Tag: हत्या

  • बुबाआमाको हत्या गर्ने छोरा पक्राउ

    बुबाआमाको हत्या गर्ने छोरा पक्राउ

    ताप्लेजुङ । बुबाआमाको हत्या गरेको आरोपमा प्रहरी एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका- ६ गोटी थाङ्गा बस्ने २५ वर्षीय आइतराज लिम्बु रहेको छन् ।

    उनले आफ्नै बुवा ७० वर्षीय बीर्ख बहादुर लिम्बु र आमा ७२ वर्षीया थिपरानी लिम्बुको खुकुरी प्रहार गरी हत्या गरेका थिए । उनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

    प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

     

  • टिभी हेर्ने क्रममा विवाद हुँदा नातिनीले गरिन् हजुरआमाको हत्या

    उदयपुर । हजुरआमाको हत्या गरेको आरोपमा उदयपुरमा नातिनी पक्राउ परेकी छन् । त्रियुगा नगरपालिका– १३ बहेडवाका ६७ वर्षीया सुखनीदेवी चौधरीको हत्या आरोपमा उनकी नातिनी २४ वर्षीया ममता चौधरीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको हो ।

    घरमा कोही नभएको बेला शंकास्पद रुपमा मृत भेटिएकी सुखनीदेवी चौधरीको नातिनीले हत्या गरेको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय उदयपुरबाट बिशेष टोली गठन गरी अनुसन्धान गर्ने क्रममा मृतककी नातिनी त्रियुगा नगरपालिका वडा नम्बर १३ बहेडवा बस्ने वर्ष २४ की ममता चौधरीले हत्या गरेको पाइएको हो । अनुसन्धान टोलीले घटनाको केही दिनपछि हत्या भएको प्रमाणसहित नातिनीलाई नियन्त्रणमा लिएको जनाएको छ ।

    घटना भएको दिन ममता चौधरी माइतीघर हंसादेबी चौधरीको घर गई रक्सी पार्दै गर्दा मृतकको श्रीमान बच्चुलाल चौधरी गाईघाटतर्फ गएको अवस्थामा मृतकले ममता चौधरीलाई टिभी खोल्नका लागी घरमा बोलाएकी थिइन् ।

    टिभी हेर्ने क्रममा नातिनी र हजुरआमाबीचमा बिबाद उत्पन्न भएको थियो । बिबाद हुँदा ममता चौधरीले सुखनीदेबी चौधरीलाई लात्तिले हानी भुईमा लडाई घाँटी थिचि हत्या गरि मृतकलाई खाटमा सुताई भागेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

    उनलाई उदयपुर जिल्ला अदालतबाट ६ दिनको म्याद लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए ।

  • आमाले गरिन् १२ वर्षीया छोरीको हत्या

    रुपन्देही । कपिलवस्तुमा आमाले आफ्नै छोरीको हत्या गरेकी छन् । जिल्लाको बाणगंगा नगरपालिका-१ उत्तमनगरमा सीता नेपालीले आफ्नै १२ वर्षीया छोरीको हत्या गरेकी हुन् ।

    छोरीको हत्यापछि शव लुकाउन हिँडेकी नेपालीलाई गोप्य सुचनाको आधारमा सशस्त्र प्रहरी व्यास क्याम्प पिपरा अगाडि पक्राउ गरेको जनाइएको छ ।

    उनले छोरीको शव लुकाउन कोठी खोला नदीमा लैजान खोजेको खुल्न आएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता धर्मराज भण्डारीले घटना शंकास्पद देखिएको बताए । उनले घटनाबारे थप अनुसन्धान भइरहेको बताएका छन् ।

  • अंश विवादमा बन्चरोले हानेर छोराले गरे बाबुको हत्या

    कैलाली । कञ्चनपुर बन्चरो प्रहार गरी एक जनाले आफ्नै बुबाको हत्या गरेका छन् ।

    जिल्लाको लालझाडी गाउँपालिका–२ कन्जका २२ वर्षीय रामविलास रानाले ४० वर्षीय बुबा ठग्गु रानाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कन्चनपुरले जनाएको छ ।

    आइतबार राति करिब १० बजेतिर घरायसी विवादमा आफ्नै बुबामाथि बन्चरो प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता डीएसपी चक्रबहादुर शाहीले जानकारी दिए ।

    ‘उनीहरुका बीचमा अंशसम्बन्धी विवाद रहेको थियो,’ डीएसपी शाहीले भने, ‘ रामविलासलाई रातिनै पक्राउ गरी घटना अनुसन्धानको कार्य अगाडी बढाएका छौं ।’ इलाका प्रहरी कार्यालय बेलौरीको टोलीले रामविलासलाई पक्राउ गरेको प्रहरी प्रवक्ता शाहीले बताए ।

  • छुरा हानेर युवकको हत्यामा संलग्न आरोपमा पाँचजना पक्राउ

    छुरा हानेर युवकको हत्यामा संलग्न आरोपमा पाँचजना पक्राउ

    सिरहा । सिरहा गोलबजार नगरपालिका-६ डोहटियाका एक युवकलाई छुरा प्रहार गरी हत्या गरेको आरोपमा पाँचजना पक्राउ परेका छन् ।

    गत शनिबार बेलुका २६ वर्षीय रामकुमार सदायको हत्यामा संलग्न रहेको आरोपमा स्थानीय २२ वर्षीय भुवनप्रसाद महतो, १९ वर्षीय श्रवणकुमार मण्डल, २० वर्षीय कालु भन्ने रोहन विश्वकर्मा, १८ वर्षीय सौकात खान र १९ वर्षीय धर्मेन्द्र यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहालका सूचना अधिकारी सुवास बुढाथोकीले जनकारी दिए ।

    उनकाअनुसार आरोपीमध्ये दुईजना गोलबजार र तीनजनालाई धनगढीमाई नगरपालिका जयपुरमा आफन्तको घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको हो ।

    पक्राउ परेकाहरूलाई बुधबार नै कर्तव्य ज्यान मुद्दामा सिरहा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान तथा घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य थालेको प्रहरीले जानकारी दिएको छ ।

  • कैलालीमा दुर्दान्त अपराध, अडिओमा अडियो प्रहरी

    कैलालीमा दुर्दान्त अपराध, अडिओमा अडियो प्रहरी

    कैलाली । शुक्रबार साँझ करिब ७ बजे घरबाट निस्किएका जानकी गाउँपालिका–९ का २५ वर्षीय अरुण दासको शव नजिकैको अमरावती सामुदायिक वनमा घाँटी रेटेर टाउको अलग पारिएको अवस्थामा उनको भेटियो ।

    शनिबार दिउँसो करिब ३ बजे उनको हत्या भएको आफन्तहरूले जानकारी पाएका थिए । घटनास्थलमा करिब ४ बजे प्रहरीको टोली आइपुग्यो ।

    ‘रुखमा बाँधेर नग्न बनाउँदै घाँटी रेटेर हत्या गरेको देखियो’ अनुसन्धानमा खटिएका प्रहरी अधिकारीले भने, ‘लगाएका लुगा खोलेर त्यही लुगाले रुखमा बाँधेर विभत्स ढंग घाटी रेटेर हत्या गरेको देखिएको छ ।’

    घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । ‘हामी अनुसन्धान गरिरहेका छौँ केही आधारहरू भेटिएको छ,’  जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले भने, ‘केही समयमै हामीले घटनाको तथ्यसहित दोषी पक्राउ गर्छौं ।’

    स्थानीयका अनुसार मृतक दासका बुबा, आमा र दाइ भारतमा रोजगारीको लागि बस्दै आएका छन् । उनी पनि भारत आउने जाने गर्दै आएका थिए । करिब ३ हप्ता अगाडि उनी भारतबाट फर्किएका थिए । यहाँ उनका श्रीमती, छोरी र भाउजूसहित बस्दै आएका थिए ।

    शंकास्पद अडिओ भेटियो

    दासको विभत्स हत्या गरिएको भोलिपल्ट प्रहरीले घटनासँग सम्बन्धित व्यक्ति हुन सक्ने एउटा टेलिफोन संवादको अडिओ फेला पारेको छ । नेपाल प्रेसलाई समेत प्राप्त उक्त अडिओ संदिघ्ध अपराधीले कसैको टाउको र शरीर अलग गरिदिएको बताएका छन् ।

    टेलिफोन सम्वादमा ‘मनोज’ भनिएका व्यक्तिले बोलेका छन्, ‘मैले त्यो मान्छेलाई उडाइदिएको छु । एक दुई दिनमा खबर पाइहाल्नुहुन्छ । घाँटी अलग छ र शरीर अलग छ ।’

    संवादमा अर्को पक्षले सोध्छन्, ‘को मान्छे ?’

