Tag: कर्णाली सांसद

  • सर्वोच्चले भन्यो- एमालेको महाधिवेशन आयोजक कमिटी वैधानिक, चार सांसदको पद गयो (आदेशसहित)

    सर्वोच्चले भन्यो- एमालेको महाधिवेशन आयोजक कमिटी वैधानिक, चार सांसदको पद गयो (आदेशसहित)

    काठमाडौं । नेकपा एमाले एकता र विभाजनको प्रयास जारी रहेका बेला कर्णाली प्रदेशका चारजना सांसद गएको छ ।
    संसदीय दलको निर्देशनविपरीत माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार टिकाउने प्रकाश ज्वाला,अम्बरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई सर्वोच्च अदालतले सांसद पदबाट मुक्त गरेको छ ।

    यसअघि पार्टीले गरेको कारवाहीका आधारमा पदमुक्त भएका चारैजनालाई न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले अन्तरिम आदेशमार्फत पुनर्वहाली गरेको थियो । सो अन्तरिम आदेश खारेजीको माग गर्दै अध्यक्ष ओली अदालत गएका थिए ।

    ओलीको भ्याकेट निवेदनमाथि सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र प्रकाश ढुंगानाको इजलासले राउतको अन्तरिम आदेश खारेज गरेको छ । ओलीले चार सांसदमाथि गरेको कारवाहीलाई वैधानिक ठहर गरेको छ ।

    अदालतको यो आदेशसँगै अब एमालेका चार सांसद पदमुक्त भएका छन् । चारमध्ये प्रकाश ज्वालाबाहेक अन्य तीनजना कर्णाली सरकारमा मन्त्री छन् ।

    सर्वोच्च अदालतको पछिल्लो आदेशले यसअघि प्रकाशमानसिंह राउतको अन्तरिम आदेशमा भएको व्याख्यालाई समेत सच्याएको छ । राउतको इजलासले एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीले गरेको कारवाही वैधानिक नरहेको भन्दै केन्द्रीय कमिटीले कारवाही नगरेको आधार देखाएर अन्तरिम आदेश दिएको थियो ।

    तर, राणासहितको संयुक्त इजलासले राजनीतिक दल सम्बन्धी ऐनमा केन्द्रीय समिति भन्नाले दलको विधान बमोजिम गठन हुने दलको केन्द्रीय कार्यकारिणी समिति सम्झनुपर्छ र सो शब्दले जुनसुकै नामाकरण गरिएको भए तापनि दलको तर्फबाट निर्णय गर्न सक्ने अत्यिढारी पाएको केन्द्रीय निकाय वा केन्द्रीय तदर्थ समितिलाई समेत जनाउने उल्लेख छ ।

    एमालेले दशौं राष्ट्रिय महाधिवेशन समिति भंग गरे पनि अदालतले पछिल्लो आदेशले त्यसलाई वैधता दिएको छ ।

  • एमालेले कारवाही फिर्ता नगरेसम्म स्वतन्त्र सांसदको हैसियतमा बस्ने सांसद शाहीको भनाइ

    एमालेले कारवाही फिर्ता नगरेसम्म स्वतन्त्र सांसदको हैसियतमा बस्ने सांसद शाहीको भनाइ

    सुर्खेत । कर्णालीका पुनर्वहाली एमाले सांसद कुर्मराज शाहीले आफूहरू अहिले स्वतन्त्र सांसदको रूपमा रहेको बताएका छन् । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीसमेत रहेका शाहीले पार्टीले कारवाही फिर्ता नगरेसम्म आफूहरू स्वतन्त्र सांसदको हैसियतमा रहने बताएका हुन् ।

    ‘एमाले संसदीय दलबाट हटाउने समयमा पत्र पठाइएको थियो । पुनर्वहाली भएको पत्र पनि हाम्रो हातमा आउला नि । अहिलेसम्म आइपुगेको छैन ’,उनले भने, ‘हामीलाई नेकपा एमालेले पार्टीको साधारण सदस्यबाट कारवाही गरेर हटाएको थियो । त्यो पनि अहिलेसम्म के भएको छ जानकारी भएको छैन । दलले पुनर्वहाली भएको सूचना प्रदेशसभालाई दिएपनि पार्टीले कारवाही लिएको सूचना हामीसँग आइपुगेको छैन । तसर्थ अहिले हामी नेकपा एमालेका तर स्वतन्त्र सांसदको हैसियतमा छौं । भोलिको बैठकमा स्वतन्त्र सांसदको हैसियतमा प्रदेश सभामा जान्छौं ।’

