Tag: कर्पोरेट प्रेस

  • कुमारी बैंकका ग्राहकलाई बन्दिपुर केबलकार एण्ड टुरिजममा विशेष छुट

    कुमारी बैंकका ग्राहकलाई बन्दिपुर केबलकार एण्ड टुरिजममा विशेष छुट

    काठमाडौं । कुमारी बैंक लिमिटेड र बन्दिपुर केबल कार एण्ड टुरिजम लिमिटेड बिच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई बन्दिपुर केबल कारबाट प्रदान गरिने विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

    स सम्झौता बमोजिम बन्दिपुर केबल कार एण्ड टुरिजम लिमिटेडबाट प्रदान गरि आएको सेवाहरुमा कुमारी बैंकका ग्राहकहरूलाई केबलकार टिकट, स्काई साईकिलिङ र जिपलाईन टिकट तथा डाईभ इन रेष्ट्रोमा १३% सम्मको छुट दिने सम्बन्धमा सम्झौता भएको छ ।

    बैंकको तर्फबाट बैंकका गण्डकी प्रदेश प्रमुख सुदर्शन जंग राणा र केबल कारका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोमन मान श्रेष्ठ बिच मिति २०८२÷०८÷०७ मा छुट सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

    विगत २४ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिंदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१७ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ४८ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

  • नेपालमा शाओमी १५टी: लाइका क्यामेरा प्रविधिका साथ आकर्षक मूल्यमा

    नेपालमा शाओमी १५टी: लाइका क्यामेरा प्रविधिका साथ आकर्षक मूल्यमा

    काठमाडौं । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीको नयाँ शाओमी १५टी ले नेपालका स्मार्टफोन प्रयोगकर्तालाई व्यावहारिक र मूल्यअनुरूपको नयाँ विकल्प दिएको छ । लाइकासँग सहकार्य गरेर तयार गरिएको क्यामेरा तथा प्रिमियम हार्डवेयरका कारण यो उत्कृष्ट छ । साथै यसले दैनिक प्रयोगमा पनि सहज महसुस गराउँछ ।

    क्यामेरा (Camera)

    शाओमी १५टी को सबैभन्दा उल्लेखनीय विशेषता यसको बहुपयोगी क्यामेरा सेटअप हो, जसले दैनिक जीवनका तस्विरहरू राम्रो गुणस्तरका साथ खिच्न सक्छ । ५० मेगापिक्सेलको मुख्य क्यामेरामा OmniVision Light Fusion 800 सेन्सर र OIS (अप्टिकल इमेज स्टेबलाइजेशन) प्रयोग गरिएको छ, जसले F/1.7 लेन्समार्फत स्पष्ट र जीवन्त तस्विर खिच्न मद्दत गर्छ ।

    लाइका क्यामेराका कलर प्रोफाइल र इफेक्टले तस्विरमा प्राकृतिक र प्रिमियम अनुभूति थप्छ । दैनिक फोटो खिच्ने प्रयोगकर्ताका लागि यो सेटअप पर्याप्त र शक्तिशाली छ । यसले गर्दा महँगो फ्ल्यागशिप फोन बिना पनि राम्रो फोटो लिन सकिन्छ ।

    तपाईंलाई अत्यधिक जुम आवश्यक छैन वा प्रायः अँध्यारोमा फोटो खिच्नुपर्दैन भने, यो क्यामेरा सेटअप दैनिक फोटोग्राफीका लागि धेरै नै व्यावहारिक छ ।

    प्रदर्शन ( Performance)

    शाओमी १५टी मा १२ जिबी LPDDR 5X RAM र ५१२ जिबी UFS ४. १ स्टोरेज छ, जुन स्मार्टफोनका लागि अत्याधुनिक मेमोरी प्रविधि हो । १२ जिबी LPDDR 5X RAM ले स्मूथ मल्टिटास्किंग सुनिश्चित गर्छ, जसले धेरै एप्स एकसाथ चलाउँदा पनि स्लो हुँदैन । यसले गेम खेल्दा वा एप्स छिटो सर्ने अवस्थामा राम्रो पावर एफिसिएन्सीसहित छिटो डेटा गति पनि दिन्छ । ५१२ जिबी UFS ४.१ स्टोरेजले UFS ४० भन्दा ५०% छिटो एप स्थापना, छिटो फाइल ट्रान्सफर र सिस्टम प्रतिक्रिया (responsiveness) सुनिश्चित गर्छ ।

    यसमा हजारौं तस्बिर, 4k भिडियो, ठूला गेम फाइलहरू र थुप्रै एप्स अटनसक्ने स्टोरेज क्षमता छ । शाओमी १५टी मा भएको ५१२ जिबी सबैजसो प्रयोगकर्ताका लागि पर्याप्त हुन्छ । यस संयोजनले गेमिङ, फोटोग्राफी र दैनिक कामहरूमा उत्कृष्ट प्रदर्शन सुनिश्चित गर्छ ।

    डिजाइन र बनोट (Design and Build )

    यो फोन प्लास्टिक फ्रेममा डिजाइन गरिएको छ, जसको वजन केवल १९४ ग्राम रहेको छ त्यसैले लामो समयसम्म गेम खेल्दा पनि उपकरणलाई चिसो राख्न मद्दत गर्छ । आईपी ६८ प्रमाणपत्रले यसलाई पानी र धुलो प्रतिरोधी बनाउँछ भने डिस्प्लेमा Corning Gorilla Glass 7i ले दैनिक प्रयोगका लागि टिकाउपन सुनिश्चित गर्छ । खरिदकर्ताले कालो, खैरो र रोज गोल्ड रंग विकल्पहरू छान्न सक्छन्, सबैमा आकर्षक मेटालिक फिनिश छ जसले फोनको देखिने शैली अझ प्रभावशाली बनाउँछ ।

    डिस्प्ले गुणस्तर (Display Quality)

    शाओमी १५टी मा ६.८३ इन्चको ओ एल इ डी स्क्रिन छ जसले हेर्ने अनुभव नै फरक पार्छ । यसको स्क्रिन १ .५ के रेसोलुशनको स्क्रिनले तस्बिर र भिडियो क्लियर देखिन्छन् । साथै १२० हर्ट्ज़ रिफ्रेश रेट भएकोले फोन चलाउँदा, स्क्रोल गर्दा वा गेम खेल्दा, सबै सबै फिचरहरू सहज र सुविधाजनक हुन्छ । स्क्रिनको उज्यालोपन ३,२०० निट्स सम्म पुग्न सक्छ, जस्ले गर्दा घाममा पनि फोन सजिलै चलाउन सकिन्छ । यसमा एच डी अर १०+ र डोल्बी विसन सपोर्ट पनि छ, जसले गर्दा मुभी वा भिडियो हेर्दा रङहरू सुस्पष्ट देखिन्छन्, र स्क्रिनको टच रिस्पोन्स पनि छिटो भएकोले छुने बित्तिकै चल्छ। यसको स्क्रिनमा पी दब्ल्यु एम डिमिङ्ग टेक्नोलोजी भएकोले तपाईंलाई कम उज्यालोपनमा स्क्रिनको फ्लिकर (झिलमिल) ले आँखामा खासै असर पर्न दिँदैन ।

    ब्याट्री लाइफ (Battery Life)

    ५,५००mAh को ठूलो ब्याट्रीले मध्यमदेखि भारी प्रयोगमा पनि पूरा दिन सजिलै चल्छ र कम प्रयोग गर्नेले एउटै चार्जमा दुई दिनसम्म पनि चलाउन सक्छ । ६७वाट तारको चार्जिङ प्रयोग गर्दा, दिइएको ६७ वाट पावर एडप्टरले करिब ५० मिनेटमा १००% चार्ज हुन्छ । यसमा वायरलेस चार्जिङ नभए पनि चार्ज गर्न सजिलो छ ।

    थप सुविधाहरू (Additional Features)

    शाओमी १५टी मा पूर्ण कनेक्टिविटी विकल्पहरू छन्, जसमध्ये डुअल सिम (नानो), WiFi 6E ( डुअल-ब्यान्ड), Bluetooth 6.0, र पूर्ण पोजिसनिङ सिस्टम (GPS, Glonass, Galileo, Beidou, QZSS, र NavIC) समावेश छन् । यसमा USB— C सपोर्ट, NFC (कन्ट्याक्टलेस भुक्तानीका लागि) र 4GLTE तथा 5G नेटवर्क सर्पोट छ, जसले प्रयोकर्तालाई अहिले र भविष्यमा धेरै सजिलोसमेत बनाउने छ ।

    सुरक्षा र सेन्सर सुविधाहरू (Security Features and Sensors)

    फोनमा सजिलो पहुँचका लागि अप्टिकल इन – डिस्प्ले फिङ्गरप्रिन्ट सेन्सर र फेस अनलक सुविधा छन् । साथै, यसमा पूर्ण सेन्सर सेट पनि छ। एक्सेलेरोमिटर, एम्बियेन्ट लाइट, कलर टेम्प्रेचर, ई-कम्पास, फ्लिकर सेन्सर, जाइरोस्कोप, आईआर ब्लास्टर र प्रोक्सिमिटी सेन्सर रहेको छ जसले प्रयोग गर्दा फोनको पूर्ण कार्यक्षमता सुनिश्चित गर्छ ।

    मूल्य र उपलब्धता (Price and Availability)

    १२ जिबी / ५१२ जिबी स्टोरेज भेरियन्टको मूल्य रु. ६४,९९९ रहेका शाओमी १५टी दैनिक प्रयोगका लागि उत्कृष्ट डिस्प्ले गुणस्तर, ब्याट्री लाइफ र लाइका क्यामेरा अनुभव प्रदान गर्छ साथै समान मूल्यमा प्रिमियम सुविधाहरू दिन्छ । यो उपकरण नेपालभरका शाओमीका अधिकृत बिक्रेता तथा रिटेल नेटवर्कमार्फत उपलब्ध छ ।

    त्यस्तै मात्र ४०% डाउन पेमेन्टमा ९ महिनासम्मको सहज किस्ता सुविधा पनि उपलब्ध छ । जसले गर्दा धेरै प्रयोगकर्ताका लागि शाओमी १५टी पहुँचयोग्य छ ।

  • एनआईसी बैंकका ग्राहकलाई काइरोप्रैक्टिक एण्ड म्यानुअल थेरापी सेन्टरमा १० प्रतिशत छुट

    एनआईसी बैंकका ग्राहकलाई काइरोप्रैक्टिक एण्ड म्यानुअल थेरापी सेन्टरमा १० प्रतिशत छुट

    काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले Chiropractic and Manual Therapy Centre मा सेवा लिँदा विशेष छुट उपलब्ध हुने सम्बन्धमा थेरापी सेन्टर र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस सम्झौता पश्चात यस बैंकका ग्राहकले बालुवाटार तथा त्रिपुरेश्वर, काठमाडौं र बुटवलमा रहेको यस सेन्टरका शाखाहरुमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

    यस सुविधाको उपयोग गर्न ग्राहकले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक (Mobank) एप मार्फत भुक्तानी गर्नुपर्ने छ । उक्त थेरापी सेन्टरसँगको यस सहकार्यले ग्राहकलाई स्वास्थ्य उपचारमा सहयोग हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

  • प्रोटोन ईमासको काठमाडौँमा एक्सचेन्ज अफर १ दिन थप गर्दै २४ सम्म विस्तार

    प्रोटोन ईमासको काठमाडौँमा एक्सचेन्ज अफर १ दिन थप गर्दै २४ सम्म विस्तार

    काठमाडौँ । जगदम्बा मोटर्स प्रा.लि. अन्तर्गत सञ्चालन हुने नेपालकै अग्रणी इलेक्ट्रिक सवारी साधन (इभी) ब्रान्ड प्रोटोन ईमासले विशेष एक्सचेन्ज अफर कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ।

    पूर्वनिर्धारित अवधिमा १ दिन थपिएका कारण, यो कार्यक्रम नोभेम्बर २१ देखि २४ सम्म काठमाडौँको ज्ञानेश्वरस्थित एटीकमा आयोजना हुने भएको छ। चार दिनसम्म सञ्चालन हुने यस कार्यक्रममा विद्यमान सवारी साधन एक्सचेन्ज गर्न चाहने ग्राहकहरूलाई प्रोटोन ईमासका प्रमुख विशेषताहरू, सेवा सुविधा तथा अफरका फाइदाबारे विस्तृत जानकारी प्रदान गरिने कम्पनीले जनाएको छ।

    एक्सचेन्ज अफर रु. ४६.९९ लाखदेखि सुरु हुनेछ। प्रोटोन ईमास ७ ले शक्तिशाली १६० किलोवाट मोटर पावर, १८० मिमी ग्राउण्ड क्लिरेन्स तथा ४९२ र ५८५ किमि एनइडिसी रेञ्ज प्रदान गर्दछ।

