Tag: हुम्ला

  • हुम्लामा गठबन्धनले टुंग्यायो भागबण्डा: माओवादीको भागमा चार, कांग्रेसलाई तीन तह प्रमुख

    हुम्लामा गठबन्धनले टुंग्यायो भागबण्डा: माओवादीको भागमा चार, कांग्रेसलाई तीन तह प्रमुख

    काठमाडौं । सत्ता गठबन्धनले आसन्‍न स्थानीय तहको निर्वाचनका लागि हुम्लाका पालिकामा सिट भागवण्डा गरेको छ । सहमतिअनुसार माओवादी केन्द्रले चार गाउँपालिका अध्यक्ष र नेपाली कांग्रेसले तीन गाउँपालिका अध्यक्षको उम्मेदवार पाउने भएको छ ।

    नेकपा एकीकृत समाजवादीले भने तीन गाउँपालिकामा उपाध्यक्षको भाग पाएको छ ।

    ताजाकोट, चंखेली, सिमकोट र नाम्खा गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रले उम्मेदवार उठाउने भएको छ । अदानुचली, खार्पुनाथ र सर्केगाड कांग्रेसले अध्यक्षको भाग पाएको छ । ताजाकोट,चंखेली र खार्पुनाथ गाउँपालिका उपाध्यक्षमा भने समाजवादीले उपाध्यक्ष लिने भएको छ ।

    अदानचुली गाउँपालिकामा कांग्रेसका मोहनविक्रम सिंह अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्रबाट हरिदल पुन तथा चंखेली गाउँपालिकामा माओवादी केन्द्रका गोविन्दबहादुर शाही अध्यक्ष र उपाध्यक्षमा समाजवादीका प्रेमकला शाही उम्मेदवार बन्‍ने देखिएको छ।

    खार्पुनाथ गाउँपालिकामा कांग्रेसका कर्ण रावल अध्यक्ष र समाजवादीबाट शतिसिहं ऐडी उपाध्यक्षको चुनाव लड्ने भएका छन् ।

    सिमकोट गाउँपालिकामा विजय भण्डारीलाई उम्मेदवार बनाउन खोजिए पनि माओवादी कार्यकताको विरोध गरेका छन् । कांग्रेसले उपाध्यक्ष टुंगाएको छैन ।

     

  • हुम्लाका सबै पालिकामा एमालेको सर्वसम्मत नेतृत्व, महाधिवेशन प्रतिनिधि छान्न बैठक बस्दै

    हुम्लाका सबै पालिकामा एमालेको सर्वसम्मत नेतृत्व, महाधिवेशन प्रतिनिधि छान्न बैठक बस्दै

    सुर्खेत । नेकपा एमाले हुम्लाले सबै सातवटा स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरेको छ ।

    एमाले हुम्लाका अध्यक्ष दल रावलका अनुसार सबै पालिकाको वडा र पालिका अधिवेशन सम्पन्न भएको छ । आज महाधिवेशन प्रतिनिधि चयन गर्नका लागि जिल्ला कमिटिको वैठक बसिरहेको उनले जानकारी दिए ।

    जिल्लाका सबै पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको अध्यक्ष रावलले बताए । उनका अनुसार ताँजाकोट गाउँपालिका अध्यक्षमा नरदीप थापा, अदानचुली गाउँपालिकामा बुध भण्डारी, चंखेली गाउँपालिकामा टेकबहादुर शाही, सर्केगाड गाउँपालिकामा भीमबहादुर सिंह अध्यक्ष चयन भएका छन् ।

    यस्तै, खार्पुनाथ गाउँपालिकामा प्रकाशबहादुर शाही, सिमीकोट गाउँपालिका चिन रावत र नाम्खा गाउँपालिका टोप छिरिङ तामाङ अध्यक्षमा चयन भएका छन् ।

  • हुम्लाको खार्पुनाथ स्वास्थ्यचौकीमा औषधी अभाव

    हुम्लाको खार्पुनाथ स्वास्थ्यचौकीमा औषधी अभाव

    हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिका-१ स्थित लाली स्वास्थ्यचौकीमा औषधी अभाव हुँदा बिरामीलाई समस्या परेको छ । एक सातादेखि स्वास्थ्यचौकीमा औषधी सकिएपछि उपचारका लागि आएका वडा नम्बर १ को लागी, प्युस, गोक्पालगायत गाउँका बिरामी रित्तो हात फर्कन बाध्य छन् ।

