Tag: १०औं राष्ट्रिय महाधिवेशन

  • विष्णु पौडेलको निर्वाचन क्षेत्रबाट दर्जन नेताहरु केन्द्रीय सदस्य आकांक्षी

    विष्णु पौडेलको निर्वाचन क्षेत्रबाट दर्जन नेताहरु केन्द्रीय सदस्य आकांक्षी

    रूपन्देही । नेकपा एमालेका उपमहासचिव विष्णुप्रसाद पौडेलको निर्वाचन क्षेत्र रूपन्देही-२ बाट करिव एक दर्जन नेताहरू केन्द्रीय सदस्यका लागि आकांक्षी भएर प्रचारमा लागेका छन् ।

    रूपन्देही-२ बाट महाधिवेशन प्रतिनिधि बनेका नेताहरू भोजप्रसाद श्रेष्ठ, भूमिश्वर ढकाल, शिवराज सुवेदी, सावित्रा अर्याल, कमल गौतम, गोमा आचार्य, बासुदेव घिमिरे, नेत्र पन्थी, कमला विश्वकर्मालगायतका नेताहरु दशौं महाधिवेशनमा केन्द्रीय सदस्यका लागि प्रचारमा जुटेका हुन् ।

    अहिले केन्द्रीय कमिटीमा रहेका लिला गिरी, दधिराम न्यौपाने, एकराज बिश्वकर्मा र खिमलाल भट्टराई पनि दोहोरिने भएपछि कसलाई अगाडि बढाउने भनेर नेतृत्वलाई सकस परेको छ । आकांक्षीहरू आफूलाई अगाडि बढ्न स्वीकृति माग्न नेता विष्णु पौडेललगायतका नेताहरूलाई पछ्याइरहेका छन् ।

    एकैठाउँबाट धेरै नेताहरू प्रतिस्पर्धामा जाँदा समेटिन अफ्ट्यारो पर्ने भन्दै नेतृत्वले मिलेर अगाडि बढ्न सुझाव दिएको छ ।

    उपमहासचिव पौडेल महासचिवमा जाने पूर्ण तयारी गरेका छन् । त्यसैले पनि आफ्नो उम्मेदवारीलाई समस्या नहुने गरी नेताहरूलाई अगाडि बढ्न सुझाएका छन् ।

    रूपन्देहीबाट अहिले उपमहासचिव रहेका नेता घनश्याम भुसाल उपाध्यक्ष, स्थायी कमिटी सदस्य छविलाल विश्वकर्मा र राधा ज्ञवाली पनि दलित तथा महिला प्रतिनिधित्व पदाधिकारीमा हुनुपर्ने भन्दै अगाडि बढ्ने तयारी गरेका छन् ।

  • एमाले महाधिवेशनस्थलमा बिहानैदेखि कार्यकर्ताको चहलपहल (१५ तस्बिरमा हेर्नुस्)

    एमाले महाधिवेशनस्थलमा बिहानैदेखि कार्यकर्ताको चहलपहल (१५ तस्बिरमा हेर्नुस्)

    चितवन ।  नेकपा एमाको १० औं महाधिवेशनको आज उद्घाटन हुँदैछ । चितवनको नारायणगढस्थित नारायणी नदी किनारमा हुने उद्घाटन कार्यक्रममा पाँच लाखभन्दा बढी कार्यकर्ता उतार्ने दावी एमालेको छ ।

    उद्घाटनको दिन बिहानैदेखि कार्यक्रमस्थल वरपर कार्यकर्ताको उल्लेख्य चहलपहल देखिएको छ । रात्रीबसमा चितवन आएका कार्यकर्ताहरु विहानै नारायणगढ ओर्लिएपछि सिधै कार्यक्रमस्थलतर्फ पुग्न थालेका छन् ।

    महाधिवेशन स्थलसम्म पुग्नका लागि एकद्वार प्रणाली अपनाइएको छ । नारायणगढ बजारबाट नारायणी तटमा पुग्ने अन्य सबै सहायक मार्गहरु बन्द गरिएको छ । चीसोको पर्बाह नगरी एमाले कार्यकर्ताहरु नारायणी किनार पुगेका छन् ।

    उद्घाटन कार्यक्रमका लागि चितवन आसपासका जिल्लाबाट पनि विहानैदेखि कार्यकर्ताहरु नारायणगढ पुग्ने क्रममा छन् । गोरखा, धादिङ, मकवानपुर, नवलपरासी, तनहुँ लगायतका जिल्लाबाट आज गाडीको व्यवस्थासहित कार्यकर्तालाई नारायणगढ पुर्‍याइँदै छ ।

    दिउँसो १२ बजे उद्घाटन समारोह सुरु हुने कार्यतालिका छ । उद्घाटनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबाहेक सबै पार्टीका शीर्षस्थ नेताहरु सहभागी हुने बताइएको छ । एमाले फुटेर बनेको नेकपा एकीकृत समाजबादीका अध्यक्ष माधवकुमार नेपाल पनि कार्यक्रममा जाने छैनन् ।

  • एमालेमा अखिलको लिगेसी- शंकर महासचिवको ‘रेस’मा, तीन पूर्वअध्यक्ष ‘डेब्यू’ को तयारीमा

    एमालेमा अखिलको लिगेसी- शंकर महासचिवको ‘रेस’मा, तीन पूर्वअध्यक्ष ‘डेब्यू’ को तयारीमा

    काठमाडौं । नेकपा (एमाले)को १० औं महाधिवेशन चितवनमा हुँदैछ । चितवनबाट धेरै नयाँ अनुहारले एमाले केन्द्रीय कमिटीमा समेटिने इच्छा प्रकट गरेका छन् ।

    साविकका केन्द्रीय सदस्य सबै दोहोरिँदा पनि धेरै नयाँ अनुहारले ठाउँ पाउने भएकाले पनि केन्द्रीय दस्यमा ‘डेब्यू’का लागि धेरै दावेदार देखिएका हुन् । त्यस्तो दावेदारहरुमा एमालेको भातृ संगठन अनेरास्ववियूबाट पनि छन् । अनेरास्ववियूका पूर्वअध्यक्षहरुको यसपटक एमाले केन्द्रीय कमिटीमा डेब्यू गर्ने चाहाना छ ।

    अनेरास्ववियूबाटै गएर अहिले एमालेमा स्थापित भएका नेताहरु धेरै छन् । अनेरास्ववियूका पूर्वअध्यक्ष शंकर पोखरेलको दावीदारी एमाले महासचिवमा छ ।

    पूर्वअध्यक्ष योगेश भट्टराईले बुधबार सचिवमा उम्मेदवारीको घोषणा गरेका छन् ।

    त्यस्तै अनेरास्ववियूका पूर्वअध्यक्षहरु अरुण नेपाल, हिक्मत कार्की, खिमलाल भट्टराई र ठाकुर गैरे पनि पदाधिकारीका दाबेदार हुन् ।

    पूर्वअध्यक्षमध्ये रामनाथ ढकाल र रविन्द्र अधिकारीको निधन भइसकेको छ । पूर्वअध्यक्षहरु तुलवहादुर गुरुङ, राजेन्द्र राई र रामकुमारी झाँक्री नेकपा (एस)मा छन् ।

    पूर्वअध्यक्षहरु टंक कार्की, रुपनारायण श्रेष्ठ र माधव ढुंगेल केन्द्रीय समितिमै छन् । उनीहरुले पदाधिकारीको दावी गरिसकेका छैनन् ।

    पूर्वअध्यक्षहरु मध्यका विश्वकान्त मैनाली, गौरी प्रधान र रामप्रसाद ज्ञवाली भने सक्रिय राजनीतिमा छैनन् ।

    जो ‘डेब्यू’ गर्न चाहान्छन्

    अनेरास्ववियूका अध्यक्ष भइसकेका धेरैले एमालेमा भूमिका पाएका छन् । थोरै छन्, जो यसपाली एमाले केन्द्रीय कमिटीमा डेब्यू गर्न चहान्छन् ।

    अनेरास्ववियूको पूर्वअध्यक्षहरु मध्यमा तीन जना एमाले केन्द्रीय हुन बाँकी छ । किशोरविक्रम मल्ल, नवीना लामा र ऐन महर यसपटक केन्द्रीय कमिटीमा डेब्यू गर्न चाहन्छन् । लामा भने प्रतिनिधिसभाकी सदस्य समेत हुन् ।

    उनीहरुले केन्द्रीय कमिटीमा आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् । हालकी अध्यक्ष सुनिता बरालले पनि केन्द्रीय सदस्यमा उम्मेवारी घोषणा गरिसकेकी छिन् ।

    पदाधिकारीका दावेदार

    शंकर पोखरेल
    योगेश भट्टराई
    अरुण नेपाल
    हिक्मत कार्की
    खिमलाल भट्टराई
    ठाकुर गैरे

    केन्द्रीय कमिटीमा ‘डेब्यू’ आकांक्षी

    किशोर विक्रम मल्ल
    नवीना लामा
    ऐन महर

  • एमाले अध्यक्ष ओली आज चितवन जाँदै

    एमाले अध्यक्ष ओली आज चितवन जाँदै

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीको १०औं महाधिवेशन उद्घााटनका लागि आज चितवन जाँदैछन् ।

    अध्यक्ष ओली आज विहान ११ बजे चितवन पुग्नेछन् । उनी आजै केहि कार्यक्रममा समेत सहभागी हुनेछन् । आज दिउँसो एमाले निकट नेपाल बुद्धिजीवि परिषदले आयोजना गर्ने कार्यक्रममा ओलीको सहभागिता रहनेछ ।

    ओलीसहितका अन्य नेताहरू पनि आजै पुग्नेछन् । हिजो सचिव योगेश भट्टराई र मूल आयोजक समितिका संयोजक सुरेन्द्र पाण्डे पुगिसकेका छन्

    भोलिदेखि तीन दिनसम्म चितवनमा एमालेको महाधिवेशन आयोजना हुँदैछ । शुक्रबार नारायणगढस्थित नारायणी नदी किनारमा हुने उद्घाटन कार्यक्रमपछि सौराहामा बन्दसत्र आयोजना हुनेछ । एमालेले उद्घाटनमा ५ लाख कार्यकर्ता उतार्ने लक्ष्य लिएको छ ।

  • एमाले महाधिवेशन‍- यी नेता आजैदेखि चितवन बस्ने, अध्यक्ष ओली भोलि पुग्ने

    एमाले महाधिवेशन‍- यी नेता आजैदेखि चितवन बस्ने, अध्यक्ष ओली भोलि पुग्ने

    चितवन । शुक्रबारदेखि चितवनमा हुने १० औं महाधिवेशनको लागि एमालेका केन्द्रीय नेताहरू चितवन आउने क्रममा छन् ।

    बुधवार मूल आयोजक समितिका संयोजक राम बहादुर थापा बादल, सहसंयोजक सुरेन्द्र पाण्डे, प्रचार विभाग प्रमुख योगेश भट्टराई, प्रचार विभाग उपप्रमुख सूर्य थापा, बागमती प्रदेश अध्यक्ष आनन्द पोख्रेल आउने भएका छन् ।

    उनीहरू बुधवार देखि चितवनमै रहने एमाले नेता राम प्रसाद न्यौपानेले जानकारी दिए । ‘उहाँहरू आजै आउनुहुन्छ र यतै बस्नुहुन्छ’ उनले भने, ‘यतैबाट महाधिवेशनको तयारीमा जुट्ने कार्यक्रम रहेको छ ।’

    पार्टी अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरू भने बिहीबार चितवन पुग्ने छन् । चितवनमै एमाले केन्द्रीय कमिटिको अन्तिम बैठकको तयारी भइरहेको छ ।

    १० गते नारायणी नदी किनारमा १० औं महाधिवेशनको उद्घाटन सत्र सुरु हुने छ । बन्द शत्र भने सौराहमा गर्ने तयारी भइरहेको छ । अहिले नारायणी नदी किनारमा मन्च निमार्णको काम जारी रहेको छ ।

  • आफ्नै गढमा कमजोर देखिए भीम रावल, यस्तो छ सुदूरपश्चिमको हिसाव-किताब

    आफ्नै गढमा कमजोर देखिए भीम रावल, यस्तो छ सुदूरपश्चिमको हिसाव-किताब

    कैलाली । धनगढी । चितवनमा हुने एमालेको दशौं महाधिवेशनका लागि आइतबार उपाध्यक्ष भीम रावलले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरे । रिपोर्टस क्लबमा उम्मेदवारी घोषणा गर्दै उनले अध्यक्ष ओलीलाई आफूलाई विश्वास गर्न र पार्टी सञ्चालनको जिम्मा दिन आग्रह गरेका थिए ।

    नवौं महाधिवेशनमा उपाध्यक्ष पदमा रावलले सबैभन्दा बढी मत ल्याएका थिए । राजधानीको भृकुटीमण्डपमा ०७१ असार १९–२५ मा एमाले नवौं महाधिवेशन चलेको थियो । उपाध्यक्ष पदमा पाँच पदका लागि १० जनाको उम्मेदवारी परेको थियो ।

    ०७१ साउन १ गते घोषणा भएको मत परिणाम अनुसार रावलले २ हजार १५२ मत मध्ये ११४३ मत ल्याएका थिए । उनले आफ्नो शक्तिको आधार अहिले पनि त्यही लोकप्रियतालाई देखाउने गरेका छन् । तर अहिले रावलको धरातल भने फेरिएको छ ।

    नवौं महाधिवेशनमा सबैभन्दा लोकप्रिय मत ल्याएका रावललाई दशौं महाधिवेशनमा त्यो साख बचाउन चुनौती छ । अहिले आफ्नै क्षेत्रमा कमजोर देखिएपछि अध्यक्षमा अपेक्षित मत ल्याउन निकै सकस हुने आँकलन गरिएको हो ।

    सुदूरपश्चिम प्रदेशमा बलियो मानिएका रावल अहिले भने कमजोर छन् । कुनै बेला रावलको अगाडि ठाडो शीरले उभिन नसक्नेहरु अहिले सुदूरपश्चिममा एमालेको प्रभावी नेता बनेका छन् । एमालेले वडादेखि महाधिवेशन प्रतिनिधि समेत अधिकांश स्थानमा सर्वसम्मत ढंगले चयन गरेको छ ।

