Tag: २५६५औं बुद्ध जयन्ती

  • बुद्ध जयन्तीमा सुनसान लुम्बिनी

    बुद्ध जयन्तीमा सुनसान लुम्बिनी

    रुपन्देही । संसारभर २५६५ औं बुद्ध जयन्ती मनाइरहँदा बुद्ध जन्मस्थल लुम्बिनी भने सुनसान छ । कोरोना महामारी नियन्त्रणका प्रयासस्वरुप गरिएको बन्दाबन्दीले बुद्ध धर्मावलम्बीलाई पवित्र तीर्थस्थल लुम्बिनी भ्रमणमा समस्या परेको छ ।

    विगतका वर्षहरुमा बैशाख पूर्णिमा नजिकिँदै गर्दा देशी तथा विदेशी धार्मिक पर्यटकको चहलपहल बढ्ने गरेको थियो । पूजाआजा हुन्थ्यो, पर्यटकले लुम्बिनी क्षेत्रको व्यवसाय चलायमान हुन्थ्यो । तर एक वर्ष अघिदेखि लुम्बिनी सुनसान छ ।

    गएको मंसिर महिनादेखि चैत मसान्तसम्म आन्तरिक पर्यटकले केही गुलजार थालेको थियो तर भारत तथा नेपालमा संक्रमणले तीव्र रुप लिन थालेपछि अहिले पूरै सुनसान छ ।

    बुद्ध जन्मस्थल लुम्बिनीमा यसअघि बुद्ध जयन्तीभन्दा हप्ता दिन अघिबाटै चहलपहल हुन्थ्यो । बुद्ध जन्मस्थल लुम्बिनी झकिझकाउ भइसक्थ्यो । पूजाआजा र भ्रमणका लागि स्वदेशी र विदेशी पाहुना आइसक्थे । स्थानीय, प्रदेश र संघीय सरकारका उच्च पदस्थको जमघट हुन्थ्यो ।

    गर्मीको मौसम भए पनि लुम्बिनीमा आन्तरिक र बाह्य पर्यटकको भीड लाग्थ्यो । यहाँका पर्यटन व्यवसायीको व्यस्तता बढ्थ्यो । होटल भरिभराउ हुन्थे । कोरोना महामारी सुरु भएपछि मुलुकको प्रमुख पर्यटकीय र धार्मिकस्थल लुम्बिनी विगत एक वर्षदेखि सुनसान छ ।

    बुद्ध जन्मस्थलमा अहिले बौद्धभिक्षु, विक्षुणीका बन्दना बिरलै सुनिन्छ । विगतमा जस्तो चहलपहल नभए पनि यसपटकको बुद्ध जयन्तीमा लुम्बिनीमा विश्व शान्ति र कोरोना महामारी नियन्त्रणको कामना गरेर मनाइने भएको छ ।

    नित्य पूजामा पनि स्वास्थ्य मापदण्ड पालना अनिवार्य छ । लुम्बिनीमा प्रत्येक वर्ष ठूलो पर्वका रुपमा बुद्ध जयन्ती मनाउने गरिएको छ । यसपाली बुधबार बुद्धजयन्ती परेको छ । तर बिगतमा जस्तो धुमधाम तयारी छैन । भिक्षु, भिक्षुणी र उपासकले विश्व शान्ति र महामारी अन्त्यको कामना गरेर बुद्ध जयन्ती मनाउने तय भएको विकास कोषका सदस्य सचिव सानु्राजा शाक्यले बताए ।

    यसपाली बुद्ध जयन्तीमा मायादेवी परिसरमा पूजापाठका लागि उपस्थित हुने सबैलाई हातमा पञ्जा, अनुहारमा मास्क र फेससिल्ड अनिवार्य गरिएको छ । रुपन्देहीमा निषेधाज्ञा लागू छ । बुद्धस्थलमा पनि त्यसको असर छ । त्यसैले २५६५औं बुद्ध जयन्ती विगतमा जस्तो भब्य हुने छैन ।