    उताबाट जवाफ आउँछ, ‘जसको भए पनि यति कुरा बुझ । म कहाँ पुगिसकेँ, कहाँ पुगिसकेँ ।’

    संदिग्ध व्यक्तिले आफू भारतमा रहेको बताएका छन् ।

    ‘म बैंगलोरका लागि हिँडिसकेँ । रुपैडियामा छौं दाइ हामी ।’ उनले भनेका छन् ।

    यस अडिओमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतककी पत्नीको मोबाइलबाट अडिओ बरामद भएको हो । उनलाई कसैले मोबाइलमा पठाइदिएको हुन सक्ने अनुमान छ । फोनमा कुरा गर्ने व्यक्तिको आवाज सुन्दा लागूऔषध सेवन गरेका हुन् कि भन्ने आशंका रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।

    एकपछि अर्को हत्या

    कैलालीमा गत महिनाको २३ गते भूपेन्द्र बडूवालको हत्या भएको थियो । प्रहरीले उक्त घटनामा २१ जना संलग्न रहेको बताइरहेको छ । ती मध्ये १२ जनालाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको थियो । ९ जनालाई पुर्पक्षका लागि जिल्ला अदालत कैलालीले कारागार चलान गरिसकेको छ भने ३ जना धरौटीमा रिहा भइसकेका छन् ।

    ९ जना अझै पनि फरार छन् । भूपेन्द्र हत्या प्रकरणमा सुल्झिन नपाउँदै त्यही क्षेत्रनजिक फेरि अर्को घटना भएपछि कैलालीमा सुरक्षा चुनौती बढेको सर्वसाधारण बताउँछन् ।

    भूपेन्द्र बडूवाल हत्याभन्दा पहिले पनि कैलालीमा अन्य युवाहरूको पनि हत्या भएको पाइएको छ ।

    टीकापुर नगरपालिका–८ कालीमाटीमा कात्तिक १२ गते स्थानीय १८ वर्षीय अनुप साउदको चक्कु प्रहार गरेर हत्या भएको थियो ।
    आपसी विवादका क्रममा भजनी नगरपालिका–३ बस्ने १८ वर्षीय किरण साउदले चक्कु प्रहार गरी अनुपको हत्या गरेको प्रहरीले पुष्टि गरेको थियो ।

    चक्कु प्रहार गरेर फरार भएका किरणलाई इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले नियन्त्रणमा लिएको थियो ।

    त्यसअघि जिल्लाको लम्कीचुहा नगरपालिका-२ मोतीपुरमा डेरा गरेर बस्दै आएका कैलारी गाउँपालिका-४ का ३९ वर्षीय सोमबहादुर बस्नेतलाई आफूसँगै बस्ने साथीले हत्या गरेका थिए । सोही नगरपालिकाको वीरेन्द्र सामुदायिक वनमा लुकीछिपी बसेको अवस्थामा आरोपी पक्राउ परेका थिए । आपसमा विवाद हुँदा फलामको कर्नीले टाउकोमा हिर्काएर बस्नेतको हत्या गरेको पाइएको हो ।

    कैलालीको टीकापुरमा मृत फेला परेका साढे तीन वर्षीय बालक विवेक विष्टको पनि हत्या भएको पुष्टि भएको थियो ।
    बालकको हत्या आरोपमा कैलाली प्रहरीले बालककै दिदी नाता पर्ने १५ वर्षीय किशोरी र किशोरीकी १४ वर्षीय साथीलाई प्रहरीले पक्राउ गरेको थियो ।

    दिदी नाता पर्ने किशोरीले जमरा कुलोमा धक्का दिएर विवेकको हत्या गरेको स्वीकारेकी थिइन । प्रहरीले २४ असार उनीहरुहलाई सार्वजनिक गरेको थियो ।

    धनगढी ७ का रमेश चौधरीको पनि असोज २९ गते घाटी थिचेर हत्या भएको थियो । प्रहरीले हत्याको करण उनको श्रीमती रहेको भन्दै पक्राउ गरेको थियो ।

    कैलालीको गोदावरी नगरपालिका–५ गेटामा फागुन १५ गते मृत फेला परेका ३६ वर्षीय शिवचरण रानाको पनि हत्या भएको थियो । ३७ वर्षीय जयन्ती चौधरीको योजनामा रानाको हत्या गरिएको खुलेको थियो ।

    किन बढिरहेको छ जघन्य अपराध ?

    पछिल्लो समय कैलालीमा तीब्ररूपमा जघन्य अपराध बढिरहेको छ । यसपछि अर्को हत्या श्रृंखलाले पनि जघन्य अपराध बढिरहेको पुष्टि हुन्छ ।

    ठूला आपराधिक घटनामा संलग्नहरू पक्राउ नपरेपछि हिंसात्मक घटना बढिरहेको जानकारहरू बताउँछन् ।

    ‘ठुला अपराधमा संलग्नहरू केही अझै पक्राउ पर्न सकेका छैनन्’ आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी भन्छिन्, ‘केही घटनामा दोषी पक्राउ नपरेपछि अन्य घटनामा पनि बढिरहेका छन् ।’

    पछिल्लो समय कैलालीमा बढिरहेको अपरधिक क्रियाकलापबारे प्रदेश सरकार पनि गम्भीर रहेको उनको भनाइ छ ।
    ‘हामी निकै गम्भीर छौँ’ प्रदेश सरकारको प्रवक्ता समेत रहेकी कानून मन्त्री जोशीले भनिन्, ‘यस अघि पनि मैले सुरक्षा निकायमा प्रमुखहरूलाई शान्ति सुरक्षा मजबुद बनाउन भनेको थिए । फेरि यस विषयमा उहाँहरूलाई अझै गम्भीर बन्न भन्छु । ’

    कैलाली पछिल्लो समय लागुऔषध प्रयोगकर्ताहरूको अखडा बन्दै आएको छ लागु औषध प्रयोगकर्ता बढेसँगै अपराधहरू पनि मन्त्री जोशी बताउँछिन् ।

    त्यसबाहेक बदलिँदो सामाजिक परिस्थिति, बढ्दो सामाजिक सञ्जालको प्रयोग, आर्थिक अभावलगायतका कारण अपराध बढिरहेको प्रहरीको ठहर छ ।

    ‘यहाँ भइरहेको घटनाका दोषीहरू पनि पक्राउ परिरहेका छन’ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव नायव उपरीक्षक वेदप्रकाश जोशी भन्छन्, ‘लागु औषधको कारण पनि यस्ता घटना बढिरहेको देखिन्छ ।’

    कानून कार्यान्वयनको पक्ष फितलो बन्दा जघन्य अपराध बढिरहेको दलित महिला अधिकार मञ्च कि अध्यक्ष सावित्रा घिमिरेको बुझाइ छ ।

    ‘यहाँ कानून नभएको होइन । तर, कानून कार्यान्वयनको पक्ष निकै फितलो छ यही कुराले गर्दा समाजमा अपराध बढिरहेको छ’ उनले भनिन् ‘अपराध गर्दा कठोर सजाय हुन्छ भन्ने परेमा यस्ता घटनामा कमी आउन सक्छ ।’

  • कुटपिट गरी श्रीमतीकाे हत्या गर्ने पक्राउ

    कुटपिट गरी श्रीमतीकाे हत्या गर्ने पक्राउ

    सुनसरी । श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा श्रीमान पक्राउ परेको छन् ।

    ३४ वर्षीया छुङ्कु मगर (राई) को कुटपिट गरी हत्या गरेको अभियोगमा धरान उपमहानगरपालिका-१५ निराजन बस्ती बस्ने ४१ वर्षीय श्रीमान महेन्द्र राईलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

    महेन्द्रको कुटपिटबाट गम्भीर घाइते भएकी छुङ्कुको धरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

     

  • दसैंको मासु भाग लगाउने क्रममा विवाद हुँदा युवकको हत्या

    काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिका-११ छतिवन बस्ने २१ वर्षीय बिक्रम लामगादेको हत्या गरेको अभियोगमा २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३० वर्षीय मेख बहादुर जर्गा मगर र २५ वर्षीय दिनेश जर्गा मगर रहेका छन् ।

    फुलपातीको दिन गाउँमा स्थानीय मिलेर राँगा काटी मासु भाग लगाउने क्रममा विवाद भई झगडा हुँदा उनीहरुले बिक्रमलाई दाउराको चिर्पट प्रहार गरेका थिए ।

    चिर्पटको प्रहारबाट गम्भीर घाइते भएको बिक्रमको जिल्ला अस्पताल सिन्धुलीमा उपचारको क्रममा मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय सिन्धुली र ईलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले दुबै जनालाई पक्राउ गरेको  प्रहरीले जनाएकाे छ।

  • दैलेखमा एक शिक्षकको विभत्स हत्या

    दैलेखमा एक शिक्षकको विभत्स हत्या

    सुर्खेत । दैलेखको गुराँस गाउँपालिका– ८ मा एक शिक्षकको विभत्स हत्या भएको छ । मंगलबार रक्ताम्य अवस्थामा शिक्षक नगेन्द्र विसीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी अनुपम श्रेष्ठले जानकारी दिए । विसी धरमपोखरास्थित मालिका माध्यमिक विद्यालयमा अध्यापन गर्दै आएका थिए ।

