Tag: हिमानी ट्रष्ट

  • जन्मदिनमा राहत बाँड्दै हिमानी, हेर्नुस् ७ तस्बिर

    जन्मदिनमा राहत बाँड्दै हिमानी, हेर्नुस् ७ तस्बिर

    पूर्वयुवाराज्ञी हिमानी शाह आज एक सार्वजनिक कार्यक्रममा देखा परिन् । उनको जन्मदिन पारेर हिमानी ट्रस्टले राहत वितरण कार्यक्रम आयोजना गरेको थियो ।

    बालुवाटारस्थित ट्रस्टको कार्यालयमा आयोजित कार्यक्रममा हिमानीले नवलपरासी जिल्लाका पाँच सय बाढीपीडित घर-परिवारलाई राहत वितरण गरेकी थिइन् । साथै, उनले कार्यक्रममा छोटो औपचारिक सम्बोधन पनि गरिन् ।

    नेपाली जनताको सेवा नै हिमानी ट्रस्टको लक्ष्य रहेको भन्दै उनले आफूहरूले गर्दै आएका कामहरूबारे जानकारी दिएकी थिइन् ।

    चन्द्रसूर्य अंकित रातो मास्क लगाएकी हिमानीले ट्रस्टको औपचारिक पोशाक लगाएर आएकी थिइन् । ट्रस्टका सबै पदाधिकारीहरूले उस्तै पोशाक लगाएका थिए ।

    तस्बिरहरू : गौरव पौडेल ।