    उनले संसदीय दलले मन्त्री अम्मर थापालाई अपराधी करार गरेको भन्दै शुरूमा त्यो कारवाही फिर्ता हुनुपर्ने माग गरे । शाहीले भने, ‘हाम्रा एक सांसद थापालाई अपराधी घोषणा गर्दै प्रदेशसभामा आउन रोक लगाएका छन् । हामी प्रदेशसभामा गएका छैनौं ।’

    उनी भन्छन्, ‘एमालेबाट कारवाही गरिएको भनेपछि कारवाही फिर्ता लिनुपर्ने हो । अहिले हामी कुन आधारमा एमालेको रोमा बस्न जाने ?’ उनले आफूहरू नेकपा एमालेकै जिम्मेवार कार्यकर्ता भएको बताउँदै यसबारेमा पार्टी केन्द्रमा उच्च नेताबीच सहमति हुनुपर्नेमा जोड दिए ।

  • कर्णालीका पुन:स्थापित सांसद ज्वालाले भने- तत्काल मन्त्रीले राजीनामा दिँदैनन्

    कर्णालीका पुन:स्थापित सांसद ज्वालाले भने- तत्काल मन्त्रीले राजीनामा दिँदैनन्

    सुर्खेत । सर्वोच्च अदालतबाट पुन:स्थापित भएका सांसदमध्येका एक प्रकाश ज्वालाले अदालतले दिएको आदेश कार्यान्वयन भने भइनसकेको बताएका छन् ।

    ‘एमाले मिल्नका लागि सम्भावनाको ढोका खुलेको छ । हामी सधैँ एकताको पक्षमा छौं । हामीलाई निमोठ्दै जाने, पार्टीमा एकलौटी गर्दै जाने काम हुनु भएन जबर्जस्ती हुनु भएन । एकता गर्ने नै हो भने हामी सबैका माग सम्बोधन हुन आवश्यक छ ’, उनले नेपाल प्रेसँग भने, ‘अहिलेसम्म कंडेल र म बीच कुरा भएको छैन । सर्वोच्च्को आदेश कार्यान्वयनमा गइसकेपछि के गर्ने, कसरी गर्ने भन्ने सल्लाह हुनेछ ।’

    एमाले प्रमुख प्रतिपक्षीमा भएको समयमा तीनजना मन्त्री पदमा नै बस्छन् त भन्ने प्रश्नमा उनले भने, ‘अहिले त उहाँहरू सरकारमा नै हुनुहुन्छ । सरकारबाट हट्न सहमति आवश्यक पर्ला । सम्झौता हुन जरुरी होला । अहिले ने यसबारेमा धेरै कुरा नगरौं ।’

    उनले सरकारले ल्याउन नीति तथा कार्यक्रम, बजेटको समयमा कसरी जाने भनेर सल्लाह गरिने बताए । ‘केन्द्रीय नेतासँग पनि हामी छलफलमै छौं । उहाँहरुबाट पनि सुझाव होला ।’ उनी भन्छन्, ‘यहाँ पनि सल्लाह नै हुनछ । यसबारेमा के गर्ने भन्ने निर्णय भने हामीले गरिसकेका छैनौं ।’

    यता, सरकारमा हाल भौतिक पूर्वाधार एवम् शहरी विकास मन्त्री रहेका मन्त्री अम्मरबहादुर थापाले आफूहरू नै एमाले रहेको बताए । ‘हामीले एमाले त्यागेका होइनौं ’, उनले भने, ‘सर्वोच्च अदालतले दिएको आदेश अनुसार हामी सत्ता पक्ष नै हो । उहाँहरु पनि सत्ता पक्ष नै हो ।’

    मन्त्री थापाले सरकारबाट नबाहिरिने प्रष्ट्याए ।

  • प्रधानमन्त्रीलाई मत दिएका कर्णालीका माधव पक्षका सांसदले भने – हामी एमाले हौं, गुट उपगुट तपसिल

    प्रधानमन्त्रीलाई मत दिएका कर्णालीका माधव पक्षका सांसदले भने – हामी एमाले हौं, गुट उपगुट तपसिल

    सुर्खेत । कर्णाली प्रदेशबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने नेकपा एमालेका सबै सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिएका छन् ।

    प्रधानमन्त्रीको विश्वासको मत लिने प्रयोजनार्थ भएको मतदान प्रक्रियामा माधव पक्षका ७ सांसद सहभागी भएर ओलीको पक्षमा मतदान गरे । २८ सांसद अनुपस्थित भए ।