    उनले शिक्षकको हत्या भएको हुनसक्ने बताए । अहिले प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी घटनास्थलमा पुगिसकेको उनको भनाइ छ ।

    ‘घटनाबारेमा प्रारम्भिक अनुसन्धान सुरु भइसकेको छ’, डिएसपी श्रेष्ठले भने, ‘केही समयपछि घटनाबारे थप जानकारी हुनेछ ।

  • घाँटी रेटेर छोराको हत्या, आमा–बा नै प्रहरीको नियन्त्रणमा

    घाँटी रेटेर छोराको हत्या, आमा–बा नै प्रहरीको नियन्त्रणमा

    रूपन्देही । रुपन्देहीमा एक दम्पतीले घाँटी रेटेर आफ्नै ८ महिने छोराको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

    बाबु श्रीराम मल्लाहा र आमा रेनु मल्लाहाले छोरा सुरजको घाँटी रेटेर हत्या गरेको खुलेको रूपन्देही प्रहरी प्रवक्ता डिएसपी सत्यनारायण थापाले जानकारी दिए ।

    रूपन्देहीको गैडहवा गाउँपालिका–६ स्थित सूर्यपुरामा मल्लाह दम्पतीले शनिबार छोराको हत्या गरेको डिएसपी थापाले बताए । प्रहरीले शिशुको हत्या भएको आंशकामा शनिबार नै उक्त दम्पतीलाई नियन्त्रणमा लिएको थियो ।

  • संखुवासभाको मादीमा एकै परिवारका ६ जनाको विभत्स हत्या

    संखुवासभाको मादीमा एकै परिवारका ६ जनाको विभत्स हत्या

    काठमाडौं । पूर्वी पहाडी जिल्ला संखुवासभाको मादी नगरपालिका-१ उम्लिङमा एकै परिवारका ६ जनाको हत्या गरिएको छ । इलाका प्रहरी कार्यालय चैनपुरको संचार शाखाका अनुसार एकाघरका ६ जनाको विभत्स ढंगले हत्या गरिएको हो । हत्या भएको परिवार कार्की थरका हुन् । घटनामा थप केही घाइते भएको खबरसमेत प्राप्त भएको प्रहरीले जनाएको छ ।

    गाउँलेले घटनाको सूचना दिनासाथ प्रहरी टोली घटनास्थलतर्फ पठाइएको बताइएको छ । विस्तृत विवरण भने प्राप्त हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

    मादी नगरपालिकाकी उपमेयर उर्मिला नेपाल सुवेदीका अनुसार टेकबहादुर कार्कीसहित उनका बुबा, श्रीमती, छोराछोरीलगायतको हत्या गरिएको खबर प्राप्त भएको छ । ‘हामीले थप बुझ्ने कोसिस गरिरहेका छौं । घटनास्थल विकटमा पर्छ । प्रहरी पनि जाँदैछन् । घटना किन र कसरी भयो भन्ने खुल्न सकेको छैन’, उनले नेपाल प्रेससँग भनिन् ।

     

  • हँसिया र लठ्ठीले हानेर पत्नीद्वारा ७८ वर्षीय वृद्ध पतिको हत्या

    दाङ । घरायसी विवाद हुँदा तुलसीपुरमा एक महिलाले श्रीमान्‌काे हत्या गरेकी छन् । तुलसीपुर उपमहानगरपालिका– ३ निवासी ५६ वर्षीया देवीकुमारी योगीले श्रीमान् ७८ वर्षीय खिमलाल पुरीलाई हँसिया र बाँसको लठ्ठी प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक श्याम आर्यालले जानकारी दिए ।

    आज बिहान ३ः०० बजेतिर घरायसी विवाद हुँदा श्रीमान्‌लाई हँसिया र बाँसको लठ्ठी प्रयोग गरी हत्या गरेको देवीकुमारीले प्रहरी समक्ष बयान दिएकी छन् । उनलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । साथै घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • विवाह गर्न दबाब दिएपछि १७ वर्षीया किशाेरीको हत्या, एक वर्षपछि आराेपी पक्राउ

    विवाह गर्न दबाब दिएपछि १७ वर्षीया किशाेरीको हत्या, एक वर्षपछि आराेपी पक्राउ

    कास्की । कास्कीमा १७ वर्षीया किशाेरी हत्यामा संलग्न एक पुरुष एक वर्षपछि पक्राउ परेका छन् । मादी गाउँपालिका-१० मकै खोलास्थित मामा घर बस्ने सिप्लिवेशी घर भएकी १७ वर्षीया कोपिला परियारको हत्या गरेको आरोपमा स्याङ्जा हरिनास गाउँपालिका-६ चालिसे बस्ने ४५ वर्षीय खड्क बहादुर खवासलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

    परियार गत वर्ष असार १० गते घरबाट खोलामा नुहाउन जान्छु भनेर बेपत्ता भएकी थिइन् । उनी बेपत्ता भएको १५ दिन पछि उनको शव मुखिएको सेरस्थित पातिघारीमा शव फेला परेको थियो ।

    परिवारले परियारको हत्या भएको हुन सक्ने भन्दै छानविन गर्न दबाब दिएको थियो । घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले घटनामा संलग्न उनलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाको सहयोगमा स्याङ्जा पुतलिबजार नगरपालिका४ शिवमन्दिर चोकबाट पक्राउ गरेको हो ।

    प्रहरीका अनुसार कोपिला र खड्गबीच पहिलै देखि चिनजान रहेको थियो । उनीहरुबीच प्रेमी प्रेमिकाको सम्बन्ध रहेको थियो । कोपिलाले विवाह गर्न दबाब दिएपछि हत्या गरेको खड्कले स्वीकार गरेका छन् ।

    उनी उपर जिल्ला अदालत कास्कीबाट कर्तव्य ज्यान सम्बन्धी मुद्दामा १० दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

  • अवैध सम्बन्धको आशंकामा भागेश्वरले गरे बुबा र श्रीमतीको हत्या

    अवैध सम्बन्धको आशंकामा भागेश्वरले गरे बुबा र श्रीमतीको हत्या

    जनकपुरधाम । अवैध सम्बन्धको आरोपमा धनुषाको मिथिला विहारी नगरपालिका–५ ललिया टोलका एक यूवाले आफ्नै बुवा र श्रीमतीको हत्या गरेका छन् ।

    प्रहरीका अनुसार भागेश्वर मण्डलले ५५ वर्षीय बुवा रामवृक्ष र ३५ वर्षीया श्रीमती अमरिका देवीको हत्या गरेका हुन् । सोमबार राति बुवा र श्रीमतीको हत्या गरी भागेश्वरले घर पछाडीको झाडीमा गाडेका थिए ।

    हत्या आरोपमा भागेश्वरलाई पक्राउ गरिसकेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रहरी खाल्डो खनेर गाडेको अवस्थामा दुबै जनाको शव बाहिर निकालिसकेको छ ।

    बुवाले आफ्नो श्रीमतीसंग अनैतिक समबन्ध राखेका कारण दुबैको हत्या गरेको कुरा भागेश्वरले स्वीकारेको एक प्रहरी अधिकारीले जानकारी दिए । उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

  • जिन्स पाइन्ट लगाएको विरोधमा बालिकाको हत्या !

    जिन्स पाइन्ट लगाएको विरोधमा बालिकाको हत्या !

