Tag: होटल

  • कोरोनाको कारणले १७ प्रतिशत होटल पूर्णरूपमा बन्द, १० लाखको रोजगारी जोखिममा

    कोरोनाको कारणले १७ प्रतिशत होटल पूर्णरूपमा बन्द, १० लाखको रोजगारी जोखिममा

    काठमाडौं । कोरोनाको कारणले नेपालका १७ प्रतिशत होटल पूर्णरुपमा बन्द भएका छन् । नेपाल उद्योग परिसंघले पर्यटन क्षेत्रसँग सम्बन्धित संघसंस्थाका प्रतिनिधिसँग विद्यमान संकट र त्यसको समाधानका उपायका विषयमा छलफल भएका बेला व्यवसायीले १७ प्रतिशत होटल पूर्ण रुपमा बन्द भएको बताएका हुन् ।

    परिसंघका उपाध्यक्ष राजबहादुर शाहले नेपाल पर्यटन बोर्डसहित पर्यटन क्षेत्रलाई प्रतिनिधित्व गर्ने संघ संस्थाका प्रतिनिधिसँग यस क्षेत्रमा कोभिडले पारेको प्रभाव र पुनरोत्थानका लागि गर्नुपर्ने कामका विषयमा छलफल भएको हो ।

    यसैगरी पर्यटन उद्योगमा कार्यरत १० लाखभन्दा धेरै श्रमिकरमजदूरको रोजगारी जोखिममा परेको उल्लेख गरेका छन् ।

    छलफलमा सहभागीहरूले कोभिड १९ को संक्रमण बढेसँगै विकसित मुलुकहरूले नेपाललाई नकारात्मक सूचीमा सूचीकरण गरेसँगै पर्यटक आगमन ठप्प रहेको उल्लेख गरेका छन् ।

    उनीहरूले देशव्यापीरूपमा कोभिड १९ विरुद्धको भ्याक्सिन लगाएर नेपाललाई भ्रमणका लागि सुरक्षित गन्तव्यको पहिचान दिन सरकारले काम गर्नुपर्ने बताएका छन् ।

    पर्यटन क्षेत्रसँग सम्बन्धित १७ वटा संघरसंस्थाका प्रतिनिधि सम्मिलित छलफलमा उनीहरूले पर्यटन उद्योगको पुनरोत्थानमा सरकारले विशेष जोड दिनुपर्ने पनि बताएका छन् ।

    व्यवसायीहरूले पुनरोत्थानका लागि विना धितो ऋण र कर पुनर्कर्जाको सुविधा सम्पूर्ण व्यवसायीलाई उपलब्ध गराउने व्यवस्था मिलाउन माग गरेका छन् ।

    यसैगरी पिसिआर रिपोर्टमा नेगेटिभ उल्लेख भएका र भ्याक्सिनको पूर्ण डोज प्राप्त गरेका पर्यटकलाई क्वारेन्टाइनमा राख्नु नपर्ने व्यवस्था गर्न पनि माग गरेका छन् ।

    सरकारले पर्यटन क्षेत्रलाई कोभिडको अति प्रभावित क्षेत्रको सूचीमा सूचीकरण गरेको भए पनि व्यवसायीले घोषणाअनुसारको सुविधा प्राप्त नगरेको उनीहरूको गुनासो छ ।

    कार्यक्रममा परिसंघका उपाध्यक्ष शाहले व्यवसायीका प्रत्येक समस्या समाधानका लागि परिसंघ अग्रस्थानमा रहेर काम गर्ने बताएका छन् ।

  • आइसोलेसनबाट हात झिक्दै होटल, क्वारेन्टाइन यथावत्

    आइसोलेसनबाट हात झिक्दै होटल, क्वारेन्टाइन यथावत्

    काठमाडौं । होटललाई आइसोलेसन बनाएर कोरोना संक्रमित राखिरहेको ‘एल्लो प्यागोडा’ ले अब कोभिड बिरामीलाई नराख्ने बताएको छ । होटलका म्यानेजर कृपेश महर्जनका अनुसार आधारभूत मापदण्ड लागू गर्न नसकेकोले होटलबाट आइसोलेसन हटाउन लागिएको हो ।

