Tag: असार २८ फैसला

  • असार २८ को ऐतिहासिक फैसलाका लेखकलाई ‘संविधानवाद’ माथि बहसमा आउन चुलै निम्तो

    असार २८ को ऐतिहासिक फैसलाका लेखकलाई ‘संविधानवाद’ माथि बहसमा आउन चुलै निम्तो

    काठमाडौं । असार २८ को ऐतिहासिक फैसलाका विविध पक्षबारे चर्चा गर्ने क्रममा हामी आज नवौं भागमा आइपुगेका छौं । आजको विवेचना फैसालाको कुनै खास प्रकरणमा मात्र केन्द्रित नभई फैसलाले अंगीकार गरेको भनिएको एउटा सिद्धान्त ‘संविधानवाद’माथि समर्पित छ । यस भागसँग सम्बन्धित हाम्रो विश्लेषण लामो हुन गएकाले संविधानवादबारे भाग ९ र १० मा चर्चा गरिनेछ । नवौं भागमा संविधानवाद र कानुनको शासनको इतिहास, स्रोत र विशेषताको चर्चा छ भने दसौं भागमा असार २८ को फैसला संविधानवादमा चुकेका दर्जनौं उदाहरण बुँदागत रूपमा पेस गरिनेछ ।

    असार २८ को फैसलामा ‘संविधानवाद’ भन्ने शब्द र त्यससँग सम्बद्ध पक्षहरू धेरै ठाउँमा प्रयुक्त छन् । मूल रुपले फैसलाको प्रकरण ११३ मा संविधानवादको अवधारणाका बारेमा छोटकरी विवेचना गरिएको छ । यस प्रकरणको सार खिच्न फैसलामा उल्लिखित निम्न अंश उद्धृत गरौँ:

    ‘संविधानविद हिलेयर बार्नेटले संविधानवाद कुनै कानुनी अवधारणा मात्र नभएर वैधानिक शासन व्यवस्था स्थापना गर्ने दर्शन पनि हो भनी विवेचना गरेका छन् । संविधानवादको मान्यता अनुसार संविधानमा अभिव्यक्त लोकतान्त्रिक अवधारणाको प्रयोग वा कार्यान्वयनका क्रममा यसका प्रयोगकर्ताहरूबाट लोकतान्त्रिक मूल्य मान्यतालाई आत्मसात गर्दै संस्थागत गर्ने कुरा अपेक्षित रहन्छ ।…लोकतन्त्रमा कुनै पनि व्यक्तिको तुलनामा लोकतान्त्रिक विधि, पद्धति र प्रणाली नै सर्वाधिक महत्वपूर्ण हुन्छ ।… प्रतिनिधि सभा विघटनको विवादका सन्दर्भमा उल्लिखित प्रसंग तर्फ पनि हाम्रो दृष्टि पुग्नु बान्छनीय देखिन्छ ।’

    हामीले जानकारीमा राख्नुपर्छ, फैसलामा उल्लेख भएका हिलेयर बार्नेट कुनै कहलिएका ‘विद’ होइनन् । उनी कुनैबेला लन्डन विश्वविद्यालयका सिनियर लेक्चरर रहेछन् (प्रोफेसर भन्दा तल) र त्यहि समयमा उनले लेखेको कन्स्टिच्युसनल एण्ड एड्मिनिस्ट्रेटिभ ल पुस्तक भएको हुनाले उनलाई फैसलामा उद्धृत गरिएको देखिन्छ । बार्नेटको भनाईमा असहमत हुनुपर्नेचाहिं केहि छैन । एक ‘लाइटवेट’ विद्वानलाई ‘गहन’ फैसलामा उल्लेख गर्दा फैसला पनि त्यस्तै लाइटवेट हुनु स्वाभाविकै हो । संविधानवादका खास विद्वान र मूल घटनाहरूका बारेमा हामी तल सिसिलेवार चर्चा गर्नेछौं ।

    संविधानको व्याख्या गर्ने क्रममा संवैधानिक इजलासबाट जारी गरिएको हुनाले असार २८ को फैसलामा संविधानवादको उल्लेख हुनुलाई सामान्य रूपमा लिनुपर्दछ । उल्लेख नभएको भए चाहिं असामान्य हुन्थ्यो । तर, संविधानवादको उल्लेख गर्दै फैसलाले जसरी संविधानवादकै धज्जी उडाएको छ, त्यसको अध्ययन गरिसकेपछि त्यस ‘महान, प्राज्ञिक र ऐतिहासिक’ फैसलालाई आधार लिंदै संविधानवादका बारेमा खुल्ला बहस गर्नुपर्ने भएको छ । अहिले यति भानिराखौं- संविधानवाद भनेको कुनै देशका संविधानबारे त्यहाँको न्यायपालिकाले गरेका व्याख्याको गठेरो होइन । यसको असाध्यै व्यापक, लामो र समृद्ध परम्परा छ । त्यसलाई झिकेर बाँकी रहने संविधान केवल ‘टेक्स्ट विदाउट कन्टेक्स्ट’ (परम्परा र प्रसंगबिनाको अक्षर) मात्र हुन्छ ।

    संविधानवाद: सुकरातदेखि नेपालको संविधानसम्म

    असार २८ को फैसलामा हिलेयर बार्नेट आएजस्तै हामी शुरुगरौं रोजर्स स्मिथ भन्ने एकजना अमेरिकी राजनीतिशास्त्रीबाट । हाल ६८ वर्ष उमेर पुगेका स्मिथ पेन्सिलभेनिया विश्वविद्यालयमा राजनीतिशास्त्रका क्रिस्टोफर ब्राउन डिस्टिंग्विस्ट प्रोफेसर रहिसकेका छन् र अमेरिकी राजनीतिशास्त्र संघले धेरैपटक सम्मानित गरेका राजनीतिशास्त्री हुन् । उनी सन् २०१८-१९ का लागि सोही संघको अध्यक्ष पनि निर्वाचित भए । संविधानवाद र कानुनको शासन विशुद्ध कानुनको मात्रै वशको कुरा होइन भनी स्थापित गर्नेमध्ये हाम्रो समयका प्रमुख राजनीतिशास्त्रीका रूपमा उनको नाम छ ।

    इतिहासदेखि नै स्थापित छँदैथियो, स्मिथसहितका विद्वानले यसलाई प्राज्ञिक रूपले पुनर्परिभाषित गरे भनियो भने अझ सही हुन्छ । फराकिलो राजमार्गका रूपमा रहेको संविधानवादलाई वकालतको साँघुरो र्याम्प (एक लेनको बाटो)ले समेट्न सक्दैन भन्ने मान्यता (नर्म)लाई अमेरिकी न्यायिक प्रणालीमा स्वीकार गरिएको छ । रोजर्स स्मिथले अर्का राजनीतिशास्त्री टम गिन्सबर्ग र असार २८ को फैसलामा उद्धृत गरिएका कानुनविद रोनाल्ड ड्वोर्किन समेतलाई विश्लेषण गरी संविधानवादबारे तयार पारेको प्राज्ञिक लेख हेर्न यहाँ क्लिक हर्नुहोस् । स्मिथबाट यो आलेख शुरु गर्नुको कारण नै ड्वोर्किन हुन्, जसलाई बिनाप्रसंग असार २८ को फैसलामा उद्धृत गरियो । भाग ६ मा यसबारे चर्चा भैसकेको छ । अहिले त्यसलाई दोहोर्याउनु पर्दैन ।

    हामीले बुझ्नुपर्दछ, संविधानवाद अत्यन्तै पुरानो राजनीतिक-दार्शनिक मान्यताका रूपमा रहिआएको छ । आधुनिक राजनीतिको दार्शनिक आधार खोज्दै जाँदा करिब २५०० वर्ष अगाडिको ग्रीसेली सभ्यतासम्म पुगिन्छ । त्यस समयका तीन दार्शनिकहरू सुकरात, उनका शिष्य प्लेटो र प्लेटोका पनि शिष्य एरिस्टोटलले राज्यको संरचना, सरकारका स्वरूप, न्याय, निरंकुशता, स्वतन्त्रता जस्ता गूढ विषयमा विहंगम चर्चा गरे, जसबाट संविधानवादको जग बसेको मानिन्छ ।

    हामीले जानकारीमा राख्नुपर्छ, फैसलामा उल्लेख भएका हिलेयर बार्नेट कुनै कहलिएका ‘विद’ होइनन् । उनी कुनैबेला लन्डन विश्वविद्यालयका सिनियर लेक्चरर रहेछन् (प्रोफेसर भन्दा तल) र त्यहि समयमा उनले लेखेको कन्स्टिच्युसनल एण्ड एड्मिनिस्ट्रेटिभ ल पुस्तक भएको हुनाले उनलाई फैसलामा उद्धृत गरिएको देखिन्छ ।

    पश्चिममा ग्रीसेली सभ्यता उदाएकै बेला हाम्रो धर्तीमा गौतम बुद्धको युग अवतरित थियो । दुवै सभ्यताको देन मानिसका लागि सुखको खोजी नै हो । त्यसो त मानवजाति अहिले पनि सुखकै खोजीमा यात्रारत छ । अनन्त विकास र आविष्कारहरूपछि पनि यस खोजीको अन्त्य हुने छैन । ग्रीसेली विचारक हरूले राज्यका माध्यमबाट मानिसका लागि सुखको खोजी गरे । उदाहरणका लागि एरिस्टोटल भन्छन्, त्यहि सरकार सर्वोत्तम हुन्छ जस अन्तर्गत हरेक मानिस इच्छा अनुसारको काम गर्दै सुखपूर्वक बाँच्न सक्छ (It is evident that the form of government is best in which every man, whoever he is, can act best and live happily).

    बुद्धले मानवीय दुखको कारण व्यक्ति आफैं भित्र भएकाले सांसारिकता र इच्छाको त्यागबाट सुखपूर्वक बाँच्न सकिने दर्शन निर्माण गरे (चार आर्यसत्य जसले दुखको स्रोत र निवारणको उपाय निर्देश गर्दछन् ।) । राज्यको स्थापना र संगठनद्वारा नागरिकको सुख खोज्ने ग्रीसेली मान्यता पछ्याउँदै संविधानवादको विकास भयो । थप हेर्न यहाँ क्लिक हर्नुहोस्  ।

    ग्रीसेलीहरूले संस्था (राज्य र अंगहरू) निर्माणमा जोड दिए, बुद्ध र उनी भन्दा पनि अघिदेखि प्रचलित पूर्वीय चिन्तनधाराले व्यक्ति स्वयं (अन्तर्दृष्टि) मा जोड दियो । दुबैको आफ्नै महत्व छ । यद्यपि सभ्यताको दौडमा मानिसले संस्था निर्माणको बाटो रोज्यो । त्याग भन्दा सांसारिकताको बाटो मानिसलाई सजिलो लाग्नु शायद प्राकृतिक छनोट हो । त्यसैले होला त्याग अपवाद मात्र भेटिन्छ, सांसारिकता व्यापक ।

    संविधानवाद पाश्चात्य चिन्तनप्रणालीको रचना भएकाले ग्रीसेली सभ्यतालाई पछ्याउँदै जाँदा हामी यसलाई सहजै पर्गेल्न सक्छौं । ग्रीसेली गणराज्यहरूमा शासकलाई कसरी नागरिकको नियन्त्रणभित्र राख्ने र कसरी मानवीय सुखको अधिकीकरण (म्याक्सिमाइज) गर्ने भन्ने समाधान एकैपल्ट भेटिएको होइन । सुकरात वा अन्य दार्शनिकका बारेमा हामीले जतिसुकै ठूला कुरा पढेको भएपनि ग्रीसेली संवैधानिकताको आधार केवल सुरुवाती मात्र भएकाले कमजोर थियो । अमेरिकी संविधानका लेखक (फाउन्डिङ फादर) मध्येका एक जेम्स म्याडिसन भन्छन्: प्राचीन एथेन्सका हरेक नागरिक सुकरात नै भैदिएको भएपनि एथेन्सको हरेक संसद भीडतन्त्रमै रुपान्तरित हुन्थ्यो ।

    म्याडिसनले भन्न खोजेको के हो भने राज्यको संगठन गर्ने महान उपाय भेट्टाएपनि नियन्त्रण र सन्तुलनको तत्व ग्रीसेली हरूले फेला पारिसकेका थिएनन् । ग्रीसमा राजनीतिक दर्शन प्रादुर्भाव भएको दिव्य दुई हजार वर्षपछि मन्टेस्क्युले सिद्धान्तमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका एकैपटक अलग तथा स्वायत्त हुने सूत्र फेला पारे र अमेरिकी संविधानले त्यसलाई व्यवहारमा नियन्त्रण र सन्तुलन सहित लागू गर्न सकिने (एप्लिकेबल) दस्ताबेज बनायो । यसको स्वीकारोक्तिका रूपमा म्याडिसनको भनाइ आएको देखिन्छ । भन्नुको तात्पर्य के हो भने, राज्यका अंगहरूको पहिचान गरिसकेपछि तिनले कसरी काम गर्दछन् भन्ने खोजी गर्न सकिएन भने आधुनिक होस् वा प्राचीन, त्यस्तो राज्य भीडतन्त्रमै रुपान्तरित हुन्छ । म्याडिसन/ह्यामिल्टनले यसबारे केहि विवेचना गरेको फेडरलिस्ट पेपर ५५ यहाँ यहाँ क्लिक हर्नुहोस्  ।

    अमेरिकीहरूले भन्दा करिब डेढ सय वर्ष अघि नै सन् १६३४ मा स्वीडेनले लिखित संविधान लागू गरेको थियो, जसलाई विश्वको पहिलो आधुनिक संविधान मानिन्छ । अमेरिकी संविधान पहिलो लोकतान्त्रिक र पूर्ण संविधान हो । त्यसै हुनाले अमेरिकालाई पहिलो लोकतन्त्र भन्ने गरिन्छ । देशको मूल कानुनलाई संविधान नाम दिएर प्रयोगमा ल्याउने मुलुक पनि स्वीडेन नै हो, जसले सन् १७७२ मा स्वीडेनको संविधान जारी गरेको थियो ।

    नेपालीमा संविधान भनिने अंग्रेजीको कन्स्टिच्युसन शब्द रोमन साम्राज्य कालमा राजाका आदेश जनाउन प्रचलनमा आएको हो र ल्याटिन भाषाबाट फ्रान्सेली हुँदै अंग्रेजीमा यो शब्द स्थापित भयो । त्यसपछि क्रिस्चियन धर्मगुरुका आदेश एवं लिखित सनदको नामका रूपमा यसको प्रयोग भयो । शब्दको स्रोत र इतिहास हेर्न यहाँ क्लिक गर्नुहोस् ।

    ग्रीसेलीहरूले फरक नाममा संहिता (बडी अफ रुल्स) वा लिखित संविधान वा कानुनको शासनबारे चर्चा गरेको करिब दुई हजार वर्षपछि मात्र आधुनिक संविधानहरू लेखिए । पूर्वीय चिन्तनधाराका प्राचीन स्मृति र संहिताबारे अघिल्ला भागमा थोरै भएपनि लेखिएकै छ ।

    संविधानवादको विकासमा प्राचीन ग्रीसपछि चिन्तक-विचारकहरूको एउटा लामो शृंखला निर्माण भएको छ । रोमन चिन्तक सिसेरो (१०६-४३ बीसी) को प्रसिद्ध पुस्तक दे लेजिबसमा आधुनिक संविधानका सबैजस्तो तत्वहरू भएको मानिन्छ, जसमा उनले राज्यको जिम्मेवार ओहोदामा बस्ने अधिकारीहरूको काम, कर्तव्य र अधिकारका बारेमा विवेचना गरेका छन् ।

    त्यसै समयको वरिपरी स्पेनिश/रोमन आदर्शवादी सेनेकाले दे क्लेमेन्सिया नामक पुस्तक मार्फत न्यायका सिद्धान्तको चर्चा गरे । उनी सम्राट निरोका शिक्षक र सल्लाहकार समेत थिए । निरोको बाँसुरी प्रेमका कारण मानिसले उनलाई लहडी शासकका रूपमा चित्रण गर्दछन् । प्राचीन रोमन स्रोतहरूका अनुसार किशोरावस्थामा नै राजा भएका उनले युवा वयमा प्रवेश गर्नासाथ सेनेका जस्ता ज्ञानी सल्लाहकार हटाए र उनमा सनकको मात्रा बढ्दै गयो । रोमका शासक भएतापनि निरो ग्रीक भाषा, दर्शन र तर्कशास्त्रमा पारङ्गत थिए । आजको समयमा एथलेटिक्स भनिने समूहका धेरै खेलको सुरुवात गर्ने श्रेय उनैलाई जान्छ ।

    तेस्रो शताव्दीका प्लेटोवादी दार्शनिक प्लुटोनिसले ‘एकको सिद्धान्त’ (थ्योरी अफ वन) प्रतिपादन गरे, जसबाट समाज र राज्यलाई पनि एकको भावनाबाट हेर्नुपर्छ भन्ने मान्यता कालान्तरमा विकास भयो । राज्य र समाजलाई आपसमा जोड्ने त्यहि एकत्व आधुनिक संविधानमा अभिव्यक्त हुन्छ भनी भन्न सकिन्छ । पाँचौं शताव्दीका ग्रीसेली चिन्तक प्रोक्लसले प्लेटो आदिका राजनीतिक संवादउपर निरन्तर टिप्पणीहरू लेखी जीवन्त राखिरहे । त्यसपछिका बोएथियस (रोम-छैटौं शताव्दी), अल किण्डी (मध्यपूर्व-नवौं शताव्दी), पिटर अबेलार्ड (फ्रान्स-दशौँ शताव्दी) लगायतका दार्शनिकले न्याय, नैतिकता र राज्यको अन्तरसम्बन्धबारे चर्चा गरिरहे ।

    बेलायतमा सन् १२१५मा जारी म्याग्नाकार्टालाई आधुनिक संविधानवादको जग मान्न सकिन्छ । राजाको दैवी अधिकारलाई अस्वीकार गर्दै जनताका प्रतिनिधिबाट राज्य संचालन गर्न वेलायती राजाले स्वीकार गरेको दस्तावेजका रूपमा म्याग्नाकार्टालाई लिइन्छ । त्यसपछि, तेह्रौं र चौधौं शताव्दीका मानवतावादीहरू मार्सिलियो फिचिनो (इटाली) र डेसिडिरियस इरास्मस (हल्याण्ड) ले व्यक्तिको स्वन्तन्त्र इच्छा (फ्री विल ) अर्थात ‘मुक्त कर्म’ सम्बन्धी विचार प्रतिपादन गरे । रेने डेकार्ट र इमानुएल कान्ट फ्री विलका जबर्जस्त दार्शनिक बनेर निस्किए ।

    पुनर्जागरण कालको आसपास आइपुग्दा आधुनिक संविधानवादको विकासले ठोस आकार लियो । पन्ध्रौँ शताव्दीका इटालियन चिन्तक निकोलो माकियाभेली ‘राजनीतिक यथार्थवाद’ (पोलिटिकल रियलिज्म) का जन्मदाता त हुन् नै, धेरैले उनलाई आधुनिक ‘संविधानवादका पिता’ पनि मानेको देखिन्छ । राज्यका आधारभूत संरचनाको ‘डिजाइन’ गर्ने सिद्धान्तका रुपमा संविधानवादलाई मानेर माकियाभेलीले प्राचीन एवं आधुनिक राजनीतिक विचारधाराको युगलाई जोड्ने कार्य गरेकाले उनलाई त्यो श्रेय दिइएको हो

    त्यसपछिका चिन्तकहरू हब्स र लकले सामाजिक करार तथा रुसोले सामाजिक करारसहित शक्ति पृथकीकरणको सिद्धान्त प्रचलित गराए भने , अस्टिन र बोदाँले सार्वभौमिकताको सिद्धान्त प्रतिपादन गरे । प्रबोधन कालका डेभिड ह्युम, जेरेमी बेन्थम आदिले मानवीय सुखका निम्ति कानुनहरू समर्पित हुनुपर्ने विचार अघि सारे । सत्रौं शताव्दीको अन्त्यमा वेलायतको गौरवमय क्रान्तिबाट शासकमाथि जनताको नियन्त्रण, अठारौँ शताव्दीमा फ्रान्सेली क्रान्तिबाट स्वतन्त्रता-समानता-भाइचारा, तथा अमेरिकी बिल अफ राइट्स एवं स्वाधीनताबाट जनताको सार्वभौम शक्तिले व्यवहारमा नै जीत हासिल गर्यो , जसलाई आधुनिक संविधानवादका अभिन्न तत्व मानिन्छ । उन्नाइसौं शताव्दीमा कार्ल मार्क्सले बहुसंख्यामा रहेको निम्न वर्गका लागि अल्पसंख्याको उच्च वर्गले त्याग गर्नुपर्ने (नमाने गराउनुपर्ने) दर्शन निर्माण गरे । अर्थात्, संविधानवाद विशुद्ध कानुन होइन, आजको हरेक कानुको रचनागर्भ हो ।

    यसै मान्यतामा आधारित हुँदै उन्नाइसौं र बीसौं शताव्दीका विद्वानहरूमध्ये अल्बर्ट भेन डायसीले कानुनको शासनसम्बन्धी विचारलाई लोकप्रिय बनाए । उत्तर औपनिवेशिक विश्व, दुई महायुद्ध पछिका स्वाधीनता आन्दोलनहरू, समाजवादी विचारबाट जन्मेको कल्याणकारी राज्य, उदारवादका नयाँ मान्यता, महिला अधिकार, रंगभेदविरोधी आन्दोलन, वातावरण संरक्षण तथा पछिल्लो समयमा एलजीबीटीक्युका मुद्दा समेतले संविधानवादलाई प्रभावित र प्रेरित गरिरहेका छन् । नयाँ संविधानवादबारे थप बुझ्न यहाँ  र यहाँ क्लिक र्नुहोस् ।

    करिब पच्चीस सय वर्षको यात्रामा संविधानवाद भनेको मानवीय सुखका निम्ति निर्माण भएको राज्यको संगठन हो भन्ने छर्लंग देखिन्छ । नागरिकलाई त्यस्तो सुख प्राप्त हुन भोजन, सुरक्षा, वासस्थान, शिक्षा, स्वास्थ्य, स्वतन्त्र चिन्तन गर्ने समय र स्थान, भयबाट मुक्ति, अरूलाई हानी नहुने गरी आफ्नो स्वतन्त्र विचार अनुसारका कार्य गर्ने छुट तथा राज्यको आलोचना गर्ने अधिकार प्राप्त हुनुपर्दछ । यसैका लागि राज्यको गठन भएको हो, राज्यका अंगहरू पृथक गरिएका हुन् । यसैकालागि संविधान वा कानुनहरू लेखिएका हुन्, यसैका लागि सेना, प्रहरी, कर, नागरिकता आदि चाहिएका हुन् ।

    हरेक नागरिकको सुख र खुसी बाहेक राज्य हुनुको अर्को प्रयोजन छैन । यही संविधानवाद हो । लिखित संविधानको परम्परा शुरु भएपछि त्यसमा कानुनको शासन, शक्ति पृथकीकरण, प्रेस स्वतन्त्रता, नागरिक अधिकार आदि विशेषताहरू थप भए, तर तिनको पनि अभीष्ट नागरिक सुख नै हो, नागरिकलाई तनाव दिने होइन । नागरिककै सुरक्षाका लागि संविधान वा कानुन बनाइन्छ, कानुनको पालना गराउन अदालत र प्रहरी हुन्छ, गरिबलाई सहयोग गर्न धनीबाट कर लिइन्छ, समलिंगी अधिकार सुरक्षित गरिन्छ, अल्पसंख्यकलाई प्रवर्द्धन गरिन्छ, लैङ्गिक समानता खोजिन्छ । हरेक व्यक्तिको सुखका मापदण्ड फरक हुने हुनाले संविधानवादका विशेषताहरू हरेक युगमा थपिंदै जान्छन्, नयाँ मान्यता विकसित हुँदै जान्छन् ।

    न्यायपालिका (सर्वोच्च अदालत) गुटबन्दीले ग्रस्त छ । पछिल्लो समयमा उसको पक्षधरता एवं वफादारी वर्तमान सत्ता गठबन्धनतिर खुला रूपले प्रकट भएको छ । यसै बफादारीको प्रयोगबाट दोस्रो बरियताका न्यायाधीश पहिलोलाई हटाएर आफैं पहिलो दर्जामा पदोन्नती हुन चाहन्छन् । घोर अवसरवादी र भ्रस्ट चौथो अंग त चर्चा गर्नसमेत लायक रहेन ।

    नागरिक सुखको स्थायित्व हुनुपर्ने मान्यताकै आधारमा आधुनिक समयको पहिलो लोकतान्त्रिक संविधान बनाएर अमेरिकाले अठारौँ शताव्दीमा नै लागू गरेको हो । अमेरिकी संविधानका निर्माताहरूले प्राचीन ग्रीसदेखि उनीहरूको समयसम्मका दर्शन र मान्यताको जबर्जस्त सिलसिलेवार अध्ययन गरेका थिए । संविधानवाद भनेको अमेरिकी संविधान लागू भएयता त्यहाँको अदालतले गरेको वा बेलायती परम्परामा आधारित कानुको अदालती व्याख्या मात्र होइन । नागरिकको हितमा समर्पित परम्परा र दर्शनका सयौं तत्वको समष्टि संविधानवादमा समेटिएको हुन्छ । संविधानवाद के होइन भन्ने बुझ्न यहाँ क्लिक गर्नुहोस् ।

    त्यसै हुनाले अठारौँ शताव्दीका वेलायती चिन्तक सर विलियम ब्ल्याकस्टोनले संविधान शव्दलाई नै ‘परिवर्तन’को अर्थमा मात्रै प्रयोग गर्दथे । कानुनी वा न्यायिक अर्थका लागि उनले यो शब्द कहिल्यै प्रयोग गरेनन् किनभने अमेरिकी सर्वोच्च अदालतमा प्रयोग हुन थालेको न्यायिक पुनरावलोकनको सिद्धान्त विश्वव्यापी (नर्म डिफ्युजन) हुँदा निर्वाचित प्रतिनिधिको शक्तिलाई अनिर्वाचित अदालतले कुण्ठित गर्दछ, जसलाई स्वीकार गर्नु हुँदैन भन्ने उनको मान्यता थियो । यस अवधारणालाई उनीपछिका विचारकहरूले निरन्तरता दिन सकेनन् । जसले प्रयास गरे तिनलाई अराजकतावादी भनियो र निरुत्साहित गरियो । ब्ल्याकस्टोनको ‘कमेन्टरिज अन द लज अफ इंग्ल्याण्ड’उपर लेखिएको विचारोत्तेजक जर्नल लेख हेर्न यहाँ क्लिक गर्नुहोस् ।

    आजको विश्वका सबैजसो देशले लिखित संविधान लागू गरेका छन् । अलिखित भनिएको वेलायती संविधानकै धेरै तत्वहरू त्यहाँको संसदले लिखित कानुनको अभ्यासद्वारा लागू गर्दछ । वर्तमान समयका सबै देशमा संवैधानिक परम्पराका दशकौं लामा इतिहास बनिसकेका छन् । सातौँ संविधान २०७२ सालमा जारी गरेर नेपालले नयाँ अभ्यास गर्दै आएको छ । हामीले माथि देख्यौं, संविधान वा कानुनको निर्माण नागरिकको सुखका लागि हुन्छ । नेपालमा ठीक उल्टो परम्परा स्थापित भएको छ । राजनीतिक दलमा मौलाएको अवसरवादका कारण नागरिकहरू अपहेलित छन् भने नयाँ संविधान कार्यान्वयनको प्रारम्भिक चरणमा नै अदालती व्याख्या र अपव्याख्याहरूको मिश्रणबाट दलीय स्वार्थकै सेवा भैरहेको देखिन्छ । संविधान र यसको कार्यान्वयन नागरिक हितमा समर्पित हुनुपर्नेमा यस दस्तावेजलाई अहिले राजनीतिक दलहरूबीच प्रतिस्पर्धाको फूटबल बनाइएको छ । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका समेतले संविधानलाई स्वार्थ अनुकूल उपयोग र व्याख्या गरिरहेका छन् ।

    अहिले हाम्रो सर्वोच्च अदालत खुला रूपले नै वर्तमान सत्ता गठबन्धनको सेवामा समर्पित भएको देखिन्छ । लुकाएर लुक्दैन । न्यायको दृष्टिबाट आम जनताको सुख ओझेलमा परेको छ । यसको प्रभाव विस्तारै कहाँ देखिन्छ भने- फैसलाहरू खुलमखुल्ला अवज्ञा हुन थाल्नेछन् र अराजकता विस्फोटक रूपमा प्रकट हुनेछ । न्याय, न्यायालय र न्यायाधीशको पवित्रता कायम नरहेपछि पुगिने त्यहीं नै हो । यसलाई रोक्ने इच्छाशक्ति देखाउन सक्दा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले केहि गर्न सक्ने ठाउँ अझै बाँकी छ, ढिलाई हुँदै गए उनको हातबाट पनि समय फुत्किंदै जाने निश्चित छ ।

    संविधानवाद, कानुन र धर्मका मूल्यबाट विमुख न्याय

    नागरिकको चिन्ता र राज्यको जीवनमा आउने अनिश्चय निवारण गर्नकै लागि संविधानवाद र कानुनको शासनमा केहि अनिवार्य शर्त हुनै पर्दछ । हाम्रो न्यायप्रणाली पाश्चात्य दर्शनमा आधारित भएको हुनाले सोही अनुरूको वैश्विक व्याख्या हामीले पेस गरेका हौँ । संविधान वा कानुनको समकक्षी शव्द पूर्वीय मान्यतामा धर्म हो । कानुन शब्दको तुलनामा धर्म शब्दको अर्थ अझ गहिरो र व्यापक छ ।

    कानुन वा धर्मको परिणाम अनुमेय (प्रेडिक्टेबल) हुनुपर्दछ र एकैप्रकारको उल्लंघनमा एकैप्रकारको परिणाम वा सजाय हुनुपर्दछ । अर्थात्, सरिता गिरि, रामबहादुर थापा वा प्रभू शाहहरूले कानुन उल्लङ्घन गर्दा गएको सांसद पद माधव नेपालले उल्लङ्घन गर्दा पनि जानुपर्दछ । त्यो कानुनको शासन हो, त्यो धर्म हो ।

    कानुन वा धर्म सामान्यीकृत (जेनेरलाइज्ड) हुन्छ । फरक व्यक्ति वा संस्थामा पनि समान र व्यापक रूपले लागू हुनेगरी कानुनको निर्माण हुन्छ । अर्थात्, एकैपल्ट महाधिवेसन भएका काँग्रेस र एमालेमध्ये एमालेको केन्द्रिय कमिटी अदालतको व्याख्यामा घरि मानिने वा नमानिने तर कांग्रेसको महाधिवेसनबारे परेको रिट नै खारेज हुने कर्म कानुनको शासन होइन । धर्म होइन ।

    एकै प्रकारको व्यवहारका लागि कानुन वा धर्मको प्रतिक्रिया पनि एकै ( रासनिलिटी) हुनुपर्दछ । अर्थात्, केपी ओलीले संसद छलेर अध्यादेश ल्याउने कार्य गलत हुँदा कानुनको आँखामा शेरबहादुर देउवाले त्यसै गरी ल्याएको अध्यादेश पनि गलत हुनुपर्दछ । त्यो कानुनको शासन हो, त्यहि धर्म हो ।

    कानुनमा वा त्यसको व्याख्यामा निरन्तरता (कन्सिस्टेन्सी) हुनुपर्दछ । अर्थात्, पाँच वर्षअघि निर्वाचित कुनै दलको केन्द्रिय कमिटीमा उक्त दलको आन्तरिक विधिद्वारा गरिएको हेरफेर आजको एउटा अन्तरिम आदेशद्वारा अमान्य हुनुहुँदैन । त्यो कानुनको शासन होइन । एक महिना नबित्दै त्यो अन्तरिम आदेश सच्याइएको त छ, तर त्यसरी जानाजान गलत व्याख्या गर्ने न्यायकर्मी अझै पनि धर्मको आसनमा विराजमान छन् । यो कानुनको शासन होइन, धर्म होइन ।

    कानुन वा धर्मले सिद्धान्त वा मान्यताको विकास (नर्मेटिभिटी) मा योगदान गर्नुपर्दछ । व्यक्तिको आचरणलाई सामाजिकृत गर्न मात्र कानुन लागू हुँदैन, कानुन वा संविधानको कार्यान्वयनबाट अर्को पुस्तालाई हस्तान्तरण गर्न सकिने मूल्यको विकास हुनुपर्दछ । हामीले हरेक दस वर्षमा संविधान फेरेर के सावित गरेका छौं भने हामी संवैधानिक मूल्य विकास गर्न हालसम्म सर्वथा असफल छौं । र, फेरिपनि न्यायिक व्याख्याका नाममा मान्यताको विकासलाई भङ्ग गर्न न्यायालयकै प्रयोग गरिरहेका छौं । हामीसँग सातवटा संविधानका अभ्यासको पोको छ, तर संविधानवाद छैन । त्यसैले संवैधानिक नैतिकता पनि भारतबाट सापटी लिनुपरिरहेको छ । यो कानुनको शासन होइन ।

    कानुनी शासन वा संविधानवाद वा धर्म वा धम्म जेसुकै नाम दिएपनि त्यसका हरेक विश्वव्यापी विशेषताको कसीमा असार २८ को फैसला वा आजको हाम्रो सर्वोच्च अदालत पास हुँदैन । नेपालमा संविधानवाद बुझेर त्यो अनुसारको व्यवहार गर्न सक्ने राज्यका कुनैपनि अंग आहिले छैनन्, यो हाम्रो दुर्भाग्य हो । हाम्रो राज्य तीब्र गतिमा स्खलित भैरहेको छ । पतनोन्मुख छ । राज्यका सबै अंगको दृष्टान्तबाट सहजै पुष्टि हुन्छ ।

    कार्यपालिकाका प्रमुख प्रधानमन्त्री शेरबहादुर देउवाले दुई महिना पदमा विताउँदा आफ्नै सहयोगी समूह निर्माण गर्न सकिरहेका छैनन् । विक्रम सम्बत् २०५८ मा नै असक्षम ठहरिएका उनले अहिले प्रदर्शन गरेजस्तो लज्जाहीन अकर्मण्यता नेपालको इतिहासमा यसअघि कहिल्यै देखिएको थिएन । राज्यको प्रशासन संचालन गर्ने कार्य धर्मपत्नीको जिम्मा लगाएर उनी आफ्नै पार्टीको वडा अधिवेसन गर्न प्रहरी परिचालन गर्छन् । नेपाली नागरिक छिमेकी भारतको ज्यादतीबाट मारिंदा बन्द भएको उनको बोली अझै खुलेको छैन । त्यही छिमेकीको काँधमा चढेर उनी अझ बलियो अर्को छिमेकी चीनलाई लल्कार्न उद्यत छन् । राज्य संचालनको आधारभूत ज्ञान उनमा कतिपनि छैन । तापनि पदमा आफूलाई सुरक्षित गर्न दल विभाजन उनलाई चाहियो, चलिरहेको संसद हठात् स्थगन गरी निकृष्ट अध्यादेश जारी गरेर । उनको पछिल्लो ‘काम’ कालो धन लगानी गर्दा आर्जनको स्रोत खोज्न नपाइने बजेट बनाउने रह्यो । यसरी देश असार २८को एक झट्कामा ‘माफिया राज’ भैसकेको छ । अब बैंकमा हाम्रा बचत असुरक्षित हुने दिन टाढा छैनन् । हामी अवश्य लुटिने छौं ।

    व्यवस्थापिकाका प्रमुख (सभामुख) विगत नौ वर्षदेखि उनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । उसैबेलादेखि त्यस मुद्दाउपर हरेक पन्ध्र दिनमा अनुसन्धान गरी प्रगति विवरण सर्वोच्च अदालतमा बुझाउन प्रहरीलाई आदेश छ । २०७६ देखि यसलाई न्यायाधीश सपना मल्लको इजलासले अलिक खुकुलो गरेर हरेक महिना बनाइदिएको छ । तर, प्रहरी भन्छ- आरोपी अग्नि सापकोटा भन्ने मानिस भेटिएन र अनुसन्धान हुन सकिरहेको छैन ।

    न्यायपालिका (सर्वोच्च अदालत) गुटबन्दीले ग्रस्त छ । पछिल्लो समयमा उसको पक्षधरता एवं वफादारी वर्तमान सत्ता गठबन्धनतिर खुला रूपले प्रकट भएको छ । यसै बफादारीको प्रयोगबाट दोस्रो बरियताका न्यायाधीश पहिलोलाई हटाएर आफैं पहिलो दर्जामा पदोन्नती हुन चाहन्छन् । घोर अवसरवादी र भ्रस्ट चौथो अंग त चर्चा गर्नसमेत लायक रहेन ।