    दिल्ली । पछिल्लो समय महिला र युवती आफ्नै परिवारद्वारा मारिएको खबर भारतीय मिडियाको हेडलाइन बनेको छ । यो घटनाले भारतीय समाजमा महिला र युवती आफ्नै परिवारबाट कति सुरक्षित छन् भन्ने बहस पनि सुरु भएको छ ।

    गतसाता उत्तर प्रदेशमा एकजना १७ वर्षिया बालिकाको हत्यो परिवारबाटै भयो । आरोप थियो – जिन्स पाइन्ट लगाउनु ।

    उत्तर प्रदेशको डियोरिया जिल्लास्थित साभ्रेजी खर्ग गाउँमा आफ्नै आफन्तको कुटाइबाट ती बालिकाको मृत्यु भयो । बालिकाकी आमा शकुन्तला देवीका अनुसार काका र हजुरबाले निर्घात कुटपिट गरेपछि बालिका मारिएकी थिइन् ।

    लुगाको विषयमा परिवारका सदस्यबीच झगडा भएको बीबीसी हिन्दीले जनाएको छ । शकुन्तलाका अनुसार सानो झगडाले हिंसाको रुप लिएको थियो ।

    ‘उनी एकदिनको लागि उपवास बसेकी थिइन् । त्यसदिनको बेलुका उनी जिन्स लगाएरै पूजापाठमा बसिन् । त्यतिबेला उनका हजुरबाले जिन्सको लुगा लगाएको भन्दै विरोध गरे । अनि उसले आफूले जिन्सको लुगा लगाउन पाउनुुपर्ने भन्दै बताइन्’ शकुन्तला देवीले भनिन् ।

    कुटपिटबाट बेहोस् भएकी बालिकालाई रिक्सा बोलाएर अस्पताल लगिएको थियो । अर्को बिहान स्थानीय गण्डकी नदीको पुलमा बालिकाको शव भेटियो । प्रहरीले हत्यामा संलग्न भएको भन्दै १० जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

  • भैँसीलाई घाँस हाल्न गएकी युवतीको गोठमै गरियो हत्या

    भैँसीलाई घाँस हाल्न गएकी युवतीको गोठमै गरियो हत्या

    रुकुमपश्चिम । त्रिवेणी गाउँपालिका-४ छहरेकी २६ वर्षीया मनकला खत्रीको हत्या गरिएको छ ।

    गएराति भैँसीलाई घाँस हाल्न गोठतर्फ गएकी मनकलाको अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरी हत्या गरिएको स्थानीयले बताएका छन् ।

    रुकुमपश्चिम प्रहरी प्रमुख ध्रुवकुमार श्रेष्ठका अनुसार घटनास्थलतर्फ टोली पठाएर अनुसन्धान शुरू गरिएको छ । थप अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालयबाट तालिमप्राप्त कुकुर झिकाइएको श्रेष्ठले जानकारी दिए ।

    मनकलाको पति वैदेशिक रोजगारीमा रहेको बताइएको छ ।

  • भोज खान गएका दिपेशको साथीबाटै हत्या भएको शंका, हत्यारा पत्ता लगाइ कारवाही गर्न माग

    भोज खान गएका दिपेशको साथीबाटै हत्या भएको शंका, हत्यारा पत्ता लगाइ कारवाही गर्न माग

    जनकपुरधाम । धनुषास्थित शहीदनगर नगरपालिका ९ का २३ वर्षीय दिपेश रजक असार २७ गते रातिदेखि बेपत्ता भए । साथीसँगै भोज खान भारत गएका उनी सम्पर्कविहीन भएपछि चौतर्फी खोजी भयो । तर दिपेश फेला परेनन् ।

    गाउँ आसपासमा फेला नपरेपछि दिपेशका बुवा सतिशनारायण छोरा खोज्न भारततिर गए । दिपेश श्राद्धको भोज खान गएको स्थान भारतको बासोपट्टी थानाअन्तर्गत छतौनी पञ्चायत पुगे । त्यसपछि मधुवनी प्रहरी कार्यालयमा पुगेर छोरा बेपत्ता भएको बताए । प्रहरीले एउटा शवको फोटो देखायो । छतौनीस्थित बछराजा नदीमा फेला परेको शवको फोटो हेरेर सतिशनारायणले चिन्न सकेनन् । तर, प्रहरीले शवको फोटो देखाएपछि उनी थप आत्तिए ।

    त्यसपछि मधुवनी अस्पतालमा पठाइएको उक्त शवलाई हेर्न उनी आफैं गए । अस्पताल पुगेर शव हेर्दा उनी भण्डै बेहोस भए । किनकि, उक्त शव छोरा दिपेशको थियो ।

    २३ बर्षीय दिपेशले लगाएको कपडा, पेटी, दाँत, कपालसमेतबाट उनलाई छोरोको शव चिन्न गाह्रो भएन ।

    भारतीय कानुनअनुसार सबै प्रकृया पुर्याएर उनले ३ साउनमा छोराको शव गाउँ ल्याए । ४ साउनमा प्रादेशिक अस्पताल जनकपुरधाममा ल्याएर शवको पोष्टमार्टम गरियो । यसअघि भारतमा पनि पोष्टमार्टम गरिएको भएपनि प्रहरीले भनेपछि जनकपुरधाममा पनि पोष्टमार्टम गरिएको उनले बताए । पछि त्यहाँँबाट छोराको शव बुझेर सदगद गरिएको उनी बताउँछन् ।

    धनुषाका प्रहरी प्रवक्ता मकेन्द्रकुमार मिश्रले शव नेपाल ल्याउँदा शरीरमा केही चोटपटक देखिएको बताए ।

    गाउँकै दुई साथीसँग भोज खान गएका थिए दिपेश

    असार २७ गते राति शहीदनगर नगरपालिका वडा नम्बर ८ का दुर्गानन्द रजक र वडा नम्बर ७ का रंजित मण्डल मोटरसाइकल लिइ दिपेशको घरमा आए । उनीहरुले भारतको बासोपटीस्थित महथौर कटैयामा ‘भोज छ खान जाउँ’ भने । ‘हामीले राति छोरालाई जान पर्दैन भन्यौं’, दिपेशका बुवाले त्यसबेलाको घटना सम्झँदै भने, ‘तर उनीहरुले राति नै भोज खाएर फर्किने भन्दै आग्रह गरेपछि छोरालाई पठाएँ ।’

    दिनभर दुर्गानन्द र रंजितसँगै आफ्नो छोरा सँगै रहने भएकाले त्यत्ति वास्ता नगरी जान दिएको उनी बताउँछन् ।

    दिपेश राति अबेरसम्म घर नआएपछि सतिशनारायण दुर्गानन्द र रंजितको घरमा गएर बुझ्न गए । उनीहरुका परिवारले केही थाहा नभएको बताए । पछि दुर्गानन्द र रंजितले दिपेशलाई यदुकोहाको भठी चोकमा छोडिदिएको बताएको सतिशनारायणको भनाइ छ ।

    अर्को दिन फोन गर्दा धबौली जाने बाटोमा आफूहरुले देखेको उनीहरुले बताए । ‘त्यसपछि छोरा फर्केर घर नआएको सम्बन्धमा इलाका प्रहरी कार्यालय यदुकोहामा निवेदन दिइ छोराको खोजी गर्न आग्रह गरियो’ दिपेशका बुवाले भने ।

    भोज खान लैजाने साथीहरु फरार !

    भोज खान भन्दै मोटरसाइकलमा लैजाने साथीले नै हत्या गरेको दिपेशको परिवारको शंका छ । सतिशनारायणका अनुसार दिपेशलाई भारत लग्ने दुर्गानन्दका पिता भगतनारायण र भगतनारायणका भाइ रुपनारायणसँग पारिवारिक रिसइबी थियो ।

    रुपनारायण र भगतनारायणले तिम्रो छोरालाई मारिदिन्छु भन्ने धम्की दिँदै आएको उनको भनाई छ । ‘त्यसैले उनीहरुकै मिलोमतोमा दुर्गानन्द र रंजितले मेरो छोरालाई मारेका हुन सक्छन्’, उनले भने, ‘त्यहीं भएर रुपनारायण र भगतनारायणका साथै छोराालाई भारत लग्ने दुर्गानन्द र रंजित पनि फरार भएका छन् ।’

    धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी मिश्रले पनि उनीहरु फरार भएको बताए । ‘फरार भएकाहरुको खोजी र घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेका छौं,’ उनले भने । पोष्टमार्टको रिपोर्ट पनि नआएको र आएपछि थप कुरा बाहिर आउने उनले बताए ।

    वैदेशिक रोजगारीमा जाने तयारीमा थिए दिपेश

    दिपेश कुमार रजक वैदेशिक रोजगारीका निम्ति दुई बर्षअघि मलेसिया गएका थिए । त्यहाँ काम गर्न थालेको ६ महिना नबित्दै बिरामी परे । त्यसपछि कम्पनीले घर फर्काइदिएको थियो । डेढ वर्षदेखि घरमै बस्दै आएका दिपेश पुनः वैदेशिक रोजगाारीमा जाने तयारी गरिरहेका थिए ।

    पुनः मलेसिया जानकै लागि दिपेशले मेनपावर कम्पनीलाई पासपोर्ट बुझाएका थिए ।

    विदेश जाने तरखरमा रहेका छोराको शव फेला परेको सुनेदेखि हालसम्म आमा चन्द्रकला रजक बेहोशझैं छिन् । दिपेशका परिवारले हत्यारा पत्ता लगाएर सजायँका लागि आग्रह गरिरहेको छ ।

  • दैलेखमा श्रीमतीद्वारा श्रीमानको हत्या

    सुर्खेत । दैलेख जिल्लामा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छिन् ।

    जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार साउन एक गते नारायण न.पा. ११ टाटामाकु डाडा टोल बस्ने वर्ष ३५ का खगेन्द्र मल्ललाई निजको श्रिमती वर्ष ३३ की सुशिला मल्लले घरमा भएको किला ठोक्ने काठको मुङग्रोले टाउकोमा हानी हत्या गरेको जाहेरी परेको थियो ।

