Tag: स्वास्थ्य मन्त्रालय

  • भारतमा संक्रमण बढेपछि स्वास्थ्य मन्त्रालयले भन्यो- जनस्वास्थ्यका मापदण्ड पालना गर्नुहोस्

    भारतमा संक्रमण बढेपछि स्वास्थ्य मन्त्रालयले भन्यो- जनस्वास्थ्यका मापदण्ड पालना गर्नुहोस्

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गरेको छ ।

    मन्त्रालयका प्रवक्ता डा सङ्गीताकौशल मिश्राले आज विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको सङ्क्रमण छिमेकी मुलुक भारतमा बढ्दै गएपछि नेपालमा पनि सङ्क्रमणको जोखिम रहेकाले जनस्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गरेकी छन्।

    ‘कोभिड–१९ को सङ्क्रमण भारतलगायत छिमेकी राष्ट्रमा पछिल्लो केही दिनमा बढ्दो क्रममा रहेको वर्तमान अवस्थामा सङ्क्रमणको जोखिम कायम नै रहेकाले सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका बढाउन संवेदनशील भई जिम्मेवार बनी जनस्वास्थ्यको मापदण्ड पालना गर्न÷गराउन मन्त्रालयले सबैलाई अनुरोध गरेको छ’, उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    उनले सङ्ख्यात्मकरूपमा सङ्क्रमण केही कम भएजस्तो देखिए पनि महामारीको जोखिम कायमै रहेको उल्लेख गरेकी छन् । मन्त्रालयले खोप लगाएको तीन महिना पूरा भएकालाई बुष्टर मात्रा खोप लगाउनसमेत आग्रह गरेको छ ।

    मन्त्रालयले कोभिड–१९ विरुद्धको पूर्ण मात्रा खोप लगाउन, खोप लगाउन प्रेरित गर्न र जारी खोप अभियानमा साथ दिनका लागिसमेत सबैलाई आग्रह गरेको छ ।

    वैशाखको पहिलो सातासम्म १५ जनाभन्दा कममा संक्रमण

    वैशाख महिनाको पहिलो हप्तामा सङ्क्रमण १५ जनाभन्दा नै कममा देखिएको छ । मन्त्रालयको तथ्याङ्कानुसार वैशाख १ गते चार जनामा सङ्क्रमण देखिएको छ । यस्तै वैशाख ७ गते १३ जनामा सङ्क्रमण देखिएको थियो । वैशाख २ मा १४, वैशाख ३ मा नौ, वैशाख ४ गते १२, वैशाख ५ गते १० र वैशाख ६ गते १० जनामा सङ्क्रमण देखिएको छ ।

  • फरक-फरक खोप नलगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

    फरक-फरक खोप नलगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

    काठमाडौं । स्वास्थ्य तथा जनंख्या मन्त्रालयले बुस्टर डोज लगाउँदा पहिल्यै लगाएको खोप लगाउन आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता अधिकारीले अतिरिक्त खोप सरकारले उपलब्ध गराइरहेकोले पहिला लगाएको खोप मात्रै लगाउनु पर्ने सुझाव दिए । उनले कोभिशील्ड र अस्ट्राजेनिका नाम फरक भए पनि बनाउने प्रक्रिया एकै भएकोले यी दुई खोपमा भने रोजेर लगाउन सकिने बताए ।

    सह प्रवक्ता अधिकारीले भने, ‘हामीले नेपालमा कोभिड १९ बिरुद्धको जुन भयक्सिन लगाएका छौँ । भेरोसेल, कोभिशील्ड र अस्ट्राजेनिका लगाएको अलि लामो समय भएको छ । ६ महिना भन्दा बढी भएको ६ महिना भन्दा बढी भएको छ । यस्तोमा हामीले जुन खोप लगाएका छौँ त्यही खोप लगाउने नै हाम्रो अध्ययनहरुको सिफारिस छ । विश्व स्वास्थ्य संगठनबाट पनि आएको छ । हामीले एउटा खोप लगाएकोमा अर्को खोप मिसाउने सिफारिस गरेका छैनौँ । सरकारको नीति त्यस्तो छैन । हामीले अध्ययन, अनुसन्धान हेरेर गरिएको सिफारिस हो ।’

