Tag: हेटौंडा सिमेन्ट उद्योग

  • हेटौंडा सिमेन्टको महाप्रबन्धकसहित दर्जनौं पदमा सरकारी नियुक्ति (सूचीसहित)

    हेटौंडा सिमेन्टको महाप्रबन्धकसहित दर्जनौं पदमा सरकारी नियुक्ति (सूचीसहित)

    काठमाडौं । सरकारले हेटौडा सिमेन्ट उद्योग लिमिटेडको महाप्रबन्धकमा बसन्तकुमार पाण्डेलाई नियुक्त गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

    बैठकले समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिको अध्यक्षमा प्रशासकीय अदालतका पूर्वअध्यक्ष काशीराज दाहालालाई र सदस्यमा केशवराज आचार्यलाई नियुक्ति तथा मनोनयन गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नियमित पत्रकारसम्मेलनमार्फत जानकारी गराएका हुन् ।

    बैठकले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी समितिको सदस्य पदमा रञ्जनकृष्ण अर्याल र प्रा.डा. भगवानदास मानन्धरलाई मनोनयन गर्ने निर्णय भएको छ । श्रम अदालतको अध्यक्षमा उच्च अदालत बिराटनगरको वखलढुंगा इजलाशका न्यायाधीश बासुदेव आचार्यलाई तोक्ने निर्णय पनि गरेको छ ।

    काठमाडौं उपत्यका विकास प्राधिकरणको पुनरावेदन समितिको अध्यक्ष पदमा अदालतकोसमेत कामकाज गर्नेगरी उच्च अदालत पाटनका न्यायाधीश महेश शर्मालाई तोक्ने निर्णय भएको छ । राजस्व न्यायधिकरण पोखराको कानून सदस्य एमव अध्यक्ष पदमा उच्च अदालत पोखराका न्यायाधीश रमेशप्रसाद भण्डारीलाई तोक्ने निर्णय भएको छ ।

    बैदेशिक रोजगार न्यायाधीकरणको अध्यक्ष पदमा उच्च अदालत जनकपुर बिरगञ्ज इजलाशका न्यायाधीश डा।रबी शर्मालाई तोक्ने निर्णय भएको छ ।

    भूकम्पबाट प्रभावित संरचनाको पुर्ननिर्माणको पुनरावेदन समितिको अध्यक्षमा अदालतकोसमेत कामकाज गर्नेगरी उच्च अदालत पाटनका न्यायाधीश बालेन्द्र रुपाखेतीलाई तोक्ने निर्णय भएको छ । सैनीक विशेष अदालतको अध्यक्षमा अदालतको कामकाजसमेत गर्नेगरी उच्च अदालत पाटनका न्यायाधीश महेशप्रसाद पुडासैनीलाई तोक्ने निर्णय भएको छ ।

  • हेटौंडा सिमेन्ट उद्योगको महाप्रबन्धकमा उम्मेदवारी दिएकामध्ये १२ जना अन्तरवार्ताका लागि छनौट (सूचीसहित)

    हेटौंडा सिमेन्ट उद्योगको महाप्रबन्धकमा उम्मेदवारी दिएकामध्ये १२ जना अन्तरवार्ताका लागि छनौट (सूचीसहित)

    काठमाडौं । हेटौंडा सिमेन्ट उद्योगको महाप्रबन्धक पदका लागि उम्मेदवारी दिएकामध्येबाट १२ जना अन्तरवार्ताका लागि छनौट भएका छन् । महाप्रवन्धक छनौट समितिको बुधबार बसेको बैठकले उम्मदेवारी परकोमध्ये १२ जनाको उम्मेदवारी स्वीकृत गरेर अन्तर्वार्तामा बोलाउने निर्णय भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको हो ।

    समितिले उदयकुमार गुप्ता, कुमार खड्का, कृष्णप्रसाद यादव, घनश्याम न्यौपाने, दिनेशकुमार यादवलाई अन्तर्वार्ताका लागि छनोट गरेको छ । यस्तै नवीनकुमार कर्ण, बसन्तकुमार पाण्डे, भरत रेग्मी, भुपेन्द्रप्रसाद अर्याल, राजकुमार चौधरी, राम किसुन गिरी र सन्तोषकुमार तामाङ पनि अन्तर्वार्ताका लागि छनोट भएका छन् ।

    छनौट भएका उम्मेदवारको प्रस्तुतीकरण तथा अन्तर्वार्ताको समय तालिका पछि सार्वजनिक गरिने उद्याेग मन्त्रालयले जनाएको छ ।