    सोही जाहेरीका आधारमा प्रहरीले सुशिलालाई नियन्त्रणमा लिएको छ भने घटना बारे थप अनुसन्धान गरिरहेको जिप्रका दैलेखले जनाएको छ ।

  • बाँसको भाटा प्रहार गरी हत्या गरेको आरोपमा पक्राउ

    बाँसको भाटा प्रहार गरी हत्या गरेको आरोपमा पक्राउ

    कञ्चनपुर । बाँसको भाटा प्रहार गरी भिमदत्त नगरपालिका-१० तिल्केनी बस्ने ४२ वर्षीय बिर राम लुहारको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २२ वर्षीय गिरधारी लुहारलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

    आपसी झगडाको कारण गिरधारीले बाँसको डण्डा प्रहार गर्दा बिर राम गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी जिमुवाबाट खटिएको प्रहरीले गिरधारीलाई पक्राउ गरेको हो ।

    साथै घाइतेलाई महाकाली प्रादेशिक अस्पताल पठाएकोमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

  • युवा हत्यामा संलग्न आरोपमा तीनजना पक्राउ

    युवा हत्यामा संलग्न आरोपमा तीनजना पक्राउ

    रुपन्देही । प्युठानको प्युठान नगरपालिका-१० कोटका २४ वर्षीय नगेन्द्र पुनलाई स्थानीय युवाहरुले दाउराले हानेर हत्या गरेका छन् ।

    दिउँसो सँगै खाजा खाएका उनीहरुबीच आपसी विवादमा झगडा भएको प्रहरीले जनाएको छ । आक्रमणमा परी गम्भीर घाइते भएका २५ वर्षीय सुरेस बस्नेतको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय प्युठानले हत्या आरोपमा ३ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मल्लरानी गाउँपालिका-३ धनुबाँसका १८ वर्षीय रेमबहादुर घर्तीसहित प्युठान नगरपालिका-१० नेपानेका १७ र १५ वर्षका दुईजना छन् ।

    असार १३ गते मृतक नरेन्द्र पुनसहित गम्भीर घाइते सुरेश बस्नेतले आफ्नो दिदीको गोठ बनाउने काम गएर घर फर्किने क्रममा नेपाने गाउँका युवाहरुसँग विवाद गरेको प्रहरीले बताएको छ । स्थानीय पसलमा मादक पदार्थ सेवन गरी घरतर्फ जाँदै गर्दा अभियुक्तहरुलाई अश्लिल शब्दले गाली गलौज गरेको भन्दै अभियुक्त ३ जना युवाहरूले बाटो कुरेर मृतक नरेन्द्र र सुरेसलाई दाउराले हानी आक्रमण गरेका थिए ।

  • रक्सी खान पैसा मागेको निहुँमा आफ्नै श्रीमान् मार्ने श्रीमतीसहित छोरा पक्राउ

    रक्सी खान पैसा मागेको निहुँमा आफ्नै श्रीमान् मार्ने श्रीमतीसहित छोरा पक्राउ

    काठमाडौं । बर्दीयामा रक्सी खान पैसा मागेको निहुँमा आफ्नै श्रीमान् मार्ने श्रीमतीसहित १८ वर्षीय छोरालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा मधुवन-४ बादरभरिया बस्ने ३८ सीता थारु र आकाश थारु रहेका छन् ।

    १४ असार साँझ ६ बजे लक्षिरामले रक्सी खानको लागि सीतासँग सय रुपैयाँ मागेका थिए । त्यही क्रममा सीता र छोरा आकाशसँग उनको झगडा हुँदा लक्षुरामको हत्या भएको प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले बताए ।

    अहिले उनीहरूलाई नियन्त्रणमा लिइ कर्तब्य ज्यान मुद्दामा थप अनुसन्धानका लागि ५ दिन म्याद थपिएको प्रहरीले जनाएको छ ।

  • सुजिताको हत्या आरोपमा श्रीमान र देवर पक्राउ

    सुजिताको हत्या आरोपमा श्रीमान र देवर पक्राउ

    जनकपुरधाम । महोत्तरीको लोहरपट्टी नगरपालिका ७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुरको हत्या आरोपमा प्रहरीले उनका श्रीमान् र देवरलाई पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले आज बिहान खेतमा उत्खनन गर्दा शंकाष्पद वस्तुहरु फेला परेका थिए । त्यसपछि घटनाको छानविनका लागि उनका श्रीमान मुकेश ठाकुर र देबर रुपेश ठाकुरलाई प्रहरीले पक्राउ गरेको हो ।

    सुजिताको माइती पक्षले भने हत्यामा श्रीमानको संलग्नता नरहेको बताएको छ । देवर रुपेश ठाकुर र ससुरा पतिराम ठाकुरमाथि उनीहरुको शंका छ ।

    पतिराम गाउँका सम्पन्न व्यक्ति हुन् । उनले प्रहरीलाई प्रलोभनमा पारेर अनुसन्धान नै प्रभावित पारेको आरोप माइतीले लगाएका छन् । सुजिताका भाई शिवम् पाण्डेका अनुसार प्रहरीमा उजुरी दिन गए पनि महोत्तरीका प्रहरी प्रमुख एसपी प्रकाश विष्टले दर्ता गर्न मानेका थिएनन् ।

    अधिकारकर्मीको पहलमा मधेसी आयोगका अध्यक्ष डा. विजय दत्तको निर्देशनपछि बेपत्ता भएको २३ दिनपछि प्रहरीले शंका लागेर सुजिताको घर नजिकको खेत खनेको हो ।

  • जग्गा विवादमा बुवाको हत्या, छोरा पक्राउ

    जनकपुरधाम । धनुषाधाम नगरपालिका १ काशीपुरका श्रीकृष्ण यादवले बिहीवार राति आफ्नै बुवा बिसो यादवको हत्या गरेका छन् ।

    ईलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक सुरेश ठाकुरका अनुसार घरमै सुतिरहेका बेला मुसल(मसला कुट्ने)ले हानेर श्रीकृष्णले बुवाको हत्या गरेको प्रारम्भिर अनुसन्धानबाट खुलेको छ । हत्या आरोपी छोरा ३५ वर्षीय श्रीकृष्णलाई घरबाटै नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको उनले बताए ।

    जग्गाको विवादमा श्रीकृष्णले बुवाको हत्या गरेको स्थानीय बताउँछन् । मृतक बिसोका तीन छोरा छन् । जसमध्ये जेठो छोरा गाउँमै र माइलो काठमाडौंमा बस्छन् । हत्या आरोपमा पक्राउ परेका छोरा कान्छो भएको प्रहरीले जनाएको छ ।

    हत्या गरिएका बिसोको शव प्रहरीले मुचुल्का तयार पारेर पोष्टमार्टमका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल ल्याएको छ ।

  • श्रीमती र छोराको हत्या गरेको आरोपमा पक्राउ

    काभ्रे । आफ्नै श्रीमती र छोरालाई विषादी सेवन गराई हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचखाल नगरपालिका-६ का ३३ वर्षीय माधव घिमिरे रहेको प्रहरीले जनाएको छ ।

    बनेपा नगरपालिका वडा नम्बर ११ बानियाँटोलमा डेरागरी बस्दै आएका धिमिरेलाई प्रहरीले गएराति पक्राउ गरेको हो । उनी बनेपाकै तीनदोबाटोमा फेन्सी पसल व्यवसाय गर्दै आएका थिए । प्रहरीले उनका श्रीमती ३० वर्षीया मनिषा कार्की घिमिरे र ६ वर्षीय छोरा युवानलाई गएराति १२ बजे उनी बस्ने डेरामा मृत अवस्थामा फेला पारेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक राजन कोइरालाले जानकारी दिए ।

    उनका अनुसार बिहीबार बेलुका बनेपा नगरपालिका वडा नम्बर-८ करुणामार्गस्थित भित्री गल्लीबाटोमा भाग्दै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको हो । घिमिरेले श्रीमती र छोरालाई नाम नखुलेको विषादी सेवन गराएर डेरा गरी बस्ने कोठाको बाहिरबाट ताल्चा लगाएर हिडेको अवस्थामा स्थानीयवासीले सोधखोज गर्दा ‘हिजो हाम्रो झगडा परेको थियो, पसलतिरै होली’ भन्दै भागेकाले प्रहरीलाई खबर गरिएको थियो ।

    प्रहरीले खोजतलास गर्नेक्रममा धिमिरेलाई भाग्दै गरेको अवस्थामा पक्राउ गरेको थियो । मृतकको कोठामा विभिन्न प्रकारको विषादी र औषधि फेलापरेको जनाएको छ । घिमिरेले आफूले पनि विभिन्न प्रकारका औषधि सेवन गरेको भनेपछि उपचारका लागि उनलाई प्रहरीले आफ्नै नियन्त्रणमा बनेपास्थित शिरमेमोरियल अस्पतालमा भर्ना गराएको छ ।