    नौ जिल्ला रहेको यस प्रदेशबाट पार्टीभित्र चयन भएका अधिकांश नेतृत्वमा वर्तमान पार्टी अध्यक्ष केपी शर्मा ओलीको वर्चस्व रहेको छ । प्रदेशमा ओलीको लिगेसी प्रदेश अध्यक्ष कर्ण थापा, प्रदेश इन्चार्ज लेखराज भट्ट, सह इन्चार्ज नारदमूनि राना लगायतले लिएका छन् ।

    प्रदेशबाट अहिले एक सय ७१ जना महाधिवेशन प्रतिनिधि छनोट भइसकेका छन् । महाधिवेशन प्रतिनिधिमा दार्चुलाबाट १२, बझाङबाट १६, बैतडीबाट १४, डडेल्धुराबाट ११ जना छनोट भएको नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्ण थापाले जानकारी दिए ।

    त्यस्तै बाजुरा २१, कञ्चनपुर १६, डोटी १६, कैलाली ४४ र अछामबाट १४ जना छनोट भएको उनले बताए ।

    १६४ जना निर्वाचन क्षेत्र र मजदुर संगठनबाट छनोट भएका छन् भने पाँचजना प्रदेश कमिटीले मनोनित गरेको छ ।

    एक सय ७१ जना मध्ये रावल पक्षका प्रतिनिधि दुई दर्जन पनि पुग्न समस्या हुने एमाले स्रोतको दाबी छ । किनभने हिजो जसको बलमा रावलले सुदूरपश्चिममा राज गरेका थिए उनीहरु अहिले एमालेमा छैनन् ।

    ‘उहाँले प्रदेशबाट २ प्रतिशत मत ल्याउन सक्नुहुन्छ,’ एमाले स्रोत भन्छ ‘अहिले एमालेमा फेरि ओलीलाई नै अध्यक्ष बनाउने कुरामा सबै एक मत भएको हुँदा उहाँको मत निकै कम हुन्छ ।’

    अब ५ प्रतिशत केन्द्रले प्रतिनिधि मनोनित गर्नेछ । सुदूरपश्चिम प्रदेशबाट १५ जनाको नाम सिफारिस गरिएको छ । करिब ७ जना मनोनित हुने भनिएको छ । उनीहरू पनि रावल इतर हुने दाबी गरिएको छ ।

    रावलको गृहजिल्ला अछामबाट भने उनी पक्षका प्रतिनिधि छनोट भएका छन् । कञ्चनपुरबाट पनि केही प्रतिनिधि छनोट भएको बताइएको छ ।

    महाधिवेशन प्रतिनिधि एकलौटी ढंबाट छनोट गरिएको भन्दै कैलालीको निर्वाचन क्षेत्र नम्बर–२ मा विवाद नै भएको थियो । विगतमा ओली पक्षमा रहेका कैलाली अध्यक्ष रतनबहादुर थापाले सो निर्वाचन क्षेत्रबाट धनगढीमा महाधिवेशन प्रतिनिधि छनोट गरेका थिए ।

    रावल समूहमा रहेको भनिएका जिल्ला समन्वय समिति सभापति सूर्यबहादुर थापा, लम्की चुहाका नगर प्रमुख महादेव बजगाईँ लगायतले एक हजार दुई सय व्यक्तिको भेला गराई महाधिवेशन प्रतिनिधि छनोट गरेका थिए ।

    भीम रावलनिकट रहेका झपट रावलले ओली पक्षले एकलौटी प्रतिनिधि छनोट गरेको भन्दै थप ९ जनाको नाम पठाएका थए । तर उनीहरू अवैध रहेको यसअघि प्रदेश अध्यक्ष कर्ण थापाले बताइसकेका छन् ।

    ‘महाधिवेशन प्रतिनिधि सर्वसम्मत रूपमा चयन भइसकेका छन्,’ प्रदेशको महाधिवेशन प्रतिनिधि छनोटपश्चात् धनगढीमा आयोजित पार्टीका प्रदेश अध्यक्ष कर्णबहादुर थापाले भनेका थिए, ‘कैलाली क्षेत्र नम्बर दुईमा पार्टीले छनोट गरेका प्रतिनिधि वैध हुन् ।’

    कैलाली क्षेत्र नम्बर २ का समानान्तर प्रतिनिधीहरुले मान्यता नपाउने अवस्थामा रावल थप कमजोर हुने अवस्थामा देखिएका हुन् । यस अघि रावलको साथमा रहेकाहरू पनि अहिले उनीसँग छैनन् ।

    सुदूरपश्चिमबाट २५ जना केन्द्रीय सदस्यमध्ये अहिले रावलसहित कैलालीका झपट रावल र बाजुराका प्रकाश शाह मात्रै उनीसँग छन् । प्रतिनिधिसभा सदस्यमध्ये कैलालीका रावल र कञ्चनपुरका दीपक प्रकाश भट्ट मात्रै रावलसँग छन् । उनी इतर ठूलो समूह अहिले प्रदेशमा बलियो अवस्थामा रहेको छ ।

    ‘यस अघि उहाँ धेरै बलियो हुनुहुन्थ्यो तर, अहिले धेरै कमजोर हुनुभएको छ’ एमालेका एक नेताले भने, ‘यस्तै अवस्था उहाँ अध्यक्षमा लड्नु भयो भने अपेक्षित मत पनि पाउन नसक्ने अवस्था छ ।’

    महाधिवेशनमा छनोट भएका प्रतिनिधिहरुमा ओली पक्षको वर्चस्व रहेको हुँदा रावललाई समस्या हुने बताइन्छ ।

    एमाले विभाजन हुनु भन्दा अघि सम्म रावल प्रदेशमा बलियो अवस्थामा थिए । तर, उनी निकट रहेका अधिकांश नेताहरूले उनको साथ छोडेपछि रावल आफ्नै भूगोलमा कमजोर भएका हुन् । रावल निकट रहेका १४ जना प्रदेश सभा सदस्यहरूले नेकपा एस रोजेका थिए ।

    रावल सर्वसम्मत अध्यक्ष बन्नुहुन्छ– झपट

    निकट रहेका केन्द्रीय सदस्य झपट रावलले भीम रावल सर्वसम्मत पार्टी अध्यक्ष बन्ने सक्ने दाबी गरेका छन् । यसअघि पार्टी अध्यक्ष केपी ओली एउटै कक्षामा दोहोरिन्न भन्ने सन्दर्भलाई जोड्दै उनले भने, ‘अहिलेसम्म अध्यक्षमा भीम रावलले मात्रै उम्मेदवारी दिनुभएको छ । अध्यक्ष कमरेड एउटै कक्षामा दोहोरिन्न भनिसक्नु भएको छ । अबको सर्वसम्मत अध्यक्ष भीम रावल हुन सक्नुहुन्छ ।’

    उनले भीम रावल कमजोर नभई थप बलियो भएको दाबी गरे । ‘उहाँको अडान र राष्ट्रियताको विषयले गर्दा अझै बलियो हुनुभएको छ,’ उनले भने, ‘अबको अध्यक्ष उहाँ नै हो ।’

    सुदूरपश्चिममा त उहाँ (भीम रावल) कमजोर हुनुभएको होइन र ? भन्ने प्रश्नमा झपट भन्छन्, ‘‘उहाँ सुदूरपश्चिमको मात्रै नेता होइन देशभरिको नेता हो । उहाँ देशभरिमा बलियो हुनुभएको छ ।’

    सुदूरपश्चिम प्रदेशका नियोजित रूपमा प्रतिनिधि छनोट गरिएको भन्दै उनले विरोध गरे । ‘कैलाली क्षेत्र नम्बर २ मै हेर्नुहोस् न,’ उनले प्रतिप्रश्न गरे, ‘कार्यकर्ताको बीचमा नगई धनगढीमा बसेर प्रतिनिधि छनोट गर्न मिल्छ ?’

    रावलले आफूले पनि सचिव पदमा उम्मेदवारी दिन सक्ने बताए । घनश्याम भुसालले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने विषयमा छलफल भइरहेको उनको भनाइ थियो । भीम रावललाई सर्वसम्मत अध्यक्ष बनाउँदा पार्टी अझै मजबुत हुने उनको दाबी छ ।

  • महाधिवेशन प्रतिनिधि छनाेटले युवा संघमा विवाद, मान्यता नदिन पार्टीमा उजुरी

    महाधिवेशन प्रतिनिधि छनाेटले युवा संघमा विवाद, मान्यता नदिन पार्टीमा उजुरी

    काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधि छनाेटमा युवा संघ अध्यक्ष किरण पौडेल लगायत नेताले मनोमानी गरेको भन्दै विवाद उत्पन्न भएको छ ।

    युवा संघका  उपाध्यक्ष अमित लामा,उपाध्यक्ष उर्मिला सुुनुवार, रोशन बस्नेत,किरणराज गौतम, कृष्णहरी केसी लगायतका नेताले विधि प्रक्रियाविपरित महाधिवेशन प्रतिनिधि भनेर सार्वजनिक गरिएका नामप्रति असहमति जनाएका छन् । बरिष्ठ उपाध्यक्ष लामाले कमिटी बैठक बसेर निर्णय नभएकोले आफूहरु असहमत रहेको बताए ।

    उनीहरुले संघको बैठक बसेर सहमतिमा वा निर्वाचनको प्रक्रियाबाट प्रतिनिधि चयन हुनुपर्ने माग गरेका छन् । यसबारेमा पार्टीको सम्बद्ध निकायमा लिखित उजुरी दिइने र युवा संघको नाममा चयन भएका भनिएका प्रतिनिधिलाई मान्यता नदिन आग्रह गरिने उपाध्यक्ष बस्नेतले बताए ।

    युवा संघबाट अध्यक्ष पौडेलसहित क्रान्ति बुर्लाकोटी, पुष्प श्रेष्ठ, रमेश आचार्य र अन्जना अधिकारी महाधिवेशन प्रतिनिधि चयन भएका छन् । तर ती नाममा कुनै बैठकमा छलफल नभएको र प्रक्रिया नै शुरु नभएको आरोप अर्को पक्षको छ ।

    बस्नेतले युवा संघलाई केही नेताले प्राइभेट कम्पनीका रुपमा चलाउन खोज्दा समस्या भएको बताए । कुनै पनि कमिटीमा छलफल नहुने र निजी ढंगले संगठन चलाउने प्रवृतिविरुद्ध आफूहरु उजुरी दिनेबारे छलफलमा रहेको बताए ।

    यसैबीच युवा संघका उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख अशोक चौलागाईले भने प्रतिनिधि छनौटमा कुनै विवाद नभएको र सहमतिका आधारमा प्रक्रिया पूरा गरेरै पार्टीले तोकेको मापदण्ड अनुसार प्रतिनिधि चयन भएको बताए । उनले प्रतिनिधि चयनमा संगठनभित्र कुनै विवाद नरहेको दावी गरे ।

    युवा संघमा क्रान्ति बुर्लाकोटी १० बुँदे सहमति पक्षधर १० नेता निकट हुन् । अरु सबै संस्थापन पक्षकै हुन् । अध्यक्ष पौडेल र उपाध्यक्ष बस्नेत युवा संघका तत्कालीन अध्यक्ष महेश बस्नेत उद्योगमन्त्री हुँदा स्वकीय सचिव थिए ।

    युवा संघ अहिले पनि महेश बस्नेतको प्रभावमा छ । संघका इन्चार्ज समेत रहेका बस्नेत एमालेको सचिवका उम्मेदवार बन्ने भएका छन् । युवा संघभित्रको विवाद मिलाउन बस्नेतलाई नै जिम्मा दिने कि पार्टीले हस्तक्षेप गर्ने भन्नेबारे नेतृत्वमा छलफल हुने एमालेका एक स्थायी कमिटी सदस्यले बताए ।

    युवा संघको कमिटीमै नरहेको व्यक्तिलाई प्रतिनिधि छनौट गरिएको आरोप समेत लागेको छ । बुर्लाकोटी नेकपा एस निकट युवा संघको बरिष्ठ उपाध्यक्ष रहेको र संघमा फर्किएर जिम्मेवारी पाएको जानकारी समेत अहिलेसम्म नरहेको अशन्तुष्ट पक्षको दावी छ ।

     

  • ‘लोकतान्त्रिक अभ्यासका नाममा विग्रह स्वीकार्य हुँदैन’

    ‘लोकतान्त्रिक अभ्यासका नाममा विग्रह स्वीकार्य हुँदैन’

    नेकपा एमालेको आधार इलाकाको रुपमा रहेको क्षेत्र हो लुम्बिनी । लुम्बिनी उपाध्यक्ष युवराज ज्ञवाली, उपमहासचिव विष्णु पौडेल र घनश्याम भुसाल, सचिव प्रदीप ज्ञवाली र गोकर्ण विष्ट, प्रभावशाली नेताहरु शंकर पोखरेल, टोपबहादुर रायमाझी, मणि थापा, छविलाल विश्वकर्मा, राधा ज्ञवाली, खिमलाल भट्टराई, ठाकुर गैरेलगायतको प्रदेश हो । चितवनमा हुन गइरहेको पार्टीको १०औं महाधिवेशनमा लुम्बिनीको तयारी, यहाँबाट हुने सहभागिता, नेताहरुको व्यवस्थापनलगायतका विषयमा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष लिला गिरीसँग कुराकानी:-

    महाधिवेशनको तयारी कस्ताे छ ?