    सिजनल ज्वरोका कारण गाउँमा अधिकांश बालबालिका र वृद्धवृद्धा बिरामी परेकोमा औषधी अभावले समस्या भइरहेको स्थानीय विर्जन शाहीले बताए । उनले भने, ‘गाउँबाट बिरामी परेका नागरिकका लागि स्वास्थ्यचौकीमा उपचार तथा औषधी लिन पुग्दा स्वास्थ्यकर्मीले औषधी छैन भन्दै फिर्ता पठाउने गरेका छन् ।’

    स्वास्थ्यचौकीमा दैनिक १५ देखि २० जनासम्म उपचारका लागि आउने गरेका छन् । केही दिनयता सिजनल फ्लुका बिरामी बढिरहेको स्वास्थ्यकर्मीले बताएका छन् ।

  • हुम्लामा एमालेबाट निर्वाचित एक जिसस सदस्यसहित चार वडा सदस्यले रोजे नेकपा एस

    हुम्लामा एमालेबाट निर्वाचित एक जिसस सदस्यसहित चार वडा सदस्यले रोजे नेकपा एस

    सिमकोट । हुम्लामा नेकपा एमालेबाट निर्वाचित स्थानीय तहका पाँच जनप्रतिनिधिले एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका छन् ।

    जिल्ला समन्वय समितिका एक जना र गाउँपालिकाको कार्यपालिका सदस्यसहित वडामा निर्वाचित पाँचजनाले नेकपा एसमा सनाखत गरेका हुन् ।

    जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्ला समन्वय समितिका सदस्य अजवीर शाही, अदानचुली गाउँपालिकाको कार्यपालिकाका सदस्य पम्फा शाही, वडा नम्बर ३ का वडा सदस्य, गोर्ख थापा, खड्क बुमी र वडा नम्बर ४ का वडा सदस्य हस्त बुमीले दल त्यागमा सनाखत गरेका हुन् ।

    नेकपा एसका युवासंघका सचिव हस्त बहादुर शाही, एमाले सचिव तीर्थराज रोकाया र प्रदेश कमिटी सदस्य शिवराज शर्मालगायतको उपस्थितिमा उनीहरुले नेकपा एस रोजेका हुन् ।

  • हिल्सा बीओपीका सुरक्षाकर्मीलाई दैनिक उपभोग्य वस्तुको अभाव

    हिल्सा बीओपीका सुरक्षाकर्मीलाई दैनिक उपभोग्य वस्तुको अभाव

    हुम्ला । चीनसँग सीमा जोडिएको उत्तरी हुम्लाको सीमाक्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई केही दिनदेखि दैनिक उपभोग्य सामग्रीमा अभाव भएको छ । दैनिक भान्सामा पाक्ने तरकारी, तेल, दाललगायतका सामग्री सकिएको छ ।

    हिल्सामा बिओपी स्थापना भएको करिव एक वर्ष पुगेको छ । सशस्त्र प्रहरी ४४ नम्बर गुल्म हुम्लाबाट प्रहरी निरीक्षक सुरज केसीको नेतृत्वमा २५ जनाको टोलीले हिल्सा नाकामा सीमा सुरक्षा दिँदै आएको छ । सशस्त्र प्रहरीलाई दाल, तेल, मसला, तरकारी दैनिक उपभोग्यवस्तुका लगायतको अभाव भएको हिल्सा बिओपीका इन्चार्ज केसीले बताए ।

    यारी, याल्वाङ, मुचु, केर्मीलगायतका गाउँबाट खरिद गरेर आपूर्ति गर्नुपर्ने अवस्था रहेको उनले बताए । सीमा सुरक्षामा खटिएको सुरक्षाकर्मीलाई तरकारी र तेलको बढी समस्या छ ।

    हुम्लाको उत्तरी हिल्सा सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीहरुले साना ठूला समस्यासँग जुधिरहनुपरेको छ । हिउँदको तीन महिना भारी हिमपात हुने हुम्लासहित उत्तरी हिल्सामा शसस्त्र प्रहरी बलको टोली यो वर्ष पहिलो पटक माइनस तापक्रममा पनि सीमा सुरक्षामा खटिएको हो ।