    मेडिकल टिमसहित सो होटलले केही समयअघि आइसोलेसन बनाएको थियो । तर, अहिले कोभिड पोजेटिभ देखिएका बिरामीलाई तत्काल अक्सिजन चाहिन सक्ने कुरालाई मध्यनजर गर्दै होटलले आइसोलेसन बन्द गरेको हो । महर्जनका अनुसार अहिले एल्लो प्यागोडामा १९ जना आइसोलेसनमा थिए । तीमध्ये ७ जनालाई विभिन्न अस्पताल पठाइएको हो । बाँकीलाई पनि अस्पताल पठाउने तयारी भइरहेको छ ।

    संक्रमितको व्यवस्थापन गर्दै आएपनि सरकारले कुनै सहयोग नगरेको होटलको गुनासो छ । होटेलले सिंगल बेडमा बस्नेलाई खानासहित ७ हजार र डबल बेडमा दैनिक पाँच हजार लिँदै आएको थियो ।

    ‘हामीले आइसोलेसनमा बस्नेसँग लिएको पैसा निकै कम हो । जसमा खाना बस्नका साथै मेडिकल टिम पनि स्ट्याण्डबाई थियो । तर, होटलले मात्र यो सबै कुरा गर्न सम्भव भएन,’ महर्जनले भने ।

    आइसोलेसनमा कोभिड विरामी नराखे पनि होटलमा ‘क्वारेन्टाइन’ यथावत राखेको उनले जानकारी दिए । यहाँ गत वर्ष पनि वीर अस्पताल र ट्रमा सेन्टरका डाक्टर र नर्स बस्न न्यूनतम शुल्कमा चार महिना ‘क्वारेन्टाइन’ राखिएको थियो ।

    केही सयमअघि स्वास्थ्य मन्त्रालयबाट आइसोलेसनका लागि आधिकारिक मान्यता प्राप्त गरेको ठमेलको टिम्बर हाउस होटलले आइसोलेशनमा मानिस राख्न नपाउँदै हात झिक्ने संकेत गरेको छ । असहज परिस्थितिका कारण आइसोलेसन हटाउने बारेमा सोचिरहेको एक संचालकले बताए ।

    रवी भवनस्थित होटल क्राउन इम्पेरियलले पनि कोरोनाको पहिलो लहरमा नै होटललाई आइसोलेसन बनाएको थियो । तर, आइसोलेसनमा आफूले सोचे अनुरुपको रुम अकुपाई नभएपछि दोस्रो लहर आएसँगै आइसोलेसन हटाइएको होटलकी फ्रन्ट डेस्क कर्मचारी नेहा भगतले जानकारी दिइन ।

    क्वारेन्टाइन यथावत

    केही होटलले अहिले पनि ‘क्वारेन्टाइन’ लाई यथावत नै राखेका छन् । काठमाडौंस्थित हिमालयन स्वीट होटलले अझै पनि भारतीय नागरिकलाई ‘क्वारेन्टाइन’ मै राखेको छ । अहिले त्यहाँ ३५ भारतीय छन् । होटलका अनुसार नेपालमा निषेधाज्ञा शुरू हुनुअघि भारतबाट साउदी अरब जानका लागि धेरै नै भारतीय नागरिक होटल आएका थिए । तर, तीमध्ये केही अन्य मुलुक गएका छन् भने केही अरब जाने फ्लाइट क्यान्सिल भएसँगै होटलमा नै छन् ।

    ठमेल होटलमा पनि केही ग्राहक ‘क्वारेन्टाइन’ मा बसेका छन् । साँग्रिलाले पनि क्वारेन्टाइन यथावत राखेको छ ।

  • गैँडाकोटमा ११ करोड लगानीमा होटल सञ्चालन

    गैँडाकोटमा ११ करोड लगानीमा होटल सञ्चालन

    काठमाडौं । नवलपरासीमा सुविधासम्पन्न होटल सञ्चालनमा आएको छ । गैँडाकोट नगरपालिका–२ को शिलान्यास चोकमा ११ करोड लगानीमा होटल मुन स्टार सञ्चालनमा ल्याइएको हो ।

    होटल व्यवसाय र चलचित्र क्षेत्रमा समेत काम गर्दै आएका दुई युवाले होटल सञ्चालनमा ल्याएका हुन् । बाह्र वर्षदेखि होटल व्यवसाय सञ्चालन गर्दै आएका राम गैरे र चलचित्रकर्मी धु्रव न्यौपानेको लगानीमा होटल सञ्चालनमा आएको हो ।

