Tag: कमला ह्यारिस

  • अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिसलाई कोरोना संक्रमण

    अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिसलाई कोरोना संक्रमण

    काठमाडौं । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसलाई कोरोना संक्रमण भएको छ । ह्यारिसकी प्रवक्ता क्रिस्टिन एलेनले मंगलबार एक वक्तव्य जारी गर्दै ह्यारिसलाई कोरोना संक्रमण भएको जानाकारी गराएकी हुन् ।

    क्रिस्टिनले ह्यारिसलाई कुनै पनि किसिमको लक्षण नदेखिएको भएता पनि र्‍यापिड र पिसिआर परिक्षण गर्दा उनमा संक्रमण देखिएको र हाल उनी निजी निवासमामै आइसोलेसनमा बसेको जानाकारी गराएकी छिन् ।

    क्रिस्टिनले हालका दिनहरुमा राष्ट्रपति जो बाइडेनको कार्यव्यस्तताका कारण ह्यारिसको जो बाइडेन र उनकी श्रीमतीसँग ह्यारिसको प्रतक्ष भेटघाट नभएको पनि बताएकी छिन् ।

    संक्रमण पस्चात ह्यारिसले पनि आफ्नो सामाजिक संजाल मार्फत आफूमा कोरोना संक्रमण पुष्टी भएको जानाकारी गरएकी छिन् । ह्यारिसले कोरोना विरुद्धको खोप र बुस्टर डोज समेत लगाइसकेकी थिइन् ।

    पछिल्लो समय अमेरिकाका अन्य उच्च पदस्त व्यक्तिहरुमा पनि कोरोना संक्रमण देखिएको छ । हालै मात्र ह्यारिसका श्रीमान , अमेरिकी क्याबिनेटका सदस्यहरू तथा सभामुखमा पनि कोरोना संक्रमण देखा परेको थियो ।

  • नेपाली डिजाइनरको पोशाक लगाएर उपराष्ट्रपति कमला ह्यारिस अमेरिकी संसदमा

    नेपाली डिजाइनरको पोशाक लगाएर उपराष्ट्रपति कमला ह्यारिस अमेरिकी संसदमा

    न्यूयोर्क । अमेरिकी संयुक्त सदनलाई राष्ट्रपति जो बाइडनले विहिबार सम्बोधन गरेका छन् । बाइडनले मञ्चबाट सम्बोधन गरिरहँदा उपराष्ट्रपति कमला ह्यारिस र सभामुख नेन्सी पेलोसी राष्ट्रपति बाइडेनको पछाडि उभिएका थिए ।

    अमेरिकी इतिहासमै पहिलोपटक राष्ट्रपतिले संसदलाई सम्बोधन गरिरहँदा सभामुख र उपराष्ट्रपति महिला उभिएका थिए । यी दुई महिला कार्यकारीहरुको पोशाक र गेटअपको निकै चर्चा भयो ।

    अन्तर्राष्ट्रिय संचारमाध्यमले ह्यारिस र पेलोसीको फेसन स्टेटमेन्टको निकै चर्चा गरेका छन् । ह्यारिसले नेपाली फेसन डिजाइनर प्रबल गुरुङको डिजाइन पहिरिएकी थिइन् ।

    ह्यारिसले गुरुङले डिजाइन गरेको डबल क्रिप क्रिम सुट र सिल्कको चार्मयुज लगाएकी थिइन् । प्रबलले यसलाई इतिहासकै शक्तिशाली क्षण भएको र आफूलाई खुशि लागेको प्रतिक्रिया दिएका छन् ।

    ह्यारिसले यसअघि पनि एक औपचारिक कार्यक्रममा गुरुङको डिजाइन लगाएकी थिइन् ।

     

  • अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको पुस्तक नेपाली भाषामा प्रकाशन हुने

    अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको पुस्तक नेपाली भाषामा प्रकाशन हुने

    काठमाडौं- अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको पुस्तक ‘द ट्रुथ्स वी होल्ड’ नेपाली भाषामा प्रकाशन हुने भएको छ ।

    नेपाली प्रकाशन संस्था वी रीडले ह्यारिसको उक्त पुस्तक नेपाली संस्करणमा प्रकाशन गर्न अनुमति पाएको विज्ञप्तीमार्फत जनाएको छ ।

    वक्तव्यमा उल्लेख छ, ‘सानैदेखि कालो वर्णका मानिसले भोग्ने विभेद र त्यसको प्रतिरोध कमलाले देखिन् । उनी आफैले पनि त्यस्तो विभेद बाल्यकालदेखि नै भोग्नुपर्‍यो । यही भोगाइ उनको राजनीतिमा सक्रिय हुने एउटा प्रेरणा बन्यो ।