    उन्नत सुरक्षात्मक तथा प्रिमियम डिजाइन सुविधासहितको यो EV को लम्बाइ ४६१५ मिमी रहेको कम्पनीले उल्लेख गरेको छ।

    यस विशेष अफरमार्फत ग्राहकहरूले अत्याधुनिक इभीमा अपग्रेड गर्ने उत्कृष्ट अवसर पाउने भएका छन्।

  • कोशी एक्सिलेन्स अवार्ड-२०२६, फागुन ७ मा

    कोशी एक्सिलेन्स अवार्ड-२०२६, फागुन ७ मा

    काठमाडौं । कोशी प्रदेशको पर्यटन, व्यापार र सामाजिक सांस्कृतिक पहिचान प्रवर्धका लागि योगदान गर्ने उद्देश्यले आगामी फागुन ७ गते कोशी एक्सिलेन्स अवार्ड२०२६ आयोजना हुने भएको छ ।

    गत वर्ष शिक्षा, स्वास्थ्य, सञ्चार, साहित्य, पर्यटन, कृषि, कर्पोरेट, बैंकिङ, खेलकुद, सामाजिक, स्टार्टअप, टेक्नोलोजी र बिमालगायत विधामा कोशी प्रदेशका विशिष्ट योगदान गर्ने व्यक्तित्वलाई अवार्ड प्रदान गरिएको थियो ।

    यस वर्ष अवार्डलाई अझ परिष्कृत र प्रभावशाली बनाउन तीन नयाँ विधा अटोमोबाइल, सङ्गीत र पुँजीबजार थप गरिएको नयन मिडिया फाउन्डेसनका अध्यक्ष पवन अधिकारीले बताए ।

    अवार्डका लागि निर्णायक समिति गठन गरिएको छ । समितिको प्रमुख सल्लाहकारमा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर महाप्रसाद अधिकारी छन् । संविधानसभा सदस्य पवन शारडाको संयोजकत्वमा चार सदस्यीय निर्णायक मण्डल गठन गरिएको छ ।

    सुनसरीको इटहरीस्थित सोल्टी वेस्टेन्ड होटलमा आयोजना हुने अवार्ड समारोहको तयारी सुरु भएको फाउन्डेसनका अध्यक्ष अधिकारीले बताए । अवार्डमार्फत कोशी प्रदेशमा जन्मिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मान गरिँदै आएको छ।

  • नबिल बैंकले पायो अविमोच्य असञ्चिति अग्राधिकार शेयर निष्कासन अनुमति

    नबिल बैंकले पायो अविमोच्य असञ्चिति अग्राधिकार शेयर निष्कासन अनुमति

    काठमाडौं । नबिल बैंकले अविमोच्य असञ्चिति अग्राधिकार शेयर निष्कासनका लागि अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले बैंकलाई उक्त शेयर निष्कासन गर्ने अनुमति दिएको हो ।

    सेबोनका अनुसार नबिललाई ‘८ प्रतिशत नबिल अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ जारी गर्न अनुमति दिइएको हो । यो अनुमति नेपालमा नै पहिलो पटक दिइएको हो ।

    बैंकले पाँच करोड कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको छ । जसको मूल्य प्रति कित्ता एक सय रुपैयाँ तोकिएको छ । लाभांश दर ८ प्रतिशत रहेको सेबोनले जनाएको छ ।

    उक्त शेयर निष्कासन एनआईसी एसिया क्यापिटलले गर्नेछ । यो शेयरमा संस्थागत लगानीकर्ताले आवेदन दिन पाउँछन् ।

    अविमोच्य असञ्चिति अग्राधिकार सेयर कुनै पनि बैङ्क तथा वित्तीय संस्थाको साधारण सेयरको तुलनामा प्राथमिकता प्राप्त अथवा प्रोमोटर इक्विटी सेयर जस्तै हो । धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका नवौँ पटक संशोधन गर्दै बोर्डले अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्कासनका लागि बाटो खुलाइदिएको थियो ।

    राष्ट्र बैङ्कले प्राथमिक पुँजी कोष कम भएकाले दबाबमा रहेका बैङ्क तथा वित्तीय संस्थालाई अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्न एक वर्षअघि नै बाटो खुला गरिदिए पनि धितोपत्र बोर्डमा यस्तो सेयर जारी गर्न व्यवस्था नहुँदा बैङ्कहरूले सेयर जारी गर्न पाएका थिएनन् ।

    बोर्डले निर्देशिका संशोधन गरेसँगै राष्ट्र बैङ्कबाट स्वीकृति पाएका बैङ्क तथा वित्तीय संस्थाले अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्कासनका लागि बोर्डमा आवेदन दिन सक्ने व्यवस्था लागू भएको थियो ।

    यो व्यवस्थाअनुसार बैङ्कहरूले संस्थापक सेयरधनीले मात्रै किनबेच गर्न पाउने यस्तो सेयर जारी गर्न सक्ने, यस्तो सेयरको अङ्कित मूल्य एक सय रुपियाँ हुने निर्देशिकामा उल्लेख छ ।

    बोर्डले गरेको व्यवस्थाले बैङ्कहरूको पुँजी कोषको दबाब कम हुने तथा कर्जा लगानी क्षमतासमेत बढ्ने अपेक्षा गरिएको छ । पछिल्लो समय बैङ्कहरूको पुँजी कोषमा दबाब रहेको छ । बैङ्क तथा वित्तीय संस्थामा पर्याप्त तरलता भए पनि केही बैङ्कको प्राथमिक पुँजी कोष निकै कम छ ।

    निर्देशिका अनुसार बैङ्क तथा वित्तीय संस्थाले परिपत्र विधिमार्फत ५० जनाभन्दा कम हुने गरी संस्थागत लगानीकर्तालाई मात्रै यस्तो सेयर निष्कासन गर्न सक्ने छन् । परिपत्र विधिमार्फत निष्कासन हुने यस्तो सेयरमा सर्वसाधारण लगानीकर्ता, धितोपत्र व्यवसायी तथा सामूहिक लगानी कोषले लगानी गर्न पाउने छैनन् ।

  • सिजीको ‘दसैं–तिहार लक्की ड्र’ को दोस्रो विजेता घोषणा

    सिजीको ‘दसैं–तिहार लक्की ड्र’ को दोस्रो विजेता घोषणा

    काठमाडौं । सिजी ब्रान्डको दसैं–तिहार योजना” अन्तर्गत सञ्चालित “स्मल होम एप्लायन्सेस पाक्षिक लक्की ड्र” (Small Home Appliances Fortnightly Lucky Draw) को विजेता घोषणा गरेको छ ।

    यस योजनामा सहभागी ग्राहकहरूमध्येबाट झापा जिल्ला, बिर्तामोड निवासी केशव खनाल विजेता बन्न सफल भएका छन्। विजेता खनाललाई एक विशेष कार्यक्रमका बीच कम्पनीले ‘सिजी मेरिडिया सिग्नेचर सिरिज’ (CG Meridia Signature Series) अन्तर्गतको विशेष होम एप्लायन्सेस गिफ्ट प्याक उपहार स्वरूप प्रदान गरेको छ। यस सुखद अवसरमा चौधरी ग्रुप परिवार विजेता खनाललाई हार्दिक बधाई ज्ञापन गर्दछ ।

    सिजी स्मल होम एप्लायन्सेस: नेपाली परिवारको भरपर्दो साथी

    सिजी ब्राण्डले लामो समयदेखि नेपाली उपभोक्ताको दैनिक जीवनलाई सहज र सरल बनाउने उद्देश्यले उत्कृष्ट गुणस्तरका साना घरायसी उपकरणहरू उपलब्ध गराउँदै आएको छ। मिक्सर–ग्राइन्डर, जुसर, ब्लेन्डर, कुकर, इन्डक्शन चुलो, फ्यान, हिटर, भ्याकुम क्लिनर, इलेक्ट्रिक केतली, टोस्टर, ग्रिलर र कफी मेकर जस्ता उपकरणहरू सुपथ मूल्य, आकर्षक डिजाइन र दीर्घकालीन कार्यक्षमतासहित बजारमा उपलब्ध छन् ।

    सिजीका साना घरायसी उपकरणका मुख्य विशेषताहरू:

    • अत्याधुनिक प्रविधि: टिकाउ र कम बिजुली खपत गर्ने (Energy-efficient) प्रविधि ।
    • विशेष डिजाइन: नेपाली भान्सा र जीवनशैलीलाई सुहाउँदो एर्गोनोमिक (Ergonomic) डिजाइन ।
    • सेवा विस्तार: नेपालभरि नै फैलिएको सर्भिस नेटवर्क । (Nationwide Service Coverage) ।
    • निरन्तर सुविधा: नियमित रूपमा आउने आकर्षक अफर र उपहार योजनाहरू ।
    • विश्वास: ‘सिजी इन्स्पायरिङ लाइफ’ (CG Inspiring Life) को ३ दशक लामो ब्राण्ड विश्वसनीयता ।

     

    ४० वर्षभन्दा बढी समयदेखि नेपाली उपभोक्ता इलेक्ट्रोनिक्स बजारमा अग्रणी भूमिका निर्वाह गर्दै आएको सीजी इलेक्ट्रोनिक्सले गुणस्तरीय उत्पादन, नवप्रवर्तन र उत्कृष्ट सेवा मार्फत लाखौं नेपाली परिवारको विश्वास जितेको छ।

    देशभर २० वटा आधुनिक शोरुमहरू, ४० वटा सेवा केन्द्रहरूमार्फत कम्पनीले बिक्रीपछिको सेवा सुनिश्चित गर्दै आएको छ। साथै, ग्राहकहरूका सुविधाका लागि कम्पनीले आफ्नो आधिकारिक वेबसाइट cgdigital.com.np मार्फत अनलाइन बिक्री सेवा पनि प्रदान गर्दै आएको छ।

    यस सञ्जालले ग्राहकलाई छिटो, भरपर्दो र प्राविधिक रूपमा दक्ष सेवा प्रदान गर्दै, सीजी ब्रान्डलाई गुणस्तर र विश्वसनीयताको पर्याय बनाएको छ।

     

  • फिस्टेल ड्रिम पार्कको आईपीओ निष्काशन गर्न बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल नियुक्त

    फिस्टेल ड्रिम पार्कको आईपीओ निष्काशन गर्न बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल नियुक्त

    काठमाडौं । आयु इन्टरटेन्मेन्ट लिमिटेडले पर्यटकिय नगरी पोखरामा रहेको फिस्टेल ड्रिम पार्कको सर्वसाधारणलाई जारी पूँजीको २० प्रतिशतका दरले प्रति शेयर अंकित मूल्य रु. १००।– मा आइपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले ३०,००,००० कित्ता शेयर निष्काशन गर्नको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

    आज मङ्सिर ०३ गते बुधवार नेपाल लाइफ क्यापिटल लिमिटेड कमलपोखरी स्थित कार्यालयमा सम्पन्न एक कार्यक्रमका बीच कम्पनीले नेपाल लाइफ क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । सम्झौता पत्रमा आयु इन्टरटेन्मेन्ट लिमिटेडका तर्फबाट अध्यक्ष कदम के.सी.तथा नेपाल लाइफ क्यपिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष घिमिरेले हस्ताक्षर गरे ।

    सारथी ग्रुप सहितको लगानी रहेको उक्त पार्कमा देशकै प्रतिष्ठित उद्यमी तथा पोखराका पर्यटन व्यवसायीहरुको लगानी रहेको छ । करिब ५७ रोपनी जग्गामा फैलिएको उक्त पार्क सबै उमेर समुहको लागि मनोरञ्जन लिने रमणिय पार्क हो ।

    उक्त फिस्टेल ड्रिम पार्कमा वाटर पार्क, वेब पुल तथा साहसिक खेलहरु सहितको आनन्द लिन सकिने नेपालको हालसम्मकै सबैभन्दा ठुलो मनोरञ्जन पार्कको रुपमा रहेको छ ।

    नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहायक कम्पनी नेपाल लाइफ क्यापिटल लिमिटेड धितोपत्र बोर्डबाट लगानी व्यवस्थापन, धितोपत्र प्रत्याभूती, निक्षेप सदस्य सेवा, योजना व्यवस्थापक, डिपोजिटरी सेवा, संस्थागत परामर्श, शेयर रजिष्ट्रेशन र निष्काशन तथा बिक्री प्रबन्ध गर्ने अनुमती प्राप्त मर्चेन्ट बैंकिङ्ग संस्था हो ।

  • शिखर इन्स्योरेन्सबाट वार्षिकोत्सवको अवसरमा कर्मचारी सम्मानित

    शिखर इन्स्योरेन्सबाट वार्षिकोत्सवको अवसरमा कर्मचारी सम्मानित

    काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २१औं वार्षिकोत्सव भव्य रुपमा सम्पन्न गरेको छ । उक्त अवसरमा कम्पनीमा २० वर्ष सेवा अवधि पुरा गरेका ११ जना कर्मचारीलाई सुनको सिक्का र १० वर्ष सेवा अवधि पूरा गरेका ३० जना कर्मचारीहरूलाई चाँदीको सिक्का सहित प्रमाणपत्र प्रदान गरी उनीहरूको समर्पण, मेहनत र दीर्घकालीन योगदानको प्रशंसा गरिएको थिया ।