    बुधबार बिहान लुम्बिनीमा रहेका गुम्बा, बिहारको प्रतिनिधित्व हुनेगरी मायादेवी मन्दिर परिसरमा पुजाआजा र शान्तिपाठ गरिने छ । उक्त अवसरमा राष्ट्रपति, प्रधानमन्त्री र पर्यटनमन्त्रीको सन्देश सुनाइने छ ।

    त्यसपछि पूजापाठ, परित्राण पाठ गरिने छ । साँझ कोरोना संक्रमणबाट मृत्यु भएकाको सम्झनामा दीप प्रज्वलन गरिने छ । सिसौका रुख विस्थापन गर्ने उद्देश्यसहित यसपल्ट बुद्ध जयन्तीका दिन लुम्बिनीमा २५ हजार फलफूलका विरुवा रोप्ने कार्यक्रम तय भएको योजना प्रमुख सराज भट्टराईले बताए ।

  • बुद्ध दर्शन आत्मसाथ गरी राष्ट्रिय एकता सुदृढ पार्न राष्ट्रपतिको अपील

    बुद्ध दर्शन आत्मसाथ गरी राष्ट्रिय एकता सुदृढ पार्न राष्ट्रपतिको अपील

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शान्तिदूत गौतम बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्न सकेमा धार्मिक¸ सामाजिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भािव¸सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकता सुदृढ हुनाका साथै विश्विशान्तिका लागि समेत मद्दत पुग्ने विश्वास व्यक्त गरेकी छन् ।

    गौतम बुद्धको २५६५औं जन्मजयन्तीका अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले विश्वले शान्तिका प्रकाशका रूपमा उच्च सम्मान गर्ने महान् गौतमबुद्धको जन्मभूमि नेपाल हुनु हामी सबैका लागि गौरवको विषय भएको बताएन् । उनले बुद्धजयन्तीलाई हाम्रो राष्ट्रको प्राचीन सभ्यता र समृद्ध इतिहासबाट प्रेरणा लिंँदै प्रगतिको बाटोमा अग्रसर रहन प्रण गर्ने अवसरका रूपमा बुद्ध जयन्तीलाई लिनुपर्नेमा जोड दिएकी छन् ।

    शान्तिदूत गौतम बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्न सकेमा धार्मिक¸ सामाजिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भािव¸सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकता सुदृढ हुनाका साथै विश्विशान्तिका लागि समेत मद्दत पुग्ने विश्वास राष्ट्रपतिले व्यक्त गरेकी छन् ।

    सम्पूर्ण विश्वले कोभिड–१९ को महामारीबाट शीघ्रातिशीघ्र उन्मुक्ति पाउने आशा व्यक्त गर्दै राष्ट्रपतिले बुद्धजयन्तीका अवसरले नेपालीको राष्ट्रिय एकतालाई थप मजबुत बनाउन सबैलाई अभिप्रेरित गर्न सकोस् भन्ने कामना पनि गरेकी छन्।

    वैशाख शुक्लपक्ष पूर्णिमा तिथिको दिन बौद्धदर्शनका प्रवत्र्तक राष्ट्रिय विभूति गौतम बुद्धको त्रिसंयोग अर्थात् जन्म¸ज्ञान प्राप्ति र महापरिनिर्वाण एकैदिन परेकाले आजको तिथिलाई विश्विभरका बौद्ध धर्मावलम्बीद्वारा गौतमबुद्धप्रति श्रद्धा एवं भक्तिभाव व्यक्त गर्ने पावन दिवसका रूपमा बुद्धजयन्ती मनाउने गरिन्छ ।

    राष्ट्रपतिले किराँत समुदायको महान् पर्व उभौंलीका अवसरमा किराँत समुदायलाई पनि शुभकामना व्यक्त गरेकी छन् ।