    बेस्ट सेलरको सूचिमा पर्न सफल ह्यारिसको उक्त पुस्तकलाई अंग्रेजी संस्करणमा पेन्गुइन बुक्सले जनवरी ८, २०१९ मा प्रकाशन गरेको थियो ।

    यसवर्षको जनवरी २० मा भारतीय मूलकी ह्यारिसले अमेरिकाको उपराष्ट्रपति पदको सपथ लिएकी थिइन् । कथालयकी प्रमुख कार्यकारी अधिकृत सुनिती अमात्यले पुस्तक चाँडै प्रकाशन गर्ने जानकारी दिइन् ।

    कमलाको चुनावी अभियानअघि नै यो पुस्तक सार्वजनिक भएको थियो ।

  • अमेरिकी उपराष्ट्रपतिद्वारा अष्ट्रेलियाका प्रधानमन्त्रीसँग चीनलगायतका विषयमा छलफल

    अमेरिकी उपराष्ट्रपतिद्वारा अष्ट्रेलियाका प्रधानमन्त्रीसँग चीनलगायतका विषयमा छलफल

    वासिङ्टन- अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनसँग छलफल गरेकी छिन् ।

    उनीहरुका बीचमा आपसी सहकार्य, विश्वव्यापी तथा क्षेत्रीय चुनौतीहरू, मौसम परिवर्तनसँगै चीन र म्यानमारका बारेमा कुराकानी भएको जनाइएको छ ।

    अमेरिकी राष्ट्रपतिको कार्यालयद्वारा जारी वक्तव्यमा दुवै देशका नेताहरूले आपसी सहकार्य बढाउनु पर्ने र सम्बन्धलाई बलियो बनाउनु पर्नेमा जोड दिनुभएको उल्लेख गरिएको छ ।

    “उपराष्ट्रपति र प्रधानमन्त्रीले थप सहकार्यका अवसर तथा सम्भावनाहरू, विश्वव्यापी तथा क्षेत्रीय चुनौतीहरू, मौसम परिवर्तन, चीन र बर्मासँगै अन्य धेरै विषयमा छलफल गर्नुभएको छ,” वक्तव्यमा लेखिएको छ । उनीहरुले इन्डो प्यासिफिक क्षेत्रका बीचमा बलियो एकता र थप सहकार्यका बारेमा पनि विचारविमर्स गर्नुभएको अधिकारीहरूले जनाएका छन् ।

    “सँगसँगै काम गर्ने कुरामा सुधार गर्ने, अन्य साझेदार तथा सरोकारवाला निकायहरूसँगको सम्बन्धलाई बलियो बनाउने, अर्थतन्त्रको पुनःउत्थानका लागि संयुक्त प्रयास गर्ने, एक अर्कालाई सक्दो सहयोग गर्ने बारेमा उपराष्ट्रपति ह्यारिस र प्रधानमन्त्री मोरिसन सहमत हुनुभएको छ,” वक्तव्यमा उल्लेख छ ।

    उपराष्ट्रपति ह्यारिसले यसअघि क्यानडाका प्रधानमन्त्री जस्टीन ट्रुडो, फ्रान्सका राष्ट्रपति एम्यान्युएल माक्रोनलगायतसँग पनि कुराकानी गरेका थिए ।

    गत जनवरीमा उपराष्ट्रपतिको जिम्मेबारी सम्हालेकी ह्यारिसले वैदेशिक तथा कूटनीतिक सम्बन्ध सुधार्ने तथा ताजकी गर्ने प्रयासलाई प्राथमिकता दिएकी छिन् ।

  • दुई नेपाली फेसन डिजाइनरको पहिरनमा कमला ह्यारिस, प्रबल गुरुङ भन्छन् सपना- पुरा भयो

    दुई नेपाली फेसन डिजाइनरको पहिरनमा कमला ह्यारिस, प्रबल गुरुङ भन्छन् सपना- पुरा भयो

    काठमाडौं । कमला ह्यारिस उपराष्ट्रपतिमा निर्वाचित भए लगत्तै विश्व फिल्म र फेसन उद्योगले स्वागत गरेको छ । फेसनको बाइबल भनिने प्रतिष्ठित भग म्यागजिनले कभर स्टोरी नै छाप्यो ।

    सपथ ग्रहण समारोह होस् या ह्वाइट हाउस प्रवेशमा, ह्यारिसको पहिरन फेसन स्टेटमेन्ट नै बन्यो । उनले लगाएको कोटको अहिले विश्वव्यापी चर्चा भैरहेको छ । त्यो चर्चा नेपाली फेसन डिजाइनरमाझ व्यापक छ ।

    भर्चुअल सपथ ग्रहण समारोहमा ह्यारिसले प्रबलले डिजाइन गरेको उल क्रिप ह्यान्ड टेलर्ड कोट लगाइन् ।

