Tag: हत्या आरोप

  • श्रीमती हत्या आरोपमा नेम्बाङ पक्राउ

    श्रीमती हत्या आरोपमा नेम्बाङ पक्राउ

    पाँचथर । श्रीमती हत्या आरोपमा जिल्ला प्रहरी कार्यालय पाँचथरले एक युवकलाई पक्राउ गरेको छ । जिल्लाको फाल्गुनन्द गाउँपालिका–३ खोपाङ्गे टोलका ३५ वर्षीय दिलिप नेम्बाङलाई प्रहरीले पक्राउ गरेको हो ।

    बिहीबार बेलुकी अन्दाजी ५ बजेतिर निशा बेपत्ता भएको भन्दै प्रहरी चौकी पौवासारतापमा स्थानीयले जानकारी गराएका थिए । लगत्तै जिल्ला प्रहरी कार्यालय र पौवासारतापको टोली खोजतलासमा जुटेको थियो ।

    सोही क्रममा निशाको शव घरदेखि अन्दाजी ५ सय मिटर टाढा रहेको सार्की खोल्सास्थित ओढारमा फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी प्रवक्ता डम्बर विश्वकर्माले जानकारी दिए । सामान्य विवादको क्रममा नेम्बाङले ३९ वर्षीया श्रीमती निशा थेबेको घाँटी थिचेर हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा दिलिपले स्वीकारेको विश्वकर्माको भनाइ छ ।

    उनका अनुसार पत्करले छोपिएको अवस्थामा शव फेला परेको थियो । दिलिपविरुद्ध प्रहरीले अ‌ाइतबार जिल्ला अदालत पाँचथरबाट अनुसन्धानका लागि म्याद थप अनुमति लिने तयारी गरेको छ ।

  • श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

    श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

    काठमाडौं । श्रीमतीको हत्या गरेको अरोपमा एक जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा सुनसरीको धरान-८ दुर्गापथका ३७ वर्षीय तिलबहादुर माझी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

    माझीले ३१ वर्षीया श्रीमती सम्झना माझीको खुकुरी प्रहार गरेर हत्या गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए ।

    घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

    रासस