    हिल्सामै स्थापना भएको नेपाल प्रहरीको प्रहरी चौकी भने जाडो याममा चिसो बढेपछि बसाइँ सर्ने गर्दै आएको छ तर सशस्त्रको बिओपी यो वर्ष पहिलो पटक हिल्सामा बसेको हो । सीमा सुरक्षा राष्ट्रको संवेदनशील पक्ष हो  । सरकारले आफ्नो सीमा सुरक्षालाई विशेष महत्व दिएको भए पनि दुर्गम जिल्लाको सीमा क्षेत्रमा खटिने सुरक्षाकर्मीले विभिन्न समस्या र चुनौतीको सामना गर्नुपरेको छ ।

    रासस

  • दैनिक २० घण्टा लोडसेडिङको मारमा हुम्ली

    दैनिक २० घण्टा लोडसेडिङको मारमा हुम्ली

    हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक २० घण्टा लोडसेडिङ हुने गरेको छ । विद्युत् मर्मतका लागि बर्सेनि लाखौँ रकम खर्च गरे पनि लोडसेडिङ अन्त्य हुनसकिरहेको छैन ।

    विद्युत् प्राधिकरण कार्यालयमा कार्यरत कर्मचारीको चरम लापरवाहीका साथै दक्ष कर्मचारी नहुँदा यहाँका नागरिकले बर्सेनि हिउँदयाममा लोडसेडिङको मार खेप्दै आउनुपरेको छ । एक कार्यालय प्रमुखबाहेक अन्य कर्मचारी सबै स्थानीयवासी भएका कारण मर्मतमा चासो नदिँदा समस्या भएको हो ।

    विद्युत्गृहमा पानीको स्रोत कम हुँदा विद्युत् उत्पादन क्षमतामा पनि ह्रास आएको र लोडसेडिङ दैनिकरूपमा बढ्दै गएको विद्युत् प्राधिकरण कार्यालय सिमकोटले जानकारी दिएको छ ।

    हिल्दुम साना जलविद्युत् आयोजनाले दैनिक २० घण्टा लोडसेडिङ गर्दा सिमकोटमा सञ्चालित व्यवसाय धरापमा परेका छन् । विद्युत् आपूर्ति नभएपछि फर्निचर, इलेक्ट्रोनिक्सका सबै व्यवसाय बन्द गर्नुपर्ने अवस्था आएको छ ।

    सिमकोटमा यस्ता फर्निचर व्यवसाय सातवटा भएको र लोडसेडिङ बढेपछि ती सबै बन्द गर्नुपर्ने अवस्था आएको सिमकोटमा इलेक्ट्रोनिक्स पसल सञ्चालन गरिरहेका नन्द सिंहले जानकारी दिए

    त्यसैगरी मोबाइल मर्मत सेन्टर पनि बत्तीको समस्या भएपछि बन्द गर्नुपरेको नन्द मोबाइल सेन्टरका सुनमति सिंहले गुनासो गरे । दैनिक चार घण्टा बत्ती आउने त्यो पनि बढी समय राति आउने भएका कारण मर्मतका लागि आउने सेवाग्राहीलाई फिर्ता पठाउनुपर्ने बाध्यता रहँदै आएको सिंहले बताए । दैनिक लोडसेडिङको समय बढ्न थालेपछि तीन दर्जन यससँग सम्बन्धित व्यवसाय मर्कामा परेका छन् ।

    लोडसेडिङको समय बढ्दै गएपछि विद्यार्थीलाई थप समस्या बनाएको छ । राति १० बजेपछि मात्रै विद्युत् आपूर्ति हुँदा विद्यालयमा दिएको गृहकार्य गर्न समस्या बनाएको मानसरोवर माध्यामिक विद्यालय कक्षा ८ मा अध्ययनरत छात्रा एञ्जिला रोकायाले बताइन् । य

    स्तै जेठमा हुने एसइईको तयारी गरिरहेका छात्रछात्रालाई झन् समस्या बनाएको छ । गाउँबाट ट्युसन पढ्नका लागि सदरमुकाम सिमकोट आएका विद्यार्थीलाई दैनिक २० घण्टा लोडसेडिङ हुँदा समस्या बनाएको छ ।

