Tag: कमल थापा

  • राजसंस्थाको एजेन्डा एक निमेष छोड्दैनौं, अब सरकारमा जाँदैनौंः कमल थापा

    राजसंस्थाको एजेन्डा एक निमेष छोड्दैनौं, अब सरकारमा जाँदैनौंः कमल थापा

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विगतमा पटक-पटक सरकारमा गएर आफूहरुले गल्ति गरेको बताएका छन् । अब यस्तो गल्ति नदोहोर्‍याउने उनको भनाइ छ ।

    थापाले सामाजिक सञ्जालमा स्टाटस लेख्दै यस्तो बताएका हुन् । उनले आफूहरु सरकारमा गएको मतदाताले नरुचाएको उल्लेख गरेका छन् ।

    थापाले लेखेका छन्, ‘पटक-पटक हामी सरकारमा गएको मतदातालाई चित्त बुझेन, त्यो प्रत्यूत्पादक भयो, गल्ति भया । अब गल्ति दोहोरिने छैन ।’

    थापाले राप्रपा सरकारमा गए पनि राजसंस्थाको मुद्दा नछोडेको  बताएका छन् । ‘सरकारमा गए पनि राप्रपाले एक निमेष पनि राजसंस्था र हिन्दुराष्ट्रको एजेन्डा छोडेको छैन र छोड्ने छैन,’ उनले भनेका छन् ।

  • राणा र लोहनीप्रति कमल थापाको असन्तुष्टिः दुई घोडा अल्छी, गतिहीन भइयो

    राणा र लोहनीप्रति कमल थापाको असन्तुष्टिः दुई घोडा अल्छी, गतिहीन भइयो

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीका अन्य दुई अध्यक्षको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरूका कारण पार्टी गतिहिन बनेका थापाको घुमाउरो आशय छ ।

    पशुपति शम्शेर राणा र प्रकाशचन्द्र लोहनीको नाम नलिइकन थापाले उनीहरुलाई ‘अल्छी घोडा’ को संज्ञा दिएका छन् ।

    उनी फेसबुकमा लेख्छन्, ‘दुई वा दुईभन्दा बढी घोडाले तानेको रथले गति लिन सक्दैन । यो नैसर्गिक सत्य हो । यो सत्य नबुझेको होइन, तर तीव्र गति लिन नसके पनि सामान्य गतिमा हिँड्ला भन्ने आशा थियो । गतिहीन नै होला भन्ने सोचिएन ।’

    थापाले आफूलाई दुई अल्छी घोडाको बीचमा च्यापिएको तीव्र गतिको घोडाको रूपमा चित्रण गरेका छन् ।

    ‘दुई अल्छी घोडाको बीचमा च्यापिएको तीव्रगतिको घोडाको हालत के होला रु च्यापिएर थला पर्न बेर छैन’ उनले लेखेका छन् ।

    राप्रपामा पछिल्लोपटक १५ महिनाअघि एकता भएको थियो । राणा र लोहनीको रापपा संयुक्त र थापाको राप्रपाबीच एकीकरण भएर तीनैजना अध्यक्ष बनेका थिए ।

  • कमल थापाको दावी–संसद पुनःस्थापना भए पनि ओली नै प्रधानमन्त्री

    कमल थापाको दावी–संसद पुनःस्थापना भए पनि ओली नै प्रधानमन्त्री

    काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले अदालतबाट संसद पुनःस्थापना भए फेरि पनि केपी ओली नै प्रधानमन्त्री हुने भन्दै निर्वाचनको विकल्प नरहेको दोहोर्याएका छन् । थापाले चुनाव छाडेर अदालत जानेहरु नै ओलीलाई निरन्तरता दिने बाटोमा रहेको टिप्पणी गरेका छन् ।

    सामाजिक सञ्जाल ट्वीटरबाट थापाले संसदीय गणितले ओलीलाई नै पुनःस्थापना भए पनि प्रधानमन्त्री बनाउने दावी गरेका छन् । थापा भन्छन्– ,ओलीले देश वर्वाद पारे भनेर विरोध गर्नेहरू नै ओलीलाई निरन्तरता दिने बाटोमा छन् । चुनाव छाडेर अदालत जानेले बुझ्नुपर्छ, संसद पुनर्स्थापना भएमा पुनस्ओली नै प्रम हुन्छन् । यो भविष्यवाणी होईन,संसदीय गणितले त्यहि भन्छ ।

  • कमल थापाको टिप्पणी- नागरिकतासम्बन्धी अध्यादेश राष्ट्रहितविपरीत र आपत्तिजनक

    कमल थापाको टिप्पणी- नागरिकतासम्बन्धी अध्यादेश राष्ट्रहितविपरीत र आपत्तिजनक

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संसदमा विचाराधीन अध्यादेश सत्ता स्वार्थको निम्ति ल्याएको आरोप लगाउँदै त्यसलाई फिर्ता लिन माग गरेका छन् ।

    ‘नागरिकता विधेयक संसदमा विचाराधिन छ,’ थापाले भनेका छन्, ‘तर,सत्ता स्वार्थको निम्ति नागरिकता जस्तो सम्वेदनशील विषयमा पर्याप्त छलफल र सहमति नै कायम नगरी कोरोना महामारी र राजनीतिक अस्थिरताबीच सरकारले जुन अध्यादेश जारी गरेको त्यसको भत्सर्ना गर्दछु । यो राष्ट्रहितविपरित र आपत्तिजनक अध्यादेश फिर्ता हुनुपर्छ ।’

    राष्ट्रपति विद्यादेवी भण्डारीले आजै नागरिकतासम्बन्धी अध्यादेश जारी गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गरेकी हुन् ।

    अध्यादेश जारी भएसँगै जन्मसिद्ध नागरिकका सन्तानले वंशजको नागरिकता पाउनेछन् । नागरिकतासम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयक संसदमा विचाराधीन थियो । जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने या नदिनेबारे तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा विवाद थियो ।

    सरकार र जनता समाजवादी पार्टीबीच भएको सहमतिमा अध्यादेशमार्फत नागरिकता सम्बन्धी ऐन संशोधन गर्ने सहमति बनेको थियो । त्यसै अनुसार सरकारले नागरिकता सम्बन्धी अध्यादेश ल्याउन सिफारिस गरेको थियो ।

    जसपा र सरकारबीच संविधान संशोधन गर्ने सहमति समेत भएको छ । त्यसका लागि पाँच सदस्यीय संविधान संशोधन अध्ययन कार्य बनाइएको छ ।

  • कमल थापाको प्रश्न–धारा ७६ (५)ले सांसदहरुलाई निर्दलीय बन्ने छुट दिएको हो ?

    कमल थापाको प्रश्न–धारा ७६ (५)ले सांसदहरुलाई निर्दलीय बन्ने छुट दिएको हो ?

    काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले दलीय अनुशासनविपरित अन्य दलका सांसदको हस्ताक्षर गराएर सरकारको नेतृत्व दावी गर्नु निर्दलीय चरित्र हुने बताएका छन् ।

    थापाले संविधानको धारा ७५ (५)ले सांसदहरुलाई निर्दलीय बन्ने छुट दिएको हो ? दलीय अनुशासन विपरित जाने स्वतन्त्त्रता दिएको हो ? भन्ने प्रश्न गरेका छन् ।

    थापाले भनेका छन्–यदि यो मान्यता स्वीकार गर्ने हो भने दल फुटाउने,सांसद किनबेच गर्ने काम बैधानिक हुन्छ । कुनै दल सुरक्षित रहन्न,क्षणिक स्वार्थ नहेरौं । एमालेका २७ जना सांसद र जसपाका १२ जना सांसदको हस्ताक्षरमा देउवाले प्रधानमन्त्री दावी गरेको सन्दर्भृमा थापाको यस्तो भनाइ आएको हो ।

  • केपी ओलीलाई जनताले सम्झनेछन्: कमल थापा

    केपी ओलीलाई जनताले सम्झनेछन्: कमल थापा

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनताले सधैँ सम्झिरहने बताएका छन् ।

    प्रतिनिधिसभामा विश्वासको मत पाए पनि नपाएपनि लिम्पियाधुरासहितको नक्सा जारी गरेको र सिके राउतलाई शान्तिपूर्ण राजनीतिमा ल्याएको जस ओलीले पाउने थापाको भनाई छ ।

    थापाले ट्वीट गर्दै संसदमा विश्वासको मत गुमाएपनि ती दुई कामको लागि ओलीको कार्यकाल स्मरणीय रहने बताएका हुन् ।

    ‘ जेहोस् अनेक विवाद र असफलताका वाबजुद लिम्पियाधुरासहितको चुच्चे नक्सा प्रकाशन र विखण्डनकारी सिके राउतलाई मुलधारमा ल्याउने कामको निम्ति ओलीको सम्झना भैरहने छ’, थापाले ट्वीट गरेका छन् ।

     

  • विश्वासको मत लिने प्रधानमन्त्रीको निर्णय राजनीतिक अस्थिरता अन्त्यको अवसर : थापा

    विश्वासको मत लिने प्रधानमन्त्रीको निर्णय राजनीतिक अस्थिरता अन्त्यको अवसर : थापा

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रधानमन्त्रीले विश्वासको मत लिनु राजनीतिक अस्थिरता अन्त्य गर्ने अवसर भएको बताएका छन् ।

    थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिने भएपछि विद्यमान राजनीतिक विकृति/अस्थिरता अन्त्य गर्ने अवसर फेरि प्राप्त भएको छ,’ थापाले भनेका छन्, ‘नयाँ चुनाव नै त्यो अवसर हो जनतामा गएर प्रजातन्त्रको रक्षा गर्ने वा भ्रष्ट कम्युनिष्ट घटकसँग मिलेर क्षणिक सत्तास्वार्थमा रमाउने । कांग्रेस र जसपा अग्निपरीक्षामा छन् ।’

    प्रधानमन्त्री केपी शर्मा ओलीले २७ वैशाखमा सदनबाट विश्वासको मत लिँदै छन् ।

  • प्रधानमन्त्रीमाथिको गम्भीर आरोप प्रचण्डको ‘लाजमर्दो राजनीति’- कमल थापा

    प्रधानमन्त्रीमाथिको गम्भीर आरोप प्रचण्डको ‘लाजमर्दो राजनीति’- कमल थापा

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले लगाएको आरोपप्रति टिप्पणी गरेका छन् ।

    सरकारलाई दिएको समर्थन कायमै राखेर गम्भीर आरोप लगाउने प्रचण्डको शैलीलाई थापाले ‘लाजमर्दो राजनीति’ को संज्ञा दिएका छन् ।

    ‘दुई पटक प्रधानमन्त्री भइसकेका प्रचण्डजीले केहीदिन अघिसम्म एउटै पार्टीमा रहेका अध्यक्ष र देशको प्रधानमन्त्रीलाई ‘वर्षौंदेखि विदेशीबाट पालित पोषित एजेन्ट’ भनी आरोप लगाएको सुन्दा आश्चर्य लागेको छ, सामाजिक सञ्जालमा थापाले लेखेका छन्, ‘यस्तो गम्भीर आरोप लगाउने, तर सरकारलाई दिएको समर्थन कायम राख्ने ! लाजमर्दो राजनीति’

    जातीय विभेद उन्मूलन दिवसको दिन आइतबार एक कार्यक्रममा प्रचण्डले प्रधानमन्त्रीलाई विदेशीको अगाडि लम्पसार परेको आरोप लगाएका थिए ।

  • बिनाप्रसंग कमल थापामाथि संग्रौलाको छुद्र गाली

    बिनाप्रसंग कमल थापामाथि संग्रौलाको छुद्र गाली

    काठमाडौं । लेखक खगेन्द्र संग्रौला आफ्नो तीखो लेखनशैलीका लागि चिनिन्छन् । तर, आलोचकहरूले उनलाई ‘गाली शिरोमणी’ को संज्ञा दिने गरेका छन् ।

    संग्रौला सामाजिक सञ्जालमा समेत सक्रिय छन्, जहाँ उनले अधिकांस नकारात्मक प्रतिक्रियाहरूको सामना गर्नुपर्छ । तर, पनि उनले आफ्नो शैलीमा कत्ति पनि बदलाव ल्याएका छैनन् ।

    सोमबार संग्रौलाले एउटा आलोचित ट्वीट गरे, जसमा उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई तल्लोस्तरको गाली गरेका छन् । उनले थापालाई ‘बाँदर’को संज्ञा दिएका छन् ।

    संग्रौला लेख्छन्, ‘जंगलम नर बन्ने प्रक्रियामा ल्याकत नपुगेर मान्छे बन्न सकेका बाँदर भएझैं समाजमा गणतन्त्रवादी बन्ने प्रक्रियामा ल्याकत नपुगेर गणतन्त्रवादी बन्न नसकेका मण्डलेरुपी बाँदर छन् । यी जंगललका र समाजका फरक मुखाकृति भएका बाँदरलाई देख्दा मलाई हुलुक्क हाँस उठ्छ । बरा दुखिया मान्यवर कमले मण्डले ।’

    यसरी बिनाप्रसंग कमल थापालाई छुद्र गाली गरेपछि संग्रौलाले नमिठा प्रतिक्रियाहरुको सामना गर्नु परेको छ । उनलाई विदेशी दलालदेखि ‘जड्याहा’ सम्मका उपमा दिइएको छ । संग्रौलाको ट्वीटमा कमल थापाको प्रतिक्रिया भने आएको छैन ।

  • विप्लवले हतियार राज्यलाई बुझाएर हिंसाको राजनीति त्यागेको घोषणा गर्नुपर्छ: कमल थापा