    एमालेलाई सुदृढ बनाउन ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने हाम्रो अभियानलाई साकार बनाउन एमाले दह्रो र सुदृढ हुनुपर्छ । महाधिवेशनले सोही अनुरुपको नेतृत्व छान्नेछ । विचारमा अझ सुदृढ बनाउनेछ । विचारमा एकरुपता भएन भने त्यो पार्टीले केही गर्न सक्दैन भन्ने हामीले बुझेका छौं ।

    हामीले राजनीतिक क्रान्ति सम्पन्न गर्‍यौं, सामन्तवादलाई ढाल्यौं तर त्यसका अवशेशहरु कायमै छन् भन्ने कुरा भुल्नु हुँदैन । सामन्तवादका अवशेष अन्त्य गर्ने र दलाल पुँजीवादका विरुद्धमा जारी संघषलाई अझ प्रभावकारी बनाउनुपर्ने छ ।

    हामीले लुम्बिनीबाट ७५ हजार सहभागिता गराउने छाैं । घरघरमा महाधिवेशनको सन्देश दिनेगरी योजना बनाएर अगाडि बढेका छौं ।

    राष्ट्रिय पुँजीको विकास गर्ने, समाजवादको आधार निर्माण गर्ने हाम्रो लक्ष्य हो । हामी यो कुरा भन्छौं र सोही अनुरुपका काम गर्छौं । यसरी अगाडि जाँदा हामी सरकारमा रहँदा पनि र नरहँदा पनि नीति, विचार, योजना निर्माण गर्नेगरी आफूलाई लैजानुपर्छ । एमालेमा यो तागत छ, क्षमता छ र सम्भावना पनि छ ।

    लुम्बिनी एमालेको आधार इलाका भएको र यहाँबाट मुख्य पदाधिकारीलगायतका महत्वपूर्ण पदमा नेताहरुको उपस्थितिले आगामी दिनमा नेतृत्वलाई थप सबल र सुदृण बनाउने छ । हामीले लुम्बिनीबाट ७५ हजार सहभागिता गराउने छाैं । घरघरमा महाधिवेशनको सन्देश दिनेगरी योजना बनाएर अगाडि बढेका छौं ।

    महाधिवेशनले एमाले कार्यकर्तालाई कस्तो सन्देश दिनेछ ?

    ‘दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकताको विरोध गरौं, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौं’ हामीले महाधिवेशनमा यो नारा तय गरेका छौं । समृद्ध नेपाल खुशी जनताको राष्ट्रिय लक्ष्यमा केन्द्रित हुनका लागि पार्टीलाई आगामी दिनमा यहीँ नाराले नै निर्देशित गर्नेछ ।

    समृद्धिका आधार तयार पार्ने र तिनलाई साकार पार्दै जाँदा नै समाजवादको आधार निर्माण हुने हो । समाजवादमा जाने भनियो तर त्यसका लागि आवश्यक नीति र कार्यक्रम बनाउन सकिएन भने त्यसको केही अर्थ रहँदैन । तर, एमालेले यसको प्रष्ट नीति बनाएको छ, उपयुक्त कार्यक्रम तय गरेको छ र अब महाधिवेशनमार्फत योग्य नेतृत्व छनौट गरेर अगाडि बढ्ने छ ।

    भनेपछि अब अधिकारप्राप्तिको आन्दोलन जरुरी छैन ?

    राजनीतिक अधिकार प्राप्तिको लडाइँ मुख्य कुरा होइन । संविधान र कानूनमा त्यसलाई निश्चित गरिसकिएको छ । अब राजनीतिक अधिकार प्राप्तिको लडाइँको कुरा गर्नुको अर्थ छैन । अब कोही मान्छे मारिँदैन, निर्वासित हुँदैन, भूमिगत हुनु पर्दैन । अर्थात् त्यो पहिलो पुस्ताको चरण भनेको राजनीतिक अधिकार प्राप्तिको लडाइँ गर्ने पार्टी वा व्यक्ति नेता बन्ने । तर यो कुराको ग्यारेण्टी भएपछि त्यो विषय सकियो ।

    अबको एजेण्डा भनेको आर्थिक विकास र समृद्धि हो । देश धनी हुनुपर्छ, जनता सुखी हुनुपर्छ । अब त्यो पार्टीले मात्र मुलुकलाई नेतृत्व गर्न सक्षम हुन्छ, जसले आर्थिक समृद्धि र विकासको योजना ल्याउँछ । उत्पादनका क्षेत्रहरुलाई सक्रिय बनाउनुपर्ने छ ।

    दोस्रो, नेपाली समाज विविधतायुक्त छ । बहुजात, बहुभाषा, बहुधर्म, बहुसंस्कृति, भौगोलिक विविधताले युक्त छ । यस्तो विशिष्टता भएको यो देश, हाम्रो नेपाली समाजको प्रतिबिम्ब हुनुपर्छ राज्य सञ्चालनमा । राज्य सञ्चालनका अंगहरुमा समाजको विविधता झल्कनुपर्छ । त्यसको प्रतिनिधित्व हुनुपर्छ । यो कुराको लागि नेतृत्व गर्ने पार्टी र व्यक्ति नेता बन्ने हो । यो विषय पनि संविधान र कानूनबाट टुंगियो ।

    अबको एजेण्डा भनेको आर्थिक विकास र समृद्धि हो । देश धनी हुनुपर्छ, जनता सुखी हुनुपर्छ । अब त्यो पार्टीले मात्र मुलुकलाई नेतृत्व गर्न सक्षम हुन्छ, जसले आर्थिक समृद्धि र विकासको योजना ल्याउँछ । उत्पादनका क्षेत्रहरुलाई सक्रिय बनाउनुपर्ने छ ।

    आयात प्रतिस्थापन र निर्यात प्रबद्र्धनका कार्यक्रममा हाम्रो राज्यको ध्यान जानुपर्ने छ । हामीले मान्छेको जीवनसँग गाँसिएको मुद्दा उठाएका छौं । सत्तामा रहँदा सोही मुद्दालाई लागू गर्न उपयुक्त कार्यक्रम बनाएका छौं भने बाहिर रहँदा रचनात्मक काममै केन्द्रित छौं ।

    मानिसको जीवनसँग गाँसिएको खास मुद्दा भनेकै आर्थिक विकास र समृद्धि हो । यो खाली नेताहरुले भाषण गर्ने, नारा लगाउने, दस्तावेजहरुमा लेख्ने कुरा मात्र होइन भनेर हामीले सिद्द गर्नुपर्ने छ ।

    आर्थिक विकास र समृद्धि नै अबको एजेण्डा हो ?

    हामीले समृद्ध नेपाल सुखी जनताको संकल्प गर्दै त्यसै लक्ष्यमा पुग्न योजनाबद्ध कामको थालनी गरेका हौं । स्थानीय पालिकामा होस् कि प्रादेशिक तहमा होस् वा संघीय तहमा हामीले अगाडि सारेका योजनाहरु राष्ट्रिय संकल्प साकार पार्नमा केन्द्रित छन् ।

    पार्टी सत्तामा रहेका बेलामा के के काम गर्न सक्यो, कस्ता योजना तय गर्न सक्यो, समृद्धिको आधारहरु कसरी पहिचान गर्न सक्यो भन्ने कुराको सबै फेहरिस्त जनताका सामुन्ने लैजाने छौं ।

    कामका लागि विदेशिनुपर्ने, दक्ष कामदार विदेशबाट मगाउनुपर्ने विडम्बनापूर्ण अवस्था छ । यसलाई अन्त्य गर्नुपर्ने छ । पार्टीहरुका अगाडि अनेकौं चुनौतीहरु छन् । ती चुनौतीलाई प्राथमिकीकरण गरेर समाधान गर्नुपर्ने छ ।

    आर्थिक विकास र समृद्धिका सन्दर्भमा हाम्रो पार्टीले अगाडि सार्ने नीति र त्यसको कार्यान्वयनका चरणहरुले समृद्धिको आधारलाई साकार पार्नसक्ने छ । महाधिवेशनबाट छानिने नेतृत्वको एउटा प्रमुख कार्यभार यो पनि हुनेछ । कृषि, पर्यटन, उद्योगका क्षेत्रमा हामीले केकस्ता कार्य गर्न सक्यौं, अब कस्तो नीति बनाउन सक्छौं भन्ने कुरामा पनि नेतृत्वको ध्यान जानुपर्ने छ । समृद्धिका लागि कृषि हाम्रो मूल आधार हो भने, कृषिमा, भूमिव्यवस्थामा हाम्रो नीति के हो ? उद्योग, पर्यटन, जलस्रोतमा, वाणिज्यका विषयमा हामीले के गर्छौँ ? यी विषयलाई पार्टी नेतृत्वले ध्यान दिनुपर्ने छ ।

    तय भएका समृद्धिका आधारहरु त्यसै साकार हुने होइनन् र हुन सक्तैनन् पनि । तिनलाई साकार पार्दै जनजीविकाका सवालमा कसरी व्यवहारिक बनाउन सकिन्छ भन्ने विषय अबको बाटो हुनुपर्छ । कामका लागि विदेशिनुपर्ने, दक्ष कामदार विदेशबाट मगाउनुपर्ने विडम्बनापूर्ण अवस्था छ । यसलाई अन्त्य गर्नुपर्ने छ । पार्टीहरुका अगाडि अनेकौं चुनौतीहरु छन् । ती चुनौतीलाई प्राथमिकीकरण गरेर समाधान गर्नुपर्ने छ ।

    आर्थिक विकास र समृद्धिका सन्दर्भमा ठोस नीति पहिचान गरेर जनआकांक्षालाई सम्बोधन गर्नुपर्नेछ । नीति बनाउने र ती नीतिलाई कार्यान्वयन कसरी गर्न सकिन्छ भनेर प्रभावकारी हुने कार्यक्रम पनि बनाउन जरुरी छ । नीतिका आधारमा तय गरिने कार्यक्रमले नै सार्थकता दिनेहुन् । आर्थिक विकास र समृद्धिका लागि नीति बनाउने र कार्यक्रम सञ्चालन गर्ने महत्वपूर्ण पाटोमा पार्टी नेतृत्व स्पष्ट हुनुपर्ने छ ।

    प्रतिस्पर्धाबाट नेतृत्व छनोट होला कि सर्वसम्मत ?

    पार्टीलाई नेतृत्व गरिसकेका कतिपय नेताहरुबाटै विग्रह ल्याउने काम भयो । नवौं महाधिवेशनमा माथिदेखि तलसम्म प्यानल बनाएका कारणले विभाजनको आधार बन्न गएको हो । लोकतान्त्रिक अभ्यासका नाममा विग्रह स्वीकार्य छैन ।

    एमालेको विगतको यात्रा फर्केर हेर्दा, कतिपय बेलामा आफ्नो मौलिक अडान अलिक कमजोर भएको, जता पनि लपक्क भएको टिप्पणी पनि आए । एमालेका सबै नेता कार्यकर्ता जनस्तरबाट आएका यी टिप्पणीमा ध्यान दिनुपर्छ । अहिले एमालेलाई त्यस्तो आरोप लाग्दैन ।

    लोकतान्त्रिक अभ्यास गर्नुपर्छ भन्ने तर त्यसको परिणामलाई स्वीकार गर्न नसक्ने संस्कार बोकिरहेको हाम्रो स्थिति थियो । लोकतान्त्रिक अभ्यासका नाममा भएका विसंगतिपूर्ण कामले एमालेभित्र गुटबन्दीलाई स्थापित गरेको तितो विगतबाट पाठ सिक्दै यो महाधिवेशनबाट नयाँ सन्देश दिनेछौं ।

    लोकतान्त्रिक भनेको प्रतिपस्पर्धा गर्ने, चुनावमा उठ्ने, बाकस थाप्ने, एउटाले जित्ने, अर्कोले हार्ने भन्ने मात्र होइन । तर, सम्मान, सहमतिबाट नेतृत्व चयन भयो भने पनि त्यसलाई अलोकतान्त्रिक भन्न मिल्दैन ।

    एमालेको विगतको यात्रा फर्केर हेर्दा, कतिपय बेलामा आफ्नो मौलिक अडान अलिक कमजोर भएको, जता पनि लपक्क भएको टिप्पणी पनि आए । एमालेका सबै नेता कार्यकर्ता जनस्तरबाट आएका यी टिप्पणीमा ध्यान दिनुपर्छ । अहिले एमालेलाई त्यस्तो आरोप लाग्दैन ।

    अर्को समावेशीको कुरा पनि उठ्ने गर्छ । नेपालका प्रमुख पार्टी हौं भन्नेहरुको केन्द्र र जिल्ला तहसम्मको नेतृत्व चार्ट बनाएर हेरौं न । एमाले र अरु पार्टीको समावेशिताको चित्र देखाइदिऔँ न ।

    हामी कुनै पनि राजनीतिक पार्टीभन्दा समाजको यो विविधतालाई नेतृत्वमा उन्नत ढंगले प्रयोग प्रतिनिधित्व गरेका छौं । कम्युनिस्ट पार्टी भनेको विचारबाट निर्देशित हुनुपर्छ, समावेशिताका नााममा उपभोक्ता समिति जस्तो बनाउने होइन भन्ने कुरा पनि केही कोणबाट आउने गर्छ, तर समाजको विविधतालाई हाम्रो नेतृत्वमा उचित ढंगले प्रयोग गरिएको हुन्छ । सुदृढ र जनताको प्यारो पार्टीका रुपमा रहेको एमालेले सबैखाले विग्रहलाई चिरेर अगाडि बढ्नेछ ।

    लुम्बिनी एमालेको आधार इलाका भन्नुहुन्छ । के छ त्यसको आधार ? कसरी मापन गर्न सकिन्छ ?

    एमालेको शीर्ष नेतृत्वमा यहाँको सशक्त उपस्थिति छ । अहिले पनि पार्टीबाट एउटा समूह बाहिर जाँदा यहाँका अधिकांश एमालेका साथीहरु सतिसालझै खडा भएर विभाजन गर्न खोज्नेलाई निराश बनाइदिनुभयो, जनप्रतिनिधि रहनुभएका कमरेडहरु पनि अधिकांश एमालेमै हुनहुन्छ र पार्टी सदस्यका हिसाबले पनि यहाँको उपस्थिति निकै बलियो छ । प्रदेशसभामा पनि सबै दल एकातिर हुँदा पनि एमाले बराबरीको हाराहारीमा छ । यही प्रमाणले यो एमालेको आधार इलाका हो ।

    नयाँ नेतृत्वको लागि लुम्बिनीको सहभागिता कस्तो हुन्छ ?