    सबैभन्दा माथि, संविधानबाटै राष्ट्र प्रमुखको हैसियत कमजोर र नाम मात्रको बनाइएको छ । जनताको सेवा गर्न भनी बनाइएका प्रदेशमा मन्त्रीको संख्या एक सयको नजिक पुगेको छ । चौध खर्बको राष्ट्रिय बजेट बन्दा सोह्र खर्बको ब्यापार घाटा छ । शासकहरूले त बुझेनन् नै, सर्वोच्च अदालतले समेत न असार २८ मा बुझ्यो, न त्यसपछि बुझिरहेको छ । हाम्रो देशको टाउकोबाट असार २८ गते मैनबत्तीको सलेदोमा आगो झोसिएको हो । अब हामी माथिबाट पग्लिन थालेका छौं र विस्तारै सकिंदैछौं । जोगिनु छ भने अब जनता आफैं निद्राबाट जाग्नुपर्छ । त्यसैले, अन्त्यमा कवि धरणीधर कोइरालालाई सम्झौं-

    जाग जाग जन हो अब जाग, खाइ काम तिर धाउन लाग ।
    भो भयो अति सुत्यौ अब जाग, घोर नीद अब ता परित्याग ।

    यो पनि पढ्नुस् :

    असार २८ को ‘ऐतिहासिक फैसला’ को पेटमा बोकाइएका ‘ऐतिहासिक झूट’ : भाग- १

    असार २८ को फैसलामा लिइएको पाकिस्तानका सैनिक तानाशाह जिया उल हकको सहारा : भाग- २

    बेलायती अभ्यासबारे असार २८ को फैसलामा प्रतिविम्बित अल्पज्ञान र त्रुटि : भाग- ३

    असार २८ का ‘बाइप्रोडक्ट’ देखिन शुरू, ऐतिहासिक फैसला’ मा श्रीलंकाको ‘ललिता निवास’ काण्ड : भाग- ४

    असार २८ को ‘ऐतिहासिक फैसला’लाई प्रश्न- नेपाल देश र भारतीय प्रदेशको हैसियत बराबर हो ? : भाग- ५

    असार २८ को फैसलामा ‘संवैधानिक नैतिकता’, अन्तरविरोध र अपव्याख्या : भाग- ६

    असार २८ को बाइप्रोडक्ट: सहकर्मी सिध्याउन पल्केको काल संवैधानिक इजलासमा, निशाना चोलेन्द्र कि संविधान ? : भाग- ७

    असार २८ को ‘पोस्टमार्टम’ : कल्याणको सडक इजलास, हरिको अन्तरिम आदेश र चोलेन्द्रले चाल्ने कदम : भाग- ८

  • असार २८ को ‘पोस्टमार्टम’ : कल्याणको सडक इजलास, हरिको अन्तरिम आदेश र चोलेन्द्रले चाल्ने कदम

    असार २८ को ‘पोस्टमार्टम’ : कल्याणको सडक इजलास, हरिको अन्तरिम आदेश र चोलेन्द्रले चाल्ने कदम

    काठमाडौं । गत असार २८ गते सर्वोच्च अदालतको संवैधानिक इजलासद्वारा प्रधानमन्त्री फेर्न जारी गरिएको ‘ऐतिहासिक’ परमादेसको अन्तरकुन्तरका धेरै कथाहरू बाँकी नै छन् । अदालत, राजनीति र मुलुकको परराष्ट्र सम्बन्धमा यस फैसलाको दूरगामी प्रभाव देखिन थालिसकेको छ । फैसलासम्म पुग्न सर्वोच्च अदालतभित्र गरिएका तिकडम र जालसाजीको अन्तरकथाका करिब एक दर्जन नयाँ ‘इपिसोड’हरू निर्माण हुन्छन् ।

    इजलास गठन हुँदै कसरी दुई न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठलाई अदालतभित्र र बाहिरको सहकार्यमा खेदियो, अनि त्यो भन्दा बढी पूर्वाग्रह देखिने दीपक कार्की र आनन्दमोहन भट्टराईलाई कसरी चोख्याइयो भन्ने विषय अघिल्लो भागमा हीमीले देख्यौं । प्रक्रियामा भएको जालसाजी देखाउने केवल एउटा उदाहरण इजलास गठन थियो । आजको भागमा भूतपूर्वहरूको सडक इजलासले अदालतलाई प्रारेको प्रभावका बारेमा छिचोल्नेगरी चर्चा हुनेछ ।

    फैसलाको मूल पाठमै देखिएका विसंगत पक्ष एवं अन्तरविरोधका चाङहरू केलाउने क्रम पनि जारी छ । फैसलाले हाम्रो संविधान तथा अन्य प्रचलित कानुनका कुन-कुन प्रावधानलाई संशोधन गरेको छ र त्यसबाट संविधानवादको कसरी धज्जी उडेको छ भन्ने हाम्रा आगामी विश्लेषण आउने छन्, जसमा हामीले फैसलाका लेखकलाई संविधानवाद र लिखित परम्परामा बेलायतको म्याग्नाकार्टा यताका ऐना देखाउँदै बहसमा उत्रिन निम्ता गर्नेछौं । संविधान र कानुनले दिएको अधिकारलाई दुरुपयोग गरी न्यायको हत्या गर्नु अपराध हो भन्नेमा आशंका नराखौं भन्ने हाम्रो बिनम्र निवेदन छ ।

    कायममुकायमले वास्तविक जस्तै अधिकार र कर्तव्य बहन गर्ने अभ्यास दुनियाँमा कतैपनि छैन । गम्भीर र दीर्घकालीन महत्वका कार्यहरू कायममुकायमबाट गराइने प्रचलन हुँदैन, अपेक्षा पनि गरिन्न । कायममुकायम तोक्नुपरे प्रधानन्यायाधीशले बरिष्ठतमलाई संवैधानिक इजलास बाहेकका पेशी मात्रै राख्नु भनेर पनि लिखितमा दिन सक्छन् । लिखित दिएर त्यसको सूचना अदालतको सूचना पाटीमा टाँस्न सक्छन् । यसमा कसैको मन अमिलो होला, तर प्रधानन्यायाधीश पदमा बहाल रहुन्जेल उनको विकल्प हुँदैन । प्रधान न्यायाधीशलाई सल्लाहमा वा जबर्जस्ती विदा बसाउने शम्भू थापा वा ओम अर्यालका तर्कहरू रकमी हुन्, कानुनी वा संवैधानिक होइनन् ।

    असार २८ को फैसलाले नेपालको राजनीतिक-न्यायिक इतिहासलाई पार्ने विसंगत प्रभावका कारण यसको जति सम्झना वा अलोचना गरिनेछ , त्यति नै सम्झना वा आलोचना यो फैसलामा पुग्न अदालतलाई प्रभावित पार्ने बाह्य तत्वका कारण गरिनेछ । हालसम्मको हाम्रो खोजीमा असार २८ को फैसलामा पुग्न सघाउने बाह्य तत्वका दुई ‘नेक्सस’ स्पष्ट देखिएका छन् । एउटा, फैसलामा पुग्न राजनीतिक प्रभावको पाटो छ, जसको पेटारो कुनै भागमा खोलिनेछ । अर्को, त्यहि नेक्सससँग आम नागरिकले नदेखिने गरी जोडिने तर गहिरिएर खोजीपस्ने आँट गर्दा सजिलै भेटिने भूतपूर्वहरूको ‘सडक इजलास’द्वारा प्रभावित पाटो छ । यहाँ फेरि भन्नैपर्छ- यो कुनै षड्यन्त्र सिद्धान्त होइन ।

    यथार्थसँग साक्षात्कारका लागि हामी अकाट्य प्रमाणहरू पनि राख्दै जानेछौं । विश्वका ‘माइलस्टोन’ अनुभव, स्थापित सिद्धान्त र हाम्रो सापेक्षतामा तिनको प्रयोगबारे पनि हामी चर्चा गर्नेछौं । ‘विकिपेडिया’बाट अनुच्छेद चोर्ने, र चोरिएका हरफमा पनि तथ्यमाथि डकैती गर्ने असार २८ का फैसलाका ‘लेखक’ भन्दा हाम्रो स्तर निकै माथिको हो र हुनेछ ।

    न्यायका सामान्य सिद्धान्तसमेत भर्सेलामा हालेर भूतपूर्वहरूद्वारा सडकमा देखाइएको प्रहसनलाई सर्वोच्च अदालतभित्र समेत गम्भीरतापूर्वक लिइएको रहेछ । गत भाद्र १७ गते बिहीबार संवैधानिक नियुक्तिसम्बन्धी विवादमा न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासबाट जारी भएको अन्तरिम आदेशमा यो पक्ष अलिकति स्पष्ट हुन आएको छ । उक्त अन्तरिम आदेश जारी हुनासाथ त्यसको ‘मेरिट’मा नगएर न्यायाधीश फुयाल तथा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि व्यक्तिगत लान्छना लगाउँदै उही सडक इजलासवाला समूह तुरुन्तै सल्बलाएको छ ।

    असार २८ को फैसलामा उसका तिकडमहरू सफल भएपछि उसको महत्वाकाँक्षा पनि स्वाभाविक रूपले बढेको छ । अब सर्वोच्च अदालतबाट हुने फैसलाहरू सबै उसको अनुकूल भएनन् भने प्रधानन्यायाधीश जबरामाथि निर्णायक आक्रमणको तयारी भित्रभित्रै भैरहेको छ । त्यसका प्रकट स्वरूप पुरानै ‘प्याटर्न’मा दोहोरिएका हुनाले आजभोलि पहिचान गर्न सजिलो हुन थालेको छ । त्यसैले, आजको भाग हामीले न्यायालयको आन्तरिक प्रकियालाई बाहिरबाट प्रभावित पार्ने ‘नेक्सस’को खोजी गर्दै त्यसले कसरी असार २८ को फैसलालाई प्रभावित गर्यो र अब त्यसको अनुहार कसरी प्रकट भैरहेको छ भन्ने सप्रमाण विश्लेषणका लागि समर्पण गरेका छौं । यसको प्रसंगमा पस्न गत बिहीबार जारी न्यायाधीश हरि फुयालाको अन्तरिम आदेशबाट सुरु गर्नुपर्छ ।

    हरि फुयाललको अन्तरिम आदेशमा के छ ?

    प्रधानन्यायाधीशविना संवैधानिक इजलास बस्नैपर्छ वा पर्दैन भन्ने निर्क्यौल गरिसकेपछि मात्र संवैधानिक नियुक्तिसम्बन्धी मुद्दामा सुनुवाई हुनसक्ने भनी गत भाद्र १७ गते विहीबार सर्वोच्च अदालतका न्यायाधीश हरि फुयालको एकल इजलासले अन्तरिम आदेश जारी गरेको छ । अधिवक्ता गणेश रेग्मीले दायर गरेको रिटमाथि इजलासले सुनुवाइ गरी यस्तो आदेश दिएको हो । विगत नौ महिनायता संवैधानिक पदमा भएका नियुक्ति खारेज गर्न सभामुख अग्नि सापकोटा र अधिवक्ता ओम अर्यालले दायर गरेका रिटमाथि सुनुवाई गर्दा प्रधानन्यायाधीशले पेशी तोकी संवैधानिक इजलासमा बस्ने कि नबस्ने भन्ने विवादको विषय निरूपण हुनुपर्ने भनी आदेश जारी भएको देखिन्छ ।

    अन्तरिम आदेशले संविधान र सिद्धान्तमा आधारित केहि सारभूत प्रश्नहरू उठाएको छ । पहिलो मुख्य कुरा संविधानको धारा १३७ (१) मा भएको व्यवस्था नै हो, जसमा प्रधानन्यायाधीशले मात्रै संवैधानिक इजलासको नेतृत्व र संयोजन गर्ने स्पष्ट प्रावधान छ । यस्तो मूल व्यवस्था हुँदाहुँदै, धारा १२९ (६) मा उल्लेख भएको सहायक व्यवस्थालाई आधार बनाई कायममुकायम प्रधानन्यायाधीशद्वारा इजलास तोक्न र नेतृत्व गर्न मिल्छ कि मिल्दैन भन्ने निरूपण गर्नु मुख्य संवैधानिक दायित्व हो । प्रधानन्यायाधीश र कायममुकायम प्रधानन्यायाधीश बीच आकाश जमिनको भिन्नता हुन्छ ।

    धारा १३७ ले चिन्ने प्रधानन्यायाधीश संवैधानिक इजलासको नेतृत्व गर्न सक्षम हुन्छ भने धारा १२९ (६) को कायममुकायमले प्रधानन्यायाधीशको अनुपस्थितिमा संवैधानिक इजलास बाहेकका पेशी सूची तोक्ने र प्रशासनिक कार्य गर्ने हो । यस व्यवस्थालाई अदालतको आदेशद्वारा संशोधन गर्न मिल्छ र ? धारा १३७ र १२९ फरक हुन् भन्ने स्वत: स्पष्ट हुन् आउँछ । कायममुकायमले वास्तविक जस्तै अधिकार र कर्तव्य बहन गर्ने अभ्यास दुनियाँमा कतैपनि छैन । गम्भीर र दीर्घकालीन महत्वका कार्यहरू कायममुकायमबाट गराइने प्रचलन हुँदैन, अपेक्षा पनि गरिन्न ।

    कायममुकायम तोक्नुपरे प्रधानन्यायाधीशले बरिष्ठतमलाई संवैधानिक इजलास बाहेकका पेशी मात्रै राख्नु भनेर पनि लिखितमा दिन सक्छन् । लिखित दिएर त्यसको सूचना अदालतको सूचना पाटीमा टाँस्न सक्छन् । यसमा कसैको मन अमिलो होला, तर प्रधानन्यायाधीश पदमा बहाल रहुन्जेल उनको विकल्प हुँदैन । प्रधान न्यायाधीशलाई सल्लाहमा वा जबर्जस्ती विदा बसाउने शम्भू थापा वा ओम अर्यालका तर्कहरू रकमी हुन्, कानुनी वा संवैधानिक होइनन् ।

    न्यायाधीश फुयालको आदेशले देखाएको अर्को सैद्धान्तिक पक्षबारे धेरैले बुझे वा नबुझेको स्पष्ट छैन । हामीले अपनाएको कमन ल प्रणालीमा स्वच्छ सुनुवाईका प्रस्थापनाको लामो परम्परा छ, जसलाई हाम्रो संविधानको धारा २० र १२६ ले एक हदसम्म समेटेको छ । धारा १३७ (१)लाई ती मान्यताका आधारमा समेत हेरिनुपर्ने हुनाले यो प्रश्न प्रधानन्यायाधीश जबराको ‘रिक्युजल’बाट मात्रै समाधान हुँदैन । प्राकृतिक न्यायको सिद्धान्तका आधारमा प्रक्रियागत न्यायिक स्वच्छता कसरी कायम गरिन्छ भन्ने हेर्न यहाँ क्लिक गर्नुहोस् ।

    ‘रिक्युजल’को प्रश्न प्रकटित पूर्वाग्रह (एक्सप्रेस बायस)को मात्रै नभएर औचित्य वा उपयुक्तता (प्रोप्राइटी) को पनि हो । गत जेठमा न्यायाधीशद्वय तेजबाहादुर केसी र बमकुमार श्रेष्ठलाई इजलासबाट हटाउने कार्य दुवै सिद्धान्तका आधारमा अनुपयुक्त थियो । त्यसैगरी न्यायाधीशद्वय दीपक कार्की र आनन्दमोहन भट्टराई इजलासमा बस्ने कार्य दुवै सिद्धान्तका आधारमा त्यो भन्दा नाजायज थियो । कार्की र भट्टराईले केसी र श्रेष्ठ इजलासमा बसे आफूहरू नबस्ने आदेश लेख्नु त कुनै सिद्धान्त नै थिएन, लज्जास्पद तहको जबर्जस्ती थियो ।

    जबराकै कारण मानव अधिकार आयोगको अध्यक्ष हुन अवरोध भएकाले केपी ओलीलाई समेत खेद्ने नीति कल्याण श्रेष्ठले लिएका हुन भन्न अब हिच्किचाउनु पर्दैन, छर्लंगै भैसक्यो । यसबीचको सफलताले उनलाई अझै उत्प्रेरित गरेको छ । अबचाहिं परिस्थिति यहाँसम्म आइपुगेपछि कदाचित गैरदलीय सरकार बन्ने अवस्था आएमा आफूलाई त्यसको प्रमुख बनाउने बाटोमा श्रेष्ठ अग्रसर देखिन्छन् भने प्रधानन्यायाधीश जबरा पनि त्यस्तो अवसरको प्रतीक्षामा छन् भनिन्छ । आखिर पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मीले त्यो मानक बनाइसकेकै छन् ।

    छिमेकी भारतको सर्वोच्च अदालतले २०१९ मा गरेका दुई फरक अभ्यासलाई यसको दृष्टान्तका रूपमा लिन सकिन्छ । भीमा कोरेगाउँ मुद्दामा आफूविरुद्ध एफआइआर दर्ता भएपछि त्यसको खारेजी माग गर्दै मानव अधिकारवादी गौतम नौलखाले सर्वोच्च अदालतमा दायर गरेको मुद्दा हेर्न पाँच जनासम्म न्यायाधीशले अस्वीकार गरे, जसको कुनै कारण दिइएन । रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस् ।

    मुद्दा दर्ता भएको करिब साढे दुई वर्षपछि गत मे महिनामा अदालतले नौलखाको जमानत अस्वीकार गर्ने आदेश गरेको छ । यसमा भारतीय राजनीति पनि मिसिएको होला भनी सहजै अनुमान गर्न सकिन्छ ।

    ठीक त्यसैगरी अक्टोबर २०१९ मा इन्दौर विकास प्राधिकरण मुद्दामा न्यायाधीश अरुण मिश्राले रिक्युजल अस्वीकार मात्र गरेनन्, त्यसको कारण खुलाउँदै ५६ पृष्ठको आदेश लेखे, जसमा सम्बद्ध सिद्धान्तको विशद विवेचना गरिएको छ ।

    उनको आदेशलाई पछि पाँच सदस्यीय इजलासले पनि सदर गरेको छ । भारतकै प्रधानन्यायाधीश रन्जन गोगोईले आफ्नो मुद्धामा आफैं सुनुवाई गरी फैसला गरेका छन् । भलै यो राम्रो उदाहरण होइन । हामीले आफ्नो सन्दर्भमा कसरी हेर्ने र कस्तो सिद्धान्त विकास गर्ने भन्ने ढोका विहीबारको अन्तरिम आदेशले खोलेको छ । यहाँ प्रधानन्यायाधीश एक्लैको मात्र सवाल होइन । उनी बस्दा वा नबस्दैमा समस्याको समाधान हुँदैन ।

    न्यायाधीश हरि फुयालको अन्तरिम आदेशले तेस्रो र अझ पेचिलो प्रश्न ‘सडक इजलास’बारे उठाएको छ । इजलासमा बहस गर्ने अनि मिडिया प्रयोग गरी आफ्नो पक्षमा माहोल बनाउने वकील, विचाराधीन मुद्दाको कुनै एक पक्षलाई सघाउने अवकाशप्राप्त प्रधानन्यायाधीश र न्यायाधीश, तथा इजलासलाई दवाब दिन उपयोग हुने बार एसोसिएसनका गतिविधिलाई पनि इजलासबाट व्याख्या हुनुपर्ने गरी आदेश भएको हुनाले अब बस्ने संयुक्त इजलासमा यसबारे गम्भीर छलफल भई सिद्धान्त प्रतिपादन हुनु आवश्यक छ ।

    अन्तरिम आदेश लगत्तै बारले भने ‘नानीदेखि लागेको बानी’ देखाइहाल्यो । सर्वोच्च अदालत बार एसोसिएसनका सभापति पूर्णमान शाक्यले आदेशबारे छलफल गरेर निष्कर्षमा पुग्ने अभिव्यक्ति दिए । उनको भनाई हेर्न यहाँ क्लिक गर्नुहोस्  ।

    अदालतले गर्ने फैसलामा बारसँग सल्लाह गर्नुपर्ने उनको भनाई आपत्तिजनक छ । न्यायाधीशले आफ्नो मुद्दा आफैं सुनुवाई गरेको उदाहरण संसारमै छैन भन्ने शाक्यको दाबी पनि सरासर झूट हो । छिमेकी भारतकै प्रसंग माथि उल्लेख भैसक्यो । अन्य सयौं उदाहरण छन् । तर, त्यसरी सुनुवाई गर्नु औचित्यपूर्ण हुँदैन भन्ने विषयचाहिं सिद्धान्तको कुरा हो । यसबीच बारले आफ्ना सल्लाहकारको भेला बोलाएको छ । भेलाले अदालत र प्रधानन्यायाधीशलाई दवाव दिने निश्चित छ । असार २८ र त्यसको पृष्ठभूमिमा घटित सम्पूर्ण घटनाक्रमलाई प्रभावित पार्न जसरी सडक इजलास प्रयोग भयो, त्यहि कर्म यस सन्दर्भमा फेरि दोहरिने लक्षण देखिंदैछ ।

    सडक इजलासमा पूर्वप्रधान न्यायाधीशहरू, अदालतभित्रै बहालवाला न्यायाधीशहरूको एउटा समूह, बार एसोसिएसन र मिडियाको एउटा पक्ष जोडिएर प्रधानन्यायाधीश विरुद्ध मोर्चाबन्दी भएको छ । केपी ओली राजनीतिज्ञ भएका हुनाले उनले त्यसलाई झेले । अबको एकल निशाना प्रधानन्यायाधीश जबरा हुने भएकाले उनलाई विचलित बनाउन कुनै कसर बाँकी राखिने छैन । जबराकै सहकर्मी न्यायाधीशहरू जमलस्थित होटल येल्लो प्यागोडामा जम्मा भई जबराविरुद्ध रणनीति बनाउने गरेको पनि यसअघि खुलासा भैसकेको छ । प्रधानन्यायाधीश र अदालत भन्दा येल्लो प्यागोडाको गुटबन्दी शक्तिशाली हुनुमा सडक इजलासकै संयोजन जिम्मेवार रहेको पनि खुलिसक्यो । अब लुक्दैन ।

    कल्याण श्रेष्ठको व्यक्तिगत रूचीमा अरू भूतपूर्वको सहयोग

    संविधानको धारा १३७ (१) मा भएको व्यवस्था फेरि सम्झाउँ- संवैधानिक इजलास प्रधानन्यायाधीशको संलग्नतामा मात्र गठित हुनसक्छ । धारा १२९ (६) मा प्रधानन्यायाधीश विदामा बसेको लगायतका अवस्थामा ‘बरिष्ठतम न्यायाधीशले कायममुकायम प्रधानन्यायाधीश भई काम गर्नेछ’ भन्ने उल्लेख भएकाले त्यसैलाई देखाएर वकीलहरू शम्भू थापा र ओम अर्याल लगायतले अवसरको प्रयोग गरे- प्रधानन्यायाधीश जबरालाई जबर्जस्ती विदामा बसाउन सकियो भने बरिष्ठतम दीपक कार्की कायममुकायम हुन्छन् र तत्कालै संवैधानिक अंगहरू खालि गराउने अन्तरिम आदेश जारी हुन सक्छ ।

    यसमा उनीहरूको जिकिर छ- संवैधानिक परिषदसम्बन्धी अध्यादेश असंवैधानिक भयो । उनीहरूको खास मकसदचाहिं केपी ओली प्रधानमन्त्री हुँदा नियुक्त भएका संवैधानिक अंगका पदाधिकारीहरूलाई जसरी पनि पदमुक्त गर्नुपर्छ भन्ने हो । यहि अभीष्ट पूरा गर्न सडक इजलासको प्रत्यक्ष साथ रहेको देखिन्छ । प्रतिनिधि सभा विघटनको मुद्दामा सडक इजलासको नेतृत्व गरेका पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठको यसमा व्यक्तिगत चासोसमेत देखिन आएको छ ।

    सर्वोच्च अदालतका सक्रिय पूर्व प्रधानन्यायाधीशमध्ये कल्याण श्रेष्ठ राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्षमा नियुक्त हुन अग्रणी दावेदार देखिएका थिए । उनको दावेदारीमा नेकपा एमालेको एउटा पक्ष सकारात्मक थियो भन्ने थाहा पाउन यहाँ क्लिक गर्नुहोस् । तर, संवैधानिक परिषदका बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले श्रेष्ठको विपक्षमा मत राखे । नियुक्तिमा कुनै व्यक्तिको नाम आउँदा नियुक्त गर्ने निकायको पदाधिकारीले हुन्छ वा हुन्न भन्नु स्वाभाविकै हो । नियुक्त गर्ने अख्तियारी पाएका मध्ये एकजना जबराले नमानेका हुनाले उनीसँगै तथा परिषदका अध्यक्ष प्रधानमन्त्री केपी ओलीसँगै पनि बदला लिने भावमा श्रेष्ठ प्रस्तुत हुनुचाहिँ अनुपयुक्त हो ।

    शेरबहादुर देउवा र अग्नि सापकोटाको निरन्तर असहयोगबाट आजित प्रधानमन्त्री ओलीसँग त्यसबेला दुई विकल्प मात्रै थिए- या त उनले व्यक्तिको अनुहार नहेरी नियुक्तिको प्रक्रिया पूरा गर्नुपर्थ्यो, जुन उनको संवैधानिक बाध्यता र दायित्व थियो । या त कुनै व्यक्तिको नाममा अडिएर आफ्नै नेतृत्वमा संविधान उल्लंघन गरिरहनुपर्थ्यो । ओली दोहोरो बाध्यतामा परेकै बेला व्यक्तिगत इख राखेर कल्याण श्रेष्ठले सडकमा इजलास गठन गरी भूतपूर्वहरूको वक्तव्य शृंखला चलाएको देखिन्छ । नेता, व्युरोक्रेसी, न्यायालय सबैतिर इमान भन्दा कुर्सी प्यारो हुने हामीले बुझेकै छौं । कल्याण श्रीमान् मात्र यसको अपवाद किन हुन्थे ?

    अझ आफू भन्दा अगाडिका प्रधानन्यायाधीशहरू राजनीतिक निकटताकै कारण मानव अधिकार आयोगको अध्यक्ष भएको उनले नदेख्ने कुरा थिएन । पहिलो अध्यक्ष नयनबहादुर खत्री राजासँग निकट भएकाले अध्यक्ष भएका थिए । केदारनाथ उपाध्याय र अनुपराज शर्मा काँग्रेसको कोटाबाट प्रधानन्यायाधीश भई अध्यक्ष भएका थिए । शर्मा एक महिना चौध दिन मात्रै प्रधान न्यायाधीश भएका हुन्, तापनि मानव अधिकार आयोगको अध्यक्ष बनेरै छाडे । भएका पूर्व प्रधानन्यायाधीशमध्ये आफूलाई अब्बल ठान्ने श्रेष्ठले अपेक्षा राख्नु ठूलो कुरा पनि होइन ।

    प्रधानन्यायाधीशबाट अवकाश प्राप्त गरेपछि पनि सार्वजनिक जीवनका विविध क्षेत्रमा सक्रिय रहने थोरै व्यक्तित्वमध्ये कल्याण श्रेष्ठ पर्दछन् । उनी संलग्न रहेका क्षेत्रमा राजनीति, न्याय र सामाजिक ‘एक्टिभिज्म’ का बहुआयाम देखिन आउँछन् । उदाहरणका लागि २०७६ चैत्र १३ गते उनले साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रसँग संयुक्त वक्तव्य जारी गरे । कोभिडबाट राहत दिन ‘प्याकेज’ घोषणा गर्नुपर्ने पपुलिस्ट मुद्दा त्यसबेला चर्चामा थियो, जसलाई उक्त वक्तव्यले टिपेको देखिन्छ।

    एसिया फाउन्डेसनका पूर्व नेपाल प्रमुख जर्ज भर्गिजले संचालन गरेको नीति फाउन्डेसनसँग उनी निकट छन् र राज्यका विविध नीतिहरुमा छलफल परामर्श गर्छन् । त्यस्तै, धेरै वैदेशिक सहयोग ल्याउन सफल नेपाल कानुन समाज (नेपाल ल सोसाइटी) नामक गैर सरकारी संस्थाद्वारा सहजीकरण गरिएको संविधान निगरानी समूहको पनि उनी प्रमुख छन्  ।

    केपी ओलीले किन अध्यादेशद्वारा संवैधानिक परिषद् ऐन संशोधन गराए भन्ने स्पष्ट हुन धारा संविधानको २८४ (३) बुझ्नुपर्छ, जसमा लेखिएको छ- ‘संवैधानिक परिषदले प्रधानन्यायाधीश वा संवैधानिक निकायका कुनै प्रमुख वा पदाधिकारीको पद रिक्त हुनुभन्दा एक महिना अगावै यस संविधान बमोजिम नियुक्तिका लागि सिफारिस गर्नुपर्छ ।’ संविधानले यसरी संवैधानिक निकायका पदहरू रिक्त हुने कल्पना गरेको छैन । देशको प्रधानमन्त्री अध्यक्ष रहने तथा प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभामा विपक्षी दलको नेता र उपसभामुख समेत सदस्य रहने संवैधानिक परिषदबाट संविधानको उल्लङ्घन हुने कल्पना गर्न सकिन्न । तर, वर्षौंदेखि संवैधानिक नियुक्ति नहुँदा संविधानको धारा २८४ (३) को ठाडो उल्लङ्घन भैरहेको थियो ।

    खासमा ल सोसाइटीको देखाउने दाँत कृष्णमान प्रधान हुन् भने चपाउने दाँत चाहिं श्रीमान् श्रेष्ठ नै हुन् । हालै क्याम्ब्रिज युनिभर्सिटी प्रेसद्वारा प्रकाशित ‘टावरिंग जज’मा सूचीकृत श्रेष्ठलाई दिइएको परिचयमा पनि उनको न्यायिक कार्यकालमा राजनीति र न्यायपालिकाबीच सन्तुलन मिलाउन भूमिका खेलेको तथा राजनीतिक दलले न्यायपालिका कमजोर बनाउँदा जोगाउने भूमिका खेलेको भनी चित्रण गरिएको छ ।

    भ्रम नरहोस्, कल्याण श्रीमानको सक्रियता नराम्रो भन्न खोजिएको होइन । यद्यपि उनको सक्रियता हेरेर नै भन्न सकिन्छ, अदालतमा असार २८ निम्त्याउन वा त्यसको अघिपछि हालका प्रधान्यायाधीश जबरालाई घेराबन्दी गर्न सडकमा भएका गतिविधिमा उनको संयोजन स्पष्टै छ । आफ्नै कार्यकालमा सर्वोच्च अदालतमा नियुक्त न्यायाधीशहरूलाई चाहेको समयमा खास स्थानमा निम्त्याएर निर्देशन गर्ने क्षमता उनले अहिले पनि राखेका छन् । माथि भनिसकियो, यसमा व्यक्तिगत कारणहरू पनि मिसिएका छन् ।

    जबराकै कारण मानव अधिकार आयोगको अध्यक्ष हुन अवरोध भएकाले केपी ओलीलाई समेत खेद्ने नीति कल्याण श्रेष्ठले लिएका हुन भन्न अब हिच्किचाउनु पर्दैन, छर्लंगै भैसक्यो । यसबीचको सफलताले उनलाई अझै उत्प्रेरित गरेको छ । अबचाहिं परिस्थिति यहाँसम्म आइपुगेपछि कदाचित गैरदलीय सरकार बन्ने अवस्था आएमा आफूलाई त्यसको प्रमुख बनाउने बाटोमा श्रेष्ठ अग्रसर देखिन्छन् भने प्रधानन्यायाधीश जबरा पनि त्यस्तो अवसरको प्रतीक्षामा छन् भनिन्छ । आखिर पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मीले त्यो मानक बनाइसकेकै छन् । खिलराजलाई त्यो जिम्मेवारी माओवादीले धमिल्याएको राजनीति संग्लो पार्न आइलाग्यो ।

    अहिलेको चिन्ता हो- धमिलो पानीमा माछा मार्नु नै छ भने आफैं पानी धमिल्याइहाल्न किन नलाग्ने भन्नेतिर सडक इजलासको योगदान देखिंदैछ । नत्र, संवैधानिक परिषदमा दुई वर्षदेखि निरन्तर भैरहेको संविधान उल्लङ्घनलाई देखेको नदेख्यै गरेर केपी ओली र प्रधानन्यायाधीश जबरा र संवैधानिक परिषदसम्बन्धी अध्यादेशको विरोध गर्ने बाटोमा संविधान-कानुनकै विज्ञ व्यक्तित्वहरू किन लाग्ने ?

    संवैधानिक परिषदमा सधैं संविधान उल्लङ्घन !

