Tag: १० बुँदे सहमति

  • १० बुँदेको बाजा नबजाऊ : ओली, सहमति एकतारे नभइ ११ तारे बिगुल : रावल

    १० बुँदेको बाजा नबजाऊ : ओली, सहमति एकतारे नभइ ११ तारे बिगुल : रावल

    काठमाडौं । नेकपा (एमाले) भित्रको विवाद समाधनका लागि गरिएको १० बुँदे सहमतिबारे नेताहरूबीच विवाद सुरू भएको छ ।

    एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई पार्टीमै राख्ने सन्दर्भमा १० बुँदे गरिएको भए पनि अहिले त्यो असान्दर्भिक भइसकेको भन्दै त्यसको एकतर्फी बाजा नबजाउन आग्रह गरेका छन् ।

    बुधबार एमाले वागमती प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले अब १० बुँदेको ट्यान्ड्याङ धैरै नबजाउन भनेका थिए । ओलीकै शैलीमा उपाध्यक्ष भीम रावलले पनि जवाफ फर्काएका छन् ।

    उनले १० बुँदे सहमति ‘एकतारे’ नभइ पार्टी एकता बचाउन बजाइएको ११ तारे विगुल भएको बताएका छन् । ट्वीटरमार्फत ओलीलाई जवाफ फर्काएका रावलले स्वास्थ्यका लागि ठण्डा दिमागले सुन्नु स्वास्थ्यका लागि लाभदायक भनेका छन् ।

    ओलीले के भनेका थिए ?

    हिजो कताको के-को यो १० बुँदे केजाति केजाति यो एकतारे बजाएर .. गोविन्द दश बुँदे, दश बुँदे, दश बुँदे यो पनि धेरै गरिरहनु आवश्यक छैन ।

    एकठाउँ मिलेर एकताबद्ध भएर अगाडि बढौं न खुरूक्क। अब कति बजाउने १० बुँदे ट्यान्ड्याङ, ट्यान्ड्याङ, ट्यान्ड्याङ, माधव आउँछ कि पार्टी फुटाउँदैन कि भनेर १० बुँदे गरियाथ्यो।

    रावलको जवाफ

    १० बुँदे सहमति ‘एकतारे’ होइन पार्टी एकता बचाएर देशहितको लागि बजाइएको ११ तारे बिगुल हो । यसको धुन संस्थागत भइसकेको छ । सबैले ठण्डा दिमागले सुन्नु स्वास्थ्यका लागि लाभदायक छ ।

  • देशभर १० बुँदे कार्यान्वयन नभएकोबारे अध्यक्षसँग जवाफ मागेको हुँ : झपट रावल (भिडिओ)

    देशभर १० बुँदे कार्यान्वयन नभएकोबारे अध्यक्षसँग जवाफ मागेको हुँ : झपट रावल (भिडिओ)

    काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा सुदूरपश्चिमका नेताहरूले १० बुँदे सहमति लागू नभएको भन्दै असन्तुष्टी व्यक्त गरेका छन् ।

    शुक्रबार बैठक शुरू भएलगत्तै झपट रावलले सुदूरपश्चिममा १० बुँदे सहमति कार्यान्वयन हुन नदिइएको भन्दै नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।

    उपाध्यक्ष भीम रावल र अर्का नेता भानुभक्त जोशीले पनि १० बुँदे सहमति कार्यन्वयनमा असमानता देखिएको भन्दै समान कार्यान्वयनको लागि अध्यक्ष केपी शर्मा ओलीको जवाफ मागेका थिए ।

    तीन नेताले १० बुँदेबारे प्रश्न राखेपछि अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठकलगत्तै स्थायी कमिटी बसेर सुदूरपश्चिममा देखिएको समस्या समाधान गर्ने आश्वासन दिएको एक केन्द्रीय सदस्यले बताए ।

    आफूले बैठकमा राखेको भनाइबारे झपट रावलले बाहिर संवाददाताहरुलाई जानकारी गराए । ‘भदौ १० गते बसेको केन्द्रीय कमिटीको बैठक एकताको पहिलो बैठक हो,’ आफूले बैठकमा राखेका भनाइबारे उनले भने, ‘त्यो १० बुँदे सहमति कार्यान्वनयको बैठक पनि थियो । त्यसपछि १३ गते अन्तर पार्टी निर्देशन समेत जारी गरेको थियो ।’

    रावलले थपे, ‘यसलाई व्यवहार नउतारिएको हुनाले यसको बारेमा के हो ? नेतृत्व तहका बीचमा यसबारेमा एक रुपता नभएको हुनाले यसबारे प्रष्ट पारियोस्, त्यसपछि अन्य विषयमा छलफल गरौं भनेर मैले पार्टी अध्यक्षसँग माग गरेँ ।’

