Tag: हिमालय एयरलाइन्स

  • हिमालय एयरलाइन्सको टिकट अनलाइनमार्फत खरिद गर्न सकिने

    हिमालय एयरलाइन्सको टिकट अनलाइनमार्फत खरिद गर्न सकिने

    काठमाडौं । नेपाल-चीन संयुक्त लगानीको हिमालय एयरलाइन्सले अनलाइनमार्फत टिकट बिक्री सुरू गरेको छ ।

    कम्पनीका अनुसार प्रारम्भिक चरणमा ग्राहकहरूले कनेक्ट आईपीएस प्रयोग गरी टिकट खरीद गर्न र टिकट रद्द गर्नुका साथै अन्य सेवाहरू जस्तै उडान र भाडाबारे जानकारी, टिकट फिर्ता, ग्राहक सेवा, ढिलाइ प्रमाण पत्र, निःशुल्क टिकट एक्सचेन्ज, ई-टिकट र टिकटमा वास्तविक नाम प्रमाणीकरणको सुविधा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

    एयरलाइन्सले सम्बन्धित अन्य सहायक सेवाहरू जस्तै ब्यागेजको पूर्वबुकिङ्ग, सीट, खाना चयन, लाउन्ज, बन्डल भाडा, एसएमएस सूचना, भिसा वा मास्टर कार्डबाट भुक्तानी र वेब चेकइन जस्ता सेवा समेत थप गर्दै जाने कम्पनीले योजना बनाएको छ ।

  • भारतीय यात्रुबाट बढी भाडा नलिएको हिमालय एयरलाइन्सको प्रष्टीकरण

    भारतीय यात्रुबाट बढी भाडा नलिएको हिमालय एयरलाइन्सको प्रष्टीकरण

    काठमाडौं । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने निजी क्षेत्रको हिमालय एयरलाइन्सले साउदी अरेबियाको उडानका लागि हवाई टिकट पारदर्शी र प्रतिस्पर्धीरूपमा व्यवस्थापन गरिएको जनाएको छ ।

    नेपालबाट साउदी अरेबिया जानुपर्ने भारतीय नागरिकका लागि गरिएको उडानका सिलिसिलामा अत्यधिक भाडा तथा केही एजेन्सीले अत्यधिक अतिरिक्त रकम लिएको विभिन्न सञ्चारमाध्यममा आएकाे भन्दै एयरलाइन्सले विज्ञप्ति निकालेर भारतीय यात्रुलाई बढी भाडा नलिएको स्पष्ट पारेको हो ।

    नेपालमा अड्किएका भारतीय नागरिकलाई साउदी अरेबिया लैजान सरकारले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)लाई सात र हिमालय एयरलाइन्सलाई तीन उडान गर्ने गरी अनुमति दिएको थियो ।

    उक्त सम्बन्धमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण र हिमालय एयरलाइन्सलाई उल्लेख गरी केही अनलाइनलगायत मिडियामा आएको समाचारप्रति एयरलाइन्सले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    हिमालयले साउदी अरेबिया उडान अनुमति पाएअनुसार एअरलाइन्स उद्योगको विश्वव्यापी टिकट वितरण प्रणाली (ग्लोबल डिस्ट्रिब्युशन सिस्टम) मार्फत यात्रीलाई अत्यन्त सहज होस् र एजेन्सी सेवामा समेत प्रतिस्पर्धा होस् भनी अन्तर्राष्ट्यि हवाई उद्योग सङ्घ (आएटा) मा दर्ता भएका कुनै पनि स्थानीय ट्राभल एजेन्सीले टिकट बिक्री गर्न सकिने तथा यात्रीले आफूलाई अनुकूल हुने ट्राभल एजेन्सीसँग टिकट किन्न सकिने बन्दोबस्त गरिएको व्यहोरा कम्पनीले जनाएको छ ।

    विश्वव्यापी टिकट वितरण प्रणालीमार्फत सबै टिकट बिक्री भएको तथा भाडादर पनि उक्त प्रणालीको माध्यमबाट सबै एजेन्सीको पहँुचमा भएको जनाउँदै एयरलाइन्सले यस प्रणालीका माध्यमबाट पारदर्शी र प्रतिस्पर्धीरूपमा यात्रीले सेवाको गुणस्तर तथा सेवा शुल्कको सवालमा लाभ प्राप्त गर्ने दाबी गरेको छ ।