    ह्यारिसले न्यूयोर्कस्थित नेपाली फेसन डिजाइनर प्रबल गुरुङ र पहिरन उत्पादक कम्पनी तारा ओरेन्टियलको डिजाइन लगाएर सपथ ग्रहण पछाडिका केही समारोहमा भाग लिइन् । यी दुबै नेपाली फेसन डिजाइनरले ह्यारिस आफूहरुको डिजाइनमा सजिँदा सपना पुरा भएको उल्लेख गरेका छन् ।

    भर्चुअल सपथ ग्रहण समारोहमा ह्यारिसले प्रबलले डिजाइन गरेको उल क्रिप ह्यान्ड टेलर्ड कोट लगाइन् । ‘यो मेरा लागि सम्मानको कुरा हो’ प्रबलले इन्स्टाग्राममा लेखेका छन्, ‘यो मेरा लागि अमेरिकी सपनाको एउटा अध्याय हो ।’

    एउटा आप्रवासी महिला उपराष्ट्रपति पदमा पुग्नुसँग आफ्नो संघर्ष र सपना पनि जोडिएको गुरुङले उल्लेख गरेका छन् । प्रबलको यो भनाइलाई ह्यारिसकी छोरी मीना ह्यारिसले पनि समर्थन व्यक्त गर्दै लभ रियाक्ट गरेकी छिन् ।

    यसैगरि, लिंकन मेमोरियलमा आयोजना गरिएको ‘सेलेव्रिटिङ अमेरिका’ नामक इन्योगुरेसन कन्सर्टमा ह्यारिसले काठमाडौंमा निर्माण भएको कस्मिरी स्कार्फ पनि लगाएकी थिइन् । यो स्कार्फलाई नेपाली फेसन डिजाइनिङ कम्पनी तारा ओरेन्टियलले डिजाइन गरेको हो ।

    इन्योगुरेसन कन्सर्टमा ह्यारिसले काठमाडौंमा निर्माण भएको कस्मिरी स्कार्फ पनि लगाएकी थिइन् ।

    तारा ओरेन्टियलले आफ्नो इन्स्टाग्राम पृष्ठमा आफ्ना लागि यो क्षण गर्विलो भएको उल्लेख गरेको छ । यसअघि प्रबल गुरुङको डिजाइनमा फस्टलेडी मिसेल ओबामा लगायत सजिइसकेका छन् ।

  • उपराष्ट्रपतिमा नवनिर्वाचित ह्यारिसद्वारा सिनेट सदस्यबाट राजीनामा

    उपराष्ट्रपतिमा नवनिर्वाचित ह्यारिसद्वारा सिनेट सदस्यबाट राजीनामा

    वासिङ्टन –अमेरिकाको उपराष्ट्रपतिमा नवनिर्वाचित कमला ह्यारिसले सिनेट सदस्यबाट राजीनामा दिएकी छिन् । उपराष्ट्रपतिको रुपमा सपथ ग्रहण गर्नु दुई दिनअघि उनले सोमबार सिनेटर पदबाट राजीनामा दिएकी हुन् ।

    “मैले अमेरिकाको सिनेट सदस्य पद मात्रै छाडेकी हुँ, सिनेटबाटै विदा लिएको छैन, म सिनेटमै रहन्छु,” उहाँले ट्वीटरमा लेखेकी छिन् ।

    अमेरिकामा उपराष्ट्रपति नै सिनेटको अध्यक्ष हुने व्यवस्था रहेकाले उनी उपराष्ट्रपतिमा निर्वाचित भएकाले स्वतः सिनेटको अध्यक्ष बनेकी हुन् ।

    सिनेट सदस्यबाट राजीनामा दिएपनि अध्यक्ष हुने भएकाले सिनेटबाट विदा नभएको उनले बताइन् । अमेरिकाको सिनेटमा अहिले डेमोक्र्याटिक र रिपब्लीकन दुवै पक्षका ५०–५० जना सदस्य रहेका छन् ।

    ह्यारिस डेमोक्र्याटको तर्फबाट उपराष्ट्रपतिमा निर्वाचित भएकी हुन् । उनीसँगै उनकै पार्टीका जो बाइडेन अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका छन् । दुवै जनाले यही जनवरी २० तारिखमा सपथग्रहण गर्दै ह्वाइट हाउस प्रवेश गर्न लागेका हुन् ।

  • कमला ह्यारिसमाथि कभर स्टोरी छाप्दै भगले लेख्यो –विश्व फेसन र फिल्ममा बिहानीको उदय !

    कमला ह्यारिसमाथि कभर स्टोरी छाप्दै भगले लेख्यो –विश्व फेसन र फिल्ममा बिहानीको उदय !