    ‘जातीय¸भाषिक र सांस्कृतिक बहुलता नेपाली समाजको मौलिक पहिचान हो । यो हाम्रो कमजोरी हैन, बरु शक्ति हो । यस प्रकारका चाडपर्वहरूले विविध जातजाति र समुदायबीच आपसी सद्‌भाव¸ सहिष्णुता र बन्धुत्वको भावनालाई अभिवृद्धि गरी राष्ट्रिय एकतालाई थपसुदृढ बनाउन टेवा पुर्यातउने विश्वाुस लिएको छु,’ राष्ट्रपतिको सन्देशमा भनिएको छ ।

    उभौलीले सम्पूर्ण नेपालीबीच आपसी एकता, सहयोग र सद्‌भाव अभिवृद्धि गरी सभ्य, सुसंस्कृत र समृद्ध समाज निर्माणका लागि अग्रसर हुन सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि राष्ट्रपतिले गरेकी छन् ।

    जाडो सकिएर गर्मी शुरु हुने बेला अर्थात् वसन्त ऋतुको आगमनसँगै मानिस, जीवजन्तु तथा पशुपक्षी बेसीबाट लेकतिर बसाइँ सर्ने समयमा पितृ र प्रकृतीपूजक किराँत समुदायले वैशाखेपूर्णेको दिन उभौली पर्व मनाउँछन् ।

    यो समय बालीनाली लगाउने बेलासमेत भएकाले लगाइएको अन्नबाली सप्रियोस्, रोगव्याधि नलागोस्, खडेरी, बाढीपहिरोजस्ता प्राकृतिक विपत्ति नआऊन् भनी भूमिपूजा र पितृपूजा गर्ने परम्परा छ । विशेषगरी पूर्वी पहाड र तराईका जिल्लाका साथै काठमाडौं उपत्यकामा बसोबास गर्दैआएका किराँत समुदायले यो पर्वलाई भव्यताका साथ मनाउँछन् ।

  • बुद्ध जन्मस्थलबारे कतिपय मुलुकलाई परेकाे भ्रम सच्याउन प्रधानमन्त्रीको आग्रह

    बुद्ध जन्मस्थलबारे कतिपय मुलुकलाई परेकाे भ्रम सच्याउन प्रधानमन्त्रीको आग्रह

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको प्रामाणिक तथ्य भए पनि अझै कतिपय मुलुकका पाठ्यक्रममा यसबारे गलत कुरा समावेश गरिएको भए सच्याउन ध्यानाकर्षण गराएका छन् ।

    प्रधानमन्त्री ओलीले २५६५औंं बुद्धजयन्ती र बुद्ध परिनिर्वाण तथा लुम्बिनी दिवसका अवसरमा दिएको सन्देशमा भन्नुभएको छ, ‘यस्ता कुराहरु नसच्चिएको भन्ने पनि सुनिन आएको छ । म सबैमा यस्ता त्रुटिहरु आजको वैज्ञानिक युगमा, सूचनाको युगमा त्रुटिहरु नै निरन्तर कायम राखेर बालबालिका वा नयाँ पुस्तालाई तिनै त्रुटिहरु पढाउनु वाञ्छनीय हुँदैन । त्यसकारण सत्य पढाउनेतर्फ, सत्य सिकाउनेतर्फ र बालबालिकालाई सत्य कुरा अवगत गराउने दिशातर्फ सबैको ध्यानाकर्षण पनि गराउन चाहन्छु ।’

    मानव जातिकै कारणले खलबलिएको शान्तिलाई मानव जातिकै सचेतनता र सचेत प्रयासबाट शान्तिमा परिणत गर्न, शान्तिलाई कायम राख्न र शान्तिलाई दिगो बनाउन सकिने जनाउँदै उनले बुद्धका शान्तितर्फका चिन्तन, आदर्श र उपदेश अत्यन्तै सान्दर्भिक र महत्वपूर्ण रहेको बताएका छन् ।