    घिमिरेको स्वास्थ्य अवस्था हाल सामान्य रहेको प्रहरीले जनाएको छ । घिमिरेले श्रमती र छोरालाई विषादी सेवन गराएको र आफूले पनि सिटामोललगायत विभिन्न थरीका सयभन्दा बढी चक्की औषधि सेवन गरेको प्रहरी समक्ष बताएको छ । मृतक दुवैको शव पोष्टमार्टमका लागि धुलिखेल अस्पतालमा पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
    -रासस

  • घरको ‘कुलदेवता’ विवादमा भाईकै हत्या

    जनकपुरधाम । घरको ‘कुलदेउता’ को विषयलाई लिएर भएको विवादमा महोत्तरीमा एक व्यक्तिले सहोदर भाइको हत्या गरेका छन् ।

    महोत्तरीको लोहारपट्टी गाउँपालिका ७ भ्रमरपुराका ५० वर्षीय रामचन्द्र साहले कान्छो भाई ४५ वर्षीय लक्ष्मण साहको हत्या गरेका हुन् । जेठ २६ मा रामचन्द्र र उनका परिवारका सदस्यहरु मिलेर लक्ष्मणलाई मरणासन्न हुनेगरी कुटपिट गरेका थिए ।

    स्थानीयले उनलाई तत्कालै उपचारका लागि जनकपुर ल्याएका थिए । तर जनकपुरमा उपचार सम्भव भएन । सोही दिन हेलिकप्टरबाट काठमाडौं लगिएको उनको शुक्रवार मृत्युभयो । उनको शव गाउँमा ल्याउँदा स्थानीयको भीड उर्लिएको छ ।

    महोत्तरीका प्रहरी प्रमुख एसपी दिनेश आचार्यले घटनामा अनुसन्धान सुरु गरेको र संलग्नहरुको खोजी पनि गरिरहेको बताए । उनले भने, ‘घर छाडेरै सबै फरार भएका छन् । हामी खोजिरहेका छौं ।’

  • धारिलो हतियार प्रयोग गरेर एक युवकको हत्या

    धारिलो हतियार प्रयोग गरेर एक युवकको हत्या

    रुपन्देही । रुपन्देहीमा धारियो हतियार प्रयोग गरी एक युवकको हत्या भएको छ ।

    शनिबार राति जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका मनौराका अन्दाजी ३५ वर्षका महेन्द्र यादवको हत्या भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता सत्यनारायण थापाले बताए ।

    घरभन्दा एक किलोमिटर पश्चिम नाला नजिकै घाँटीमा धारिलो हतियार प्रहार गरेको अवस्थामा मृत अवस्थामा यादव फेला परेको प्रहरीले जनाएको छ ।

    मृतकलाई भैरहवास्थित भीम अस्पताल पोष्टमार्टम गराई घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको थापाले बताए ।

     

  • कैलालीमा एक पुरुषको हत्या

    कैलालीमा एक पुरुषको हत्या

    कैलाली । कैलालीमा लुटपाट गर्न एक पुरुषको हत्या भएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका स्थित बसपार्कमा बिहीबार राती अन्दाजी २७÷२८ वर्षको युवकको हत्या भएको थियो ।

    उक्त युवकसँग रहेको तीन सय ४० रुपैयाँ लुटपाट गर्न उनको हत्या भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । घटनाको अनुसन्धानमा खटिएको प्रहरी टोलीले सिसिटिभी फुटेजका अनुसार हत्यामा संलग्न चार जनालाई समेत पक्राउ गरिसकेको छ ।

    ‘बसपार्कभित्रै रहेको प्रतीक्षालयमा पल्टिएका युवकको खल्ती चार जना युवक चेक गर्न थाल्छन् । एउटा खल्तीमा भएको रकम लुट्छन् । पल्टिएका युवकले हलचल गरेपछि चारै युवक त्यहाँबाट भाग्छन्’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारी भन्छन्,‘खल्तीमा भएको तीन सय ४० रुपैयाँ लुटेर गएका उनीहरु पुनः थप रकम हुनसक्ने ठानेर युवक भएकै स्थानमा पुगेको सिसिटिभी फुटेजमा देखिन्छ ।’

    प्रहरीका अनुसार चार जना आएको थाहा पाएपछि युवक उठ्न खोज्छन् । तर, प्रतिवाद गर्न सक्दैनन् । चार जनाले पालैपालो उनीमाथि कुटपिट पछि उनको हत्या भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्रसिंह गुरुले जानकारी दिए ।

    धनगढी उपमहानगरपालिका–१ का १८ वर्षीय दीपेन्द्र भन्ने दिपान्सु पौडेल, डडेल्धुराको अमरगढी नगरपालिका घर भएर कञ्चनपुरको भीमदत्त नगरपालिका–३ बस्ने १९ वर्षीय प्रवीण ऐर, डोटीको पूर्वी चौकी गाउँपालिका–४ बस्ने २० वर्षीय अनिल कुँवर र कैलालीको घोडाघोडी नगपालिका–१ बस्ने १८ वर्षीय युवराज शाही छन् । उनीहरु चारै जना गाडीका सहचालक रहेको खुलेको उनले बताए ।

    उनका अनुसार प्रहरीले उनीहरूमाथि कर्तव्य ज्यान मुद्दा दर्ता गरेर अनुसन्धान गरिरहेको छ । घटनाको एक साता पुग्नै पुग्नै लाग्दा पनि मृतक युवकको पहिचान भएको छैन । प्रहरीले सेती प्रादेशिक अस्पतालमा राखेको शवको धनगढी उपमहानगरपालिकासँगले अन्तिम संस्कार गरिसकेको उनले बताए ।

    ‘बेवारिसे शावलाई नगरपालिकाले व्यवस्थापन गर्ने गरेको छ’ उनले भने ‘यो शव पनि नगरपालिकाले अन्तिम संस्कार गरेको हो ।’

     

  • धारिलो हतियार प्रहार गरी छोराको हत्या

    बाँके । कोहलपुर निवासी ठाकुरप्रसाद वलीले धारिलो हतियार प्रहार गरी आफ्नै छोराको हत्या गरेका छन् । कोहलपुर नगरपालिका–१२ चप्परगौडी निवासी वलीले घरायसी झगडाको विषयलाई लिएर अन्दाजी १८/१९ वर्षीय छोरा पोषणमाथि गए राति धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।

    उनका अनुसार वलीले नुहाउदै गरेका बेला पछाडिबाट खसी काट्ने घरेलु हतियारले छोरालाई घाँटीमा प्रहार गरेका थिए । गम्भीर घाइते पोषणको उपचारका लागि भेरी अस्पताल नेपालगञ्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।

    छोरामाथि हतियार प्रहार गर्ने बाबु ठाकुरलाई प्रहरीले घरबाटै नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको प्रमुख प्रहरी नायब उपरीक्षक खनालले बताए ।
    -रासस

  • भाउजूको हत्या गरेको आरोपमा देवर पक्राउ

    भाउजूको हत्या गरेको आरोपमा देवर पक्राउ

    मोरङ । रंगेली नगरपालिका -३ तिलुवा चोक बस्ने २४ वर्षीया अनिता यादवको हत्यामा संलग्न रहेको अभियोगमा मृतकका देवर नाता पर्ने १९ वर्षीय बिनोद यादवलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

    तिलुवा चोकको नहरमा बुधबार बिहान अनिताको शव फेला परेको थियो । अनिता र बिनोद बीच विवाद भई झै-झगडा हुँदा मंगलबार राति बिनोदले दाउ प्रहार गर्दा अनिताको घटनास्थलमै मृत्यु भएको खुल्न आएपछि बिनोदलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय मोरङ र ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा तत्काल मृतकका पति समेत ४ जनालाई नियन्त्रणमा लिएको थियो । थप अनुसन्धान भईरहेको छ ।

  • आगो लगाएर हत्या गरेको आरोपमा साह पक्राउ

    आगो लगाएर हत्या गरेको आरोपमा साह पक्राउ

    सर्लाही । सर्लाही प्रहरीले पेट्रोल छर्की आगो लगाएर हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
    जिल्लाको ईश्वरपुर नगरपालिका–१२ घारीबथानमा भएको हत्याको आरोपित शिवजी साहलाई प्रहरीले पक्राउ गरेको हो ।
    एक साताअघि छिमेकीलाई पेट्रोल छर्की आगो लगाएर फरार सोही वडाका अन्दाजी ३५ वर्षीय शिवजी साहलाई प्रहरीले नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेशरगञ्ज, वयलबासका प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले जानकारी दिए ।

    साहलाई घारीबथानका ५८ वर्षीय शियाशरण रायलाई पेट्रोल छर्की आगो लगाएर हत्या गरेको आरोप छ । यही वैशाख २० गते घरअगाडिको आँपको बगैँचामा बसिरहेका रायको शरीरमा साहले पेट्रोल छर्की आगो लगाएर फरार भएको प्रहरीले जनाएको छ ।