    विप्लवले हतियार राज्यलाई बुझाएर हिंसाको राजनीति त्यागेको घोषणा गर्नुपर्छ: कमल थापा

    रुपन्देही । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेकपाले हातहतियार राज्यलाई बुझाएर हिंसाको राजनीति त्यागेको घोषणा गर्नुपर्ने बताएका छन्।

    शुक्रबारदेखि बुटवलमा शुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट पत्रकारहरुको संगठन मिडिया नेपालको प्रथम राष्ट्रिय भेलामा बोल्दै थापाले शान्ति र स्थायित्वका लागि राज्यपक्ष पनि जिम्मेवार बन्नुपर्नेमा जोड दिए ।

    पूर्व उपप्रधानमनत्रीसमेत रहेका अध्यक्ष थापाले राप्रापासहित सबै शक्तिबीच सर्वपक्षीय गोलमेच सम्मेलन गरी सधैका लागि स्थायी व्यवस्था कायम गर्नुपर्ने बताएका छन् । उनले राष्ट्रिय राजनीतिमा राष्ट्रवादी भएर बाच्न गाह्रो हुने बताउँदै देशी र विदेशी शक्तिहरु राष्ट्रवादीहरुलाई देख्न पनि नचाहेको धारणा राखे ।

    प्रजातन्त्रको मेरुदण्ड सञ्चारजगत भएको उल्लेख गर्दै सञ्चारजगत बलियो भएमात्र प्रजातन्त्र बलियो हुने थापाको भनाइ थियो । कसैको दवाव र प्रभावमा नपरी स्वतन्त्र र सत्यको आधारमा निष्पक्ष पत्रकारिता गर्न थापाले आग्रह गरे।

  • सरकार र विप्लव समूहबीच भएको सहमति सकारात्मक: कमल थापा

    सरकार र विप्लव समूहबीच भएको सहमति सकारात्मक: कमल थापा

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले सरकार र विप्लव समूहबीच भएको तीन बुदेँ सहमति सकारात्मक भएको बताएका छन् ।

    राप्रपाका अध्यक्ष थापाले विप्लवसँग भएकोे सहमति र सम्वाद शान्तिपूर्ण राजनीतिक माध्यमबाट समस्याको समाधान खोज्ने नेकपाको प्रतिवद्धता स्वागत योग्य भएको बताएका हुन् ।

    उनले सामाजिक सञ्जाल टीटरमा लेखेका छन्,‘नेपाल सरकार र नेकपा विप्लव समुहका बिचमा भएको सहमति सकारात्मक छ।सम्वाद र शान्तिपूर्ण राजनीतिक माध्यमबाट समस्याको समाधान खोज्ने नेकपाको प्रतिबद्धता स्वागत योग्य छ।’

    बिहीबार सरकार र विप्लव नेतृत्वको नेकपाबीच तीनबुँदे सहमति भएको छ। दुई दिन लामो वार्तापछि विप्लव समूहले आफ्नो सम्पूर्ण गतिविधि शान्तिपूर्ण रूपमा गर्ने तथा सरकारले विप्लव समूहमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजीलगायतका विषयमा सहमति भएको  थियाे।

     

  • कमल थापाको प्रस्तावः ‘राजा’देखि विप्लवसम्मको सर्वपक्षीय सम्मेलन

    कमल थापाको प्रस्तावः ‘राजा’देखि विप्लवसम्मको सर्वपक्षीय सम्मेलन

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विप्लव समुहसँग वार्ताको प्रयासलाई सकारात्मक बताएका छन् । साथै उनल समस्या समाधानको लागि पूर्व राजा ज्ञानेन्द्र शाहसमेतको सर्वपक्षीय सम्मेलन गर्न आह्वानसमेत गरेका छन् ।

    सरकारले विप्लवसँग वार्ताका लागि टोली गठन गरेलगत्तै थापाको प्रतिक्रिया आएको हो । उनले फेसबुकमा स्टाटस लेख्दै सर्वपक्षीय सम्मेलनको आह्वान गरेका छन् ।

    उनको स्टाटस यस्तो छ, ‘नेकपा (माओवादी) विप्लव समुहसँग वार्ता हुनु सकारात्मक हो।यदी साच्चै देश र जनताको हितमा काम गर्ने हो भने कसैलाई निषेध नगरी सबै नेपाली अटाउने राजनीतिक प्रणाली निर्माण गर्न राजादेखि विप्लवसम्म र राष्ट्रिय राजनीतिमा क्रियाशील सबै दल र पक्षहरूको प्रतिनिधित्व हुने सर्वपक्षीय सम्मेलन गरौँ ।

    मन्त्रीपरिषदले आजै गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा विप्लवसँग वार्ताका लागि टोली गठन गरेको छ ।

    टोलीका सदस्यमा प्रधानमन्त्रीका परराष्ट्र मामला सल्लाहकार राजन भट्टराई रहेका छन् । सरकारको वार्ता टोलीलाई लिएर विप्लव माओवादीले औपचारिक प्रतिक्रिया दिइसकेको छैन ।

  • राष्ट्रिय प्रजातन्त्र पार्टीको बाँकी रहेका जिल्लाको समायोजन एक साताभित्र गरिसक्नुपर्ने

    राष्ट्रिय प्रजातन्त्र पार्टीको बाँकी रहेका जिल्लाको समायोजन एक साताभित्र गरिसक्नुपर्ने

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले बाँकी रहेका जिल्लाको समायोजन एक साताभित्र गरिसक्नुपर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा सोमबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

    बैठकले बाँकी रहेका जिल्लाको ७ दिन भित्र समायोजन गर्न पार्टीका नेता बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुव बहादुर प्रधान र भास्कर भद्रा रहेको ४ सदस्यीय समिति पनि गठन गरेको छ ।

    पार्टीको आगामी २०७८ बैशाख २५ देखि २८ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनलाई लक्षित गरि ‘स्थानीय तहको परिषद तथा निर्वाचन निर्देशिका’ र ‘केन्द्रीय निर्वाचन समिति सम्बन्धि निर्देशिका’ पनि बैठकले पारित गरेको एक विज्ञप्तीमार्फत जनाएको छ ।

    बैठकले जिल्ला निर्वाचन समितिको गठन अबको एक साता भित्र अर्थात फागुन २५ भित्र गरिसक्ने, सक्रिय सदस्यता वितरण अभियानलाई चैत १५ सम्म म्याद थप गर्ने, वडादेखि जिल्ला तहसम्मका कार्य समितिको गठन चैत मसान्त सम्ममा गरिसक्ने र महाधिवेशन प्रतिनिधिको निर्वाचन २०७८ बैशाख १० गते भित्र सम्पन्न निर्णय पनि गरेको छ ।