    संवैधानिक परिषदमा संविधान निरन्तर उल्लङ्घन भैरहेको थियो, जसबारे सडक इजलास र त्यसको नेक्ससले कहिल्यै मुख खोलेन । यसको सोझो राजनीतिक कारण देखिन्छ । हामी सबैलाई थाहा छ, संवैधानिक अंगहरू लामो समयदेखि खालि थिए । यसबारेको एउटा रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस् ।

    यसबारे त्यतिन्जेल मात्र समाचारहरू लेखिए जतिन्जेल पुष्पकमल दाहाल प्रचण्डले नेकपाभित्रको शक्ति सन्तुलनका आधारमा भागबण्डा पाउने सम्भावना जीवित रह्यो ।

    उक्त रिपोर्टको आशय संवैधानिक पदहरू लामो समय खालि रहेकाले तत्काल नियुक्त गर्नुपर्ने भन्ने नै देखिन्छ । प्रचण्डले तत्कालीन नेकपाभित्र केपी ओलीविरुद्ध १९ पाने आरोपपत्र दर्ता गराएपछि मिडिया र सडकको भाषा बदलियो । अब केपी ओली प्रधानमन्त्री रहेसम्म नियुक्ति हुनुहुँदैन भने लाइनमा पूर्व प्रधानन्यायाधीशहरू पनि उभिए । उनीहरूको हिसाब किताब थियो- पार्टीमा घोर अल्पमतमा रहेकाले केपी ओली पार्टीविहीन हुन्छन् र नेकपा प्रचण्डको कब्जामा जान्छ । एकाएक बोली फेरिनुको कारण यही थियो, तर राजनीतिक घटनाक्रम फरक बाटोमा लाग्यो । यसरी व्यक्ति हेरेर पोजिसन परिवर्तन गर्ने अवसरवादी चरित्रको नाङ्गो उदाहरण यसलाई मान्न सकिन्छ । संवैधानिक अंगमा नियुक्ति गर्नु हुँदैन भन्ने त्यसबेलाको एउटा रिपोर्ट यहाँ हेर्नुहोस्  ।

    नियुक्तिमा विलम्ब गर्नुहुँदैन भन्ने आधिकारिक पोजिसनसमेत छ महिना नबित्दै ‘नियुक्त गर्न हुँदैन’ भनी परिवर्तन भएको छ, जसका पछाडि केपी ओली र प्रधानन्याधीश जबराले प्रचण्डलाई भागबण्डा नदिएको भन्ने बाहेक अरू आधार छैन । अनि नेताहरूलाई मात्र के पिपलपाते भन्ने ? नागरिक समाज र संचार क्षेत्र झनै ठूला मौकापरस्त भएर निस्के ।

    सभामुख सापकोटा र विपक्षी नेता देउवाको अनुपस्थितिबाट संवैधानिक परिषदमा निर्णय गर्न नसकिने अनुभव बारम्बार भोगेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा त्यहि कारणले अध्यादेश अनुसारको बैठकमा सामेल भएका हुन् । यहाँ संविधानको उल्लङ्घन तथा धारा २८४ (३)को कार्यान्वयनमा अवरोध गर्ने कार्य अग्नि सापकोटा र शेरबहादुर देउबाबाट भैरहेको थियो । यसलाई ‘अब्स्ट्रक्सन अफ कन्स्टिच्युसनल अब्लिगेसन’ (संवैधानिक दायित्वको कार्यान्वयनमा अवरोध) भनिन्छ र हामीले अपनाएको कमन ल प्रणालीमा यसलाई दण्डनीय अपराध मानिन्छ ।

    केपी ओली प्रधानमन्त्री भएकाले संविधानको धारा २८४ (१) अनुसार उनैको अध्यक्षतामा मात्रै संवैधानिक परिषद बन्न सक्थ्यो, र सोहि प्रावधान हाल शेरबहादुर देउवाको हकमा पनि लागू हुन्छ । केपी ओलीले किन अध्यादेशद्वारा संवैधानिक परिषद् ऐन संशोधन गराए भन्ने स्पष्ट हुन धारा संविधानको २८४ (३) बुझ्नुपर्छ, जसमा लेखिएको छ- ‘संवैधानिक परिषदले प्रधानन्यायाधीश वा संवैधानिक निकायका कुनै प्रमुख वा पदाधिकारीको पद रिक्त हुनुभन्दा एक महिना अगावै यस संविधान बमोजिम नियुक्तिका लागि सिफारिस गर्नुपर्छ ।’

    संविधानले यसरी संवैधानिक निकायका पदहरू रिक्त हुने कल्पना गरेको छैन । देशको प्रधानमन्त्री अध्यक्ष रहने तथा प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभामा विपक्षी दलको नेता र उपसभामुख समेत सदस्य रहने संवैधानिक परिषदबाट संविधानको उल्लङ्घन हुने कल्पना गर्न सकिन्न । तर, वर्षौंदेखि संवैधानिक नियुक्ति नहुँदा संविधानको धारा २८४ (३) को ठाडो उल्लङ्घन भैरहेको थियो ।

    प्रधानमन्त्रीले बोलाएको बैठकमा अनुपस्थित भएर सभामुख अग्नि सापकोटा र विपक्षी नेता शेरबहादुर देउबाले संवैधानिक परिषदलाई दुई वर्षदेखि बन्धक बनाइरहेका थिए । पद खालि हुनुभन्दा एक महिना अघि नै सिफारिस गर्नुपर्ने संविधानको व्यवस्था च्यातिन लागेका हुनाले अध्यादेश जारी भएको हो । सभामुख सापकोटा र विपक्षी नेता देउवाको अनुपस्थितिबाट संवैधानिक परिषदमा निर्णय गर्न नसकिने अनुभव बारम्बार भोगेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा त्यहि कारणले अध्यादेश अनुसारको बैठकमा सामेल भएका हुन् ।

    यहाँ संविधानको उल्लङ्घन तथा धारा २८४ (३)को कार्यान्वयनमा अवरोध गर्ने कार्य अग्नि सापकोटा र शेरबहादुर देउबाबाट भैरहेको थियो । यसलाई ‘अब्स्ट्रक्सन अफ कन्स्टिच्युसनल अब्लिगेसन’ (संवैधानिक दायित्वको कार्यान्वयनमा अवरोध) भनिन्छ र हामीले अपनाएको कमन ल प्रणालीमा यसलाई दण्डनीय अपराध मानिन्छ । गतवर्ष मात्रै भारतको सर्वोच्च अदालतले ईश्वर शान्डिल्य मुद्दामा संविधानको कार्यान्वयनमा अवरोध गरेको भनी देहरादुन बार एसोसिएसनलाई सचेत गराएको मात्र होइन, तल्ला अदालतले समेत न्यायको अवरोध रोक्ने गरी आदेश जारी गर्न सक्ने फैसला गरेको छ । फैसलाको पूर्ण पाठ हेर्न यहाँ क्लिक गर्नुहोस् ।

    उच्च पदमा आसिन व्यक्तिले संवैधानिक दायित्व निर्वाह गर्नु बाध्यकारी हो, छनोटको विषय होइन । ‘संवैधानिक दायित्वको पालना’ न्यायिक सिद्धान्तका रुपमा विकास भएको पनि लगभग एक सय वर्ष पुगिसकेको छ । राज्यका पदासीनहरूलाई संविधानले तोकेको दायित्व पूरा गराउन अदालत आफैं एउटा माध्यम बन्नुपर्छ भन्ने यो सिद्धान्तकै आधारमा ‘न्यायमा अवरोध’ (अब्स्ट्रक्सन अफ जस्टिस)को कानुनी अवधारणा विकास भएको हो, जस अन्तर्गत अदालतको अवहेलना सम्बन्धी विषयहरू पनि पर्दछन् । यसको शुरुवाती मान्यता के हो भन्ने थप स्पष्ट हुन सन् १९३१ मा अमेरिकी बार एसोसिएसन जर्नलमा प्रकाशित लेख यहाँ हेर्नुहोस्

    यदि सर्वोच्च अदालत सिद्धान्तमा उभिएको हुन्थ्यो भने यस अपराधबापत अग्नि सापकोटालाई सभामुख पदमा रहन नमिल्ने आदेश गर्थ्यो र देउवालाई संविधान अनुसार अनिवार्य पालना गर्नैपर्ने दायित्व पूरा नगरेकोमा सचेत गर्थ्यो । संवैधानिक नैतिकताका ठूल्ठूला गफ त असार २८ को फैसलाले गरेको छ, तर संवैधानिक दायित्व पूरा नगर्ने पदाधिकारीलाई चाहिं अदालतले सधैं उन्मुक्ति दिएको छ । संवैधानिक इजलासले हेर्नुपर्ने मूल विषयचाहिं यो हुनुपर्थ्यो । अध्यादेश जारी हुनुको पृष्ठभूमि समेत खोजी गरेपछि त्यसको औचित्य वा अनौचित्य पुष्टि हुन सहज हुन्छ ।

    पुसदेखि फागुनसम्म आइपुग्दा ओलीले पार्टी जोगाए र राजनीतिमा आफ्नो स्थान जोगाए । अस्तित्वको लडाईंमा धकेलिएको एउटा राजनीतिज्ञले यति गर्नु सामान्य हो । नेपालको इतिहासमा लगातार साढे तीनवर्ष प्रधानमन्त्री हुनुचाहिं सामान्य हुँदै होइन । यसअघि राणाहरू, तीसको दशकमा सूर्यबहादुर थापा र २०४८-५१ मा गिरिजा कोइरालालाई मात्र त्यो अवसर मिल्यो । अहिले शेरबहादुर देउवा पाँचौं पटक प्रधानमन्त्री बनेको चर्चा छ, तर समग्रमा ओलीले देउवाभन्दा लामो समय प्रधानमन्त्री चलाएका छन् । निरन्तर प्रधानमन्त्री भएकाले ओलीको यस कार्यकालमा भएका विकास निर्माणको तुलना कुनै अर्को प्रधानमन्त्रीको कार्यकालसँग तुलना गर्दा ओली नै अरूभन्दा माथि देखिन्छन् ।

    पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठसहितको विद्वत समूहले संवैधानिक इजलासबाट भएका महत्वपूर्ण निर्णयको समीक्षा गरी गत फागुनमा एउटा रिपोर्ट प्रकाशित गरेको छ । रिपोर्ट भन्छ- ‘नेपालको संविधान बमोजिम मिति २०७२/८/२२ मा संवैधानिक इजलास गठन भएको देखिन्छ । नेपालको संविधानको धारा १३७ मा लेखिए बाहेकका संवैधानिक इजलासको सञ्चालन सम्बन्धी अन्य व्यवस्था सर्वोच्च अदालतले निर्धारण गरे बमोजिम हुने संवैधानिक व्यवस्था भएकोले सर्वोच्च अदालतले यस सम्बन्धमा मिति २०७२/९/१४ मा सर्वोच्च अदालत (संवैधानिक इजलास सञ्चालन) नियमावली, २०७२ जारी गरिसकेको छ (पृष्ठ २) ।’ पूरा रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस ।

    संविधानभन्दा बाहिर नियमावली जाने कल्पनासम्म गर्न सकिन्न । तैपनि सम्झाउनुपर्छ, नियमावलीको उपदफा ४ मा इजलासको अधिकार क्षेत्रको प्रयोग प्रधानन्यायाधीश सहित सबै न्यायाधीशले सामुहिक रुपमा गर्ने उल्लेख छ । अर्थात, संवैधानिक इजलासबाट प्रधानन्यायाधीश बाहेक हुने लिखित वा काल्पनिक व्यवस्था विद्यमान संरचनामा छैन भनी बारम्बार ठोकेर भन्न सकिन्छ । संवैधानिक परिषदमा हुने संविधान उल्लङ्घनको विषय चाहिं हालसम्म इजलासमा प्रवेश गरेको देखिन्न, न त सडक इजलास नै यसबारे बोल्दछ ।

    नेकपाभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेपछि गत पुस ५ गते प्रधानमन्त्री केपी ओलीको सिफारिसमा प्रतिनिधि सभा भङ्ग भयो । त्यसको ठीक अघि जारी अध्यादेशका आधारमा संवैधानिक अंगहरूमा नियुक्तिको लागि सिफारिस भैसकेको थियो । त्यसपछि पुस २४ गते पूर्व प्रधानन्यायाधीशहरूको समूहका नामबाट कल्याण श्रेष्ठ, सुशीला कार्की, मीनबहादुर रायमाझी र अनुपराज शर्माको विरोध वक्तव्य निस्क्यो । वक्तव्यमा प्रतिनिधि सभा विघटन तथा संवैधानिक परिषद लगायतका अध्यादेसको विरोध गरिएको छ । परिषदमा भएको संविधान उल्लङ्घनबारे मौनता नै छ । वक्तव्य ठीक त्यसबेला जारी भयो, जुनबेला सर्वोच्च अदालतमा संवैधानिक इजलास गठनको विवाद चलिरहेको थियो । वक्तव्य, त्यसको पृष्ठभूमि र टाइमिंग बुझ्न यहाँ क्लिक गर्नुहोस्  । लगत्तै फागुन ११ गते प्रतिनिधि सभा पुनर्स्थापना भएकाले यसबारे धेरै विवाद गरिरहनु परेन ।

    वर्तमान सरकारले जारी गराएको राजनीतिक दल बिभाजन सम्बन्धी निकृष्ट अध्यादेसको विरोध उनीहरूबाट हुने अपेक्षा थिएन, भएन पनि । त्यसो त अवकाशपछि सामाजिक-राजनीतिक जीवनमा संलग्न हुन बाधा नपुग्ने भएतापनि पूर्व न्यायाधीशहरूले अदालतमा विचाराधीन कुनैपनि मुद्दामा पक्षधरता देखाउन नमिल्ने न्यायिक मान्यता विश्वव्यापी अभ्यास हो । यसको पनि सडक इजलासबाट बारम्बार उल्लङ्घन भएको छ । अवकाशपछि न्यायाधीशले पालना गर्नुपर्ने न्यायिक सिद्धान्तबारे कमन ल परम्परा र अभ्यास हेर्न यहाँ क्लिक गर्नुहोस् । यसै मान्यता समेलाई आधारमा लिएर गत विहीबार न्यायाधीश हरि फुयालद्वारा जारी अन्तरिम आदेशले सडक इजलासका गतिविधि उपर अदालतको व्य्याख्या हुन मार्ग प्रशस्त गरेको देखिन आउँछ ।

    ओलीले प्रतिनिधि सभा किन विघटन गरे ? उनलाई के घाटा-नाफा भयो ?

    सडक इजलासले भनेको के कुरा ठीक हो भने गत पुसमा पहिलो प्रतिनिधि सभा विघटनबारे संवैधानिक प्रश्न उठ्ने प्रशस्त ठाउँ विद्यमान थिए । विघटन संवैधानिक थिएन भन्ने कुरा ओलीलाई पनि थाहा नभएको होइन होला । पार्टीभित्रकै गुटबन्दीले अस्तित्वको लडाइँमा होमेपछि एमाले र आफूलाई जोगाउन त्यस विघटनलाई उनले उपयोग गरे र सफलता पनि प्राप्त गरे । त्यसबेला ओलीको दुर्दान्त अवस्था विचार गरौँ न ! पचास वर्ष लामो राजनीतिक जीवन, पार्टीको साधारण सदस्यतासमेत र प्रधानमन्त्री पद सबै गुमाउने ठाउँमा उनलाई धकेलिएको थियो ।

    पुष ५ देखि फागुन २३ सम्म आइपुग्दा ओली र एमालेलाई राजनीतिक रुपमा समाप्त पार्ने उद्धेश्य निर्णायक ढंगले पराजित भयो । पार्टीभित्रको ओलीविरोधी मोर्चा त्यतिन्जेलमा थप नांगियो, थप कमजोर भयो । एउटा शीर्ष नेताले पार्टी, राजनीतिक जीवन र प्रधानमन्त्री पद रोज्नुपर्दा नेपालको सन्दर्भमा प्रधानमन्त्री पद पछिल्लो क्रममा पर्नुपर्छ किनभने बाँकी दुई कुरा नभई प्रधानमन्त्री पद पाउन सकिन्न ।

    पुसदेखि फागुनसम्म आइपुग्दा ओलीले पार्टी जोगाए र राजनीतिमा आफ्नो स्थान जोगाए । अस्तित्वको लडाईंमा धकेलिएको एउटा राजनीतिज्ञले यति गर्नु सामान्य हो । नेपालको इतिहासमा लगातार साढे तीनवर्ष प्रधानमन्त्री हुनुचाहिं सामान्य हुँदै होइन । यसअघि राणाहरू, तीसको दशकमा सूर्यबहादुर थापा र २०४८-५१ मा गिरिजा कोइरालालाई मात्र त्यो अवसर मिल्यो । अहिले शेरबहादुर देउवा पाँचौं पटक प्रधानमन्त्री बनेको चर्चा छ, तर समग्रमा ओलीले देउवाभन्दा लामो समय प्रधानमन्त्री चलाएका छन् ।

    ओलीको बहिर्गमन लगत्तै सरकारको अग्रसरतामा घटाइएका गम्भीर राजनीतिक घटनाक्रम र देशको भूराजनीतिक सम्बन्धलाई असन्तुलनको भीरतिर ठेलिएको हेरेर बस्न हामी बाध्य बनाइएका छौं । विदेशीको सेवा गर्ने सरकार बनाएपछि त्यसको सुरक्षाका लागि अदालत पनि उसैगरी कठपुतली बनाउनुपर्ने हुन्छ । त्यसपछिको निशाना राज्यका अन्य अवयव हुनेछन् ।

    निरन्तर प्रधानमन्त्री भएकाले ओलीको यस कार्यकालमा भएका विकास निर्माणको तुलना कुनै अर्को प्रधानमन्त्रीको कार्यकालसँग तुलना गर्दा ओली नै अरूभन्दा माथि देखिन्छन् । तत्काल अदालतले सत्ताबाट बाहिर निकालेपनि एमालेले जान्यो भने उसका लागि यही नै राजनीतिक पुँजी हुन्छ भन्ने यथार्थ देउवाको पचास दिने झूर कार्यकालले पुष्टि गरिसक्यो । वर्तमान संसदमा एमाले एक्लैको बहुमत पनि होइन । र, सत्ता पनि स्थायी होइन । नेपालमा त अझ हरेक नौ महिनामा सरकार फेरिइरहन्छन् । केहि महिनामा देउवा सरकार पनि फेरियो भने कसैले आश्चर्य नमाने हुन्छ ।

    केपी ओलीका अघिल्तिर गत जेठमा दोस्रो पटक प्रतिनिधि सभा विघटन गरिंदा २०७७ पुसमा जस्तो संवैधानिक प्रश्न थिएनन् । यसमा ओलीले गरेको एकमात्र रणनीतिक गल्ती हो – धारा ७६ (३) अनुसार प्रधानमन्त्री नियुक्त भएपछि विश्वासको मत नलिनु । तर यससँग विघटनको कुनै सम्बन्ध छैन । संवैधानिक रूपमा ओली माथि परेपनि अदालतले विकिपेडियाबाट चोरी गर्दै गलत एवं अप्रासंगिक तथ्यका आधारमा देउवालाई प्रधानमन्त्री बनाउने परमादेस जारी गरिदिएको त हालसम्म स्पष्टै भैसक्यो । पूर्व प्रधानन्यायाधीशहरू सहितको उही ‘नेक्सस’ यसपटक पनि असार २८ ल्याउन क्रियाशील रह्यो । त्यसलाई बार र मिडियाको एउटा पक्षबाट सहयोग मिल्यो, मिलिरहेकै छ ।

    व्यक्तिगत आशक्ति र ‘नेक्सस’को शक्ति कस्तो हुन्छ भन्ने एउटा दृष्टान्त पूर्व प्रधानन्यायाधीश सुशिल कार्कीको ‘न्याय’ पुस्तकबाट हेरेपछि अन्तिम विषयमा जानु उपयुक्त हुन्छ । प्रधानन्यायाधीश पदमा आफ्नो नियुक्तिको समय स्मरण गर्दै पृष्ठ १४७ (पहिलो संस्करण) मा उनी लेख्छिन्:

    ‘एमालेले भने मेरो नियुक्तिको विरोध गरेन । एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत अरू कुनैपनि नेतासँग मेरो निकटता थिएन । एमालेले न त कुनै मुद्दामा केहि सिफारिस गर्यो, न त न्यायपालिकाको कुनै नियुक्तिमा सिफारिस गरेको थियो । पछि पनि कुनै सिफारिस गरेन । अझ झलनाथ खनाललगायत कतिपयसँग त मेरो कहिल्यै भेटसम्म भएन । महिलालाई ल्याउनुपर्छ भन्ने धारणा एमालेभित्र बलियो पाइयो ।’

    आफूविरुद्ध महाभियोग लाग्दा केपी ओलीले सकारात्मक भूमिका खेलेको तथा प्रचण्ड, देउवा र ओनसरी घर्तीले समेत असहयोग गरेको तथ्य सुशीला कार्कीले आफ्नो पुस्तकका अन्य पृष्ठमा पनि खुलेरै लेखेकी छन् । यसपटक न्यायपालिकाको गुटबन्दी र कल्याण श्रेष्ठको व्यक्तिगत पहलका अगाडि पुराना गुन बिर्सेर उनी ओलीको विपक्षमा लागिन् । ओलीकै सचिवालयको सीमा तथा संयोजन क्षमताको अभाव यस सम्पूर्ण उतार चढावमा उत्तिकै जिम्मेवार छ ।

    सडकमा देखिएको ‘नेक्सस’ र चोलेन्द्र समशेरका विकल्प

    केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाएपछि अब सडक इजलासको लक्ष्य प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई च्याप्दै अदालतमा कार्य सम्पादन गर्नै नसक्ने ठाउँमा धकेल्नु देखिन्छ । उसो त अदालतको भित्री वा बाहिरी गुटबन्दी नयाँ होइन । खासगरी २०६२/६३ पछि गुटबन्दी अझ चर्को बनेको छ । विगतका प्रधानन्यायाधीशहरू सुशीला कार्की, मीनबहादुर रायमाझी र गोपाल पराजुलीका पुस्तकमा गुटबन्दीको इतिहास पनि पढ्न पाइन्छ । हालको अवस्थामा सक्रिय सडक इजलासले त्यहि गुटबन्दीको प्रयोग गरी तीन/चारतिरबाट प्रधानन्यायाधीशमाथि प्रहार गर्दै जाने देखिन्छ ।

    उनीहरूको पहिलो रणनीति फुलकोर्टमा बहुमतको त्रास बढाउँदै कायममुकायम प्रधानन्यायाधीशलाई समेत अग्रसर गराई संवैधानिक नियुक्तिहरू खारेज गराउने नै हो । सर्वोच्च अदालतभित्र येल्लो प्यागोडा समूह झीनो बहुमतमा भएको हुनाले प्रधानन्यायाधीश जबराले अप्ठ्यारो महसुस गरिरहेको देखिन्छ । गत विहीबार न्यायाधीश हरि फुयालको अन्तरिम आदेशले उनीहरूको त्यो रणनीतिमा ब्रेकसम्म लागेको छ, विफल भएको छैन । संवैधानिक नियुक्ति अदालतबाटै खारेज हुन सक्दा प्रधानन्यायाधीशमाथि ठूलो नैतिक प्रश्न आउनेछ र पदमा नरहन दवाब बढ्नेछ । त्यसैले अदालबाट रिट खारेज नभएसम्म वा उनीहरूकै हकमा फैसला नभएसम्म उनीहरू पछि हट्ने देखिंदैन । यो उनीहरूले चोलेन्द्र शमशेरको खिलाफमा देखेको सबैभन्दा सहज बाटो हो ।

    हेर्दाहेर्दै देश संकटमा फसिसकेको छ । राजनीतिक दलप्रति नागरिक विश्वास कमजोर भएको छ । दलहरू आफैं विभाजित हुँदैछन् भने यसैबेला सोझ्याइएका एमसीसी, जयसिंह धामी घटना र चीनसँग अकारण झिकिएको विवाद साना विषय होइनन् । हरेक देशभक्त नेपाली नागरिक आन्दोलित मनस्थितिमा पुगिसकेको छ । अदालतले यसलाई बुझ्नुपर्दछ ।

    सडक इजलासले अपनाउने अर्को रणनीति ‘ब्ल्याकमेल’को हो । प्रधानन्यायाधीशका कमजोरीको अडियो र भिडियो प्रमाण बोकेको छु भन्ने वकीलको एउटा पक्ष महाभियोग दर्ता गर्ने आधार खोज्दै हिंडेको हल्ला यसबीचमा चलाइएको छ । हालको गणित हेर्दा संसदमा महाभियोग पास हुन चाहिने संख्या प्रमुख प्रतिपक्षी एमालेको सहयोगबिना पुग्दैन । विगतमा शुशीला कार्की समेतको दृष्टान्तका आधारमा एमालेले सत्ताधारी गठबन्धनको कुनैपनि अतिवादी बाटोको विरोध गर्छ भन्न सकिन्छ । यद्यपि महाभियोगकै लागि वातावरण बनाउन संवैधानिक नियुक्तिमा प्रधानन्यायाधीशले भाग लिएको हल्ला सडकमा चलाइसकिएको छ । प्रचण्डनिकट मिडिया पनि यसमा उत्तिकै प्रयोग भएको देखिन्छ ।

    तेस्रो, ओलीलाई कमजोर बनाउन प्रयोग भएकै संयन्त्रद्वारा प्रधानन्यायाधीशविरुद्ध पनि अतिरन्जित हल्ला चलाइरहने र कार्यसम्पादनबाट रोक्ने । प्रधानन्यायाधीश राजनीति भन्दा पृथक संस्था भएको हुनाले यो त्यति सजिलो बाटो भने होइन । तैपनि निरन्तरका अफवाहबाट प्रधानन्यायाधीशलाई कमजोर बनाउने प्रयास उनी पदमा रहेसम्म चलिरहने देखिन्छ । मिडिया र बार एसोसिएसन उनको खिलाफमा प्रयोग भइहेकै छ ।

    यी सबै प्रयासमा न्यायालयको इज्जत र गरिमालाई समेत समाप्त गर्ने उद्धेश्य अन्तर्निहित छ । व्यक्ति चोलेन्द्र समशेरमा मात्र विषय अडिने छैन । ओलीको बहिर्गमन लगत्तै सरकारको अग्रसरतामा घटाइएका गम्भीर राजनीतिक घटनाक्रम र देशको भूराजनीतिक सम्बन्धलाई असन्तुलनको भीरतिर ठेलिएको हेरेर बस्न हामी बाध्य बनाइएका छौं । विदेशीको सेवा गर्ने सरकार बनाएपछि त्यसको सुरक्षाका लागि अदालत पनि उसैगरी कठपुतली बनाउनुपर्ने हुन्छ । त्यसपछिको निशाना राज्यका अन्य अवयव हुनेछन् ।

    हिजो असार २८ को फैसला हुँदा आउने परिदृश्य अदालतले र प्रधानन्यायाधीशले कल्पना गर्न नसकेकै हो । कसैले ध्यानाकर्षण गराइहाले पत्याउन नसकिने अवस्था बनाइएको थियो । अबको परिस्थितिमा प्रधानन्यायाधीश जबराले यी विषय सामुन्ने देखिरहेकै छन् । उनले आफ्नो संस्था, नयाँ संविधान र मुलुकको समेत रक्षार्थ उभिनुपर्नेछ, जसका लागि उपलब्ध दर्जनौं विकल्पमा उनैले धेरै ध्यान दिएको देखिंदैन । यता हेर्दाहेर्दै देश संकटमा फसिसकेको छ । राजनीतिक दलप्रति नागरिक विश्वास कमजोर भएको छ । दलहरू आफैं विभाजित हुँदैछन् भने यसैबेला सोझ्याइएका एमसीसी, जयसिंह धामी घटना र चीनसँग अकारण झिकिएको विवाद साना विषय होइनन् । हरेक देशभक्त नेपाली नागरिक आन्दोलित मनस्थितिमा पुगिसकेको छ । अदालतले यसलाई बुझ्नुपर्दछ ।

    आफ्नो कार्यकालमा न्यायिक अनुशासन कायम रहोस् र यो हदको अराजकता नआओस् भन्ने हरेक प्रधानन्यायाधीशको चाहना हुन्छ नै । अन्य पदमा पनि यही कुरा लागू हुन्छ । तापनि छनोट व्यक्तिको आ-आफ्नै हुन्छ । न्यायाधीशहरूले लक्ष्मणरेखा नाघे भने त्यसबाट उत्पन्न परिणामको जिम्मेवार पनि उनीहरू नै हुनुपर्छ । यसमा अब धेरै माथापच्ची जरूरी पर्छ जस्तो लाग्दैन । कसैले प्रधानन्यायाधीशलाई फुलकोर्टमा धम्क्याएको खण्डमा ‘लागेको गर’ भन्न सक्नुपर्छ । उनीहरूको हद पनि हेरौं न भन्न सक्नुपर्छ ।

    प्रधानन्यायाधीशले फुलकोर्टको बहुमतबाट डराउनुपर्ने कुनै कारण छैन । बहुमतको गुटबन्दीले न त उनलाई पदबाट हटाउन सक्छ, न त कार्यसम्पादनमा रोक्न सक्छ । केही न्यायाधीशले सीमा नाघेर पत्रकार सम्मेलन गरेपनि त्यसले प्रधानन्यायाधीशलाई कुनै ठूलो हानि गर्दैन । आरोप लगाउलान्, मिडियाबाजी होला । आफ्नो कार्यकालमा न्यायिक अनुशासन कायम रहोस् र यो हदको अराजकता नआओस् भन्ने हरेक प्रधानन्यायाधीशको चाहना हुन्छ नै । अन्य पदमा पनि यही कुरा लागू हुन्छ । तापनि छनोट व्यक्तिको आ-आफ्नै हुन्छ । न्यायाधीशहरूले लक्ष्मणरेखा नाघे भने त्यसबाट उत्पन्न परिणामको जिम्मेवार पनि उनीहरू नै हुनुपर्छ । यसमा अब धेरै माथापच्ची जरूरी पर्छ जस्तो लाग्दैन । कसैले प्रधानन्यायाधीशलाई फुलकोर्टमा धम्क्याएको खण्डमा ‘लागेको गर’ भन्न सक्नुपर्छ । उनीहरूको हद पनि हेरौं न भन्न सक्नुपर्छ ।

    राजनीतिक रूपमा महाभियोग जस्तो गलत कदम सत्ताधारीले कसैको उक्साहटमा उठाएमा अदालतले नै त्यसको निराकरण गर्न वा आक्रामक प्रत्युत्तर दिनसक्छ । अहिले अदालतमा मुद्दा नहुने राजनीतिक नेता बिरलै होलान् । राजनीतिक जीवन दाउमा लगाएर कसैले अनिश्चयको बाटो रोज्दैन । उक्साउने सडकबाजको लहडमा कुनै नेता वा संसद सदस्य प्रधानन्यायाधीशको विपक्षमा हिंड्दैन । अहिले महाभियोग लगाउनुपर्ने न्यायाधीश त आरक्षणमा सीमान्तकृत समुदायलाई अझै विभेदमा पार्ने फैसला लेख्नेहरू हुन् । उनीविरुद्ध केहि वर्षअघि पनि महाभियोगको प्रयास भएकै हो । सबै पार्टीका मधेशी र जनजाती सांसदहरुले अग्रसरता लिएर ‘तरमारा’ले लेखेको फैसलामा बहस गरून् र महाभियोगको पहल गरून्, जसले हाम्रो संविधानको आधारभूत संरचना (बेसिक स्ट्रक्चर) जोगाउने बाटो लिन्छ ।

    लोकतन्त्रको दुहाई दिएर संविधान च्यात्न उत्ताउलिएको पक्षलाई निस्तेज बनाउन प्रधानन्यायाधीशले पहलकदमी लिनुपर्दछ । असार २८ को फैसलामा दर्जनौं झूट र चोरी देखिएपछि प्रधानन्यायाधीशले आँट देखाएर यस फैसलालाई सच्याउन आन्तरिक रूपमा विज्ञ समिति बनाई अध्ययन गराउनु पर्दछ र उक्त समितिको प्रतिवेदनलाई साविकभन्दा बाहेकको संवैधानिक इजलासबाट आदेश गरिदिनुपर्दछ । यसो गर्दा असार २८ को फैसला सच्चिएको सन्देश जानुका साथै झूटा कुरा लेख्ने र तथ्य चोरी गरी सिंगो इजलासलाई बदनाम गराउने न्यायाधीशलाई नसिहत हुन्छ । अन्यथा सडक इजलासबाट समेत प्रभावित असार २८ को बदनाम फैसला सर्वोच्च अदालकै लागि भार हुने निश्चित छ ।

    यो पनि पढ्नुस् :

    असार २८ को ‘ऐतिहासिक फैसला’ को पेटमा बोकाइएका ‘ऐतिहासिक झूट’ : भाग- १

    असार २८ को फैसलामा लिइएको पाकिस्तानका सैनिक तानाशाह जिया उल हकको सहारा : भाग- २

    बेलायती अभ्यासबारे असार २८ को फैसलामा प्रतिविम्बित अल्पज्ञान र त्रुटि : भाग- ३

    असार २८ का ‘बाइप्रोडक्ट’ देखिन शुरू, ऐतिहासिक फैसला’ मा श्रीलंकाको ‘ललिता निवास’ काण्ड : भाग- ४

    असार २८ को ‘ऐतिहासिक फैसला’लाई प्रश्न- नेपाल देश र भारतीय प्रदेशको हैसियत बराबर हो ? : भाग- ५

    असार २८ को फैसलामा ‘संवैधानिक नैतिकता’, अन्तरविरोध र अपव्याख्या : भाग- ६

    असार २८ को बाइप्रोडक्ट: सहकर्मी सिध्याउन पल्केको काल संवैधानिक इजलासमा, निशाना चोलेन्द्र कि संविधान ? : भाग- ७

  • सर्वोच्च अदालतमाथि नागरिक विश्वासको प्रश्न

    सर्वोच्च अदालतमाथि नागरिक विश्वासको प्रश्न

    प्रतिनिधिसभाको दोस्रो विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथि सुनुवाइ गर्न बनेको संवैधानिक इजलासलाई कम्फरटेबल बनाउन न्यायाधीश नै संलग्न भएर न्यायिक नैतिकताको चीरहरण गरिएको तीन महिना पनि बितेको छैन ।

    वरिष्ठतम न्यायाधीश दीपक कार्की र आनन्दमोहन भट्टराईले अन्य दुई न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठसँग बेन्च शेयर नगर्ने भनेर लिखित आदेश दिनुअघि तत्कालीन संवैधानिक इजलासमा यस्तो वातावरण बनाइएको थियो कि, ती दुई न्यायाधीश अयोग्य र निर्देशित छन् ।

    इजलासभित्र र बाहिरबाट हुलहुज्जतकै शैलीमा दबाब दिएर ‘कम्फरटेबल इजलास’ पुनर्गठन गरिएको तीन महिना नपुग्दै सर्वोच्चमा फेरि उही दृष्य दोहोरिएको छ । श्रीमान् ईश्वर खतिवडाको विद्वत कलमबाट लेखिएको असार २८ को ‘ऐतिहासिक फैसला’ विपरीत संवैधानिक इजलासबारे फेरि कार्की र खतिवडाकै गुटले इजलासमा हिजोका तीनै वकिलमार्फत बखेडा सिर्जना हुनुले हाम्रो न्यायपालिकाको चीरहरण गर्न न्यायाधीश र वकिलहरू नै नियोजितरूपमा लागेका छन् भन्न सकिन्छ ।

    असार २८ को ‘ऐतिहासिक फैसला’ मात्र होइन अचेल राजनीति गाँसिएका मुद्दाको फैसला सर्वोच्च अदालतको इजलासमा होइन अन्यत्रै लेखिन्छन् भन्ने आरोप छ । कम्फरटेबल इजलास गठन गर्न हुनेगरेका घेराबन्दी र मिडिया तथा चार पूर्वप्रधानन्यायाधीशका ट्रायलहरूले यी आरोपको पुष्टी हुने गरेका छन् ।

    मुलतः राजनीतिक प्रकृतिका मुद्दा कुन न्यायाधीशको इजलासमा परेपछि कस्तो आदेश वा फैसला आउछन् भन्ने अनुमान राजनीतिमा चासो राख्ने सामान्य मान्छेले पनि लगाउन थाल्नु न्यायपालिकाका लागि दुर्भाग्य हो । तर, यस्तै भइरहेको छ ।

    इजलासभित्र र बाहिरबाट हुलहुज्जतकै शैलीमा दबाब दिएर ‘कम्फरटेबल इजलास’ पुनर्गठन गरिएको तीन महिना नपुग्दै सर्वोच्चमा फेरि उही दृष्य दोहोरिएको छ । श्रीमान् ईश्वर खतिवडाको विद्वत कलमबाट लेखिएको असार २८ को ‘ऐतिहासिक फैसला’ विपरीत संवैधानिक इजलासबारे फेरि कार्की र खतिवडाकै गुटले इजलासमा हिजोका तीनै वकिलमार्फत बखेडा सिर्जना हुनुले हाम्रो न्यायपालिकाको चीरहरण गर्न न्यायाधीश र वकिलहरू नै नियोजित रुपमा लागेका छन् भन्न सकिन्छ ।

    असार २८ को ‘ऐतिहासिक फैसला’ मात्र होइन अचेल राजनीति गाँसिएका मुद्दाको फैसला सर्वोच्च अदालतको इजलासमा होइन अन्यत्रै लेखिन्छन् भन्ने आरोप छ । कम्फरटेबल इजलास गठन गर्न हुनेगरेका घेराबन्दी र मिडिया तथा चार पूर्वप्रधानन्यायाधीशका ट्रायलहरूले यी आरोपको पुष्टी हुने गरेका छन् ।

    मुलतः राजनीतिक प्रकृतिका मुद्दा कुन न्यायाधीशको इजलासमा परेपछि कस्तो आदेश वा फैसला आउँछन् भन्ने अनुमान राजनीतिमा चासो राख्ने सामान्य मान्छेले पनि लगाउन थाल्नु न्यायपालिकाका लागि दुर्भाग्य हो । तर, यस्तै भइरहेको छ ।

    न्यायपालिकाको शीर मानिने सर्वोच्च अदालतलाई कानून र संविधानको अन्तिम व्याख्याता मानिन्छ । हाम्रो संविधानले पनि त्यसलाई मानेको छ । त्यसैकारण अदालतबाट आएका अन्तिम निर्णयलाई सबैले मान्नुपर्छ भन्ने परिपाटी बसेको हो । तर, पछिल्लो समयमा अदालतले गरेका फैसलाहरू एकपछि अर्को गर्दै विवादित बन्नु गम्भीर चिन्ताको विषय बन्न गएको छ ।

    आरक्षणका सम्बन्धमा सर्वोच्च अदालतले हालै गरेको फैसलाका विपक्षमा एउटा तप्काले आन्दोलन घोषणा गरेको छ । असार २८ गते अदालतबाट जारी भएको ऐतिहासिक परमादेशको गहिराइमा पुगेर विज्ञहरूले अध्ययन गर्दा त्यसमा प्रशस्त समस्याहरू देखिएका छन् । एकै मुद्दामा अन्तरिम आदेशद्वारा एउटा पक्षलाई क्षति गराइसकेपछि मात्रै अन्तिम फैसलामा त्यसलाई सच्याइएको पनि यसबीचमा देखिन गएको छ । एकैछिनको जय-पराजयलाई छोडेर विचार गर्दा विगतका केहि महिनामा राजनीति जसरी स्खलित भएको छ, अदालतको कार्यक्षमता पनि त्यसैगरी प्रश्नको घेरामा पर्न गएको छ ।

    गत असार २८ को ऐतिहासिक फैसलाबारे हामीले विगत दुई हप्तामा शृंखलाबद्ध रुपले प्रकाशन गरेका अनुसन्धानात्मक विश्लेषणको विश्वसनीयतामा कुनै आशंका नदेखिएपछि मात्र तिनलाई पाठकसामु ल्याउन शुरू गरेका हौँ । त्यसमा अझै गम्भीर विषयहरू आउन बाँकी नै छन् ।

    हालसम्म हामीले प्रकाशन गरेका तथ्य अनुसार असार २८ को फैसलामा अन्तर्राष्ट्रिय अभ्यासको उल्लेख गर्दा धेरै गल्तीहरू भएका छन् । जे जति मुलुकका अनुभव उल्लेख छन् तिनमा तथ्यगत र सैद्धान्तिक गल्ती देखिनुलाई सानोतिनो विषय मान्न सकिन्न । मानवीय त्रुटी मात्र नभएर कार्यक्षमतामा प्रश्न उठाउने ठाउँमा यसले हामीलाई पुर्‍याएको छ । विकिपेडियाबाट कतिपय सन्दर्भ सामाग्रीहरू हेर्नै नहुने भन्ने हुँदैन । हेर्न मिल्छ, तर त्यसका तथ्यमा थप अनुसन्धान चाहिन्छ र तिनको विश्वसनीयता प्रमाणित हुनुपर्दछ ।