    अहिलेको नेतृत्वमा पनि यहाँबाट उपाध्यक्ष युवराज ज्ञवाली, उपमहासचिव विष्णु पौडेल र घनश्याम भुसाल, सचिव प्रदीप ज्ञवाली र गोकर्ण विष्ट, प्रभावशाली नेताहरु शंकर पोखरेल, टोपबहादुर रायमाझी, मणि थापा, छविलाल विश्वकर्मा स्थायी कमिटीमा हुनुहुन्छ ।

    केन्द्रीय सदस्य तथा अन्य विभिन्न विभागमा यहाँबाट सशक्त उपस्थिति छ । त्यसैगरी नयाँ आकांक्षी पनि उत्तिकै संख्यामा हुनुहुन्छ । अहिले रहनुभएका कमरेडहरु र केही नयाँ थपिएर सकेसम्म सर्वसम्मतिमै नेतृत्व छनौट गर्ने सबैको प्रयास छ ।

    जहाँसम्म मेरो कुरा छ अब मेरो उमेरले पनि एक कार्यकालभन्दा बढी रहन दिँदैन त्यही कारणले पनि एकपटकका लागि पुनः केन्द्रीय सदस्य दोहोर्उने आशामा छु, हेरौं प्रदेशको विशेष जिम्मेवारी पनि भएकाले नेताहरुको सहमतिमै अगाडि बढ्नेछु ।

  • एमाले केन्द्रीय सदस्यमा केबी उप्रेतीको दावी, सहकारी क्षेत्रको साझा उम्मेदवार (भिडिओ)

    एमाले केन्द्रीय सदस्यमा केबी उप्रेतीको दावी, सहकारी क्षेत्रको साझा उम्मेदवार (भिडिओ)

    काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको मिति नजिकिँदै गर्दा केन्द्रीय सदस्यका उम्मेदवारमा नयाँ अनुहारको बाहुल्य बढ्न थालेको छ । ६३ लाख भन्दा बढी सहकारीका सदस्यहरुको नेतृत्व गर्ने राष्ट्रिय सहकारी वैंकका अध्यक्ष समेत रहेका पूराना नेता केबी उप्रेतीले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।

    एमालेको केन्द्रीय सहकारी तथा गरिवी निवारण विभागका सचिव समेत रहेका उप्रेतीले सहकारी क्षेत्रका समस्याको समाधानका लागि नीतिगत तहमै रहनुपर्ने भन्दै केन्द्रीय सदस्यमा उम्मेदवार बन्ने बताएका छन् । उप्रेती खुला तर्फको केन्द्रीय सदस्यको उम्मेदवार बन्ने भएका हुन् ।

    दुई सय जनाभन्दा बढी सहकारीकर्मी नै महाधिवेशन प्रतिनिधि भएकाले आफूले खुलातर्फ केन्द्रीय सदस्य बन्न चाहेको उप्रेतीले बताए । एमालेको राजनीतिमा लामो समय बिताएका उप्रेती पछिल्लो समय सहकारी अभियानमा संलग्न रहेकाले पार्टीको सक्रिय राजनीतिमा देखिएका थिएनन् ।

    एमालेले लिएको समृद्ध नेपाल,सुखी नेपालीको नारा सफल बनाउन सहकारीमार्फत समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्नपर्ने भएकाले केन्द्रीय कमिटी सदस्यका रुपमा नीतिगत व्यवस्था गर्न सकिने भएकाले आफू उम्मेदवार बनेको उनले बताए ।

    उप्रेतीले भने–आज प्रत्येक घरमा पुगेको कुनै संरचना छ भने त्यो सहकारी नै हो । देशभरबाट २ सय भन्दा बढी एमालेका महाधिवेशन प्रतिनिधि सहकारी क्षेत्रकै आउनुभएको छ । त्यसैले सबैको साझा उम्मेदवारका रुपमा म अघि बढेको हुँ । पार्टी नेतृत्वको पनि मलाई साथ सहयोग हुनेछ ।

    को हुन् उप्रेती ?

    दोलखाको नाम्दुमा २०१७ साल असार १० गते जन्मिएका के. बी. उप्रेती (कृष्णबहादुर उप्रेती) २०३५/०३६ बाट विद्यार्थी आन्दोलनमा होमिएर राजनीतिमा लागेका हुन् । २०४५ सालमा पिपुल्स क्याम्पसमा अनेरास्ववियूको तर्फबाट स्ववियू सभापति बनेका उप्रेतीले जनआन्दोलन र त्यसपछिको आम निर्वाचनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।

    अनेरास्ववियूका तत्कालLन अध्यक्ष शंकर पोखरेलको नेतृत्वमा निजी क्याम्पस स्ववियू काउन्सिललाई स्ववियू काउन्सिलमा एकीकरण गराएपछि शंकर पोखरेलको अध्यक्षतामा रहेको स्ववियू काउन्सिलको कोषाध्यक्ष भएर उप्रेतीले काम गरेका थिए ।

    २०४७ मा एमालेको संगठित सदस्य बनेका उप्रेतीले पार्टीको शाखा कमिटी सचिव, इलाका कमिटि सचिव हुदै काठमाडौ विशेष जिल्ला कमिटिको सदस्य र सचिव भएर जिम्मेवारी निर्वाह गरेका थिए । उनले तत्कालीन काठमाडौं क्षेत्र नम्बर ५ लाई कार्यक्षेत्र बनाएका थिए ।

    केन्द्रीय सम्पर्क विभागको सदस्य हुदै पछिल्लो समय एमालेको केन्द्रीय सहकारी तथा गरिवी निवारण विभागमा रहेका उप्रेती दुई कार्यकाल विभागको सदस्य हुँदै हाल सचिव छन् । उप्रेती अहिले विभागका तर्फबाट नेकपा एमालेको दशौ राष्ट्रिय महाधिवेशन प्रतिनिधि चयन भएका हुन् ।

    सहकारीका शीर्ष नेता

    उप्रेती नेपालको सहकारी अभियानका एक अग्रज, क्रियाशील र व्यवस्थापकीय क्षमता भएका अभियन्ता पनि हुन् । उप्रेती देशभरका सहकारीकर्मीहरुबीच चिरपरिचित अनुहार हुन् । २०५५ सालदेखि सहकारी अभियानमा सक्रिय उप्रेतीले काठमाडौंमा जनता बहुउद्देश्यीय सहकारी संस्था गठन गरेर काठमाडौंको सहकारी अभियानलाई एकीकृत गरेका थिए ।

    एकैपटक १३ वटा सहकारी एकीकरण गरी हाल उनी हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्ष छन् । १३ वटा मात्र सदस्य रहेको काठमाडौं जिल्ला सहकारी संघमा २ हजार भन्दा बढी सदस्य बनाउन सफल उप्रेतीले २ कार्यकाल उक्त संघको नेतृत्व गरेका थिए ।

    सहकारी अभियानको शीर्षस्थ निकाय राष्ट्रिय सहकारी महासंघमा दुई कार्यकाल लेखा संयोजक रहेका उप्रेती हाल महासंघको कार्यकारी सदस्य छन् । राष्ट्रिय सहकारी बैंक लिमिटेड स्थापनामा महत्वपूर्ण योगदान गरेका उप्रेतीले केही समय स्वयंसेवकको रुपमा प्रबन्ध सञ्चालकको जिम्मेवारी लिएका थिए ।

    २०७५ पुसदेखि बैंकको अध्यक्षको जिम्मेवारीमा रहेर काम गर्दै आएका छन् । सहकारीका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम तथा अनुभव प्राप्त गरेका उप्रेती एशिया तथा प्यासिफिक क्षेत्रका कृषि सहकारीहरुको विकासको लागि संजाल (NEDAC) को बरिष्ठ उपाध्यक्ष समेत छन् ।

    यसकारण उम्मेदवारी

    उप्रेतीले संविधानको भावना अनुसार सहकारी क्षेत्रलाई अर्थतन्त्रको मुख्य आधार स्तम्भ बनाउन पहल गर्ने र राजनीति र सहकारी क्षेत्रबीच देखिएको अन्यौलतालाई चिर्नका लागि आफू पार्टीको कार्यकारी तहमा जान खोजेको बताएका छन् ।

    उनले पार्टीका कार्यकर्ताहरुलाई आयआर्जनका लागि शीप र दक्षता अभिवृद्धि गर्न तथा जनताको बहुदलीय जनवाद र सहकारीका सिद्धान्तहरुबीच सामञ्जस्यता ल्याउन आफूले पहल गर्ने बताएका छन् ।

    नेपालको संबिधान मार्फत भएको राज्य पुनरसंरचनामा स्थानीय अर्थतन्त्रमा सहकारीको प्रयोग गरी समुन्नत समाज निर्माण गर्ने जबज मार्गनिर्देशनलाई कार्यन्वयन गर्न आवश्यक रहेको उनले बताएका छन् ।

  • योगेशको गृहजिल्लाबाट १३ जना महाधिवेशन प्रतिनिधि चयन

    योगेशको गृहजिल्लाबाट १३ जना महाधिवेशन प्रतिनिधि चयन

    काठमाडौं। नेपाकपा (एमाले) को १० औं महाधिवेशनका लागि ताप्लेजुङ जिल्लाबाट प्रतिनिधि चयन भएका छन् ।

    योगेश भट्टराईको गृहजिल्ला समेत रहेको ताप्लेजुङ्बाट प्रतिनिधि चयन हुनेहरुमा बलबहादुर साम्सोहाङ, भूपेन्द्र थेबे, डम्बरध्वज तुम्बाहाङफे,गोपाल थोप्रा, छत्रपति प्याकुरेल , ओङदी शेर्पा, दीपेन पोमुर आशिस केदेम रहेका छन् ।

    त्यस्तै महिला तर्फबाट उर्मिला थेबे, भीमादेबी ओझा, मीनाकुमारी केदेम, टीकादेबी दाहाल रहेका छन् भने दलित तर्फबाट मनकुमार नेपाली रहेका छन्।

  • एमाले महाधिवेशन- चार खण्डमा मञ्च निर्माण हुने, बजार क्षेत्रमा २० वटा डिस्प्ले बोर्ड राखिने

    एमाले महाधिवेशन- चार खण्डमा मञ्च निर्माण हुने, बजार क्षेत्रमा २० वटा डिस्प्ले बोर्ड राखिने

    चितवन । नेकपा (एमाले)को १०औं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्र हुने स्थान नारायणी नदी किनारमा मञ्च निर्माणको काम धमाधम भइरहेको छ । बाढीले खाल्टाखुल्टी पारेको ठाउँमा माटो भरेर जमिनको सतह मिलाइँदै छ ।

    महाधिवेशनमा लाखौं जनता सहभागी हुने भएकाले नारायणगढस्थित नदी किनारको उत्तरपट्टि कुनामा थुप्रिएको ढुंगालाई पनि डोजरको सहायताले समथर बनाउने काम भइरहेको छ । यस ठाउँमा चार खण्डमा मञ्च निर्माण हुने एमालेले जनाएको छ ।

    चितवनमा १०-१२ मंसिरसम्म हुने महाधिवेशनको उद्घाटन सत्र १० मंसिरमा नारायणी नदी किनारमा हुने भएको हो । प्रमुख अतिथि एमाले अध्यक्ष केपी ओलीसहित स्थायी कमिटीका सदस्य र अतिथि बस्ने मुख्य मञ्च बीच भागमा हुने छ । त्यसको छेउमा भाषण गर्नका लागि छुट्टै खण्डको मञ्च बन्ने छ ।

    मुख्य मञ्चको छेउमा केन्द्रीय सदस्य बस्ने र कलाकारले प्रस्तूति देखाउन छुट्टाछुट्टै मञ्च निर्माण हुने एमाले केन्द्रीय सदस्य एवं महाधिवेशन स्वयम्सेवक परिचालन कमिटीका संयोजक विनोद श्रेष्ठले जानकारी दिए । ‘महाधिवेशनका लागि चार खण्डमा भव्य मञ्च निर्माण गर्दै छौं । त्यसको लागि बुधबारदेखि खाल्टाखुल्टी पुर्ने काम भइरहेको छ,’ उनले भने ।

    ९ मंसिरको साँझसम्म मञ्च निर्माण सम्पन्न भइसक्ने उनको भनाइ छ । एक पटकमा ७२ जना कलाकार सहभागी हुन मिल्ने गरी कलाकारका लागि मञ्च निर्माण हुने उनले बताए । ७२ जना कलाकारको आर्केष्टा (धुन दिने उपकरण)बाट राष्ट्रिय गानको धुन बजाइने उनले जानकारी दिए ।

    मञ्च निर्माणमा अहिले ५० जना स्वयंसेवक खटिएका छन् । जमिनको सतह मिलाइ सकेपछि प्राविधिकसहितको स्वयंसेवकको संख्या बढ्ने उनले बताए । मुख्य मञ्चबाट ४० फिट टाढा सहभागीलाई राखिने छ ।

    महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुनेलाई नारायणी नदीको दुवै किनारमा राखिने भएको छ । चितवनतर्फ पर्ने नदी किनारमा डेढ लाख कार्यकर्ता मात्रै सहभागी हुन सक्ने श्रेष्ठ बताउँछन् ।

    ‘मञ्च निर्माण हुने नदी किनारमा डेढ लाख अटाउलान् । त्यसो भएकाले सहभागीलाई चितवन र नवलपुर दुवै तर्फको नदी किनारमा राख्छौं,’ उनले भने, ‘टाढा बस्नेका लागि डिस्प्ले बोर्ड राख्छौं । सहभागी आउने र जाने पनि भइरहने हुनाले पाँच लाख जनालाई व्यवस्थापन गर्न सकिन्छ भन्ने विश्वास छ ।’

    महाधिवेशन स्थल र बजारका मुख्य क्षेत्र पुल्चोक, लायन्सचोक लगायत गरी २० वटा डिस्प्ले बोर्ड राखिने उनले बताए । त्यसबाट सहभागीले बजारबाट पनि लाइभ कार्यक्रम हेर्न सक्ने उनको भनाइ छ । मञ्चमा राखिने साउण्ड सिस्टम र टेन्ट कहाँबाट ल्याउने भनेर अझै यकिन नभएको उनी बताउँछन् ।