    ‘नेपाल बुद्धकै जन्मभूमि हो र बुद्धिज्मको, बुद्धवादको, बुद्ध दर्शनको उद्गमस्थल पनि हो र शान्तिको सन्देश छर्ने थलो पनि हो । विभिन्न धार्मिक असहिष्णुता जस्ता कुराहरु, धार्मिक संकीर्णता जस्ता कुराहरुले बुद्धदर्शनका विरुद्ध अनेक क्रियाकलाप भए र बुद्धका शान्तिका सन्देशलाई यस धर्तीबाटै मेटाउन खोजिए,’ सन्देशमा भनिएको छ, ‘तर बुद्धका उपदेशहरु, बुद्धको चिन्तन र बुद्धले देखाएको शान्तिको मार्ग र मानव जातिको सुखका निम्तिको उज्यालो मर्न सक्दैनथ्यो र मरेन । तसर्थ फेरि बुद्धको जन्मस्थानको खोजी हुने परिस्थिति बन्यो । बुद्धको जन्मस्थान किन खोज्नु प¥यो ? बुद्धका विभिन्न रिलिक्स(अस्तु) अथवा अवशेषहरु तिनीहरुको खोजीको महत्व र तिनको पवित्रताको बारेमा विश्वको ध्यान किन गयो ? यी सबै कुरा मानव जातिको आन्तरिक आकांक्षा अथवा शान्ति र सुखको आकांक्षाबाट खोजी हुन थाल्यो ।’

    उनले बुद्धको जन्म लुम्बिनीमा भएको र बुद्धवादको मुहान पनि त्यही रहेको जनाउँदै जहाँबाट बुद्ध मानव जातिको जरामरण जस्ता कुराबाट मुक्ति कसरी हुन्छ भन्ने खोजीमा दरबार त्यागेर, सुखसयल त्यागेर बाहिर निस्कनुभएको थियो, त्यहीँबाट बुद्धका चिन्तनको मुहान शुरु हुन्छ भनेका छन् । ।

    यसरी नेपाल बुद्धको जन्मस्थल र बुद्ध दर्शनको उद्गमस्थल भएको तथा यी तथ्यसम्म पु¥याउन र लुम्बिनीलाई आजको स्थितिसम्म ल्याइपु¥याउन योगदान गर्ने इतिहासका सबै महान पात्र एवं लुम्बिनीको विकासका सम्बन्धमा गुरुयोजना बनाउने टाँंगेलगायत व्यक्तित्वप्रति आभार व्यक्त गरे ।

    उनले सन् २०२१ मा नेपालले वैशाख डेको आयोजना गर्न आफूले भियतनाममा सन् २०१९ भएको अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्ताव गरे पनि कोभिड–१९ का कारण फरक रुपमा बुद्धजयन्ती मनाउनुपरेको स्पष्ट गर्नुभयो ।

    ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्ष बोकेर तीव्र गति एवं उत्साह र आत्मविश्वासका साथ अघि बढिरहेका बेला कोभिड–१९ को महामारीले यो गतिलाई गम्भीर रुपमा व्यवधान पु¥याए पनि निराश हुन नहुने प्रधानमन्त्रीले बताएका छन् ।

  • २५ सय ६५औं बुद्ध जयन्ती आज, निषेधाज्ञाका कारण चैत्य–विहारमा नित्य पूजामात्र हुने

    २५ सय ६५औं बुद्ध जयन्ती आज, निषेधाज्ञाका कारण चैत्य–विहारमा नित्य पूजामात्र हुने

    काठमाडौं । भगवान् विष्णुको नवौं अवतारका रुपमा जन्म लिएका सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरण स्वरुप २५६५ औं बुद्ध जयन्ती आज देशभर मनाइँदैछ ।

    प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती पर्व मनाइन्छ । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण ९मुत्यु० वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् ।