    देशको बहालवाला प्रधानमन्त्री हटाउन र नयाँ प्रधानमन्त्रीका रूपमा शेरबहादुर देउबालाई नियुक्त गर्न सर्वोच्च अदालतले असार २८ गते जारी गरेको परमादेशमा गलत तथ्यहरू समावेश भएको वास्तविकता प्रमाणसहित सार्वजनिक भएपछि सम्पूर्ण मुलुक यसबेला छाँगाबाट खसेजस्तो भएको छ । अदालतका फैसला सबैले मान्नुपर्ने हुनाले फैसला तत्काल कार्यान्वयन हुनुपर्छ भनी हामी सबैले आवाज उठायौं । त्यो आवश्यक पनि थियो । तर, फैसलाका कतिपय विषय सामुन्ने आउँदा त्यसले न्यायिक नैतिकताउपर नराम्रो धब्बा लाग्ने देखिएको छ ।

    हाम्रा आलेखका कतिपय ठाउँमा अतिवादी भाषा प्रयोग भएको भन्ने सुझाव हामीलाई प्राप्त भएको छ । जवाफमा हामीले भन्ने गरेका छौं- फैसलाको भाषा जस्तो छ, त्यसै अनुसारको तथ्यगत समालोचना हो प्रस्तुत शृंखला । देशको सर्वोच्च न्यायालयबाट अध्ययन, चिन्तन र व्यवहारमा गहिराइ अपेक्षित हुन्छ नै । त्यो पालना नहुँदा उत्तिकै तीखो आलोचना पनि हुन्छ । यसको अभिप्राय न्यायालयलाई न्यायकै मन्दिरको रूपमा कायम राख्न सघाउनु हो । नागरिकले न्यायको आशा राख्ने एक मात्र ठाउँमा यस्तो प्रकारको कमजोरी हुनु हुँदैन । हामी सर्वोच्च अदालतप्रति नागरिकको आस्था र भरोसा बलियो रहोस् भन्ने चाहन्छौं । अदालतलाई सघाउन चाहान्छौं । हाम्रो अध्ययनमा पनि सीमाहरू छन् । अब यतिका प्रश्न उठिसकेपछि अदालतले आफैं यसको अध्ययन गर्नु श्रेयस्कर हुन्छ ।

    हामी स्वतन्त्र र निर्भीक पत्रकारितामा विश्वास गर्छौं । कार्यपालिका, व्यस्थापिका र न्यायपालिकासहित समाजका विकृत पक्षहरू सामुन्नेमा ल्याउनु पत्रकारिताको धर्म हो । यसले राज्यलाई बलियो पार्ने हुनाले नै संविधानले पूर्णप्रेस स्वतन्त्रता सुनिश्चित गरेको हो । गल्ती औंल्याउनु संचारमाध्यमको धर्म नै हो ।

    मुलुकको राजनीतिलाई दूरगामीरूपमा प्रभावित पार्ने फैसला सर्वोच्च अदालत स्वयंले यसरी गलत तथ्यको सहारामा गर्नु अस्वाभाविक देखिन्छ । हाम्रो अदालतको गौरवपूर्ण इतिहासका कारण वर्तमानमा पनि हामी यो भन्दा धेरै ठूलो मानकको अपेक्षा गर्दछौं । असार २८ को फैसलाका कमजोरी देखिने धेरै पक्षहरू सार्वजनिक भएपछि यसबारे कुनैपनि सचेत नागरिक मौन रहन हुँदैन र मिल्दैन ।

    हालसम्म हामीले प्रकाशन गरेका तथ्य अनुसार असार २८ को फैसलामा अन्तर्राष्ट्रिय अभ्यासको उल्लेख गर्दा धेरै गल्तीहरू भएका छन् । जे जति मुलुकका अनुभव उल्लेख छन् तिनमा तथ्यगत र सैद्धान्तिक गल्ती देखिनुलाई सानोतिनो विषय मान्न सकिन्न । मानवीय त्रुटी मात्र नभएर कार्यक्षमतामा प्रश्न उठाउने ठाउँमा यसले हामीलाई पुर्‍याएको छ । विकिपेडियाबाट कतिपय सन्दर्भ सामाग्रीहरू हेर्नै नहुने भन्ने हुँदैन । हेर्न मिल्छ, तर त्यसका तथ्यमा थप अनुसन्धान चाहिन्छ र तिनको विश्वसनीयता प्रमाणित हुनुपर्दछ । भारतकै अभ्यास र उदाहरणलाई साभार गर्दा समेत फैसलामा गल्तीहरू देखिएका छन् । सैद्धान्तिक विषयहरूमा फराकिलो अध्ययनको अभाव स्पष्ट देखिएको छ ।

    मुलुकको राजनीतिलाई दूरगामीरूपमा प्रभावित पार्ने फैसला सर्वोच्च अदालत स्वयंले यसरी गलत तथ्यको सहारामा गर्नु अस्वाभाविक देखिन्छ । हाम्रो अदालतको गौरवपूर्ण इतिहासका कारण वर्तमानमा पनि हामी यो भन्दा धेरै ठूलो मानकको अपेक्षा गर्दछौं । असार २८ को फैसलाका कमजोरी देखिने धेरै पक्षहरू सार्वजनिक भएपछि यसबारे कुनैपनि सचेत नागरिक मौन रहन हुँदैन र मिल्दैन । नयाँ संविधान जारी भएको पाँच वर्ष पूरा नहुँदै त्यसको व्याख्यामा देखिएका समस्याले हाम्रो संवैधानिक प्रणालीको विश्वसनीयतामा समेत प्रश्नहरू उठ्छन् ।

    असार २८ वा आरक्षण वा राजनीतिक दलको आन्तरिक मामिला मात्र होइन, अध्यादेसका सम्बन्धमासमेत न्यायपालिकाले दोहोरो मापदण्ड अपनाएको आशंकालाई विगत केही दिनयता थप बल मिलेको छ । सर्वोच्च अदालतले हालै दिएका अन्तिरम वा अन्तिम फैसला विपरित हुनेगरी, चलिरहेको संसद स्थगन गराएको भोलिपल्टै राजनीतिक दल विभाजनसम्बन्धी विकृत अध्यादेश जारी भयो । त्यसउपर दायर रिटले प्राथमिकता नपाउँदा न्यायिक निष्पक्षताउपर आशंका पैदा भएको हो । उक्त अध्यादेशलाई पनि अदालतका पछिल्ला आदेशअनुरूपको व्यवहार हुने अपेक्षा गर्नु स्वाभाविक हो । नजिर नभएको भए छुट्टै कुरा हुन्थ्यो ।

    असार २८ को फैसलासहितका प्रश्नलाई संवैधानिक दायराभित्रैबाट सम्बोधन गर्न न्यायालयले आफैं अग्रसरता देखाउनुको विकल्प छैन । यसबारे प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले तत्काल ठोस कदम उठाएको खण्डमा न्यायपालिकाप्रतिको सम्मान अझ बलियो हुन जान्छ भन्ने हाम्रो अटल विश्वास छ । यसका लागि प्रधानन्यायाधीशकै नेतृत्वमा वा न्यायपरिषदमा वा विशेषज्ञहरूबाट समेत थप अध्ययन गराउन सकिन्छ र सुधारका उपाय अवलम्बन गर्न सकिन्छ । अदालतका फैसलाहरू अदालत आफैंले सच्याएका उदाहरण छिमेकी भारत र विश्वका राम्रा न्याय प्रणाली भएका मुलुकमा पर्याप्त देखिन्छन् । नागरिक समुदायले यसबारे अझै अवाज मुखरित गर्नुपर्ने देखिन्छ । कमजोरीहरू हुन्छन् । तिनलाई सुधार्नु महानता हो भने मौनताले थप गल्ती गर्न उक्साउँछ । न्यायको जय होस् ।

  • असार २८ को फैसलामा ‘संवैधानिक नैतिकता’, अन्तरविरोध र अपव्याख्या

    असार २८ को फैसलामा ‘संवैधानिक नैतिकता’, अन्तरविरोध र अपव्याख्या

    काठमाडौं । गत असार २८ गते सर्वोच्च अदालतले दिएको ‘ऐतिहासिक फैसला’को पूर्ण पाठ तथा त्यसले अवलम्बन गरेका मान्यताको तथ्यगत एवं सैद्धान्तिक विश्लेषण गर्दै हामी आज छैटौं भागमा आइपुगेका छौं । यस भागमा हामी फैसलाले सबैभन्दा महत्वपूर्ण मान्यताका रूपमा अघि सारेको ‘संवैधानिक नैतिकताको सिद्धान्त’ (डक्ट्रिन अफ कन्स्टिच्युसनल मोरालिटी)का बारेमा विस्तृत चर्चा गर्नेछौं । यसको उद्भव, विकास र इतिहास खोज्नेछौं, सप्रमाण । र, इजलासले प्रस्तुत गरेका दृष्टान्तको आलोकमा परमादेसको औचित्य खोज्नेछौं ।

    अघिल्ला भन्दा यो भाग केहि लामो हुनेछ, किनकि कथाले त्यस्तै माग गरेको छ । यसलाई दुई वा तीन भाग बनाउन पनि सकिन्थ्यो । यद्यपि फैसलामा बहालवाला प्रधानमन्त्री हटाउन र नयाँ प्रधानमन्त्री नियुक्त गर्न अदालतले परमादेस दिने अधिकार ग्रहण गरेको सबैभन्दा महत्वपूर्ण आधार नै यो सिद्धान्त भएकाले यसलाई धेरै क्लिस्ट नबनाई, एक बसाईमा पढ़िसकिने बनाउँदा मात्र पाठकप्रति न्याय हुन्छ भन्ने हामीलाई लागेको छ । सैद्धान्तिक विषय भएको हुनाले आज रिफरेन्सको संख्या पनि धेरै छ । कतिपय रिफरेन्सहरू ‘ओपन एक्सेस’ नभएकाले एकपल्ट मात्रै खुल्न सक्छन् वा दोहोर्याएर नखुल्न सक्छन् । जिज्ञासु पाठककालागि हाम्रो सुझाव के छ भने पहिले यो लेख पढ़िसक्नुहोस् र त्यसपछि क्रमशः सबै लिंकहरू खोलेर ‘सेभ’ गरी पढ्न सक्नुहुनेछ ।

    आजको विषय ‘संवैधानिक नैतिकता’ को उद्भव, विकास र असार २८को फैसलामा त्यसको प्रयोग कसरी भएको छ भनी हेर्नु हो । त्यहाँ पस्नुअघि अहिलेसम्म प्रकाशित अघिल्ला भागमा देखिएका तथ्यलाई एकपल्ट स्मरण गरौँ ।

    भाग एकमा हामीले देख्यौं- फैसलाको प्रकरण ४८ विकिपेडियाबाट चोरिएको (प्लेजियरिज्म) छ, तथ्यमा दर्जनौं गल्ती भएको छ र त्यसका सबैजसो उदाहरणमा झूट्टा कुरा लेखिएको छ । भाग दुईमा हामीले देख्यौं- प्रकरण ४६ मा उल्लेख भएका पाकिस्तानी न्यायिक अभ्यास त्यहाँका पूर्व सैनिक तानाशाह जनरल जिया उल हकको एघार वर्षे शासनको छायामा गरिएका हुन् र तिनलाई हाल पाकिस्तानकै न्यायपालिकाले बहिष्कार गर्दछ । हाम्रो इजलासले त्यसैलाई छानेर टिप्नुको उद्देश्य गम्भीर प्रश्नको घेरामा छ ।

    भाग तीनमा हामीले देख्यौं- प्रकरण ४३ र ४४ मा उल्लिखित बेलायती अभ्यासको व्याख्या इजलासले अल्पज्ञानका आधारमा गरेको छ, फिक्स टर्म पार्लियामेन्ट्स एक्ट संशोधन गरी पुरानै अवस्थामा फर्काउन त्यहाँको संसदले बढाएको प्रक्रियाबारे इजलास पूरै बेखबर छ । भाग चारमा हामीले देख्यौं- श्रीलंकाको जग्गा विवाद मुद्दामा अदालतले दिएको फैसलालाई यहाँ संसद पुनर्स्थापना गर्न दुरुपयोग गरिएको छ । भाग पाँचमा हामीले देख्यौं- भारतीय राज्य विधानसभाहरूको विघटनबारे त्यहाँको सर्वोच्च अदालतले दिएका फैसला हाम्रो प्रतिनिधिसभा विघटनको समकक्षी अभ्यासका रूपमा चित्रित गरिएको छ । यसलाई हामीले इजलासको धुर्त्याईं भनेका छौं किनभने नेपाली प्रतिनिधि सभाको समकक्षी भारतीय लोकसभा धेरैपल्ट विघटन हुँदा सबै सदर भएका हुनाले यसमा इजलास बोल्ने ठाउँ थिएन । बोली बन्द भएपनि बोल्नैपर्ने लागेर हुनुपर्छ हाम्रो इजलास दिल्ली छाडेर पटना, बंगलोर र तिरुवअनन्तपुरम पुगेर भएपनि बोलेको देखिएको छ ।

    यतिका कुरा देखिइसकेपछि नैतिकता भन्ने शब्दलाई नै लाज, ग्लानी र अपराधबोध भएको हुनुपर्दछ । तापनि आजको विषय ‘संवैधानिक नैतिकता’ भएको हुनाले यसमा जानैपर्छ । फैसलाको प्रकरण ११० ले संवैधानिक नैतिकताको राम्रो पृष्ठभूमि विछ्याउँदै संविधानलाई निम्न अनुसार पवित्रतम दस्तावेज मानेको छ:

    ‘संविधानलाई आस्था, आदर्श र समर्पण-भाव राखेर निष्ठापूर्वक पालन गर्नुपर्ने राजनीतिक तथा कानुनी जीवन-दर्शनको रूपमा आत्मसात् गर्नुपर्ने पवित्रतम् दस्तावेजको रूपमा हेरियो भने नै यसले गतिशीलता प्राप्त गर्न सक्तछ । यसलाई कुनै घटनाक्रमको उपजको रूपमा सामान्य कागजमा लेखिएको आवधिक राजनीतिक चाहनाको रूपमा मात्रै हरियो भने यसको सार्थकता र सान्दर्भिकता नै हराएर जान्छ ।’

    क्या गजब भनाई छ । यसमा विमती राख्नुपर्ने कुनै ठाउँ नै छैन । संविधान जीवन-दर्शन हुनुपर्दछ अनि आदर्श र आस्थाको पवित्रतम (सुपरलेटिभ डिग्रीमा holiest, यसभन्दा पवित्र अर्को छँदैछैन) दस्तावेज हुनुपर्दछ । शानदार भनाईका लागि इजलासलाई हामीले साधुवाद दिन चाहेका हौँ । तर, यस्तो महान र पवित्र दस्तावेजको व्याख्या गर्दा इजलास स्वयंले पाठमा चोरी र तथ्यमा झूट र अल्पज्ञानको सहारा लिएकाले सिंगो फैसला नै दुर्गन्धित हुनपुगेको छ,जसका लागि साधुवाद दिन सकिन्न । जसरी संविधान प्रतिको निष्ठा राजनीति र समाजबाट खोजिन्छ, त्यो भन्दा ठूलो आस्था न्यायापालिका र संविधानको व्याख्या गर्ने इजलासबाट खोजिन्छ ।

    हामीले बारम्बार सम्झनुपर्ने र आत्मसात गर्नुपर्ने कुरा के हो भने- न्यायपालिकाको सबैभन्दा ठूलो शक्ति नैतिकता हो, फैसला गर्न पाउने अधिकार होइन । राज्यका अन्य अंग हेर्ने अधिकारीसँग भन्दा न्याय दिने न्यायाधीशमा नैतिक विवेक (मोरल रिजनिंग) ज्यादा हुन्छ भन्ने मान्यताका आधारमा आधुनिक न्यायपालिकाको निर्माण भएको हुन्छ । यस भावनालाई न्यायाधीश स्वयंले जोगाउनुपर्दछ । ‘नैतिक विवेक’ को सिद्धान्तका आधारमा मात्र अदालतले गर्ने न्यायिक पुनरावलोकन मान्य भएको हो भन्ने बुझ्न अक्सफोर्ड विश्वविद्यालयको इन्टरनेसनल जर्नल अफ कन्स्टिच्युसनल ल मा प्रकाशित लेख हेर्न यहाँ क्लिक गर्नुस् ।

    हाम्रो इजलासले असार २८ गते यस सिद्धान्तलाई दर्जनौं स्थानमा धुलिसात बनाएको छ, जसले फैसलाको ‘मोरल रिजनिंग’ मा विश्वास गर्ने कुनै पनि आधार बाँकी रहँदैन । न्यायाधीशको नैतिक विवेकसम्बन्धी सिद्धान्तका विषयमा मिनेसोटा जर्नल अफ ल एण्ड इनइक्वालिटीले अलिक अघि प्रकाशित गरेको अर्को लेख हेर्न यहाँ क्लिक गर्नुस् ।

    हामीले अवलम्बन गरेको संवैधानिक कानुन वा संविधानवादको प्रणाली पाश्चात्य मूल्यमा आधारित विश्वव्यापी लोकतान्त्रिक अवाधारणा भएकाले मूल स्रोतका उदाहारण ल्याउनका लागि पाश्चात्य विद्वानकै आलेखहरू यहाँ उद्धृत गरिएका हुन् । असार २८ को फैसलाले पनि तिनै अभ्यास र अनुभवका कसीमा आफूलाई जाँचेको छ । अन्यथा, पाश्चात्य भन्दा धेरै प्राचीन मानिने पूर्वीय न्याय सिद्धान्तले ‘न्यायाधिकारी’को नैतिक आचरणका बारेमा अझ कठोर दर्शन बोक्दछ । यसबारे अलिकति बुझ्न यहाँ क्लिक हेर्नुस् ।

    सर्वोच्च अदालतको ‘प्याथोलोजिकल डिसअर्डर’

    हाम्रो न्यायाप्रणाली पाश्चात्य ‘कमन ल’ मान्यतामा आधारित भएकाले न्यायाधीशहरूबाट पूर्वीय न्यायशास्त्रमा गहिराईको अपेक्षा गरिंदैन, हामी पनि गर्दैनौं । तैपनि यदाकदा न्यायाधीशहरूमा आफ्नै ज्ञानपरम्पराको बोध र झलक पाइने गरिएको छ, जसलाई राम्रो मान्नुपर्छ । समकालीन न्यायपालिकामा खोजिहेर्दा त्यसको एउटा सानो उदाहरण हामीले भेट्यौं विक्रम सम्बत् २०७० मा राष्ट्रिय न्यायिक प्रतिष्ठानद्वारा प्रकाशित ‘न्यायिक आचार र न्यायाधीशको आचारसंहिता एक अध्ययन’ भन्ने पुस्तकमा, जुन बडो रोचक लाग्यो । रोचकताको सानो झलक लेखकले ‘मेरो भन्नु’मा अर्थात् भूमिकामा पेस गरेका छन्, दुईवटा संस्कृत अर्धश्लोकबाट । पहिलो श्लोक छ ‘धर्म शास्त्रानुशारेण क्रोध लोभ बिभर्जित’ (पुस्तकमा भएकै रूप) र दोस्रो श्लोक छ ‘युक्ति हिने विचारेषु धर्महानी प्रजायते’ ।

    पुस्तकले दुवै श्लोकमा क्रेडिट दिएको छैन, तैपनि प्रसिद्ध भनाई हुनाले तिनको स्रोत पहिल्याउनु मुश्किल काम होइन । उत्तरमध्यमाको पाठ्यक्रममा करिब दुई दशक अगाडितिर ‘याज्ञवल्क्यस्मृति:’ नामक संस्कृत ग्रन्थ पढाइन्थ्यो, अचेल के छ थाहा भएन । उक्त स्मृतिमा व्यवहाराध्याय: को पहिलो श्लोक यस्तो छ :

    ‘व्यवहारान्नृप: पश्येद्विद्वद्भिर्ब्राम्हणै: सह । धर्मशास्त्रानुसारेण क्रोधलोभविवर्जित: ।’ (क्रोध र लोभबाट आफूलाई पूर्ण अलग गरी राजा (शासकले न्यायाधीशको भूमिका निभाउँदा पालना गर्नुपर्ने नियम)ले विद्वानहरूको सहयोगमा धर्मशास्त्र अनुसार आचरण वा व्यवहार गर्नुपर्दछ ।) व्यवहाराध्यायका बारेमा थप बुझ्न यहाँ क्लिक गर्नुस् ।

    हिन्दू धर्माशास्त्रमा कानुनको आधार मानिने स्मृतिग्रन्थहरू धेरै छन्: मनु, याज्ञवल्क्य, पराशर, आपस्तंब, नारद, अत्रि, विष्णु, औषनासी, अंगिरा, यम, कात्यायन, बृहस्पति, व्यास, दक्ष, गौतम, वशिष्ठ, देवल, लिखित, नारद स्मृति आदि । यीमध्ये मनुस्मृति र याज्ञवल्क्यस्मृति धेरै प्रचलित छन् ।

    विद्वान न्यायमूर्तीद्वारा प्रसिद्ध संस्कृत ग्रन्थबाट उद्धृत गरिएको, जम्मा सोह्रवटा पूर्ण र तीनवटा अर्ध अक्षर भएको र एउटा श्लोकको पनि आधामा छवटा गल्ती भेटिएपछि निजको विद्वताको पहिलो झलक त्यहीं घाँटीसम्म आउँछ । अर्को ग्रन्थबाट झिकिएको दोस्रो श्लोकमा उस्तै अशुद्धी छ, त्यता नजाउँ । न्यायाधीशले के गर्न हुने र के नहुने भन्ने विषयमाचाहिं राम्रो विश्लेषण छ यी श्लोक उद्धृत भएको किताबमा । जाँगर चले किताब पढ्न यहाँ क्लिक गर्नुस् ।

    असार २८ को फैसला लेख्ने एक न्यायाधीश सन् २००४/०५ मा डेनिश इन्स्टिच्युट अफ ह्युमन राइट्सको ‘फेलो’ हुँदा लेखेको ‘फेयर ट्रायल’ सम्बन्धी एउटा यस्तै विजोग पेपर पनि फेला परेको छ । फेलोसिप प्राप्ति र पेपरको इतिवृत्ति पछि केलाउँला ।

    संवैधानिक इजलासमा बसेका ‘टावारिंग जज’का लेखकीय उदाहरण यहाँ राख्नुको कारण के हो भने हाम्रा अधिकांश न्यायाधीशहरू जे पढिएको छ, त्यसको उपयुक्त प्राज्ञिक विधिद्वारा सत्यापन गर्न सक्दैनन् । सुनिएका कुराको सत्यासत्य जाँच गर्ने व्यावसायिक दक्षताको अभाव असार २८ को फैसलामा मात्र होइन, उनीहरूले धेरैअघि लेखेका भनिएका पुस्तक, लेख र फैसलामासमेत छरपष्ट छन् ।

    यस पृष्ठभूमि समेतका आधारमा हाम्रो दाबी छ- असार २८ को फैसलामा गरिएका गल्ती, चोरी र तथ्य बंग्याउने कार्य अन्जानवश भएको होइन, सर्वोच्च अदालतमा सधैं विद्यमान ‘प्याथोलोजिकल’ असक्षमता र राजनीतिक पूर्वाग्रहको लाजलाग्दो प्रकटीकरण मात्र हो, जसले सामान्य र संवैधानिक दुवै नैतिकतालाई गिज्याउँछन् । न्यायाधीशले आफ्नै आचरणबारे लेखेका कुरा उनीहरुकै फैसलामा उल्लंघन मात्र भएका छैनन्, त्यसको ठीक विपरीत भएका छन् । आचरणका बारेमा किताब लेखेर मात्रै हुन्छ र ? त्यसको पालना हुनुपर्दैन ? आचार र व्यवहारको यस्तो विरोधाभाष देखाउने अर्को उदाहरणका लागि ‘ऐतिहासिक’ फैसलाको प्रकरण १११ भित्र परेको निम्न उद्धरण हेरौं:

    ‘संविधानको प्रयोग वा कार्यान्वयनका सन्दर्भमा संवैधानिक एवं राजनैतिक नैतिकता (Constitutional and political morality) सम्बन्धी विषयहरू पनि अनुशरणका विषय बन्दछन् । समसामयिक संवैधानिक विधिशास्त्रमा संवैधानिक नैतिकता (Constitutional morality) को खास महत्व रहेको छ । परम्परागत विधिशास्त्र अनुसार ‘नैतिकता’ सम्बन्धी कुरालाई न्यायिक निरूपणको विषय बनाउनु हुँदैन भन्ने मान्यता रही आएको पाइन्छ । समसामयिक विधिशास्त्र अनुसार पनि सामान्य वा सामाजिक नैतिकताका विषयहरूलाई न्याय निरूपणको आधार वस्तुको रूपमा ग्रहण गरिंदैन । तर ‘संवैधानिक नैतिकता’ भन्नु र सामान्य अर्थमा ‘नैतिकता’ भनिनु फरक-फरक कुरा हुन् भन्ने पक्ष भने यस प्रसंगमा विशेष महत्वपूर्ण देखिन्छ । संवैधानिक नैतिकताले संविधानद्वारा आत्मसात गरिएको मूल्य, मान्यता वा दर्शन प्रतिकूल भए गरिएका कार्यलाई मान्यता दिनु हुँदैन भन्ने मान्यता राख्दछ ।’

    कार्यपालिकाका प्रमुखलाई लक्षित गरेर भेदिएको यो प्रहार फैसलामा भएका अक्षम्य विचलनका माध्यमबाट स्वयं संवैधानिक इजलासको ‘संवैधानिक नैतिकता’ तिर फर्केको छ । अन्यत्रबाट चोरी गरी असार २८ को यसै फैसलामा राखिएका हरफ र तथ्यमा देखिएका झूट एवं त्रुटी र अल्पज्ञानले हाम्रो संविधानको कुन दर्शन, मूल्य र मान्यता आत्मसात गर्छ ? फैसलामा इजलास स्वयंले संवैधानिक एवं न्यायिक नैतिकताको ठाडो उल्लङ्घन गरेको यसबाट प्रस्ट हुन गएको छ । त्यसैले यहाँ दोहोरो दण्डनीय अपराध भएको छ, जसलाई कुनैपनि मूल्यमा नजरअन्दाज गर्न मिल्दैन ।

    संवैधानिक नैतिकताका विषयमा चर्चा गर्दा छुटाउनै नहुने विषय न्यायालयको नैतिक शक्ति हो । न्यायाधीशको नैतिक विवेक सामान्य भन्दा उच्च हुनुपर्ने विषय माथि चर्चा भैसक्यो, रिफरेन्स पनि परिसक्यो । त्यस्तो न्यायालय, जसमा इमान छ, ज्ञान छ, विवेक छ, इज्जत छ, केवल त्यसले मात्रै नैतिकतामा उभिने आदेश गर्न सक्छ । इमानमा चुकेको न्यायाधीशले इमानको आदेश गर्न सक्दैन, मिल्दैन । न्याय, नैतिकता र व्यावसायिकताको अन्तरसम्बन्धका बारेमा बेलायतका प्रसिद्ध पूर्व प्रधानन्यायाधीश स्व. टम बिंगह्यामको द बिजनेस अफ जजिंग: सेलेक्टेड एसेज एण्ड स्पिचेज पुस्तकका बेजोड च्याप्टरहरू छानेर हेर्न यहाँ क्लिक गर्नुस् ।

    अर्वेल पुरस्कार पाएको उनको अर्को कृति द रुल अफ ल अझ प्रसिद्ध छ । बेलायती इतिहासका प्रसिद्ध विधिवेत्ता र न्यायामूर्तीका रूपमा उनको सम्मान गरिन्छ ।

    अम्बेडकर, ड्वोर्किन र संवैधानिक नैतिकताको सिद्धान्त

    असार २८ को फैसलाका प्रकरण १११ र ११२ मा यस उपशीर्षकमा उल्लिखित नामसहित केहि ‘माइलस्टोन’ फैसलाका भारतीय उदाहरणहरू परेका छन् । भारतीय संविधानसभाका अध्यक्ष भीमराव अम्बेडकर र अमेरिकी प्राध्यापक/दार्शनिक रोनाल्ड ड्वोर्किनका संवैधानिक नैतिकतासम्बन्धी भनाईहरू त्यहाँ उद्धृत गरिएको छ । भारतीय सर्वोच्च अदालतले केशावानन्द भारती (१९७३) सबरिमाला (२०१८) र दिल्ली सरकार (२०१८) सम्बन्धी अलग फैसलामा उल्लेख गरेका संवैधानिक नैतिकतासम्बन्धी व्याख्यालाई असार २८ को फैसलाले आफ्नो मार्गदर्शक सिद्धान्त मानेको छ । यसै सिद्धान्तमा उभिएर प्रकरण ११८ को निष्कर्षात्मक अंश यसरी आएको छ:

    ‘न्यायिक मान्यताका दृष्टिले हेर्दा विवादित विघटन सम्बन्धी कार्यलाई सदाशयतापूर्वक गरिएको कार्य हो भनी मान्न सकिने अवस्था देखिंदैन । संविधान उपर कुनै प्रकारको थिचोमिचो गर्ने र संविधानलाई छल्ने कुराले वैधता प्राप्त गर्न सक्दैन । संविधानवाद, संवैधानिक नैतिकता तथा लोकतान्त्रिक मूल्य मान्यताका दृष्टिले उल्लिखित घटनाक्रमको औचित्य प्रमाणित हुन सक्ने देखिंदैन ।’

    यस उद्दरणमा परेका मूल शब्द (की वर्ड)हरूमध्ये संवैधानिक नैतिकताको सिद्धान्तका आधारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बन्नबाट रोकिएको र वर्तमान प्रधामन्त्री शेरबहादुर देउवालाई मात्र प्रधानमन्त्रीको उम्मेदवार बन्न योग्य ठहर गरिएको छ । प्रकरण १११ मा फैसलाको आधारस्तम्भका रूपमा अघि सारिएको उक्त सिद्धान्तउपर इजलासको मौलिक व्याख्या हाम्रो संविधानको सापेक्षतमा आवश्यक पर्दथ्यो । तर, फैसलामा त्यस्तो व्याख्या छैन ।

    अम्बेडकर र ड्वोर्किनका एकाध भनाईको उद्धरण तथा केशवानन्द भारती, सबरिमाला र दिल्ली सरकार मुद्दाका व्याख्याबाटै इजलास तर्क-तृप्त देखिन्छ । तसर्थ हामीले तिनमा गहिरिएर विचार गर्नुपर्ने अवस्था आएको छ ।

    सिद्धान्तका रूपमा ‘संवैधानिक नैतिकता’को उद्भव र विकासबारे अलिकति चर्चा गर्दै भारतीय व्याख्यामा प्रवेश गरौँ । संवैधानिक नैतिकता भन्ने शव्दावलीको पहिलो उल्लेख उन्नाइसौं शताव्दीका बेलायती इतिहासकार जर्ज ग्रोट: (ट अक्षरलाई पूरा पढ्नुहोला, आधा होइन भन्नका लागि विसर्ग थपिएको) ले हिस्ट्री अफ ग्रीस नामक आफ्नो पुस्तकमा गरेका छन् । बाह्र खण्डमा बाँडिएको उक्त भीमकाय पुस्तक संवैधानिक नैतिकता भन्ने पदावलीको मौलिक (ओरिजिनल) स्रोत हो । पुस्तक पढ्न यहाँ क्लिक गर्नुस् ।

    भारतीय संविधान सभामा भीमराव अम्बेडकरले संवैधानिक नैतिकताबारे सम्बोधन गर्दा ग्रोटको यही पुस्तकलाई रिफरेन्स मानेका छन् । अम्बेडकरले त्यसबेला व्यक्त गरेको विचारको सानो अंश असार २८को हाम्रो फैसलाले प्रकरण ११२ मा उद्धृत गरेको छ । अम्बेडकरले व्याख्या गरेको संवैधानिक नैतिकता के हो र असार २८ को फैसलासँग त्यो कसरी असंगत छ भन्ने व्याख्यामा जानुअघि ग्रोटदेखि अम्बेडकरसम्म संवैधानिक नैतिकता विकासमा स्थापित भएका मूल सिद्धान्तउपर दृष्टि दिनु अत्यावश्यक हुन्छ ।

    ग्रोटले ग्रीसेली सभ्यताको दृष्टान्तद्वारा संवैधानिक नैतिकतालाई फराकिलो कोणबाट व्याख्या गरेका छन् । इशापूर्व छैटौं शताव्दीताका प्राचीन एथेन्समा राजा क्लाइस्थेनिज थिए, जसलाई प्राचीन ग्रीक सभ्यताका प्रथम विधिदाता मानिन्छ । ग्रीसको उदाहरणबाट बेलायतमा संवैधानिक नैतिकताको मूल्य परिचित गराउने ग्रोटको प्रयास देखिन्छ । प्राचीन समयमै प्रकटित क्लाइस्थेनिजको ‘विधिज्ञान’लाई व्याख्या गर्दै ग्रोटले वाक स्वतन्त्रता र विधि (संविधान)प्रति नागरिकमा श्रद्धा स्थापना गराई शान्तिपूर्ण रूपमा सरकार संचालन हुने वातावरण निर्माण हुनुलाई संवैधानिक नैतिकताको मूल अधार मानेका छन् । विधिको पालना नै संवैधानिक नैतिकता हो भन्ने उनको स्पष्ट विचार छ ।

    ग्रोटपछि संवैधानिक नैतिकता उपरका प्राज्ञिक विश्लेषण खोज्दै जाँदा सन् १९१२ मा पुगिन्छ । अमेरिकाको पेन्सिलभेनिया स्टेट बार एसोसिएसनको वार्षिक सम्मेलनलाई सम्बोधन गर्दै कोलम्बिया विश्वविद्यालयका कानुन प्राध्यापक एवं अमेरिकी सर्वोच्च अदालतका प्रसिद्ध जुरिस्ट विलियम गुथरीले दिएको अभिभाषण आयोवा विश्वविद्यालयले सोही वर्ष द नर्थ अमेरिकन रिभ्युमा प्रकाशित गरेको छ । सामाग्री पढ्न यहाँ क्लिक गर्नुस् ।

    ग्रोटलाई रिफरेन्समा लिंदै उनी भन्छन्: संवैधानिक नैतिकताको मूलभूत तत्व आफैंमाथि लागू गरिने अनुशासन (स्व-अनुशासन) हो, जसलाई राज्यका सबै अंग (न्यायपालिका सहित) र समाजका हरेक वर्गमा समान रुपले फैलाएर मात्र स्वतन्त्र, स्थायी र शान्तिपूर्ण सरकार निर्माण सम्भव हुन्छ ।

    ‘The essence of this sentiment [Constitutional Morality] is self-imposed restraint, that few sentiments are more difficult to establish in a community, and that its diffusion, not merely among the majority, but throughout all classes, is the indispensable condition of a government at once free, stable, and peaaceable.’

    उद्भवमा जर्ज ग्रोटलाई पढ्दा हामी देख्छौं- संविधानको पूर्ण पालनाका लागि नागरिक, राज्य र सरकारलाई समान रूपले अभिप्रेरित गर्न आवश्यक छ भन्ने तथ्यलाई प्राचीन ग्रीसको उदाहरणमार्फत पुष्टि गर्न संवैधानिक नैतिकता भन्ने पदावली प्रचलनमा आयो ।

    सन् १९१२ मा गुथरीलाई पढ्दा हामी थप प्रष्ट हुन्छौं- स्व-अनुशासनमा बाँधिएर मात्रै चल्न सक्ने संवैधानिक नैतिकतालाई राज्यका अंगले संविधान अनुसार गरेका कार्यहरू अवैधानिक करार गर्ने हतियारका रूपमा प्रयोग गर्नु हुँदैन । त्यसो गरिएको खण्डमा अदालत स्वयं आलोचानको भागीदार हुन्छ ।

    गुथरीको लेख पढ्दै जाँदा यहाँहरूले तलको अनुच्छेद देख्नुहुनेछ, जसको सारांश हुन्छ- न्यायपालिकाले जब गल्ती गर्दछ, त्यसलाई ठीक ठाउँमा ल्याउन न्यायाधीश र फैसलाहरूको खरो एवं तथ्यपरक आलोचना गर्नु संवैधानिक नैतिकताकै अंश हो । सप्रमाण देखाइएका गल्ती सच्याउन तत्पर रहने न्यायपालिका मात्र विधिको वास्तविक रक्षक हुनसक्दछ ।

    Few of us, one assumes, would seriously suggest that the judicial department is to be above criticism, or is to be deemed so sacrosanct that we must bow and submit in silence to whatever the courts declare to be law without the right of challenge, criticism, or censure. Such a view would be absurd. Of course, judges make mistakes as the wisest and best of men make mistakes, and no one claims infallibility for them. There must be the fullest liberty of criticism and, if need be, of censure of our judges. Our judicial system is inherently sound enough and strong enough to withstand and survive criticism. Fair and just criticism would be distinctly educational and could not but restore the courts to public favor and confidence.

