Tag: हृदयश त्रिपाठी

  • जुनियर नेता उपप्रधानमन्त्री भएपछि आफैं हटेको हुँः हृदयेश त्रिपाठी

    जुनियर नेता उपप्रधानमन्त्री भएपछि आफैं हटेको हुँः हृदयेश त्रिपाठी

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्त्रीपरिषद् हेरफेर गर्ने क्रममा बहालबाला ४ जनालाई राखेर अरु सबै मन्त्रीहरुलाई बिदा दिएका छन् । सरकारबाट बाहिरिने मन्त्रीहरुमध्ये एक हुन् हृदयेश  त्रिपाठी ।

    स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका त्रिपाठीले भने आफूलाई हटाइएको नभइ स्वेच्छाले छोडेको बताएका छन् । नेपाल प्रेससँग कुराकानी गर्दै उनले आफ्नै इच्छा अनुसार मन्त्रिपरिषदबाट बाहिरिएको स्पष्ट पारे । आफूभन्दा जुनियरलाई उपप्रधानमन्त्री बनाइएकाले पदमा बसिरहन उपयुक्त नठानेको त्रिपाठीको भनाइ छ ।

    उनले भने, ‘अहिले विस्तारित मन्त्रीपरिषद्मा मभन्दा जुनियर व्यक्ति नै उपप्रधानमन्त्री हुने भए । आफूभन्दा जुनियरको अन्डरमा बस्नु उचित ठानिनँ ।’

    ओलीले जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतो र एमालेका रघुवीर महासेठलाई उपप्रधानमन्त्री बनाएका छन् । उनीहरु दुवै आफूभन्दा जुनियर रहेको त्रिपाठीको संकेछ छ । उनले नयाँ बनेको मन्त्रीपरिषद्लाई सफल कार्यकालका लागि शुभकामना दिएका छन् ।

  • हृदयश त्रिपाठी बेग्लै दल खोलेर चुनावमा जाने, फागुनमा दल दर्ता

    हृदयश त्रिपाठी बेग्लै दल खोलेर चुनावमा जाने, फागुनमा दल दर्ता

    रुपन्देही । स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीले वैशाखमा हुने चुनावमा बेग्लै दल दर्ता गरेर सहभागी हुने बताएका छन् । यसअघिको प्रतिनिधिसभा चुनावमा नेकपाको सूर्य चिह्नबाट चुनाव लडेका नेता त्रिपाठीले फागुनभित्र दल दर्ता गरेर वैशाखको चुनावमा सहभागी हुने बताएका हुन् ।

    सोमबार गृहजिल्ला पश्चिमनवलपरासीको प्रतापपुरमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री त्रिपाठीले भने– सूर्य त आफै फ्रिज हुन्छ वा कता जान्छ भन्ने अन्योल छ । यसअघिको चुनावमा आफ्नै पार्टीबाट धोका खाएर एमलेसँग मिलेर सूर्य चिह्नबाट चुनाव लड्नपर्यो । अबको चुनावमा आफ्नै बेग्लै दलबाट चुनाव लड्ने हो ।

    मन्त्री त्रिपाठी स्वतन्त्र राजनीतिक समूहको नाउँबाट तत्कालीन एमालेको सूर्य चुनाव चिन्ह लिएर पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । नयाँ पार्टीको नाम स्वतन्त्र राजनीतिक समूहलाई नै रुपान्तरण गरेर गठन गर्ने उनको भनाई छ ।

    आफ्नो पार्टीमा विघटित प्रतिनिधिसभाका केही सांसद् र तत्कालीन तमलोपाका अधिकांश नेताहरु आउने उनको दाबी छ । ‘हामीले गठन गर्ने दलमा विघटित प्रतिनिधिसभाका केही सदस्यहरु आउने छन्’, उनले भने, ‘उनीहरु संसद् पुनःस्थापना सम्बन्धीको फैसला कुरेर बसेका छन् ।’

    अरु दलले वर्गी आधार समेट्न नसकेको भन्दै नयाँ दल दल गर्नुपरेको बताए । भने– हाम्रो वर्गीय आधार भनेको किसान र साना व्यवसायी हुन् । जुन अहिलेका राजनीतिक दलको प्रतिनिधित्वमा परेका छैनन् । हाम्रो पार्टीको राजनीतिक आधार संघीय लोकतान्त्रिक गणतन्त्रको प्रतिबद्धतासहित विद्यमान विभेदको अन्तयसहित मूलरुपमा राजकीय सत्ता र सार्वभौम सत्ता जनतामा निहीत हुने मान्यता हुनेछ ।

     

  • कोरोना खोप निजी कम्पनीले पनि ल्याउन पाउने, सरकारी खोप भने निःशुल्क

    कोरोना खोप निजी कम्पनीले पनि ल्याउन पाउने, सरकारी खोप भने निःशुल्क

    काठमाडौं । कोरोनाविरुद्धको खोप निजी कम्पनीले पनि ल्याउन पाउने गरी सरकारले प्रक्रिया अघि बढाएको छ । यद्यपि निजी कम्पनीले ल्याउने खोप भने सरकारले किन्ने छैन ।

    स्वास्थ्य मन्त्रालयमा विहिबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयश त्रिपाठीले निजी कम्पनीलाई पनि खोप ल्याउन दिने गरी मापदण्ड बनाउने बताए ।

    उनका अनुसार निजी कम्पनीको खोप निजी प्रयोजनमा दिन सकिनेछ । तर, सरकार आफैंले खोप किने निःशुल्क लगाउने उनले बताए । सरकारले ल्याएको खोप निःशुल्क हुने र मापदण्डभित्रका मान्छेलाई लगाइनेछ ।

    निजी कम्पनीले निजी प्रयोजनका लागि ल्याउन सक्ने गरी व्यवस्था गरिने मन्त्री त्रिपाठीले बताए । सरकारले हालैमात्र २० लाख डोज खोप किन्न भारतसँग प्रक्रिया अघि बढाइसकेको छ ।

    २ साताभित्र सो खोप नेपाल आउने बताइएको छ । खोपका लागि सरकारले १ अर्ब रूपैयाँ अर्थमन्त्रालयमार्फत निकास गर्दैछ । चीनको खोपलाई पनि आकस्मिक प्रयोगका अनुमति दिइएको छ । चीनले पनि ५ लाख डोज खोप अनुदानमा दिएको छ ।