Tag: स्वास्थ्य सामाग्री

  • युवा नेता महरले दिए डडेल्धुरा अस्पताललाई स्वास्थ्य सामाग्री

    युवा नेता महरले दिए डडेल्धुरा अस्पताललाई स्वास्थ्य सामाग्री

    डडेल्धुरा । नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले डडेल्धुरा अस्पताललाई अक्सिजन कन्सट्रेटरसहितका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् ।

    अस्पतालका अध्यक्ष करुणाकर ओझाका अनुसार अक्सिजन कन्सट्रेटर, सिलिण्डर, मास्क, ग्लोभ्स, फेसशिल्ड, न्याबुलाइजर लगायतका सामाग्री युवा नेता महरले हस्तान्तरण गरेको जानकारी दिए ।

    नेविसंघको पूर्व अध्यक्ष समेत रहेका नेता महरले कोभिड १९ विरुद्धको लडाईम सक्रिय स्वास्थ्य संस्थालाई विभिन्न संस्था र साथीभाई मार्फत संकलित स्वास्थ्य सामाग्री सहयोग गरिएको बताए ।

    ‘डडेल्धुरा जिल्ला अस्पतालमार्फ यसक्षेत्रका हजारौं जनताले स्वास्थ्य सेवा लिदैं आएका छन् । हामीले गरेको सानो सहयोगले स्वास्थ्य सेवामा सहजता पुग्ने विश्वास लिएका छौं’, महरले भने ।

  • स्वीटजरल्यान्डद्वारा नेपाललाई महामारीविरुद्ध स्वास्थ्य सामग्री प्रदान (तस्विरहरु)

    स्वीटजरल्यान्डद्वारा नेपाललाई महामारीविरुद्ध स्वास्थ्य सामग्री प्रदान (तस्विरहरु)

    काठमाडौं । स्वीटजरल्यान्डले नेपाललाई कोभिड-१९ महामारीविरुद्ध स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।

    विशेष कार्गो बिमानमा ल्याइएका ती स्वास्थ्य सामाग्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वीस राजदूत एलिजाबेथ क्यापेलारले स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरिन् ।

    ल्याइएका तीन टन सामाग्रीमा ४० थान भेन्टिलेटर, अक्सिजन कन्सनट्रेटर, ११ लाख र्‍यापिड एन्टीजेन टेस्ट, १ लाख १० हजार मास्क, ५० हजार पञ्जा र १५ हजार पीपीई छन् ।

  • बेलायतले नेपाललाई खोप र स्वास्थ्य सामाग्री सहायता दिने

    बेलायतले नेपाललाई खोप र स्वास्थ्य सामाग्री सहायता दिने

    काठमाडौं । बेलायतले कोरोनाभाइरसविरुद्ध नेपाललाई स्वास्थ्य तथा आर्थिक सहायता गर्ने प्रतिबद्धता जनाएको छ ।

    परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग बुधबार भर्चुअल संवादका क्रममा बेलायतका कमनवेल्थ तथा दक्षिण एसिया मामिला मन्त्री लर्ड अहमदले उक्त प्रतिबद्धता जनाएका हुन् ।

    बेलायती दूतावासका अनुसार खोपको आपूर्ति, आर्थिक सहायता र अत्यावश्यक उपकरणको उपलब्धताबारे संवाद केन्द्रित थियो । साथै बेलायतले थप सहायता पनि नेपाललाई उपलब्ध गराउने मन्त्री अहमदले व्यक्त गरेका थिए ।

    दूतावासका अनुसार बेलायतले पोखरा र भक्तपुरस्थित कोरोना उपचार केन्द्रमा आवश्यक अक्सिजन प्लान्ट उपलब्ध गराउने समेत घोषणा गरेको छ । यो क्षमताको अक्सिजन प्लान्टले दैनिक डेढसय जनाको उपचार हुने जनाइएको छ ।

    परराष्ट्र मन्त्रालयका अनुसार भर्चुअल छलफलमा नेपालमा बढ्दो भाइरस संक्रमणलाई रोकथाम गर्नेबारे चर्चा भएको थियो । द्धिपक्षीय सहायताबारे पनि कुरा भएको जनाइएको छ ।