    दुई महायुद्धबीचको तनावपूर्ण अवधिमा शक्तिराष्ट्रका कार्यपालिकाको निर्वाध शक्ति अभ्यासले विश्व इतिहासलाई हिंस्रक बनायो । त्यसैले, ग्रोट र गुथरीपछि संवैधानिक नैतिकताको विस्तृत व्याख्या गर्ने श्रेय भारतीय संविधान सभाका अध्यक्ष भीमराव अम्बेडकरलाई दिन सकिन्छ । शुरूमा सन् १९४८ नोभेम्बर ४ र त्यसपछि १९४९ नोभेम्बर २५ मा संविधानसभा भित्र उनले प्रस्तुत गरेका भनाईको निचोडमा संवैधानिक नैतिकताका तीन आधार पाउन सकिन्छ- भारतको प्रगतिका लागि अब उप्रान्त संविधानद्वारा व्यवस्था गरिएका उपायलाई मात्र माध्यम बनाउनुपर्दछ (आन्दोलनको बाटो त्यागेर सविधानको बाटो लागौं), राज्यका अंगबीच संविधानले व्यवस्था गरेको शक्ति पृथकीकरणको पूर्ण पालना हुनुपर्दछ, र सबै विवाद निरूपण गर्ने अन्तिम उपायका रूपमा संविधानकै व्यवस्था अनुसार नागरिकको इच्छा अर्थात् आवधिक निर्वाचन गरिनुपर्दछ । विस्तृतमा बुझ्न प्रताप भानु मेहताको यो लेख हेर्न यहाँ क्लिक गर्नुस्  ।

    ग्रोटलाई उद्धृत गर्दै संवैधानिक नैतिकताको सिद्धान्तका बारेमा चर्चा गरिसकेपछि अम्बेडकर आशंका प्रकट गर्दछन्- भारतीय समाजको अत्यधिक विविधतापूर्ण बनावट र शताव्दी लामो स्वाधीनता अन्दोलनमा विकास भएको प्रतिरोधी संस्कृतिका कारण भारतमा संवैधानिक नैतिकता लागू हुन कठिन छ । भारतीय समाजका लागि संवैधानिक नैतिकता स्वाभाविक भावना नभएको तर्क अम्बेडकरले यसरी दिएका छन्- संवैधानिक नैतिकताको भावनालाई (भारतीय वातावरणमा) हुर्काउनुपर्दछ, हाम्रा नागरिकले यसबारे सिक्न बाँकी छ, असाध्यै अलोकतान्त्रिक चरित्र भएको भारतीय समाजमा लोकतन्त्र सतही विषय मात्र हो ।

    उनको यही भनाइचाहिँ असार २८ को हाम्रो फैसलामा उद्धृत भएको छ । फैसलाको प्रकरण १११ मा अनुसरण गरिनुपर्ने भनिएका विषय सुरुवातमा हामीले उठान गरिसकेका छौं । अब प्रश्न आउँछ: सिद्धान्त वा फैसलाको यथारूपमध्ये केचाहिँ अनुसरण गरिने हो ? विधिशास्त्रमा सिद्धान्त अनुसरण गरिन्छ भन्ने कुरा सामान्य ज्ञान हो किनभने अन्यत्रका अभ्यास अनुसरण गर्न मिल्दैन, हुँदैन । त्यसो भए, अम्बेडकरले (ग्रोट र गुथरीले पनि ) नै उल्लेख गरेका मूलभूत सिद्धान्त छाडेर हाम्रो इजलास उनै अम्बेडकरले भारतीय समाजको चरित्र देखाउन व्यक्त गरेका विचार उद्धृत गर्न किन लागेको होला त ? उत्तर सोझो छ – सिद्धान्त समाउँदा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने फैसलाको आधार नै समाप्त हुन्थ्यो । सिद्धान्तले सोझै भन्दछ- स्वअनुशासनमा बस र राज्यका हरेक अंगले आफ्नो काम गर । त्यसोभए, Democracy in India is only a top-dressing on an Indian soil which is essentially undemocratic (फैसलाको प्रकरण ११२, फूटनोट ५९) भनी अम्बेडकरले चौरहत्तर वर्षअघि भनेको कुरा आजको नेपालमा लागू हुन्छ भन्ने इजलासको निष्कर्ष हो ? संवैधानिक नैतिकताको औचित्य पुष्टि गर्ने सिद्धान्त त्यागेर त्यो भनाई टिपिनुको कारण नेपाली नागरिकले जान्न पाउनु पर्छ कि पर्दैन ?

    अमेरिकी जुरिस्ट रोनाल्ड ड्वोर्किनको एउटा भनाई उद्धृत गरेर इजलासले आफूलाई यस प्रश्नबाट जोगाउन सक्दैन । ड्वोर्किनले संवैधानिक नैतिकताको सिद्धान्तलाई लिखित नियम नभएका स्थानमा अर्थात निर्णयकर्तालाई स्वविवेक प्रयोग गर्न छाडिएका प्रावधान लागू गर्दा उच्च नैतिक आचरण प्रदर्शित हुनुपर्ने संवैधानिक व्याख्या मानेका छन् । तथ्यमा तोडमोड लगायतका सम्पपूर्ण अनैतिक हर्कत गरी इजलासाले ड्वोर्किनको ‘उच्च नैतिक आचरण’ सम्बन्धी मान्यतालाई अघिल्ला धेरै प्रकरणमा सत्यानाश गरिदिएको छ । तिनै उदाहरण फेरि यहाँ पुनरुक्त गरिरहनु परेन । भारतीय सर्वोच्च अदालतले संवैधानिक नैतिकताको व्याख्या गरेका फैसालालाई ड्वोर्किनका मान्यतासँग गरिएको एउटा तुलना हेर्न यहाँ क्लिक गर्नुस्  ।

    यस विश्लेषणई हेर्दा सोझै के देखिन्छ भने विवादित राजनीतिक प्रश्नहरूको निरूपण गर्न नभएर अल्पसंख्यकको अधिकार सुनिश्चित गर्नचाहिं भारतीय सर्वोच्च अदालतले संवैधानिक नैतिकताको सिद्धान्त प्रयोग गर्दै आएको छ ।

    भारतमै आलोचना र स्वअनुशासनमा अदालतको फिर्ती

    पछिल्लो समयमा संवैधानिक नैतिकताको सिद्धान्तलाई खतरनाक हतियारको रूपमा प्रयिग गरिएको भनी भारतीय विधिशास्त्रीहरूले जोडदार आलोचना गरेका छन् । भारतका पूर्व प्रधानमन्त्री जवाहरलाल नेहरु भन्ने गर्थे- न्यायपालिकाले संसदको ‘तेस्रो सदन’ बनेर कार्यपालिका वा व्यवस्थापिकाका अधिकारमा हस्तक्षेप गर्ने बाटो लिनुहुँदैन । नेहरुको भनाई पछिल्लो समयमा कसरी भारतको नयाँ यथार्थ हुँदै गएको छ भन्ने विश्लेषण पढ्न यहाँ क्लिक गर्नुस् ।

    सबरिमाला विवादमा अदालतले समाजलाई उत्तेजित बनाएको भनी महान्याधिवक्ता केके वेणुगोपालले भनेका थिए- न्यायिक सिद्धान्तका रूपमा संवैधानिक नैतिकताको मृत्यु आवश्यक छ, म आशा गर्छु यसको छिटै मृत्यु हुनेछ । यो हेर्न यहाँ क्लिक गर्नुस् ।

    असार २८ को फैसलालाई ड्वोर्किनका मान्यताले केहि हदसम्म सघाउन सक्ने देखिन्छ, तर इजलासले त्यसबारे कुनै व्याख्या गरेको छैन । आफ्नो विधिशास्त्रलाई पुष्टि गर्न भनाइ वा फैसला उद्धृत गरिने सामान्य प्रचलन विपरीत टुक्रे उद्धरणको प्रयोगबाट इजलासले काम चलाएको देखिन्छ । यद्यपि, ड्वोर्किनलाई समातेपनि भारतीय सर्वोच्च अदालतमा हालसालै धेरै परिवर्तन आइसकेको छ । जुडिसियल एक्टिभिज्मको औजार भनी आलोचित भएको हुनाले भारतको सर्वोच्च अदालतले पछिल्ला वर्षहरूमा संवैधानिक नैतिकताको प्रयोगमा स्वअनुशासन पालना गरेको छ । विगत दुई वर्षमा अयोध्या, राफाले, सूचनाको हकसम्बन्धी ऐन, वित्तीय ऐन आदि मुद्दामा भारतीय सर्वोच्च अदालत संवैधानिक नैतिकताको उल्लेख गर्नबाट पछि हट्नुलाई स्वअनुशासनको उदाहरणका रूपमा भारतीय विधिवेत्ता अभिनव चन्द्रचूडले चित्रित गरेका छन् । यसबारे उनको विशलेषणात्मक लेख हेर्न यहाँ क्लिक गर्नुस् ।

    संवैधानिक नैतिकतामा अझै चिप्लिएको ‘ऐतिहासिक फैसला’

    संवैधानिक नैतिकताको सिद्धान्तलाई त्यसको विकासक्रमको सन्दर्भमा आत्मसात गर्न र भारतीय न्यायपालिकामा भएका पछिल्ला परिवर्तनबारे अद्यावधिक रहन नराम्ररी चुकेको असार २८ को फैसला यस सिद्धान्तलाई व्यवहारमा लागू गरेका उदाहरण पेस गर्ने क्रममा थप दुर्गन्धित हुँदै गएको स्पष्ट देखिन्छ ।

    प्रकरण १११मा उल्लेख सन् १९७३ को केशवानन्द भारती फैसलाबाट शुरु गरौँ । आदि शंकाराचार्यका चेलामध्ये तोटकाचार्य परम्पराका सन्त केशवानन्द भारतको केरला राज्यस्थित एडनिर मठका शंकराचार्य थिए । सन् १९६९ मा भूमिसम्बन्धी कानुन जारी गर्दै केरला सरकारले मठको स्वामित्वमा रहेको धेरै जमिन सरकारीकरण गरिदियो । त्यसविरुद्ध केशवानन्दले दायर गरेको मुद्दामा भारतीय सर्वोच्च अदालतले संविधानको आधारभूत संरचनासम्बन्धी सिद्धान्त प्रतिपादन गर्दै राज्य सरकारलाई धार्मिक जमिन खोस्ने अधिकार नभएको फैसला गरेको छ ।

    हाम्रो संसद विघटन सम्बन्धी मुद्दासँग पाठकहरूले यसलाई आफैं तुलना गर्नुहोस् । भारतीय संविधानको आधारभूत संरचना (बेसिक स्ट्रक्चर)को व्याख्या गर्दै तत्कालीन प्रधानन्यायाधीश सर्व मित्रा सिक्री सहितका बहुमत न्यायाधीशले के सिद्धान्त निर्माण गरे भने भारतीय व्यवस्थापिकासँग संविधानको बेसिक स्ट्रक्चरलाई संशोधन गर्ने अधिकार हुँदैन । यसअघि सन् १९६७ मा संसद्को विधायिकी अधिकार भारतीय संघको संघटक अधिकारभन्दा माथि हुन्छ (Legislative power of the parliament is superior than the constituent power of the federation) भन्ने फैसलाई केशवानन्द भारती मुद्दामा भारतीय सर्वोच्च अदालतले उल्ट्यायो र भन्यो कि संघटक अधिकारलाई विधायिकी अधिकारद्वारा संशोधन गर्न मिल्दैन (The consituent power of the federation is not amendable through the legislative powers). संघटक आधारभूत संरचना (बेसिक स्ट्रक्चर) भित्र राज्यका तीन अंग (कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका) बीचको शक्ति सन्तुलन पनि पर्दछ । यसरी, केशवानन्द भारतीको फैसलामा जे गर्न पाइन्न भनिएको छ, त्यसैलाई उद्धृत गर्दै असार २८ को फैसलामा नेपालको संवैधानिक इजलासले कार्यपालिका र व्यवस्थापिकाको अधिकारक्षेत्रमा अतिक्रमण गरेको छ । त्यसैले असार २८को फैसला घृणायोग्य छ ।

    असार २८ को फैसलाले उद्धृत गरेको अर्को भारतीय उदाहरण दिल्ली सरकार र संघीय सरकारको अधिकार सम्बन्धी विवादमा त्यहाँको सर्वोच्च अदालतले सन् २०१८ मा दिएको फैसला छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवाल र संघीय सरकारको विवाद राजनतिक मुद्दा थियो । दिल्लीका उपराज्यपाल नजिब जंगलाई प्रयोग गरी केजरिवाल सरकारलाई असफल पार्ने केन्द्र सरकारको योजनामा दिल्ली उच्च अदालतले सहयोग गरिदियो । सन् २०१८ मा सर्वोच्च अदालतले यसलाई उल्ट्याएर भन्यो- उपराज्यपाल दिल्ली सरकारको अधीन हुन्छन्, र उनले सोहि अनुसार व्यवहार गर्नुपर्छ, त्यहि संवैधानिक नैतिकता हो । यस मुद्दाको पूरा कहानी बुझ्न यहाँ क्लिक गर्नुस् ।

    हाम्रो परमादेस र संसद पुनर्स्थापनासँग यसको गोरू बेचेको साइनो समेत देखिंदैन । मूल विषय छोडेर हुँदै नभएका कुरा टिप्ने असार २८ को फैसला त्यसैले निन्दनीय छ ।

    असार २८ को फैसलाले उद्धृत गरेको अर्को भारतीय उदाहरण सन् २०१८ को सबरिमाला फैसला हो । भारतको केरला राज्यस्थित सबरिमाला मन्दिर ब्रम्हचारी देवता स्वामी ‘अयप्पन’को पवित्र स्थल हुनाले महिलाको महिनावारी हुने अवस्था मानी १० देखि ५० वर्षको उमेर समुहका महिलालाई उक्त मन्दिरमा प्रवेश निषेध गरिएको थियो (त्यो चलन अद्यापि छँदैछ) । तिरुवअनन्तपुरमको उच्च अदालतले यो परम्परा सहि ठहर गरेपछि सन् २००६ मा युवा कानुन व्यवसायी समाजले सर्वोच्च अदालतमा मौलिक अधिकार मुद्दा लड्यो । अन्तत: सन् २०१८ मा उक्त परम्परा गलत भएको र यसले धार्मिक आस्था अभिव्यक्त गर्न पाउने हिन्दु महिलाको मौलिक अधिकार कुण्ठित गरेको हुनाले सामाजिक नैतिकता होइन संवैधानिक नैतिकताका आधारमा सबै महिलाले मन्दिरमा पूजा गर्न पाउने फैसला आयो । यसै मुद्दालाई ‘अर्थ न बर्थ गोविन्द गाई’ बनाएर नेपालको प्रधानमन्त्री फेर्न उद्धृत गरिएको असार २८ को फैसला खेदजनक छ ।

    भारतमा संवैधानिक नैतिकताको सिद्धान्त सामाजिक विवादहरू सल्टाउन प्रयोग गरिएको तथ्य माथिका उदाहरणले स्पष्ट पार्दछन् । थप दृष्टान्तका लागि समलिंगी अधिकारसम्बन्धी सन् २००९ को नाज फाउन्डेसन फैसला, विवाहेतर यौन सम्बन्ध (एडल्टरी) बारेको जोसेफ साइन फैसला (२०१८) तथा व्यक्तिको यौन झुकावसम्बन्धी नवतेज सिंह जोहर फैसला (२०१८) हरूले व्यक्तिको अधिकारमा सामाजिक नैतिकताको बदला संवैधानिक नैतिकता लागू हुनुपर्छ भन्ने मान्यता स्थापित गरेका छन् । तर, प्रधानमन्त्री नियुक्ति र संसद विघटनसम्बन्धी मुद्दामा तिनको समकक्षता स्थापित गरी नयाँ विधिशास्त्र रचना गरेको स्वाङ रचियो भने टाउको दुखेको औषधि नाइटोमा लगाएको सरह हुन जान्छ । असार २८ को फैसलाले त्यहि गरेको हुनाले त्यसलाई कुरीकुरी गर्नुपर्छ भनिएको हो ।

    असार २८ को फैसलामा उद्धृत गरिएका सबैजसो उदाहरणलाई हाम्रो संवैधानिक इजलासले हदैसम्म दुरूपयोग गरेको छ । ती उदाहरण प्रयोग गरेर निकालिएको अर्को एउटा निष्कर्ष हेरौं । नेपालको प्रतिनिधि सभामा २७५ सदस्य हुन्छन् । हरेक सदस्यलाई मतदान गर्ने वा संसद्को कुनैपनि प्रक्रियामा उम्मेदवार बन्ने बराबर हक हुन्छ । संवैधानिक नैतिकताको अपव्याख्या गर्दै इजलास भन्छ- प्रधानमन्त्री केपी ओली संविधानको धारा ७६ (५) अनुसार उम्मेदवार नै बन्न मिल्दैन । अर्थात, बाँकी २७४ जना प्रतिनिधि सभा सदस्य भन्दा केपी ओली एक जनाका लागि फरक व्यवस्था रहेको मान्नुपर्ने फैसला छ ।

    यस्तो गाइजात्रा पनि दुनियाँमा कतै हुन्छ ? यसबाट संविधानको बेसिक स्ट्रक्चर र संवैधानिक नैतिकताको ठाडो उल्लङ्घन भएको छ । नैतिकताको सिद्धान्तलाई पछ्याएको भए इजलासले प्रधानमन्त्री निर्वाचनको प्रक्रियालाई संसद्को फ्लोरमा पठाउन सक्थ्यो, दुवै निवेदकलाई बराबरी व्यवहार गर्थ्यो र अदालतबाटै देउवा मात्र वैध हुने गाइजात्रे फैसला हुँदैनथ्यो । नैतिकताको नाम जपेर अनैतिकताको घोडामा इजलास आफैं सवार हुनुपर्दैनथ्यो । यहाँ त इजलासले न्यायको नाक काटेर देउवाको शीरमा टाँस्ने कृत्य गरेको छ, जसले न्याय र देउवा दुबैको आकृति कुरुप भएको छ । त्यसैले यस फैसलालाई समूल सच्याउन सर्वोच्च अदालत आफैं अग्रसर हुनुपर्छ भनिएको हो । रामशाहपथको अदालतले नसच्याए जनताको अदालतले नै यस फैसलालाई अवश्य सच्याउनु पर्दछ ।

    अब कता जान्छ संवैधानिक नैतिकता ?

    फैसलाको पैंतालीस दिन काट्न नपाउँदै असार २८ को परमादेस औचित्यहीन अवस्थामा पुगेका थप दुई तथ्य छोटकरीमा पेस गरेपछि मात्रै यो भाग पूरा हुन्छ । चल्दाचल्दैको संसद रोकेर अध्यादेशबाट प्रचलित कानुनलाई संशोधन गर्नु कुनैपनि नैतिकता वा संविधानवादका दृष्टिबाट उपयुक्त मान्न सकिन्न । केपी ओली सरकाले ल्याएको नागरिकता अध्यादेश रद्द गर्दा सर्वोच्च अदालतले यही कुरा भनेको छ । त्यो फैसला अन्तरिम आदेश मात्र भएकाले यसलाई नजीर मान्न नसकिएला । पूर्ण पाठ आइसकेको असार २८ को फैसलाको प्रकरण १०८ मा यस्तो कार्यलाई संविधानले निषेध गर्ने भनिएको छ ।

    चलिरहेको संसद अधिवेसन हठात् स्थगन गराई त्यसको भोलिपल्ट राजनीतिक दल विभाजन सम्बन्धी विकृतिको भण्डारयुक्त अध्यादेश जारी गर्नु संवैधानिक नैतिकता हो ? केहि हप्ता अघिको आफ्नै फैसलाको मसी सुक्न नपाउँदै त्यसको खिलाफ हुनेगरी जारी भएको राजनीतिक दलसम्बन्धी अध्यादेशविरुद्ध परेको रिट निवेदनलाई सर्वोच्च अदालतले किन प्राथमिकता दिंदैन ? किन निरन्तर सुनुवाई गर्दैन ? संवैधानिक नैतिकता अब कता जान्छ ? यस्तै हो गर्नुपर्ने ?

    अर्को उदाहरण अझै लाजमर्दो छ । असार २८ को फैसलाले शेरबहादुर देउबाको पक्षमा बहुमत रहेको भन्ने आधारमा परमादेश जारी गरेको हो । फैसलाको बुँदा १२०को ग. मा अदालतले शेरबहादुर देउवाको पक्षमा बहुमत पुगेको भनी लेखिदिएको छ । बहुमतको सरकार संचालन हुनु त परै जाओस्, पैंतालिस दिनसम्म मन्त्रिपरिषद समेत बन्न नसक्नुले अदालतको फैसला कृत्रिम तथ्यमा उभिएको पुष्टि गर्दछन् ।

    त्यसमाथि अहिले आएर सरकारसँग बहुमत नभएकाले बहुमत सुनिश्चित गर्न अरू पार्टीहरू बिभाजन गर्नुपरेको दलील सत्तारूढ गठबन्धनबाट नै आइरहेको छ । राजनीतिक दलसम्बन्धी अध्यादेशको औचित्य पुष्टि गर्नुपर्ने चेपुवामा परेपछि गठबन्धनले सत्य कुरा भन्न थालेको देखिन्छ । भाद्र ९ गते निर्वाचन आयोगमा दुईवटा नयाँ पार्टीहरू दर्ता भएपछि मात्रै देउवाको पक्षमा बहुमत पुगेको भन्ने समाचार हेर्न यहाँ क्लिक गर्नुस् ।

    यसको सीधा अर्थ हुन्छ- असार २८ मा शेरबहादुर देउवासँग बहुमत थिएन, तर कार्यपालिकासँग भएको शक्तिलाई विकृत रूपमा प्रयोग गर्ने अवसर दिंदा बहुमत बनाउने ठाउँसम्म देखिन्थ्यो र देउवालाई अदालतले त्यो अवसर दियो । अध्यादेश ल्याउनु अघिसम्म सरकार अल्पमतमै रहेको एउटा विश्लेषण हेर्न यहाँ क्लिक गर्नुस् ।

    अदालतले उतिबेला शेरबहादुर देउवालाई दिएको बहुमत कृत्रिम रहेछ भने यो भन्दा ठूलो प्रमाण के चाहियो ? यसरी, असार २८ को फैसलामा संवैधानिक नैतिकताको अपव्याख्या भएको मात्र होइन, इजलास स्वयंले खराब, अनैतिक र अवसरवादी आचरण देखाएको छ । वास्तवमा यस फैसलाको कार्यान्वयन गर्नै हुँदैनथ्यो । कार्यान्वयन भैसकेपछि पनि अदालत स्वयंले यसलाई सच्याउन तत्कालै अग्रसरता लिनुपर्दछ । अदालतले अटेर गरिरहे जनताको शक्तिले यस ‘न्यायिक कू’लाई ढिलोचाँडो उल्ट्याउनै पर्दछ ।

    यो पनि पढ्नुस् :

    असार २८ को ‘ऐतिहासिक फैसला’ को पेटमा बोकाइएका ‘ऐतिहासिक झूट’ : भाग- १

    असार २८ को फैसलामा लिइएको पाकिस्तानका सैनिक तानाशाह जिया उल हकको सहारा : भाग- २

    बेलायती अभ्यासबारे असार २८ को फैसलामा प्रतिविम्बित अल्पज्ञान र त्रुटि : भाग- ३

    असार २८ का ‘बाइप्रोडक्ट’ देखिन शुरू, ऐतिहासिक फैसला’ मा श्रीलंकाको ‘ललिता निवास’ काण्ड : भाग- ४

    असार २८ को ‘ऐतिहासिक फैसला’लाई प्रश्न- नेपाल देश र भारतीय प्रदेशको हैसियत बराबर हो ? : भाग- ५

  • असार २८ को ‘ऐतिहासिक फैसला’लाई प्रश्न- नेपाल देश र भारतीय प्रदेशको हैसियत बराबर हो ?

    असार २८ को ‘ऐतिहासिक फैसला’लाई प्रश्न- नेपाल देश र भारतीय प्रदेशको हैसियत बराबर हो ?

    काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासद्वारा गत असार २८ गते जारी परमादेस सहितको अन्तिम फैसला असाधारण स्तरको, ऐतिहासिक र प्राज्ञिक भनी चर्चा गराइएको तथ्य आदरणीय पाठकसमक्ष विदितै छ । फैसला वास्तवमा धेरै कारणले ऐतिहासिक छ ।

    गाम्भीर्यलाई सतही व्याख्याद्वारा विस्थापन, सर्वोच्च अदालतले हालसम्म बोक्दै आएको आफ्नै न्यायिक दर्शन र मान्यताबाट विचलन, तथ्यहरूमा दर्जनौं गल्ती, अंग्रेजीबाट नेपाली अनुवादमा भ्रस्टीकरण, अन्तर्राष्ट्रिय अभ्यासबारे तथ्यको तोडमोड तथा अद्यावधिक जानकारीको अभाव र विकिपेडियाबाट निकृष्ट तहको प्लेजियरिज्म (कृति चोरी) समेटिएका कारण यसलाई असाध्यै ऐतिहासिक फैसला मान्नुपर्छ । हामीले पनि मानेका छौं ।

    फैसलाको ऐतिहासिकता जनाउन हामीले यहाँ प्रयोग गरेका सबै विशेषणका प्रशस्त उदाहरण अघिल्ला ४ भागमा राखिसकेका छौं । त्यो क्रम जारी छ, जारी रहनेछ । हामी प्रमाणसहित मात्रै बोलिरहेका छौं । हाम्रो अंग्रेजी अनुवादको काम पनि शुरु भएको छ । विकिपेडियाबाट चोरी गरी नेपालीमा बंग्याएर फैसलामा घुसाइएको भन्दा राम्रै अनुवाद हुनेछ, हाम्रो । फैसला सच्याउन न्यायपालिकालाई सहयोग गर्ने हाम्रो अपेक्षा रहेको छ ।

    हाम्रो मान्यता स्पष्ट छ- सर्वोच्च अदालतको फैसलाले आफ्ना पुराना नजीर भन्दा अलग वा नयाँ दृष्टान्त कायम हुने कुनै आदेश गर्नुपर्दा सोही स्तरको नयाँ विधिशास्त्रीय आधार पनि निर्माण गर्नुपर्दछ र फैसलाको पेटबोलीले त्यस्तो आदेश वा परमादेसलाई थामेको हुनुपर्दछ । तथ्यको विश्लेषण र उदाहरण एकातिर अनि फैसला अर्कोतिर हुनु हास्यास्पद त हुँदै हो, गम्भीर न्यायिक विचलन पनि हो । यसलाई न्यायसम्पादनमा अक्षम्य र दण्डनीय अपराध मानिन्छ ।

    अझ ‘कमन ल’ प्रणालीमा अदालतहरूले फैसला लेख्ने खास संरचनागत शैली पछ्याइन्छ । प्राविधिक विषय हुनाले त्यसको बोझिलो व्याख्या गर्न नथालौं । प्रतिभाशाली न्यायाधीशले पुरानो संरचनाको बदलामा राम्रो र नयाँ शैली निर्माण गर्न पनि सक्छ, पाउँछ । हालसम्मको हाम्रो अध्ययन, तिनमा उद्धृत गरिएका प्रमाण, उच्चस्तरका ऐतिहासिक जर्नल आलेख तथा अन्तर्राष्ट्रिय अभ्यासका व्याख्याका आधारमा हामी दाबी गर्छौं- असार २८ को फैसला असाध्यै निम्नकोटीको र अनुपयुक्त छ । तसर्थ, सम्बन्धित न्यायाधीश र न्यायपालिकालाई सधैं गिज्याउने यो फैसला सर्वोच्च अदालतले तत्काल सच्याउनु पर्दछ, जसका लागि प्रधानन्ययाधीश स्वयंले अग्रसरता लिनुपर्दछ । त्यसो भएका दिन मात्र न्यायको वास्तविक जीत हुनेछ ।

    असार २८ को फैसलामा उद्धृत गरिएका अन्तर्राष्ट्रिय अभ्यास र मान्यताको सुक्ष्म अवलोकन गर्ने पाचौं भाग आजको विश्लेषण हो । यस क्रममा हामी फैसलाले छानेका भारतीय अभ्यासलाई हेर्नेछौं, सप्रसंग । भौगोलिक निकटता, पचहत्तर वर्षदेखि निरन्तर चलिरहेको प्रजातान्त्रिक अभ्यास हुनुका साथै हाम्रा धेरै न्यायाधीश र वकीलले समेत भारतमा नै अध्ययन गरेका हुनाले त्यहाँका उदाहरणलाई जिज्ञासापूर्वक, अझ गहिराईमा हेर्नुपर्दछ । भारतीय इतिहास, राजनीति र न्यायिक प्रक्रियाबीचको त्रिकोणात्मक ‘प्रेमकथा’ आजको विषय हो । भारतका कतिपय उदाहरण हाम्रा लेखक/विश्लेषलकलाई कण्ठस्थ नै छन् । हामी आज त्यहि पोखरीमा डुबुल्की मार्दैछौँ ।

    फैसलाको प्रकरण ४५ मा कर्णाटक राज्यका पूर्व मुख्यमन्त्री श्यामप्पा राजप्पा बोम्मई (एसआर बोम्मई) र विहार विधानसभाका पूर्व सांसद रामेश्वर प्रसादसँग सम्बन्धित विधानसभा विघटनका विवादमा अदालतले निरूपण गरेका पक्षलाई उद्दरण गरी निर्वाचित राज्य विधानसभाहरू सहजै विघटन गर्न नमिल्ने सिद्धान्त प्रतिपादन गरिएको प्रतिनिधि उदाहरण मानिएको छ ।

    प्रकरण १११ मा संवैधानिक नैतिकता (कन्स्टिच्युसनल मोरालिटी)लाई जोड दिन सबरिमाला विवाद एवं केशवानन्द भारती मुद्दाको उल्लेख छ । प्रकरण ७१ र ८८ मा फैसलाको आधारलाई पुनर्पुष्टि गर्न बोम्मई र प्रसादका प्रसंग पुनरुक्त छन् । भारतीय राज्य विधानसभाहरूको विघटन गरी राष्ट्रपति शासन लगाउन सीमा बन्देज निर्धारण गर्ने यिनै दुई मुद्दाको विस्तृतिबाट आजको विषयप्रवेश गरौँ । त्यसपछि सबरिमाला विवाद र कन्स्टिच्युसनल मोरालिटीमा जानु उचित हुन्छ । असार २८ मा जारी परमादेसको क्रम पनि यसै अनुरूप छ ।

    इजलासलाई महाप्रश्न: नेपाल देश र भारतीय प्रदेशको एकै हैसियत हुन्छ ?

    असार २८ को फैसलाले जानाजान नछुट्याएको तर सबैले प्रस्ट हुनैपर्ने एउटा महत्वपूर्ण विषय छ- भारतीय संविधानमा संघीय संसदको तल्लो सदन, जसलाई लोकसभा भनिन्छ, त्यसको विघटनका सम्बन्धमा त्यहाँको संविधानका धारा ८३ र ८५ का प्रावधान लागू हुन्छन् । प्रदेश सभाको विघटन र राष्ट्रपति शासनका लागि धारा ३५६ प्रयोग हुन्छ । अर्थात, संविधान अनुसार लोकसभा र विधानसभाको विघटन बिल्कुलै फरक कुरा हुन् । दुबैको प्रक्रिया पनि अलग छ ।

    हाम्रो संविधान अन्तर्गत भएको प्रतिनिधि सभा विघटनसम्बन्धी व्यवस्था वा अभ्याससँग भारतीय संवैधानिक अभ्यासको तुलना गरिंदा लोकसभा विघटनका समकक्षी अनुभव हेरिनुपर्दछ भन्नु सामान्य समझको विषय हो । दुर्भाग्यवश असार २८ गते संवैधानिक इजलासले गरेको फैसलामा लोकसभाको ‘ल’ पनि उल्लेख छैन । एसआर बोम्मई र रामेश्वर प्रसादका मुद्दाहरू धारा ३५६ अर्थात् विधानसभा विघटनका अभ्यासउपर गरिएका व्याख्या हुन् । यसबाट स्वाभाविक प्रश्न जन्मेको छ- नेपालको प्रतिनिधि सभाको हैसियत भारतीय राज्य विधानसभा सरह हो ?

    भारतका ‘राज्य’बारे त्यहाँको सर्वोच्च अदालतले गरेको फैसला नेपाल ‘देश’को संघीय प्रतिनिधिसभाका लागि समकक्षी अनुभव मान्नुपर्छ भन्नु इजलासको कुन ‘संवैधानिक नैतिकता’ हो? अन्य मुलुकका राष्ट्रिय अभ्याससँग प्रतिनिधि सभाको विघटन तुलना गर्ने इजलासले भारतको प्रसंग आउनासाथ नेपाल देशलाई भारतीय राज्यको तहमा ओरालेको तथ्य फैसलामा दिनको घाम जत्तिकै झलमल्ल देखिन्छ ।

    फैसलामा चर्चा भएका जर्मनी, बेलायत, पाकिस्तान लगायतका मुलुकहरू संघात्मक हुन् । तिनका राज्यस्तरीय संसद पनि विघटन भएका छन् । ती सबैको राष्ट्रिय अनुभवसँग नेपालको प्रतिनिधि सभा विघटन दाँज्ने असार २८ को फैसला भारत टेक्नासाथ दिल्ली छाडेर बंगलोर, पटना वा केरलातिर लागेको छ, किन ? यसको उत्तर हरेक नेपाली नागरिकले खोज्नुपर्दछ । संविधानको व्याख्या गर्ने अधिकार पाएको सर्वोच्च अदालतलाई अवश्य थाहा छ – मुलुकको सार्वभौमसत्ता भएजस्तै संविधानको पनि सार्वभौमसत्ता हुन्छ । भारतीय अभ्यास उद्धृत गर्दा इजलासले संवैधानिक सार्वभौमसत्ताको अक्षर र भावना दुवैलाई नराम्रोसँग कुल्चिएको छ । कन्स्टिच्युसनल सोभेरिन्टीको अवधारणा बुझ्न यहाँ क्लिक गर्नुहोस् ।

    न्यायपालिका जस्तै कार्यपालिका र व्यवस्थापिका पनि राज्यका अंग हुन् । जसरी सर्वोच्च अदालतले अन्य मुलुकका तल्ला अदालतको फैसलासँग आफ्ना फैसलाको समकक्षता जाँच गर्दैन वा गर्नै मिल्दैन, उसैगरी सर्वोच्च अदालतले नै राज्यका अंगहरूको समकक्षी अनुभव उल्लेख गर्दा उही मूल्य कायम राख्नुपर्दैन ? हाम्रा राष्ट्रपतिको संवैधानिक स्थितिसँग भारतीय राज्यका गभर्नरको तुलना सर्वोच्च अदालतले आफ्ना फैसलामा गर्न मिल्छ ? अनि यहाँका प्रधानमन्त्रीसँग उताका मुख्यमन्त्रीको संवैधानिक स्थिति तुलना हुन्छ ? यस्तै हो संवैधानिक इजलासले गर्ने काम ? राष्ट्रको इज्जतसँगै गाँसिने विषय होइन ? समकक्षताको हक सर्वोच्च अदालतसँग मात्रै हुन्छ ?