    उक्त उडानले एकतर्फी यात्री बोक्नुपर्ने अर्थात् फर्किँदा विमान खाली ल्याउनुपर्ने भएकाले ती उडानमा नियमित उडानभन्दा अनुपातीय हिसाबले बढी भाडा लाग्नु स्वाभाविक रहेको पनि एयरलाइन्सको ठहर छ ।

    यदि कुनै एजेन्सीले कोही पनि यात्रीसँग अवान्छनीय ढङ्गले अत्यधिक शुल्क लिएको प्रमाण पेश हुन आएमा एयरलाइन्सले आवश्यक कारवाहीका लागि सम्बन्धित नियामक निकायमा सिफारिश गर्ने प्रतिबद्धता पनि जनाएको छ ।

  • नेपालमा रोकिएका भारतीय नागरिकलाई हिमालय र नेपाल एयरलाइन्सले साउदी लैजाँदै

    नेपालमा रोकिएका भारतीय नागरिकलाई हिमालय र नेपाल एयरलाइन्सले साउदी लैजाँदै

    काठमाडौं । नेपालबाट साउदी अरव जान भनेर डेढ महिना अघि नेपाल आएका भारतीय नागरिक बल्ल साउदी जान पाउने भएका छन् । नेपालमा निषेधाज्ञा जारी हुनु पूर्व नै आएका उनीहरु नेपालमा अन्तराष्ट्रिय उडान बन्द भएसँगै रोकिएका थिए ।

    नेपालमा अड्किएका भारतीय नागरिक लैजानका लागि नेपाल उड्डयन प्राधिकरणले  १० उडानको अनुमति समेत दिइ सकेको प्राधिकरणका प्रवक्ता राजकुमार खत्रीले जानकारी दिए ।

    उनका अनुसार भारतीय दूतवास र साउदी अरबको समेत अनुमतिमा उडान स्वीकृत गरिएको हो । यसमा हिमालय एयरलाइन्स कम्पनीले ७ वटा उडान र नेपाल एयरलाइन्सले तीन वटा उडानले ती नागरिकलाई साउदी पुर्‍याउने छन् ।

    प्राधिकरणका अनुसार मंगलबार हिमालय एयरलाइन्सको तीन र नेपाल एयर लाइन्सको दुई वटा चाटर्ड उडानबाट ती नागरिकलाई साउदी पुर्‍याइने छ ।

    यसैगरी रहेका अन्य नागरिकलाई अर्को चाटर्डमार्फत लैजाने सहमति भएको छ ।

    भारतमा कोरोना फैलिएसँगै विभिन्न देशले अन्तराष्ट्रिय उडान रोकेकाले भारतीय नागरिक नेपाललाई ट्रान्जिट बनाउँदै अर्को मुलुक जाने गरेका थिए ।

    तर, पछि नेपालमा भारतीय नागरिक निर्वाध रुपमा आएसँगै कोरोना फैलने डरले सरकारले ट्रान्जिट रोकेको थियो । नेपालमा अन्तराष्ट्रिय उडान बन्द भएसँगै उनीहरु चाटर्डमार्फत साउदी जान लागेका हुन् । अहिले ती भारतीय नागरिक ठमेलका होटलमा बस्दै आएका छन् ।

  • साउदीबाट काठमाडौं आएको हिमालय एयरको जहाजमा कोरोना संक्रमित फेला

    साउदीबाट काठमाडौं आएको हिमालय एयरको जहाजमा कोरोना संक्रमित फेला

    काठमाडौं । हिमालय एयरलाइन्सको जहाज चढेर साउदी अरबियाको दमाङबाट काठमाडौं आएका एक यात्रुलाई कोरोना संक्रमण देखिएको छ ।

    विमानबाट ओर्लिएका यात्रुलाई स्वास्थ्य परीक्षण गर्दा संक्रमण पाइएपछि उनलाई अस्पताल लगिएको छ ।

    दिउँसो १२:३९ मा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको फ्लाइट नम्बर एच ९-५६६ कलसाइनको सो जहाजमा १३७ यात्रु रहेको बताइएको छ ।

    संक्रमितको वरपरका पाँचवटा रोको सिटमा रहेका २२ जनालाई आइसोलेसनका लागि सीधै होटल लगिएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले नेपाल प्रेसलाई जानकारी दिए ।