    उनले विभिन्न अध्ययन र विश्व स्वास्थ्य संगठनले भनेअनुसार नै नेपाल सरकारले अतिरिक्त कोरोनाबिरुद्धको खोप लगाउने सम्बन्धी निर्णय गरेकोले पहिलो र दोस्रो डोजमा लगाएको खोप नै अतिरिक्त डोजको रुपमा लगाएमा मात्रै त्यसले सकारात्मक प्रतिक्रिया दिने बताए ।

  • हतारमा विद्यालय नखोल्न स्वास्थ्य मन्त्रालयको आग्रह

    हतारमा विद्यालय नखोल्न स्वास्थ्य मन्त्रालयको आग्रह

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न आग्रह गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग स्वास्थ्य मन्त्रालयले गरेको छलफलमा हतारमा विद्यालय नखोल्न आग्रह गरेको मन्त्रायलका प्रवक्ता कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

    उनले विद्यालय खोल्न वा नखोल्ने त्यहाँका रहेको स्थानीय तहले निर्धारण गर्ने बताए । उनले विद्यालय खोल्नुभन्दा अगाडि नजिकैको स्वास्थ्य संस्था र स्थानीय निकायसँग समन्वय गर्न भनेका छन् । उनले स्थानीय तहमा रहेको कोभिड–१९ को जोखिम आँकलन गरी जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको सिफारिसका आधारमा शिक्षा मन्त्रालयले जारी गरेको विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा–२०७७ पालना गरी मात्रा विद्यालय खोल्न भनिएको बताए ।

    शिक्षक, कर्मचारी र विद्यार्थीलाई कोभिड–१९ सँग आवश्यक अभिमुखीकरण गरी विद्यालय खोल्न भनिएको छ । विद्यालयले यही असोज १ गतेदेखि खोल्ने तयारी गरिएको छ । उनले विद्यालय खोल्नुअघि ती ठाउँमा परीक्षण र उपचारको व्यवस्था समुचित व्यवस्था मिलाउनुसमेत भनिएको छ । विद्यालय खोल्नुअघि बालबालिकाको स्वास्थ्य र उपचार गर्नुपर्ने उनले बताए ।

    उनले कोभिड–१९ को संक्रमण घटे पनि जोखिम नघटेको बताउए । ‘सबै पालिकामा एउटै अवस्था छैन । सबै विद्यालयमा पनि एउटै अवस्था छैन’, उनले भने, ‘त्यसैले विद्यालयको अवस्था र स्वास्थ्यको मापदण्ड पालना गर्नसक्ने स्थिति हेरी मात्र विद्यालय खोल्नुहोस् ।’

    छलफलमा स्वास्थ्यराज्यमन्त्री उमेश श्रेष्ठ, कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका प्रमुख बालानन्द शर्मा, शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलिया, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन), नेपाल निजी तथा आवासीय विद्यालय अर्गनाइजेश, (ऐनप्याब्सन) र अभिभावक सङ्घको सहभागिता थियो ।

  • तेस्रो लहर आउने नआउने कुरा जनतामा निर्भर हुन्छ, साँझ ८ बजेपछि एक समूह जोगियो  : स्वास्थ्य मन्त्रालय

    तेस्रो लहर आउने नआउने कुरा जनतामा निर्भर हुन्छ, साँझ ८ बजेपछि एक समूह जोगियो : स्वास्थ्य मन्त्रालय

    काठमाडौं । कोरोनाभाइरस संक्रमणको तेस्रो लहर आउने वा नआउने सर्वसाधारणमा निर्भर भएको जनस्वास्थ्यविद्ले जनाएका छन् ।स्वास्थ्य तथा जनससंख्या मन्त्रालयले अबको एक महिना अर्थात् असोज दोस्रो हप्ता संक्रमणको तेस्रो लहर आउने चेतावनी दिएको छ ।

    तेस्रो लहर आउने वा नआउने सर्वसाधारणमा निर्भर हुने विज्ञले बताएका छन् । निषेधाज्ञा खुकुलो र चाडपर्व सुरु भएसँगै आउजाउ बढेको र जनस्वास्थ्य सुरक्षा मापदण्ड लागू नगर्दा तेस्रो लहरको जोखिम बढेको बताइएको हो ।

