Tag: हातपात

  • उपमेयरमा हारेपछि नेकपा एस उम्मेदवारका छोराले कुटे एमाले नेता, इटहरी तनावग्रस्त

    उपमेयरमा हारेपछि नेकपा एस उम्मेदवारका छोराले कुटे एमाले नेता, इटहरी तनावग्रस्त

    इटहरी । नेकपा (एमाले)का प्रदेश १ सदस्य हिमाल सुवेदीलाई इटहरी उपमेयरमा पराजित केशव विष्टका छोरा कैलाश विष्टले हातपात गरेका छन् ।

    आज बिहान विष्ट नेतृत्वको तीनजनाको समूहले सुवेदीलाई इटहरी संगीत चोक नजिकै हातपात गरेका हुन् ।

    सुवेदीको आँखामा चोट लागेको छ। सुवेदीलाई हातपात गर्नुअगाडि विष्टले धम्कीपूर्ण म्यासेज गरेको सुवेदीले बताए।

    हातपातको विरोधमा एमालेले नाराबाजी गर्दै इटहरीको इलाका प्रहरी कार्यालय अगाडि सडकमा धर्ना दिएका छन् । इटहरी प्रहरीलेले अहिलेसम्म कुटपिट गर्ने विष्ट नेतृत्वको समूहलाई पक्राउ गरेको छैन।

  • सुदूरपश्चिमका एमाले सचिवमाथि मन्त्रीबाटै हातपात !

    सुदूरपश्चिमका एमाले सचिवमाथि मन्त्रीबाटै हातपात !

    कैलाली । एमाले सुदूरपश्चिम प्रदेशका सचिव राजेन्द्र रावलले आफूमाथि भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारीले मन्त्रालयमै हातपात गरेको आरोप लगाएका छन् ।

    सोमबार साँझ मन्त्रीकै कार्यकक्ष भित्र हातपात भएको सचिव रावलको दावी छ । ‘मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत नदिन निर्देशन सहितको पत्र बुझाउन मन्त्रालय गएको थिएँ’ उनले भने, ‘मन्त्री एक्कासी आक्रमण गर्ने शैलीमा आउनु भयो, मेरो कठालो समातेर दुर्व्यवहार गर्नुभयो ।’

    आफूसँग भएका अन्य पत्रहरूसमेत मन्त्री सोडारीले च्यातिदिएको उनले बताए । रावलले मन्त्री सोडारीविरुद्ध प्रहरीमा उजुरी गर्नेसमेत बताए ।

    यसैबीच एमाले सुदूरपश्चिम पार्टी अध्यक्ष कर्ण थापाले हातपात र दुर्व्यवहारको भर्त्सना गरेका छन् । सोमबार साँझ विज्ञप्ति जारी गर्दै अध्यक्ष थापाले मन्त्री सोडारीमाथि कारबाहीको माग गरेका छन् ।

    उता मन्त्री सोडारीले भने हातपात नगरेको बरु आफूमाथि मन्त्रालयमा अभद्र व्यवहार भएको दावी गरे छन् । ‘उहाँ मन्त्रालयमा आउनु भयो । जबरजस्ती ह्वीप जारी गर्ने जस्ता आपत्तिजनक कुरा गर्दै हुनुहुन्थ्यो’ उनले भने, ‘मैले त्यो त्यस्तो नगर्नुस् भनेँ । उहाँले अभद्र व्यवहार देखाउनु भयो ।’

    मन्त्री सोडारीका स्वकीय सचिव ललित बहादुर बोहराले विज्ञप्ति जारी गर्दै मन्त्रीले रावलमाथि दुर्व्यवहार गरेको नभई रावलले नै मन्त्री सोडारीमाथि दुर्व्यवहार गरेको दावी गरेका छन् ।

    मन्त्री सोडारी नेकपा एमाले माधव समूहका नेता हुन् भने प्रदेश सचिव रावल ओली समूहका नेता हुन् ।