    ‘न्यायिक पुनरावलोकन’को सिद्धान्त अर्थात ‘जुडिसियल रिभ्यु डक्ट्रिन’ निसृत हुने मुख्य स्रोत नै संविधानको सार्वभौमसत्ता हो । असार २८ को वा त्यस्तै फैसला गर्न सर्वोच्च अदालतले प्राप्त गरेको शक्ति यही न्यायिक सिद्धान्तमा उभिएको हुन्छ । संविधानको सार्वभौमिकताबारे संवैधानिक इजलासलाई नै यसरी सम्झाउनुपर्ने अवस्था आउनु खेदजनक छ । फैसलाको प्रकरण १११ र ११२ मा उल्लेख भएको संवैधानिक नैतिकतालाई अदालतले आफैं ध्वंश गरेको यसबाट प्रमाणित भएको छ । न्यायाधीशहरूमा गम्भीर विषयका मुद्दा हेर्ने प्राज्ञिक क्षमता नभएको, मुलुकको गौरव ख्याल नभएको तथा पदको गरिमा बहन गर्ने सामर्थ्य नभएको ठोस उदाहरणका रुपमा यसलाई लिनुपर्दछ ।

    भारतमा संघीय लोकसभा विघटन नभएका होइनन् । बग्रेल्ती उदाहरण छन् । हामीलाई थाहा छ- भारतीय लोकसभाको कार्यकाल पाँच वर्षको हुन्छ । सन् १९६७ मा निर्वाचित चौथो लोकसभा साढे तीन वर्ष चलेर १९७० मा विघटन भयो । पाँचौं लोकसभा संकटकालका कारण करिब दस महिना लम्बियो । सन् १९७७ मा निर्वाचित छैटौं लोकसभा साढे दुई वर्ष नपुग्दै १९७९ मा विघटन भयो ।

    सन् १९८९ मा निर्वाचित नवौं लोकसभा १९९१ मा विघटन भयो । सन् १९९६ मा निर्वाचित एघारौँ लोकसभा सात महिना मात्रै टिक्यो र १९९७ को अन्त्यमा विघटन भयो । त्यसपछि निर्वाचित बाह्रौँ लोकसभा एक वर्ष चलेर १९९९ मा विघटन भयो । तेह्रौं लोकसभा पनि कार्यकाल सकिनुभन्दा आठ महिना अघि नै विघटन भई सन् २००४ मा शीघ्र चुनाव भएको हो । सबै विघटनमा प्रक्रिया उही छ – प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा विघटनको आदेश जारी हुने । भारतीय इतिहासमा राष्ट्रपतिद्वारा विघटन भएका लोकसभाहरू पुनर्स्थापना भएको पाइंदैन । यसको खास कारण छ, जसबारे तल चर्चा गरिनेछ । लोकसभा विघटनबारे थप हेर्न यहाँ क्लिक गर्नुहोस् ।

    यस्ता अकाट्य तथ्यलाई सर्लक्कै छाडेर नेपालको संघीय प्रतिनिधि सभा विघटनसँग भारतीय राज्य विधान सभा विघटनहरूको तुलना गर्नु असार २८ को फैसलाको गम्भीर न्यायिक, सैद्धान्तिक र वैचारिक विचलन हो । यस्तो राष्ट्रघातलाई कुनैपनि देशभक्त नेपाली नागरिकले कहिल्यै माफ गर्न सक्दैन । हरेक नेपालीको मनमा यो विषय गढेर रहनुपर्दछ, प्रत्येक नागरिकलाई यस फैसलाले बिझाउनुपर्दछ ।

    एसआर बोम्मई र रामेश्वर प्रसाद

    भारतीय संविधानले लोकसभा वा विधानसभा विघटनका लागि बन्देजहरू तोकेको छैन । यसलाई असार २८ को फैसलाले पनि स्वीकार गरेको छ । बोम्मई र प्रसादसम्बद्ध दुई विवादमा न्यायिक व्याख्याद्वारा विधानसभा विघटनका लागि संविधानको धारा ३५६ को प्रयोगमा निश्चित सीमाहरू तोकिएको यथार्थ हो । तिनको तथ्यात्मक राजनीतिक परिवेशचाहिँ नेपालको दोस्रो प्रतिनिधि सभा विघटनको घटनाक्रमसँग मेल खाँदैन, वा कतिपय सन्दर्भमा उल्टो देखिन्छ ।

    समान सार्वभौमिकताको सिद्धान्त उल्लङ्घन गरी न्यायिक समकक्षता स्थापित नहुनेबारे माथि विवेचना भैसक्यो । चौथो भागमा हामीले Stare Decisis को चर्चा गरेका थियौं । त्यसको पूर्वशर्त कुनैपनि मुद्दामा Substantially similar facts हुनपर्छ भन्ने एक सय वर्ष लगाएर विकास भएको न्यायिक मान्यता थियो । त्यसलाई भाँच्ने उदाहरणका रूपमा असार २८ को फैसलाले उद्दरण गरेका बोम्मई र प्रसाद मुद्दालाई लिन सकिन्छ । शेरबहादुर देउवालाई प्रधानमन्त्री तोक्ने परमादेस पुष्टि हुने आधार त झन् यी उदाहरणमा टाढासम्म कतै देखिन्न । परमादेससँग मेल खाने केहि उदाहरण भाग ३ मा पाकिस्तानको सन्दर्भसँगै व्याख्या गरिएको छ ।

    तुलनात्मक रूपले भारतीय न्यायिक परम्परा धेरै उच्च स्तरको छ । त्यसको गहिराई पहिल्याउन भारतीय संविधान निर्माणको इतिहासतिरै पस्नुपर्छ । जसरी बदनाम न्यायपालिकाको उदाहारण खोज्दा पाकिस्तान, ब्राजिल, थाइल्याण्ड वा मुस्लिम कानुन भएका देशतिर पुगिन्छ, त्यसैगरी उच्च मानवीय मूल्यसहितको न्यायिक परम्परा खोज्दा अमेरिका, बेलायत, नर्डिक राष्ट्र र भारततिर पुगिन्छ ।

    भारतमा राज्य विधानसभाहरू विघटन गरी राष्ट्रपति शासन लागू हुँदा सन् १९९४ मा सर्वोच्च अदालतले बोम्मई मुद्दाको अन्तिम फैसलामा गरेका व्याख्याहरू चर्चामा आइरहन्छन् । यसै कडीमा सन् २००६ देखि रामेश्वर प्रसादको फैसला पनि थपिएको छ । बहुचर्चित फैसला भएकाले दुबैका बारेमा प्रशस्त सन्दर्भसामग्री उपलब्ध छन् ।

    यी मुद्दाका साथै भारतीय सर्वोच्च अदालतको सैद्धान्तिक र व्यावहारिक चरित्र बुझ्न अशोक गांगुलीद्वारा लिखित ल्याण्डमार्क भर्डिक्ट्स द्याट चेन्ज्ड इन्डिया, क्याम्ब्रिज युनिभर्सिटी प्रेसबाट प्रकासित अ क्वालिफाइड होप, चिन्तन चन्द्रचूडद्वारा लिखित द केसेज इन्डिया फर्गट, सोली सोराब्जी र अरविन्द दातरद्वारा लिखित कोर्टरूम जिनियस, कुसुम बर्माद्वारा लिखित फिफ्टी इयर्स अफ द सुप्रिम कोर्ट अफ इन्डिया, गौतम भाटियाद्वारा लिखित द ट्रान्सफर्मेटिभ कन्स्टिच्युसन: अ र्याडिकल बायोग्राफी इन नाइन एक्ट्स, राजिव धवनद्वारा लिखित द कन्स्टिच्युसन अफ इन्डियाः मिराकल, सरेन्डर एण्ड होप केहि प्रतिनिधि उदाहरण हुन् । दर्जनौं जर्नल लेख र सयौं अखबारी विचार यी मुद्दाका बारेमा हरेक वर्ष छापिएका छन् ।

    भारतको सर्वोच्च अदालतले एसआर बोम्मई विवादमा के भनेको थियो भन्ने बुझ्नुअघि बोम्मई विवाद के हो भन्ने जान्नु आवश्यक छ । सन् १९८३ मा भएको कर्नाटक विधानसभा निर्वाचनमा जनता पार्टी (हालको भाजपा होइन) सबैभन्दा ठूलो राजनीतिक दल बन्यो र उक्त पार्टीका नेता रामकृष्ण हेगडे राज्यको पहिलो गैरकाँग्रेस मुख्यमन्त्री निर्वाचित भए ।

    २२४ सीट भएको राज्य विधानसभामा जनता पार्टीले ९५, भारतीय राष्ट्रिय काँग्रेसले ८२, भारतीय जनता पार्टीले १८, भारतीय कम्युनिस्ट पार्टीले ३, मार्क्सवादीले ३, स्वतन्त्रले २२ र अन्ना द्रविड मुनेत्र कजगमले १ सीट जितेका थिए । केन्द्र र प्रदेशमा एकछत्र शासन गरिरहेको काँग्रेसलाई चक्मा दिंदै हेगडेले स्वतन्त्र, भाजपा र कम्युनिस्टहरू सहितको समर्थन जुटाई विधानसभाको सहज बहुमत हासिल गरे ।

    सन् १९८४ को लोकसभा निर्वाचन हुँदा कर्नाटक राज्यमा जनता पार्टीको पराजय भयो । त्यसको नैतिक जिम्मेवारी लिंदै हेगडेले राजिनामा गरे र विधानसभा भङ्ग गरी १९८५ मा मध्यावधि निर्वाचन गराए, जसमा जनता पार्टीले १३९ सीट जितेर एकल बहुमत ल्यायो । लोकसभा निर्वाचनपछि केन्द्रमा नेताहरूको विवादले जनता पार्टी विभाजन हुँदा त्यसको प्रभावबाट राज्य विधानसभामा अछुतो रहन सकेन । राजनीतिक अनिश्चयकै बीच राज्यका प्रमुख नेता र व्यापारीको टेलिफोन ट्यापिंग गरेको आरोपसमेत सरकारमाथि लागेपछि मुख्यमन्त्री रामकृष्ण हेगड़ेले राजिनामा दिए । जनता पार्टीका अर्का नेता एसआर बोम्मई मुख्यमन्त्री निर्वाचित भए ।

    सन् १९८७/८८ ताका केन्द्रमा नयाँ राजनीतिक पार्टी जनता दल गठन भएसँगै कर्नाटकमा सत्तारुढ जनता पार्टीका धेरै विधानसभा सदस्य पुरानो दलत्याग गरी नयाँ र अन्य पार्टीतिर लाग्न थाले । असन्तोष साम्य पार्न बोम्मईले जम्बो मन्त्रीमण्डल बनाई १३ मन्त्री थप गरेपनि पार्टी छाड्ने क्रम रोकिएन । केहि दिनमै १९ जना सत्तारुढ सांसदले गभर्नर पी वेंकटसुब्बैयालाई पत्र लेखी बोम्मई सरकारलाई समर्थन नरहेको जनाऊ दिए ।

    गभर्नरले तत्काल राज्य सरकार अल्पमतमा परेको भनी राष्ट्रपति शासन लागू गर्न केन्द्रमा सिफारिश गरिदिए । दलहरू बिभाजन हुने र नयाँ गठन हुने प्रक्रियाले सत्तारुढ दलको वास्तविक सीट संख्या कति र सरकारलाई कतिको समर्थन छ भन्ने तथ्य दिनदिनै परिवर्तन भैरहेको थियो । राष्ट्रपति शासनको सिफारिश भएको भोलिपल्टै सत्तारुढ दल छोडेको भनिएका १९ मध्ये सात जनाले आफ्नो हस्ताक्षर दुरुपयोग भएको र सरकारलाई समर्थन कायमै रहेको पत्र गभर्नरलाई लेखे । बोम्मईले तत्काल गभर्नरसँग भेट गरी विधानसभा बैठकको सत्र अगाडि सारेर भएपनि विश्वासको मत लिने समय दिन आग्रह गरे । केन्द्र सरकार यसको पक्षमा थिएन, गभर्नरले मानेनन् ।

    जनता दल विभाजनको फाइदा काँग्रेसलाई हुने केन्द्रको हिसाबका आधारमा विधानसभा भङ्ग भयो । यसविरुद्ध बोम्मई उच्च अदालत गए, जहाँ उनको रिट खारेज गरियो । त्यसपछि सर्वोच्च अदालतमा पुगेको मुद्दाले सुनुवाईमा प्राथमिकता पाएन । सन् १९८९ मा राष्ट्रपति शासन अन्तर्गत कर्नाटक राज्य विधान सभाको मध्यावधि चुनाव भयो र कांग्रेसले अत्यधिक बहुमत ल्यायो । यसरी राजनीतिक घटनाक्रमको सम्पूर्ण पटाक्षेप भैसकेपछि, दायर भएको छ वर्षपछि सन् १९९४ मा मात्रै बोम्मई मुद्दाको फैसला भएको हो, भुल्नै नहुने तथ्य । बोम्मई फैसलाको पूर्ण पाठ हेर्न यहाँ क्लिक गर्नुहोस्  ।

    लोकसभाका प्रतिपक्षी दलले नेतृत्व गरेका राज्य विधानसभाहरू सन् १९८८ देखि १९९४ बीचमा एकपछि अर्को गर्दै भंग भए । कर्नाटक, मेघालय, नागाल्याण्ड, राजस्थान, मध्य प्रदेश र हिमाचल प्रदेशमा राष्ट्रपति शासन लागू भयो । उत्तर प्रदेशमा बाबरी मस्जिद काण्डपछि केन्द्र सरकार भाजपा शासित राज्यहरुप्रति झनै अनुदार बन्यो ।

    यसबाट संविधानको आधारभूत मान्यताउपर नै प्रश्न उठ्न परिवेश निर्माण भयो । त्यसैले, भारतीय सर्वोच्च अदालतले संविधानको धारा ३५६ को व्याख्या गर्दा आधारभूत संरचनासम्बन्धी सिद्धान्त (बेसिक स्ट्रक्चर डक्ट्रिन) को थप व्याख्या गरेको छ । सन् १९७३मा केशवानन्द भारतीको मुद्दा फैसला गर्दा न्यायाधीश हंशराज खन्नाले भारतीय संविधानमा रहेका आधारभूत संरचनाको चर्चा गरेका छन् । बेसिक स्ट्रक्चर डक्ट्रिन के हो भन्ने बुझ्न यहाँ क्लिक गर्नुहोस्।

    भारतीय प्रणालीका आधारभूत संरचनाको विषय उठ्दा हामीले के भुल्न हुँदैन भने राजनीतिक दलसम्बन्धी व्यवस्था हाम्रो वर्तमान संविधानको एउटा बेसिक स्ट्रक्चर हो । असार २८ को परमादेश र हालैको दल विभाजन अध्यादेसले त्यसलाई अब समाप्त पारेको छ । फैसलाले संविधानको मर्ममाथि आक्रमण गरेको छ भनी त्यसै दाबी भएका होइनन् ।

    बेसिक स्ट्रक्चर डक्ट्रिनको वास्तविक स्रोतचाहिं भारतीय संविधान वा सर्वोच्च अदालत होइन । थप बुझ्न जाँगर हुँदा यहाँ क्लिक गर्नुहोस् ।

    यसै सिद्धान्तमा उभिएर बोम्मई मुद्दामा आएको व्याख्याले भारतीय राष्ट्रपतिको अधिकारलाई कुनै तलमाथि गरेको छैन । राज्यका गभर्नरले कुन अवस्थामा धारा ३५६ को प्रयोग गर्ने वा नगर्ने र कसरी प्रयोग गर्दा दुराशययुक्त हुन्छ भन्ने व्याख्या मात्र यस फैसलाले गरेको छ । यसको अर्थ के हो भने तत्कालको विघटनलाई कुनै फरक नपार्ने, तर भविष्यमा यस धाराको प्रयोग गर्दा पालना गर्नुपर्ने मार्गदर्शन र व्याख्या यस फैसलाले गरेको हो । केन्द्र सरकारहरूले गभर्नरको प्रयोग गरेर प्रतिपक्षी दलको वर्चस्व रहेका विधानसभा भङ्ग गर्ने अभ्यासलाई रोक्नु यस फैसलाको उद्धेश्य थियो । यस फैसलाले न त बोम्मईले चाहेको विधानसभा पुनर्स्थापना भयो, न त मुख्यमन्त्री नै नियुक्त भए ।

    बोम्मई मुद्दामा भारतीय सर्वोच्च अदालतले गरेको फैसला के प्रमाणित गर्न असार २८ को इजलासले उद्धृत गरेको हो भन्ने कतै पनि खुल्दैन । संवैधानिक इजलासको परमादेश र बोम्मई मुद्दाको समकक्षता वा सम्बन्ध पनि कतैबाट स्थापित हुन सक्दैन । लामो फैसलामा लेखिएका एकाध वाक्य ‘कोट’ गरेर प्राज्ञिक बन्न त जुनसुकै उदाहारणमा पनि सजिलै सकिन्छ । बोम्मई मुद्दामा सुरुदेखि अन्तिमसम्म संलग्न जुरिस्ट केएन भट्टद्वारा लिखित यो संस्मरण लेख हेर्न यहाँ क्लिक गर्नुहोस् ।

    वास्तवमा भारतीय सर्वोच्च अदालतले आम जनताको मतद्वारा नेतृत्व छानिने प्रक्रियालाई बोम्मई मुद्दाबाट पनि रोकेन, र हाम्रो इजलासले असार २८ गते उद्धृत गरेको रामेश्वर प्रसादको अर्को मुद्दामा पनि रोक्न खोजेन । माथि लोकसभा विघटनबारे चर्चा हुँदा यसको ठोस कारण छ भनिएको सम्झना गरौँ । धारा ३५६ उपर भारतीय संविधान सभाका अध्यक्ष बीआर अम्बेडकरले गरेको व्याख्यालाई त्यहाँको अदालत ब्रम्हवाक्य मान्दछ ।

    संविधानसभाभित्र उठेका प्रश्नलाई सम्बोधन गर्दै अम्बेडकरले अगस्ट ४, १९४९ मा भनेका थिए- धारा ३५६ संविधानमा मृत अक्षर सरह हो, कदाचित यो जाग्ने परिस्थिति आयो भने राष्ट्रपतिले सम्बन्धित प्रदेश सरकारलाई सचेत गर्ने र अन्ततः जनताबाटै फैसला गर्ने बाटो रोज्नुपर्दछ । उनको भनाई थियो:
    ‘I share the sentiments that such articles will never be called into operation and they would remain a dead letter. If at all they are brought into operation, I hope the President, who is endowed with these powers, will take proper precautions before actually suspending the administration of the provinces. I hope the first thing he will do would be to issue a mere warning to a province that has erred, that things were not happening in the way in which they were intended to happen in the Constitution. If that warning fails, the second thing for him to do will be to order an election allowing the people of the province to settle matters by themselves.’

    यस उद्दरणमा आएको अन्तिम वाक्य धारा ३५६ को व्याख्यामा अभिन्न अंग हो, जसले निर्वाचनको अपरिहार्यतालाई पुष्टि गर्दछ । सरकारबारे फैसला गर्ने अन्तिम अधिकार जनताको मात्रै हो । सरकारका कामको संवैधानिकताबारे अदालतमा बहस हुन सक्दछ तर सरकार छान्ने जनताको अधिकारलाई अदालतले आफैं प्रयोग गर्न मिल्दैन । भारतीय अदालत यसबाट विचलित भएको उदाहरण छैन, त्यहाँ घोषित निर्वाचनहरू त्यसैले रोकिंदैनन् । रामेश्वर प्रसादको मुद्दामा अदालतले दिएको फैसलाबाट यसको सैद्धान्तिक र दार्शनिक मान्यता झनै प्रष्ट हुन्छ । फैसलाको पूर्ण पाठ हेर्न यहाँ क्लिक गर्नुहोस् ।

    विघटन आफैंमा कुनै कारण हुँदैन, लामो राजनीतिक उतारचढावको परिणाम मात्र हुन्छ । त्यसैले विघटनहरूको अन्तर्य बुझ्न त्यसको पृष्ठभूमिमा रहेको राजनीतिक घटनाक्रम बुझ्नुपर्दछ । बिहार राज्यको २४३ सदस्यीय विधानसभा निर्वाचन फेब्रुअरी २००५ मा भएको थियो, जसमा भाजपा र जनता दल युनाइटेडको गठबन्धनले ९२, लालु यादवको राष्ट्रिय जनता दलले ७५, राम विलास पासवानको लोक जनशक्ति पार्टीले २९, काँग्रेस आईले १०, भाकपा मालेले ७, समाजवादी पार्टीले ४, स्वतन्त्रले १७ र बाँकीमा अन्यले जीत हासिल गरे । सरकार गठन गर्न पुग्ने बहुमतका लागि १२२ सदस्यको समर्थन आवश्यक पर्ने भयो ।

    धेरै प्रयत्नका बाबजुद सरकार बन्न सकेन, विधानसभाको पहिलो बैठक नै आयोजना हुन सकेन । यसबीच रामविलास पासवानको लोक जनशक्ति पार्टीका २९ मध्ये २२ जना सांसदले भारतीय संविधानको दशौँ अनुसूची अनुसार पार्टी विभाजन गरी नितिश कुमारको पार्टीमा गाभिनेसम्मको तयारी गरे । यो अवस्था एमालेमै बसेर अर्को दललाई सहयोग गर्ने माधव नेपालको राजनीतिक वेश्यावृत्ति भन्दा गुणात्मक रूपले फरक हो भन्ने कुरा हाम्रो संवैधानिक इजलासले बुझ्नै चाहेको देखिएन । लोक जनशक्ति पार्टी कानुनी रूपले नै विभाजन गरी अन्य स्वतन्त्र र साना दल सहितको समर्थनमा भाजपा-नीतिशकुमार गठबन्धनले सरकार बनाउने आन्तरिक तयारी पूरा गरेको थियो । यसैबीच गभर्नर बूटा सिंहले बिहार विधानसभा भङ्ग गर्ने सिफारिश गरिदिए ।

    केन्द्रमा मनमोहन सिंह नेतृत्वको युपिए सरकारले भर्खरै चुनाव पछिको पहिलो वर्ष पूरा गरेको थियो । गभर्नरको सिफारिशमा विचार गर्न २००५ मे २२ का दिन राती ११ बजे क्याबिनेट बैठक बस्यो र सिफारिश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय लिइयो । राष्ट्रपति एपीजे अब्दुल कलाम रुस भ्रमणमा थिए । मस्कोको होटल केम्पिन्स्कीमा रातको तीनबजे उनलाई ब्युँझाइयो ।

    प्रधानमन्त्रीसँग टेलिफोन संवाद गराई खाली कागजको पुछारमा थोप्ला हालेको हरफमाथि हस्ताक्षर गर्न अनुरोध गरियो । राष्ट्रपति दिल्ली फर्किन अझै आठ दिन बाँकी हुने र त्यतिन्जेल विहारमा भाजपा समर्थित सरकार बनिसक्ने हुनाले त्यसलाई रोक्न राष्ट्रपतिद्वारा मस्कोबाटै बिहार विधानसभा भङ्ग गराइएको थियो । यसविरुद्ध विधानसभा सदस्य रामेश्वर प्रसाद सहितले सर्वोच्च अदालतमा मुद्दा दायर गरे । केन्द्रिय मन्त्रीपरिषदलाई गुमराहमा राखेको आदि कारण देखाएर विधानसभा भङ्ग गर्ने गभर्नर बूटा सिंहको सिफारिश असंवैधानिक भएको फैसला अदालतले दियो, तर उसले अम्बेडकरको ब्रम्हवाक्य पछ्यायो र घोषित चुनाव रोकेन ।

    विधान सभा पुनर्स्थापना गरेन, नयाँ मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएन । अनि के पुष्टि गर्न यो मुद्दाको फैसलालाई असार २८ गतेको हामो संवैधानिक इजलासले उद्धृत गरेको हो? रामेश्वर प्रसाद मुद्दाको सम्पूर्ण राजनीतिक घटनाक्रम बुझ्न यहाँ क्लिक गर्नुहोस् ।

    रामेश्वर प्रसाद मुद्दाकै सिलसिलामा भारतीय प्रधानन्यायाधीश वाईके सभ्रवालको एउटा भनाई असार २८ को फैसलाको प्रकरण ४५ मा ‘कोट’ गरिएको छ, जसमा भनिएको छ- गभर्नरको आशंका र कल्पनाका आधारमा लिइने कुनै पनि कदमले धारा ३५६ को दुरुपयोगलाई ठीक ठहर गर्न सक्दैन । उही फैसलाको प्रकरण ४ मा सभ्रवालसहितका बहुमत न्यायाधीशले यो पनि भनेका छन्- जनताबाट निर्वाचित व्यक्तिले कानुनलाई निरिह बनाएर अनैतिक आधारमा राजनीतिक दल परिवर्तन गर्ने कार्यलाई राम्रो मान्नुपर्छ भनी भारतका जनतालाई भुलाउन लोकतन्त्र स्थापना भएको होइन ।

    भारतको उदाहरणका रुपमा इजलासले रिफरेन्समा लिएका मुद्दाले फैसलाको Ratio Decidendi लाई कतैबाट पनि मद्दत गर्ने देखिंदैन । अदालत संविधानको व्याख्याता मात्र हो, संविधान नै बनाउने वा संशोधन गर्ने अधिकार उसलाई हुँदैन । हाम्रो इजलासले असार २८ गते संविधानको यो लक्ष्मणरेखा पनि नाघेको छ । सबैलाई जानकारीमा रहोस्, हालसम्म भारतमा करिब एक सय पटक विधान सभाहरू विघटन भएका छन् र सदर पनि भएका छन् । माथि चर्चा गरिएका फैसलापछि पनि विधानसभा विघटन भएका छन्, भविष्यमा पनि हुने नै छन् ।

    सबरिमाला विवाद र केशवानन्द भारतीका मुद्दामा भारतीय सर्वोच्च अदालतले गरेका फैसलाहरू कन्स्टिच्युसनल मोरालिटी (संवैधानिक नैतिकता) को पाठ पढाउन प्रकरण १११ मा उद्धृत छन् । यो सिद्धान्त गहन विषय भएको हुनाले अलग्गै अध्यायमा यसको आदि-अन्त्य केलाउनु पर्ने हुन्छ । सारांशमा के ठोकुवा गर्न सकिन्छ भने असार २८ को फैसलाले टिपेका भारतीय अभ्यासको सार्थकता परमादेससँग कतैपनि स्थापित हुँदैन । नेपाली जनताको राष्ट्रिय भावनालाई गिज्याउने, मुद्दामा देखिएका तथ्यगत परिवेशसँग मेल नखाने तथा भारतीय अभ्यासका अर्धसत्य टिपेर जारी गरिएको परमादेस निन्दनीय र घृणायोग्य छ । यस फैसलाका आधारमा संवैधानिक नैतिकताको खोजी गरिपस्दा व्यंग्य निबन्धकार भैरव अर्यालका यी प्यारोडी पंक्तिमा पुगिन्छ:

    थलिया भरि पस्की झिंगालु रस,
    खटिया उपरै कुती साथ बस
    खुब खाऊ चपाऊ पिऊ सुमरी
    अलकापुरी कान्तिपुरी नगरी ! ‘

    -आजको भाग केहि लामो हुन गएकाले यसको अर्थ र प्रसंग खोज्ने जिम्मा पाठकसमक्ष छाडिदिएका छौं !

    यो पनि पढ्नुस् :

    असार २८ को ‘ऐतिहासिक फैसला’ को पेटमा बोकाइएका ‘ऐतिहासिक झूट’ : भाग- १

    असार २८ को फैसलामा लिइएको पाकिस्तानका सैनिक तानाशाह जिया उल हकको सहारा : भाग- २

    बेलायती अभ्यासबारे असार २८ को फैसलामा प्रतिविम्बित अल्पज्ञान र त्रुटि : भाग- ३

    असार २८ का ‘बाइप्रोडक्ट’ देखिन शुरू, ऐतिहासिक फैसला’ मा श्रीलंकाको ‘ललिता निवास’ काण्ड : भाग- ४

  • असार २८ का ‘बाइप्रोडक्ट’ देखिन शुरू, ऐतिहासिक फैसला’ मा श्रीलंकाको ‘ललिता निवास’ काण्ड

    असार २८ का ‘बाइप्रोडक्ट’ देखिन शुरू, ऐतिहासिक फैसला’ मा श्रीलंकाको ‘ललिता निवास’ काण्ड

    काठमाडौं । पाठकवृन्द, गत असार २८ गते सर्वोच्च अदालतबाट जारी फैसला अध्ययन गर्ने क्रमको आज चौथो भागमा हामी आइपुगेका छौं । फैसलाको एक महिनापछि जसरी राजनीतिक दल विभाजन गर्न कानूनमा व्यवस्था गरिएको थ्रेशहोल्ड घटाएर अध्यादेशको तयारी गरिएको छ, संविधान च्यातिने प्रक्रियाको नयाँ चरण शुरु भएको छ ।

    मैदानमा खेलाडी फेरिएपछि आउन लागेको प्रस्तावित अध्यादेस यही फैसलाको घृणास्पद उप-उत्पादन हो । राज्यका अवयवहरू जरैदेखि हल्लाएर भत्काउनका लागि यो प्रपन्च भैरहेको तथ्य आगामी दिनमा अझ उदांगो हुँदै जानेछ । सुरुवातमा यसले आजसम्म व्यवस्थाको सहयोगी बनिरहेको एमालेलाई अलग थलग गर्दै फरक विद्रोहको डिलमा धकेल्ने देखिंदैछ, जसले अन्ततोगत्वा यो संविधान र व्यवस्थालाई चात्नेछ । आहिलेसम्म राजनीतिक संस्थापनको भूमिकाबाट विद्रोहतर्फ एमालेको यात्रा कष्टकर र विध्वंशक हुनेछ, जसको मूल्य हामी सबैले चुकाउनुपर्नेछ ।

    न्यायपालिकाको सबैभन्दा ठूलो शक्ति फैसला ठोक्ने अधिकार होइन, नैतिक धरातल र इमान हो । न्यायपालिकाकै धूरीबाट बेइमानीको बिगुल फुक्न पृष्ठभूमि तयार गर्ने व्यवस्थालाई कसैले जोगाउन सक्दैन । आरक्षणउपर भएको हालैको फैसलाका कारण समाजको एउटा तप्का यसै आन्दोलित छ । संसारभर अदालतले विवाद निरूपण गर्दछ । यहाँ सामाजिक र राजनीतिक विवाद चर्काउने दुष्कर्म भैरहेको छ । प्रधानन्यायाधीशसँग यसलाई सच्याउने आँट भएपनि फुलकोर्टका बहुमत न्यायाधीशसामु उनको निरीहता टीठलाग्दो छ । नत्र, एकपछि अर्को आधारहीन फैसला गर्ने न्यायाधीशलाई न्यायपरिषदबाट कारवाही गर्नुपर्दैन ? आफैं फैसलामा संलग्न प्रधानन्यायाधीशले के गर्न सक्छन् वा सक्दैनन् भन्ने अलग पक्ष छ । आँखै अगाडि न्यायपालिकाको इज्जत मैनबत्ती झैँ पग्लिएर तप्प तप्प झरिरहेको रमिता हेर्ने कि तत्काल कुनै उपाय लिने भन्ने दोबाटोमा प्रधानन्यायाधीश उभिएकोचाहिं स्पष्ट देखिन्छ ।

    असार २८ गते सर्वोच्च अदालतबाट जारी भएको परमादेशको अध्ययनका तीन भाग प्रकाशित भैसकेका छन् । पहिलो भागमा हमीले के देख्यौं भने फैसला लेख्ने न्यायाधीशले विकिपेडियाबाट दर्जनौं अनुच्छेदहरू चोरेर प्लेजियरिज्मको अद्भूत ‘प्राज्ञिकता’ देखाएका रहेछन् र त्यसरी चोरेका तथ्यलाई थप तोडमोड गरी झूट्टा कुरा लेखेका रहेछन् । त्यस खण्डमा क्यानाडाको अभ्यासबारे प्रस्ट पार्दा इजलासले होइन भनी ढाँटेको तर सन् २०११ मा स्टेफेन हार्परद्वारा गरिएको वास्तविक संसद विघटन र मध्यावधि निर्वाचनको चर्चा गरेका थियौं । गत आइतबार मात्र हालका प्रधानमन्त्री जस्टिन ट्रुडोले पनि दुई वर्षअघि निर्वाचित संसद विघटन गरी सेप्टेम्बर २० का लागि नयाँ आम चुनावको मिति तोकेका छन् ।

    दोस्रो भागमा देख्यौं- फैसला लेख्दा पाकिस्तानका पूर्व सैनिक तानाशाह जनरल जिया उल हकको एघार वर्षे कालो अध्यायका ती नजीर, जसलाई पाकिस्तानकै न्यायालयले हाल अघोषित रूपमा बहिस्कार गर्दछ, तिनैलाई टिपेर यहाँ परमादेश जारी गरिएको छ । पाकिस्तानको छिमेकी र हामी जस्तै सार्कको सदस्य रहेको अफगानिस्तान अहिले चर्चामा छ, तालिबानका कारण । सन् २०१८ मा मारिएका पाकिस्तानी कट्टरपन्थी धर्मगुरु सामी उल हकलाई ‘तालिबानका पिता’ पनि भनिन्छ । जनरल जियाले सामीको तालिबानी कट्टरपन्थलाई दुवै देशमा फैलाउन मद्दत गरेका थिए । दुबैका निम्ति जिहाद प्रिय थियो । अलिकति हेर्न मन लागे यहाँ क्लिक गर्नुहोस् ।

    तेस्रो भागमा बेलायतका अभ्यास तथा उदाहरणको घिनलाग्दो तोडमोड, अपर्याप्त अध्ययन, बेलायतमा नै नजीर नमानिएको फैसलालाई असार २८ को परमादेस जारी गर्न प्रयोग, अनि फिक्स-टर्म पार्लियामेन्ट्स कानुन उल्ट्याइएको भएपनि पुरानोको मात्र उल्लेख गरी फैसलालाई पंगु बनाइएको हामीले देख्यौं ।

    न्यायिक विचलन र कार्यक्षमताको गम्भीर अभाव देखिने यी भन्दा थप उदाहरण कहाँ खोज्ने ? यी तथ्यलाई कसैले चुनौती दिन सक्छ ? कोहि भए खोजी पाउँ ! र, त्यही फोहोरको डंगुरमा उभिएर संवैधानिक नैतिकताको परमादेस जारी भएको छ । हाम्रो दाबी छ: यो भन्दा दयनीय, हास्यास्पद र विचलित आदेश अर्को हुनै सक्दैन ।

    यस शृंखलामा आज हामी श्रीलंकाको अभ्यास भनी असार २८ को फैसलामा प्रयोग गरिएका उदाहरणको सप्रमाण, तथ्यपरक र बस्तुनिष्ठ अवलोकन गर्नेछौं । एकछिन हाँस्नेछौं र इजलासको बौद्धिक दिवालियाप्रति फेर एकपल्ट कुरीकुरी गर्नेछौं ।
    न्यायाधीशलाई न्यायिक सिद्धान्तको कखरा सिकाउने दुस्साहस गर्न खोजेको होइन, अल्पज्ञानी र अपठितहरूको जमातले कसरी नागरिकको विवेकलाई खिल्ली उडाइरहेको छ भन्ने प्रमाणित गर्न यो कर्म गर्नुपरिरहेको छ ।

    श्रीलंकाको कुरा गर्नुअघि नजीर र अभ्यासबारे छोटकरीमा केही चर्चा गर्न आवाश्यक छ, जसले अस्तिका विश्लेषण बुझ्न पनि थप मद्दत गर्दछ । नजीरको सिद्धान्तसम्बन्धी पुरानोमध्ये एउटा असाध्यै उपयोगी प्राज्ञिक लेख सन् १९१६ मा भर्जिनिया ल रिभ्यु जर्नलमा प्रकाशित भएको छ । यो लेख अलाबामा स्टेट बार एसोसिएसनमा भर्जिनिया ल स्कूलका संस्थापक डीन डब्लु एम लाइलले दिएको विद्वत्प्रवचनको सम्पादित अंश हो । पूरै पढ्न जाँगर चले यहाँ क्लिक गर्नुहोस् ।

    असार २८ को फैसलाको खोक्रोपन र प्राज्ञिक दिवालिया बुझ्न तथा न्याय र कानुनमा चाख हुनेका लागि Stare Decisis के हो र कसरी प्रयोग हुन्छ भन्ने बुझ्न यो लेखलाई वर्णमाला मानेर पढ्न शुरु गर्दा हुन्छ । वर्णमाला भनिसकेपछि विज्ञेषु किमधिकम्, कखरा नै हो ।

    तैपनि, यो लाइल को होला भन्ने लाग्नसक्छ, त्यसैले केहि वाक्य त्यसमा खर्चनुपर्ने देखिन आयो । सन् १९३५ सम्म अमेरिकी विश्वविद्यालयहरूमा कानुन अध्ययनका दुई तरिका थिए । स्नातक हरूलाई अदालती अभ्यासमा प्रवीण बनाउन विद्यार्थीहरूबाटै पुराना मुद्दाको फैसला विश्लेषण गराई डिग्री दिने प्रचलन हार्वर्ड ल स्कूलका प्राध्यापक क्रिस्टोफर ल्यांग्डेलले शुरु गराएका थिए, जसलाई ‘केसबुक सिस्टम’ वा सोक्रेटिक-केसबुक (सुकरातको जस्तै व्याख्यानबाट सिकाइने) पद्धति भनिन्छ ।

    कुनै एउटा विषयमा स्नातक गरेपछि एक वर्ष केसबुक पद्धतिको अध्ययनबाट वकील उत्पादन हुन्थे । यस पद्धतिको अध्ययन साँघुरो र अपर्याप्त थियो । यसबाट चतुर वकीलहरू त जन्मे, तर यसको ठूलो दोष के रह्यो भने असम्बन्धित मुद्दाका एकाध वाक्यहरू सिद्धान्तहीन ढंगले उद्धृत गरिंदा न्याय भड्किने सम्भावना बढ्यो, गहन विषयमा आवश्यक पर्ने गहिराई पुगेन ।

    आजकलको भाषामा यसलाई टापटिपे प्रवृत्ति भन्न सकिन्छ । यसलाई सुधार्न लाइलले भर्जिनिया ल स्कूलमा ‘प्राथमिक सिद्धान्त’ पद्दति शुरुवात गरे, जसबाट विद्यार्थीलाई कुनै पनि मुद्दामा सिद्धान्त र प्रारम्भ (केस प्रिन्सिपल एण्ड केस इन्सेप्सन)को प्राथमिक स्रोत (प्राइमरी अथोरिटी) सम्म पुग्न र अनुसन्धान गर्न आवश्यक प्राज्ञिक आधार उपलब्ध हुन थाल्यो । लाइलका बारेमा अलिकति हेर्न यहाँ क्लिक गर्नुहोस् । र, अझ विस्तृत हेर्न मन भए युनिभर्सिटी अफ रिचमण्ड ल रिभ्युको यो ऐतिहासिक लेख हेर्न यहाँ क्लिक गर्नुस् ।

    वकीलले इजलासमा बहस गर्दा आफूलाई सहयोग हुने घटना र उद्धरण पेस गर्दछ, तर न्यायाधीशले त्यसलाई फराकिलो क्यानभासमा राखेर क्षितिजसम्म हेर्दा मात्रै वास्तविक तस्वीर देखिन्छ भन्ने मान्यता यस अध्ययन पद्दतिबाट विकास भयो ।

    उनै लाइलले भर्जिनिया विश्वविद्यालयमा कानुन स्नातकको तीनवर्षे कोर्स सन् १९३२ देखि सुरुवात गराए । ल स्कूलमा करिब बत्तीस वर्ष डीन रहेपछि सन् १९३५ मा उनको मृत्यु हुँदासम्ममा सम्पूर्ण अमेरिकामा कानुन स्नातक बन्न तीन वर्ष अध्ययन हुनैपर्ने एकरुपता आइसकको थियो । यसैलाई क्रमशः अन्यत्र पनि अनुसरण गरिएको हो । जर्मनीमाचाहिं त्यसअघि नै कानुनमा तीन वा चार वर्ष (बाभेरियामा चार वर्ष, अन्यत्र तीन वर्ष) अध्यापन गराई स्नातक उपाधी दिइन्थ्यो । यसरी, लाइल आधुनिक कमन ल अध्यापनका प्राइमरी अथोरिटी मध्येका एक हुन् । माथि उद्धृत उनको लेख पढ्दै जाँदा बीचमा यो अनुच्छेद भेटिन्छ:
    ‘I think that a fairly accurate statement of the rule [of Stare Decicis], expressed in general terms, and as commonly received by the profession, would be this: decision by a court of last resort, in a litigated controversy, on a question of law necessarily involved in the judgment, becomes a precedent within that jurisdiction, for subsequent cases involving substantially similar facts. This, of course, excludes the decisions of courts foreign to the jurisdiction, and decisions of inferior domestic courts.’