  • नेपालका २३ अस्पताललाई जापानले दियो स्वास्थ्य सामाग्री

    नेपालका २३ अस्पताललाई जापानले दियो स्वास्थ्य सामाग्री

    काठमाडौं । जापानले नेपालका २३ अस्पताललाई पोर्टेबल अल्ट्रासाउन्ड इमेज डायग्नोस्टिक सिस्टम प्रदान गरेको छ । जापनी राजदुत किकुता युताकाले आज आयोजित कार्यक्रममा ती स्वास्थ्य सामाग्री नेपाललाई हस्तान्तरण गरेका थिए ।

    कार्यक्रममा उनले भने, ‘अन्ट्रासाउन्ट डायग्नोस्टिक सिस्टम प्रयोग गर्न सहज छ र यसले कोभिड बिरामीको उपचारमा सहयोग पुर्‍याउनेछ ।’

    जापानले नेपालका २५ वटा अस्पताललाई उक्त स्वास्थ्य सामाग्री प्रदान गर्ने बताएको छ । नेपालस्थित जापानी राजदूतावासले मंगलबार विज्ञप्ती जारी गर्दै बाँकी सिस्टम मंगलबार र बुधबार सञ्‍चालनमा ल्याउने जनाएको छ ।

    जापानले २५ अस्पतालहरूलाई गत जनवरी २७ मा यसअघि ब्लड ग्यास एनलाइजर अनुदानमा दिएको थियो । आगामी महिनामा एक सय ६० अक्सिजन कन्सन्ट्रेटर र ६ एम्बुलेन्स अनुदानमा दिने तयारी जापानले गरेको छ ।

  • चीनको सहयोगमा प्राप्त हुने स्वास्थ्य सामग्री ल्याइँदै

    चीनको सहयोगमा प्राप्त हुने स्वास्थ्य सामग्री ल्याइँदै

  • खेलकुद पत्रकार मञ्चलाई राखेपद्धारा स्वास्थ्य सामाग्री प्रदान

    खेलकुद पत्रकार मञ्चलाई राखेपद्धारा स्वास्थ्य सामाग्री प्रदान

    काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल खेलकूद पत्रकार मञ्च (एनएसजेएफ)लाई सहयोगस्वरुप आज स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

    कोभिड-१९को जोखिम नियन्त्रण र रोकथामका लागि गरिएको निषेधाज्ञामा पनि सञ्चारकर्मीले अग्रपङ्क्तिमा रहेर काम गर्नुपर्ने अवस्थालाई ध्यानमा राखी राखेपले स्वास्थ्य सामग्री सहयोगस्वरुप प्रदान गरेको हो ।

    राखेपका सदस्य-सचिव रमेशकुमार सिलवालले एनएसजेएफका पूर्वअध्यक्ष निरञ्जन राजवंशीलाई १ सय थान सेनिटाइजर र २०० थान सर्जिकल मास्क हस्तान्तरण गरे ।

    यसअघि २०७६ साल चैतमा गरिएको लकडाउन अवधिमा पनि राष्ट्रिय खेलुकुद परिषद्ले एनएसजेएफलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो ।

  • १० स्वास्थ्य सामाग्रीमा कर छूट दिने सरकारको निर्णय

    १० स्वास्थ्य सामाग्रीमा कर छूट दिने सरकारको निर्णय

    काठमाडौं । सरकारले अक्सिजन, आइसियु बेड लगायतका १० स्वास्थ्य सामाग्री आयातमा कर छूट दिने निर्णय गरेको छ ।

    गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । ती सामग्रीको आयातमा लाग्न महसुल, मूल्य अभिवृद्धि कर तथा अन्त शुल्क समेत छुट दिने निर्णय सरकारले गरेको हो ।

    मन्त्रिपर्षिदले कोभिड-१९ को उपचारका लागि चाहिने अक्सिजन सिलिन्डर, आइसियु बेड, अक्सिजन फ्लो मिटर, सिरिन्ज पम्प, आइसियु मोनिटर लगायतका सामग्रीमा कर छूट दिने निर्णय गरेको हो ।