    अहिले जनस्वाथ्यका मापदण्ड लागू नगर्दा गत साउनदेखि उकालो लागेको कोरोनाभाइरस संक्रमणदर अहिले पनि जारी छ । गत साउन १ गते दुई हजार ९३६ मा कोरोनाभाइरस संक्रमण देखिएकोमा गत साउन ७ गतेसम्म आइपुग्दा दुई हजार ७१४ जना संक्रमित पुगेका छन् । यस्तै हिजो (शुक्रबार) दुई हजार ६५, बिहीबार दुई हजार ४३३, बुधबार दुई हजार ४८२, मंगलबार दुई हजार ५२५ संक्रमण पुष्टि भएको छ ।

    मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले तेस्रो लहर आउने वा नआउने सर्वसाधारणमा निर्भर भएको बताए । ‘सर्वसाधारणले जनस्वास्थ्यका मापदण्ड लागू गरे भने तेस्रो लहर आउने सम्भावना कम हुन्छ’, उनले भने, ‘तेस्रो लहर नेपालमा भित्र्याउने कि नभित्र्याउने, कस्तो भेरियन्ट ल्याउने भन्ने जनताको हातमा छ ।’ भीडभाडमा हिँड्ने, जनस्वास्थ्यका मापदण्ड लागू नगर्ने हो भने नेपालमा पनि तेस्रो लहर नआउने भन्न नसकिने उनको भनाइ छ । उनले सरकारले मात्र संक्रमण नियन्त्रण गर्न नसकिने भन्दै सर्वसाधारणले पालना गरेको मापदण्डका आधारमा संक्रमण नियन्त्रण गर्न सकिने जानकारी दिए ।

    गत वर्ष निधेषाज्ञा खुला भएसँगै सर्वसाधारणले जनस्वास्थ्यमा मापदण्ड लागू नगरेकाले गत चैतमा दोस्रो सातादेखि दोस्रो लहरको संक्रमण फैलिएको थियो । दोस्रो लहरमा मुलुकमा धेरै नै मानवीय क्षति भएको थियो । अहिले नेपालमा कोरोनाको डेल्टा भेरियन्ट संक्रमण आइरहेको छ ।

    संक्रमणको चौथो तह

    मन्त्रालयका प्रवक्ता डा. पौडेलका अनुसार अहिले नेपालमा समुदायस्तरमा संक्रमण फैलिरहेको छ । ‘अहिले समुदायस्तरमा संक्रमण फैलिरहेको छ । यसरी फैलिनु भनेको देशको सबै भागमा संक्रमणको तेस्रो वा चौथो तह भन्ने बुझिन्छ’, उनले भने, ‘कुनै पनि जिल्ला वा गाउँमा संक्रमण छैन भन्ने अवस्था छैन । संक्रमण फैलिरहेको हुनाले कति सचेत भएर रोक्न सक्छौँ भन्ने कुरा हो ।’

    उनले तेस्रो लहरका लागि अहिले मानिसमा बनेको रोग प्रतिरोधात्मक क्षमताले कति काम गर्छ भन्ने अध्ययनका क्रममा रहेको जानकारी दिए । पाँच/छ महिना अघि खोप लगाएका मानिसको पनि रोग प्रतिरोधात्मक क्षमता घटेकाले तेस्रो लहरसँग सचेत हुनुपर्ने बताए । ‘अहिले भन्दा कमजोर भेरियन्ट आए समस्या हुँदैन’, उनले भने, ‘तर अहिलेको भन्दा बलियो आए समस्या आउन सक्छ ।’

    पीसीआर परीक्षण गर्दा अहिले १९.५ प्रतिशतमा संक्रमण देखिएको छ । संक्रमित सबैले परीक्षण नगराउँदा पनि संक्रमणको यकीन तथ्याङ्क बाहिर नआएको मन्त्रालयले जनाएको छ । अहिले पनि सामान्य रुघाखोकी, ज्वरो आएका मानिस परीक्षण गराउन नगएकाले घरमै संक्रमित रहेको मन्त्रालयका प्रवक्ता डा. पौडेलले जानकारी दिए । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बाँस्तोलाले मानिस आफैँ सचेत भएर संक्रमणलाई रोक्नुपर्ने बताए । उनले दैनिक १० देखि २० जना अस्पतालमा आइसकेको भन्दै खोप लगाएका मानिसबाट पनि संक्रमण सर्नसक्ने भएकाले स्वास्थ्यको मापदण्ड लागू गर्न आग्रह गरे ।

