Tag: ह्वाट्सएप

  • ह्वाट्सएपले अञ्जान व्यक्तिले ‘लास्ट सिन’ हेर्न नमिल्ने बनाउँदै

    ह्वाट्सएपले अञ्जान व्यक्तिले ‘लास्ट सिन’ हेर्न नमिल्ने बनाउँदै

    काठमाडौं । इन्स्ट्यान्ट मेसेजिङ एप- ह्वाट्सएपले अञ्जान व्यक्तिहरू वा आफूले च्याट नगरेका प्रयोगकर्ताले आफ्नो ‘लास्ट-सिन’ स्ट्याटस हेर्न नमिल्ने तयारी गरिरहेको वाबेटाइन्फोले बताएको छ । यसअघि ह्वाट्सएपले बाइडिफल्ट नै सबैले हेर्न मिल्ने फिचर दिएको थियो ।

    ह्वाट्सएपको नयाँ अपडेटपछि प्रयोगकर्ताले अन्तिम पटक कहिले ह्वाटसएप चेक गरेको थियो भन्ने अञ्जान मानिस पत्ता लगाउन सक्ने छैनन् । प्रयोगर्ताको गोपनियताप्रति सजग रहेर विभिन्न अपडेट ल्याइरहेको ह्वाट्सएपले यसअघि ‘इन्ड टू इन्ड’ इन्क्रिप्सनको सुविधा पनि दिएको थियो ।

    वाबेटाइन्फो ह्वाट्सएपको बारेमा आउँदै गरेका सूचनाहरू आधिकारिक रूपमा सार्वजनिक हुनु अगाडि नै लिग गर्ने प्लेटफर्म हो । ह्वाटसएपसँग सम्बन्धित सूचनाहरू वाबेटाइन्फोले लिक गरेको थियो । र, ती सबै सूचनापछि तत्य सावित भएका थिए ।

    त्यसैले यो लिकलाई पनि सम्भावित अपडेट मान्न सकिन्छ । यद्यपि, यसबारे आधिकारिक घोषणा भने ह्वाट्सएपले गरेको छैन ।

  • ह्वाट्सएपले बन्द गर्‍यो २० लाख भारतीय अकाउन्ट

    ह्वाट्सएपले बन्द गर्‍यो २० लाख भारतीय अकाउन्ट

    काठमाडौं । चर्चित इन्स्ट्यान्ट मेसेजिङ एप- ह्वाट्सएपले २० लाख भारतीय अकाउन्ट ब्लक गरेको छ । फेसबुकको स्वामित्वमा रहेको ह्वाट्सएपले पछिल्लो मे र जुन महिनामा आफ्नो नीतिभन्दा बाहिर गएर प्रयोग गरिएका २० लाख अकाउन्ट ब्लक गरेको हो ।

    भारतको पछिल्लो आईटी सम्बन्धी विवादास्पद नीतिपछि पहिलो पटक रिपोर्ट भएका अकाउन्टमाथि एक्सन लिएको हो ।

    ४० करोड प्रयोगकर्ता भएको भारत ह्वाट्सएपको सबैभन्दा ठूलो बजार हो । ह्वाट्सएपले नकारात्मक र नचाहेका म्यासेज पठाउने गरेका भारतीय अकाउन्टलाई गुनासोका आधारमा बन्द गरिएको बताएको छ । एड्भान्स्ड प्रविधिको मेसिन प्रयोग गरेर ह्वाट्सएपले प्रत्येक महिना विश्वभरका ८० लाखभन्दा धेरै अकाउन्ट बन्द गरिरहेको छ ।

    मे १५ देखि जुन १५ सम्म भारतमा मात्रै २० लाख अकाउन्ट बन्द हुनुको मुख्य कारण ‘असामान्य’ म्यासेज भएको ह्वाट्सएपले बताएको छ ।

    ह्वाट्सएपले कन्ट्रीकोड+91  को आधारमा भारतीय अकाउन्ट फिल्टर गर्छ । भ्रामक सूचना फैलाउने, नचाहिँदो म्यासजे पठाउने र असामान्य म्यासेज पठाउने अकाउन्टहरू बन्द भएका हुन् ।

    ह्वाट्सएपका लाखौं प्रयोगकर्तासम्म भ्रामक सूचना क्षणभरमा पुर्‍याउन केही अकाउन्टहरू लागि परेकोसमेत पाइएको र त्यस्ता अकाउन्टप्रति कठोर भएर एक्सन लिने ह्वाट्सएपले बताएको छ ।