    महाधिवेशन उद्घाटन सत्र हुने दिनमा नदी किनारमा सञ्चालित ठेला व्यवसायहरु बन्द हुने भएका छन् । चितवनतर्फको नदी किनारमा अहिले ५० भन्दा बढी ठेला व्यवसाय सञ्चालनमा छन् । ठेला व्यवसाय यथास्थितीमा सञ्चालन हुँदा सहभागीलाई ठाउँ नपुग्ने भएकाले एक दिनको लागि व्यवसाय बन्द गर्न आग्रह गरिने उनले बताए ।

    महाधिवेशनको उद्घाटन सत्र सम्पन्न भएपछि कार्यक्रम स्थलमा हुने फोहोर व्यवस्थापन स्वयम पार्टीले नै गर्ने उनले जानकारी दिए । फोहोर टिप्नका लागि पनि स्वयमसेवक खटाइने भएको छ ।

  • एमाले महाधिवेशन- १० जिल्लाबाट प्रतिनिधिको नाम केन्द्रमा आउन बाँकी

    एमाले महाधिवेशन- १० जिल्लाबाट प्रतिनिधिको नाम केन्द्रमा आउन बाँकी

    काठमाडौं । महाधिवेशन सुरु हुन आठ दिन बाँकी रहँदा नेकपा (एमाले)का १० जिल्लाका महाधिवेशन प्रतिनिधिको सूची अझै केन्द्रीय कार्यालयमा पुगेको छैन ।

    १० मंसिरदेखि सुरु हुने एमालेको १०औं महाधिवेशनमा प्रदेश १ का तीन जिल्ला, प्रदेश २ का पाँच जिल्ला र सुदूरपश्चिमका दुई जिल्लाबाट महाधिवेशन प्रतिनिधिको नामावली केन्द्रमा आइपुगेको छैन ।

    ‘अहिलेसम्म ६७ जिल्लाका महाधिवेशन प्रतिनिधि चयन भएर केन्द्रमा नामावली आइसकेको छ,’ केन्द्रीय सदस्य सूर्य थापाले भने, अब १० जिल्लाको नाम आउँन बाँकी छ ।’ उनका अनुसार प्रदेश १ को सुनसरी, ताप्लेजुङ र पाँचथरबाट महाधिवेशन प्रतिनिधिको नामावली केन्द्रमा आइसकेको छैन ।

    प्रदेश २ को बारा पर्सा र सर्लाही बाहेकको नामावली पनि केन्द्रमा पुगेको छैन । रौतहट, महोतरी, धनुषा, सिरहा र सप्तरीको नामावली केन्द्रमा आएको छैन । सुदूरपश्चिमका कैलाली र बाजुरवाट नामावली नआएको थापाले जानकारी दिए ।

    कैलालीमा भीम रावल समूहले समान्तर बैठक राखेर महाधिवेशन प्रतिनिधि चयन गरेका छ भने सुनसरी पनि दुवै पक्षबीच विवाद देखिँदा प्रतिनिधि चयन हुन सकेका छैनन् ।

  • यी हुन् प्रवासबाट चुनिएका एमाले महाधिवेशन प्रतिनिधि (सूचीसहित)

    यी हुन् प्रवासबाट चुनिएका एमाले महाधिवेशन प्रतिनिधि (सूचीसहित)

    काठमाडौं । नेकपा (एमाले)ले आसन्न १०औं राष्ट्रिय महाधिवेशनका लागि प्रवास क्षेत्रबाट पनि प्रतिनिधि चयन गरेको छ ।

    चयन भएका महाधिवेशन प्रतिनिधिले १०-१२ मंसिरमा चितवनमा हुने महाधिवेशनमा भाग लिनेछन् । तथा मतदान प्रक्रियामा सहभागिता जनाउनेछन् ।

    विभिन्न देशको प्रतिनिधित्व हुने गरी प्रवास कमिटीहरुमध्येबाट ३० जना महाधिवेशा प्रतिनिधि छानिएका छन् ।

    अन्तर्राष्ट्रिय कमिटी
    १. भक्त गुरुङ
    २. रमेश पाण्डे
    ३. प्रभुराम थापा
    महिला
    ४. कुन्ती थापा
    ५. डा. विमला भण्डारी

    अमेरिका
    १. कृष्णप्रसाद लामिछाने
    २. रामहरि खड्का , क्यानडा
    ३. बेनीमाधव कँडेल (गोपाल)
    महिला
    ४. यमुना भट्टराई
    ५. यमुना घिमिरे

    पूर्वी एसिया
    १. भक्त गुरुङ, हङकङ
    २. हरिचन्द्र पौडेल, जापान
    ३. मोहनसिंह रायमाझी, जापान
    महिला
    ४. सिर्जना नेपाली, दक्षिण कोरिया
    ५. सुमित्रा रायमाझी बस्न्यात, जापान

    ओशिनिया
    १. डा. विनोद श्रेष्ठ,अष्ट्रेलिया
    २. राम घिमिरे, अष्ट्रेलिया
    ३. केशव जोशी, अष्ट्रेलिया
    महिला
    ४. सीता केसी थापा,अष्ट्रेलिया
    ५. भावना नेपाल, न्यूजिल्यान्ड

    मध्यपूर्व
    १. कमलमणी गुरागाईं, कतार
    २. शालिकराम पन्त, बहराइन
    ३. महेश गिरी, यूएई
    महिला
    ४. ज्योति शर्मा, इजराइल
    ५. रेनु कार्की, कतार

    युरोप
    १. भक्त वाग्ले, फ्रान्स
    २. मुक्त गुरुङ, स्पेन
    ३. गोविन्द पौडेल, पोर्चुगल
    महिला
    ४. सरस्वती चापागाईं, वेल्जियम
    ५. कल्पना त्रिपाठी, बेलायत

  • एमाले महाधिवेशनका लागि कैलालीबाट ४४ जना प्रतिनिधि छनोट (सूचीसहित)

    एमाले महाधिवेशनका लागि कैलालीबाट ४४ जना प्रतिनिधि छनोट (सूचीसहित)

    कैलाली । चितवनमा हुने नेकपा एमालेका १०औं महाधिवेशनका लागि कैलालीबाट ४४ जना प्रतिनिधि छानिएका छन् ।

    पाँच प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको कैलालीमा ४४ जना प्रतिनिधि छनोट गरिएको एमाले कैलालीका अध्यक्ष रतन थापाले बताएका छन् ।

    निर्वाचन क्षेत्र नम्बर १ बाट पाँचजना, २ बाट नौजना, ३ बाट पाँचजना , ४ बाट सातजना र ५ बाट दशजना प्रतिनिधि छनोट भएका छन् । त्यस्तै दलिततर्फ आठजना प्रतिनिधि छनोट भएको थापाले जानकारी दिए ।

    यी हुन् कैलालीमा छनोट भएका प्रतिनिधि

  • एमाले महाधिवेशनले सौराहाका पर्यटन व्यवसायी उत्साहित, साढे ६ हजार बेड बुकिङ हुँदै

    एमाले महाधिवेशनले सौराहाका पर्यटन व्यवसायी उत्साहित, साढे ६ हजार बेड बुकिङ हुँदै

    चितवन । देशकै मुख्य पर्यटकीय गन्तव्यमध्येकाे सौराहामा पहिलो पटक सबै होटलका कोठा बुकिङ हुने भएका छन् । झण्डै १ सय ४० होटलका ६ हजार ५ सय बेड मंसिर ९ देखि १२ गतेसम्म बुकिङ हुदैछन् । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र सौराहामा हुने भएपछि सबै होटल बुकिङ हुन लागेका हुन् ।

    एमालेले करिब ४ हजार बेड बुकिङका लागि क्षेत्रीय होटल संघ (हान) चितवन र रेष्टुरेण्ट एण्डबार एशोसियसन (रेवान)सँग एक दुई दिनमै बुकिङ गर्दैछ । नारायणगढस्थित नारायणी नदी किनार चौरमा हुने उद्घाटनसत्रमा देशभरबाट करिब ५ लाख जनता आउने एमालेले बताउँदै आएको छ ।

    भोलिपल्ट एमालेका १ हजार ९ सय ९९ सय जना महाधिवेशन प्रतिनिधि सौराहामा हुने बन्दशत्रमा सहभागी हुन्छन् । उद्घाटन र बन्दसत्रका गतिविधि नियाल्न चाहने सर्वसाधरणले समेत सौराहामै अग्रिम बुकिङ गर्न थालेका छन् । हानका महासचिव तथा यूनिक वाइल्ड रिसोर्टका सञ्चालक गुणराज थपलियाले अग्रिम बुकिङ बढ्न थालेको बताउँछन् ।

    ‘मंसिर ९ देखि १२ गतेसम्म पर्यटकलक्षित नयाँ बुकिङ नगर्न व्यवसायीलाई सुझाएका छौं,’ उनले भने, ‘महाधिवेशनलक्षित गरेर एमालेबाट ४ हजार बेड बुकिङ हुँदैछन् ।’ उनका अनुसार करिब २ हजार ५ सय बेडमध्ये १ हजार ५ सय बेड सर्वसाधरणले बुकिङ गराएका छन् । ‘धेरै ठाउँबाट अग्रिम बुकिङ गर्न इन्क्वाएरी आउन थालेको छ,’ उनले भने, ‘महाधिवेशनकै मितिमा नयाँ बुकिङ नलिने पक्षमा छौं, पहिलो प्राथमिकता महाधिवेशनमा सहभागीलाई दिनेछौं ।’

    हानका अध्यक्ष दीपक भट्टराईले मंसिर दोस्रो हप्ताका लागि सौराहाका रुमहरू पूर्णरूपमा बुकिङ हुने सम्भावना बढेको बताउँछन् । ‘सौराहा भरिभराउ हुँदैछ,’ उनले भने, ‘२ वर्ष ठप्प बनेको सौराहाले लय समात्नेछ ।’

    उनले महाधिवेशनका लागि ३० देखि ४० प्रतिशत सहुलियतमा रुमको शुल्क लिन लागिएको बताए । ‘महाधिवेशनमा हामीले सहुलियतमै रुम दिदैछौं,’ उनले भने, ‘निःशुल्क गर्न पार्टीबाट दबाब छैन, हामी उत्साहित छौं ।’

    भट्टराईका अनुसार सौराहाका हरेक होटलमा महाधिवेशन प्रतिनिधि बस्नेछन् । उनले कोभिड-१९ बाट सुरक्षित रहेको र ठूला कार्यक्रमसमेत गर्न सक्ने क्षेत्र भएको सन्देश दिने अवसरका रुपमा लिन्छन् । जंगल सफारी लजका सञ्चालक तथा पर्यटन व्यवसायी सुमन घिमिरेले एमालेको महाधिवेशनले सौराहा घुम्न स्वदेशी तथा विदेशीलाई प्रेरणा दिने अपेक्षा गरे ।

    ‘सशुल्क आवास व्यवस्थापन गरेर विश्वव्यापी निःशुल्क सौराहा चिनाउने अवसर पाउँदै छौं,’ उनले भने, ‘पार्टीको महाधिवेशन भए पनि सौराहाको पर्यटन गतिविधिलाई उचाईमा लैजान दीर्घकालीन सहयोग पुग्नेछ ।’ बन्दसत्र हुने स्थान होटल सभेन स्टारका प्रबन्ध सञ्चालक माधव दुवाडीले सौराहाले पहिलो पटक यति ठूलो कार्यक्रम गर्ने अवसर पाएको बताए ।

    ‘विगतमा हामीले ७० देशका रेञ्जरको उपस्थितिमा यहीँ रेञ्जरहरुको विश्व सम्मेलन पनि गरायौँ, तर आवासीय सुविधा लिनेहरुको संख्या कम थियो,’ दुवाडीले भने, ‘यसपाली एकैसाथ धेरै होटल बुकिङ भएर हुन लागेको कार्यक्रम चितवनमै हुँदैछ, हामी खुशी छौं ।’ पार्किङका लागि २ विघा क्षेत्रफलमा व्यवस्थापन गरिने उनले बताए । ‘निर्वाचन, सचिवालय र सामाग्री व्यवस्थापनका लागि ३ हल प्रयोग हुँदैछन्,’ उनले थपे, ‘सफल बनाउन तयारी तीब्र पारेका छौं ।’

    पर्यटन व्यवसायी नारायण भट्टराईले सौराहाका होटलहरुमा सरसफाई, रंगरोगन र सजावट धमाधम भइरहेको बताए । ‘करिव २ वर्ष बन्द कोठाहरु पूर्णरुपमा सञ्चालनमा आउँदैछन्, सरसफाईका कामहरु धमाधम हुदैछन्,’ उनले भने, ‘सौराहा सक्षम छ, सुरक्षित छ भनेर पुष्टी गर्ने अवसर छ ।’

    पर्यटन व्यवसायी गंगा गिरीले थलिएको पर्यटनलाई महाधिवेशनका कार्यक्रम चितवन राखिनुले पर्यटन व्यवसायले ऊर्जा पाएको बताए । ‘पर्यटनमात्रै होइन, यहाँको आर्थिक विकासमा पनि टेवा पुग्नेछ,’ उनले भने, ‘मंसीरको ३ दिन हाम्रो परीक्षा पनि हो, हामी सभ्य र भव्य बनाउन लाग्नेछौं ।’

    सौराहामा कोभिड(१९ महामारी पूर्वका वर्षमा नोभेम्बरदेखि डिसेम्बरसम्म धेरै पर्यटक भित्रिने गर्दथे । २ वर्ष यता आन्तरिक पर्यटकको भर पर्नुपरेको छ । भदौयता आंशिकरूपमा विदेशी पर्यटक आउन थालेपछि विदामा बसेका होटलका कर्मचारी पनि काममा फर्किन थालेका छन् ।

    सौराहामा विगतमा चिनियाँ र भारतीय पर्यटक धेरै आउँथे । हात्ती, जीप सफारी गर्दै वन्यजन्तु, चराचुरुङगीको अवलोकन गर्दै पर्यटक रमाउँथे ।

