रकम तिर्न बास्ता गरेको छैन ।

    पक्राउ पुर्जी जारी गरिएका सञ्चालक राकेश अग्रवाललाई पक्राउ गरेर किसानको रकम भुक्तानी गराउनेतर्फ पहल नगरिएको उखु किसानको गुनासो छ ।

    अग्रवालको खोजी कार्य भइरहेको प्रशासनले जनाएको छ । तर प्रशासनले नचाहेकै कारण संचालक पक्राउ पर्न नसकेको उखु किसान संघर्ष समितिको गुनासो छ ।

     

  • उखु किसानको आन्दोलनको समर्थनमा सडक नाटक

    उखु किसानको आन्दोलनको समर्थनमा सडक नाटक

    उखु किसानहरुको समर्थनमा कलाकारहरुले बिहीबार सडक नाटक प्रस्तुत गरेका छन् । नाटकमा किसानको ऋण, मल तथा उखुको बक्यौता नपाएको विषयलाई प्रस्तुत गरीएको थियो ।
    नेपाल सरकारले तोकेबमोजिमको मूल्य र उद्योगीले दिनुपर्ने बक्यौता रकम नपाएका सर्लाहिका उखु किसानहरु विगत ५ दिनदेखि काठमाडौंको माइतीघरमा आन्दोलनरत छन् । नाटक काठमाडौंको माइतीघरमा प्रस्तुत गरीएको थियो ।

  • माइतीघरमा उखु किसानको प्रदर्शन (फोटो फिचर)

    माइतीघरमा उखु किसानको प्रदर्शन (फोटो फिचर)

    सर्लाहीबाट काठमाडौं आएका उखु किसानले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन्। गत वर्ष पुसमा सरकारले उखु किसानसँग गरेको सम्झौता कार्यान्वयन नभएपछि सर्लाहीका उखु किसान पुनः आन्दोलनका लागि आइतबार काठमाडौं आएका छन् ।