    मन्त्रालयले तेस्रो लहर आउनसक्ने भएकाले सबै स्वास्थ्य सङ्घसंस्थालाई अक्सिजन, शैय्यालगायतका पूर्वाधार तयारी अवस्थामा राख्न अनुरोध गरिएको छ । तेस्रो लहरले बालबालिकालाई बढी प्रभाव पार्ने भएकाले उनीहरुका लागि सघन उपचार कक्ष र भेन्टिलेटर तयारी अवस्थामा राख्न निर्देशनसमेत दिएको छ ।

    मन्त्रालयले कामै नपरी घर बाहिर निस्किने, अनावश्यकरुपमा जमघट गर्ने जस्ता कार्य गर्दा कोरोना फैलिएर तेस्रो लहर नआउला भन्न सकिन्न । त्यसैले जिम्मेवार नागरिक भई भीडभाड भएको ठाउँमा नजान र घरबाट निस्किँदा सधै सही तरिकाले मास्क लगाउन र एक अर्काबीच कम्तीमा दुई मिटरको दूरी कायम गर्न मन्त्रालयले आग्रह गरेको छ ।

    साँझ ८ बजेपछि एक समूह जोगियो

    मन्त्रालयका प्रवक्ता डा. पौडेलले साँझ ८ बजेपछि होटेल रेस्टुरेन्ट बन्द गरेर एउटा समूह संक्रमणको जोखिमबाट जोगिएको उनको भनाइ छ । ‘रेस्टुरेन्टमा बसेर खाना, खाजा खानेले मास्क लगाउँदैनन्’, उनले भने, ‘तर साँझ ८ बजेपछि रेस्टुरेन्ट बन्द हुँदा एउटा समूह संक्रमणको जोखिमबाट जोगिएको छ ।’

  • वर्षायाममा कोभिड बाहेकका रोग फैलन सक्ने भएकाले सतर्क रहन अपिल

    वर्षायाममा कोभिड बाहेकका रोग फैलन सक्ने भएकाले सतर्क रहन अपिल

    काठमाडौं । वर्षायाम सुरु भएसँगै कोभिड-१९ बाहेकका अन्य रोग पनि फैलिन सक्ने भन्दै स्वास्थ्य मन्त्रालयले सचेत रहन अपिल गरेको छ ।

    स्वास्थ्य मन्त्रालयले बिहीबार एक विज्ञप्ती जारी गर्दै बाढीपहिरोको जोखिम सँगै कोभिड संक्रमण, पानीजन्य रोगहरु, लामखुट्टेको टोकाइबाट हुने रोगहरु बढ्न सक्ने भएकाले सजग रहन भनेको हो ।

    विपत्तिको परिस्थितिमा सबै संयन्त्रहरु परिचालन गरी क्षतिको न्यूनिकरण गर्न, जनधनको रक्षा गर्ने कार्यमा सरकार जुटिरहेको पनि मन्त्रालयले उल्लेख गरेको छ ।

    सिन्धुपाल्चोक, मनाङ, म्याग्दी, बाजुरा, डोटी लगायतका विभिन्न जिल्लामा बाढीपहिरोले क्षति पुर्‍याएको जनाइएको छ । मन्त्रालयले घाइते तथा प्रभावितहरुको उपचारको लागि प्रबन्ध मिलाउने कार्य गरिरहेको समेत जानकारी गराएको छ ।

  • खोप वितरणमा अनियमितता गर्नेलाई छानविनको दायरामा ल्याइनेछ : स्वास्थ्य मन्त्रालय

    खोप वितरणमा अनियमितता गर्नेलाई छानविनको दायरामा ल्याइनेछ : स्वास्थ्य मन्त्रालय

    काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोभिड-१९ विरुद्धको खोप वितरणमा अनियमितता भएको पाइएमा कारवाही हुने बताएको छ । आज आइतबार नियमित प्रेस बिफ्रिङमा मन्त्रालयका प्रमुख डा. झलक गौतमले उक्त कुरा बताए ।

    उनले भने, ‘चिनजान, दबाबको भरमा खोपको मापदण्ड तोडेर खोपको ‘मिसयुज’ गर्नेलाई सरकारले छानिबिनको प्रक्रियामा अगाडी बढाइने छ ।’