    ‘अहिंसा नै शान्ति र मैत्रीको आधारशीला हो,’ यस्ता अनेकौं कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको २५६५ औं जयन्ती शान्तिको कामना गर्दै आज देशभर मनाउन लागिएको हो । कोरोना भाइरस ९कोभिड–१९० को सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञाका कारण बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहार लगायत स्थलमा सीमित बौद्ध धर्मगुरु मात्र बसेर परम्परादेखि हुँदै आएको पूजा लगायत विधि मात्र पूरा गरिने जनाइएको छ ।

    गत वर्ष पनि कोरोनाबाट बच्न बन्दाबन्दी जारी गरिएकाले बुद्ध जयन्ती घर घर एवं चैत्य, गुम्बा, बिहारलगायत स्थलमा निश्चित धर्मगुरुमात्र जम्मा भएर पूजा आराधना गरिएको थियो ।

    लुम्बिनी, स्वयम्भू, बौद्ध लगायत स्थलमा विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाउने परम्परा थियो । यी स्थलमा सीमित धर्मगुरु बसेर पूजा पाठ गरी पर्व मनाउने निर्णय भएको छ । बौद्ध क्षेत्रका संघ संस्थाको बैठकले बौद्ध चैत्यमा पूजापाठमात्र गर्ने निर्णय गरेको काठमाडौं महानगरपालिका वडा नं। –६ का अध्यक्ष दीपेन्द्रकुमार लामाले जानकारी दिए ।

    बौद्धनाथ क्षेत्र विकास समिति, बौद्ध घ्याङ गुठीलगायत संस्थाले सीमित व्यक्तिकाबीच पूजा आराधना गर्ने कार्यक्रम तय भएको छ । समितिका कार्यकारी निर्देशक वसन्तकुमार लामा भक्तजनलाई घरमै बसेर बुद्ध जयन्तीको पूजा, पाठ, ध्यान, दीपावली गर्न आह्वान गरिएको बताउनुहुन्छ । सामान्य अवस्थामा हजारौँको मानिसको सहभागितमा शोभायात्रासहित बुद्ध जयन्ती पर्व मनाइन्थ्यो ।

    इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६५ वर्षअघि लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो । राजकुमारका रुपमा जन्म लिएका सिद्धार्थ गौतम मानिसले पाएका दुःख देखेर चिन्तित बने । २९ वर्षको उमेरमा दरबार छोडी तपस्याका लागि निस्किए ।

    इसापूर्व ५२८ को वैशाख शुक्ल पूर्णिमाका दिन उनले बुद्धगयास्थित पीपलको रुख ९बोधिवृक्ष० मूनि बुद्धत्व प्राप्त गरे । बुद्धत्व प्राप्त गरेपछि नै उनलाई गौतम बुद्ध, बुद्ध भगवान् आदि नामले पुकारिएको हो ।

    दुःखलाई नाश गर्न तृष्णा क्षय गर्ने आठ मार्ग नै बुद्धले पाएको ज्ञान हो । सम्यक् सङ्कल्प, सम्यक् दृष्टि, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् आजीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति र सम्यक् समाधि हुन् यी आठ मार्ग हुन् भनी उनले ज्ञान बाँडेका थिए ।

    यी ज्ञान पहिलोपटक सारनाथस्थित मृगदावनमा पञ्चवर्गीय भिक्षुहरुलाई प्रवचन ९धर्मदेशना०का माध्यमबाट बाँडेका थिए । ४५ वर्षसम्म यस्तो ज्ञान बाँडेपछि ८० वर्षको उमेरमा इसा पूर्व ४८३ मा वैशाख शुक्ल पूर्णिमाकै दिन कुशीनगरमा उनले महापरिनिर्वाण ९मृत्यु० प्राप्त गरे । विश्व जगत्मा शान्तिका अग्रदूत र एसियाका ताराका रुपमा भगवान् गौतम बुद्धलाई चिनिन्छ । बुद्धले आठ मार्गका माध्यमबाट शान्ति, अहिंसा, मैत्री र करुणाको शिक्षा आम मानिसलाई दिए । यसैकारण विश्वमा बुद्ध दर्शनले सम्प्रदाय वा पथको रुप धारण गरेको छ ।