  • राप्रपा अध्यक्ष कमल थापाको टिप्पणी– सत्ताधारीले गणतन्त्रलाई गाईजात्रा बनाए

    राप्रपा अध्यक्ष कमल थापाको टिप्पणी– सत्ताधारीले गणतन्त्रलाई गाईजात्रा बनाए

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सत्ताधारी पार्टी र नेताहरुका पछिल्ला गतिविधिले गणतन्त्रलाई गाईजात्रा बनाइरहेको टिप्पणी गरेका छन् ।

    आज बिहान सामाजिक सन्जालमार्फत प्रधानमन्त्रीको अविव्यक्ति, उपराष्ट्रपति, सभामुख र सत्तारुढ नेकपाका नेताहरुको आन्दोलनले गणतन्त्रलाई गाईजात्राको रुपमा चित्रित भएको बताएका हुन् ।

    थापाले ट्वीटरमा लेखेका छन्, ‘आफ्नो पक्षमा फैसला नभए आन्दोलन गर्ने प्रधानमन्त्रीको चेतावनी, राष्ट्रपति र सरकारको निर्णयमा उपराष्ट्रपतिको विरोध, सभामुखले राष्ट्रपति, प्रधानमन्त्री र प्रधानन्यायाधीशविरुद्ध मुद्दा हाल्ने, सडक प्रदर्शन गरी नेताहरु अदालतलाई तर्साउने/धम्क्याउनेजस्तो कार्यहरुले गणतन्त्रलाई गाईजात्रा बनाए ।

  • संसद विघटनले जटिलता निम्त्यायो, अब ताजा जनादेश : कमल थापा

    संसद विघटनले जटिलता निम्त्यायो, अब ताजा जनादेश : कमल थापा

    झापा –राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संसद विघटनले संवैधानिक जटिलता निम्त्याएको बताएका छन् । शनिबार झापाको गौरीगन्जमा आयोजित सभालाई सम्बोधन गर्दै थापाले भ्रष्टाचार, बेरोजगारी, मनपरीतन्त्र, धर्मपरिवर्तन र सर्वसत्तावादी चक्रको अन्त्यको निमित्त ताजा जनादेश उपयुक्त हुने विचार व्यक्त गरे ।

    राजसंस्था र हिन्दूराष्ट्र लोकतान्त्रिक एवं प्रगतिशील मान्यता भएको भन्दै उनले शासन जनताका छोराछोरीले गर्ने, अभिभावकको रुपमा मात्र राजसंस्था रहँदा मुलुकको सर्वाेपरि हित हुने दाबी गरे । सबै धर्मको सम्मान हुने गरी सनातन हिन्दूराष्ट्र कायम गर्दा मुलुकको धर्म, संस्कृति, परम्परा र मौलिकताको जगेर्ना हुने थापाको धारणा थियो।

    १४ वर्षको राजनीतिक अभ्यास असफल भएको भन्दै विदेशी दबाब, प्रभाव र हस्तक्षेप बढेर जानुमा स्वार्थ र शक्तिको फोहाेरी राजनीतिले काम गरेको उनको भनाइ थियो । कम्युनिष्ट पार्टीभित्रको द्वन्द्व देश हित र निर्माणका निमित्त नभई कुर्सी, शक्ति र भागबण्डाको निमित्त मात्र भएको थापाको टिप्पणी थियो।

    कार्यक्रममा बोल्दै राप्रपा नेता राजेन्द्र लिङ्देनले राप्रपालाई काङ्ग्रेस र कम्युनिष्टको विकल्पको रुपमा स्थापित गराएरै छाड्ने दृढता व्यक्त गरे। लिङ्देनले भ्रष्टाचार र बेथिति विरुद्धमा राप्रपाले सशक्त आवाज उठाएर जनताको माझमा जाने बताए। कार्यक्रममा नेताहरू राम थापा, टेकनारायण राजवंशी, अम्बर बिष्ट, वासुदेव भट्टराई, बाबुराजा श्रेष्ठलगायतले सम्बोधन गरेका थिए।

  • कार्यकर्तालाई कमल थापाले भने-अदालतले विघटन सदर गरे चुनावको तयारी गर्नुस्

    कार्यकर्तालाई कमल थापाले भने-अदालतले विघटन सदर गरे चुनावको तयारी गर्नुस्

    हेटौंडा । राप्रपा अध्यक्ष कमल थापाले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन निर्णय सदर गरे युद्धस्तरमा चुनावको तयारीमा लाग्न नेता, कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

    आज हेटौंडामा आयोजित कार्यक्रममा बोल्दै थापाले संगठन सुदृढीकरण,जनसंघर्ष र महाधिवेशनको तयारीलाई सशक्त ढंगबाट संचालन गर्नुपर्नेमा जोड दिए ।

    नेपाली समाज सनातन मूल्य,मान्यता,धर्म र संस्कृतीको जगमा खडा भएको छ भन्दै थापाले मुलुकको स्वाधीनता जोगाउन राजासहितको प्रजातन्त्र आवश्यक रहेको चर्चा गरे।

    कोही कसैसँग डराउन नपरेपछी भ्रष्टाचार, व्यभिचार र मनपरितन्त्र बढेको भन्दै थापाले भ्रष्टाचार ,बेरोजगारी , धर्मपरिवर्तन र सर्वसत्तावाद अहिलेको प्रमुख समस्या भएको समेत उल्लेख गरे।

    कार्यक्रममा राप्रपा नेताहरू राजाराम बर्तौला, रामहरी न्यौपाने, गुरुप्रसाद सापकोटा, इन्दिरा न्यौपाने र मिठेबहादुर कार्कीलगायतले बोलेका थिए ।

  • नेकपाको झगडा सिद्धान्तको होइनः कमल थापा

    नेकपाको झगडा सिद्धान्तको होइनः कमल थापा

    हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेकपा भित्र देखिएको झगडा सिद्धान्तको नभई पद, कुर्सी र भागबन्डाको झगडा भएको बताएका छन् ।

    आज मकवानपुरको मनहरी गाउँ पालिकाको रजैयामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले देश निर्माणको बिषयमा केन्द्रीत हुनुपर्ने समयमा कुर्सी र शक्तिको लागि झगडा गरेर मुलुकलाई बर्बादिको अँध्यारो सुरुङ्गमा फसाएकोमा आक्रोश ब्यक्त गरे।

    नेकपा र नेपाली काङ्ग्रेसको असफलताले भ्रष्टाचार र कुशासनको दलदलमा मुलुक भासिएको चर्चा गर्दै थापाले प्रमुख प्रतिपक्षी दल काङ्ग्रेस कर्तव्य बिमुख र निरीह रहेको समेत उनले बताए।

    मुलुकमा अहिले भ्रष्टाचार , कुशासन, धर्म परिबर्तन र बेरोजगारी समस्या डरलाग्दो महारोगको रुपमा देखिएको बताउदै लोकतन्त्रको लागि अब कहिल्यै लड्नुपर्दैन, राजा हटाउपछि लोकतन्त्र मजबुत हुन्छ भन्नेहरु नै आज लोकतन्त्रमाथी खतरा भयो भन्दै कराउदै हिडेको बताए।