  • एमाले महाधिवेशन: एउटा ऐतिहासिक अवसर नगुमाऊ

    एमाले महाधिवेशन: एउटा ऐतिहासिक अवसर नगुमाऊ

    देशको सबैभन्दा ठूलो पार्टी नेकपा (एमाले) अहिले राष्ट्रिय महाधिवेशनको धुमधाम तयारीमा छ । यसप्रति धेरैको चासो छ । एमालेले लिने नीतिले देशलाई प्रभाव पार्छ नै । यससँगै यो महाधिवेशन एमालेले एउटा विशेष कालखण्ड पार गरेर आएको र देश अत्यन्त अस्थिर अवस्थाबाट गुज्रिरहेको अवस्थामा गर्न लागेकाले पनि चासो बढी छ ।

    देश राजनीतिक कारणले अन्योलग्रस्त अवस्थामा रहेको बेला र भूराजनीतिक हिसाबले टकरावको स्थिति सिर्जना भएको अहिलेको सन्दर्भमा दलहरुले आयोजना गर्ने राष्ट्रिय अधिवेशनहरुले कस्ता विषयमा छलफल गर्छन्, के बिषय उठाउँछन् र कसरी जनतालाई आश्वस्त पार्छन् भन्ने कुराले ठूलो महत्व राख्दछ । देशका ठूला पार्र्टीहरु एमाले, नेपाली कांग्रेस र माओवादी यो अभियानमा लागेको बेला देशको अवस्थाको बारेमा थप व्यख्या हुने र नयाँ निकास दिने कुरालाई लिएर देशभरका राजनीतिक कार्यकर्ताले छलफल गर्ने कुरा चानचुने अवसर होइन ।

    अहिले एमाले एउटा विशेष परिस्थितिबाट गुज्रिरहेको छ । माओवादीसँग एकता गर्‍याे, फेरि फुट्यो, आफैं भित्र पनि फुट्यो, अनि यो क्रममा अन्य पार्टीहरुलाई एकै ठाउँ ल्याएर गठबन्धन बनाउने अवस्थासमेत बन्यो । यसका बाबजुद् अन्य पार्टीहरु छुट्टाछुट्टै प्रतिस्पर्धा गर्दा एमालेभन्दा कमजोर देखिन्छन् ।

    तर दलहरुको महाधिवेशनहरु औपचारिकतामा सीमित हुने सम्भावना पनि उतिकै छ । देशभरका कार्यकर्ता भेला गरेर अहिले स्थापित नेतृत्वको पुनर्बहाली गर्ने र तामझाम देखाएर अधिवेशनलाई फेसबुकमा ‘भाइरल’ बनाउनेभन्दा बढी कसैको सोच र तयारी देखिँदैन । नारा र घटनाक्रममा मात्रै सीमित हुन थालेको नेपाली राजनीतिले आफ्ना कार्यकर्तालाई देशमा दीर्घकालीन रुपले असर गर्ने सैद्धान्तिक, परिवर्तनमूलक, समृद्धिउन्मुख र न्यायोचित समाज निर्माण गर्नेखाले विषयबस्तुहरुमा छलफल गराउनुपर्ने आवश्यकता महसुस गरेका छैनन् ।

    राजनीतिक प्रशिक्षण शून्यप्रायः छ । ठूलाठूला कार्यक्रमहरु पनि नेताका पट्यारलाग्दा भाषण सुनेर मात्रै बिताउनुपर्ने अवस्था छ । नेता र कार्यकर्ताबीच पार्टी संगठन र दीर्घकालीन नीति निर्माणको बारेमा दोहोरो छलफल हुने कुनै ठाउँ सिर्जना गरिँदैन । फेसबुकमा आउने सीमित टिप्पणी र नेताका गालीगलोजयुक्त केही भाषणलाई आधार बनाएर तमाम कार्यकर्ताले आफ्नो धारणा बनाउनुपर्ने बाध्यता छ । राजनीतिक पार्टीका कार्यकर्ताबीच राजनीतिक अध्ययन, व्याख्या विश्लेषण, आलोचना, आत्मालोचना, बहसहरु गराउने चलन प्रायः अन्त्य भइसकेको छ ।

    यस्तो अवस्थामा आयोजना हुन लागेका महाधिवेशनहरुले विशेषगरी युवा कार्यकर्ताबीच गहनतम् राजनीतिक बहस गराउन नलगाउने र नेतृत्वलाई पुनर्पुष्टि गर्न मात्रै देशभरबाट कार्यकर्तालाई जम्मा गर्ने हो भने दिर्घकालीन हिसाबले देशलाई राजनीतिक घाटा लाग्छ ।

    राजनीति देश र जनताका परिवर्तनको चाहनालाई नेतृत्व दिने कोसिस र कौशलता हो भन्ने बुझाइबाट खस्किएर पद र प्रतिष्ठाका लागि गरिने पेसा भन्ने बुझाइ बढेको छ । यसले कतै पार्टीहरुले युवा पुस्ता र आम कार्यकर्तालाई राजनीतिक उदेश्यबिनाको राजनीतिज्ञ त बनाउँदै त छैनन् ? भन्ने चिन्ता बढाएको छ ।

    कांग्रेसको परम्परागत आधार क्षेत्र एमालेहरुले ओगटी सकेका छन्, अब कांग्रेसलाई समय सान्दर्भिक बनाइराख्न चाहिने नयाँ सोच तत्काल आउने अवस्था छैन । पार्टी भित्र र बाहिर राजनीतिक कुशलता देखाउनसक्ने नेतृत्व स्थापित भइहाल्ने अवस्था पनि छैन ।

    अहिले एमाले एउटा विशेष परिस्थितिबाट गुज्रिरहेको छ । माओवादीसँग एकता गर्‍याे, फेरि फुट्यो, आफैं भित्र पनि फुट्यो, अनि यो क्रममा अन्य पार्टीहरुलाई एकै ठाउँ ल्याएर गठबन्धन बनाउने अवस्थासमेत बन्यो । यसका बाबजुद् अन्य पार्टीहरु छुट्टाछुट्टै प्रतिस्पर्धा गर्दा एमालेभन्दा कमजोर देखिन्छन् । त्यसकारण उनीहरुको शक्ति एमालेलाई प्रहार गर्नेमा केन्द्रित हुन्छ । एमाले फुटको ठूलो असर नहुने आंकलन गरेका अन्य पार्टीहरुले एमालेविरुद्धको गठबन्धन केही समय निरन्तर राख्ने छन् । केही समयसम्म गठबन्धनको सामना गर्न तयार रहनुबाहेक एमालेसँग अर्को विकल्प छैन ।

    तर एमालेलाई ठूला अवसरहरु पनि प्राप्त भइरहेको छ । नेपाली कांग्रेससँग जनतामा जाने छुट्टै र गतिलो एजेन्डा छैन । संसदीय प्रणालीमा कम्युनिस्ट पार्टीहरु पूर्णरुपमा समाहित भएपछि र कम्युनिस्ट पार्टीहरुले बजार अर्थतन्त्रमा आफूलाइ उभ्याउँदै लगिरहेको अहिलेको अवस्थामा राजनीतिक धार र एजेन्डाका हिसाबले कांग्रेसले नयाँ कुरा दिनसक्ने अवस्था छैन ।

    कांग्रेसको परम्परागत आधार क्षेत्र एमालेहरुले ओगटी सकेका छन्, अब कांग्रेसलाई समय सान्दर्भिक बनाइराख्न चाहिने नयाँ सोच तत्काल आउने अवस्था छैन । पार्टी भित्र र बाहिर राजनीतिक कुशलता देखाउनसक्ने नेतृत्व स्थापित भइहाल्ने अवस्था पनि छैन । सरकारको नेतृत्व गरिरहँदा थप विवादमा परेर कांग्रेस राजनीतिक समस्यामा पर्न पनि सक्छ ।

    माओवादी क्षयीकरण नयाँ बिन्दुमा पुगेको छ । न संसदीय अभ्यस्तता न क्रान्तिकारी धारको अवस्थाबाट गुज्रिनु परेको माओवादीले तत्काल सांगठानिक चमत्कार गर्ने कुनै आधार छैन । प्रचण्डमा आएको छटपटी यो अवस्था बुझेर नै हो । माओवादीले एक्लै चुनाव लड्ने सोचेको पनि छैन र दोस्रो पुस्ता अझै पनि एमालेसँगै एकता गर्न तयार भयो भने आश्चर्य नमान्दा हुन्छ ।

    मधेसका शक्तिहरु विभाजित छन् र अझ हुन्छन् । केही क्षेत्रीय नाराबाहेक जनपक्षीय काम गरेर देखाउन नसक्नुको कारणले उनीहरुले ठूलो चमत्कार गर्ने अवस्था छैन । आउने चुनावसम्म साना क्षेत्रीय र नयाँ पार्टीहरु आफ्नो राजनीतिक अस्तित्वको लडाइँमा मात्रै सीमित हुने निश्चित छ ।

    एमालेले के–के कारणले छोटो समयमा नै ठूलो पार्टीको रुपमा स्थापित हुन सक्यो भन्ने कुरालाई अहिले पनि पुनर्ताजकी गराउन सक्यो भने एमालेको अहिलेको संगठन विस्तारलाई फाइदा नै हुन्छ । विगतमा एमाले संगठानिक हिसाबले बढेर जानुका धेरै कारणहरु थिए ।

    यो अवस्थामा केही राम्रा काम गरेर होस् या अन्य विकल्पप नभएर– एमालेसँग ठूलो जनमत छ र आउँदो चुनावमा राम्रै शक्ति आर्जन गर्ने आंकलन गर्न सकिन्छ । तर गठबन्धनको शक्तिसँग प्रतिस्पर्धी हुन कार्यकर्ता र झन्डै ८ लाख भनिएका सदस्यमा नयाँ सोच, उत्साह, विचारको प्रबाह र नयाँ नीति र उदेश्यसहितको नयाँपन दिन सक्यो भने मात्रै सम्भव छ । महाधिवेशनले यो कुरामा नयाँ आयाम दिन सक्ने हुनुपर्ने थियो, तर नेतृत्व बाँडफाँटमा मात्रै सीमित हुने संकेतहरु देखिएका छन् ।

    एमालेले के–के कारणले छोटो समयमा नै ठूलो पार्टीको रुपमा स्थापित हुन सक्यो भन्ने कुरालाई अहिले पनि पुनर्ताजकी गराउन सक्यो भने एमालेको अहिलेको संगठन विस्तारलाई फाइदा नै हुन्छ । विगतमा एमाले संगठानिक हिसाबले बढेर जानुका धेरै कारणहरु थिए ।

    पहिलो, भूमिगतकालमा राम्रो प्रशिक्षण पाएर संगठित भएका ठूलो कार्यकर्तापंक्ति अहिले पनि हरेक तहमा संगठित र प्रतिबद्ध छन् । एमालेको आधार नै यही थियो । तर अहिले उक्त पंक्ति खस्कदो अवस्थामा छ ।

    दोस्रो, नीतिगतरुपमा जनताको बहुदलीय जनवादले बहुदलीय र आन्तरिक प्रतिस्पर्धामा धेरैखाले मानिसलाई स्थान दियो र जनस्तरमा एमाले संगठन पुग्यो ।

    तेस्रो, सबैखाले क्षेत्रहरु- जस्तै गाउँका आमा समूहदेखि प्रवासका नेपालीसम्म आफ्नो संगठन विस्तार गर्ने कुशलताले एमालेलाई हरेक तहमा स्थापित हुन मद्दत गर्यो ।

    चौथो, सबै तहका संगठनहरुमा सामूहिक नेतृत्वको अभ्यास गरेका कारणले धेरै मान्छेले नेतृत्व विकास गर्ने अवसर पाए र संगठकको रुपमा आफूलाई स्थापित गरे ।

    पाँचौ, एमालेको युवा तथा विद्यार्थी क्षेत्रमा संगठन विस्तार र लगानीले पार्टीलाई बृहत्तर बनाउन मद्दत पुर्यायो । प्रशिक्षण, उत्प्रेरणा र संगठनिक जिम्मेवारी दिने चलनले सबैलाई जिम्मेवार हुन सिकायो ।

    छैटौं, सरकारमा गएका बेला जनताले सम्झिने खालका विकास, जनजीविका र राष्ट्रियतासम्बन्धी एजेण्डाहरु सरलरुपमा जनतामा पुर्‍याउने कौशलता देखायो । आफ्नो गाउँ आफैं बनाउँ, वृद्ध भत्ता, चुच्चे नक्सा जस्ता कुराले एमालेलाई फाइदा नै भयो ।

    तर यस्ता एमालेका सफलताका आधारहरु खस्कँदै गएका छन् । यिनीहरुको पुनर्ताजकीबिना दीर्घकालीन रुपमा सांगठन विस्तार हुँदैन र नयाँ पुस्तामा राजनीतिक आधार कमजोर हुँदै जानेछ ।

    सबैभन्दा महत्वपूर्ण कुरा भनेको एमालेले प्रतिनिधित्व गर्ने भनिएको आधारभूत वर्ग पार्टी संगठनबाट विस्थापित हुँदै गएको देखिन्छ । मजदुर, किसान तथा कम आम्दानी हुने मध्यम वर्गसमेत पार्टीको संगठनबाट विस्थापित हुँदै गएको छ । पार्टीको पद र शक्तिमा पुग्न र सफलता पाउन कि कुनै ढंगले ‘भाइरल’ हुनपर्यो कि पैसा कमाउनु पर्छ भन्ने भावना र अभ्यासको विकास भएको छ ।

    हालको दलाल पुंजीवादी अवस्थाबाट देशलाई मुक्ति दिने आधार र कार्यक्रमहरु के के हुन् ? भन्ने न नेताहरुलाई सोच्ने फुर्सद छ, न जनतालाई सुसूचित गराइएको छ । न त कार्यकर्तालाई यी बिषयमा बहस गर्नसक्ने नै बनाइएको छ ।

