Tag: १ किलो नक्कली सुन

  • १ किलो नक्कली सुन दिई ५५ लाख ठगी गर्ने ५ जना पक्राउ

    १ किलो नक्कली सुन दिई ५५ लाख ठगी गर्ने ५ जना पक्राउ

    काठमाडौं । काठमाडौं महानगरपालिका ताहाचल बस्ने एक व्यक्तिलाई सुन जस्तो देखिने १ किलो पहेलो धातु सक्कली सुन हो भन्दै ५५ लाख रुपैयाँ ठगी गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका ५ जनालाई थप अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महानगरीय अपराध अनुसन्धान महाशाखा मिनभवनले जनाएको हो ।

    महाशाखाका अनुसार पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१६ मा बस्दै आएका काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका–५ का ३२ वर्षका सन्त बहादुर लामा, काठमाडौं तार्केश्वर नगरपालिका–५ शान्तिटोल बस्ने नुवाकोट किस्पाङ गाउँपालिका–१ नुजेत घर भएका ४५ वर्षका ऋषमान घले, किसपाङ गाउँपालिका–१ घर भएका जित भन्ने ३५ वर्षका मेख तामाङ, किसपाङ्ग गाउँपालिका–१ घर भएका चन्द्र भन्ने २० वर्षकाजेरी तामाङ र काठमाडौं महानगरपालिका ताहाचल बस्ने झापा अनारमनि–१ बिर्तामोड घर भएका पप्पु भन्ने ५३ वर्षका अभय कुमार चौधरी रहेका छन् ।

    माघ ११ गते उक्त सुन जस्तो देखिने १ किलो पहेलो धातु सक्कली सुन हो भन्दै उक्त रुपैयाँ ठगी गरेको खवर प्रहरीले पाएपछि महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको टोलीले उनीहरुलाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।