    विद्युत् अवरुद्ध हुँदा जिल्ला अस्पताल हुम्लालाई समेत समस्या भएको छ । दिउँसो समयमै विद्युत् आपूर्ति नभएर लोडसेडिङ हुँदा विद्युत्को माध्यमबाट हुने काम ठप्प भएको जिल्ला अस्पताल हुम्लाका सिनियर अनमी सरिता बोहराले जानकारी दिइन्। यस्तै सदरमुकाम सिमकोटमा सञ्चालित सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीलाई काम गर्नसमेत समस्या बनाएको छ ।

    हिल्दुम साना जलविद्युत् आयोजनाको विद्युत्गृहका लागि पानीको स्रोत कम हुँदा दैनिक लोडसेडिङ समय बढिरहेको वितरण केन्द्रका प्रमुख साजन ऐडीले बताए। उनले भने, ‘५०० किलोवाट विद्युत् उत्पादन गर्ने आयोजनाबाट हाल १४० देखि १५० किलोवाट मात्र विद्युत् उत्पादन हुँदै आएको छ । यसले झन् समस्या परेको हो ।’

    वितरण केन्द्रले सिमकोट र खार्पुनाथ गाउँपालिकाका एक हजार ८०० सेवाग्राहीलाई दैनिक एक मेगावाट विद्युत् वितरण गर्नुपर्नेमा उत्पादनकै कमीले गर्दा लोडसेडिङ गर्नुको विकल्प नभएको उनले बताए ।

    पानीको स्रोत कम भएपछि आयोजना नजिकको लाङ्दुखोलाबाट पानी ल्याएर मूल नहरमा मिसाउने कामका लागि बोलपत्र भएको तर काममा ढिलाइ भएका कारण पनि समस्या आएको उनको भनाई छ ।

    केन्द्रले निर्माण व्यवसायीलाई छिटो पानी ल्याएर मूल नहरमा मिसाउने काम गर्न ताकेता गरिसकेको प्रमुख ऐडीले बताए । पानी अपुग हुने भएर वितरण केन्द्रले विद्युत्गृहमा दुईवटा स्टक पानीट्याङकी बनाए पनि यसको प्रयोग आउन सकिरहेको छैन ।

    ठेकेदारले बर्सेनि मर्मतका नाममा आफूले पैसा लिन पाउने भएका कारण पनि यस्तो समस्या आउने गरेको हो । ठेकेदारले मर्मतका नाममा बर्सेनि पैसा खान पाउने भएपछि समयमै मर्मत गर्न नसकेको एक स्थानीयवासीले बताएका छन् ।

  • २ करोड हिनामिनाको आरोपमा गाउँपालिकाका प्राविधिक निलम्बन

    २ करोड हिनामिनाको आरोपमा गाउँपालिकाका प्राविधिक निलम्बन

    सिमकोट । हुम्लाको सर्केगाड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्यले प्राविधिक सहायक (अधिकृत छैटौँ) रुद्रबहादुर शाहीलाई ९० दिनका लागि निलम्बन गरेका छन् ।

    २०७७ साउनदेखि कात्तिकसम्म गाउँपालिकामा अनुपस्थित रहेको र गत आर्थिक वर्षमा निमित्त प्रमुख प्रशासकीय अधिकृत हुँदा दुई करोड बराबरको रकम अनियमितता गरेको भन्दै शाहीलाई निलम्बन गरिएको हो ।

    निलम्बन नगरेको खण्डमा सरकारी हानी नोक्सानी हुने र आफूविरुद्धको प्रमाण नष्ट गर्ने भन्दै प्रशासकीय अधिकृत आचार्यले गते बिहीबारदेखि निलम्बन गरिएको जानकारी दिए । कारबाही गर्न नपर्ने कुनै कारण भए ७ दिनभित्र प्रमाण पेस गर्न भनिएको छ ।

    तर शाहीले आफूमाथिको आरोप अस्वीकार गरेका छन् । उनले भने, ‘अहिले पनि प्रमुख प्रशासकीय अधिकृत आचार्यले दिएको नियुक्तिका अधारमा गाउँपालिकाका सम्पूर्ण काम गरिरहेको छु ।’

    रासस

  • एक पाना फोटोकपी गर्न ४० रुपैयाँ !