    एमालेको सबैभन्दा ठूलो सम्पत्तिका रुपमा रहेको सांगठानिक चुस्तता कमजोर बन्दै गएको छ । पद वितरण गर्न ठूलाठूला कमिटी निर्माण गर्ने र राजनीतिलाई पद पाउन र पेसा बनाउने प्रवृतिले सबै तहलाई कब्जा गर्दै लगेको छ । प्रतिवद्धताभन्दा पनि कुन नेतासँग को नजिक छ भन्ने कुराले घर गर्दै जानुले सांगठानिक पारदर्शिता र पार्टीमा जनताको पहुँच कमजोर हुँदै जानेछ ।

    त्यसैगरी एमालेको आन्तरिक राजनीतिदेखि लिएर देशको अर्थ र राजनीतिक नीति निर्माणमासमेत दलाल पुँजीवादी चिन्तन र शक्तिले हाँगा फैल्याएको छ । आर्थिक परिवर्तनका एजेन्डाहरु पुंजीवादी र साम्राज्यवादी विकासका अवधारणासँग समाहित भएका छन् । एमालेका समाजवादी आर्थिक नीतिहरु के हुन् ? हालको दलाल पुंजीवादी अवस्थाबाट देशलाई मुक्ति दिने आधार र कार्यक्रमहरु के के हुन् ? भन्ने न नेताहरुलाई सोच्ने फुर्सद छ, न जनतालाई सुसूचित गराइएको छ । न त कार्यकर्तालाई यी बिषयमा बहस गर्नसक्ने नै बनाइएको छ । यी बिषयमा प्रष्टता र अडान नदेखाउने हो भने कांग्रेसको जस्तै एमालेको पनि सान्दर्भिकतामाथि प्रश्न उठ्नु स्वाभाविक हुनेछ ।

    यस्तो अवस्थामा आयोजना गर्न लागिएको राष्ट्रिय महाधिवेशनले यी महत्वपूर्ण सवालहरुमा छलफल चलाउने, निष्कर्षमा पुर्‍याउने र आम कार्यकर्तालाई नीतिगत रुपमा सुसज्जित बनाएर नपठाउने हो भने एमालेको सांगठानिक जीवनमा प्राप्त यो अवसर खेर जानेछ ।

    चुस्त नेतृत्व चयनका अलावा कम्तिमा एमाले महाधिवेशनले यी काम गर्नु पर्दछ–

    १. माओवादीसँगको पार्टी एकता, बहुमतको सरकार र अहिलेको एमाले विरोधी गठबन्धनसम्म आइपुगेको अवस्थाको व्यापक समीक्षा गर्नु पर्दछ । र यसबारे जनतालाई प्रष्ट पार्न सक्नु पर्दछ ।

    २. दलाल पुंजीवादले कक्रक्क पारेको नेपालको अर्थव्यवस्थालाई परिवर्तन गरी नयाँ ढंगको समृद्धि यात्राबारे छलफल गरी जनता, कार्यकर्तालाई बुझाउन सक्नुपर्छ ।

    ३. भूराजनीतिक स्वार्थमा जकडिएको अहिलेको नेपालको अवस्थामा एमालेले कसरी राष्ट्रियता र स्वाभिमानका सवालको नेतृत्व दिन्छ ? भन्ने कुरा तल्लो तहसम्म छर्लङ्ग हुने गरी प्रष्ट्याउन आवश्यक छ ।

    ४. अहिलेको संसदीय संघीय राजनीतिक प्रणाली नै एमालेको राजनीतिक लडाइँको अन्तिम बिन्दु हो कि आधारभूत जनताको खास पहुँच हुने अर्को राजनीतिक प्रणाली विकास गर्नुपर्ने कुरा बाँकी छ ? भन्ने कुरा प्रष्ट पार्नु पर्दछ ।

  • एमालेका अधिकांश महाधिवेशन प्रतिनिधि सर्वसम्मत, कुन जिल्लाबाट को-को ? (सूचीसहित)

    एमालेका अधिकांश महाधिवेशन प्रतिनिधि सर्वसम्मत, कुन जिल्लाबाट को-को ? (सूचीसहित)

    काठमाडौं । नेकपा (एमाले)को १०औं महाधिवेशनका लागि शनिबार प्रतिनिधिहरु छनोट भएका छन् । एमालेले महाधिवेशनमा लागि १ हजार ९ सय ९९ प्रतिनिधि सहभागी हुँदैछन् ।

    चितवनमा हुने महाधिवेशनका लागि केही प्रतिनिधि सर्वसम्मतरुपमा चुनिएका छन् भने केही निर्वाचनमार्फत टुंग्याइएको छ । केहि जिल्लामा अझै सहमतिकाे प्रयास जारी छ ।

    संगठित सदस्य संख्याको आधारमा छनोट भएका धेरैजसो प्रनिधिहरुको विवरण आएको छ भने केही स्थानको आउन बाँकी छ ।

    यी हुन् एमाले केन्द्रीय सदस्य सूर्य थापाले उपलब्ध गराएको विवरणमा आधारित विभिन्न क्षेत्रका प्रतिनिधिहरुः

    भोजपुर (९)
    खुला:प्रेमकुमार राई, शरणकुमार राई, मक्करबहादुर खड्का, सुरेन्द्र उदास, किरण राई र खड्गबहादुर कार्की ।
    महिला: सिर्जना राई र कविता राई ।
    दलित: सजना परियार ।

    लुम्बिनी सम्पर्क कमिटी (५)
    खुला: ठानेश्वर बस्याल,सरोज रेग्मी र परशु पाण्डे ।
    महिला: शान्ति गौतम ।
    दलित: हरिबहादुर नेपाली ।

    गण्डकी सम्पर्क कमिटी (६)
    खुला: विष्णु सिग्देल, श्रीकान्त बराल र भोला पौडेल ।
    महिला: अमृता अधिकारी र बबी शेरचन ।
    दलित: भोजराज विक ।

    राष्ट्रिय जनसाँस्कृतिक महासंघ नेपाल (५)
    खुला: डा. जिवेन्द्रदेव गिरी, प्रेमनाथ अधिकारी र आरसी न्यौपाने।
    महिला: मधु गुरूङ र भूमिका सुब्बा।

    सिन्धुली (३१)
    खुला: केशव देवकोटा, प्रदीप कटुवाल क्षेत्री, छत्रबहादुर दाहाल, प्रलादकुमार पोखरेल, नारायण बराल, शंकर बराल, राजु बराल, सुवास देबकोटा, हेमबहादुर लामा, पुर्ण खत्री, डम्बर कार्की, हेमबहादुर भुजेल, महेन्द्रदेव श्रेष्ठ, कौशल कोइराला, कमलप्रसाद दाहाल, रामकृष्ण श्रेष्ठ, हिराबहादुर लामा, गोविन्दलाल माझी,चतुरमान लो, खड्गबहादुर खत्री र शान्तिमान कार्की ।
    महिला: ललिमाया पुलामी, पार्बती सुनुवार, डोरकुमारी कार्की, मिना कार्की, मन्जुकुमारी देवकोटा,अम्बिकाकुमारी राई, नीरकुमारी कुँवर, पार्वती भट्टराई र रमा कार्की ।
    दलित: केशरबहादुर नेपाली ।

    उद्योगी व्यवसायी विशेष जिल्ला (४)
    खुला: चन्द्रप्रसाद रिजाल, गोविन्द भट्टराई र राजेन्द्रप्रसाद सापकोटा।
    महिला: सुर्वण श्रेष्ठ।

    गुल्मी (१७)
    खुला: मधुकृष्ण पन्त, बालसिंङ काउछा, सोमनाथ सापकोटा,अमर सिंजापती, कृष्ण भुसाल, प्रेम पराजुली, खिमानन्द पाण्डे, रितबहादुर थापा र चक्रबन्धु भुसाल ।
    महिला: नर्मदा भन्डारी, लक्ष्मी पन्त, सीता भन्डारी र ललिता गौतम ।
    दलित: जंग नेपाली, कृष्ण सुनार, धर्म विश्वकर्मा र जुना विश्वकर्मा।

    गोरखा (१५)
    खुला: सुरेन्द्रबहादुर थापा, गोपाल पाण्डे, सुरेश श्रेष्ठ, मोहन भट्टराई, विशाल थापा, प्रेम गुरुङ, बावुराम थापा, हरि काफ्ले र कमल दानी ।
    महिला: सम्झना देवकोटा, मिना बराम, पार्वती पाठक र रुपा पन्त ।
    दलित: कृष्ण नेपाली र काजीराम रोका ।

    खोटाङ (१४)
    खुला: हरिकुमार पोखरेल, पाँचकर्ण (पीके) राई, रामप्रसाद दंगाल, इन्द्रप्रसाद दंगाल, खगेन्द्र साम्पाङ, देवविक्रम राई, कुमारप्रसाद आचार्य, दीपनारायण रिजाल र चक्रबहादुर (दिलचक्र) राई ।
    महिला: उषाकला राई, विनादेवी राई, गोमा मगर र पुष्पकला भुजेल।
    दलित: चर्चबहादुर विश्वकर्मा ।

    इलाम (२१)
    खुला: ध्रुव श्रेष्ठ, उमेश गुरूङ, उदय राई, नरेश तामाङ, निर्मल राई, मणिकुमार लिम्बू, जयप्रकाश राई, गणेशप्रसाद बराल, कृष्णप्रसाद श्रेष्ठ, राजकुमार थापा, राम राना, महेश बस्नेत र नरेन्द्रनाथ भट्टराई ।
    महिला: कमला तामाङ, शोभा पराजुली, विष्णुमाया आचार्य रिमाल, तारा गुरूङ र सरस्वती राई ।
    दलित: बिन्दु विश्वकर्मा, सावित्रा शिवा र देवेन्द्र विश्वकर्मा।

    पाल्पा (१५)
    खुला: झपेन्द्रबहादुर जिसी, राधाकृष्ण कँडेल, देवीलाल लामिछाने, विमलप्रसाद काफ्ले,अशोककुमार शाही, रामबहादुर राउत, मोहन थापामगर, ओमबहादुर घर्तीमगर र नवीन थापा ।
    महिला: कुबिजा अर्याल,सरस्वती भट्टराई,नारायणी शर्मा र गीता पाण्डे।
    दलित: ठाकुरप्रसाद लोहागुन र दीपक बिश्वकर्मा।

    नेपाल बुद्धिजीवी परिषद (५)
    खुला: डा.दिनेशचन्द्र देवकोटा, गजेन्द्र थपलिया र विधान आचार्य।
    महिला: कविता लुईंटेल र विमला केसी।

    सिन्धुपाल्चोक (३१)
    खुला: निमफुञ्जो शेर्पा, भुपेन्द्र श्रेष्ठ, सूर्यबहादुर लामा, कार्केल लामा, जेपी सिलवाल, टपिन्द्र तिमिल्सिना, कमल नेपाल, होमनारायण श्रेष्ठ, केदार क्षेत्री, सागर घिमिरे, हस्त पण्डित, झम्क नेपाल, बालकृष्ण देउजा, सुभाष कर्माचार्य, नेत्रप्रसाद दंगाल, माधव पाण्डे, कृष्णगोपाल तामाङ, इन्द्र नेपाल, इश्वरीप्रसाद श्रेष्ठ र मित्रलाल चौलागाई।
    महिला: हेमगंगा मोक्तान, सुशीला पाख्रिन, सपना थापा, सकुन्तला माझी, सीता थापा, डोल्मा तामाङ, बालकुमारी सापकोटा, सुनिता अधिकारी र उमा प्रधान।
    दलित: चन्द्रबहादुर धिमालकोटी र रामबहादुर सुनार।

    पेशागत बिशेष जिल्ला कमिटी (१०)
    खुला: प्रेमकुमार पराजुली, प्रेमप्रसाद पराजुली,कुलबहादुर आचार्य, केदारप्रसाद देवकोटा, प्रकाश भट्टराई, विनोद जोशी र गुरुभक्त निरौला।
    महिला: जानुका श्रेष्ठ, लक्ष्मी कार्की र लक्ष्मीदेवी भुसाल ।

    मजदुर विशेष जिल्ला कमिटी (३०)
    खुला: कृष्णप्रसाद रिमाल, अर्जुनप्रसाद अधिकारी, युवराज जिरेल, जितेन्द्र श्रेष्ठ, गोपाल कार्की, नरनाथ लुँइटेल, विदुर कार्की, ठाकुरकुमार श्रेष्ठ, रामकृष्ण न्यौपाने, सुमनप्रसाद पराजुली, सार्की तामाङ, महेन्द्रलाल श्रेष्ठ, बलराम खत्री, राजकुमार श्रेष्ठ,चन्द्रसागर लामा, केशवप्रसाद दुवाडी, तुलसीप्रसाद शिवाकोटी, गणेश श्रेष्ठ र बंशीधर भट्टराई ।
    महिला: ईश्वरी थापा, विजया खड्का, सीता लामा, फुलमाया लामा, शान्ता बस्नेत, विष्णु लामा, कमलादेवी तामाङ, माया गुरूङ, ज्ञानुमाया क्षेत्री र रञ्जु थापा ।
    दलित: मायादेवी पोडे

    दाङ (२५)
    रेवती रमण शर्मा, राममणी पाण्डे, कुलबहादुर केसी, सहजराम यादव, गंगा थारू सत्गौवा, सरस्वती गौतम, टिकाराम खड्का, लक्ष्मण आचार्य, टोपेन्द्रबहादुर केसी, भेषराज केसी, बली राना, तुलसा केसी, हुमा डिसी, हुकुम बहादुर बस्नेत, घनश्याम पाण्डे, रामजी मिलन चौधरी, भुवनेश्वर पौडेल, मनोहर बुढाथोकी, कृष्ण भुसाल, कोमल वली, माया आचार्य, धमकली चौधरी, जितेन्द्रमान नेपाली, मानबहादुर विक, निर्मला विक