    पहिलो अमेरिकी उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसलाई फिल्म र फेसन उद्योगबाट स्वागत हुन थालेको छ । प्रतिष्ठित फेसन म्यागजिन भगले कभरस्टोरीको लागि फोटोसुट नै गर्‍यो । भग लेख्छ –ह्यारिसको विजयले अमेरिकी राजनीतिमा नयाँ विहानीको संकेत गर्छ ।

    भगको जनवरी संस्करणमा ह्यारिसको फोटोसुटले चर्चा बटुल्यो । जहाँ उनलाई कन्भर्स स्निकर्स र डोनाल्ड डिल ब्लेजरमा देख्न सकिन्छ । यो फेसन स्टेटमेन्टको छनौट चाहिँ ह्यारिसको आफ्नै हो । यो पहिरनमा ह्यारिसको मुस्कानले अझै फोटोसुटलाई ताजा तुल्याउँछ ।

    हावर्ड विश्वविद्यालयमा अध्ययनरत छँदाको गेटअपमा ह्यारिसलाई प्रस्तुत गरिएको छ । ‘यो फोटोसुट ह्यारिसको युनिभर्सिटी बेलाप्रति समर्पित छ’ भगका फेसन सम्पादक जेनेली ओकोडु लेख्छन्, ‘यो डिजाइन त्यतिबेलाको चर्चित अल्फा कप्पा अल्फाको पहिरनमा आधारित छ ।’ हावर्डको अल्फा च्याप्टर नामक विद्यार्थी संगठनमा हुने डिजाइनमा ह्यारिसलाई भगले उतारेको छ ।

    राष्ट्रपतिमा निर्वाचित जो बाइडेन र ह्यारिसको पहिलो सय दिनको प्राथमिकता चाहिँ अमेरिकामा फैलिएको कोरोनाभाइरस महामारीको नियन्त्रण हो । महामारीले स्कुल जान नपाएका बालबालिका र उचित स्वास्थ्य प्रबन्ध नपाएका फ्रन्टलाइन वकर्स र उनीहरुको दुःखलाई लिएर ह्यारिस चिन्तित देखिन्छिन् । साथै, कोरोनाले थलिएका साना व्यापारलाई उकास्ने उनको योजना रहेको भगले लेखेको छ ।

    विश्व फेसनसँगै अमेरिकी र भारतीय फिल्म उद्योगले पनि ह्यारिसलाई स्वागत गरेको छ । ह्यारिस दक्षिण एसियाली मूलकी पनि हुन् । उनको विजयमा हलिउड र संगीतकर्मीले पनि स्वागत गरेका छन् ।

  • अमेरिकी उपराष्ट्रपतिमा निर्वाचित ह्यारिसले पनि लगाइन् कोरोना खोप

    अमेरिकी उपराष्ट्रपतिमा निर्वाचित ह्यारिसले पनि लगाइन् कोरोना खोप

    एजेन्सी । अमेरिकाकी नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिसले कोभिड–१९ खोप लिएकी छन् । उनले खोप लगाएको दृश्य टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरिएको थियो, किनभने उनी सबै अमेरिकी जनतालाई खोपमा विश्वास दिलाउन चाहन्थिन् ।

    वासिंटन डिसीको अफ्रिकी–अमेरिकीको धना बसोबास रहेको क्षेत्रमा अवस्थित युनाइटेड मेडिकल सेन्टरमा माक्स लगाएकी ह्यारिसले कोपको डोज लिएकी हुन् ।

    कोरोना महामारीको सबैभन्दा चपेटामा परेको अमेरिकी नागरिक मध्ये अफ्रिकी–अमेरिकीहरुमा मृत्यु र बिरामीको दर उच्च छ । एउटा सर्वेक्षणले के पनि देखाएको थियो भने उनीहरु खोप अभियानप्रति पनि अनिच्छुक थिए ।

    ‘म सर्बैलाई यो कुरा सम्झाउन चाहन्छु कि तपाईहरुले समुदायमै यो खोप लिन सक्नुहुन्छ, जहाँ तपाईका परिचितहरुले नै खोप लिनुहुनेछ,’ अमेरिकी कम्पनी मोडर्नाले विकास गरेको खोप लिएपछि उनले भनिन् ।

    जनवरी २० मा सपथ लिएपछि ह्यारिक अमेरिकी इतिहासमा पहिलो महिला उपराष्ट्रपति बन्नेछिन् साथै पहिलो भारतीय–अमेरिकी उपराष्ट्रपति हुनेछिन् । उनका पिन डग एमहफलाई पनि कोरोना खोप लगाइएको छ ।

    यसअघि राष्ट्रपतिमा निर्वाचित जोय बाइडेनले अघिल्लो साता टेलिभिजन प्रत्यक्ष प्रशारणमार्फत नै खोरोना खोप लगाएका थिए ।