    गैरेको जापानमा चार तथा नेपालमा दुईवटा होटल सञ्चालनमा छन् । यसअघि धवलागिरि फिल्म हल रहेको भवनलाई व्यवस्थित गर्दै ११ करोड रुपैयाँको लगानीमा होटल सञ्चालन गरेको गैरेले बताए।

    पाँच कठ्ठा पाँच धुर जमिनसहितको भवनलाई व्यवस्थित गर्दै होटल सञ्चालनमा ल्याइएको होटलको गुणस्तर तथा सेवा, सुविधा वृद्धि गर्दै लगिने गैरेले भनाइ छ ।

    नेपालमा पर्यटनको प्रचुर सम्भावना रहेको भन्दै होटल सञ्चालनमा ल्याएको गैरेको भनाइ छ । ठूला होटलले प्रदान गर्ने सेवा, सुविधा सस्तो शुल्कमा प्रदान गरिने भन्दै सञ्चालक न्यौपानेले नेपालमा नै स्थापित हुने गरेर होटलमा लगानी गरिएको बताए ।

    सो होटलमा पार्टी प्यालेस, रेष्टुरेन्ट एण्ड बार, सेमिनार हल, ट्राभलका लागि गाडी व्यवस्था गरिएको छ । एक सय जनासम्म बास बस्न मिल्ने गरी तीन प्रकारका कोठाको व्यवस्था गरिएको न्यौपानेले जानकारी दिए ।

    एकैपटकमा एक हजार ५०० जनालाई खाना खुवाउन सक्ने गरी सेमिनार तथा भोजभतेर गर्न सकिने हलको सुविधा रहेको छ। नेपाली, चाइनिज, इण्डियन, थाइलगायत एशियन फुड्सको सेवा उपलब्ध गराउने गरी होटल सञ्चालन गरिएको न्यौपानेले बताए ।

    ५०० रुपैयाँदेखि दुई हजार २०० सम्मका बास बस्ने कोठाको व्यवस्था गरिएकाले अन्यको दाँजोमा सस्तो र गुणस्तरीय सेवा प्रदान गरिने उनले बताए । होटलमा स्विमिङ पुल ९पौडी पोखरी०को तयारीसमेत भइरहेको उनको भनाइ छ ।

    होटलमा प्रत्यक्षरूपमा १६ जनाले रोजगार पाएको पौडेलको भनाइ छ । होटलले स्थानीय उत्पादनलाई प्राथमिकता दिने उल्लेख गर्दै पौडेलले यसबाट स्थानीय उत्पादनको प्रवद्र्धन हुने बताए ।

    सो होटलको उद्घाटन नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष चण्डिराज ढकालले गरे । शनिबार होटल उद्घाटनका क्रममा ढकालले लगानीको वातावरण गराउन राज्यले समेत सोहीअनुरुपको नीति ल्याउनुपर्ने बताए ।

    होटलले गुणस्तर र सेवाग्राहीको इच्छाअनुसारको सेवा, सुविधा उपलब्ध गराउनुपर्ने ढकालको भनाइ थियो ।

     

  • एक लाख ऋणले बनायो ११ होटलको मालिक

    एक लाख ऋणले बनायो ११ होटलको मालिक

    काठमाडौं । एक लाख रुपैयाँ ऋण लिएर व्यवसाय शुरु गरेका एक युवा १५ वर्षमा ११ होटल तथा रेष्टुराँको मालिक बनेका छन् ।

    नेपालमै व्यवसाय गर्छुभन्दा ऋण नपत्याइएपछि विदेश जान भन्दै उनले १५ वर्ष अघि आफन्तसँग एक लाख रुपैयाँ ऋण लिएका थिए । गुल्मीका शङ्कर भण्डारीको नेतृत्वमा अहिले ११ होटल र रेष्टुराँ छन् ।

    विसं २०३९ मा गुल्मीको तत्कालीन रुपकोटमा जन्मिएका भण्डारीले विसं २०५९ मा आफन्तसँग ऋण लिएर साझेदारीमा काठमाडौँको सुन्धारामा होटल शुरु गरेका थिए ।

    होटलसँगै उनले किराना पसल पनि थाले । किराना पसल शुरु गर्दा उनीसँग ५० हजार रुपैयाँ मात्रै थियो । पसल निकै राम्ररी चलेको र मुनफा धेरै भएको उनले बताए ।