    असार २८ को फैसलामा अस्ति प्रकरण ४८ हेर्दा देखिएको विकिपेडियाको झैं उल्टो अनुवाद वा तथ्यमा डकैती नहोस् भन्नका लागि के बुझौं भने नजीर लागू हुन कुनै पनि मुद्दामा उस्तै तथ्यहरू (substantially similar facts) हुनु पूर्वशर्त हो । यही अनुच्छेदको अन्तिम वाक्यका आधारमा प्रष्ट भन्न सकिन्छ – अमेरिकामा नजीर हुने मुद्दा हाम्रालागि तुलनीय उदाहरण (एनालोजी) मात्र हुन्छ । तर, जग्गा दलाली मुद्दाका एकाध वाक्य उद्धृत गरेर संसद पुनर्स्थापनाको मुद्दा छिन्नु वा प्रधानमन्त्री बदल्ने परमादेस दिनु नजीर वा एनालोजी दुबै होइन, हुनै सक्दैन । सन् १९१६ मा प्रकाशित माथिको लेखपछिका एक सय वर्षमा Stare Decisis कसरी न्यायिक सिद्धान्त (जुडिसियल डक्ट्रिन) का रूपमा विकास भयो भन्ने बुझ्न सन् २०१० मा प्रकाशित नोर्त्रे डेम ल जर्नलको यो लेख हेर्न यहाँ क्लिक गर्नुस् ।

    यस बीचको अवधिका जुनसुकै अध्ययनहरू हेरेपनि सन् १९१६ मा लाइलको प्रवचनदेखि नोर्त्रे डेमको उल्लिखित जर्नल लेखसम्म आइपुग्दा सिद्धान्तमा अपरिवर्तनीय एउटै कुरा छ: substantially similar facts । त्यसैले, अभ्यासको उल्लेख गरिने विषय ‘फलाना ठाउँमा त यस्तो पो लेख्या रहेछ’ भनी इतिहासको रछ्यानबाट फैसलाको पवित्र थालमा पस्किन मिल्ने फोहोर होइन । कुनै देशको न्यायपालिकाले स्वयं अस्वीकार गरेका काला अध्याय टिपेर कन्स्टिच्युसनल मोरालिटीका भाषण छाँट्ने दुस्साहस पनि होइन ।

    न्यायका सिद्धान्तमा नजीरजस्तै गूढ अर्थ एनालोजी अर्थात् तुलनीय उदाहरणको पनि हुन्छ । अहिले एनालोजीको अर्को व्याख्यातिर नजाउँ । खास कुरा के हो भने, असार २८ को फैसला हेरिसकेपछि दाबीका साथ भन्न सकिन्छ, यहाँ अदालतबाटै न्यायको अवहेलना भएको छ । लज्जास्पद तहको न्यायिक विचलन भएको छ, न्यायिक नैतिकताको ठाडो उल्लङ्घन भएको छ, संविधानको तेजोबध गरिएको छ । कुनै अनर्थ हुनुअघि नै सर्वोच्च अदालतले आफैं अग्रसर भई यसलाई सच्याउनु पर्दछ । हामी यस शृंखलाबद्ध विश्लेषण र असार २८ को फैसलाको अंग्रेजी अनुवादसमेत गरी विश्वलाई नेपाली न्यायाधीशको ‘प्राज्ञिकता’सँग अवश्य परिचित गराउनेछौं । न्यायको आसनमा बसेर गरिएको यो अपराधकर्म इतिहासमा अंकित हुनुपर्छ भन्ने हाम्रो अविचलित मान्यता छ ।

    श्रीलंकाका कुरा गर्ने भनिसकेपछि यतिका थप कुरा किन लेख्नुपरेको होला त ? यसको खास कारण छ । अन्य मुलुकका अभ्यासको लेखाजोखा कसरी र कुन सिद्धान्तका आधारमा गर्नुपर्छ भन्ने न्यायिक मार्गदर्शन छ, जसको पालना अदालतहरूले गर्नुपर्दछ भनी सम्झाउनै पर्ने भयो । राज्यका अंगहरू कार्यपालिका र व्यवस्थापिकाका सर्वस्वीकार्य विश्वव्यापी प्रणाली भएजस्तै न्यायपालिकाको पनि पद्धति छ । त्यसबाट बाहिर निस्केपछि अराजकता, विचलन, अज्ञान र अल्पज्ञानको प्रतिविम्बन हुन्छ । न्याय मर्छ ।

    असार २८ को फैसलामा विश्लेषण गरिएका श्रीलंकाली अभ्यासका उदाहरणले न्यायिक सिद्धान्तको हत्या भएको चश्मदीद प्रमाण पेश गर्दछन् । यसअघि हेरिएका अन्य मुलुकका अभ्यास जस्तै उक्त फैसलाको प्रकरण ४७ र ९२ मा हाम्रो संवैधानिक इजलासले श्रीलंकाका दुईवटा उदाहरण समातेको छ । र, तिनका अधारभूत तथ्यसमेतलाई मारेर दुबैको उल्लेख गरेको छ । मारेको हुनाले नै हत्या भनिएको हो, शब्दातिरेक उत्पन्न गर्न खोजिएको होइन ।

    पहिलो उदाहरण पेस गर्दै सन् २०१८ नोभेम्बरमा श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाद्वारा विघटित संसद सर्वोच्च अदालतले पुनर्स्थापना गरेको भनी प्रस्तुत गरिएको छ । यो आधा भन्दा पनि कम सत्य मात्रै हो ।

    आपसी राजनीतिक शक्ति संघर्षका कारण बहालवाला प्रधानमन्त्री रनिल विक्रमसिंघेलाई २५ अक्टोबर २०१८ मा अपदस्थ गरेपछि राष्ट्रपति सिरिसेनाबाट संसद विघटन भएको तथ्यलाई संवैधानिक इजलासले असार २८ को फैसलामा लुकाएको छ । श्रीलंकाको संविधानमा राष्ट्रपतिले प्रधानमन्त्री हटाउने प्रवाधान छैन । संसदको तल्लो सदनमा बहुमतको समर्थन रहेको आधार देखाउन सक्ने सांसदलाई राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त मात्रै गर्ने हो, हाम्रोमा जस्तै । त्यतिमात्र होइन, विक्रमसिंघेको स्थानमा पूर्वराष्ट्रपति महिन्दा राजपाक्षलाई संसदीय प्रक्रिया भन्दा बाहिरबाट २६ अक्टोबरमा प्रधानमन्त्री नियुक्त गरेपछि त्यसविरुद्धको प्रतिक्रियाबाट बच्न सिरिसेनाले प्रधानमन्त्रीको सिफारिस बेगर आफैं संसद विघटन गरेको तथ्यलाई पनि इजलासले लुकाएको छ ।

    राजपाक्षले दुईपल्ट मौका पाएपनि संसदमा बहुमत सिद्ध गर्न सकेनन्, त्यसैले प्रतिद्वन्द्वी विक्रमसिंघेलाई किनारामा पार्न सिरिसेनाले संसद विघटन गरेको तथ्यलाई पनि इजलासले लुकाएको छ । गत जेठ ८ गते हाम्रो प्रतिनिधि सभा विघटन हुँदा त्यसको पृष्ठभूमिमा श्रीलंकाको जस्तो कुनैपनि अवस्था विद्यमान छैन । यहाँ राष्ट्रपति र प्रधानमन्त्रीबीच द्वन्द्व छैन, प्रतिपक्षी नेता र राष्ट्रपतिबीच साँठगाँठ छैन, प्रधानमन्त्रीले सिफारिश नगर्दै हाम्रो प्रतिनिधि सभा विघटन भएको पनि होइन । श्रीलंकामा विपक्षी नेता महिन्दा राजापाक्षसँग मिलेर राष्ट्रपति सिरिसेनाले शृंखलाबद्ध रूपमा गरेका कार्य असंवैधानिक भएका हुनाले त्यसलाई संवैधानिक कू भनिएको छ । यो हेर्न यहाँ  क्लिक गर्नुस् ।

    अनि श्रीलंकाको त्यही संवैधानिक कू लाई देखाएर नेपालमा हाम्रो इजलासले आफ्नो न्यायिक कू पुष्टि गर्न खोजेको देखिन्छ ।

    श्रीलंकाली संविधानको १९ औँ संशोधनबारे विस्तृत अध्ययन नगरेका सिकारुले फैसला उद्धृत गरेको उदाहरणका रूपमा यसलाई लिन सकिन्छ । यस संशोधनबारे बुझ्न यहाँ क्लिक गर्नुस् ।

    यही मुद्दालाई फैसलाको ratio decidendi (निर्णयमा पुग्न लिइने दार्शनिक-सैद्धान्तिक-तथ्यगत आधार) पुष्टि गर्न प्रकरण ९२ मा पुनरुक्ति गरिएको छ । न्यायका आधारको शीर छेदन गरी कहाँको ‘कन्स्टिच्युसनल मोरालिटी’को कुरा गर्ने ? वास्तवमा असार २८ गतेको फैसला न्यायका कुनैपनि कोणबाट उपयुक्त छैन । समाजका हरेक तहबाट यसको सशक्त प्रतिरोध र प्रतिवाद गरिनुपर्दछ । गत वर्ष (२०२०, अक्टोबर) मात्रै श्रीलंकाको संसदले संविधानको बीसौं संशोधनद्वारा यी प्रावधानमा उल्लेख्य परिवर्तन गरिसकेको छ । तिनलाई उल्लेखसम्म नगरी कन्स्टिच्युसनल मोरालिटीको गफ दिनु असाध्यै अनैतिक र लाजमर्दो कुरा हो ।

    दोस्रो उदाहरणका रूपमा श्रीलंकाकी पूर्वराष्ट्रपति चन्द्रिका कुमारातुंगाविरुद्ध सन् २००८ मा सर्वोच्च अदालतले दिएको अर्को फैसला प्रकरण ९२ मा उल्लेख भएको छ । हाम्रो इजलाससामु प्रस्तुत नेपालको राजनीतिक विवाद र कुमारातुंगाविरुद्ध दायर त्यस मुद्दाको प्रकृतिका बीचमा आकाश जमिनको अन्तर देखिन्छ । यथार्थमा श्रीलंकाको सर्वोच्च अदालतमा परेको त्यस मुद्दालाई नेपालको ललिता निवास काण्डसँग हुबहु तुलना गर्न मिल्छ ।

    नेपालका प्रधानमन्त्रीहरू स्व. कृष्णप्रसाद भट्टराई, बाबुराम भट्टराई र माधव नेपाल समेतले नेपाल सरकारको स्वामित्वमा रहेको ललिता निवास परिसरको सयौं रोपनी जमिन व्यक्तिका नाममा दर्ता गराउन मन्त्रीपरिषदबाट निर्णय गराई अधिकारको दुरुपयोग गरेजस्तै श्रीलंकाकी तत्कालीन राष्ट्रपति चन्द्रिका कुमारातुंगाले पनि त्यहाँको मन्त्रीपरिषदबाट निर्णय गराई ‘वाटर्स एज’ भन्ने ठाउँको सयौं एकड जमिन वैदेशिक लगानी आउने भनी एक निजी कम्पनीका नाममा दिने प्रस्ताव स्वीकृत गराएकी थिइन् । यो हेर्न यहाँ क्लिक गर्नुस् ।

    मन्त्रीपरिषदले निर्णयपश्चात् उक्त निजी कम्पनीबाट कुमारातुंगा परिवारको निकट रहेका व्यापारी रोनी पेइरिस सहितका व्यक्तिहरूले जमिनको स्वामित्व प्राप्त गरेको देखिएपछि अवकाश प्राप्त सरकारी कर्मचारीहरू सुगथापाला मेन्डिस र राजा सेनानायके अदालत गएका थिए । पढ्न जाँगर चलाउनेका निम्ति उक्त फैसला सहजै इन्टरनेटमा उपलब्ध छ । फैसला हेर्न यहाँ क्लिक गर्नुहोस् ।

    जमिनको स्वामित्व निजीकरण गर्दा राष्ट्रपति कुमारातुंगाले संविधानप्रदत्त अधिकार नाघेर काम गर्न सरकारी कर्मचारीहरूलाई निर्देशन गरेको भनी त्यहाँको सर्वोच्च अदालतले फैसलामा लेखेको वाक्यलाई उद्धृत गरेर हाम्रो इजलासले असार २८ को फैसलासँग अप्रासंगिक रुपमा जोडेको छ । माथि चर्चा गरिएको टापटिपे प्रवृत्तिको यो भन्दा अर्को उदाहारण कतै पाइन्न ।

    राष्ट्रपतिले संविधानबमोजिम भनी गरेका कार्यहरू प्रधानमन्त्रीको सिफारिसमा हुने र त्यस्ता सिफारिसहरूको संवैधानिकता न्यायालयले परिक्षण गर्दा राष्ट्रपतिविरुद्ध मुद्दा हेरिएको ठहर हुँदैन भन्नका निम्ति यति कमजोर तर्कको सहारा लिनु आवश्यक थिएन । श्रीलंकाको त्यस मुद्दाको अर्को पक्ष के हो भने- यो मौलिक अधिकार र वातवरण संरक्षणसम्बन्धी मुद्दाका रूपमा दायर भएको थियो, राजनीतिक विवादको घटनाका रूपमा थिएन । कुमारातुंगा राष्ट्रपति पदबाटसमेत हटिसकेकी थिइन् । विस्तृतमा थप बुझ्न यहाँ क्लिक गर्नुहोस्  ।

    हाम्रो सर्वोच्च अदालतले ललिता निवास काण्डको मुद्दालाई सिरानी हालेर उस्तै प्रकृतिको श्रीलंकाली मुद्दालाई असार २८ को फैसलामा विनाआधार उद्धृत गरेको देखिन्छ । श्रीलंकाको सर्वोच्च अदालतले उक्त जमिन सरकारकै नाममा फिर्ता गर्दै त्यहाँ सरकारी कार्यालयहरू राख्ने, कुमारातुंगालाई ३० लाख रुपयाँ जरिवाना गर्ने र दोषी ठहरिएका अन्यलाई सोहीबमोजिम जरिवाना र सजाय गर्ने फैसला सुनाएको थियो । ललिता निवास मुद्दामा हाम्रो अदालतले त्यस्तै हिम्मत गर्न सक्छ ?

    अन्तर्राष्ट्रिय अभ्यास र अनुभवको सम्बन्धलाई असार २८ को फैसलासँग जोडिएको आधार खोजी गर्दा केहि गम्भीर अन्तरविरोधहरू पनि सामुन्ने आउँछन् । फैसलाको प्रकरण ४३ मा इजलासले भनेको छ- परम्परागत वेस्टमिन्स्टर मोडेलका केहि सूत्रहरुको मात्र अन्धानुकरण गर्नु हाम्रा लागि बुद्धिमत्तापूर्ण कार्य हुँदैन । प्रकरण ४५ मा भनिएको छ- बेलायती अभ्याससँग धेरै हदसम्म मिल्दोजुल्दो बहुदलीय संसदीय प्रणाली भारतले अपनाएको छ । त्यसपछि प्रकरण ७१, ८८ र ९२ मा आफ्ना निर्णयका आधार पुष्टि गर्न यिनै अभ्यासका सूत्रहरू पुनरुक्ति गर्दै अन्धानुकरण नै गरिएको छ ।

    यसरी न्यायिक सिद्धान्तको विचलन मात्र होइन, होइन फैसलाको प्राविधिक संरचनामा सर्वोच्च अदालतले पालना गर्दै आएका आधारलाई समेत असार २८ को फैसलामा नष्ट गरिएको छ । हरेकजसो बुँदामा कर्तुतहरू बग्रेल्ती देखेपछि भन्न कर लाग्छ- संवैधानिक नैतिकताको प्रवचन दिने असार २८ को फैसला घृणा र प्रतिवादका लागि मात्र योग्य छ । अदालतको आफ्नै इज्जत र प्रतिष्ठालाई यस फैसलाले पूर्ण रूपमा धुलिसात पारेको छ । न्यायाधीशहरूमा कार्यक्षमताको अभाव देखिने अत्यन्तै गम्भीर प्रमाणका रूपमा लिंदै यसलाई सच्याउन प्रधानन्यायाधीश स्वयं अग्रसर भई तत्काल ठोस पहल गर्नुपर्दछ ।

    यो पनि पढ्नुस् :

    असार २८ को ‘ऐतिहासिक फैसला’ को पेटमा बोकाइएका ‘ऐतिहासिक झूट’ : भाग- १

    असार २८ को फैसलामा लिइएको पाकिस्तानका सैनिक तानाशाह जिया उल हकको सहारा : भाग- २

    बेलायती अभ्यासबारे असार २८ को फैसलामा प्रतिविम्बित अल्पज्ञान र त्रुटि : भाग- ३

    (अर्को भागमा भारतीय अभ्यासबाट टिपिएका उदाहरणको विश्लेषण गरिनेछ । प्रकरण भन्नाले फैसलाका बुँदाहरू भन्ने निवेदन गर्दछौं । )

  • बेलायती अभ्यासबारे असार २८ को फैसलामा प्रतिविम्बित अल्पज्ञान र त्रुटि

    बेलायती अभ्यासबारे असार २८ को फैसलामा प्रतिविम्बित अल्पज्ञान र त्रुटि

    काठमाडौं । गएका दुई शृंखलामा हामीले असार २८ को फैसलाका प्रकरण ४६४८ को विश्लेषण गरेका छौं । सबै प्रकरणमा लेखिएका विषयलाई क्रमैसँग खोतल्दै जाँदा पनि फरक पर्ने थिएन । पाठकहरूसामु फैसलाको कमजोर धरातलको यथार्थ चित्रण राखिदिन हामीले खास प्रकरणहरू छानेर सुरुवात गरेका हौँ । सबै प्रकरणमा हामी मेलैमारी पस्नेछौं ।

    ज्ञातव्य रहोस्, प्रकरण ३१ देखि फैसलाको ठहर आदेश खण्ड शुरु भएको छ । प्रकरण ४८ मा सत्यको तोडमोड र प्रकरण ४६ मा ‘कमन ल’का आधारभूत न्यायिक सिद्धान्तबाट गम्भीर विचलन भएको हामीले देख्यौं, सप्रमाण। अत्यन्तै महत्वपूर्ण र नभनी नहुने तथ्य भाग २ मा छुटेको छ- पाकिस्तानकै सर्वोच्च अदालतले विवादित प्रधानन्यायाधीश इफ्तिखार चौधरीको समयदेखि जनरल जिया उल हकको छायामा गरिएका राजनीतिक मुद्दाका फैसलालाई नजीरको रूपमा उद्धृत गर्दैन । उस्तै जन्ड व्यवस्था आए भोलि उल्टिन सक्ला । तर, विगत एक दसकमा त्यसलाई अघोषित ‘कन्भेन्सन’ मानिएको तथ्य अस्तिका दुई रिफरेन्समा उल्लेख भएको छ । चौधरी र उनको शैलीबारे थप हेर्न यहाँ क्लिक गर्नुस् ।

    पाकिस्तानी इतिहासको कालो अध्याय मानेर उनीहरूले नै अग्राह्य ठानेका मध्येको सन् १९८९ को फैसलाले असार २८ गते हाम्रो सर्वोच्च अदालतको फैसलामा ‘विधि शास्त्रीय मान्यता विकास भएको’ अभ्यासका रूपमा स्थान पाएको छ । छैन त गज्जप ?

    पाकिस्तान सहितका यी अभ्यासहरू किन असार २८ को फैसलामा उद्धृत गर्नुपरेको भनी हाम्रो ‘प्राज्ञिक’ फैसलाको प्रकरण ४२ मा व्याख्या गरिएको छ । विभिन्न मुलुकका अभ्यास र अनुभवहरूको महत्व दर्शाउँदै त्यहाँ लेखिएको छ:

    ‘प्रस्तुत विवाद निरूपणका सन्दर्भमा संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्य मान्यता तथा संसदीय प्रणाली भएका मुलुकको अभ्यासतर्फ दृष्टि दिनु आवश्यक छ । लोकतान्त्रिक मूल्य मान्यताको जगेर्नाका लागि अन्यत्रका सुखद, सफल र असल प्रयोगहरूको अनुसरण गर्नु वा त्यसबाट लाभ प्राप्त गर्नु बान्छित कुरा पनि हो । तर अन्यत्र गरिएको प्रयोग वा प्रचलनको अनुसरण गर्दा हाम्रो संविधानमा रहेका प्रावधानको सापेक्षतामा नै हेरिनु र ग्रहण गरिनुपर्दछ ।’

    यसरी फैसलाकै व्याख्या अनुसार, ठहर खण्डमा अस्ति हामीले विश्लेषण गरेका प्रकरण, आज हेर्न लागिएका बेलायतसम्बद्ध प्रकरण ४३ र ४४, भारतको अनुभव उल्लेख भएको ४५ तथा श्रीलंकाको अनुभव सामेल भएको ४७ र ९२ को मूलभूत उद्धेश्य उल्लिखित अभ्यासहरू हाम्रो संविधानको सापेक्षतामा ग्रहण गरी फैसलाको निष्कर्षलाई सघाउनु हो । हामीले पाकिस्तानी ‘संसदीय प्रणालीको आधारभूत मर्म’बाट पर्याप्त लाभ पाइसक्यौं र त्यसले कन्स्टिच्युसनल मोरालिटी र संसद पुनर्स्थापनालाई ‘हाम्रो संविधानको सापेक्षतमा’ कसरी उल्टोतिरबाट सघाएको छ भन्ने थाहा पाइसक्यौं ।

    बेलायतका तीन उदाहरण हेरेपछि हल्का रिंगटा चल्छ, टाउको घुम्छ र व्यंग्य निबन्धकार भैरव अर्यालको टाउको निबन्धका यी पङ्क्ति स्मरण हुन्छन् ।

    प्रकरण ४८ मा तथ्यको तोडमोड, प्लेजियारिजम, विकिपेडियाबाट गरिएको चोरी तथा प्रकरण ४६ मा प्रतिविम्बित जनरल जिया उल हकको छायाले प्रकरण १११ र ११२ को निष्कर्षमा उल्लेख संवैधानिक नैतिकतालाई गिज्याएको पनि हामीले दिनको घाम झैं छर्लंग देख्यौं । आज यस आलेखको मूलभूत विषयवस्तु प्रकरण ४३ मा उल्लिखित वेस्टमिन्स्टर मोडेलको जननी मानिने बेलायती अभ्यासका विश्लेषणलाई नियालेर हेर्नु हो ।

    असार २८ गते संवैधानिक इजलासले गरेको फैसलाका प्रकरण ४३ र ४४ मा इजलासले बेलायती संसदीय अभ्यासका तीनवटा उदाहरण उल्लेख गर्दै त्यसलाई वेस्टमिन्स्टर मोडेलको अनुभव भनी मानेको छ । वेस्टमिन्स्टर मोडेलको संसदीय प्रणालीमा प्रधानमन्त्रीलाई संसदको तल्लो सदन (हाम्रो सन्दर्भमा प्रतिनिधि सभा) विघटन गर्ने निर्बाध अधिकार रहने भनी दावी गरिंदै आएको भएतापनि बेलायतमा समेत संसदको तल्लो सदन हाउस अफ कमन्स सितिमिति विघटन गर्नुहुँदैन भन्ने अभ्यास र विधिशास्त्र विकास हुँदै आएको भन्ने पुष्टि गर्न यी तीन उदाहरण प्रयोग गरिएको तथ्य फैसलाले आफैं भनेको हुनाले ती अभ्यास उद्धृत गरिनुको उद्धेश्यबारे थप चर्चा गरिरहनु परेन ।

    बेलायतका तीन उदाहरण हेरेपछि हल्का रिंगटा चल्छ, टाउको घुम्छ र व्यंग्य निबन्धकार भैरव अर्यालको टाउको निबन्धका यी पङ्क्ति स्मरण हुन्छन्:

    ‘टाउको भनेको कस्तो हुन्छ ? म पढेको मास्टर, नपढेको कुरा जान्दिनँ । नपढेको कुरा बुझ्न गिदी चाहिन्छ गिदी । गिदी भनेको टाउकाको गुदी हो, लिपि घोटेर लेपेको लेप होइन, तर मसँग गिदी छैन, त्यसैले टाउकाको अर्थ पनि छैन ।’

    कसरी ? संसदीय प्रणालीको मुहान मानिने बेलायतको भनिएका अभ्यासमध्ये असार २८ को फैसलामा एउटा प्राज्ञिक सन्दर्भ सामाग्री, एउटा कानुन र एउटा नजीर समावेश छन् । तीनवटै उदाहरण अपूर्ण रूपमा प्रयोग भएका छन् र तिनमा तथ्यगत त्रुटीहरू छन् । फिक्स टर्म पार्लियामेन्ट्स एक्ट, जसलाई सजिलोको लागि यस आलेखमा फिपा कानुन भनिएको छ, त्यसको अपेक्षित उल्लेख छ । तर, त्यसमा संसदले गरेको पछिल्लो संशोधनलाई पूरै छोडिएको छ, जुन फैसलाको गम्भीर त्रुटी हो । यस फैसलामा बारम्बार यस्ता लज्जास्पद पक्षहरू दोहोरिएका छन् । बेलायती सर्वोच्च अदालतले प्रतिपादन गरेको तेस्रो नजीरलाई फिपा कानुनको पछिल्लो सुधारले स्वत: शून्य बनाएको छ । हाम्रो फैसलाले त्यसैलाई ‘फेस भ्यालु’ मा टपक्क टिपेर राखिदिएको छ । ‘कमन ल’ अभ्यासमा यसरी कानुनको अंशसँग बाझ्नेगरी भएको न्यायिक कार्यलाई समेत दण्डनीय ‘विलफुल ओमिसन’ मानिन्छ । यसबारे थप बुझ्न यहाँ क्लिक गर्नुस् ।

    अब आउनुहोस् पाठकवृन्द, फैसलामा उल्लिखित बेलायती प्रसंग र तिनका वास्तविक स्रोतलाई एक-एक गरी हेरौं । दूधको दूध, पानीको पानी भैहाल्छ ।

    बेलायतको प्राज्ञिक उदाहरणका रुपमा इंग्लिश ल्यांग्वेज बुक सोसाइटीद्वारा प्रकाशित ए डब्लु ब्राड्लीद्वारा सम्पादित कन्स्टिच्युसनल एण्ड एडमिनिस्ट्रेटिभ ल नामक पुस्तकको नवौं संस्करण भित्र इसीएस वेड र जी गडफ्रे फिलिप्सद्वारा लेखिएको वा उनीहरुले कुनै स्रोतबाट उल्लेख गरेका उद्दरण सामेल छन् । त्यो उद्धरण के हो र त्यसमा के छ भन्नुअघि सम्बन्धित पुस्तककै बारेमा केहि भन्नु अत्यावश्यक हुन गएको छ । यो पुस्तक इसीएस वेड र जी गडफ्रे फिलिप्सको लेखन/सम्पादनमा सन् १९३१ देखि प्रकाशित हुन थालेको रहेछ । नवौं संस्करण १९७७ मा निस्केको देखिन्छ, करिब ४३ वर्षअघि ।

    यो संस्करण ब्राडलीको एकल सम्पादनमा निस्केको हो । यसमै फैसलाले पहिलो गल्ती गरेको छ । मुख्य कुरा हाल यो पुस्तकका चौधौं (२००७) र पन्ध्रौँ (२०१७ पुनर्मुद्रण) संस्करण चल्तीमा छन्, जसको सम्पादकमा सन् १९९३ को एघारौँ संस्करणदेखि ब्राड्ली सँगै के डी एविंग पनि थपिएका छन् । यो त्रिचालीस वर्षमा किताब संशोधित र पुनर्लिखित भएको छ भन्नेमा आशंका छैन । किताबमा लेखेको कुरो कालान्तरमा फेरिन सक्छ भनेर नै सकेसम्म नयाँ संस्करणसँग व्यवहार गर्नुपर्छ भन्ने बुझ्न माथि उद्धृत भैरव अर्यालको निबन्धका पङ्क्ति बुझ्नुपर्छ, पढेर मात्र पनि भएन ।

    यस किताबको चौधौं संस्करण हेर्दा प्रकाशक शुरुदेखि नै पियर्सन बुक्स रहेकोजस्तो देखिन्छ । तर, अहिले विवाद गर्नुपर्ने विषय प्रकाशक को हो भन्ने होईन । त्यसैले सीधा विषयवस्तुमा नै जाउँ, पृष्ठभूमिसहित ।

    सन् १९५० को आम चुनावमा लेबर पार्टीले ल्याएको झीनो बहुमत समस्यामा परेपछि सम्भावित उपायबारे छलफल हुँदा राजा जर्ज छैटौंका स्वकीय सचिवले हाउस अफ कमन्सको सम्भावित विघटनबारे राजालाई दिएका सुझाव फैसलाले उठाएको उद्धरणमा छन् । फैसलामा नभएपनि यहाँ उल्लेख गर्नुपर्ने के छ भने ती स्वकीय सचिवको नाम एलन लासेल्स हो ।

    फैसलाका हरेकजसो प्रकरणमा न्यायिक जिम्मेवारीको अभाव, प्राज्ञिक बेइमानी, सैद्धान्तिक विचलन र कार्य क्षमतामा गम्भीर कमजोरी देखिने उदाहरण बग्रेल्ती छन्, जसले कन्स्टिच्युसनल मोरालिटीको प्रवचनलाई कुरी-कुरी गर्दछन् । त्यसैले प्रश्न छ: झूट र बेइमानीको दलदलमा उभिएर प्रकरण १११ र ११२ मा कन्स्टिच्युसनल मोरालिटी लगाउने ?