    वार्षिकोत्सवको अवसरमा देशभर आयोजित रक्तदान कार्यक्रममा १४३९ युनिट रगत संकलन गरिएको थियो। शिखर इन्स्योरेन्सले आगामी दिनमा प्रविधिमैत्री सेवा विस्तार, ग्राहक–मैत्री सेवा प्रवाह तथा सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यक्रमहरूलाई अझ सुदृढ गर्दै, उत्कृष्ट, भरपर्दो र नवप्रवर्तनयुक्त बीमा सेवा प्रदान गर्ने दृढ प्रतिबद्धता व्यक्त गरेको छ ।

  • माइडियाको पीटीसी सेरामिक हिटर सार्वजनिक

    माइडियाको पीटीसी सेरामिक हिटर सार्वजनिक

    काठमाडौं । अन्तर्राष्ट्रिय होमअप्लायन्स ब्रान्ड माइडियाले आफ्नो नयाँ 2000W PTC Ceramic Heater (Model: NTH20-22FR) नेपाली बजारमा प्रस्तुत गरेको छ। नेपालमा मिडिया ब्रान्डका उत्पादनहरूको बिक्री तथा वितरण CG Electronics मार्फत हुँदै आएको छ, र यो मोडेल पनि सोही वितरण सञ्जालमार्फत उपभोक्तासमक्ष उपलब्ध गराइएको हो।

    उपलब्ध आधिकारिक फाइल अनुसार, यस हिटरमा PTC Ceramic Heater Technology प्रयोग गरिएको छ। यस मोडेलमा Overheat Protection तथा Tip-over Protection उपलब्ध छ, जसले तापक्रम अत्यधिक हुँदा वा उपकरण ढल्किएको अवस्थामा स्वतः सुरक्षा प्रदान गर्ने सुविधा उपलब्ध गराउँछ।

    हिटरमा Multiple Temperature Selection सुविधा दिइएको छ, जसले आवश्यक अनुसार तापमान मिलाउन मद्दत गर्छ। साथै, फाइलमा Wide Angle Oscillation रहेको उल्लेख छ, जसले तातो हावालाई फराकिलो दिशामा प्रवाह गर्न सहयोग गर्छ।

    यस मोडेलमा 24-hour Timer सुविधा रहेको छ, जसले समय सेट गरी सहज रूपमा हिटर सञ्चालन गर्न सकिन्छ। साथै, Eco Mode Setting उपलब्ध गरिएको छ, जुन Energy Saving प्रविधिको रूपमा उल्लेख गरिएको छ।

    यसका साथै, यो मोडेललाई अझ सहज र सुविधाजनक बनाउने विशेष फिचरका रूपमा Remote Control पनि प्रदान गरिएको छ, जसको माध्यमबाट टाढैबाट हिटरका सबै आवश्यक सेटिङहरू सहज रूपमा नियन्त्रित गर्न सकिन्छ।

    उपकरणमा Digital LED Display रहेको र फाइलमा यसलाई Easy to Carry को रूपमा उल्लेख गरिएको छ, जसले यसको पोर्टेबल र हल्का डिजाइनलाई संकेत गर्छ।

    कम्पनीका अनुसार, नेपालभरका CG Digital शो–रुमहरू, CG Electronics डिलर नेटवर्क, तथा प्रमुख E-commerce प्लेटफर्महरू मार्फत माइडियाको नयाँ PTC Ceramic Heater (Model: NTH20-22FR) को बिक्री सुरु गरिएको छ।

    माइडियाका गिजर तथा हीटिङ उत्पादनहरूमा भाग र मोडेलअनुसार दीर्घकालीन वारेन्टी उपलब्ध रहेको र सबै उत्पादनहरू अन्तर्राष्ट्रिय सुरक्षा–मानकअनुसार तयार गरिएको कम्पनीले जनाएको छ।

  • नबिल बैंकको अपोइन्टमेन्ट बैंकिङ सेवा १३ शाखामा विस्तार

    नबिल बैंकको अपोइन्टमेन्ट बैंकिङ सेवा १३ शाखामा विस्तार

    काठमाडौँ । नबिल बैंक लिमिटेडले अपोइन्टमेन्ट बैंकिङ सेवा विभिन्न शाखामा विस्तार गरेको छ । हाल बैंकको तीनधारास्थित केन्द्रीय कार्यालयमा मात्रै उपलब्ध यो सेवा अब भने काठमाडौँ उपत्यकाका १३ शाखामा उपलब्ध हुने बैंकले जनाएको छ ।

    बैंकबाट प्रवाह हुने सेवालाई अझ प्रभावकारी, ग्राहकमैत्री र डिजिटल रुपमा अगाडि बढाउने उद्देश्यले अपोइन्टमेन्ट बैंकिङ सेवा विस्तार गर्न लागिएको बैंकले जनाएको छ । व्यस्त पेशाकर्मी, व्यवसायी तथा समयको अभाव हुने ग्राहकलाई सहज रुपमा छिटो सेवा दिने उद्देश्यले सेवा विस्तार गर्न लागिएको बैंकको भनाइ छ ।

    बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले उक्त सेवा विस्तारसँगै ग्राहक र बैंकबीचको सम्बन्ध अझ सुमधुर हुनेमा विश्वास व्यक्त गरे । “नबिल बैंक ग्राहकलाई सहज रुपमा नविनतम सेवा प्रदान गर्न प्रतिबद्ध छ, अपोइन्टमेन्ट बैंकिङ सेवा विस्तारले ग्राहकलाई आफ्नो अनुकुल समयमा सहज सेवा लिन सहयोग पुग्नेछ ।”

    बैंकका अनुसार हाल यो सेवा कौशलटार, बौद्ध, नयाँ बानेश्वर, मैतिदेवी, काँडाघारी, बिजुली बजार, तीनधारा, ललितपुर, घण्टाघर, कुमारीपाटी, महाराजगञ्ज, न्यूरोड र त्रिपुरेश्वरस्थित बैंकका शाखा कार्यालयमा उपलब्ध हुनेछ ।

    यस सेवामार्फत ग्राहकले नगद तथा चेकको कारोबार लाईनमा नबसि छिटो र छरितो रुपमा गर्न पाउनेछन् । डिजिटल प्रविधिको अधिकतम उपयोग गर्दै बैंकिङे अभ्यासलाई छिटो र छरितो बनाउन अपोइन्टमेन्ट बैंकिङ सेवाले सहयोग गर्ने बैंकको भनाइ छ । ग्राहकले नबिल बैंकको वेबसाइट वा एनबैंक एपमार्फत सहजै अपोन्टमेन्ट लिन सक्नेछन् ।

    नबिल बैंक नेपालको एक अग्रणी बैंक हो । नबिलले २५ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २६८ शाखा र ३२१ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ । विगत चार दशकदेखि नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुङ्गाका रूपमा काम गर्दै आएको छ ।

  • शिखर इन्स्योरेन्सको २१औँ वार्षिकोत्सव- देशव्यापी रुपमा गरियो रक्तदान कार्यक्रम

    शिखर इन्स्योरेन्सको २१औँ वार्षिकोत्सव- देशव्यापी रुपमा गरियो रक्तदान कार्यक्रम

    काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २१सौँ वार्षिकोत्सवको अवसरमा देशव्यापी रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । देशभरी बढ्दो रगतको माग रहेको परीपेक्षमा यस कम्पनीले सातवटै प्रदेशमा रहेका आफ्ना कार्यालयहरुको अगुवाईमा साताव्यापी रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

    सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना गरिएको यस कार्यक्रममा कोशि प्रदेशबाट ५३ युनिट, मधेश प्रदेशबाट १६७ युनिट, बागमती प्रदेशबाट ६३९ युनिट, गण्डकी प्रदेशबाट ७९ युनिट, लुम्बिनी प्रदेशबाट ४३५ युनिट, कर्णाली प्रदेशबाट ४४ युनिट र सुदुरपश्चिम प्रदेशबाट २२ युनिट गरी कुल १४३९ युनिट रगत जम्मा भएको छ ।

    उक्त कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा कम्पनीको संचालक समिति, प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापक समिति, आयोजक कार्यालयहरु, नेपाल रेडक्रसकाे सहयाेग थियाे ।

  • सिजीको ‘क्रम्प्टन दशैं-तिहारको ठूलो हर्ष’ अभियानका लक्की ड्र विजेता घोषणा

    सिजीको ‘क्रम्प्टन दशैं-तिहारको ठूलो हर्ष’ अभियानका लक्की ड्र विजेता घोषणा

    काठमाडौं । सीजी इलेक्ट्रोनिक्सले आयोजना गरेको ‘क्रम्प्टन दशैं–तिहारको ठूलो हर्ष’ अभियान अन्तर्गत लक्की ड्र को विजेताको घोषणा गरेको छ।

    ‘क्रम्प्टनदशैं–तिहारको ठूलो हर्ष’ अभियान अन्तर्गत लक्की ड्र मार्फत कृष्ण मल्लले क्रम्प्टन मिक्सर ग्राइन्डर जितेका हुन् ।

    क्रम्प्टन भारतको सबैभन्दा विश्वासिलो ब्राण्ड मध्ये एक हो, जसले ८५ वर्षभन्दा बढी समयदेखि गुणस्तरीय फ्यान, एयर कुलर, वाटर हिटर, मिक्सर ग्राइन्डर लगायतका होम अप्लायन्स उत्पादन र बिक्री गर्दै आएको छ।

    सीजी इलेक्ट्रोनिक्स नेपालमा कन्ज्युमर डुराबल्स र होम अप्लायन्स वितरण गर्ने अग्रणी कम्पनी हो। यसले विश्वस्तरीय ब्राण्डहरुलाई नेपाली बजारमा सहज पहुँच दिलाउँदै आएको छ।

  • बालाजुमा नयाँ भेस्पा तथा अप्रिलिया सर्भिस सेन्टर सञ्चालनमा

    बालाजुमा नयाँ भेस्पा तथा अप्रिलिया सर्भिस सेन्टर सञ्चालनमा

    काठमाडौं । भेस्पा तथा अप्रिलियाका नेपालका आधिकारिक बिक्रेता डेल्टा अटोकोर्प प्रा. लि. ले बालाजु, भ्याली कोल्ड स्टोरको विपरीत, सानिमा बैंक नजिकै नयाँ भेस्पा तथा अप्रिलिया सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ ।

    नयाँ सर्भिस सेन्टरले २०८२ मंसिर १ गतेदेखि आधिकारिक रूपमा सेवा प्रदान गर्न थालेको हो, जसले ग्राहकहरूलाई बिक्री पछिको सेवामा अझै सहज पहुँच सुनिश्चित गर्ने कम्पनीको प्रतिबद्धतालाई थप सुदृढ बनाएको छ ।

    सर्भिस सेन्टरको उद्घाटन डेल्टा अटोकोर्प प्रा. लि. का प्रमुख कार्यकारी अधिकृत तथा निर्देशक विजय कुमार महतोद्वारा सम्पन्न भयो । यसले काठमाडौं उपत्यकाभरका भेस्पा तथा अप्रिलिया प्रयोगकर्ताहरूसम्म सेवाको पहुँच र सहजता विस्तार गर्ने कम्पनीको निरन्तर लक्ष्यमा अर्को महत्वपूर्ण उपलब्धिको रूपमा चिन्हित भएको छ ।

    आधुनिक उपकरण, उन्नत मेशिनरी तथा व्यावसायिक रूपमा प्रशिक्षित प्राविधिकहरूसहित सुसज्जित यस नयाँ बलाजु सर्भिस सेन्टरले ग्राहकहरूलाई प्रिमियम सर्भिसिङ, मर्मत, डाएग्नोस्टिक सेवा तथा जेनुइन स्पेयर पाट्र्स उपलब्ध गराउँदै विश्वसनीय र सहज अनुभव प्रदान गर्ने उद्देश्य राखेको छ ।

    ‘बलाजुस्थित हाम्रो नयाँ सर्भिस सेन्टर सञ्चालनमा ल्याउन पाउँदा हामी अत्यन्त खुसी र गर्व महसुस गर्दैछौँ,’ डेल्टा अटोकोर्प प्रा। लि। का प्रमुख कार्यकारी अधिकृत तथा निर्देशक विजय कुमार महतोले भने, ‘यस विस्तारले भेस्पा तथा अप्रिलियाप्रति हामीले व्यक्त गर्दै आएको प्रतिबद्धतालाई सार्थकता प्रदान गर्नुका साथै, हाम्रो सम्मानित ग्राहकहरूलाई अझ नजिकबाट उच्चस्तरीय सेवा र भरपर्दो समर्थन उपलब्ध गराउने हाम्रो प्रयासलाई थप मजबुत बनाएको छ ।’