    एक पाना फोटोकपी गर्न ४० रुपैयाँ !

    निःशुल्करूपमा उपलब्ध हुनुपर्ने बैंक खाता सञ्चालनका लागि आवश्यक पर्ने नमूना दस्तखत कार्डको फोटोकपी गर्न ४० पर्ने गरेको छ, यो हुम्लाका जनताको नियति हो ।

    जिल्लाको मध्यक्षेत्र सर्केगार्ड गाउँपालिकामा स्थापना भएको सिटिजन्स बैंकको शाखामा नमूना दस्तखत कार्ड सकिएको भन्दै फोटोकपी गर्न महंगो मूल्य तिर्नुपरेको गुनासो आएको हो ।

    बैंकमा खाता सञ्चालनका लागि निःशुल्क उपलब्ध हुनुपर्ने नमूना दस्तखत कार्डको फोटोकपीबाट काम चलाउन बैंक नजिकको फोटोकपी सेन्टरमा एकप्रतिको ४० रुपैयाँ तिर्नुपरेको सर्केगार्ड गाउँपालिका–३ उनापानी गाउँका धीरेन्द्र फडेराले जानकारी दिए ।

    सामाजिक सुरक्षाभत्ता बैंकमार्फत भुक्तानी गर्नुपर्ने व्यवस्था गाउँपालिकाले लागू गरेपछि उक्त खाता खोल्ने सेवाग्राहीको बैंकमा घुइँचो लाग्ने गरेको छ । उनले भन्नुभयो, ‘किन यति महंगोमा दस्तखत कार्ड फोटोकपी गर्नुपरेको भन्दै बैंकसँग सोधपुछ गर्दा उक्त कार्डको अभाव भएको जवाफ पाएँ ।’

    यदि कार्ड सकिएकै भए बैंकले नै फोटोकपीको व्यवस्था गर्नुपर्नेमा त्यो नभएर सेवाग्राहीलाई आर्थिक मर्कामा पारिएको सोही गाउँका अर्का स्थानीय छिरिङ फडेराले बताए । दस्तखत कार्ड मात्र नभएर केवाइसी फर्मको पनि ४० रुपैयाँमा फोटोकपी गर्नुपरेको छिरिङको गुनासो छ।

    अन्य बैंक र फोटोकपी सेन्टर नभएका कारण कार्ड तथा केवाइसी फर्मको मूल्य आफूखुशी असुल्ने गरेको स्थानीयवासीको गुनासो छ । यो समस्या सर्केगाड गाउँपालिकाका वडा १ देखि ८ सम्मका सेवाग्राहीले झेल्दै आएका छन् । बैंक खाता खोल्नैपर्ने भएपछि सेवाग्राहीलाई अन्य विकल्प नहुँदा चर्को मूल्य तिरेर खाता सञ्चालन गर्नुपर्ने बाध्याता छ ।

    यस सम्बन्धमा उक्त शाखाका प्रबन्धक अर्जुन रावलले बैंकले त्यस्तो नगरेको दावी गरे । सम्भव भएसम्म बैंकले स्क्यान गरेर सेवाग्राहीलाई उक्त कार्ड दिने गरेको उनको भनाइ छ । सिधै काठमाडौंबाट झिकाउनुपर्ने भएका कारण कहिलेकाहीँ कार्डको समस्या हुने गरेको बैंकको भनाइ छ ।

  • हुम्लामा हिमपातसँगै हावाहुरी, तापक्रम माइनस ८ डिग्री

    हुम्लामा हिमपातसँगै हावाहुरी, तापक्रम माइनस ८ डिग्री

    हिमपातपछि हुम्लामा चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । हुम्ला उच्च हिमाली जिल्ला भएकाले भारी हिमपातपछि सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिका क्षेत्रमा चिसो बढेसँगै जनजीवन बष्टकर बन्दै गएको हो ।

    आइतबार अपराह्नदेखि सिमकोटलगायत जिल्लाका उच्च क्षेत्रमा हिमपात भएको र बेँसीमा वर्षा भएसँगै चिसोले जनजीवन कष्टकर बनेको हो । हिउँदयाम शुरु भएसँगै हुम्लाका सबै क्षेत्रमा अत्यधिक चिसो हुने गर्छ ।