    पछिल्लो समय ६२, ६३ र ६४ वर्ष उमेरकालाई खोप लगाइएपछि खोप अभियान स्थगित भएको थियो । पहिलो मात्रा दिने अभियानमा अनियमितता भएको र लक्षित समूहभन्दा बाहिरका व्यक्तिले खोप लिएको भन्ने कुरा उठेपछि सरकारले कारवाही गर्ने बताएको हो ।

     

     

  • सामाजिक सुरक्षा कोषमा समावेश गर्न र न्यूनतम पारिश्रमिक दिन स्वास्थ्य मन्त्रालयको निर्देशन

    सामाजिक सुरक्षा कोषमा समावेश गर्न र न्यूनतम पारिश्रमिक दिन स्वास्थ्य मन्त्रालयको निर्देशन

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्ना सबै कर्मचारीलाई अनिवार्य सामाजिक सुरक्षा कोषमा सहभागी गराउन र अनिवार्य न्यूनतम पारिश्रमिक उपलब्ध गराउन सबै अस्पताललाई निर्देशन दिएको छ ।

    मन्त्रालय मातहतको स्वास्थ्य आपतकालिन कार्यसंचालन केन्द्रले एक विज्ञप्ती जारी गर्दै सामाजिक सुरक्षा कोषमा सहभागि नभएको र न्यूनतम पारिश्रमिक भन्दा कम पारिश्रमिक दिइएको गुनासा पाइएको भन्दै सबै अस्पतालाई अस्पतालमा कार्यरत कर्मचारीलाई कोषमा अनिवार्य समावेश गर्न र न्यूनतम पारिश्रमिक दिन निर्देशन दिएको हो ।

    सोमबार बसेको मन्त्रीस्तरीय बैठकले यस्तो निर्णय गरेको केन्द्रका प्रमुख डा.समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले सोमबार नै आयोजना गरेको पत्रकार सम्मेलनमा पनि सामाजिक सुरक्षा कोषमा समावेश भए नभएको र न्यूनतम पारिश्रमिक लागू भए नभएको विषयमा अनुगमन गरिने जानकारी गराइसकेका छन् ।

  • मनसुनमा आउने स्वास्थ्य समस्यासँग सामना गर्न स्वास्थ्य मन्त्रालय तयार : प्रवक्ता पौडेल

    मनसुनमा आउने स्वास्थ्य समस्यासँग सामना गर्न स्वास्थ्य मन्त्रालय तयार : प्रवक्ता पौडेल

    काठमाडौं । स्वास्थ्य मन्त्रालयले वर्षायामको बेलामा हुनसक्ने सम्भावित स्वास्थ्य समस्याहरुको सामना गर्न आफू तयारी अवस्थामा रहेको जनाएको छ ।

    विपत्तिको बेलमा आइपर्ने विभिन्न स्वास्थ्य समस्याको सामना गर्न मन्त्रालय तयारी अवस्थामा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले बताए ।

    वर्षायाममा डेंगु, मलेरिया, झाडापखाला, ज्वरो लगायतको स्वास्थ्य समस्या आउने भन्दै उनले ती समस्या समाधानका निम्ति मन्त्रालय तयारी अवस्थामा रहेको जनाए । विपतबाट तुरुन्त उद्दार गर्नका लागि प्रत्येक स्थानीय तहमा र्‍यापिड रेन्स्पोन्स टीम गठन गर्नका लागि स्वास्थ्यकर्मीलाई तालिम दिएर राखिएको पनि उनले जनाए ।

    उनले भने, ‘प्रत्येक स्थानिय तहमा र्‍यापिड रेन्सपोन्स टीम कसरी गठन गर्ने भनेर स्वास्थ्यकर्मी र स्वास्थ्य कार्यालयहरुलाई तालिम दिएर जनशक्ति तयारी अवस्थामा राखिएको छ । मनसुनसँगै झाडापखाला, ज्वरो, मलेरियाका बिरामी बढी देखिन्छन् । उपचारात्मक सेवा र प्रर्वद्धनात्मक सेवा सँगसँगै जानुपर्ने हुन्छ । स्थानीय तहमा रहेका द्रुत प्रतिकार्य समिति (र्‍यापिड रेन्पोन्स टीम)ले रेस्पोन्स गर्नुहुन्छ ।’