  • सफ्टी हाइजिनलाई उत्कृष्ट करदाता सम्मान

    सफ्टी हाइजिनलाई उत्कृष्ट करदाता सम्मान

    काठमाडौं । १४औं राष्ट्रिय कर दिवसको सन्दर्भमा आन्तरिक राजस्व कार्यालय मकवानपुरद्धारा आयोजित करदाता सम्मान कार्यक्रममा सफ्टी हाइजिन प्रालिले आव २०८०/८१ को आयकरतर्फ सर्वोत्कृष्ट भई उत्कृष्ट करदाता सम्मान प्राप्त गरेको छ ।
    आन्तरिक राजस्व कार्यालय मकवानपुरका प्रमुख कर अधिकृत युक्त प्रसाद सुवेदीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी थिए ।

    उक्त कार्यक्रममा सफ्टी हाइजिन प्रालि का अध्यक्ष यादव घिमिरेले आफ्नो मन्तव्यका क्रममा कर तिर्नु भनेको कानूनी दायित्व मात्र नभइ समग्र राष्ट्रको विकासमा योगदान पनि हो भने । उनले इमान्दारीपूर्वक कर तिर्ने र कर तिर्न आनाकानी गर्ने सबैलाई राज्यले एउटै बास्केटमा हालेर व्यबहार गर्दा खल्लो लागेको र आगामी दिनमा समग्र कर प्रशासन सुधार गर्न करदातालाई सम्मानजनक व्यवहारको खाँचो औल्याए ।

    साथै सरकारले करदाताबीच कसले बढी कर तिर्ने भन्ने पतिस्प्रर्धात्मक वातावरण बनाउन सके समग्र राजस्व प्रणालीमा उल्लेखनीय सुधार आउन सक्नेतर्फ इंगित गर्दै सोही अनुरुप पाइला चाल्न अनुरोध समेत गरे ।

    उपभोक्ता माझ अत्यन्तै लोकप्रिय रहेको सफ्टीका सेनेटरी प्याड, टिस्यु पेपर, डाइपर, वेवी वाइप्सजस्ता उत्पादनहरु कम्पनीले विगत दश वर्षदेखि उत्पादन तथा बिक्री वितरण गदै आइरहेको छ ।

    आगामी दिनमा गुणस्तरमा अझै सुधार गर्दै उपभोक्तामैत्री उत्पादनमा ध्यान दिई उपभोक्ताहरुको मनमनमा बस्ने कोशिश गर्ने उक्त कम्पनी निर्देशक विजय पोखरेलले बताए ।

  • एनपीएलका सबै खेल Dish Home GO मा : लाइभको सबै तयारी पूरा

    एनपीएलका सबै खेल Dish Home GO मा : लाइभको सबै तयारी पूरा

    काठमाडौँ । डिश मिडिया नेटवर्कले नेपाली प्रिमियर लिग (NPL) दोस्रो संस्करणका सबै खेल DishHome GO मार्फत मात्र एक्सक्लुसिभ लाइभ स्ट्रिमिङ हुने जनाएको छ। क्रिकेट एसोसिएसन अफ नेपाल (CAN) बाट OTT प्रसारण अधिकार पाएसँगै कम्पनीले सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको हो।

    DishHome GO बाट हुने प्रसारण YouTube मा भने उपलब्ध नहुने बताइएको छ । सबै खेलहरू Clean Feed (बिना विज्ञापन) मार्फत प्रसारण गरिने भएकाले दर्शकले अत्याधुनिक, अवरोधरहित र उच्च गुणस्तरको स्ट्रिमिङको अनुभव पाउने उल्लेख गरिएको छ।

    OTT प्लेटफर्ममा NPL हेर्न दर्शकले मोबाइल वालेट वा अन्तर्राष्ट्रिय कार्ड दुवैबाट सजिलै भुक्तानी गर्न सक्नेछन्।

    मोबाइल वालेट:

    • eSewa

    • Khalti

    अन्तर्राष्ट्रिय कार्ड:

    • VISA

    • MasterCard

    दर्शक जहाँ भए पनि मोबाइल, ल्यापटप वा टिभीबाट Season Pass किन्न सक्ने र सोही आधारमा सम्पूर्ण खेल हेर्न, पुनःप्रसारण हेर्न तथा अन्य सामग्रीहरू पहुँच गर्न सकिने कम्पनीले बताएको छ। सब्सक्रिप्सन शुल्क निम्नानुसार तोकिएको छ ।

    • नेपालभित्रका दर्शक : रु. 300

    • मध्यपूर्वका दर्शक : रु. 500

    • अन्य देशका दर्शक : USD 10

    एक पटक सदस्यता लिएपछि NPL 2 का सबै खेल DishHome GO मा निरन्तर हेर्न सकिन्छ।

    DishHome GO निम्न प्लेटफर्महरूमा उपलब्ध छः

    • Android वा iOS मोबाइल एप

    • Android TV

    • वेब ब्राउजर (DishHome को आधिकारिक वेबसाइट)

    नयाँ दर्शकका लागि यो एप Google Play Store र Apple App Store दुवैमा उपलब्ध छ।

    DishHome GO ले विश्वस्तरीय स्ट्रिमिङ सुनिश्चित गर्न अन्तर्राष्ट्रिय प्रविधि कम्पनीहरूसँग सहकार्य गरेको छः

    • Mobiotics – 2 मिलियनभन्दा बढी concurrent viewers ह्यान्डल गर्ने अनुभव (ICC Champions Trophy)

    • Akamai – Hotstar मार्फत IPL स्ट्रिमिङ समर्थन गर्ने विश्वविख्यात CDN प्रदायक

    यसले NPL 2 को स्ट्रिमिङ छिटो, स्थिर र उच्च रेजोलुसनमा हुने कम्पनीको दाबी छ ।

  • आइएमई खल्ती लिमिटेडको सिइओमा प्रवीण रेग्मी नियुक्त

    आइएमई खल्ती लिमिटेडको सिइओमा प्रवीण रेग्मी नियुक्त

    काठमाडौं । आइएमई खल्ती लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा प्रवीण रेग्मी नियुक्त भएका छन् ।

    सोमबार बसेको सञ्चालक समितिको बैठकले रेग्मीलाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

    आइएमई डिजिटल सोलुसन लिमिटेड र खल्ती प्रालि एक आपसमा गाभिएर आइएमई खल्ती लिमिटेड बनेको हो । आइएमई खल्तीले २०८२ साउन १ गतेदेखि संयुक्त कारोबार शुरु गरेको थियो ।

    आइएमई खल्तीका सिइओ विनय खड्काको कार्यकाल सकिएपछि रेग्मीलाई आगामी चार वर्षका लागि सिइओमा नियुक्त गरिएको हो । उनी यसअघि आइएमई खल्तीको सञ्चालक समितिको सदस्य थिए ।

  • बुटवलमा सीजीको नयाँ शोरूम सञ्चालन

    बुटवलमा सीजीको नयाँ शोरूम सञ्चालन

    बुटवल । नेपालको सबैभन्दा ठूला इलेक्ट्रोनिक्स कम्पनीहरूमध्ये एक, CG Electronics ले आफ्नै इलेक्ट्रोनिक्स ब्रान्डको शोरूम ‘CG Digital आदर्श नगर पाल्पा रोड, ट्राफिक चोक, बुटवलमा यही मिति (२०८२/०७/२९) शनिबार देखि सञ्चालनमा ल्याएको छ। यससँगै, कम्पनीले देशव्यापी रूपमा २१ शो–रूम सञ्चालनमा आएको छ।

    अत्याधुनिक रिटेल मोडेलमा आधारित यो स्टोरमार्फत ग्राहकहरूले LG, CG, Media, Godrej, Crompton, Beko, Sensei, TCL, Burly, Kent, Black+Decker, Motorola, Nothing जस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डका होम र किचन एप्लायन्स, स्मार्ट टेलिभिजन, मोबाइल, ग्याजेट, उपकरण र प्रिमियम कन्जुमर इलेक्ट्रोनिक्सका व्यापक उत्पादनहरू एकै छानामुनि पाउन सक्नेछन्।

    कम्पनीका अनुसार, बुटवल–लुम्बिनी प्रदेशमा बढ्दो ग्राहक माग, गुणस्तरीय सेवा आवश्यकताहरू र आधुनिक जीवनशैलीलाई ध्यानमा राख्दै उच्चस्तरीय प्रोडक्ट र छिटो ग्राहक–सपोर्ट प्रणालीसहित सुव्यवस्थित र प्राविधिक रूपमा सुदृढ रिटेल सुविधा सञ्चालनमा ल्याइएको हो।

    उद्घाटन कार्यक्रममा स्थानीय निकायका अधिकारी, ग्राहक र सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। CG Digital ले आगामी दिनमा ग्राहक अनुभवलाई अझ सुदृढ गर्ने, डिजिटल पहुँचलाई देशका प्रमुख सहरी तथा उप–सहरी बजारमा विस्तार गर्ने, र अन्तर्राष्ट्रिय स्तरको ब्राण्ड पोर्टफोलियोसहित आधुनिक रिटेल अनुभवलाई मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

    कम्पनीले समग्र डिजिटल बजार प्रवृत्ति, ग्राहक रोजाइको बदलिँदो स्वरूप र उदयोन्मुख प्रविधिलाई ध्यानमा राख्दै समावेशी, पारदर्शी र ग्राहक–केन्द्रित व्यापार विस्तारमा निरन्तर केन्द्रित रहने जनाएको छ।

  • एनआईसी एशिया बैंकको लिलाम बिक्री सम्पत्तिका लागि अनलाइन पोर्टल सार्वजनिक

    एनआईसी एशिया बैंकको लिलाम बिक्री सम्पत्तिका लागि अनलाइन पोर्टल सार्वजनिक

    काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको नाममा रहेका बैंकिङ्ग सम्पत्तिहरु, गैर बैंकिङ्ग सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिसमेतको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले एक अनलाईन पोर्टल सार्वजनिक गरिसकिएको छ ।

    बैंकले सञ्चालनमा ल्याएको यस अनलाईन पोर्टल मार्फत बैंकले लिलाम बिक्री गर्ने सम्पत्तिहरु सम्बन्धी सम्पूर्ण सूचनाहरूको बारेमा विस्तृत जानकारी समेटिएको छ । यसको लागि ग्राहकहरुले लिलाम बिक्री सम्बन्धी प्रकाशन गरिएको सूचनामा रहेको क्युआर कोड स्क्यान गरी आउने पोर्टल https://auctionassistance.nicasiabank.com भित्र लिलाम बिक्रीमा रहेका सम्पत्तिहरूको कित्ता नं. तथा क्षेत्रफल सहितको विवरण, फोटो, नक्सा एवं उक्त सम्पत्तिको स्थान (लोकेशन) पहिचानका लागि गुगल म्याप सहितका विविध जानकारीहरू प्राप्त गर्न सक्नेछन् ।

    यसरी ग्राहकले बैंकले लिलाम बिक्रीमा राखिएको सम्पत्तिको सम्बन्धमा खरिद गर्न चाहेको सम्पत्तिको बारेमा थप जानकारी लिन आवश्यक भएमा सोही सम्पत्ति विवरण रहेको ठाउँमा उपलब्ध म्यासेज बक्समा आफ्नो पूरा नाम, इमेल ठेगाना, मोबाइल नम्बर, सम्पर्क ठेगाना राखी म्यासेज समेत पठाउन सकिने व्यवस्था बैंकले गरेको छ ।

    बैंकले सञ्चालनमा ल्याएको उक्त अनलाईन पोर्टलमा नियमित रुपमा बैंकिङ्ग सम्पत्ति, गैर बैंकिङ्ग सम्पत्ति तथा बैंकमा धितो सुरक्षण रही लिलाम बिक्रीमा रहेको सम्पत्तिहरु र लिलाम बिक्री सम्बन्धी अन्य सूचनाहरू प्रकाशित गरिने हुँदा खरिद गर्न इच्छुक ग्राहकले अनलाईन पोर्टलको लिंक https://auctionassistance.nicasiabank.com बाटै बिक्री हुने सम्पत्तिहरुको विस्तृत विवरणहरू सहितको जानकारी लिई लाभ लिन सक्ने बैंकले विश्वास लिएको छ ।

  • एनपीएलको इन्टरटेनमेन्ट पार्टनर बन्यो एलओडी क्लब

    एनपीएलको इन्टरटेनमेन्ट पार्टनर बन्यो एलओडी क्लब

    काठमाडौं । एनपीएलको दोस्रो सिजनमा एलओडी क्लब इन्टरटेनमेन्ट पार्टनर बन्ने भएको छ ।

    सोमबारदेखि किर्तिपुरस्थित क्रिकेट रंगशालामा सुरू हुने एनपीएलको दोस्रो सिजनमा एलओडी क्लब इन्टरटेनमेन्ट पार्टनर बन्ने भएको हो ।