    अत्यधिक चिसो र हिमपात भएपछि यहाँका नागरिक चिसो छल्न आगो ताप्ने गर्छन् । मौसम परिवर्तनसँगै आइतबारदेखि निकै चिसो बढेपछि सिमकोटको तापक्रम माइनसमा झरेको छ । हुम्लाकोे तापक्रम माइनस ८ डिग्री सेन्टिग्रेडमा झरेको छ ।

    चिसोले सिमकोट आसपास चल्ने सडक अवरुद्ध भएका छन् । सडकमा हिउँ जमेपछि सिमकोट आसपास चल्ने आन्तरिक सडक अवरुद्ध भएको हो । समुद्री सतहदेखि करिब एक हजार मिटर उचाइसम्म हिमपात भएपछि हुम्लामा चिसो अत्यधिक बढेको छ ।

    चिसो बढ्दै गएपछि सदरमुकाम सिमकोट बजारमा बसोबास गर्दै आएका व्यापारी, गाउँघरका सर्वसाधारणहरु आगो ताप्दै दिन बिताइरहेका छन् । अत्यधिक चिसो र हिमपात भएपछि यहाँका नागरिक चिसो छल्न आगो ताप्ने गर्दछन् ।

    चिसोले सरकारी तथा गैरसरकारी सङ्घसंस्थाको सेवा प्रवाहमा पनि कठिनाइ भएको छ । कर्मचारीहरूले हिटर तापेर काम गरिरहेका छन् । चिसो बढेसँगै दैनिकरूपमा कार्य गर्दै आइरहेका काम पनि ठप्प भएका छन् । चिसोले गाई बाख्रा मेलापातमा पनि समस्या भएको स्थानीयवासी कमल भण्डारीले बताए ।

    सदरमुकाम सिमकोट आसपासका क्षेत्र बाक्लो हिउँले ढाकिएको छ । स्थानीयवासीलाई आऊजाऊ गर्नै समस्या भएको छ । उत्तरी हुम्लाका प्राय बस्तीका बासिन्दाले यसअघि नै गाउँ छोडिसकेका छन ।

    हिमपात भएपछि सदरमुकाम सिमकोट वरिपरिका रुख र जमिन सेताम्मे बनेका छन । आज बिहानदेखि सिमकोटमा चिसोसँगै हावाहुरी चलिरहेको छ । अहिले बाक्लो बादल लागेर अझै हिमपात हुने सम्भावना छ ।

  • हुम्लामा हिमपात- उडान अवरुद्ध, जनजीवन प्रभावित (फोटो फिचर)

    हुम्लामा हिमपात- उडान अवरुद्ध, जनजीवन प्रभावित (फोटो फिचर)

    हुम्ला । मौसम बदलीसँगै देशका उच्च हिमाली भेगमा बाक्लो हिमपात भएको छ । हिमपातका कारण हवाई उडानसमेत प्रभावित भएको छ । हुम्ला सदरमुकामको सिमकोट विमानस्थलमा उडान भर्न नसकेर दुई जहाज थन्किएका छन् । यहाँका नागरिकको दैनिकी प्रभावित भएको छ ।

    पश्चिमी वायुको प्रभावले देशभरको मौसम बदली भएको छ । मौसम विज्ञान विभागले आज र भोलि देशभर बदली रही हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुने अनुमान गरेको छ ।

    हेर्नुहोस्, हुम्ला सदरमुकाम सिमकोटमा परेको हिमपातका केही तस्वीर ।

     

     

  • हुम्ला सदरमुकाममा दैनिक ११ घण्टा लोडसेडिङ

    हुम्ला सदरमुकाममा दैनिक ११ घण्टा लोडसेडिङ

    रासस/हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक ११ घण्टा लोडसेडिङ हुँदा एसइई तयारी गरिरहेका विद्यार्थीलाई बढी समस्या बनाएको छ ।
    चर्को लोडसेडिङले आउने जेठमा एसईई तयारी गर्नका लागि सिमकोटमा ट्युसन पढ्न आएका विद्यार्थीसहित सदरमुकाम सिमकोटवासीको दैनिकीमा समस्या भएको छ ।

