Tag: अजोड इन्स्योरेन्स

  • अजोड इन्स्योरेन्सद्वारा रौतहटमा घुम्ती बीमा सेवा सम्पन्न

    अजोड इन्स्योरेन्सद्वारा रौतहटमा घुम्ती बीमा सेवा सम्पन्न

    काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडले रौतहटको चन्द्रपुर नगरपालिका -१० स्थित वरेडवामा घुम्ती बीमा सेवा कार्यक्रम सम्पन्न भएको छ ।

    लिमिटेडले १९, २० र २१ घुम्ती बीमा सेवा कार्यक्रम सम्पन्न गरेको हो ।कार्यक्रममा अजोड इन्स्योरेन्स लिमिटेड प्रधान कार्यालयका कृषि विभाग प्रमुख दिपक पोखरेलले कृषि बीमाको अर्थ, महत्व तथा प्रभावकारीताको बारेमा प्रष्ट पारेका थिए ।

    सो कार्यक्रममा चन्द्रपुर नगरपालिका वडा नं. १०, वरेडवाका कृषकहरु, अजोड इन्स्योरेन्स लिमिटेडका मधेश प्रदेशका प्रमुख हुलास यादव सहित कर्मचारीहरुकोे उपस्थिति रहेको थियो ।

     

  • अजोड इन्स्योरेन्स एनपीआइमा आबद्ध

    अजोड इन्स्योरेन्स एनपीआइमा आबद्ध

    काठमाडौं । अजोड इन्स्योरेन्स पनि अब एनपीआईमा आबद्ध भएको छ । अजोड इन्स्योरेन्स लिमिटेडले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी दुई संस्था बीच सम्झौता भएको छ ।

    सम्झौता पत्रमा अजोड इन्स्योरेन्सका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

    उक्त सम्झौता पश्चात अजोड इन्स्योरेन्स एनसीएचएलको नेशनल पेमेन्ट स्वीच एनपीएस अन्तर्गतको नेशनल पेमेन्ट इन्टरफेससँग जोडिने निर्जीवन बीमा कम्पनी बनेको छ । यसले कम्पनीको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचए आइपीएस र कनेक्ट आइपीएस प्रणालीसँग जोडी बीमा दाबी भुक्तानी, क्रेडिट नोट भुक्तानी, एजेन्ट कमिसन, सर्भे पेमेन्ट, तलब, भेण्डर भुक्तानी, लगायत आफ्नो लगानी सम्बन्धी कारोबारहरु आबद्ध भएका बैंक खाताहरुबाट सोझै गर्न सक्नेछ ।

    यसले अजोड इन्स्योरेन्सलाई आफ्ना विभिन्न खाताहरुबाट भुक्तानी कारोबारहरु सहजै आफ्नो अपरेटिङ्ग खातामा सार्न पनि मद्दत पुर्याउने छ । यी सबै कारोबारहरु सोझै बीमा कम्पनी तथा लाभग्राहीहरुका बैंक खाताहरुबाट हुनेछन् ।

    यसरी एनपीआइमा जोडिएपछि अजोड इन्स्योरेन्सका सम्पूर्ण भुक्तानीहरु पूर्ण स्वचालित रुपमा हुनेछन् । अजोड इन्स्योरेन्स लगायत १८ भन्दा बढी निर्जीवन बीमा कम्पनीलाई कोर प्रणाली प्रदान गर्दै आएको छ ।

  • अजोड इन्स्योरेन्सको शेयर कारोबारमा इन्साइडर ट्रेडिङ भएको शंका गर्दै छानविन प्रकृया शुरु

    अजोड इन्स्योरेन्सको शेयर कारोबारमा इन्साइडर ट्रेडिङ भएको शंका गर्दै छानविन प्रकृया शुरु

    काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीको बैशाख ७ गते बस्ने साधारण सभाबाट २ बराबर १ का दरले राइट शेयर दिने सूचना बाहिरिएपछी नेप्सेमा यसको कारोबार दुई दिनदेखी लगातार सकारात्मक सर्किट ब्रेक लागेको छ ।

    सोमबार शेयर बजार परिसूचक नेप्से घटेपनि अजोड इन्स्योरेन्स कम्पनीको शेयर भने एकाएक बढेको थियो । मंगलबार विहानदेखी नै सञ्चार माध्यमहरुमा अजोड इन्स्योरेन्स कम्पनीले बैशाख ७ गते बोलाउन लागेको तेस्रो साधारणसभामा ५० प्रतिशत राइट शेयर जारी गर्ने कुरा बाहिर आएपछी नेप्सेमा यसको कारोबारमा आज पनि सकारात्मक सर्किटब्रेक लागेको हो ।

    राइट शेयर बाँड्ने सूचना आएसँगै अजोड इन्स्योरेन्स कम्पनीको शेयरमा खरिदकर्ताको अधिक चाप बढ्दा कम्पनीको शेयर बिक्री गर्ने लगानीकर्ता तयार नहुँदा यसको मूल्य ७७ रुपैयाँले बढेर ८५३ रुपैयाँमा कारोबार रोकिएको छ ।

    अजोड कम्पनीको शेयर मूल्य बढेपछी अन्य इन्स्योरेन्स कम्पनीको पनि शेयर मूल्य पनि बढेको छ । सामान्य मूल्यमा कारोबार भइरहेको कम्पनीको शेयरलाई कर्नरिङ्ग गरेर भित्रि सूचनाका आधारमा मूल्य बढाउन गलत भएको धितोपत्र बोर्ड बताउँछ ।

    बैशाख ७ गते हुने साधारण सभाको सूचना चुहाएर कम्पनीको शेयर बढाउने खेल शुरु भएको आशंका गर्दै नेप्से र नेपाल धितोपत्र बोर्डले आवश्यक छानविन गर्नेका लागि छलफल अगाडि बढाएको धितोपत्र बोर्डका प्रवक्ता नीरज गिरिले जानकारी दिए ।

    ‘कम्पनीको शेयर किनबेचमा इन्साड ड्रेडिङ्गको शंका गरेका छौ । धितोपत्र बोर्ड र नेप्सेले छलफल गरिरहेका छौ । यदि त्यस्तो पाइएमा कम्पनीलाई कानून बमोजिम कारवाही हुन्छ,’ उनले भने ।

    सूचना चुहाएर शेयर मूल्य बढाउने खेल शेयर बजारमा नयाँ बिषय भने होइन । अघिल्लो हप्ता साल्ड ट्रेडिङ्ग कम्पनीको शेयर कारोबार पनि भित्रि सूचना चुहाएर २ दिनसम्म लगातार शेयर मूल्य बढाइएको थियो ।

    यसरी इन्साइड ट्रेडिङ्ग गर्दा शेयर मूल्य अधिक हुन्छ र बढेको मूल्यमा सेयर किन्दा लगानीकर्ताहरु फस्ने संभावना बढी हुन्छ ।

    भित्र सूचनाका आधारमा नेप्सेमा पटक पटक कारोबार भएपनि नियामक निकायको कम्जोर भूमिका कारण इन्साइड ट्रेडिङ्गले जस्ता कानूनले बर्जित गरेको कारोबारले झ्यांगिने मौका पाएको छ ।