Tag: एएफसी यु-२३ एसियन कप छनोट

  • यु-२३ फुटबल: नेपाल जितविहीन

    यु-२३ फुटबल: नेपाल जितविहीन

    काठमाडौं । एएफसी यु-२३ एसियन कप छनोट प्रतियोगितामा नेपाल जित तथा गोलविहीन बनेको छ । प्रतियोगिताको तेस्रो तथा अन्तिम खेलमा लेबलानसँग ४-० गोल अन्तरले पराजित भएको हो ।

    ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा पहिलो हाफमा १ गोल बेहोरेको नेपालले दोस्रो हाफमा थप ३ गोल बेहोरेको थियो ।

    लेबनानलाई जित दिलाउन जेइन फरानले दुई गोल गरे । मोहमद नासिर र मोहमद हेइदरले एक एक गोल गरे । यस जितसँगै लेबनानले प्रतियोगिताको सुखद अन्त्य गरेको छ । तर, लेबनान अर्को चरणमा भने पुग्न सकेन ।

    नेपाल जितविहीन रहँदै घर फर्किएको छ । समूह ‘बी’ को नेपालले अंक जोड्न सकेन । नेपाल पहिलो खेलमा इरानसँग ४-० र दोस्रो खेलमा ताजकिस्तानसँग ६-० गोल अन्तरले पराजित भएको थियो ।

    नेपाल समूहको पुछारमा रह्यो । लेबनान ३ अंक जोडेर तेस्रो स्थानमा रह्यो । छनोटको समूह ‘बी’ मा इराक र ताजकिस्तान विजेताको दौडमा रहेका छन् । इरान र ताजकिस्तानको समान २ खेलबाट ६ अंक रहेको छ ।

  • कडा प्रतिस्पर्धाका लागि तयार छौं: कप्तान अर्पण

    कडा प्रतिस्पर्धाका लागि तयार छौं: कप्तान अर्पण

    काठमाडौं । नेपाली राष्ट्रिय यु–२३ टोलीका कप्तान अर्पण कार्कीले एएफसी यु–२३ एसियन कपको छनोटका लागि तयार भएको बताएका छन् ।

    छनोटअन्तर्गत सोमबार हुने इरानविरुद्धको खेलअघिको पत्रकार सम्मलेनमा कप्तान तथा गोलकिपर अर्पणले तयारी राम्रो रहेको र कडा प्रतिस्पर्धाका लागि नेपाली टोली तयार रहेको बताए ।

    ‘हामीले राम्रो तयारी गरेका छौं । एक टोलीको रूपमा हामीले अभ्यास गरेका छौं,’ उनले भने, ‘इन्डोनेसियाविरुद्धको मैत्रीपूर्ण खेलले पनि हामीलाई सुधार गरिनु पर्ने पक्ष देखाइदिएको थियो । हामी उत्कृष्ट प्रदर्शन गर्न र कडा प्रतिस्पर्धाका लागि तयार छौं ।’

    नेपालले शुक्रबार भएको इन्डोनेसियाविरुद्धको खेलमा २–० को पराजय भोगेको थियो ।

    एसियन कप छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान रहेका छन् । नेपालले समूह चरणको पहिलो खेलमा इरानसँग अक्टोबर २५ मा खेल्दै छ । यस्तै दोस्रो खेलमा ताजिकिस्तानसँग अक्टोबर २८ मा प्रतिस्पर्धा गर्दा समूह को अन्तिम खेल लेबनानसँग अक्टोबर ३१ मा खेल्ने छ ।

    छनोटका ११ समूहको शीर्ष टोली सहित उत्कृष्ट चार टोलीले एएफसी यु–२३ एसियन कप खेल्ने मौका पाउनेछन् । उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता २०२२ को जुन १ देखि १९ सम्म आयोजना हुँदैछ ।

    नेपाली टोलीमा अर्पण कार्की, विशाल सुनार, अविशेक बराल, सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ, रन्दीप पौडेल, अनिल महर्जन, अविशेक लिम्बु, नितिन थापा, सुरज जेउ ठकुरी, आयुस घलान, शेशेहाङ आङ्देम्बे, राजिब लोप्चन, शिशिर लेखी, आकाश बुढा मगर, रोशन पहरी, ऋतिक खड्का, मनिष डाँगी, अविशेक रिजाल, दर्शन गुरुङ, एरिक विष्ट छन् ।

  • यु-२३ को बन्द प्रशिक्षणबाट १० खेलाडी बाहिरिए

    यु-२३ को बन्द प्रशिक्षणबाट १० खेलाडी बाहिरिए

    काठमाडौं । एएफसी यु-२३ एसियन कप छनोटको तयारीमा रहेको नेपाली टोलीको बन्द प्रशिक्षणबाट १० खेलाडी बाहिरिएका छन् । मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले ३२ सदस्यीय टोली घोषणा गर्दा १० खेलाडीलाई बाहिर राखेका हुन् ।

    छनोटमा समूह ‘बी’मा रहेको नेपालले इरान, लेबनान र ताजिकिसेतानसँग खेल्ने छ । ताजिकिस्तानमा हुने छनोटको पहिलो खेलमा नेपालले अक्टोबर २५ मा इरान र घरेलु टोलीसँग २८ मा खेल्ने छ । यस्तै, अन्तिम खेलमा नेपाल र लेबनान अक्टोबर ३१ मा भिड्ने छन् ।

    समूह ‘बी’को छनोटका सबै खेल डुशान्बेस्थित रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुनेछन् ।

    ३२ सदस्यीय नेपाली यु-२३ टोली: अर्पण कार्की, विशाल सुनार, अविषेक बराल, रोहित कार्की, सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ, आशिम भुसाल, रन्दीप पौडेल, विश्वास उदास, विशाल बस्नेत, रोमन लिम्बु, अहिल हामिद, अशोक थापा, अनिल महर्जन, अभिषेक लिम्बु, शिव गुरुङ, नितिन थापा, सुरज जेउ ठकुरी, आयुष घलान, शेशेहाङ आङ्देम्बे, दिपेश गुरुङ, राजिभ लोप्चन, शिशिर लेखी, आकाश बुढा मगर, रोशन पहाडी, रितिक खड्का, मनिष डाँगी, अभिषेक रिजाल, दर्शन गुरुङ, बुद्धबल तामाङ, एरिक विष्ट ।