    आइतबार एक कार्यक्रम गरेर क्लबका सीइओ रविन श्रेष्ठ र क्रिकेट एशोशिएसनका सचिव पारस खड्काले सम्झौता गरेका हुन् ।

    एनपीएलको खेल अवधिभर मनोरञ्जन पार्टनर बनेको क्लबका सिइओ श्रेष्ठले जानकारी दिए । उनका अनुसार खेल भइरहेको समय क्लबका डिजेहरूले ‘म्युजिक’ प्ले गर्ने छन् । क्लबका डिजेहरूले क्रिकेट रंगशालाको बुथमम बसेर म्युजिक प्ले गर्ने छन् ।

    ‘प्रत्येक खेलका खेलाडीहरूलाई विशेष कार्यक्रम गरेर क्लबमा स्वागत गरिन्छ,’ उनले भने,‘खेलमा सहभागी खेलाडी र खेल हेर्न आएका दर्शकलाई मनोरञ्जन गर्नु क्लबले जिम्मेवारी पाएको छ ।

    उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमान्डु गोर्खाज भिड्ने छन्।

    एनपीएलका ३२ खेलमध्ये २३ खेल फ्लडलाइटमा हुनेछ। बाँकी ९ खेल दिनमा हुनेछन्। लिग चरणका २८ खेल भने डे नाइटमा हुनेछ।

  • ‘एनपीएल सिजन २’ : एनसेल फाउन्डेसनले हरेक चौका वापत ४ वटा शैक्षिक सामग्री वितरण गर्ने

    ‘एनपीएल सिजन २’ : एनसेल फाउन्डेसनले हरेक चौका वापत ४ वटा शैक्षिक सामग्री वितरण गर्ने

    काठमाडौं । एनसेल फाउन्डेसनले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ का खेलहरूमा हानिने प्रत्येक चौका वापत ग्रामीण र दुर्गम क्षेत्रका सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरूलाई ४ वटा शैक्षिक सामग्री प्रदान घोषणा गरेको छ ।

    गत वर्ष एनपीएलसँगको साझेदारी अन्तर्गत २,६१२ विद्यार्थीहरु लावान्वित भएकाले यस वर्ष पनि एनसेल फाउन्डेसनले यो साझेदारीलाई निरन्तरता दिएको हो । गत वर्ष एनपीएलका खेलहरूमा कुल ६५३ चौका हानिएका थिए । क्रिकेटको रोमाञ्चकता शिक्षासँग जोडिएको यो कार्यक्रमका २,६१२ सहित एनसेलले देशभरका ९,००० भन्दा बढी विद्याथीहरुलाई शैक्षिक सामग्री वितरण गरिसकेको छ।

    क्रिकेटदेखि कक्षाकोठासम्मको यस नवीन पहलले विद्यार्थीहरुको पठनपाठनमा सकारात्मक परिवर्तन ल्याउने र शिक्षालाई प्रवर्द्धन गर्दै उज्ज्वल भविष्यका लागि अवसरहरूको ढोका खोल्न मद्दत पुर्‍याउने विश्वास लिएको छ ।

    विद्यार्थीहरुले प्राप्त गर्ने प्रत्येक शैक्षिक सामग्रीमा आवश्यक शैक्षिक सामग्रीहरु जस्तै स्कुल ब्याग, कापी, सिसाकलम, इरेजर, कटरलगायतका स्टेसनरी सामान समावेश हुन्छन् । यसले स्रोतको अभाव घटाउन सहयोग गर्नेछ र विद्यार्थीहरूको पठनपाठनमा योगदान गर्नेछ ।

    “क्रिकेटले हामी सबैलाई जोडेको छ, एनपीएलसँगको यस सहकार्यमार्फत सामुदायिक विद्यालयका विद्यार्थीहरूको उज्यालो भविष्यको लागि यो पहललाई अझै अगाडी बढाउन पाएकोमा हामी धेरै खुसी छौ,” एनसेलकी कर्पोरेट कम्युनिकेशन तथा सस्टेनेबिलिटी डाइरेक्टर विशाखा लक्ष्मी खड्काले भनिन् । “खेलमा प्रहार हुने प्रत्येक चौका विद्यार्थीहरुले भविष्यमा प्राप्त गर्ने अवसर, सिकाइ र हुर्काइसँग जोडिनेछन् ।”

    एनसेलका अनुसार फाउन्डेसनले प्रदान गर्ने शैक्षिक सामग्री नेपाल क्रिकेट संघ (क्यान), स्थानीय निकाय र कार्यन्वयन साझेदारलगायतको सहकार्यमा प्रदान गरिनेछ । यो पहलले क्रिकेट मैदानको उत्साह र खेलाडीका उत्कृष्ट प्रदर्शनमार्फत विद्यालयका कक्षाकोठासम्म पुगी पठनपाठनमा सुधार ल्याउन योगदान पुर्याउने विश्वास लिईएकोछ ।

  • एनपीएलमा विराटनगर किङ्सको इन्टरनेट एक्सपिरियन्स पार्टनरमा सुबिसु

    एनपीएलमा विराटनगर किङ्सको इन्टरनेट एक्सपिरियन्स पार्टनरमा सुबिसु

    काठमाडौं । नेपालको प्रमुख इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसु लिमिटेड नेपालकै ठुलो फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग(एनपीएल) दोस्रो सिजनमा विराटनगर किङ्सको अफिसियल इन्टरनेट एक्सपिरियन्स पार्टनर बनेको छ ।

    शुक्रबार आयोजित एक कार्यक्रमबिच सुबिसुका मार्केटिङ् प्रमुख सुजन कृष्ण प्रधान र विराटनगर किङ्सका तर्फबाट म्याड ड्रिम्स स्पोर्टस प्रालिका निर्देशक राजेश बजरिया ले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

    एनपीएलको दोस्रो संस्करण आज मंसिर १ गतेबाट सुरु हुँदैछ । एक महिनासम्म चल्ने यस प्रतियोगिता कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुनेछ । ‘राष्ट्रिय टिमका खेलाडी सन्दिप लामेछाने, प्रतिश जिसी लगायतका खेलाडी समावेश विराटनगर किङ्ससँग इन्टरनेट एक्सपिरियन्स पार्टनरको रुपमा  जोडिन पाउँदा हामी निकै उत्साहित छौं,’  सुबिसुका मार्केटिङ् प्रमुख सुजन कृष्ण प्रधानले भने, ‘यो सहकार्यले नेपाली खेलकुदमा सुबिसुको निरन्तरत सहकार्य र प्रतिवद्धता दर्शाएको छ ।’ प्रधानले आगामी दिनमा समेत सुबिसु नेपालको खेलकुद विकास र विस्तारमा निरन्तर हातेमालो गर्दै अगी बढ्ने प्रतिवद्धता समेत जायर गरे ।

    कार्यक्रममा विराटनगर किङ्सका तर्फबाट बोल्दै बजरियाले सुबिसु इन्टरनेटलाई अफिसियल इन्टरनेट एक्सपिरियन्स पार्टनरको रुपमा भित्र्याउन पाउँदा उत्साहित भएको बताएका छन् । उनले यो सहकार्यले नेपालको खेलकुद विकासमा हाम्रो प्रयासमा सुबिसु जस्ता कम्पनीले देखाएको विश्वासले थप दृढ बनाएको छ ।

  • नेपाल बैंकको ८९ औं वार्षिकोत्सव सम्पन्न

    नेपाल बैंकको ८९ औं वार्षिकोत्सव सम्पन्न

    काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्नो ८९औं वार्षिकोत्सव समारोह सम्पन्न गरेको छ । वि.सं.१९९४ साल कार्तिक ३० गते स्थापना भएको नेपाल बैंक लिमिटेड मिति २०८२ साल कार्तिक ३० गते आफ्नो ८८ औं वर्ष पुरा गरी ८९ औं वर्षमा प्रवेश गरेको अवसरमा प्रधान कार्यालयको प्राङ्गणमा आयोजित वार्षिकोत्सव समारोहको अध्यक्षता बैंकका सञ्चालक समितिका अध्यक्ष प्रा. डा. डिल्लीराज शर्माले गरेका थिए ।

    नेपालभर २३१ शाखा, २३७ एटिएम साथै ६१ वटा एक्टेन्सन काउन्टरको सञ्जाल मार्फत करिब २७ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिंङ प्रविधि मार्फत बैकिङ सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धि रुपमा अगाडि बढिरहेको छ । करिव १० लाख ग्राहकहरुले डिजिटल प्रविधि मार्फत् बैंकिंङ सेवा लिई लाभान्वित भएका छन् । विगत केही वर्षयता बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिई युवा जनशक्ति मार्फत नेपालभर बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

    उक्त वार्षिकोत्सव कार्यक्रममा २५ बर्ष अटुट सेवा गर्ने ३ जना, २० बर्ष सेवा गर्ने ५३ जना कर्मचारीहरुलाई पदक तथा प्रशंसापत्र प्रदान गरिएको थियो । तेसैगरि सुरक्षास्थितीको प्रतिकुल अवस्थामा पनि बैंकको सुरक्षा मजबुत गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने गौरादह शाखा र नयाँ वानेश्वर शाखाका सुरक्षकहरुलाई पुरस्कृत गरिएको थियो । उक्त कार्यक्रममा प्रादेशिक तथा भौगोलिक वर्गगत रुपमा उत्कृष्ट उपलब्धि हासिल गरेका १२ शाखालाई समेत पुरस्कृत गरिएको थियो ।

    अन्त्यमा, सभाका अध्यक्षज्यूले बैंकमा कर्मचारी वर्गलाई आगामी दिनमा अझ सशक्त रुपमा अघि बढ्न आग्रह गर्नुहुदै सबैले आ–आफ्ना अधिकार क्षेत्रभित्र रहेर उच्च मनोवल तथा इमान्दारीकासाथ कार्यक्षेत्रमा लाग्न प्रेरित गरे र बैंक व्यवस्थापनलाई सञ्चालक समितिको सदैव साथ रहने विश्वास समेत दिलाए ।

  • सिद्धार्थ बैंकको वार्षिक साधारण सभा सम्पन्न, ५ प्रतिशत बोनस शेयर बाड्ने

    सिद्धार्थ बैंकको वार्षिक साधारण सभा सम्पन्न, ५ प्रतिशत बोनस शेयर बाड्ने

    काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको चौबिसौं वार्षिक साधारण सभा सम्पन्न भएकाे छ।  आइतबार काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएकाे हाे ।  बैंकका सञ्चालक समितिका अध्यक्ष राहुल अग्रवालको अध्यक्षतामा बसेको सभाले आर्थिक वर्ष २०८१/८२ का लागि महत्वपूर्ण प्रस्तावहरू पारित गरेको छ ।

    सभाले बैंकको चुक्ता पूँजी रु. १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १९० रहेको अवस्थामा सेयरधनीहरूलाई ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको छ । यसअनुसार सेयरधनीहरूलाई रु. ७० करोड ४४ लाख ९९ हजार १० बराबरको बोनस शेयर प्राप्त हुने भएको छ। त्यसैगरी, ५.५३ प्रतिशत दरले रु. ७७ करोड ९१ लाख ७५ हजार ९०५ बराबरको नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने निर्णय पनि सभाले पारित गरेको छ ।

    सभाेले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, २०८२ असार मसान्तसम्मको वित्तीय विवरण, नाफा–नोक्सान विवरण, नगद प्रवाह विवरण तथा स्वपूँजीमा भएको परिवर्तनको विवरण समेत अनुमोदन गरेको छ। साथै, अर्को आर्थिक वर्षका लागि बाह्य लेखापरीक्षक नियुक्त गर्दै उनका पारिश्रमिक तोक्ने प्रस्ताव पनि पारित गरिएको छ ।

    बैंकले निरन्तर सेवा विस्तार, डिजिटल बैंकिङ मजबुतीकरण र वित्तीय पहुँचलाई सहज बनाउँदै स्थिर नाफामूलक वृद्धिमा केन्द्रित रहेको जनाएको छ । २४औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न भएसँगै बैंकले आगामी वर्षमा ग्राहक तथा सेयरधनीमैत्री नीतिहरूलाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

     

  • नबिल बैंकद्वारा मास्टरकार्ड डेविट कार्ड जारी, ग्राहकले प्रिमियम सुविधा पाउने

    नबिल बैंकद्वारा मास्टरकार्ड डेविट कार्ड जारी, ग्राहकले प्रिमियम सुविधा पाउने

    काठमाडौ‌ं । नबिल बैंकले मास्टरकार्ड नेटवर्कअन्तर्गत नयाँ डेविट कार्ड जारी गरेको छ । बैंकले ग्राहकको सुविधा र विद्युतीय भुक्तानीलाई अझ बढी समृद्ध बनाउने उद्देश्यले काठमाडौँमा आयोजित एक कार्यक्रममा नयाँ डेविट कार्ड जारी गरेको जनाएको छ । कार्यक्रममा नबिल बैंक र मास्टरकार्डका तर्फबाट वरिष्ठ अधिकारीहरुको उपस्थिति थियो ।

    बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले ग्राहकलाई उच्चस्तरीय सुविधा दिने बैंकको प्रतिबद्धतामा यो नयाँ उपलब्धि भएको बताए । उनले भने, “बैंकले सुरुआतदेखि नै ग्राहकलाई विश्वस्तरीय सुविधा उपलब्ध गराउँदै आएको छ, यसै यात्रामा नयाँ डेविट कार्ड जारी गरिएको हो ।”

    मास्टरकार्ड, दक्षिण एसियाका प्रडक्ट एण्ड सोलुसनका वरिष्ठ उपाध्यक्ष रवि दातलाले आफूहरु नयाँ डेविट कार्ड जारी गरी नबिल बैंकसँगको सहकार्यलाई थप बलियो बनाउन पाउँदा खुसी लागेको बताए । मास्टरकार्डमार्फत आफूहरु ग्राहकलाई सुरक्षित र सहज भुक्तानीको सुविधा उपलब्ध गराउन प्रतिबद्ध भएको उनको भनाइ छ ।

    नयाँ डेविट कार्डमार्फत ग्राहकहरुले मास्टरकार्डको विश्वस्तरीय सञ्जाल तथा दैनिक जीवनमा नयाँ बैंकिङ सेवाको अनुभव लिन पाउने बैंकले जनाएको छ । बैंकका अनुसार नयाँ डेविट कार्ड आकर्षक डिजाइनमा उपलब्ध हुनेछ ।

    जसमा शालीनता, स्वतन्त्रता र राष्ट्रिय गौरवको प्रतिक मानिने नेपालको राष्ट्रिय चरा डाँफेको चित्र अंकित गरिएको छ । मास्टरकार्डको नयाँ डेविट कार्ड प्रयोगकर्ताले प्रिमियम सुविधा पाउनेछन् । जसमा विभिन्न रेष्टुरेन्ट, स्पा, फिटसेन सेन्टर तथा मनोरञ्जनका क्षेत्रमा छुट उपलब्ध हुनेछ ।

    नबिल बैंक मास्टरकार्डको एक प्रमुख सदस्य हो । नबिल बैंक नेपालमा मास्टरकार्डको क्रेडिट कार्ड जारी गर्ने नेपालको पहिलो बैंक पनि हो । बैंकले मास्टरकार्डको क्रेडिट कार्ड नेपाली रुपैयाँ र अमेरिकी डलरमा कारोबार गर्न मिल्ने गरी उपलब्ध गराउँदै आएको थियो । कार्ड प्राप्त गर्नका लागि ग्राहकले बैंकको कुनै पनि शाखा वा एनबैंक एपमार्फत आवेदन दिनसक्ने जनाइएको छ ।

    नबिल बैंक नेपालको एक अग्रणी बैंक हो । नबिलले २५ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २६८ शाखा र ३२१ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ । विगत चार दशकदेखि नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुङ्गाका रूपमा काम गर्दै आएको छ ।

  • सिटी होटलको प्रतिशेयर नेटवर्थ वृद्धि

    सिटी होटलको प्रतिशेयर नेटवर्थ वृद्धि

    काठमाडौं । नेपालको पहिलो हायात सेन्ट्रिक ब्रान्डको होटल सञ्चालक सिटी होटल लिमिटेडको प्रतिशेयर नेटवर्थमा वृद्धि भएको छ । कम्पनीले आइतबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरणअनुसार अघिल्लो त्रैमासको तुलनामा प्रतिशेयर नेटवर्थ ४.१ रुपैयाँ बढेको छ ।

    अघिल्लो त्रैमास (२०८२ वैशाख–असार) को प्रतिशेयर नेटवर्थ ८०.८३ रुपैयाँ रहेको थियो । आइतबार सार्वजनिक चालू आर्थिक वर्षको पहिलो त्रैमास (२०८२ साउन–असोज) मा नेटवर्थ बृद्धि हुँदै ८४.९३ रुपैयाँ पुगेको छ ।

    सिटी होटल लिमिटेडले हकप्रद शेयर जारी गरेसँगै प्रतिशेयर नेटवर्थ बढेको हो । हकप्रदबाट संकलित रकममार्फत बैंक ऋण तिर्ने कम्पनीको घोषणाले दोस्रो त्रैमासदेखि ब्याज खर्चमा उल्लेखनीय कमी आउने सञ्चालकहरुको विश्वास छ । कम्पनीले गत आर्थिक वर्षमा २६ करोड ४३ लाख रुपैयाँ ब्याज तिरेको थियो । हकप्रद शेयरबाट संकलित रकममार्फत ब्याजमा ३० देखि ३५ प्रतिशत कमी आउनेछ ।

    कम्पनीले पछिल्लो समय सञ्चालनमा सुधार गर्नुका साथै नयाँ व्यावसायिक पहलकदमी र वित्तीय भार न्यूनीकरणमा ठोस कदम चालेको छ । यसले कम्पनीको आम्दानी र नगद प्रवाहमा सकारात्मक प्रभाव पारेको छ । कम्पनीले लाभको यात्रालाई थप सुदृढ बनाउन सुधारात्मक पहल र नयाँ आम्दानीका स्रोतहरुको विस्तार गर्ने रणनीति तय गरेको देखिन्छ ।

    पहिलो त्रैमासिक अवधिको प्रतिवेदनमा विभिन्न ११ वटा रणनीति उल्लेख गरिएका छन् । अधिक कर्पोरेट कार्यक्रमहरू र निजी समारोहहरू आकर्षित गर्न बैंक्वेट तथा खानपानका सुविधाहरूलाई सुधार गर्ने, गैरसरकारी संस्था, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था तथा दुतावाससँग सम्बन्धित इभेन्ट तथा कार्यक्रमहरु बढाई आम्दानीमा वृद्धि गर्ने, स्थानीय बजारबाट व्यापार बढाउनका लागि ध्यान केन्द्रित गर्ने, कम्पनीको व्यवसायलाई समय–समयमा समिक्षा गरी शेयरधनीहरुलाई उच्च प्रतिफल प्रदान गर्ने, नेपालमा भविष्यमा अयोजना हुने भनिएका राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलका महासंघ तथा कल्बहरु संग सहकार्य गर्ने लगायत रणनीति बनाइएको छ ।

    कम्पनीले रणनीतिहरु कार्यान्वयन गर्ने क्रममा क्यासिनो सञ्चालनको तयारी गरेको छ । करिब २ महिनाभित्र सञ्चालनमा आउने क्यासिनोबाट उच्च मार्जिन भएको राजश्व स्रोत थपिने भएकाले कम्पनीलाई निरन्तर लाभदायी बनाउने विश्वास गरिन्छ । होटल परिसरमा नयाँ जिम तथा स्पा सञ्चालनको तयारी पनि गरिएको छ । यसले होटलको सेवा दायरा बढाउनुका साथै उच्च श्रेणीका ग्राहकर्लाइ आकर्षित गर्नेछ ।

    कम्पनीले आयस्रोत बढाउन प्रयोगमा नआएका होटलका विभिन्न स्थान भाडामा उपलब्ध गराउने तयारी गरेको छ । यसबाट दीर्घकालीन भाडा आम्दानी सुनिश्चित भई सञ्चालन खर्च बहन गर्न थप सहयोग पुग्ने देखिन्छ ।

  • एनसेलले ल्यायो एनपीएल फ्यान प्याक, ग्राहकलाई आकर्षक सेवा सुविधा बोनस

    एनसेलले ल्यायो एनपीएल फ्यान प्याक, ग्राहकलाई आकर्षक सेवा सुविधा बोनस

    काठमाडौं । एनसेलले यही सोमबारबाट सुरु हुन गईरहेको ‘सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) पावर्ड बाई एनसेल’लाई झनै रोमाञ्चक बनाउन एनपीएल फ्यान प्याकहरु ल्याएको जनाएको छ । एनपीएलको यो दोस्रो संस्करण अवधिभर ग्राहकहरुले विभिन्न वान टाइम प्याक र रिन्यूवल प्याकहरू खरिद गर्दा प्याकको प्रकार हेरी विभिन्न सेवा, सुविधाहरु बोनस स्वरुप निःशुल्क पाउने छन् ।

    एनपीएल फ्यान प्याकहरु शनिबार (कार्तिक २९)बाट लागू हुने र मंसिर २७ सम्म संचालनमा रहनेछ । अफरको सूचीमा समावेश प्याकअनुसार, ग्राहकहरूलाई २५ मिनेट अन–नेट कल (एनसेलबाट एनसेल नम्बरमा कल), ५० मिनेट अन–नेट कल, निःशुल्क टिकटक, निःशुल्क यूट्युब, ७५० एमबी डेटा वा १ जीबी डेटा जस्ता १ दिनका लागि मान्य बोनसहरू उपलब्ध हुनेछन् । यसको अर्थ ग्राहकहरूले प्याकहरूमा प्राप्त हुने सेवा, सुविधा बाहेक थप बोनसको फाइदा लिन सक्नेछन्।

    बोनस सेवा सुविधासँगै, ग्राहकहरूलाई एनसेल एपमार्फत स्पिन एन्ड विनमा सहभागी भई थप बोनस सेवा सुविधा तथा एनपीएलको खेलको टिकट जित्ने अवसर पनि प्राप्त हुनेछ ।

    “एनपीएल फ्यान प्याकले क्रिकेटको यो महाउत्सवका बेलामा हाम्रा नेपाली क्रिकेट फ्यानहरूमा अझ बढी ऊर्जा थप्ने विश्वास राखेका छौं,” एनसेलका चीफ कम्सुमर बिजनेस अफिसर उपङ्ग दत्तले भने । “क्रिकेटले सबैलाई एकबद्ध बनाउँछ, र हाम्रो एनपीएलमा सहकार्य र यो अफरमार्फत हामी सबैलाई अझ नजिक ल्याउन ल्याउँदै हाम्रो सेवाले सबैलाई जोड्न चाहन्छौं ।” एनसेल यसपटकको एनपीएल दोस्रो संस्करणमा ‘युनाइटेड बाई क्रिकेट, कनेक्टेड बाई एनसेल’ भन्ने थीमसहित सहकार्य गरेको छ ।

    एनपीएल फ्यान प्याकमा रु. ९९ अनलिमिटेड डेटा, रु. २०० कम्बो, रु. २०० कम्बो रिन्यूवल, सधैं अन ३९९, सधैं अन ३९९ रिन्यूवल, रु. ५९९ होम एन्ड अवे, रु. ५९९ होम एन्ड अवे रिन्यूअल, रु. ९९ अनलिमिटेड अल नेपाल, रु. ९९ अनलिमिटेड अल नेपाल रिन्यूवल, रु. २९९ अनलिमिटेड अल नेपाल र रु. २९९ अनलिमिटेड अल नेपाल रिन्यूवल प्याक गरी ११ वटा प्याकहरु रहेका छन् ।

    यी सबै प्याकले प्याकको प्रकार अनुसार निश्चित सेवा सुविधा निःशुल्क बोनसका रुपमा सुनिश्चित गर्छन् । जस्तै, रु. ९९ अनलिमिटेड डेटा खरिद गर्ने ग्राहकले २५ मिनेट अन–नेट कल पाउनेछन् । सधैं अन ३९९ र सधैं अन ३९९ रिन्यूवल प्याक लिने ग्राहकलाई निःशुल्क टिकटक उपलब्ध हुनेछ । त्यस्तै, रु. ५९९ होम एन्ड अवे वा यसको रिन्यूवल प्याक खरिद गर्ने ग्राहकलाई निःशुल्क यूट्युब पहुँच प्रदान गरिनेछ भने रु. २९९ मा उपलब्ध हुने अनलिमिटेड अल नेपाल भ्वाइस प्याक खरिद गर्नेलाई ग्राहकहरुले १ जीबी डेटा बोनस पाउँने छन् । यसरी पाइने बोनस सेवा सुविधाको समयसीमा १ दिनको रहनेछ ।

    एनपीएलको दोस्रो संस्करण कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार (मंसिर १)बाट सुरुभई मंसिर २७ सम्म चल्नेछ । एनपीएलले एनसेलको खेलसँगको सम्बन्धलाई प्रतिबिम्बित गर्दछ र यसले खेलकुद र नेपालसँग कम्पनीको अटुट सम्बन्धलाई उजागर गर्दछ ।

  • कजारिया टायल्सले फेसबुक लाइभमार्फत ‘लक्की ड्र’ बम्पर विजेता घोषणा गर्‍यो

    कजारिया टायल्सले फेसबुक लाइभमार्फत ‘लक्की ड्र’ बम्पर विजेता घोषणा गर्‍यो

    काठमाडौं ।  नेपालको सबैभन्दा भरोसायोग्य र प्रिमियम टायल ब्रान्डमध्ये एक, कजारिया टायल्सले आफ्नो उपभोक्ता योजना “कजारिया सँगै गृह प्रवेश, घुमौं देश विदेश!” को सफल समापन गर्दै बम्पर पुरस्कार विजेताको घोषणा  फेसबुक लाइभ मार्फत  गरेकाे छ ।