    दैलेखका सांसद राजबहादुर बुढा, सुर्खेतका ध्रुवकुमार शाही र समानुपातिक सांसद पार्वती कुमारी विसुन्खेले ओलीको पक्षमा मतदान गरेका हुन् ।

    ‘हामी पार्टी एकताको पक्षमा हिजै लागेका हौं । आपसी एकता, सहकार्यता आवश्यक छ त्यसका लागि सबै मिलेर जानुपर्छ र एमालेलाई बचाउनुपर्छ भनेर हामी लागेका थियौं ।’ सांसद शाही भन्छन्, ‘नेकपा एमालेलाई मतदान गर्ने आम नागरिकको चाहना बमोजिम हामी एमालेको सरकार जोगिनु पर्छ भनेर मतदानमा सहभागी भएका हौं । गुट उपगुट तपसिलका कुरा हुन । हामीलाई एमालेले सांसद बनाएको हो । हामी एमाले हौं ।’

  • सांसद ओलीको स्पष्टीकरण- झुक्किएर दिएको विश्वासको मत सच्याएँ, एमालेको निर्देशन मान्छु

    सांसद ओलीको स्पष्टीकरण- झुक्किएर दिएको विश्वासको मत सच्याएँ, एमालेको निर्देशन मान्छु

    सुर्खेत । कर्णाली प्रदेशसभाकी एमाले सांसद देवी ओलीले प्रदेशसभामा गत वैशाख ३ गते भएको मतदानका क्रममा झुक्किएर मुख्यमन्त्री महेन्द्रवहादुर शाहीलाई मत दिए पनि तत्कालै सच्याएको प्रष्टीकरण दिएकी छन् ।

    प्रदेशसभा संसदीय दलका नेता यमलाल कँडेललाई बुझाएको स्पष्टिकरणमा सांसद ओलीले आफू नेकपा एमालेको नीति, निर्णय र ह्वीप पालना गर्न प्रतिबद्ध रहेको समेत प्रष्ट पारेकी छिन् ।

    ओलीले शुरूमा विश्वास दिए पनि सभामुखले मत सच्याउन दिएको समयमा मत सच्याएर विपक्षमा मतदान गरेकी थिइन् ।

    एमालेले भने फ्लोर क्रस गर्ने सांसदको संख्या पुगेर शाही सरकार जोगिएपछि ओलीले योजनाबद्ध रुपमा मत सच्याएको ठहर गरेको छ ।

    उनलाई पार्टी केन्द्रीय कमिटीको तर्फबाट अध्यक्ष केपी शर्मा ओलीले समेत स्पष्टीकरण सोधेर मंगलवारै पत्र पठाइसकेका छन् । रुकुमबाट समानुपातिक तर्फ निर्वाचित सांसद ओलीले आफूले तत्कालै सोही दिन पनि मौखिक स्पष्टिकरण दिएको बताएकी छन् ।

  • यी हुन् माओवादी सरकार जोगाइदिने एमालेका चार सांसद

    यी हुन् माओवादी सरकार जोगाइदिने एमालेका चार सांसद

    सुर्खेत । नेकपा एमालेका कर्णाली प्रदेशका चार सांसदले पार्टीको ह्वीप उल्लंघन गर्दै माओवादी केन्द्रको सरकार जोगाइदिएका छन् ।

    प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापाले ‘फ्लोर क्रस’ गरेका हुन् ।

    प्रकाश ज्वाला माधव नेपालपक्षीय एमालेको कर्णाली प्रदेशका संयोजक हुन् । उनी केही दिनअघिसम्म शाही सरकारमा अर्थमन्त्री थिए । त्यस्तै नन्दसिंह बुढा पनि प्रकाश ज्वालासँगै मन्त्री थिए ।

    कालीकोटका कुर्मराज शाही र दैलेखका अम्बरबहादुर थापा भने अब मन्त्रिपरिषदमा समेटिने समझदारी भएको छ । कर्णालीमा माधव नेपाल पक्षका ९ सांसद छन् । उनीहरूले जति मत चाहिने हो त्यति शाहीको पक्षमा दिने समझदारी अनुसार चारजनाले दिएका हुन् ।

    नेकपा एमालेकै सांसद देवी ओलीले भने विश्वासको मतको पक्षमा दिएको मत सभामुखले निर्धारण गरेको समयमा सच्याएकी थिइन् । विश्वासको मतको पक्षमा बहुमत पुगेको थाहा पाएपछि उनले मत सच्याएकी हुन् ।