Tag: हाशिवरात्रि

  • जनकपुरमा महाशिवरात्रिको रौनक (तस्वीरहरु)

    जनकपुरमा महाशिवरात्रिको रौनक (तस्वीरहरु)

    जनकपुरधाम । महाशिवरात्रिको अवसरमा जनकपुरस्थित शिव चोकमा रहेको शिवालयमा पूजापाठ गर्नेहरुको घुँइचो लागेको छ ।

    ऐतिहासिक गंगा सागर पोखरीमा स्नान गरी भक्तजनहरुले शिवालयमा पूजा आराधना गरिरहेका छन् ।

    पूजापाठ गर्न बिहानैदेखि भक्तजनहरु लाइन लागेका छन् । पूजा आराधना गर्नेहरुको भीडका कारण सडक नै जाम भएको छ ।

    भगवान शिवलाई खुशी पार्न भक्तजनहरुले दुध, धतुरो, फूलमाला र बेलपत्र चढाउने गर्छन् ।

    आजको दिन निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा तथा शिवलिंगमा दुग्धाभिषेक र किर्तन गर्दा भगवान शिवले मनोकामना पूरा गर्ने जनविश्वास छ ।

    यस्तै महाशिवरात्रिको अवसरमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र जनकपुरले विशाल शिवलिङ्गलाई गाडीमा राखेर शान्ति यात्रा निकालेको छ ।