    शरीरको अधिकांश भाग जलेर गम्भीर घाइते भएका रायलाई हेलिकप्टरमार्फत काठमाडौँको कीर्तिपुर अस्पताल लगेर उपचार गराउने क्रममा रायको वैशाख २१ गते मृत्यु भएको थियो ।

    घटनापछि फरार भएका साहलाई मलङ्गवा नगरपालिका–५ भाडसरस्थित नेपाल–भारत सीमावर्ती क्षेत्रबाट पक्राउ गरिएको सर्लाहीका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले बताउनुभयो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । साह वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा बसेर फर्किएका थिए । उनी फर्किएको २४ घण्टा नबित्दै उक्त घटना घटेको स्थानियवासीले बताएका छन् ।

  • दम्पती हत्याको आरोपमा सात जना कारागार चलान

    दम्पती हत्याको आरोपमा सात जना कारागार चलान

    महोत्तरी । एक दम्पतीको हत्या प्रकरणमा पक्राउ परेका सात जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । घरमा सुतिरहेका अवस्थामा महोत्तरीको पिपरा गाउँपालिका-५ का ६५ वर्षीय मुसाफिर झा र उनकी ५८ वर्षीया पत्नी गीतादेवीलाई गत फागुन १० गते राति ओछ्यानसहित बेपत्ता पारी हत्या गरेको आरोपमा जिल्ला अदालत महोत्तरीेले पक्राउ परेका सात जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको हो ।

    अदालतका श्रेस्तेदार मदनप्रसाद जयसवालका अनुसार हत्या भएका झा दम्पतीका छोरा मनिषको जाहेरीका आधारमा वादी नेपाल सरकार भएको अपहरण, शरीर बन्धक, ज्यान सम्बन्धी कसुर, अपराधिक षड्यन्त्र, लागुऔषध र चोरी मुद्दाका प्रतिवादी सात जनालाई पुर्पक्षका लागि जलेश्वर कारागारमा पठाइएको छ ।

    न्यायाधीश डा. रमेशप्रसाद रिजालको इजलासले प्रतिवादी कैलाश झा, हरेन्द्र ठाकुर, रामबाबु यादव, सुरेन्द्र यादव, राजेन्द्र भनिने राजिन्द्र यादव र विकास भनिने बबलु झालाई थुनामा राखी मुद्दाको कारबाही गर्ने र तारादेवी झालाई २ लाख रुपैयाँ धरौटीमा तारेखमा राखी मुद्दाको कारबाही गर्ने आदेश भएकोमा तारादेवीले धरौटी रकम बुझाउन नसक्दा उनीसहित सातै जनालाई पुर्पक्षका लागि जलेश्वर कारागारमा पठाइएको हो ।

    घटनामा संलग्न रन्जित मिश्र र तेजनारायण झाका हकमा पक्राउ पूर्जी म्याद जारी गर्न आदेश भएको हो । गत फागुन १० गते सुतेकै अवस्थामा घरबाट गायब झा दम्पतीको शव गत चैत १२ गते प्लाष्टिकका बोरामा राखेर गाडिएका अवस्थामा भेटिएको थियो । पिपरा गाउँपालिका-२ स्थित पिपरा-धिरापुर सडकखण्डमा गत वर्ष बाढीले २० फिट गहिरो हुने गरी माटो बगाई बनाएको खाल्डो पुर्ने क्रममा स्काइभेटरको बकेटमा कङ्काल रहेको बोरा भेटिएपछि झा दम्पतीको पत्तो लागेको थियो ।

    घटनामा संलग्न नौ जनामध्ये जिल्ला प्रहरी कार्यालय महोत्तरीले सात जनालाई पक्राउ गरी मुद्दा चलाएर जिल्ला अदालतमा उपस्थित गराएकामा सातै जना जेल चलान भएका हुन् । घटनामा संलग्न अन्य दुईको खोजी जारी रहेको महोत्तरीका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले बताए ।

  • रिसको झोकमा छाेराले बुबालाई तपेसले हानेपछि…

    रिसको झोकमा छाेराले बुबालाई तपेसले हानेपछि…

    सुनसरी । आफ्नै बुबाको हत्या अभियोगमा सुनसरी प्रहरीले एक युवालाई पक्राउ गरेको छ । बाबुको हत्या अभियोगमा बराहक्षेत्र नगरपालिका  ९  का १७ वर्षीय उमेश पौडेल पक्राउ परेका प्रहरीले जनाएको छ ।

    मंगलबार घरायसी विवाद हुँदा उमेशले तपेसले  आफ्नै बुबा ३८ बर्षीय उपेन्द्र पौडेललाई घाईते बनाएका थिए । घाईते उपेन्द्रको नोवेल अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

    उनको मृत्यु पश्चात छाेरा उमेशलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको जनाएको छ ।

  • धनुषामा एकैदिन दुई पुरुषको शंकास्पद हत्या

    धनुषामा एकैदिन दुई पुरुषको शंकास्पद हत्या

    जनकपुरधाम । धनुषामा एकैदिन दुई जनाको शंकास्पद हत्या भएको छ । बिहीवार विहान क्षिरेश्वरनाथ नगरपालिका ३ पर्सा पकडियास्थित आँपको बगैंचामा परिचय खुल्न नसकेका एक पुरुषको शव भेटियो । आज विहानै औरही गाउँपालिका २ कपटौलस्थित खेतबारीको बगैचामा पनि एक पुरुष मृत फेला परेका हुन् ।

    पर्सा पकडियास्थित आँप बगैचामा फेला परेको पुरुषको पहिचान खुल्न सकेका छैन । उनलाई कसैले हत्या गरेर बगैचामा फालेको हुनसक्ने स्थानीयको अनुमान छ । तर प्रहरीले घटनाको अनुसन्धान भइरहेको मात्र बताएको छ ।

    यस्तै कपटौलमा मृत फेला परेका ४० वर्षीय पुरुष औरही गाउँपालिका ३ का विजय मण्डल रहेको प्रहरीले जनाएको छ । उनलाई गम्छाले घाँटी थिचेर हत्या गरेको देखिएको स्थानीय बताउँछन् । चैते धान रोप्न गएका उनी खेतबाटै बेपत्ता भएका थिए ।

    ईलाका प्रहरी कार्यालय औरहीका इन्चार्ज प्रहरी नायब निरीक्षक सन्तोष झाले घटना विषयमा अनुसन्धान भइरहेको बताए । उनले कानूनी प्रक्रिया पुरा गरी शव पोष्टमार्टमका लागि जनकपुर पठाएको जानकारी दिए ।

  • मामुली विवादमा हुन्छ हत्या, प्रहरी भन्छ- सामाजिक सञ्जालले बढायाे अपराध

    मामुली विवादमा हुन्छ हत्या, प्रहरी भन्छ- सामाजिक सञ्जालले बढायाे अपराध

    काठमाडौं । गत सोमबार आफ्नै श्रीमतीको हत्या गरी फरार भएका सन्तोष सापकोटालाई प्रहरीले पक्राउ गर्‍यो । सन्तोषले घरायसी विवादको कारण हत्या गरेको प्रहरीमा बयान दिएका छन् । काठमाडौं महानगरपालिका १४ बल्खुका सन्तोष लागुऔषध दुर्व्यसनी भएकाले सन्तोषी उनीसँग छुट्टिन चाहन्थिन् । सन्तोषले त्यही झोकमा श्रीमतीको हत्या गरे ।

    000

    टोखा नगरपालिका-३ सूर्य दर्शनहाईटका आशिष लिम्बुको हत्यामा संलग्न ३ जनालाई मंगलबार प्रहरीले सार्वजनिक गर्‍यो । लिम्बुको हत्यामा संलग्न मोहम्मद कासिम मञ्सुरी, शेख अवदुल आलम र भुपेन्द्रकुमार शाह पक्राउ परेका हुन् । उनीहरूसँग आशिषको झैझगडा भएको र त्यही रिसिइवीमा हत्या भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

    000

    गत ६ फागुनमा काठमाडौंको गुहेश्वरीमा ४९ वर्षीय रजुनमान श्रेष्ठको हत्या भयो । घरबाट गाडी सिक्न वाग्मती करिडोर पुगेका श्रेष्ठलाई हत्या गरी फालिएको थियो । हत्यामा संलग्न चारजना पक्राउ परेका छन् । उनीहरुले लुटपाट गर्ने हिसाबले आक्रमण गरेका थिए । तर कुटाइबाट गम्भीर घाइते भएपछि आफूलाई जोगाउन हत्या गरेर भागेका थिए ।