    नुवाकोट (१७)
    खुला: बद्री मैनाली, बिन्दा ढुङ्गाना, काशीराज अधिकारी, पुर्णलाल श्रेष्ठ, जितबहादुर घले, केशवराज पाण्डे, नारायण खतिवडा, रामशरण प्याकुरेल र बुद्धिबहादुर प्रधान।
    महिला: शर्मिला थपलिया, मंगलमाया प्रजापति, सावित्री प्याकुरेल, मेन्चुङ लामा, गीता दाहाल र उषाकिरण तिम्सेना।
    दलित: केशव सेञ्चुरी

    पश्चिम रूकुम (७)
    खुला: टंकप्रसाद ओली, नन्दराम देवकोटा, नारायण शाह र मनवीर घर्ती ।
    महिला: तीर्था गौतम ।
    दलित: चन्द्रबहादुर नेपाली र शशीराम नेपाली ।

    रामेछाप (१९)
    खुला: शान्तिप्रसाद पौडेल, तुलप्रसाद कंडेल, रत्नप्रसाद गौतम, आनन्दकुमार श्रेष्ठ, ध्रुवकुमार कार्की, चित्रबहादुर कÞार्की, होतराज ढकाल, शम्भुकुमार श्रेष्ठ, प्रेमबहादुर तामाङ, प्रेमबहादुर खड्का, ज्ञानकुमार योञ्जन र पुरूषोत्तम कडरिया ।
    महिला: गंगा कार्की, गीता कार्की, दिपशिखा दाहाल, माया कार्की, हेमकुमारी तामाङ।
    दलित: मानबहादुर विश्वकर्मा र गणेश विक।

    प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन नेपाल (६)
    खुला: शम्भुबहादुर श्रेष्ठ, सुरज लामिछाने, सन्जिब रोकाहा।
    महिला: सौम्य भट्ट र ज्योती थापा ।

    पूर्वी रूकुम (६)
    खुला: नन्दलाल शर्मा, टोप वहादुर ओली, लिलामणि गौतम र निर्माण वुढा (रवि) ।
    महिला: आशा स्वर्णकार
    दलित: मस्तबहादुर विश्वकर्मा (समाल)

    अनेरास्ववियु (५)
    खुला: आरसी लामिछाने, झपेन्द्र खत्री, समिक बढाल।
    महिला: सुनिता बराल र निशा अधिकारी।

    वैतडी (१५)
    खुला: दामोदर भण्डारी, सुरेन्द्रबहादुर पाल, लिलाधर भट्ट, मोहन थापा, पुष्करराज जोशी, जसवीर बोहरा, भरत मडै र गोरखबहादुर चन्द ।
    महिला: जानकी अवस्थी, जानकी ऐर बम, हेमा भट्ट (कपाडी) र लिला विष्ट ।
    दलित: नरेश विश्वकर्मा, सरस्वती नेपाली र धाना पहरी।

    जाजरकोट (९)
    खुला: करवीर शाही, डम्बरबहादुर सिंह, लालबहादुर महतारा, बेदबहादुर शाही, सीपी घर्ती र प्रेमप्रसाद घर्ती ।
    महिला: कौशिलावती खत्री र हरिकला जैशी ।
    दलित: नवेन्द्र नेपाली।

    प्रेस चौतारी नेपाल (५)
    खुला: गणेश बस्नेत, गगन विष्ट र राजेन्द्र अर्याल ।
    महिला: निर्मला शर्मा र टीका विष्ट।

    लमजुङ (११)
    खुला: धनञ्जय दवाडी, जमिन्द्रमान घले, गुमानसिंह अर्याल, कृष्णप्रसाद अधिकारी, प्रेमबहादुर घले र मोहनहरि पौडेल।
    महिला: लक्ष्मी अधिकारी, दीपा गुरूङ र यशोदा रिमाल ।
    दलित: विवश बुढाथोकी र हिरालाल विश्वकर्मा।

    प्यूठान(९)
    खुला: हरि रिजाल, तुल्सीराम शर्मा, धनबहादुर रायमाझी, टेकुलाल गिरी, विजयविराज बिष्ट, डिलबहादुर थापा मगर ।
    महिला: कमला रिजाल र गोमा रेग्मी ।
    दलित: झगबहादुर विश्वकर्मा ।

    संखुवासभा (१३)
    खुला: तुलसी न्यौपाने, मुरारी खतिवडा,वीरेन्द्र केसी, जितबहादुर घिमिरे,भविश्वर गुरूङ, विदुर खतिवडा, भीम लिंखा र विपिन तामाङ।
    महिला: सीता दाहाल, मनमाया तामाङ, भीमादेवी राई र रिता घिमिरे कटुवाल ।
    दलित: खड्गबहादुर विश्वकर्मा ।

    हुम्ला (११)
    खुला: दल रावल, दल फडेरा, ज्ञामी बुमी, डबल रावत, पूर्णप्रसाद ढकाल, कलबहादुर हमाल र नोरजङ तामाङ।
    महिला: सौमती रावल, रुपा शाही र सुनमती परियार।
    दलित: कालीबहादुर नेपाली ।

    कास्की (३१)
    खुला: दामोदर बैरागी, कृष्ण थापा, रश्मी आचार्य, आरपी खनाल, तेजनारायण अधिकारी, युवराज पौडेल,भेषराज बराल, राजीव पहारी, पुण्यप्रसाद पौडेल, दीपक पौडेल, विष्णुबहादुर केसी, जगन्नाथ बाँस्तोला,पुष्पज्योति ढुङाना,विजय सुवेदी, नवराज ओझा, शंकरनाथ पौड्याल,बेदबहादुर गुरुङ श्याम,दिलिप न्यौपाने, नारायणी भट्टराई, बैनबहादुर क्षेत्री र गंगा कुँवर ।
    महिला: विद्या भट्टराई अधिकारी, प्रभा कोइराला, मन्जु गुरुङ, शोभा बरालपहारी, सुशीला पराजुली र सन्तुदेवी सुवेदी।
    दलित: धनबहादुर नेपाली, अर्जुन सुनाम, डामबहादुर विक र मनबुजा विश्वकर्मा ।

    कपिलबस्तु (१८)
    खुला: विष्णु पन्थी, झविलाल पोख्रेल, विश्राम चौधरी, डम्मर शर्मा, विश्व कार्की, घरभरण यादव, टेकराज पौडेल, आजाद अहमद दर्जी,बाबुराम खनाल,उपेन्द्र खनाल र टोपलाल पोखरेल।
    मजदुर: सुशीला दर्लामी।
    महिला: शान्ति पाण्डे, प्रभा पौडेल, लक्ष्मी न्यौपाने र कमला भुसाल।

    अर्घाखाँची (१६)
    खुला: चेतनारायण आचार्य, रामजीप्रसाद घिमिरे, कुटमुदिन अलि,जनार्दन खनाल, पिताम्बर भुसाल, प्रकाश ज्ञवाली, तोजबहादुर रायमाझी, काशिराम आचार्य र खगिश्वर पन्थी ।
    महिला: जालपा भुसाल, प्रमिला क्षेत्री, बिजुला रायमाझी र बिष्णुमाया आचार्य ।
    दलित: भोज बहादुर गन्धर्व, लिलबहादुर बिक र शिवकला बिक।

    बाग्लुङ (१२)
    खुला: इन्द्रलाल सापकोटा, सूर्यप्रसाद पाठक, जनकराज पौडेल, हिराबहादुर केसी,मोहनलाल शर्मा, सञ्जय शेरचन सुनिल र तुल्सी अर्याल ।
    महिला: सावित्रा राना, गीता शर्मा र यमुना राना।
    दलित: देवकुमार नेपाली र धनबहादुर परियार ।

    म्याग्दी (९)
    खुला: हरिकृष्ण श्रेष्ठ, नवराज शर्मा, देवेन्द्र केसी, बालकृष्ण सुवेदी र देवबहादुर घले ।
    महिला: नरदेवी पुन र थमसरा पुन ।
    दलित: पुष्कर विक र खरमाया बिटालु ।

    मकवानपुर (१७)
    खुला: कृष्णप्रसाद दाहाल, रामचन्द्र राई, बद्रीप्रसाद लम्साल, दिलबहादुर घिसिङ फुर्वा, कमल बिष्ट, फुर्बा दोर्जे लामा, सुवासचन्द्र ठकुरी, एकालाल श्रेष्ठ, महेश बर्तौला, लालबहादुर थापा, हिदम लामा र बिष्णुप्रसाद ढकाल ।
    महिला: जुनेलीमाया श्रेष्ठ, सीता विष्ट, बरिना बल तामाङ र सुमित्रा काफ्ले ।
    दलित: नारायण गजमेर ।

    दोलखा (२३)
    खुला: ईश्वरचन्द्र पोखरेल, भरत दुलाल, डबल पाण्डे, हर्क पाख्रिन, कृष्ण भुजेल,नरबहादुर श्रेष्ठ, बालकृष्ण शिवाकोटी, भरत केसी, जिवसराज खड्का, मित्र जिरेल, हेमन्त चौलागाईं, धनबहादुर तामाङ, ठूला थामी र शुभ शेर्पा ।
    महिला: शान्ति पाख्रिन, कालिका पाठक, कमला बस्नेत, उर्मिला थामी, गायत्री आचार्य, गोमा केसी र शान्तिकुमारी तामाङ।
    दलित: सुन्दर लामीछाने र टेक घतानी।

    सल्यान (८)
    खुला: गोविन्दकुमार पुन, हिमबहादुर सेन, दानबहादुर केसी, लोकबहादुर डाँगी र तिलक मल्ल ।
    महिला: पुष्पा कुमारी वोहोरा र संञ्चिता कुमारी ओली विसी ।
    दलित: जनक विक ।

    रोल्पा (७)
    खुल्ला: कुमार दशौंदी, पूर्ण बुढामगर, बालाराम बुढामगर र शान्तकुमार ओली ।
    महिला: जुनमाया बुढा र इश्वरी जिएम ।
    दलित: रिमा नेपाली ।

    कर्णाली सम्पर्क कमिटी (५)
    खुला: देवीराम भुसाल, जयबहादुर शाही र भक्त रावत ।
    महिला: सत्यदेवी अधिकारी ।
    दलित: कुलबहादुर विश्वकर्मा ।

    तनहुँ (१३)
    खुला: हरिराज कँडेल, इन्द्रबहादुर कुँवर, बाबुराम अधिकारी, कलावती ढकाल, केदार सिग्देल, रामचन्द्र उपाध्याय, श्रीप्रसाद श्रेष्ठ, धर्म खनाल र विष्णुभक्त सिग्देल ।
    महिला: भगवती न्यौपाने, राधा महत र सविता रसाइली ।
    दलित: बाबुराम सुनार।

    केन्द्रीय सल्लाहकार परिषद (१५)
    खुला: गोपाल शाक्य, टुकराज सिग्देल, हरिचरण शिवाकोटी, शंकरनाथ शर्मा अधिकारी, डिल्लीराज भट्ट, कृष्णबहादुर शाही, नेत्रप्रसाद पन्थी,  मोतीलाल दुगड र लक्ष्मण रायमाझी।
    महिला: मीरा ध्वंजू, इन्दु गौतम, कल्पना चापागाईं, अनिता यादव र विश्वेश्वरा दाहाल।
    दलित: जितु गौतम।

    भक्तपुर क्षेत्र नम्बर एक (६)
    शम्भु दाहाल, निरञ्जन बजगाई, परासर सापकोट, मिलन सुवाल, विणा बास्तोला, नारायणी फुयाँल।

    उदयपुर क्षेत्र नं १ (निर्वाचनमार्फत)
    दुर्गा कुमार थापा स्वास्ति (१०८६), प्रमेश घिमिरे (९२२), ईश्वरमणि राउत (७८७), विमल कार्की (७८६), कुशलबाबु बस्नेत (६५१), कालू लामा – (६२४)
    समावेशीतर्फ: श्रृजना दनुवार (८००) र महेश्वरी राई (७२१)

    कालिकोट (१४)
    नगेन्द्र शाही ‘नेशनल’, रमेश शाही, दक्षिणा शाही, भरतराज धिताल, राजेन्द्र थापा, वीरेन्द्र वोगटी, टेकबहादुर बुढा, वकिल बम, पार्वती सिंह, तारा शाही, नरपति लुहार, कर्णजीत विक, व्यासी तिरुवा, गोमा नेपाली

    दैलेख (२३)
    रविन्द्रराज शर्मा, प्रेमबहादुर थापा, तेजबहादुर चन्द, रत्नबहादुर खड्का, लोमन शर्मा, टोपबहादुर विसी मिनासिंह रखाल, सुर्यकुमारी श्रेष्ठ, अमर नेपाली, गोपाल नेपाली, विनोद कुमार शाह धीरबहादुर शाही, सुर्यबहादुर शाही, योगेन्द्रबहादुर शाही, सर्वराज महतारा, रुद्रबहादुर शाही, गंगाराम दाहाल, लक्ष्मी देवी शाही, विना कार्की, विष्णु थापा, दयाराम विश्वकर्मा, गोमता विक, हिक्मत विक

    सुर्खेत (२२)
    ध्रुव कुमार शाही, खड्क खत्री, खडग घर्ती, डण्डी शर्मा, बोधविक्रम जिसी, शान्ति छन्तेल, कोकिला सिंह, चन्द्रकला विसी, कुलमणि देवकोटा, अमृत विसी, नवराज रावत, गंगा दाहाल, गंगाराम तिमिल्सिना, नन्दराम अधिकारी, मोहनमाया ढकाल, निर्मला राना, नन्दा गुरुङ, तेजकुमार विक ‘तोरण’, गगनसिंह सुनार, राजु गुइदेल नेपाली, सुशीला विश्वकर्मा, लक्ष्मी विक

    जुम्ला (७)
    शान्तिलाल महत, बलबहादुर महत, रतननाथ योगी, टेकराज पछाई, मेनका पछाई, चुक्की शाही, रामबहादुर नेपाली

    डोल्पा (१०)
    तुलाचन्द बुढा, विष्णु रोकाया, शेरबहादुर बुढा, नरबहादुर बुढा, पद्यमीक्वारी बोहोरा, चन्द्राकुमारी बुढा, लंकबहादुर शाही, लंकबहादुर रोकाया, सविता रोकाया, प्रेम विक