    गत दुई महिनादेखि सञ्चालनमा रहेको यस राष्ट्रव्यापी उपभोक्ता योजनाअन्तर्गत, कजारिया टायल्सका ग्राहकहरूले रोमाञ्चक पुरस्कार जित्ने अवसर पाएका थिए।

    १००० वर्गफुट वा सोभन्दा बढी कजारिया टायल्स खरिद गर्ने ग्राहकहरू दैनिक लक्की ड्रका लागि योग्य ठहरिएका थिए, जसमा जम्मा ४८ विजेताहरूलाई boAt को स्मार्टवाच प्रदान गरिएको थियो। तर, यस योजनाको सबैभन्दा आकर्षक पक्ष भने बम्पर पुरस्कार थियो, एक जोडीका लागि पूर्ण स्पोन्सर्ड सिङ्गापुर क्रुज यात्रा।

    लामो प्रतीक्षापछि भएको यो घोषणा फेसबुक लाइभ मार्फत गरिएको थियो, जसले सयौँ सहभागीहरू र दर्शकहरूलाई उत्साहका साथ जोड्यो। सो कार्यक्रमको सञ्चालन एक ऊर्जावान होस्टले गरेकी थिइन् भने, कार्यक्रमलाई कजारिया रमेश टायल्स लि।का निर्देशक तथा मुख्य सञ्चालन अधिकृत श्री र ब्रान्ड एम्बासडर, प्रसिद्ध अभिनेत्री श्री दिव्या रायमाझीले शोभा बढाएका थिए।

    कार्यक्रमका क्रममा कजारिया रमेश टायल्स लि.का निर्देशक तथा मुख्य सञ्चालन अधिकृतले ग्राहकप्रति हार्दिक आभार व्यक्त गर्दै भने,“कजारिया टायल्सप्रति तपाईंहरूले देखाउनुभएको माया र विश्वासका लागि हामी सबै अत्यन्तै आभारी छौं। यही विश्वासले हामीलाई अझ उत्कृष्ट गुणस्तर र आकर्षक डिजाइन प्रस्तुत गर्न प्रेरित गर्छ। हामी हाम्रो सम्मानित ग्राहकहरूसँग यो खुसीको क्षण बाँड्न पाउँदा अत्यन्त खुशी छौं।”

    त्यस्तै, ब्रान्ड एम्बासडर श्री दिव्या रायमाझीले पनि आफ्नो उत्साह व्यक्त गर्दै भनिन्,“यति प्रतिष्ठित र प्रिमियम ब्रान्डको ब्रान्ड एम्बासडरको रूपमा कजारिया परिवारको हिस्सा हुन पाउँदा मलाई गर्वको अनुभूति भएको छ। म हाम्रा भाग्यशाली विजेताको लागि पनि निकै उत्साहित छु, जसले अब कजारियासँग एउटा अविस्मरणीय क्रुज यात्रा अनुभव गर्नेछन्।”

    अन्ततः, धेरै प्रतीक्षित क्षण आयो र बम्पर पुरस्कार विजेता घोषणा गरियो चितवनकी योजीना गुरुङ, जसले उपहार मार्बल पसल, चितवनमार्फत कजारिया टाइल्स खरिद गरेकी थिइन् उनी नै बनिन सिङ्गापुर क्रुज यात्राको भाग्यशाली विजेता।

    यस घोषणासँगै सम्पूर्ण नेपालभरका कजारिया ग्राहकहरू र साझेदारहरूबीच उत्साह र खुशीको वातावरण सिर्जना भयो, जसले यो अभियानको सफल समापनलाई चिनायो।

    कजारिया टायल्सले विजेतालाई हार्दिक बधाई ज्ञापन गर्दै सबै सहभागी ग्राहकहरूलाई पनि मनदेखि धन्यवाद व्यक्त गरेको छ। ब्रान्डले आफ्नो प्रतिवद्धता दोहोर्‍याउँदै भन्यो, कजारिया टायल्स सधैं उत्कृष्ट गुणस्तर, नवीन डिजाइन र ग्राहकहरूका लागि सन्तोषजनक अनुभव प्रदान गर्न प्रतिबद्ध छ।

  • सानिमा लाईफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेशनलाई आर्थिक सहयोग

    सानिमा लाईफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेशनलाई आर्थिक सहयोग

    काठमाडौँ।  सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत  समता एजुकेशन फाउन्डेशनलाई पाँच लाख रुपैयाँ (रु. ५,००,०००/-) आर्थिक सहयोग हस्तान्तरण गरिएको छ।

    समता एजुकेशन फाउन्डेशन नेपालको शैक्षिक क्षेत्रमा स्थापित एक गैर–नाफामुखी संस्था हो, जसले “शिक्षा सबैका लागि” भन्ने मूल नारा अनुरूप आर्थिक रूपमा कमजोर तथा दुर्गम क्षेत्रका बालबालिकाहरूलाई सुलभ र गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ। संस्थाले  हाल देशका विभिन्न जिल्लामा समता विद्यालयमार्फत अत्यन्त न्यून शुल्कमा (रु. १०० प्रति महिना) शिक्षा प्रदान गर्दै आएको छ, जसले हजारौं विद्यार्थीहरूलाई विद्यालय शिक्षा प्राप्त गर्न सक्षम बनाएको छ।

    कम्पनीबाट प्राप्त पाँच लाख रुपैयाँको सहयोग उक्त फाउन्डेशनले विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीहरूका लागि शैक्षिक सामग्री (पाठ्यपुस्तक, कपी, पोशाक, स्टेशनरी) खरिद, भौतिक संरचना सुधार तथा शैक्षिक गुणस्तर वृद्धिमा प्रयोग गर्नेछ। यस सहयोगबाट फाउन्डेशनले शिक्षा पाउन कठिनाइमा परेका बालबालिकालाई निरन्तर अध्ययनको अवसर सुनिश्चित गर्न योगदान पुग्ने विश्वास लिएको छ।

    संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले आगामी दिनहरूमा पनि शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता र विपद् व्यवस्थापनजस्ता क्षेत्रमा सहयोग गर्दै समाजप्रतिको उत्तरदायित्वलाई अझ सशक्त बनाउँदै लैजाने योजना बनाएको छ। यस्ता प्रयासहरू मार्फत कम्पनीले नाफामुखी व्यापारसँगै सामाजिक हित र साझा विकासलाई पनि अग्रसर गराउने विश्वास लिएको छ।

    हाल कम्पनीले देशभर १६९ शाखा सञ्जालमार्फत सेवा प्रदान गर्दै आएको छ, पूँजी ५ अर्बभन्दा बढी रहेको छ, २० अर्बभन्दा बढीको लगानी भइसकेको छ र करिब २०,००० भन्दा बढी अभिकर्ताहरू कम्पनीमा कार्यरत रहेका छन्। २०,००० भन्दा बढी अभिकर्ताहरू कम्पनीमा कार्यरत रहेका छन्।

  • होण्डाले २००१-२०१४ सम्मका मोडेलका गाडीहरुमा निःशुल्क एयरब्याग परिवर्तन गर्ने

    होण्डाले २००१-२०१४ सम्मका मोडेलका गाडीहरुमा निःशुल्क एयरब्याग परिवर्तन गर्ने

    काठमाडौं- नेपालका लागि होण्डा गाडीको आधिकारिक विक्रेता, स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि.ले आफ्ना ग्राहकहरुको सुरक्षालाई सर्वाेपरि प्राथमिकतामा राख्दै एक महत्त्वपूर्ण ‘सेफ्टी रिकल’ अभियानको घोषणा गरेको छ।

    यस अभियान अन्तर्गत, कम्पनीले सन् २००१ देखि २०१४ सम्मका मोडेलका होण्डा गाडीहरुको एयरब्याग पूर्ण रूपमा निःशुल्क परिवर्तन गर्ने भएको छ।यो ‘सेफ्टी रिकल’ अभियान होण्डा मोटर कम्पनी, जापानको विश्वव्यापी अभियानको एक हिस्सा हो, जसको उद्देश्य पुराना गाडीहरुमा समयसँगै एयरब्याग इन्फ्लेटरमा देखिन सक्ने सम्भावित प्राविधिक समस्यालाई हटाई ग्राहकहरुको यात्रालाई थप सुरक्षित बनाउनु हो। ग्राहकप्रतिको आफ्नो उत्तरदायित्वलाई मनन गर्दै स्याकार ट्रेडिङ्गले नेपालमा पनि यो अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गरेको हो।

    यस अभियान अन्तर्गत ज्याज (Jazz), अकर्ड (Accord), सीआर-भी (CRV), सिभिक (Civic), सिटी (City) र स्ट्रिम (Stream) मोडेलका गाडीहरु समावेश गरिएका छन्। कम्पनीले यी गाडीहरुको एयरब्याग कुनै पनि शुल्क नलिई दक्ष प्राविधिकहरुद्वारा परिवर्तन गरिदिने व्यवस्था मिलाएको छ।

    स्याकार ट्रेडिङ्गले उल्लेखित मोडेलका गाडीधनीहरूलाई आफ्नो गाडी यस अभियानमा समावेश छ वा छैन भनी यकिन गर्न र तुरुन्तै अपोइन्टमेन्टका लागि नजिकको आधिकारिक सर्भिस सेन्टरमा सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछ।

    सम्पर्कका लागि आधिकारिक सर्भिस सेन्टरहरू:

    काठमाडौं: ९८०११०८१११, ०१-५१५३५४२, ५१५३०४१

    पोखरा: ९८४६९७७६२९, ९८५६०३३८२८

    विराटनगर: ९८५२०२३२१२, ९८०७३०३२१२

    बुटवल: ९८५७०३७८७७, ९८०२६२२२८०

    वीरगन्ज: ९८०३१५६४३०

    कम्पनीले आफ्ना ग्राहकहरुलाई सुरक्षित यात्राको सुनिश्चितताका लागि यस अभियानमा सहभागी हुन हार्दिक अपिल गरेको छ।

  • नबिल बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत, वार्षिक ७ प्रतिशत ब्याजदर पाइने

    नबिल बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत, वार्षिक ७ प्रतिशत ब्याजदर पाइने

    काठमाडौं । नबिल बैंकको ‘७ प्रतिशत नबिल डिबेन्चर २०८९’ नामक ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र नेप्सेका प्रमुख कार्यकारी अधिकृत चुडामणी चापागाईंले सूचीकरण सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका थिए।

    आठ वर्षे अवधिको ऋणपत्रमा वार्षिक ७ प्रतिशत ब्याजदर पाइनेछ । १,००० अंकित मूल्यका दरले ३० लाख कित्ताले हुन आउने ३ अर्ब बराबरको यस ऋणपत्र दोस्रो बजारमा बिहीबारदेखि कारोबार सुरु भएको बैंकले जानकारी दिएको छ । ऋणपत्र रजिष्ट्रार सेवासम्बन्धी काम नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले गर्नेछ ।

    नबिल बैंक नेपालको एक अग्रणी बैंक हो । नबिलले २५ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरीका २६८ शाखा र ३२१ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ । विगत चार दशकदेखि नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुङ्गाका रूपमा काम गर्दै आएको छ ।

  • एनपीएलका सबै खेल ‘डिशहोम गो’ मोबाइल एपमा, उच्च गुणस्तरमा एनपीएल लाइभ गर्ने

    एनपीएलका सबै खेल ‘डिशहोम गो’ मोबाइल एपमा, उच्च गुणस्तरमा एनपीएल लाइभ गर्ने

    काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का सबै ३२ खेल अब डिशहोम गो (DishHome GO) मोबाइल एपमार्फत हेर्न सकिने भएको छ। आगामी १ देखि २७ मङ्सिर २०८२ (१७ नोभेम्बरदेखि १३ डिसेम्बर २०२५) सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुने एनपीएलका सम्पूर्ण खेलहरू ‘डिशहोम गो’ एपमा प्रत्यक्ष प्रसारण हुनेछ।

    नेपाल क्रिकेट संघ (क्यान) ले डिश मिडिया नेटवर्कलाई ओटीटी प्रशारण अधिकार प्रदान गरेको छ। दर्शकहरूले एपमार्फत खेल हेर्न छुट्टै शुल्क तिर्नुपर्नेछ। क्यानले तोकेको मूल्य अनुसार, एनपीएलको दोस्रो संस्करणका सबै खेल डिशहोम गो एपबाट हेर्नका लागि नेपालका दर्शकले ३०० रुपैयाँ, मिडल इस्टका दर्शकले ५०० रुपैयाँ, र अन्य देशका दर्शकले १० अमेरिकी डलर तिर्नुपर्नेछ। एप र वेबसाइटबाट लाईभ खेल हेर्दा विज्ञापनरहित रूपमा प्रसारण हेर्न सकिनेछ।