    कोरोना सङ्क्रमण त्रासले विद्यालय नखुलेर पढ्न नपाएका विद्यार्थीले हिउँदको समयमा सिमकोटमा लामो समय लोडसेडिङ हुन थालेपछि एसईईमा नम्बर राम्रो नआउने भएको भन्दै चिन्ता गर्न थालेका छन् ।

    जिल्लामा शैक्षिक सत्र खुलेको एक महिनापछि नेपाल सरकारले कोरोना त्रासका कारण गत वर्षको चैत ५ गतेदेखि देशभरका विद्यालय बन्द गरेसँगै हिउँदे ट्युसनको भरमा एसईईको तयारी गरिरहेका जिल्लाका विद्यार्थीको पठनपाठन प्रभावित बनेको हो ।

    हिल्दुम साना जलविद्युत् आयोजनाको मुहानमा पानीको स्रोत कम भएपछि दैनिक ११ घण्टा लोडसेडिङ गर्नुपरेको नेपाल विद्युत् प्राधिकरण कार्यालय सिमकोटका लालबहादुर लम्सालले जानकारी दिए ।

    यस्तै दैनिक ११ घण्टा लोडसेडिङले जिल्लाका सरकारी कार्यालयको प्रशासनिक काम तथा व्यापार–व्यवसाय प्रभावित बनाएको छ । दिनमा तीन पटक चर्को लोडसेडिङ हुन थालेपछि सिमकोटमा दाउराको माग बढेको छ ।

    एक भारी दाउराको सिमकोटमा १ हजार रुपैयाँ तिर्नुपर्ने अवस्था छ । लोडसेडिङले सदरमुकाम सिमकोट, खार्पुनाथ गाउँपालिकामा सञ्चालित इलेक्ट्रोनिक पसल व्यवसाय गर्नेलाई पनि प्रभावित बनाएको छ ।

  • गाउँमा बिजुली पुगेपछि सल्लाको दियालोबाट छुटकारा

    गाउँमा बिजुली पुगेपछि सल्लाको दियालोबाट छुटकारा

    रासस/हुम्ला । निर्माण कार्य शुरु गरेको करिब १० वर्षपछि बिजुली बलेपछि हुम्लाको उत्तरी गाउँका स्थानीय बासिन्दाले उज्यालो देख्न पाएका छन् ।

    सिमकोट गाउँपालिका–८ स्थित खोल्सी तथा नाम्खा गाउँपालिका–३ का लामाखोल्सी, खगाल गाउँ र गुम्बाका गरेर २५० घरधुरीले सल्लाको दियालोबाट मुक्त भएर उज्यालो देख्न पाएका हुन् ।

    यसअघि गाउँमा बिजुली नहुँदा सल्लाको दियालो र सोलार टुकी तथा अन्य वैकल्पिक व्यवस्था गर्न बाध्य हुनुपर्ने अवस्था रहेको खोल्सीका गाउँलेले बिजुली पाएपछि खुसी भएको स्थानीय दन्त सिंहले जानकारी दिए । ‘गाउँमा पहिलो पटक बिजुली पुग्दा अन्धकारमुक्त भएका छौं ।’ उनले भने ।

    छिफुन्बो लघुजलविद्युत् आयोजनाको २८ किलोवाट क्षमता भएको विद्युतले खोल्सीका ९०, खगाल गाउँका १००, लामााखोल्सीका ४० र गुम्बाका २० घरधुरी गरेर २५० घरधुरीले बिजुली प्रयोग गर्न पाएका छन् ।

    आधार विकास नेपाल हुम्लाले दुई गाउँपालिकाका चारवटा गाउँका सबै घरधुरीमा निःशुल्क बत्ती जडान गरिदिएको हो । अर्का स्थानीयवासी दिपक सिंहका अनुसार कोही बत्ती बाल्न सक्ने थिए, कोही थिएनन् तर आधार विकासले जडान कार्यमा लाग्ने सम्पूर्ण खर्च सहयोग गरिदिएको हो ।

    गाउँपालिका, संघीय सरकार, प्रदेश सरकार र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको करीब तीन करोड रुपैयाँको आर्थिक सहयोग तथा स्थानीयवासीको जनश्रमदानमा २८ किलोवाटको बिजुली उत्पादन गरिएको हो ।