    अध्यक्षले दिएको जवाफबारे जानकारी गराउँदै उनले भने, ‘पार्टी अध्यक्षले यसलगत्तै स्थायी कमिटी बैठक बस्नेछौं र त्यहाँ छलफल गर्नेछौं भनेर भन्नु भएको छ।’

     

  • एमालेका भ्रातृसंगठनहरूमा १० बुँदे कार्यान्वयन गर्न कार्यदल गठन

    एमालेका भ्रातृसंगठनहरूमा १० बुँदे कार्यान्वयन गर्न कार्यदल गठन

    काठमाडौं । नेकपा एमालेले १० बुँदे सहमतिलाई तत्काल कार्यन्वयन गर्ने भएको छ । केन्द्रीय कमिटीको बिहीबार बसेको बैठकले पार्टी एकताको मर्मलाई ध्यान दिँदै पार्टीका सबै कमिटी र जनसंगठनहरूमा १० बुँदे कार्यान्वयन गर्ने निर्णय लिएको हो ।

    बैठकपछि एमाले सचिव प्रदीप ज्ञवालीले जनवर्गीय संगठनहरूलाई २०७५ जेठ २ अघिको अवस्थाबाट क्रियाशील बनाउन चार सदस्यीय कार्यदल गठन गरेको जानकारी दिए ।

    महासचिव ईश्वर पोखरेल नेतृत्वको कार्यदलमा संगठन विभाग प्रमुख तथा उपमहासचिव विष्णु पौडेल, तत्कालीन एमालेको जनवर्गीय संगठन मोर्चा इन्चार्ज रहेका सचिव गोकर्ण विष्ट र हाल एमालेमा मोर्चा इन्चार्ज रहेका टोपबहादुर रायमाझी रहेका छन् ।

    यो कार्यदलले सबै जनवर्गीय संगठनहरूमा १० बुँदे कार्यान्वयनको मोडालिटी बनाउने र त्यसलाई आवश्यक परे अर्को कार्यदले सहजीकरण गर्ने बताए ।

    हाल अनेरास्ववियू, युवा संघ, महिला संघ, किसान महासंघ, खेलकुद महासंघलगायतका जनवर्गीय संगठनमा जेठ २ अघिको नेतृत्व फेरिएकाले अब नयाँ ढंगले टुंगो लगाउन कार्यदल बनाइएको हो ।

    बैठकमा केन्द्रीय सदस्य तथा युवासंघ इन्चार्ज महेश बस्नेत लगायत केही नेताले १० बुँदे सहमति माधव नेपाल समूह छाडेर फर्किनेहरुको हकमा प्रभावकारी ढंगले लागु गर्नुपर्ने बताएका थिए ।
    तर यसअघि केपी ओली पक्षमै रहेका अध्यक्ष वा पदाधिकारीहरुको ठाउँमा समस्या नहुने उनीहरुको भनाइ थियो ।

    उदाहरण दिदै उनले युवा संघमा रमेश पौडेल विदा भएर किरण पौडेल आइसकेको र अनेरास्ववियुमा नविना लामा विदा भएर ऐन महर आइसक्दा एकै टिमका व्यक्ति भएकाले त्यहाँ समस्या नहुने बताएका थिए ।

    तर विगतमा जनसंगठनको अध्यक्ष रहेका तर माधव प्रचण्ड माधव पक्षमा लागेपछि अर्को व्यक्ति बनेको ठाउँमा भने माधव पक्ष छाडेर आउनेहरुलाई यथावत जिम्मेवारी दिने विषय उठेको छ । माओवादीबाट एमालेमा समाहित भएकाहरुको हकमा भने जिम्मेवार यथावत हुने भएको छ ।

  • तस्बिरमा हेर्नुस् माधव नेपाल छाडेर ८ महिनापछि मूलधारमा मोडिएका पाइलाहरू

    तस्बिरमा हेर्नुस् माधव नेपाल छाडेर ८ महिनापछि मूलधारमा मोडिएका पाइलाहरू

    काठमाडौं । २०७७ पुस ७ गते केपी शर्मा ओलीलाई नेकपा अध्यक्ष र साधारण सदस्यबाट समेत निष्कासित गरेपछि विभाजित भएका नेताहरू ८ महिना पुगेको भोलिपल्ट ओलीकै अध्यक्षताको बैठकमा सहभागी हुन च्यासल पुगेका छन् ।