    दोस्रो संस्करणको एनपीएलका खेलहरू युट्युबमा प्रत्यक्ष प्रसारण नहुने भएको छ।

    डिशहोम गो एप मोबाइल, एन्ड्रोइड टिभी र वेब तीनै माध्यममा उपलब्ध हुनेछ। दर्शकहरूले खल्ती, इसेवा, भिसा वा मास्टरकार्ड प्रयोग गरेर सजिलै भुक्तानी गरी विश्वभरबाट सब्स्क्रिप्सन लिन सक्नेछन्। साथै, डिशहोम गोको नयाँ संस्करण एप गुगल प्ले स्टोरमा उपलब्ध भएको छ। प्रयोगकर्ताहरूले नयाँ एप प्ले स्टोरबाट डाउनलोड गर्न सक्ने र आईओएस प्रयोगकर्ताका लागि नयाँ एप केहि दिनमा लाइभ हुने कम्पनीले जनाएको छ।

    उच्च गुणस्तरको र अवरोधरहित प्रत्यक्ष प्रशारण सुनिश्चित गर्न डिशहोमले मोबायोटिक्स (Mobiotics)  र अकामाई (Akamai) सँग प्रविधिक सहकार्य गरेको छ। मोबायोटिक्स धेरै प्रयोगकर्ताले प्रयोग गर्न अनलाइन प्रशारण प्रणाली (OTT) निर्माण गर्ने कम्पनी हो। यसले तयार पारेको प्लेटफर्म प्रयोग गरेर आइसिसी च्याम्पियन्स ट्रफी २०२५ मा बंगलादेश र भारतबीचको खेल एकैपटक २३ लाखभन्दा बढी बंगलादेशी दर्शकले सहज रूपमा हेरेका थिए।

    त्यस्तै, अकामाई विश्वकै अग्रणी क्लाउड सेवा प्रदायक हो, जसले भारतमा आईपीएल को डिजिटल प्रसारणका लागि ‘हटस्टार’ सँग सहकार्य गर्दै आएको छ। अकामाईको मुख्य काम इन्टरनेटमा सामग्री छिटो, सुरक्षित र भरपर्दो तरिकाले प्रयोगकर्तासम्म पुर्‍याउनु हो। यसले विश्वभरका सर्भरहरू प्रयोग गरेर वेबसाइट र एपको उच्च गुणस्तर र अवरोधरहित सञ्चालनलाई सुनिश्चित गर्छ।

     

  • सीजीले सार्वजनिक गर्‍यो नेपालकै पहिलो एआई सञ्चालित एयर फ्रायर

    सीजीले सार्वजनिक गर्‍यो नेपालकै पहिलो एआई सञ्चालित एयर फ्रायर

    काठमाडौं । नेपालकै अग्रणी र भरोसायोग्य ब्राण्ड सीजीले आफ्नो घरायसी उपकरण ब्रान्ड अन्तर्गत नेपालकै पहिलो AI–सञ्चालित एयर फ्रायर औपचारिक रूपमा सार्वजनिक गरेको छ। आधुनिक नेपाली भान्साको सुविधा , समय बचत र  र स्वास्थ्यलाई ध्यानमा राख्दै  गरिएको CG Meridia Smart Air Fryer मोडेल CGMRAF8LAI ले घरेलु पकाइ प्रविधिलाई नयाँ युगमा प्रवेश गराएको छ।

    CGMRAF8LAI – नेपालको पहिलो AI एयर फ्रायर हो। यसको पावर १८०० वाट र क्षमता ८ लिटरको छ। यो नेपालमा पहिलो पटक अत्याधुनिक कृत्रिम बुद्धिमत्ता (AI) र Internet of Things (IoT) प्रविधि संयोजन भएको एयर फ्रायर हो जसमा भित्रै जडान गरिएको इन्टरनल क्यामेरा र स्मार्ट सेन्सरहरू मार्फत प्रणालीले खानाको प्रकार र तौल पत्ता लगाउने क्षमता राख्छ।त्यसको विश्लेषणका आधारमा, एयर फ्रायरले आवश्यक तापक्रम र पकाइ समयलाई स्वतः समायोजन गर्छ, जसले हरेक पटक उत्तम र सटीक परिणाम सुनिश्चित गर्छ।

    साथै, यस उपकरणलाई CG Smart Home App मार्फत रिमोट कन्ट्रोल गर्न सकिन्छ। प्रयोगकर्ताले आफ्नो स्मार्टफोनबाट नै पकाइ मोड, तापक्रम र समय सेट गर्न सक्ने आधुनिक सुविधा प्राप्त गर्छन्।

    CGMRAF8LAI  AI एयर फ्रायर का मुख्य विशेषताहरू मुख्य विशेषताहरू:

    • Smart AI Cooking:
      २५ स्वचालित मेनु सहितको AI प्रणालीले पकाइको समय र तापक्रम स्वतः समायोजन गरी प्रत्येक पटक उत्कृष्ट परिणाम सुनिश्चित गर्छ।
    • Smart Water & Oil Spray Function:
      खानाको बाहिरी र भित्री भागलाई समान रूपमा कुरकुरे र स्वादिष्ट बनाउने नवीन स्प्रे प्रविधि।
    • Large Capacity Non-Stick Basket (८ लिटर):
      ठूलो परिवार वा धेरै परिकारहरूका लागि उपयुक्त विशाल क्षमताको बास्केट।
    • Versatile Cooking Options:
      फ्राइ, ग्रिल, रोस्ट वा बेक — एकै उपकरणमा विविध पकाइ विकल्पहरू।
    • Adjustable Temperature Control:
      ८०°C देखि २००°C सम्मको तापक्रम नियन्त्रण — सटीक र लचक पकाइको लागि।
    • Rapid Air Flow Technology:
      तेल बिना नै कुरकुरे स्वाद — सबै दिशाबाट समान रूपमा पकाउने प्रविधि।
    • See-Through Window:
      पकाइको अवस्थालाई सजिलै नियाल्न सकिने पारदर्शी झ्याल सुविधा।

    कम्पनीका प्रतिनिधिहरूका अनुसार, CG ब्रान्डले सँधै उच्चस्तरीय उत्पादनहरू बजारमा ल्याउन प्रतिबद्धता जनाउँदै आएको छ। प्रविधिको प्रगतिलाई र बजारको आवश्यकता अनुसार, CG Meridiaले नेपालमा अत्याधुनिक प्रविधि उपलब्ध गराउने प्रयास गरेको छ । CG Meridia Smart Air Fryer ले AI प्रणाली, स्मार्ट सेन्सर, क्यामेरा–आधारित फुड डिटेक्सन र IoT कनेक्टिभिटी को संयोजनमार्फत नेपालमा नयाँ स्तरको घरेलु प्रविधि ल्याएको छ। AI प्रणालीले प्रत्येक पकाइमा तापक्रम, समय र मोडलाई स्वतः समायोजन गरी हरेक पटक उत्तम, स्वस्थ र स्वादिष्ट परिणाम सुनिश्चित गर्छ — जसले “Cook Smart, Eat Healthy” को नयाँ युगको सुरुवात गरेको छ र यसको प्रयोग पनि अत्यन्तै सरल र प्रयोगकर्तामैत्री (user-friendly) रहेको छ, जसका कारण सबैले यसलाई सजिलै प्रयोग गर्न सक्छन्।

    CGMRAF8LAI को अधिकतम खुद्रा मूल्य (MRP) रु १६,१४०.– निर्धारण गरिएको छ र यो एयर फ्रायर देशभरका सबै CG Digital आउटलेटहरूका साथै अन्य खुद्रा स्टोरहरू, तथा कम्पनीको आधिकारिक वेबसाइट मार्फत पनि सहजै खरिद गर्न सकिन्छ

    ४० वर्षभन्दा बढी समयदेखि नेपाली उपभोक्ता इलेक्ट्रोनिक्स बजारमा अग्रणी भूमिका निर्वाह गर्दै आएको सीजी इलेक्ट्रोनिक्सले गुणस्तरीय उत्पादन, नवप्रवर्तन र उत्कृष्ट सेवा मार्फत लाखौं नेपाली परिवारको विश्वास जितेको छ।

    देशभर २० वटा आधुनिक शोरुमहरू, ४० वटा सेवा केन्द्रहरूमार्फत कम्पनीले बिक्रीपछिको सेवा सुनिश्चित गर्दै आएको छ। साथै, ग्राहकहरूका सुविधाका लागि कम्पनीले आफ्नो आधिकारिक वेबसाइट cgdigital.com.np मार्फत अनलाइन बिक्री सेवा पनि प्रदान गर्दै आएको छ।

    यस सञ्जालले ग्राहकलाई छिटो, भरपर्दो र प्राविधिक रूपमा दक्ष सेवा प्रदान गर्दै, सीजी ब्रान्डलाई गुणस्तर र विश्वसनीयताको पर्याय बनाएको छ।

  • एनआईसी बैंकका ग्राहकलाई होटल क्राउन इम्पेरियलमा १५ प्रतिशत छुट

    एनआईसी बैंकका ग्राहकलाई होटल क्राउन इम्पेरियलमा १५ प्रतिशत छुट

    काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरुले होटल क्राउन इम्पेरियलमा सेवा लिँदा विशेष छुट उपलब्ध हुने सम्बन्धमा होटल र बैंकबीच सम्झौता सम्पन्न भएको छ ।

    यस सम्झौता पश्चात यस बैंकका ग्राहकहरुले रविभवन, काठमाडौंमा रहेको उक्त होटलमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

    यस बैंकका ग्राहकहरुले उक्त होटलमा आवास, खाना तथा पेयपदार्थ, स्पा लगायतका सेवाहरुमा १५ प्रतिशत छुट सुविधा उपयोग गर्न सक्नेछन् ।
    उक्त सुविधा उपयोग गर्न ग्राहकले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एप मार्फत भुक्तानी गर्नुपर्ने छ ।

    उक्त होटलसँगको यस सहकार्यले ग्राहकलाई छुट सुविधा उपलब्ध हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

     

  • लुम्बिनी लायन्सको मुख्य प्रायोजक यांगो

    लुम्बिनी लायन्सको मुख्य प्रायोजक यांगो

    काठमाडौं । यांगो नेपालले लुम्बिनी लायन्ससँग दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)का लागि अफिसियल टाइटल स्पोन्सरसिप सम्झौता गरेको छ ।

    लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले यांगोलाई टाइटल स्पोन्सरको रूपमा स्वागत गर्न पाउँदा खुसी व्यक्त गर्दै एनपीएललाई सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे ।

    उनले भने, ‘युवाहरूमाझ लोकप्रिय कम्पनी यांगोलाई हाम्रो टिमको टाइटल स्पोन्सरको रूपमा स्वागत गर्न पाउँदा अत्यन्त खुसी छौं । उत्कृष्टता, नवीनता र विश्वमा पहुँचप्रतिको हाम्रो एउटै दृष्टिकोण साझा भएको महसुस भइरहेको छ । नेपाली क्रिकेटको जोश, गौरव र सम्भावनालाई बोकेर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा गर्जनका लागि हामीले यांगोलाई उत्कृष्ट सहयात्रीको रूपमा रोजेका छौं ।’

    लुम्बिनी लायन्ससँगको टाइटल स्पोन्सर सम्झौतापछि यांगो नेपालका प्रतिनिधिले भने, ‘क्रिकेट नेपालमा सबैको प्रिय खेल हो, जसले सबैलाई जोड्ने माध्यम बनेको छ । हामी लुम्बिनी लायन्सलाई सहयोग गर्न पाउँदा निकै उत्साहित छौं र उनीहरूलाई आगामी नेपाल प्रिमियर लिगका लागि शुभकामना दिन्छौँ । हामी विश्वस्त छौं कि उनीहरूले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्नेछन् ।

    यांगो ग्रुप दुबई, संयुक्त अरब इमिरेट्स ९यूएई०मा मुख्यालय रहेको अन्तर्राष्ट्रिय प्रविधि कम्पनी हो । यसले विश्वका विभिन्न ठाउँबाट विकास गरिएका प्रविधिहरूलाई स्थानीय समुदायका आवश्यकताअनुसार दैनिक सेवाहरूमा रूपान्तरण गर्छ– जसमा मोबिलिटी, नेभिगेसन, डेलिभरी, फुडटेक, मनोरञ्जन, र एआई असिस्टेन्ट लगायतका सेवा समावेश छन् ।

    लुम्बिनी लायन्स, जसका मार्की खेलाडी नेपाल राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल हुन्, दोस्रो सिजनका लागि तीव्र रूपमा तयारीमा छन् । मंसिर १ गते (मध्य नोभेम्बर) देखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा फ्लडलाइटअन्तर्गत हुने एनपीएलका लागि टिमले अहिले एक्स्ट्राटेक ओभलमा फ्लडलाइटमुनि प्रशिक्षण गरिरहेको छ ।