    राजसंस्था विकास र प्रजातन्त्रको बाधक नभएको भन्दै थापाले व्यबहार र चरीत्रमा प्रजातान्त्रिक हुनुपर्नेमा थापाले जोड दिए । धतुरो रोपेर आँप नफल्ने भन्दै थापाले ०६२/०६३ को आन्दोलनको मार्गचित्र त्रुटिपूर्ण भएको जिकिर गरे।

    राप्रपालाई काङ्ग्रेस कम्युनिस्टको विकल्पको रुपमा राष्ट्रबादी शक्ति बनाउनको लागि संगठन सुदृढीकरण अभियानमा केन्द्रित हुन थापाले आग्रह गरे ।

    केन्द्रीय कार्य सम्पादन समितिका सदस्य मधु अधिकारिले सत्ताको लोभले मुलूक र जनताले दुख पाउनु दुर्भाग्यपूर्ण भएको बिचार ब्यक्त गरे ।

  • कमल थापाको दावी– संसद विघटनले होइन, पुनःस्थापनाले अस्थिरता ल्याउँछ

    कमल थापाको दावी– संसद विघटनले होइन, पुनःस्थापनाले अस्थिरता ल्याउँछ

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रतिनिधिसभा विघटनले होइन पुनःस्थापना भए चाहिं राजनीतिक अस्थिरता हुने बताएका छन् । सडकमा शक्ति प्रदर्शनको नाममा अदालतलाई धम्क्याउने र अस्थिरता सिर्जना गर्ने काम भइरहेको टिप्पणी समेत थापाले गरेका छन् ।

    विभाजित नेकपाका अध्यक्ष प्रचण्डले शुक्रबार विराटनगरको सभामा अदालतले प्रतिनिधिसभा पुनःस्थापना नगरे सभामुखमार्फत संसद बैठक बोलाएर केपी ओलीलाई कारबाही गर्ने र जनताले नै फैसला गर्ने बताएका थिए । त्यसकाे जवाफ दिंदै थापाले यस्ता धम्कीले संविधान र प्रजातन्त्र कमजोर बनाउने बताएका छन् ।

    आफ्नो लामो वक्तव्यमा थापाले भनेका छन्– संविधानको आशय स्थिरता हो। विघटनले होइन, पुनःस्थापनाले अस्थिरता ल्याउने स्पष्ट छ। विगतको अनुभव दृष्टिगत गर्दै संविधानले स्थिरतालाई जोड दिएको हो। चुनावमा पूर्णबहुमत प्राप्त दल फुटाएर, सांसद किनबेच गरेर, अपवित्र गठबन्धन बनाएर सरकार बनाउ र अस्थिरताको श्रृंखला चलाउ भन्ने संविधानको आशय कदापि होइन । बहुमतको सरकार चल्न नसके नयाँ चुनाव सर्वमान्य प्रजातान्त्रिक अभ्यास हो।

    अध्यक्ष थापाले नयाँ चुनावमा जाँदा संविधानको हत्या हुन्छ भन्नु असंवैधानिक अभिव्यक्ति भनेका छन् । उनले संविधानमा प्रतिनिधिसभा विघटनबारे अस्पष्टता भएकाले अदालतले व्याख्या गर्नुपर्ने बताएका छन् ।

    थापाले भनेका छन्– बहुमतप्राप्त प्रमले प्रतिनिधिसभा विघटन गर्नेबारे संविधानमा केही अस्पष्टता छ, त्यसको निराकरण सर्वोच्च अदालतले गर्छ। यसमा व्याख्याको जरुरी छ। संसदीय प्रजातन्त्र भएको देशमा ताजा जनादेशमा जाने निर्णय स्वाभाविक हो।

    थापाले निहित स्वार्थको निमित्त करोडौं खर्च गरेर शक्ति प्रदर्शनको नाममा अदालतलाई धम्क्याउने र अस्थिरता सिर्जना गर्ने कार्यले संविधान र प्रजातन्त्रलाई कमजोर बनाउने भन्दै सर्वोच्च अदालत र निर्वाचन आयोगले निर्णय गर्न ढिलो हुँदा राजनीतिक दल र नेताहरूको नियन्त्रणबाट परिस्थिति बाहिर जाने खतरा हुनसक्नेतर्फ सचेत गराएका छन् ।

  • पूर्वराजालाई प्रचण्डले प्रयोग गरेको भाषा नीचतापूर्ण– कमल थापा

    पूर्वराजालाई प्रचण्डले प्रयोग गरेको भाषा नीचतापूर्ण– कमल थापा

    काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व राजा ज्ञानेन्द्र शाहप्रति अमर्यादित शब्द प्रयोग गरेको भन्दै निन्दा गरेका छन् ।

    प्रचण्डले शुक्रबार रत्नपार्कको आमसभामा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री केपी ओलीलाई गाली गर्दै पूर्व राजा ज्ञानेन्द्रलाई ‘ज्ञाने’ शब्द प्रयोग गरेर तुलना गरेका थिए ।

    प्रचण्डको सो अभिव्यक्तिप्रति आपत्ति जनाउँदै थापाले प्रचण्डको हतास र विचलित मानसिकता प्रदर्शित भएको टिप्पणी गरेका छन् ।

    थापाले भनेका छन्–हिजोको सभामा दुईपटक प्रधानमन्त्री भएका प्रचण्डले पूर्व राष्ट्रप्रमुख, लाखौं जनताको आस्था र विश्वासका धरोहर र एक सम्मानित नागरिक राजा ज्ञानेन्द्रको नामलाई जुन अमर्यादित रुपमा प्रस्तुत गर्नुभयो, त्यसले प्रचण्डको हतास-विचलित मानसिकतालाई प्रदर्शित गरेको छ । प्रचण्डको नीचतापूर्ण व्यवहारको निन्दा गर्दछु ।

  • संवैधानिक अस्पष्टताको निराकरण अदालतले गर्छ, दबाब नदिइयोस्: कमल थापा

    संवैधानिक अस्पष्टताको निराकरण अदालतले गर्छ, दबाब नदिइयोस्: कमल थापा

    हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा अहिले देखापरेको संवैधानिक अस्पष्टता र बिबादको निराकरण सर्बोच्च अदालतले गर्ने बताएका छन् । अदालतलाई कुनै पनि पक्षले दबाब र प्रभाव दिन नहुने थापाको भनाई छ ।

    गृहजिल्ला हेटौंडामा रहेका थापाले जिल्ला अध्यक्षहरूसङ्गको भर्चुअल बैठकमा बोल्दै थापाले १४ वर्ष देखीको गलत र त्रुटिपूर्ण राजनैतिक मार्गचित्रको अभ्यासले मुलुक गम्भीर दुर्घटना उन्मुख भएको बताए । अब सबै अट्ने राजनैतिक प्रणालीले मात्र मुलुकलाई जोगाउने भन्दै थापाले कसैलाई पनि निषेध गर्न नहुनेमा जोड दिए ।