    फागुन २३ सम्म प्रचण्ड-माधव र त्यसपछि एमाले ब्युँतिएपछि पनि माधव नेपाललाई साथ दिएर समानान्तर पार्टी अभ्यासमा रहेका १० जना स्थायी कमिटी सदस्यहरू १० बुँदे कार्यान्वयनमा ओलीलाई सहमत गराएपछि पहिलोपटक बैठकमा सहभागी हुन तुल्सीलाल अमात्य प्रतिष्ठानमा पुगेका हुन् ।

    पुस ५ प्रतिनिधिसभा विघटन भएपछि उनीहरू ओलीले बोलाएको कुनै पनि बैठकमा सहभागी भएका थिएनन् ।

    माधव नेपाल पक्षका १४ स्थायी कमिटी सदस्यमध्ये अमृत बोहरा, भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्य, सुरेन्द्र पाण्डे र रघुजी पन्तले माधव नेपाललाई आजकै मितिबाट औपचारिकरूपमा छाडेका छन् ।

     

  • माधवसँग छुटेर ओलीसँग जुटेपछि बालकोटबाट बाहिरिएका पाइलाहरू (तस्बिरहरू)

    माधवसँग छुटेर ओलीसँग जुटेपछि बालकोटबाट बाहिरिएका पाइलाहरू (तस्बिरहरू)

    काठमाडौं । केपी ओलीसँग राजनीतिक र सांगठनिकरूपमा विभाजित भएको ठीक ९ महिनापछि तत्कालीन नेकपा र हाल एमालेका ९ जना स्थायी कमिटी सदस्यहरू अन्ततः ओलीले बोलाएको बैठकमा बस्न तयार भएका छन् ।

    तत्कालीन नेकपा पुस ७ गते विभाजित भएपछि भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्य, सुरेन्द्र पाण्डे र रघुजी पन्त प्रचण्ड-माधव समूहमा थिए ।

    फागुन २३ को फैसलाले एमाले ब्युँतिएपछि पनि उनीहरू माधव नेपाल नेतृत्वको समानान्तर गतिविधिमै थिए । तर, नेपालले पार्टी विभाजन गरेपछि भने उनीहरू १० बुँदे कार्यान्वयनको प्रतिबद्धतासहित एमालेमा रहने भएका छन् र मंगलबारको बैठकले सबै विषय सम्बोधन गर्ने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    

    तस्बिरहरू : सरोज बैजु । 

  • मध्यमार्गी धार एमालेमै रहने, १० बुँदे कार्यान्वयनका लागि भोलि स्थायी कमिटी बैठक (भिडियाे)

    मध्यमार्गी धार एमालेमै रहने, १० बुँदे कार्यान्वयनका लागि भोलि स्थायी कमिटी बैठक (भिडियाे)

    काठमाडौं । नेकपा एमालेले १० बुँदे सहमति कार्यान्वयनको प्रक्रिया अघि बढाउन स्थायी कमिटी बैठक बोलाएको छ ।

    माधव नेपालको साथ छाडेका मध्यमार्गी धारका नेताहरूसँगको छलफलपछि मंगलबार स्थायी कमिटी बैठक बस्न लागेको हो । एमाले महासचिव ईश्वर पोखरेलले १० बुँदे सहमति कार्यान्वयनको प्रक्रियामा लैजानका लागि बैठक बस्न लागेको नेपाल प्रेसलाई बताए ।

    उनले अब एमाले एकताबद्ध रहेको र केही व्यक्ति बाहिरिए पनि आमरूपमा पार्टी एक ठाउँमा उभिने बताए ।

  • माधव छाडेकालाई एमालेमै राख्न १० बुँदे कार्यान्वयनको टाइमलाइन, स्थायी कमिटी बैठक तत्कालै बस्ने

    माधव छाडेकालाई एमालेमै राख्न १० बुँदे कार्यान्वयनको टाइमलाइन, स्थायी कमिटी बैठक तत्कालै बस्ने

    काठमाडौं । नेकपा एमाले विभाजनमा माधव नेपाललाई साथ नदिएका नेताहरूको माग सम्बोधन गर्न १० बुँदे सहमति कार्यान्वयनको ‘टाइमलाइन’ सहित मोडालिटी बन्ने भएको छ ।

    १० बुँदे सहमति अक्षरशः पालना भए एमालेमै बस्ने मनस्थितिमा रहेका नेताहरू यसबारे निर्णायक छलफल गर्न अध्यक्ष केपी शर्मा ओलीनिवास बालकोट पुगेका थिए । छलफलमा विघटित कार्यादलका नेताहरूसहित महासचिव ईश्वर पोखरेल पनि सहभागी थिए ।

    माधव नेपालले दल दर्ताका लागि निवेदन दिइसकेको र भोलिसम्म सनाखत गर्ने बेला संघीय संसद र केन्द्रीय कमिटीमा रहेका नेताहरूले आफ्नो कित्ता प्रष्ट पार्नुपर्ने भएकाले आजको बालकोट छलफललाई निर्णायक मानिएको छ ।