    विसंं २००८ जेठ ८ गते बुद्धजयन्तीका दिनदेखि यस पर्वका अवसरमा देशभर सार्वजनिक बिदा दिन थालिएको हो । विसं २०१२ फागुन ७ गते लुम्बिनीमा बुद्धजयन्तीका दिन हत्या, हिंसामाथि प्रतिबन्धको घोषणा गरिएको थियो ।

    विश्वशान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मजयन्तीका दिन संयुक्त राष्ट्रसंघीय प्रणालीमा पनि सन् २००२ देखि सार्वजनिक बिदा दिइँदै आएको छ । हालसम्म विश्वका प्रकाशनमध्ये बुद्धसम्बन्धी सबैभन्दा बढी पुस्तक प्रकाशित भएको बताइन्छ ।

    यिनमा बेलायतबाट प्रकाशित डेली टेलिग्राफका सम्पादक सर एडविन आर्नोल्डको ‘एसियाको ज्योति ९१८७९०’, तत्कालीन भारतीय संविधान मस्यौदा समितिका अध्यक्ष डा। बाबा साहेब अम्बेडकरको ‘बुद्ध र उनको धम्म ९१९५७०’ र सन् १९४६ मा साहित्यमा नोबेल पुरस्कार प्राप्त जर्मन उपन्यासकार हेर्मन हेस्सेको ‘सिद्धार्थ ९१९२२०’ प्रसिद्ध छन् ।

    यसैगरी जर्मनीका माथेरा न्यानातिलोकाले ‘बुद्धिस्ट डिक्सनरी’ ९१९५००, ‘विश्वमा बुद्ध’ ९१९०६०, फ्रान्सका डा। वाल्पोला राहुलको ‘बुद्धको विचार’ ९१९५९०, इटलीका जिसेप्पे टिउचिलेको ‘मुस्ताङको भ्रमण’ ९१९६९० आदि पुस्तकले बुद्धलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

    विश्वका अति प्रसिद्ध अक्सफोर्ड, क्याम्ब्रिज, हार्वर्ड आदि विश्वविद्यालयमा बौद्ध दर्शन अध्ययन हुँदै आएको छ । यसैगरी त्रिभुवन, नेपाल संस्कृत, लुम्बिनी बौद्ध विश्वविद्यालय लगायतले पनि बौद्ध दर्शनमा स्नातकोत्तर ९एमए० को अध्ययन अध्यापन गर्दै आएका छन् ।

    बुद्धले आफ्नो ८० वर्षे जीवनकालमा ८४ हजार पटक प्रवचन दिए जुन ‘विनय’, ‘सुत्त’, ‘अभिधम्म’, ‘त्रिपिटक’ आदि पुस्तकमा सङ्ग्रहित छन् । सम्राट् अशोकले ईपू २४९ मा ‘हित बुद्ध जातेती लुम्बिनी ग्रामे’ भनी ब्राह्मी लिपिमा पाली भाषामा लेखेको अशोक स्तम्भ पत्ता लागेको एक शताब्दी पूरा भइसकेको छ ।

    तत्कालीन वेस्टर्न कमान्डर जनरल खड्गशम्शेर राणाले शिकार खेल्न जाँदा सन् १८९६ मा लुम्बिनीमा उक्त स्तम्भ देखी पुरातत्व विशेषज्ञ डा। फुररको सहयोगमा स्तम्भ संरक्षण गरिएको थियो ।

    सन् १९५६ मा चौथो विश्व बौद्ध मातृत्व सम्मेलन नेपालमा आयोजना गरिएको थियो । सन् १९६७ मा संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव उ थान्तको नेपाल आगमनबाट लुम्बिनी विकासको बृहत्तर योजना आरम्भ भएको हो ।