    थापाले राप्रपाको अबको बाटो संगठन सुदृढीकरण ,जनसंघर्ष र महाधिवेशन केन्द्रित हुनुपर्ने बताए । जनताको घरदैलोमा जान ढिलो गर्न नहुने भन्दै थापाले योजनावद्ध र प्रभाबकारी ढंगले पार्टी एकताको भावना अनुरुप जिल्लामा संगठन केन्द्रित हुन आग्रह गरे ।

    बैठकमा सचिवालय प्रमुखद्वय ध्रुबबहादुर प्रधान र भाष्कर भद्राले पार्टी निर्णय र कार्यान्वयन,संगठन सुदृढीकरण तथा भाबी कार्यक्रमका बारेमा आ-आफ्नो धारणा राखेका थिए ।

    आजको बैठकमा तीस जिल्लाका अध्यक्षहरूको सहभागिता रहेको र बाँकी जिल्ला अध्यक्षहरुको बैठक केही दिन भित्रै गरिने सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए ।

  • कमल थापा भन्छन् – प्रतिनिधिसभा विघटन प्रतिगमन वा ‘कु’ होइन

    कमल थापा भन्छन् – प्रतिनिधिसभा विघटन प्रतिगमन वा ‘कु’ होइन

    काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले प्रतिनिधिसभा विघटनलाई प्रतिगमन भन्नु वा ‘कु’ भयो भन्नु निरर्थक रहेको भन्दै ताजा जनादेशमा जानु नै उपयुक्त हुने दोहोर्‍याएका छन् ।

    विभाजित नेकपाको प्रचण्ड-माधव पक्ष र जसपाको बाबुराम उपेन्द्र पक्षले प्रतिनिधिसभा विघटनलाई प्रतिगामी कदम र प्रधानमन्त्रीले संविधानको वलात्कार गरेको आरोप लगाइरहेका बेला थापाको यस्तो भनाइ आएको हो ।

    सामाजिक सञ्जालमार्फत पछिल्लो विवादबारे टिप्पणी गर्दै थापाले पछिल्लो घटनाक्रमले १४ वर्षको अभ्यास,संविधानभित्रको अन्तरविरोध,भ्रष्टाचार कुशासनले अहिलेको व्यवस्थाको औचित्यमाथि प्रश्न उठाएको बताएका छन् ।

    थापाले भनेका छन्–संसद विघटनको निर्णयले प्रतिगमन भयो, कु भयो,संविधानको हत्या भयो भन्ने कोलाहल निरर्थक छ । बरु गत १४ वर्षको अभ्यास,संविधानभित्रको अन्तरविरोध,भ्रष्टाचार/कुशासनले वर्तमान व्यवस्थाको औचित्यमाथि प्रश्नचिह्न उठेको छ । यो अवस्थामा ताजा जनादेश उपयुक्त छ ।

    थापाले निरन्तर ताजा जनादेशको पक्षमा आफ्नो अभिव्यक्ति दिँदै आएका छन् ।

  • कमल थापाको मत– अदालतमा विचाराधीन विषयमा दवाव दिनु गलत

    कमल थापाको मत– अदालतमा विचाराधीन विषयमा दवाव दिनु गलत

    काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले अदालतमा विचाराधीन मुद्दामा दवाव तथा प्रभाव पार्ने काम कतैबाट हुन नहुने बताएका छन् । शुक्रबार चार पूर्व प्रधानन्यायाधीशहरुले प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै विज्ञप्ति निकालेपछि अध्यक्ष थापाले अदालतमा विचारधीन विषयमा दवाव दिनु गलत भएको प्रतिक्रिया दिएका हुन् ।

    प्रतिनिधिसभा विघटनसम्बन्धी केही संवैधानिक अस्पष्टता भए पनि अदालतमा बहस भइरहेको विषयमा दवाव दिनु नहुने उनको तर्क छ ।

    शनिबार बिहान ट्वीट गर्दै थापाले भनेका छन्– संविधान कार्यान्वयनमा देखिएका विवाद, अस्पष्टताको निरूपण गर्ने अधिकार सर्वोच्च अदालतको हो । प्रतिनिधिसभा विघटनसम्बन्धी संवैधानिक प्रावधानमा केही अस्पष्टता छ। सो अस्पष्टता हटाउन सर्वोच्चले व्याख्या गर्नुपर्ने अवस्था छ । अदालतमा विचाराधीन विषयमा दवाव–प्रभाव पार्ने काम कतैबाट हुनुहुँदैन ।

    प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ ।

  • कांग्रेस र कम्युनिस्टको विकल्प राप्रपा : कमल थापा

    कांग्रेस र कम्युनिस्टको विकल्प राप्रपा : कमल थापा

    हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफ्नो पार्टी कांग्रेस र कम्युनिष्टको विकल्प भएको दावी गरेका छन्।

    थापाले बिहीबार गृहजिल्ला पुगेर सक्रिय सदस्यता बन्ने अभियानको शुभारम्भ गर्दै यस्तो दावी गरेका हुन्।

    मुलुकको बिकास र समृद्धिको लागि राप्रपासंग स्पष्ट खाका भएको भन्दै थापाले कांग्रेस र कम्युनिस्टको बिकल्प राप्रपा भएको समेत दाबी गरे ।

    थापाले राप्रपालाई मुलुकको बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने अभियानमा साथ सहयोग र सक्रियताका लागि कार्यकर्तालाई आग्रह गरे।

  • विदेशीको डिजाइनमा धर्मनिरपेक्षता लादियो: कमल थापा

    विदेशीको डिजाइनमा धर्मनिरपेक्षता लादियो: कमल थापा

    हेटौंडा। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विदेशीको डिजाइन अनुसार नेपाललाई धार्मिक, सांस्कृतिक उपनिवेश बनाउन धर्मनिरपेक्षता लादिएको दाबी गरेका छन्।

    २०६२/६३ को आन्दोलनमा विदेशीको प्रभाव, प्रायोजन र लगानी रहेको भन्दै थापाले त्यो बाटोबाट मुलुक दुर्घटना हुने बुझेर नै राप्रपा र आफू गणतन्त्र ,धर्मनिरपेक्षता र संघीयताको विपक्षमा उभिएको दाबी गरे।

    हेटौंडामा बुधबार आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले विगत १४ वर्षको गलत अभ्यास र प्रयोगबाट वर्तमान व्यवस्था, प्रणाली र संविधानमाथि गम्भीर प्रश्नचिन्ह खडा भएको बताए।

    संसद विघटनको घटनाबाट मुकुक थप जटिलतातर्फ फसेको थापाको भनाइ थियो। उनले लोभ, लालच र प्रलोभन दिई योजनाबद्ध रुपमा गाउँ–गाउँमा धर्म परिवर्तन गराउने काम भएको भन्दै कडा आपत्ति जनाए।