    उनले भने, ‘डेंगु लगायतका विमारलाई चाहिने एन्टिजेन किट, परिक्षण सामग्री, मलेरियाको आरडिटी, डेंगुको किट, झाडापखालाको लागि जीवनजल लगायत औषधीको व्यवस्थापन केन्द्रीय स्टोर, प्रदेशस्थित मेडिकल स्टोर र जिल्लाहरुसँगको समन्वयमा त्यो व्यवस्थापनको काम हुन्छ । त्या नियमित काम भित्रै हुन्छ ।’

    स्थानीय तह तथा प्रदेशले केन्द्र सरकारसँग माग गरेको खण्डमा केन्द्रमा पनि र्‍यापिड रेस्पोन्स टिम बनाइसकेको उनले जनाए ।

  • कोभिडको तेस्रो र चौथो लहरको खतरा, बालबालिकाका लागि २० प्रतिशत बेड तयारी हालतमा राख्न पत्राचार

    कोभिडको तेस्रो र चौथो लहरको खतरा, बालबालिकाका लागि २० प्रतिशत बेड तयारी हालतमा राख्न पत्राचार

    काठमाडौं । सरकारले कोभिड महमारीको तेस्रो र चौथो लहरले बालबालिका बढी संक्रमित हुन सक्ने भन्दै सबै सरकारी तथा निजी अस्पताललाई कम्तीमा २० प्रतिशत बेड तयारी अवस्थामा राख्न अनुरोध गरेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सबै अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई पत्राचार गरी बालबालिकाको उपचारमा प्रयोग हुने गरी अस्पतालका २० प्रतिशत बेड राख्न अनुरोध गरेको हो ।

    अस्पतालहरूलाई अक्सिजनको समेत व्यवस्थापन गर्न भनेको छ । दोस्रो लहरले युवा र प्रौढहरुलाई असर गरेकोले अहिलेको तयारी सो समुदाय लक्षित रहेकाले बालवालिकालाई सुरक्षित गराउन तेस्रो र चौथो लहर आउनुअघिनै सरकारले सजगता अपनाएको हो ।

  • नेपालमा नयाँ भेरिएन्ट भेटिएको भन्ने विदेशी मिडियाको दाबी गलत : स्वास्थ्य मन्त्रालय

    नेपालमा नयाँ भेरिएन्ट भेटिएको भन्ने विदेशी मिडियाको दाबी गलत : स्वास्थ्य मन्त्रालय

    काठमाडौं । स्वास्थ्य मन्त्रालयले अन्तर्राष्ट्रिय संचारमाध्यममा नेपालमा कोरोनाभाइरसको नयाँ प्रजाति भेटिएको भन्ने प्रकाशित समाचारप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

    विहिबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले अहिलेसम्म नेपालमा अल्फा, डेल्टा, गामा र कप्पा नामक भेरिएन्ट भेटिएको बताउँदै नयाँ भेटिएको भन्ने खबर पूर्णतः गलत रहेको बताएको छ ।

    प्रवक्ता कृष्णप्रसाद पौडेलद्वारा जारी वक्तव्यमा नेपालमा भेरिएन्ट अफ कन्सर्नमा अल्फा र डेल्टा मात्र रहेको उल्लेख छ । मन्त्रालयले आधिकारिक सूचना नआइकन भ्रामक सूचना सम्पे्रषण नगर्न र जिम्मेबार बन्न सचेत गराएको छ ।

    विश्व स्वास्थ्य संगठनको नेपाल कार्यालयले पनि नेपालमा नयाँ भेरिएन्ट भेटिएको प्रमाण फेला नपरेको जनाएको छ ।

    विहिबार बेलायती अखबार डेली मेलले नेपाली भेरिएन्ट युरोपमा फैलिएको समाचार लेखेको थियो ।

  • निषेधाज्ञा लागू भएको महिना बित्दा पनि संक्रमण दर अपेक्षित घटेन : स्वास्थ्य मन्त्रालय

    निषेधाज्ञा लागू भएको महिना बित्दा पनि संक्रमण दर अपेक्षित घटेन : स्वास्थ्य मन्त्रालय

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निषेधाज्ञा लागू गरेको एक महिना बितिसक्दा पनि संक्रमण दर नियन्त्रणमा आउन नसकेको बताएको छ ।