    त्यसपछि उनले निरन्तर होटल व्यवसायलाई फैलाउँदै लगे । होटल शुरुआती अवस्थाको दुःख सम्झँदै उनी भन्छन् ‘पैसा नभएपछि २० कोठे घरको चार कोठा मात्रै तयार पारेर होटल शुरु गरेँ ।’

    क्रमशः किराना र होटलको कमाइले उक्त होटल एक वर्ष लगाएर पूर्ण क्षमतामा सञ्चालन गरे । निरन्तर मिहिनेतले होटल व्यवसायले फड्को मार्दै गयो ।

    उनले त्यसपछि लगातार होटल थप्दै गए । होटलपछि उनले रेष्टुराँमा पनि हात हाले । त्यससँगै उनले सुन्धारामा पे्रसिडेन्ट सेकुवा  समेत शुरु गरेका छन् ।

    अहिले उनीसँग  विभिन्न ठाउँमा ११ ओटा होटल छन् । अहिले उनको होटल तथा रेष्टुरामा २५० जनाले रोजगारी पाएका छन् ।  उनको होटल तथा रेष्टुरा व्यवासयमा करडौको लागनी छ ।

     

  • ग्राहकले देख्ने ठाउँमा राख्ने गरी होटललाई संकेत चिन्ह प्रदान गरिने

    ग्राहकले देख्ने ठाउँमा राख्ने गरी होटललाई संकेत चिन्ह प्रदान गरिने

    काठमााडौं । सरकारले होटल, रिसोर्ट तथा बुटिक होटलको पहिचानलाई स्थापित गर्न संकेत चिन्हको रुपमा तारा  (स्टार) चिन्ह निर्धारण गर्ने भएको छ ।

    होटलले दिने सेवा, गुणस्तर, क्षमता, लगायतका विषयलाई हेरेर स्तर निर्धारण गरी संकेत चिन्ह प्रदान गर्ने र उक्त संकेत चिन्हलाई सेवाग्राहीले स्पष्टसँग देख्न सक्ने गरी राख्नुपर्ने व्यवस्था गर्न लागिएको पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङले बताए ।

    संकेत चिन्हमा सबैभन्दा माथि सरकारको लोगो, बीचमा होटलले प्राप्त गरेको तारा अथवा चिन्ह रहने छ भने सबैभन्दा तल होटलको नाम रहने छ ।

    यस्तो संकेत चिन्न निश्तित साइजको हुने र उक्त चिन्हलाई होटल, रिसोर्ट तथा बुटिक होटललगायतका सबै किसिमका होटलले सेवाग्राहीले देख्ने गरी राख्नुपर्नेछ ।

    सबैस्तरका रिसोर्ट, तरास्तरका होटल तथा सबै स्तरका बुटिक होटलले आफ्नो प्रवेशद्धारमा सम्बन्धित स्थानीय तहले तोकेको आकारमा होटल र रिसोर्टको बनौट अनुसार सजिलै देखिने गरी तोकिएको संख्याका तारा चिन्ह अर्थात प्राप्त गरेको संकेत चिन्ह सहितको साइनबोर्ड राख्नुपर्ने पनि महानिर्देशक तामाङले बताए।

    पर्यटन विभाग तथा अन्तर्गतका कार्यालयबाट पर्यटकस्तरको होटलमा स्तर वर्गीकरण भएका र हाल प्रदेश सरकारको सम्बन्धित निकायबाट पर्यटक स्तरको होटलमा स्तरवर्गीकरण भएका सबै होटलको हकमा गोलाकार रेखाभित्र रातो रङ्गमा टीएस लेखिएको चिन्हलाई संकेत चिन्हको रुपमा निर्धारण गरिने पनि महानिर्देशक तामाङले भने ।

    यस्तै मोटल होटलको हकमा गोलाकार रेखाभित्र रातो रङ्मा (M)  र पर्यटक इनको हकमा गोलाकार रेखाभित्र रातो रङ्गमा  (I) लेखिएको चिन्हलाई संकेत चिन्हको रुपमा निर्धारण गर्ने भएको छ ।

    बेड एण्ड ब्रेकफाष्टको हकमा गोलाकार रेखाभित्र रातो रङ्गमा (B & B) लेखिएको चिन्हलाई संकेत चिन्हको रुपमा निर्धारण गरिने भएको छ ।