  • कानूनी तिकडम र अपवित्र गठबन्धन होइन, ताजा जनादेशमा जाऔं–कमल थापा

    कानूनी तिकडम र अपवित्र गठबन्धन होइन, ताजा जनादेशमा जाऔं–कमल थापा

    काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले प्रतिनिधिसभा विघटनको संवैधानिकता परीक्षण अदालतले गर्ने भन्दै सरकार र सडक कतैबाट पनि अदालतलाई दबाब वा प्रभावमा पार्ने काम नहोस् भनेका छन् ।

    थापाले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै जनताको म्याण्डेटलाई नेकपाले धोखा दिएका कारण ताजा जनादेशमा जानु लोकतान्त्रिक र संवैधानिक मायन्ता हो भनेका छन् । अब प्रतिनिधिसभा पुनर्स्थापना गरेर गठबन्धन सरकारमा जाने खेलमा कांग्रेस नलागोस् भन्ने चेतावनी समेत थापाले दिएका छन् ।

    थापाले भनेका छन्– ‘एक पार्टीले स्पष्ट बहुमत पाएको अवस्थामा पार्टी फुटाएर,सांसद किनबेच गरेर,अपववित्र गठबन्धन बनाएर सरकार बनाउने कार्य संविधानको आशय होइन । लोकतान्त्रिक मान्यता पनि होइन । आ-आफ्नो स्वार्थ अनुकुल संविधानको व्याख्या गर्नु खतरनाक हुन्छ ।’

    थापाले कानुनी रुपमा नेकपा अझै नफुटेको भन्दै ताजा जनादेश प्राप्त नगरी कांग्रेसले सरकार बनाउने लोभ गर्नु अनैतिक र अप्रजातान्त्रिक हुने टिप्पणी गरेका छन् ।

    थापाले भनेका छन्–केपी ओलीको असफलता र ज्यादतीबाट मुक्तिको निमित्त पनि ताजा जनादेशमा जानुपर्छ । संविधान र प्रजातन्त्रको रक्षा जनताको म्याण्डेटले गर्छ । कानुनी तिकडम र अपवित्र गठबन्धनले होइन ।

    थापाले राप्रपाले संविधानलाई आलोचनात्मक समर्थन गरेको र अहिले संविधानका संवाहकहरु नै संविधानको हत्याको बाटोमा लागेको बताएका छन् । प्रतिनिधिसभा पुनर्स्थापना भए संविवधानको हत्या हुने उनको आशय व्यक्त भएको छ ।

  • कन्चनपुर घटनाबारे भारतसँग विरोध प्रकट गर्न सरकारलाई कमल थापाको आग्रह

    कन्चनपुर घटनाबारे भारतसँग विरोध प्रकट गर्न सरकारलाई कमल थापाको आग्रह

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कन्चनपुरमा भारतीय सीमा सुरक्षा बल (एएसबी)ले सीमा क्षेत्रमा एक नेपालीलाई गोली प्रहार गरी घाइते बनाएको घटनाप्रति भर्त्सना गरेका छन् ।

    मंगलबार बिहान ट्वीट गर्दै उनले घटनाको छानबिन गर्न र भारत सरकारसँग विरोध प्रकट गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

    हिजो सोमबार साँझ कन्चनपुरको दोधारा चाँदनी नगरपालिकास्थित नेपाल–भारत सीमा क्षेत्रमा एसएसबीले चलाएको गोली लागेर स्थानीय नरेन्द्र सुनार घाइते भएका थिए ।

    घुँडामा गोली लागेका सुनारको महाकाली अस्पतालमा उपचार भइरहेको छ । भारतीय बजारबाट फर्कने क्रममा जंगल क्षेत्रमा उनलाई गोली प्रहार गरिएको थियो ।

  • विदेशी दबाब, प्रभाव र हस्तक्षेप अस्वीकार्य : कमल थापा

    विदेशी दबाब, प्रभाव र हस्तक्षेप अस्वीकार्य : कमल थापा

    हेटौंडा । राप्रपा अध्यक्ष कमल थापाले गणतन्त्र ,धर्मनिरपेक्षता र संघीयता विदेशी एजेण्डा भएको बताएका छन् ।

    विदेशीको इसारामा माओवादीले शुरुमा त्यो भारी बोकेर आएको र केही समय पछि काङ्ग्रेस एमाले त्यो भारी बोक्न तयार भएको दाबी गरे ।

    मकवानपुरको आफ्नो चुनावी क्षेत्र बागमती गाउँ पालिकाको छतिवनमा आज आयोजित अगुवा कार्यकर्ता भेलामा बोल्दै थापाले  विदेशीको प्रायोजनमा भएको आन्दोलनले जनताको असली भावना बोक्न नसक्ने बताए ।

    राप्रपा सबै धर्मलाई बराबरिको समानता र स्वतन्त्रताको पक्षमा रहेको र पहिचानको रुपमा हिन्दुराष्ट्र हुनुपर्ने भन्दै थापाले कुनै धर्म र आस्थाप्रती आफ्नो आपत्ती नभएको तर योजनाबद्ध ढंगले धर्म परिबर्तन गराउदै हिड्ने प्रवृत्तिको भने बिरोध गरेको स्पष्ट पारे ।

    धर्म नास हुदा नैतिक मूल्य,मान्यता र चरित्र समाप्त हुने भन्दै भ्रष्टाचार ,ब्यभिचार बढेर गएको धर्म प्रतिको अनास्था भएको बताए । कसै सङ्ग डर नभएर यस्तो भएको थापाको टिप्पणी थियो ।

    बिदेशीहरु आएर नेताको घर घरमा गरेको दौडले स्वाभिमान र सार्बभौमिकता कमजोर भएको थापाको भनाई थियो । बिदेशी प्रभाव र हस्तक्षेपको थापाले चर्को बिरोध गरे ।

    चुनाव जित्ने संगठन अहिलेको आबश्यकता भएको थापाको भनाई थियो ।कार्यक्रममा बोल्दै राप्रपा कार्यसम्पादन समितिका सदस्य मधु अधिकारीले काङ्ग्रेस कम्युनिस्ट असफल साबित भएकोले अब जनताले राप्रपालाई रोज्नुपर्ने बिचार ब्यक्त गरे ।

    जिल्ला अध्यक्ष रामहरी न्यौपाने ,क्षेत्रीय अध्यक्ष राजाराम अर्याल,गोबर्धन गौतम ,राजन घिमिरे लगायतले बोलेको कार्यक्रममा विभिन्न ब्यक्तिलाई थापाले पार्टी प्रवेश गराएका थिए ।

  • कमल थापाको प्रश्न– विदेशी हस्तक्षेप बढ्दै गए हाम्रो सार्वभौमसत्ताको हाल के होला ?

    कमल थापाको प्रश्न– विदेशी हस्तक्षेप बढ्दै गए हाम्रो सार्वभौमसत्ताको हाल के होला ?