    नेपाल प्रेससँग मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले भने, ‘परीक्षण गराउन गएकामध्ये ३० प्रतिशतको हारहारीमा अझै संक्रमित भेटिएका छन् । दैनिक संक्रमण यति भेटिनु जोखिमकै अवस्था हो ।’

    निषेधाज्ञा र जनस्वास्थ्यका मापदण्डलाई प्रभावकारी रुपमा पालना गर्नुपर्ने उनको सुझाव छ । मन्त्रालयले निषेधाज्ञालाई अझै कडाइ गर्नुपर्ने र तत्काल खुकुलो गर्दा संक्रमण पुनः बढ्ने सुझाव दिएपछि काठमाडौंका तीनै प्रमुख जिल्ला अधिकारी खुकुलो बनाउने निर्णयबाट पछि हटेका थिए ।

    निषेधाज्ञामा आवागमन ६० देखि ७० प्रतिशत मात्र घटेको जनाइएको छ ।

    यसैबीच, मन्त्रालयले ग्रामिण क्षेत्रमा पर्याप्त भाइरस संक्रमणको परीक्षण हुन नसकेको समेत बताएको छ । प्रवक्ता पौडेलले ग्रामिण क्षेत्रमा परीक्षण हुन बाँकी रहेको समेत बताए । गाउँबाट एन्टीजेन परीक्षणको रिपोर्ट आउनमा ढिलाइ हुने पनि उनको भनाई छ ।

    बुधबारदेखि सरकारले पीसीआर परीक्षण पनि घटाएको छ । मृत्युदर नघट्नु तथा संक्रमण घट्नुले संक्रमणको जोखिमकै बीच निषेधाज्ञा हटाउन लागिएको हो कि भन्ने आशंका छ ।

    प्रवक्ता पौडेलले लक्षण भएका व्यक्ति परीक्षण गर्न नगएको र परीक्षण केन्द्रसम्म जान निषेधाज्ञाले समस्या भएकाले त्यसो भएको हुनसक्ने बताए । सरकारले पीसीआर परीक्षण घटाएको नभई एन्टीजेन परीक्षण ७७ जिल्लामै पुर्‍याएको समेत बताए ।

    यतिबेला मुलुकका ४८ जिल्लामा सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांक छ ।

  • स्वास्थ्यकर्मी कुटपिट गर्नेलाई कडा कारवाही गर्न स्वास्थ्य मन्त्रालयको माग

    स्वास्थ्यकर्मी कुटपिट गर्नेलाई कडा कारवाही गर्न स्वास्थ्य मन्त्रालयको माग

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालगञ्जको भेरी अस्पतालमा स्वास्थ्यकर्मीहरूमाथि आक्रमण गर्ने समूहलाई कडाभन्दा कडा कारवाहीको माग गरेको छ । मन्त्रालयले शुक्रबार एक विज्ञप्ती जारी गर्दै पेशागत धर्म निर्वाह गरिरहेका स्वास्थ्यकर्मीमाथि भएको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

    मन्त्रालयका सह–प्रवक्ता डा.समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसरी कहीँकतै कसैले कुनै पनि बहानामा स्वास्थ्यकर्मीमाथि गर्ने उच्छृङ्खल,गैरकानुनी अमानवीय गतिविधिहरुमा शुन्य सहनशीलता राखी कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८, मुलुकी फौजदारी कार्यसंहिता ऐन २०७२, स्वास्थ्यकर्मी तथा स्वास्थ्य सुरक्षासम्बन्धी ऐन २०६६ आदि अनुसार कडाभन्दा कडा कारवाहीको प्रवन्ध गरिदिनु हुन सम्वन्धित सवैमा अनुरोध छ ।’

     

  • अक्सिजन सिलिण्डर फिर्ता गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

    अक्सिजन सिलिण्डर फिर्ता गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले व्यक्तिगत वा अन्य कुनै तरिकाले लगिएका अक्सिजन सिलिण्डर फिर्ता गर्न आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले आज सूचना जारी गर्दै व्यक्तिगत, संस्थागत, आइसोलेशन केन्द्र र अस्पतालमा प्रयोगका लागि लगिएका सिलिण्डर जुन कम्पनी वा अस्पतालको हो उसैलाई फिर्ता गर्न अनुरोध गरेका छन् ।