    000

    गत भदौ २० मा ललितपुरको अल्का अस्पतालकी कर्मचारी ३९ वर्षीया गीता केसीको हत्या गरेको आरोपमा नाताले भतिज पर्ने निर्मल केसी पक्राउ परे । उनले काकीसँग अनैतिक सम्बन्ध राख्दै आएको र विवाह गर्न दबाब दिएपछि घुम्न जाने मौकामा हत्या गरेको बयान दिए । आवेशमा आएर हत्या गरेको उनको स्वीकारोक्ति थियो ।

    काठमाडौं उपत्यकामा केही समययता भएका अपराधिक घटनाका झलक हुन् यी । काठमाडौं उपत्यकामा मात्र नभएर पछिल्लो समय ७ वटै प्रदेशमा यस्ता अपराधको ग्राफ उकालो लाग्दैछ । अधिकांश हत्या आवेशमा आएर गरेको देखिन्छ । प्रहरीको पछिल्लो तथ्याङ अनुसार दिनँहु २ जनाको हत्या हुने गरेको छ । त्यो पनि सामान्य विवादमा ।

    पछिल्लो घटनाक्रम हेर्ने हो भने अपराधीले छिनभरको आक्रोशमा हत्या गरेका घटना धेरै छन् । कुटपिटपछि पनि पक्राउ पर्ने डरले खेल खतम गर्न जघन्य हत्या गर्ने गरेको प्रहरी अधिकृतहरु बताउँछन् । वर्षेनी सयौको संंख्यामा यसरी हत्या भइरहेको छ ।

    नेपाल प्रहरीको तथ्याङ्कअनुसार मुलुकभर आर्थिक वर्ष २०७५÷०७६ मा कर्तव्य ज्यान मुद्दामा ८८६ पुरुष र १५८ महिला पक्राउ परेका थिए । यस्तै २०७६।०७७ मा कर्तव्य ज्यानमुद्दामा ७८० पुरुष र ११९ महिला पक्राउ परे भने ०७७ देखि ०७८ माघसम्म कर्तव्य ज्यान मुद्दामा ५३३ पुरुष र ६१ महिला पक्राउ परेका छन् । प्रहरीको तथ्थाङ हेर्ने हो भने एक वर्षमा ५ सयभन्दा बढीको हत्या भएको छ । तीमध्ये अधिकांश हत्या आवेशमा आएर गरेको प्रहरीले जनाएको छ ।

    प्रहरी भन्छः सामाजिक सञ्जालको दोष

    जघन्य अपराधको घटनामा अनुसन्धान गरिरहेका डीआइजी उत्तम सुवेदी पछिल्लो समय हुनु सामाजिक सञ्जालको दुरुपयोगले आवेशमा आएर हत्या गर्ने क्रम बढेको बताउँछन् । यसअघिको अनुसन्धानले बेरोजगार, अशिक्षाजस्ता कारणले हत्या हुने गरेको देखिन्थ्यो ।

    उनी भन्छन्, ‘हिजो हामीले गरिबी, दीर्घरोग, अशिक्षाले भन्थ्यौ । हिजोभन्दा अहिले ट्रेन्ड चेन्ज भो । अहिले सामाजिक विकृतिको कारण देखिदैछ । सामाजिक सञ्जालको दुरुप्रयोग गरी अनैतिक सम्वन्ध राख्ने र त्यसले श्रीमान–श्रीमतीबीच बेमेल हुने भएपछि अपराधमा संलग्न हुन थालेका छन् ।’

    सामाजिक सञ्जालको दुरुपयोग र अल्कोहल नै अहिले अपराधको प्रमुख स्रोत बनेको प्रहरीको अध्ययनले देखाएको उनले बताए ।

    सुवेदीका अनुसार पहिले रोजगारी नपाएर, परिक्षामा फेल भएर, व्यापारमा घाटा लाग्दा वा दीर्घरोग लाग्यो भनेर आक्रामक हुने डिप्रेसनमा जाने हुन्थ्यो ।

    उनले एउटा घटना सुनाए, ‘एकजना २० वर्ष पुगेको युवती आत्महत्या प्रयास गरिरहेको घरबेटी आमाले देख्नुभयो । ती बुढीआमाले डोरी तान्दिनुभयो । उनलाई सम्झाउन थाल्नुभयो । उनी म त मर्छु मर्छु भनेर जिद्दी गर्न थालेपछि प्रहरी बोलाइयो । उनलाई किन आत्महत्या गर्न लागेको भन्दा उनको जवाफ सुनेर चकित भयौं । आफ्नो ब्वाइफ्रेन्डले बर्थडे बिर्सियो भनेर आत्महत्या गर्न लागेको रे । ‘सरी भन भन्दा सरी नभन्ने, अब म बाँचेर के गर्नु ?’ भन्ने जवाफ दिइन् ।’

    उनी अगाडि थप्छन्, ‘बच्चाहरुलाई घरपरिवारको निगरानी पनि कम भो । स्कूलमा पनि नैतिक शिक्षा पढाउन छाडिययो । जसले गर्दा गर्न हुने र गर्न नहुने कुराहरु बच्चैदेखि सिकाइएन ।’

    समाजमा गलत संगत भएका मान्छेहरु प्रशस्त हुनाले कोही रक्सीको कुलतमा, कोही ड्रग्सको कुलतमा फस्ने, र केही सामाजिक सञ्जालको दुरुप्रयोगमा फस्ने हुँदा यस्ता गतिविधि गर्न नहिक्चिाउने उनको बुझाइ छ ।

    पोर्नाेग्राफीको लत

    पछिल्लो समयमा अर्को चुनौती थपिएको छ । सानै उमेरका बच्चालाई पोर्नोग्राफी र पब्जीजस्ता गेमको लत बस्दै छ । यस्ता लतले उनीहरूलाई एकोहोरो बनाइदिने तथा मनोवैज्ञानिक समस्याहरु ल्याउने त कसैलाई आक्रामक वा कसैलाई डिप्रेसनमा पुर्‍याइदिनु गरेको उनले बताए ।

    उनले भने, ‘आक्रामक बन्यो भने उ गुण्डागर्दी र हत्या–हिंसामा सलंग्न हुन्छ भने डिप्रेसनमा गयो भने आत्महत्याको मनस्थितिमा पुग्ने देखिएको छ ।’

    यस्ता गतिविधिमा कमी ल्याउन स्कुल तह र घरदेखि नै सुधारका काम शुरू गर्नुपर्ने उनी बताउँछन् ।

    मनोविद् यसो भन्छन्

    परिवारबाट साथ र सहयोग नपाउँदा बच्चाहरू अपराधिक गतिविधिमा बढी लाग्ने र कानून कार्यान्वयन फितलो हुँदा हत्याका घटनाहरू बढिरहेको मनोविद्हरू बताउँछन् ।

    मनोविद् स्वस्तिका पोखरेल भन्छिन्, ‘परिवारबाट सहयोग बच्चाले पाइराखेको छैन । उनीहरु शारीरिक तथा भावनात्मकरूपले जति बुवाआमाप्रति जति नजिक हुनुपर्ने हो त्यो भइराखेको छैन । त्यसैले अहिलेका किशोर–किशोरी एकदमै आक्रामक छन् ।’

    बच्चालाई परिवारले भौतिकरुपमा सुखसुविधा दिए पनि भावनात्मक सम्वन्धका अभाव रहेको उनी बताउँछिन् । बच्चाको फिलिङ्सलाई परिवारले नबुझ्दा पनि समस्या बढेको उनको बुझाइ छ ।

    अर्को कारण भने उनले बेरोजगारीलाई औंल्याइन् ।

    उनी सुनाउँछिन्, ‘एउटा २०/२२ वर्षको युवकले बिहे पनि गरिसकेको हुन्छ । बालबच्चा नि भइसकेको हुन्छ । परिवारले जसरी पनि कमाएर ल्याउ भनेर दबाब दिन्छन् । उसको भावनालाई परिवारले बुझ्दैनन् । तनावले उ ड्रग्सको कुलतमा फस्छ ।’

  • पुरुषको हत्या आरोपमा प्रेमिका पक्राउ

    पुरुषको हत्या आरोपमा प्रेमिका पक्राउ

    कैलाली । कैलालीको गोदावरी नगरपालिका–५ गेटामा मृत भेटिएका शिवचरण रानाको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय कैलालीले हत्या आरोपमा एक महिलालाई पक्राउ गरेको जनाएको छ । स्रोतका अनुसार हत्यामा संलग्न अभियुक्तले प्रहरीसमक्ष आफ्नो अपराध स्वीकार गरेकी छिन्।

    आरोपित युवती र मृतक रानाबीच प्रेम सम्बन्ध रहेको र त्यही सम्बन्ध बिग्रिएपछि हत्या गर्ने योजना बनाएको युवतीले प्रहरीलाई बयान दिएको स्रोतको भनाइ छ ।

    ४० हजार दिएर उनको हत्या गर्न लगाएको प्रहरी स्रोतको भनाइ छ । घटनामा संलग्न केही अझै फरार छन् ।