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सुझावको आवरणमा विदेशी हस्तक्षेप स्वीकार नहुने प्रष्ट पारेका छन् ।

    गरिहिँदो सत्ता संकट र पार्टी एकतामा सहयोग गर्न चिनियाँ कम्युनिस्ट पार्टीको उच्च प्रतिनिधिमण्डल नेपाल भ्रमणमा रहेका बेला थापाले ट्वीटरमार्फत चीनले अन्तर्राष्ट्रिय भाइचाराको आवरणमा नेपालको आन्तरिक मामलामा दवाव, प्रभाव र हस्तक्षेप गरेको आरोप लगाएका छन् ।

    आज बिहान ट्वीटरमा उनले लेखेका छन्, ‘मैले नबुझेको हो वा बढी बुझेको हो, थाहा छैन चिनियाँ कम्युनिष्ट पार्टीले झैं अन्तरराष्ट्रिय भाईचारा भन्दै भारतीय कांग्रेसले नेपाली कांग्रेस र भाजपाले राप्रपाको आन्तरिक मामिलामा सुझावको आवरणमा दवाव, प्रभाव, हस्तक्षेप दिन थाले नेपालको स्वाभिमान, सार्वभौमिकता र जनताको निर्णायकत्वको के हाल होला ?’

  • ताजा जनादेश उपयुक्त विकल्प: कमल थापा

    ताजा जनादेश उपयुक्त विकल्प: कमल थापा

    वीरगंज । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकले भोग्नु परेको संकट, कुशासन र भ्रष्टाचारको अन्त्यको लागि ताजा जनादेशमा जानु उपयुक्त विकल्प र अवसर भएको बताएका छन्।

    आइतबार पर्साको वीरगंजमा आयोजित विरोध प्रदर्शन पछिको सभालाई सम्बोधन गर्दै थापाले सरकारले काम गर्न नसकेको, कुर्सी, सत्ता र भ्रष्टाचारको भागबन्डाका कारण देश र जनताले संकट भोग्नु परिरहेको बताए।

    पुष्कमल दाहाल ‘प्रचण्ड’ र केपी ओलीको झगडा जनता र देश हितको लागि नभई भागबन्डा र स्वार्थमा केन्द्रित भएको उनको अरोप थियो। नेकपाभित्रको अन्तरविरोध र कलहको बोझले देशलाई दुर्घटना उन्मुख बनाएको थापाको टिप्पणी थियो।

    अर्को एक फरक प्रसंगमा थापाले आफूहरुले निरंकुश राजतन्त्र खोजेको नभई राजादेखि विप्लव, कांग्रेस, कम्युनिष्ट र मधेशवादी सबै अट्ने व्यवस्था राप्रपाको चाहना भएको विचार व्यक्त गरे।

  • प्रचण्ड–माधवलाई कमल थापाको चेतावनीः आफूले पालेको बाघले आफैंलाई नखाओस्

    प्रचण्ड–माधवलाई कमल थापाको चेतावनीः आफूले पालेको बाघले आफैंलाई नखाओस्

    काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललाई ‘आफूले पालेको बाघले आफैंलाई नखाओस्’ भन्दै चेतावनी दिएका छन् ।

    संसद विघटनविरुद्ध सडक आन्दोलनसँगै न्यायिक निरुपण खोजिरहेका नेताद्वयलाई अध्यक्ष थापाले विगतमा गरेको गल्तीको सजायँ आफैंले भोग्नुपर्ने संकेत गर्दै चेतनावनीमूलक अभिव्यक्ति दिएका हुन् ।

    विगतमा विभिन्न न्यायिक निकाय र राज्य संयन्त्रमा आफ्ना मान्छे राख्ने गलत परम्पराका कारण न्याय नपाउने भन्दै सडक संघर्षको अर्थ नभएको उनको बुझाई छ । शनिबार बिहान ट्वीट गर्दै थापाले अरुलाई खउन पालेको बाघले एकदिन आफैं खानेप्रति सचेत हुन पनि प्रचण्ड–माधवलाई आग्रह गरेका छन् ।

    ‘२०६३सालपछि कंग्रेस–कम्युनिष्टले न्यायपालिकालगायत सम्पूर्ण राज्यसंयन्त्रमा भागवण्डा गरेर पार्टी निकट व्यक्तिहरू भर्ती गरेका छन्। त्यसैले अपवाद बाहेक न्याय दुर्लभ भएको छ’, ट्वीट गर्दै उनले भनेका छन्, ‘अरूलाई ख्वाउन पालेको बाघले एकदिन आफैंलाई खानसक्छ भने चेतना सडकको चिसो भुइँमा बसेका प्रचण्ड–नेपाललाई भएकै होला !’

  • भ्रष्ट नेतृत्वबाट मुक्तिका लागि निर्वाचनमा जानु नै उत्तम विकल्प- कमल थापा

    भ्रष्ट नेतृत्वबाट मुक्तिका लागि निर्वाचनमा जानु नै उत्तम विकल्प- कमल थापा

    काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले भ्रष्ट नेतृत्वबाट मुक्तिका लागि ताजा जनादेशमा जानु नै उत्तम विकल्प भएको बताएका छन् ।

    आज बिहानै सfमाजिक सन्जालमार्फत थापाले ‘घोडा ब्यापार’ र फोहोरी गठबन्धन बनाएर ब्रह्मलूटको अर्को शृंखला सुरु गर्नुभन्दा विगतको गलत अवधारणा सच्याएर भ्रष्ट नेतृत्वलाई पाखा लगाउन निर्वाचनको विकल्पमा आफू सहमत भएको बताएका हुन् ।

    उनले संसद विघटनको वैधानिकताको परीक्षण, निरुपण र व्याख्या सर्वोच्च अदालतले गर्ने पनि बताए ।

    दुई दिनअघि ट्वीटमार्फत उनले संविधान र प्रजातान्त्रिक मूल्य मान्यताविपरित प्रतिनिधिसभा विघटन गर्ने नेकपा नेतृत्वको सरकारको निर्णयको चर्को विरोध गरेका थिए ।

  • संवैधानिक अध्यादेशमा कमल थापाको टिप्पणी- सर्वसत्तावादको ज्वलन्त उदाहरण

    संवैधानिक अध्यादेशमा कमल थापाको टिप्पणी- सर्वसत्तावादको ज्वलन्त उदाहरण

    काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले संवैधानिक परिषद् सम्बन्धी ‘विवादास्पद अध्यादेश’ ल्याउनु सर्वसत्तावादको ज्वलन्त उदाहरण भएको टिप्पणी गरेका छन्।

    थापाले ट्वीट गर्दै यस कार्यले व्यवस्था असफल भएको प्रमाणित भएको बताएका छन्।

    निहित स्वार्थवका लागि संवैधानिक परिषद् बैठकमा जिम्मेवार पदाधिकारी उपस्थित नहुनु गलत भएको उनले लेखेका छन्।