    लासेल्सका ती सुझाव २ मे १९५० को ‘द टाइम्स’ पत्रिकामा ‘सेनेक्स’ उपनामबाट लेखिएको पाठक पत्रद्वारा सार्वजनिक भएका थिए (फोटो: म्याथ्यु बेली) ।

    संसद आफ्नो काम गर्न सक्षम र जीवन्त छ, आम निर्वाचनले मुलुकको अर्थव्यवस्थामा अतिरिक्त भार पर्छ, र प्रधानमन्त्रीसँग संसदमा बहुमत कायम छ भनी राजालाई लागेमा राजाले विघटन रोक्न सक्ने सुझाव लासेल्सले दिएको देखिन्छ, जसलाई कालान्तरमा लासेल्स प्रोटोकल नामाकरण गरियो । यसबारे थप हेर्न यहाँ क्लिक गर्नुहोस् ।

    सन् २००७ मा छापिएको चौधौं संस्करणमा लासेल्स सिद्धान्तको पूर्ण पाठ पृष्ठ २२७ को साटो २५० मा पुगेको छ, जसमा सप्रसंग यो पनि उल्लेख छ- यी सुझावका शर्तहरू पूरा हुन असम्भवप्राय छन् र प्रधानमन्त्रीबाट सिफारिस भैसकेपछि संसद विघटन नगर्नु राजाका लागि असम्भव छ । पृष्ठ २५८ मा रानीको विशेषाधिकार शीर्षकको च्याप्टरमा थप उल्लेख छ: संसद्को आव्हान, स्थगन र विघटन रानीको विशेषाधिकार हो ।

    फैसलामा प्रयुक्त लासेल्स सिद्धान्तको उद्धरण यही कारण अपूर्ण र पुस्तकले अन्तरसम्बन्धित राखेको प्रसंग छाडेर उल्लेख भएको छ भनिएको हो । कितावमा उही उद्धरणको प्रस्टीकरणमा भनिएका यी कुरा त्रिचालिस वर्षअघिको संस्करणमा थिएनन्? प्राज्ञिक बेइमानीको यस्तो तरिकालाई ‘कोटिंग आउट अफ कन्टेक्स्ट फ्यालसी’ भनिन्छ । यस्तो बेइमानीबारे उदाहरणसहित थप हेर्न यहाँ क्लिक गर्नुहोस् ।

    अब के इमानले कन्स्टिच्युसनल मोरालिटीको कुरा गर्ने ? फैसलाका हरेकजसो प्रकरणमा न्यायिक जिम्मेवारीको अभाव, प्राज्ञिक बेइमानी, सैद्धान्तिक विचलन र कार्य क्षमतामा गम्भीर कमजोरी देखिने उदाहरण बग्रेल्ती छन्, जसले कन्स्टिच्युसनल मोरालिटीको प्रवचनलाई कुरी-कुरी गर्दछन् । त्यसैले प्रश्न छ: झूट र बेइमानीको दलदलमा उभिएर प्रकरण १११ र ११२ मा कन्स्टिच्युसनल मोरालिटी लगाउने ? सोसल र पोलिटिकल मोरालिटीको भाषण दिने ? जुडिसियल मोरालिटी भन्ने हुन्छ कि हुँदैन ? यो चानचुने कुराले उम्किने विषय होइन, देश र जनताप्रति गरिएको गम्भीर घात र अपमान हो । हरेक तह र तप्काबाट यसको सशक्त प्रतिरोध र प्रतिवाद गरिनुपर्दछ ।

    असार २८ को फैसला र लासेल्स सिद्धान्तसँग सम्बन्धित अझै रोचक कुरा बाँकी छन् । यसको पृष्ठभूमि सन् १९५० र ५१ को बेलायती आम चुनावसँग सम्बन्धित भएकाले यसबारे अलिकति इतिहास पल्टाउँदा सहजै विस्तृतमा बुझ्न सकिन्छ ।

    सन् १९५० को फेब्रुअरीमा सम्पन्न आम निर्वाचनमा हाउस अफ कमन्सका ६२५ सीट मध्ये लेबर पार्टीले ३१५ सीट जित्यो, क्लेमेन्ट एटली प्रधानमन्त्री निर्वाचित भए । एटली क्याबिनेटका अर्थमन्त्री स्ट्याफोर्ड क्रिप्स बिरामी भएका कारण केहि महिनामा नै राजिनामा दिए, विदेशमन्त्री अर्नेस्ट बेभिनको मृत्यु भयो, अरू दुई मन्त्रीहरू अनेरिन बेभन र ह्यारोल्ड विल्सनको समेत राजिनामा भएका कारण सरकार विवादमा पर्दै गयो । फलत: केवल तीन सीटको मात्र बहुमतमा रहेका प्रधानमन्त्री एटलीको दलका थप केहि सांसदहरू निस्क्रिय हुने देखिएपछि सरकारले बहुमत गुमाएको दाबी विपक्षी कन्जरभेटिभहरूले गर्न थाले ।

    राजा जर्ज छैटौं सन् १९५२ मा कमनवेल्थ राष्ट्रहरूको लामो भ्रमणमा निस्कन चाहान्थे । तर, एटलीको सरकार हल्लिन थालेकाले आफू विदेशमा भएकै बेला सरकार ढले के गर्ने भन्ने राजाको चासो थियो, जसबारे चलेको छलफलमा राजालाई स्वकीय सचिवबाट माथि उल्लिखित सुझाव प्राप्त भएका थिए । त्यसको केवल छ वर्ष अघि मात्र रोकिएको दोस्रो विश्वयुद्धमा सहभागी प्रमुख शक्ति राष्ट्र भएको हुनाले बेलायत अझैपनि त्यस महायुद्धका परकम्प महसुस गररहेको थियो ।

    सन् १९५० मा नै, जब बेलायतमा सरकारको बहुमतबारे विवाद छेडियो, उत्तर कोरियाले दक्षिणमाथि आक्रमण गर्‍यो । शीतयुद्धको तनाव बढ्दा पश्चिमा राष्ट्रले बेलायती सैन्य भूमिकाको खोजी गर्न थाले । यस्तो बेला नयाँ आम चुनाव भएमा मुलुकलाई थप आर्थिक भार पर्ने तर्कहरू त्यत्तिकै जबर्जस्त थिए । यी प्रश्नका बाबजुद व्यवहारमा लासेल्सका सुझावलाई दरबारले रद्धीको टोकरीमा फ्यालिदियो भन्दा कुनै फरक पर्दैन, किनभने सेप्टेम्बर १९५१ मा हाउस अफ कमन्स विघटन गरी अक्टोबरमा चुनाव गर्ने प्रधानमन्त्री एटलीको सिफारिश राजाबाट तत्काल स्वीकार भयो । यस इतिहासको छोटकरी हेर्न यहाँ क्लिक गर्नुस् ।

    संसद विघटन भई अघिल्लो चुनावको २० महिनामा नै दोस्रो आम चुनाव भयो, जसबाट सर विन्स्टन चर्चिल फेरि बहुमतसहित सत्तामा फर्किए । एकहत्तर वर्षअघि बेलायतका राजाले फ्याँकिदिएका तिनै सुझाव असार २८ गते हाम्रो गणतन्त्रको सर्वोच्च अदालतले इतिहासको डस्टबिनबाट टिपेर किन रिफरेन्समा राख्यो भन्ने प्रश्नको जवाफ कहाँ छ? ती सुझाव कुनै कानुन वा स्थापित सिद्धान्त होइनन्, शिष्टाचारका बुँदा मात्र थिए ।

    यतिबाटै स्पष्ट हुन्छ फैसलामा जोन एल्डरको पुस्तकबाट लासेल्स सिद्धान्तलाई थप बल दिन लिइएको दोस्रो भनाईको रौँ जति पनि ‘भ्यालु’ छैन । हाउस अफ कमन्समा वैकल्पिक सरकार बन्नसक्ने, चुनावले राष्ट्रिय हितमा आघात पार्ने वा प्रधानमन्त्रीले असंवैधानिक काम गरेको भन्ने गोश्वारा आधार देखाएर बेलायतमा आजसम्म न कुनै विघटन रोकिएको छ, न रोकिने सम्भावना नै छ ।

    असार २८ गतेको फैसलाले गरेको गम्भीर त्रुटि के हो भने २०११ को यस कानुनलाई संशोधन गरी पुरानै अवस्थामा फर्काउन बेलायतकै संसदमा धेरै अगाडि बढेको प्रक्रिया र दस्तावेजप्रति इजलासले आँखा चिम्लेको छ । यो असाध्यै गम्भीर गल्ती हो, जसले फैसलामा अनर्थ हुन गएको छ ।

    हाम्रो फैसलाको Ratio Decidendi लाई कतैबाट नसघाउने, बरू उल्टो प्रत्यर्थीका दावीलाई पुष्टि गर्ने समकक्षी अनुभवका रूपमा यसलाई लिन सकिन्छ । अभ्यासहरू बारे चर्चा गरिसकेपछि अर्को कुनै एउटा खण्डमा Stare Decisis र Ratio Decidendi का सिद्धान्तबारे छुट्टै चर्चा गरिनेछ । भारतका पूर्व प्रधानन्यायाधीश वाई के सभ्रवालको This court is sentinel que vive भन्ने भनाई कोट गरिएको एउटा प्रकरण झनै हास्यास्पद छ । ती सबैलाई एकै ठाउँ राखेर विश्लेषण गर्दा छुट्टै ऐना देखिनेछ ।

    अहिलेलाई लागौं फैसलाले उल्लेख गरेको सन् २०११ मा बेलायती संसदद्वारा जारी ‘फिक्स-टर्म पार्लियामेन्ट्स एक्ट’ (फिपा) तर्फ, जसका बारेमा फैसलाको बुझाई माथिका उद्धरण भन्दा धेरै गम्भीर र त्रुटीपूर्ण देखिन्छ । यस कानुनले बेलायती हाउस अफ कमन्सको कार्यकाल सामान्यता: पाँच वर्षको रहने, पाँच वर्षको चक्र पूरा भएपछि हुने चुनावभन्दा २५ दिनअघि मात्र हाउस विघटन गर्न पाइने र हाउस आफैंले शीघ्र चुनावका पक्षमा बहुमतले निर्णय गरेको खण्डमा मात्र विघटन हुनसक्ने व्यवस्था गरेको साँचो हो ।

    असार २८ गतेको फैसलाले गरेको गम्भीर त्रुटि के हो भने २०११ को यस कानुनलाई संशोधन गरी पुरानै अवस्थामा फर्काउन बेलायतकै संसदमा धेरै अगाडि बढेको प्रक्रिया र दस्तावेजप्रति इजलासले आँखा चिम्लेको छ । यो असाध्यै गम्भीर गल्ती हो, जसले फैसलामा अनर्थ हुन गएको छ । न्यायपालिकाको शीर सर्वोच्च अदालतमा स्रोत साधन सहजै उपलब्ध हुने र न्यायमूर्तीहरू पनि ‘असाध्यै प्राज्ञिक’ भएको हुँदा फिपा कानुनको अद्यावधिक विकासक्रमबारे इजलासलाई जानकारी नहुने कुरा असम्भव छ । जानकारी नभएको हो भने त्यो कार्यक्षमताको गम्भीर अभाव हो । जानकारी भएर पनि वेवास्ता गरिएको हो भने त्यो न्यायिक अख्तियारको घोर दुरुपयोग हो, अपराध हो ।

    डिसेम्बर २०२० मा जुनबेला हाम्रो प्रतिनिधि सभा पहिलोपल्ट विघटन हुँदैथियो, त्यसैबेला बोरिस जोन्सन सरकारले फिपा संशोधन गर्न मस्यौदा विधेयक हाउस अफ कमन्समा टेबल गरेको थियो । यस विधेयकले विघटनको व्यवस्थालाई २०११ भन्दा अगाडिकै अवस्थामा फर्काउने, अर्थात् मन्त्रीपरिषदको निर्णयसहित प्रधानमन्त्रीले सिफारिस गरेको अवस्थामा रानीले कुनैपनि वखत हाउस विघटन वा स्थगन गरी नयाँ चुनावको मिति तोक्न सक्ने व्यवस्था गरेको छ । यस लगत्तै बेलायतको संसदले फिपा पुनरावलोकन गर्न र सरकारद्वारा प्रस्तुत विधेयकउपर थप अध्ययन गर्न कन्जरभेटिभ पार्टीका प्रमुख सचेतक लर्ड म्याकलोफ्लिनको अध्यक्षतामा दुवै सदनको संयुक्त समिति गठन गरिदिएको छ ।

    समितिले २४ मार्च २०२१ अर्थात २०७७ फागुनमा हाम्रो प्रतिनिधि सभा पुनर्स्थापना भएकै समय आसपास उक्त विधेयक स्वीकृत गरी सदनमा मतदान गर्न ठिक्क पारेर राखेको छ । समितिद्वारा पारित अन्तिम प्रतिवेदन र त्यसलाई सरकारले स्वागत गर्दै संसदमा दिएको जवाफसहितका दस्तावेज र प्रक्रिया समितिको आधिकारिक वेबसाइटमा हेर्न यहाँ क्लिक गर्नुहोस् ।

    संयुक्त समितिको प्रतिवेदन उतिबेला नै सार्वजनिक पनि भैसकेको छ । बेलायतमा एकहत्तर वर्षअघि राजाका स्वकीय सचिवले दिएको अनि राजाद्वारै रद्दीको टोकरीमा फ्याँकिएको सुझावलाई रिफरेन्समा लिएको हाम्रो असार २८ गतेको फैसलाले बेलायतकै निर्वाचित संसदको संयुक्त समितिले पास गरेर हाउसमा मतदान गर्न ठिक्क पारेको फिपा कानुन उल्ट्याउने प्रस्तावलाई रिफरेन्समा नलिनु सबैभन्दा हास्यास्पद र लज्जास्पद पक्ष हो । इजलासको कमजोर प्राज्ञिक धरातल र पूर्वाग्रहलाई यसले छर्लङ्ग पारेको छ ।

    संसारलाई थाहा छ बेलायतमा लिखित संविधान छैन । त्यसकारण संसदीय सर्वोच्चताको परम्परा अनुसार संसदबाट कुनै विधेयक पास हुन बाँकी भएपनि संसद्को समितिले उक्त विधेयकलाई अन्तिम रूप दिएको छ भने अदालतहरू त्यो विषयमा प्रवेश गर्दैनन् । यो त्यहाँको परम्परा हो ।

    फिपा कानुन तत्कालीन प्रधानमन्त्री डेभिड क्यामरोनले संसद्को तेस्रो ठूलो दल लिबरल डेमोक्र्याट पार्टीका नेता निक क्लेगसँगको आफ्नो मिलिजुली सरकार जोगाउन ल्याउनुभएको थियो । सरकारमा उपप्रधानमन्त्री रहनुभएका क्लेगको पार्टी तत्काल मध्यावधि चुनावमा जान तयार थिएन । सहयात्री लिबरल डेमोक्र्याटलाई खुसी राखेर सरकार जोगाउनका लागि फिपा कानुन पास गर्न क्यमारोन तयार हुनुभएको थियो ।

    फिपाको उद्धेश्य पूरा भैसक्यो र अब आवश्यक छैन भन्ने निष्कर्षसहित गत चुनावमा दुवै मुख्य राजनीतिक दलहरू कन्जरभेटिभ र लेबर पार्टीले उक्त कानुन उल्ट्याउने वाचा आफ्ना घोषणापत्रमा गरे अनुसार नयाँ विधेयक हालको संसदमा प्रस्तुत गरिएको हो । सन् २०१९ मा प्रधानमन्त्रीले हाउस स्थगनका लागि रानीसमक्ष गरेको सिफारिस सर्वोच्च अदालतले असंवैधानिक करार गरी खारेज गरेपछि त्यसलाई समेत सम्बोधन हुनेगरी समितिले प्रतिवेदन तयार गरेको छ । प्रतिवेदन हेर्न यहाँ क्लिक गर्नुस् ।

    बेलायतका अभ्यासबारे हाम्रो संवैधानिक इजलासको बौद्धिक (अ)क्षमता सेप्टेम्बर २४, २०१९ मा आएर रोकिएको छ । ब्रेक्जिट संकटका कारण विवाद उत्कर्षमा पुगेपछि संसद स्थगन गर्न प्रधानमन्त्री बोरिस जोन्सनले रानीसमक्ष गरेको सिफारिसलाई अदालतले त्यस दिन असंवैधानिक करार गरी उल्ट्याईदिएको थियो । बेलायती सर्वोच्च अदालतको त्यस फैसलालाई हाम्रो संवैधानिक इजलासले ‘दुर्लभ’, ‘अवधारणागत गतिशीलताको उदाहरण’ लगायतका विशेषणले सुशोभित गरिदिएको छ । बेलायतको वर्तमान यथार्थमाचाहिं ठीक उल्टो देखिन्छ ।

    अदालतको उक्त फैसला समेतलाई सच्याउनका लागि फिपा कानुन उल्ट्याउने विधेयक त्यहाँको संयुक्त संसदीय समितिले पास गरेको हो । इतिहासमा यसअघि कहिल्यै नआएको असाधारण परिस्थितिका कारण प्रधानमन्त्रीले सदनको अधिवेसन स्थगित गर्न सिफारिस गरेको र भविष्यमा पनि यस्तो परिस्थिति आउन असम्भवप्राय भएको हुनाले यो विवाद ‘एक पटकका लागि’ (वन अफ) मात्र भएको मान्नुपर्ने भनी त्यहाँ अदालत स्वयंले भनेको छ र असार २८ कै फैसलामा पनि त्यो वाक्य कोट भएको छ । तर, फैसलाको प्रकरण ४८ मा विकिपेडियाको अनुवाद हेरेर इजलासको अंग्रेजी मूल्यांकन गर्ने हो भने त्यस वाक्यको गूढ अर्थचाहिं श्रीमानहरूले खासै बुझेको देखिन्न । बुझेको रिफ्लेक्ट पनि हुँदैन ।

    संसारलाई थाहा छ बेलायतमा लिखित संविधान छैन । त्यसकारण संसदीय सर्वोच्चताको परम्परा अनुसार संसदबाट कुनै विधेयक पास हुन बाँकी भएपनि संसद्को समितिले उक्त विधेयकलाई अन्तिम रूप दिएको छ भने अदालतहरू त्यो विषयमा प्रवेश गर्दैनन् । यो त्यहाँको परम्परा हो । बेलायतमा कतिपय परम्परा पनि कानुन सरह हुन्छन् भन्ने स्पष्टै छ । संसद्को बहुमत भएको कन्जरभेटिभ र विपक्षी लेबर पार्टी समेत यो कानुनलाई उल्ट्याउने विषयमा एकमत भएकाले मतदान हुनासाथ यो पास हुन कुनै कठिनाई नहुने पक्ष त्यहाँको अदालतले नदेख्ने कुरै हुँदैन । थप हेर्न यहाँ क्लिक गर्नुस् ।

    नागरिकका लागि सदनको फ्लोरबाट पारित नभई कानुन लागू हुँदैन, तर समितिबाट अन्तिम स्वरूप दिइएको विधेयकलाई (रिपोर्टलाई होइन) अदालतले ‘ल मेकिंग इन प्रोसेस’ मानेर कानुन सरह व्यवहार गर्दछ । भन्नुको तात्पर्य अब सेप्टेम्बर २४, २०१९ को फैसला गत मार्च २४ पछि बेलायतकै लागि नजीर रहेन । त्यसको पाँच महिनापछि आएको असार २८ को फैसलाले त्यसैलाई नयाँ ‘विधिशास्त्रीय मान्यता’ ठानेर हर्षबढाईं गर्नु लाजमर्दो विषय हो । अब कन्स्टिच्युसनल मोरालिटीलाई के गर्ने श्रीमान्? जुडिसियल मोरालिटी हुन्छ कि हुँदैन श्रीमान् ? यसरी झूट्टा कुरा लेखेर परमादेस गर्न अलिकति लाज हुनुपर्छ कि पर्दैन श्रीमान् ?

    यो पनि पढ्नुस् :

    असार २८ को ‘ऐतिहासिक फैसला’ को पेटमा बोकाइएका ‘ऐतिहासिक झूट’ : भाग- १

    असार २८ को फैसलामा लिइएको पाकिस्तानका सैनिक तानाशाह जिया उल हकको सहारा : भाग- २

    (लेखकहरूको नाम विश्लेषणको अन्त्यमा सार्वजनिक गरिनेछ । अहिले विषयवस्तुमा केन्द्रित हौँ । खुला बहसलाई हार्दिक स्वागत गर्दछौं।)

  • असार २८ को फैसलामा लिइएको पाकिस्तानका सैनिक तानाशाह जिया उल हकको सहारा

    असार २८ को फैसलामा लिइएको पाकिस्तानका सैनिक तानाशाह जिया उल हकको सहारा

    काठमाडौं । पाठकवृन्द, हामी सर्वोच्च अदालतद्वारा असार २८ गते गरिएको फैसलाको विश्लेषण गरिरहेका छौं । हामीले अघिल्लोपल्ट प्रकरण ४८ का बारेमा लेख्यौं, सप्रमाण । नेपालप्रेसमा प्रकरण ४८ बारे लेख छापिएपछि सयौं प्रतिक्रिया प्राप्त भएका छन्, जसप्रति हामी आभारी छौं । जम्मा १२० प्रकरण र १६७ पेजमा बाँडिएको फैसलाको हरेक प्रकरण र वाक्यको गूढार्थ, त्यसका तथ्यहरू सम्मुन्ने राखिसकेपछि पाठकलाई यसको अन्तर्य बुझ्न सजिलो हुनेछ ।

    कुनै पनि प्रकरण नछोडी हामी सबैमा पस्नेछौं । फैसलाको मूल पाठमा केन्द्रित रहेर विश्लेषण गरिसकेपछि हामी बल्ल फैसला निर्माण गर्ने आन्तरिक र बाह्य वातावरणको खोजी गर्नेछौं । बाह्य भन्नाले विदेशी भन्ने अर्थमा होइन, अदालतको निर्णयलाई प्रभावित पार्ने सहायक कारणहरूको अनुसन्धान हो । यसले अदालतलाई सहयोग गर्नेछ र न्यायपालिकामाथि नागरिकको विश्वास अभिवृद्धि गर्न मद्दत गर्नेछ। न्यायालयमा उच्च नैतिक आचरणको मानक स्थापना हुनसक्यो भने न्यायपालिका हाम्रो बलियो राज्यको धरोहर बन्नेछ । हामी त्यसमा सहयोगी बन्न चाहन्छौं, सर्वोच्च अदालतको सम्मान बढाउन चाहन्छौं ।

    नैतिकताको कुरा गर्दा अन्य नैतिकता जस्तै जुडिसियल इथिक्स अर्थात् न्यायिक नैतिकता बडो महत्वपूर्ण विषय छ । हाम्रो असार २८ को फैसलाका प्रकरण १११ र ११२ मा नैतिकताका प्रसंग उल्लेख छन् । संवैधानिक र राजनीतिक नैतिकता अनि सामाजिक नैतिकता पालना गर्नुपर्छ भन्ने आदेश छ, त्यसैका आधारमा प्रधानमन्त्री फेरिएको छ ।

    अस्ति प्रकरण ४८ मा देखिएका दर्जनौं झूटको विश्लेषणपछि उठेको प्रश्न हो: यति धेरै झूट र न्यायिक नैतिकता कसरी अदालतको एउटा ठहरमा अटाउन सक्छन् ? आफूले यति धेरै झूटा आधारमा टेकेर अरूलाई कसरी नैतिकवान बन भन्ने आदेश गर्न मिल्छ ? हामीले अदालतसँग न्यायिक नैतिकताको माग गर्ने यो संगीन घडी हो । अब भन्नुपर्नेछ न्यायिक नैतिकता देखाउनुहोस श्रीमान् ! ज्ञातव्य रहोस्, प्रकरण ४८ फैसलाको ठहर आदेश खण्डकै अंश हो । प्रकरण ३१ देखि ठहर खण्ड सुरु भएको फैसलाले स्वयम् लेखेको छ । यसबारे हामी धेरै बोलिरहनु परेन ।

    न्यायिक नैतिकताको विषय अझ बेजोडसँग प्रकरण ४६ मा जोडिन्छ । यसलाई पृष्ठभूमिसहित अझ छर्लंग हुनेगरी बुझ्न हामीले एकैछिन २०३६ सालको प्रजातान्त्रिक आन्दोलनतिर फर्किनुपर्छ । नेपालको २०३६ सालको राजनीतिक आन्दोलनसँग पाकिस्तानका पूर्वसैनिक तानाशाह जनरल जिया उल हकको नाम गाँसिएको छ । जियाले पाकिस्तानका प्रथम जननिर्वाचित प्रधानमन्त्री जुल्फीकर अलि भुट्टोलाई अदालत प्रयोग गरेर फाँसीमा चढाएका थिए । त्यसैले भुट्टोको मृत्युदण्डलाई ‘जुडिसियल मर्डर’ (न्यायिक हत्या) भनिन्छ । भुट्टोको जीवन र फाँसीबारे राजनीतिक, सैनिक र न्यायिक क्षेत्रका घटनाक्रमसहित लेखिएको ‘अ जुडिसरी इन क्राइसिस: ट्रायल अफ जुल्फिकर अलि भुट्टो’ लगायतका पुस्तक यहाँ हेर्न सकिन्छ ।

    हेर्न यहाँ क्लिक गर्नुस् ।

    भुट्टोको फाँसीलाई उदाहरण देखाउँदै नेपालमा पनि प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालालाई उसैगरी फाँसी दिनुपर्ने माग पञ्चायतभित्रको कट्टरपन्थी जमातले गर्न थालेको थियो । विद्यार्थीहरू आन्दोलित थिए । छत्तीस सालको आन्दोलनलाई गति दिन त्यस बखत कुनै अज्ञात कविले जनरल जियाको नाम राखेरै शार्दूलविक्रीडित छन्दमा रचना गरेको एउटा कविता विद्यार्थीहरू बीचमा खूब चर्चित थियो:

    सुन्ना छत्तीस साल विक्रम थियो वैशाख मैना महाँ,
    पाकिस्तानविषे जिया उल हकले सत्ता लियो हातमा ।
    भुट्टोलाई लगेर बन्दी घरमा झुन्ड़ाई फाँसी दियो,
    यस्तो क्रूर खबर् जो विश्वभरमा हावासरि फैलियो ।

    नेपालका विद्यार्थी संगठनले तत्कालै भुट्टो हत्याको विरोधमा आन्दोलन सुरु गरे, जुन जनमत संग्रहमा पुगेर टुंगियो । उतिबेला काठमान्डुमा भएका प्रदर्शनबारे न्युयोर्क टाइम्समा त्यसबेला प्रकाशित समाचार हेर्न यहाँ क्लिक र्नुहोस्:

    जनमतसंग्रहबाट पञ्चायती व्यवस्था त हटेन, तर लोकतन्त्रको स्थापनाका लागि सम्भावनाका नयाँ ढोका खोल्यो । पाकिस्तानमा भने जनरल जियाका विश्वाशपात्र न्यायाधीशमध्येका एक नसिम हसन शाह सहितको बेन्चले भुट्टोलाई फाँसीको सजाय सुनाएको थियो । पाकिस्तानमा सैनिक शासन र इस्लामिक कट्टरपन्थलाई वैधानिकता दिनसमेत अग्रणी भूमिका खेलेका उनै न्यायाधीश शाहका दुई फैसलाहरू हाम्रो सर्वोच्च अदालतले असार २८ को ऐतिहासिक फैसलामा ‘रिफरेन्स’ लिएको छ ।

    न्यायिक अभ्यासमा विश्वका समकक्षी अदालतका नजीरहरू उद्धृत गरिने प्रचलन सामान्य भए पनि संवैधानिक नैतिकता (कन्स्टिच्युसनल मोरालिटी)को आदेश गरेको हाम्रो फैसलामा पाकिस्तानी सैनिक तानाशाहको पृष्ठपोषण गर्ने फैसलालाई समेत आधार लिइनु वास्तवमै अन्तरविरोधी र अमिल्दो देखिन गएको छ। जसरी झूटको बुनियाद संवैधानिक नैतिकता एकै ठाउँ रहन सक्दैनन्, उसैगरी सैनिक तानाशाही न्यायिक नैतिकता पनि एक ठाउँ रहन सक्दैनन् भन्ने बुझ्नु नै न्यायिक नैतिकताको जग हो ।

    असार २८ को फैसला त्यसमा नराम्ररी चुकेको छ । सरिया कानुन मान्ने इस्लामिक सैनिक गणतन्त्रको संवैधानिक कानुनको व्याख्या बहुदलीय लोकतान्त्रिक गणतन्त्रको सर्वोच्च अदालतका निम्ति कसरी संवैधानिक नैतिकताको सिद्धान्त प्रमाणित गर्ने आधार हुन्छ? यो केवल सैद्धान्तिक प्रश्न होइन, न्यायिक विचलनको अर्को तथ्यगत उदाहरण हो ।

    फैसलाको प्रकरण ४६ मा इजलासले पाकिस्तानका केही अभ्यासको विश्लेषण गर्ने क्रममा मुहम्मद खाँ जुनेजो सरकारलाई अदालतले विस्थापित गरेको, १९९३ मा पाकिस्तानको विघटित नेसनल एसेम्बली पुनर्स्थापना भएको र सन् २०१० मा संशोधित पाकिस्तानको संविधानका सन्दर्भहरू उल्लेख छन् ।

    पाकिस्तानका अभ्यासबारे इजलासले पेश गरेको पहिलो उदाहरण त्यहाँको संविधानको धारा ५८(२)(ख) अर्थात {५८ (२) (b)} सँग सम्बन्धित छ । यो प्रावधान पाकिस्तानका सैनिक तानाशाह जनरल जिया उल हकले सन् १९८५ मा संसद्को अनुपस्थितिमै राष्ट्रपतीय आदेशद्वारा संविधानमा राखेका हुन् । यसलाई पाकिस्तानी संविधानको कुख्यात आठौँ संशोधनका नामले चिनिन्छ, जसले पाकिस्तानको शासकीय स्वरूपलाई संसदीय प्रजातन्त्रबाट मिश्रित-राष्ट्रपतीय प्रणालीमा रूपान्तरण गरेको थियो ।

    उक्त संशोधनबारेका तथ्यहरू हेर्न यहाँ क्लिक हेर्नुहोस्:

    संविधानको यही व्यवस्था प्रयोग गरी जनरल जियाले सन् १९८८ मा प्रधानमन्त्री मोहम्मद खाँ जुनेजोलाई अपदस्थ गरी नयाँ चुनाव घोषणा गरेको विषयलाई सर्वोच्च अदालतमा हाजी मोहम्मद सैफुल्ला खानले चुनौती दिएका थिए । जगजाहेर छ, सैन्य शक्तिको समर्थन प्राप्त राष्ट्रपति जिया उल हकको आदेशलाई अदालतले अन्यथा गर्ने सम्भावना थिएन ।

    अदालतमा मुद्दा परेपछि आएको त्यहाँको फैसलामा न्यायाधीश नसीम हसन शाहले भनेको भनाइ असार २८ को फैसलामा उल्लेख छ । उक्त भनाईको अर्थ यस्तो हुन्छ- ‘निसन्देह कुनै पनि अदालतले राष्ट्रपतिको ‘डिस्क्रिसन’ मा हस्तक्षेप गर्दा वा परिस्थितिका बारेमा विचार निर्माण गर्दा सावधान हुनेछन्, तर संविधानअन्तर्गत राष्ट्रपतिका आदेशको आधार नदेखिएमा अदालतले संविधानद्वारा दिएको काम गर्नुपर्छ । यसो गर्दा जनतालाई अपील गरिएको राजनीतिक क्षेत्रभित्र अदालतहरु प्रवेश गर्ने छैनन् ।’

    बिर्सनै नहुने तथ्य के छ भने पाकिस्तानमा सैन्य शासनलाई वैधानिकता दिन न्यायपालिका ऐतिहासिक रूपमा नै सहयोगी रहँदै आएको छ । आवश्यकताको सिद्धान्त प्रयोग गरी कसरी पाकिस्तानको सर्वोच्च अदालतले त्यहाँको सैन्य शासनलाई सघायो भन्ने बुझ्न यो लामो कर्नेल विश्वविद्यालयको यो लामो जर्नल लेख हेर्न यहाँ क्लिक र्नुहोस:

    न्यायाधीश नसिम हसन शाहलाई एक कुशल न्यायाधीश मानिन्छ । दक्षिण एसियामा न्यायापालिकाभित्र लामो समय सेवा गर्ने न्यायाधीशका रूपमा उनको नाम छ । मौलिक अधिकार सम्बन्धी उनका फैसलाहरूलाई यो क्षेत्रका उत्कृष्ट फैसलाका रूपमा लिइन्छ । यद्यपि उनी राजनीतिक शक्तिको सुरक्षा हासिल गर्न पनि उत्तिकै कुशल थिए । जियाको मृत्युपछि उनी नवाज सरिफको विश्वासपात्र बने । अवकाश प्राप्त गर्ने समय आउँदा शरिफसँग उनको पनि सम्बन्ध चिसियो ।

    शाहबारे थप हेर्न यहाँ क्लिक गर्नुस्:

    प्रधानमन्त्री जुनेजोलाई अपदस्थ गरेपछि जनरल जियाको घोषणाबमोजिम सन् १९८८ नोभेम्बर महिनामा नेसनल एसेम्बलीको चुनाव भयो । जियाले नै फाँसी दिएका जुल्फिकर भुट्टोकी छोरी बेनजिर भुट्टोको लोकप्रियताका कारण सुरुमा जियाले चुनाव निर्दलीय हुने घोषणा गरेका थिए । तर, चुनावको तीन महिनाअघि भएको हवाइजहाज दुर्घटनामा जियाको निधन भएपछि अदालतले चुनावमा दलउपर लागेको प्रतिबन्ध फुकुवा गरिदियो । बेनजिर भुट्टोको पाकिस्तान पिपुल्स पार्टी सबैभन्दा ठूलो दल बन्यो र स्वतन्त्र हैसियतमा चुनाव जितेका मुहाजिर क्वामी मुभमेन्टका सांसदको समर्थनमा भुट्टो प्रधानमन्त्री बनिन् ।

    संसदका दुवै ठूला दलको समर्थनमा गुलाम इसाक खाँ नयाँ राष्ट्रपति निर्वाचित भए । खाँले कुनैबेला जुल्फिकर भुट्टो र जिया उल हक दुबैसँग निकट रहेर काम गरेका हुनाले बेनजिरले उनीबाट खतरा नहुने अपेक्षा गरेकी थिइन् । तर, परम्परावादी राष्ट्रपति खाँ स्वाभाविक रुपमा भुट्टोसँग भन्दा उदियमान विपक्षी नेता नवाज सरिफसँग निकट थिए । जियाले शुरुगरेको इस्लामिक कट्टरपन्थलाई नरम रूपमा अगाडि बढाउन सरिफ र खाँ दुबैको विचार मिल्थ्यो ।

    बेनजिरको उदयप्रति दुबै सहिष्णु थिएनन् । इस्लामिक गणतन्त्रमा महिला प्रधानमन्त्री बनेकोमा पाकिस्तानको धार्मिक कट्टरपन्थ अझै असहिष्णु थियो । यसैको फाइदा उठाएर माथि उल्लिखित संविधानको आठौँ संशोधन प्रयोग गर्दै राष्ट्रपति खाँले भुट्टोलाई बर्खास्त गरी संसद विघटन गरे । अदालतले यसलाई बदर गर्ने सम्भावना थिएन । योजना मुताविक सन् १९९० मा भएको चुनाबपछि नवाज शरिफ नयाँ प्रधानमन्त्री बने । तर, राष्ट्रपति खाँ र नवाज सरिफको सम्बन्ध चिसिन तीन वर्षपनि लागेन ।

    सन् १९९३ मा फेरि राष्ट्रपति खाँले प्रधानमन्त्री सरिफलाई उसैगरी अपदस्थ गरी पाकिस्तानको नेसनल एसेम्बली भङ्ग गरे । यस विरुद्ध नवाज सरिफले दायर गरेको मुद्दामा प्रधानन्यायाधीशको हैसियतबाट उनै नसीम शाह सहितको बेन्चले सरिफको पक्षमा फैसला गरी संसद र प्रधानमन्त्री दुबैको पुनर्स्थापना गरेको थियो ।

    पिता जुल्फिकर भुट्टोलाई फाँसीको सजाय सुनाउन बाटो खोल्ने शाहले छोरी बेनजिर भुट्टो राजनीतिमा स्थापित हुँदा आफ्नो न्यायिक करिअर र जीवनमाथि नै आउन सक्ने खतराको बाटो बन्द गर्न यो फैसला सुनाएको तथ्य शाहले आफैं स्वीकार गरेका छन् । पछि जुल्फिकर भुट्टोको फैसलामा गल्ती गरेको पनि शाहले स्वीकार गरे । उनै शाहको फैसला रिफरेन्समा लिंदै संवैधानिक नैतिकताको पाठ पढाउनु असार २८ को फैसलाको ऐतहासिक ‘जोक’ हो । त्यस आधारमा देशको प्रधानमन्त्री फेरिएर अर्को राजनीतिक ‘जोक’ पनि पूरा भएको छ । फाँसी दिएर मान्छेको ज्यान लिएको चालीसौं वर्षपछि गल्ती स्वीकारेर के गर्नु ?

    ती घटनाक्रमबारे उल्लेख गर्दै शाहको निधनमा लेखिएको यो अबिच्युअरी हेर्न यहाँ क्लिक गर्नुस्:

    पाकिस्तानी सर्वोच्च अदालतका यस्तै फैसलाका कारण त्यहाँ न्यायपालिकाको राजनीतिक महत्वाकाँक्षा अझै बढेको मानिन्छ । अदालतका फैसलाहरू अस्थिर हुने, एकैप्रकारको कानुनी प्रश्नमा फरक फैसला गर्ने, राजनीतिक शक्ति र सेनाको आड खोज्ने प्रवृत्तिले आज पाकिस्तानको न्यायपालिका वास्तवमै बदनाम भएको छ ।

    संविधानवाद र संवैधानिक नैतिकतासँग धेरै टाढाको दूरीमा रहनुपर्ने यी उदाहरणहरू नैतिकताको पाठ पढाउने फैसलाको रिफरेन्समा लिइनु हास्यास्पद तहको विचलन हो । विश्वभर न्यायिक बदनामीको दृष्टान्त दिन पाकिस्तानी नजीरहरू गम्भीर केस स्टडी बनेका छन्, हाम्रो अदालतले असार २८ गते ठीक उल्टो गरेको छ । न्यायका सिद्धान्तको गहिराई बुझ्न इजलास गम्भीर ढंगले अयोग्य देखिएको छ ।

    सेना र न्यायपालिकाको आडमा तानाशाह राष्ट्रपतिहरूले दुरुपयोग गरेको हुनाले पाकिस्तानको नेसनल एसेम्बलीले सन् २०१०मा संविधानको धारा ५८ (२) (ख) संशोधन ग-यो । तर, कुनै बेला राष्ट्रपतिहरूले प्रधानमन्त्री हटाउन प्रयोग गर्ने अधिकारलाई बढावा दिएको न्यायपालिकाले संशोधनपश्चात् त्यो अधिकार आफैं प्रयोग गर्न थालेको छ ।

    निर्वाचित प्रधानमन्त्री युसुफ रजा गिलानीलाई सन् २०१२ मा पदबाट निकाल्ने फैसला , सन् २०१७ मा प्रधानमन्त्री नवाज सरिफलाई त्यसै गरी पदबाट हटाएको फैसला यसका उदाहरण हुन् । यी फैसलाहरूचाहिं असार २८ को परमादेशसँग मेल खाने प्रकृतिका छन् । पछिल्ला पाकिस्तानी प्रधानन्यायाधीशहरू इफ्तिखार मोहम्मद चौधरी र मियाँ सकिब निसारका फैसला र कार्यहरू त्यहाँ अझ विवादित छन् । थाइल्याण्ड र ब्राजिलमा पनि राजनीतिलाई पाकिस्तानमा झैं अदालतीकरण गरिएको छ । बदनाम न्यायपालिकाको उदाहरण दिनुपरे यिनै देशका नाम आउँछन् ।

    पाकिस्तानमा सन् २०१०-११ तिर हालका प्रधानमन्त्री इमरान खान भन्ने गर्थे: तीन ‘ए’ अर्थात् अमेरिका, आर्मी र अदालतले चलाएको छ देश । उनको राजनीति चढावमा थियो । त्यसैताका बेलायती पत्रकार स्टुअर्ट जेफ्रिस लाई द गार्जियन पत्रिकाका लागि दिएको एउटा अन्तर्वार्तामा पनि उनले यसलाई सकारेका छन् ।

    नेपालको राजनीतिमा अदालतका फैसालाहरू विसंगत, एकै विषयको मुद्दामा फरक, कुनै एक राजनीतिक पार्टी विशेषको विरुद्धमा चलाइएको विकृत अभियानका सहयोगी बनेर देखापर्नु र तिनको प्रेरक पाकिस्तानको सर्वोच्च अदालत हुनु कुनै संयोग मात्र होइन । हामी विस्तारै पाकिस्तानको बाटोतिर लागेको छौं । असार २८ को फैसलाले त्यसमा एक कदम थप गरिदिएको छ ।

    यो पनि पढ्नुस् :

    असार २८ को ‘ऐतिहासिक फैसला’ को पेटमा बोकाइएका ‘ऐतिहासिक झूट’ : भाग- १

    -फैसलाका पक्षबारे करिब बीस हजार शब्द लेखिसकिएको छ  र यसलाई धारावाहिक रूपमा प्रस्तुत गरिनेछ ।