    माधव नेपाललाई विभाजनमा साथ नदिएका केन्द्रीय सदस्य र सांसदहरूसहितको विगतको माधव नेपाल समूहको आधाभन्दा ठूलो हिस्सा भीम रावल, घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्यलगायतको समूहमा छ । त्यसलाई एमालेमै राख्न १० बुँदे सहमति कार्यान्वयनको मोडालिटी बनिरहेको एक नेताले बताए ।

    त्यसमा सहमतिपछि आजै साँझसम्म वा भोलि बिहानै माधव नेपाल छाडेका १० जना नेतासहितको स्थायी कमिटी बैठक बस्ने भएको छ । दश बुँदे कार्यान्वयनका सन्दर्भमा देखिने समस्या समाधान गर्न कार्यदलको समेत प्रस्ताव गरिएको छ ।
    दश बुँदे कार्यान्वयनका लागि अध्यक्ष ओलीलाई मनाउने जिम्मा यसअघि आइतबारको छलफलमै शंकर पोखरेलले लिएका थिए । कार्यदलमा रहेका माधवपक्षीय नेताहरूको सहमतिमै कार्यसूची बनाएर अध्यक्ष र महासचिवले स्थायी कमिटी बैठक बोलाउने नेता पोखरेलले बताएका छन् ।

    दश बुँदे सहमतिको मुख्य स्पिरिट नेकपाकालमा समेटिएका नेताहरूसहित २०७५ जेठ २ अघिका एमालेका संरचनाहरू क्रियाशील गराउने र जहाँ समस्या पर्छ त्यहाँ कार्यदलले टुंगो लगाउने उनले बताए । त्यसबाहेक विधान महाधिवेशनका सन्दर्भमा माधव नेपाल छाडेर आउनेहरूका समेत सरोकार सम्बोधन गरेर अघि बढ्ने तयारी संस्थापन पक्षको छ ।

    माधव नेपालको पार्टीमा नजानेहरू जेठ २ अघि जुन पदमा थिए त्यही पदमा रहने सहमति भएको छ । माधव नेपाल पक्षका ३० भन्दा बढी जिल्ला अध्यक्ष थिए । नेपालसँग नजानेहरूले अब जेठ २ अघिकै कमिटीको बैठक बोलाएर पार्टी गतिविधि अघि बढाउन पाउने गरी मोडालिटीमा छलफल भइरहेको छ ।

    १० प्रतिशत केन्द्रीय सदस्य मनोनयनलगायतका विषयमा पनि सहमतिनजिक पुगेको छ । तर, ओलीले अब गुटका आधारमा डिल नहुने बताएका छन् ।

  • एमाले बैठक जारी, सबै सदस्यलाई १० बुँदे सहमति बाँड्दै कार्यान्वयनमा जोड

    एमाले बैठक जारी, सबै सदस्यलाई १० बुँदे सहमति बाँड्दै कार्यान्वयनमा जोड

    काठमाडौं । नेकपा एमालेको १०औं केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक जारी छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसिरहेको बैठक हिजोकै निरन्तर बैठक हो ।

    आजको बैठकमा एमाले एकताका लागि गठित तत्कालीन कार्यदलले तयार पारेको १० बुँदे सहमति सदस्यहरूलाई वितरण गरिएको छ । कार्यदलका तर्फबाट स्थायी कमिटी सदस्य सुवास नेम्वाङले सो सहमति कार्यान्वयनमा इमान्दार हुनुपर्नेमा जोड दिएका छन् ।

    एमालेले पार्टीको आन्तरिक समस्या समाधानको लागि गरेको १० बुँदे सहमतिलाई अनुमोदन गरिसकेको छ ।

    बैठकमा शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिने माधवकुमार नेपालसहितका २२ सांसदलाई कारवाहीको थप प्रक्रियाबारे पनि छलफल हुने बताइएको छ । एमालेले उनीहरूलाई अनुशासनको कारवाहीका लागि २४ घण्टे स्पष्टीकरण सोध्ने हिजै निर्णय गरिसकेको छ ।

    जारी बैठकमा प्रदेशको पार्टी अवस्थाबारे सम्बन्धित नेताहरूले जानकारी गराउने, सर्वोच्चको फैसलाप्रति पार्टीको दृष्टिकोण, ओली नेतृत्वको सरकारले गरेका कामको समीक्षा गर्ने साथै आगामी दिनमा राजनीतिक र सांगठानिक काममा पार्टीको भूमिकाबारे पनि छलफलको मुख्य एजेण्डा छ ।