    उनले अक्जिसनको आपूर्ति सहज भए पनि व्यक्तिगत वा संस्थागत रूपमा लगिएका सिलिण्डर फिर्ता नगर्नाले समस्या भएको बताएका छन् । उनले भने, ‘एउटा उद्योगका अक्सिजन सिलिण्डर अन्यत्र जाने क्रम पनि अत्यधिक बढिरहेको छ । यसले आगामी दिनमा समस्या निम्त्याउने देखिन्छ’, सहप्रवक्ता डा. अधिकारीले जारी गरेको सूचनामा भनिएको छ, ‘विभिन्न व्यक्ति तथा सङ्घसंस्थाले व्यक्तिगत, आइसोलेशन केन्द्र र अस्पतालमा प्रयोगका लागि विभिन्न तरिकाले लगेका अक्सिजन सिलिण्डर समयमा नै जुन कम्पनी वा अस्पतालका सिलिण्डर हुन तिनै अक्सिजन उत्पादक कम्पनी वा अस्पतालमा पुग्ने गरी आवश्यक व्यवस्था मिलाउन अनुरोध छ ।’

    सूचनामा अक्सिजन सिलिण्डर देशका दूरदराजमा वा व्यक्तिका घरमा थन्किएर रहेमा अस्पतालमा रहेका सघन उपचाररत संक्रमितलाई समस्या पर्ने उल्लेख गरिएको छ । उनले संक्रमणको महामारीको समयमा अक्सिजन जस्तो औषधीय विषयमा प्राविधिक ज्ञान र विवेकभन्दा बाहिर गएर निर्णय गर्ने/गराउने कार्यलाई बन्द गर्न/गराउन तथा अस्पतालको आपूर्ति प्रणालीभन्दा बाहिर नजाने गरी समन्वयको व्यवस्थापन गर्नसमेत अनुरोध गरेका छन् ।

    मन्त्रालयका अनुसार अहिले ३२ वटा अस्पतालमा अक्सिजन प्लान्ट र तीन अस्पतालमा तरल अक्सिजन प्लान्ट रहेका छन् । संक्रमणको दोस्रो लहर आइसकेपछि सरकारले ९०० अक्सिजन कन्सन्ट्रेटर र पाँच हजार अक्सिजन सिलिण्डर ल्याएको छ । मन्त्रालयले अहिले हप्तामा ७० देखि ८० टन तरल अक्सिजन भारतमा आयात गरिरहेको छ ।
    -रासस

  • स्वास्थ्य मन्त्रालयका प्रवक्ताबाट जागेश्वर गौतम हटे, प्रवक्ताको जिम्मेवारी समीर अधिकारीलाई

    स्वास्थ्य मन्त्रालयका प्रवक्ताबाट जागेश्वर गौतम हटे, प्रवक्ताको जिम्मेवारी समीर अधिकारीलाई

    काठमाडौं । वीर अस्पताल (कोभिड-१९) अस्पतालको प्रमुख प्रशासकीय अधिकारीमा जागेश्वर गौतम नियुक्त भएका छन् ।

    मन्त्रालयका प्रशासन महाशाखा प्रमुख दामोदर रेग्मीका अनुसार मन्त्रीस्तरीय निर्णयबाट डा. गौतमलाई उक्त पदमा नियुक्त गरिएको हो ।

    आफूले पूर्णकालिनरुपमा उक्त पद सम्हाल्न लागेको गौतमले नेपाल प्रेसलाई जानकारी दिए । गौतम यसअघि मन्त्रालयका प्रवक्ता थिए ।

    गौतमको जिम्मेवारी फेरिएसँगै प्रवक्ताको जिम्मेवारी सह-प्रवक्ता डा. समीर अधिकारीले सम्हाल्नेछन् ।

  • १२ अस्पतालका लागि थप ८ करोड १० लाख स्वीकृत

    १२ अस्पतालका लागि थप ८ करोड १० लाख स्वीकृत

    काठमाडौं । अक्सिजन प्लान्ट स्थापना, अक्सिजन ट्यांक, एचडीयू जडान र पीसीआर मेसिन खरिदका लागि अर्थ मन्त्रालयले १२ वटा अस्पतालका लागि थप ८ करोड १० लाख रूपैयाँको सहमति दिएको छ ।

    बजेट दिइएका अस्पतालमा त्रिवि शिक्षण अस्पताललाई ८० लाख, जिल्ला अस्पताल चौतारालाई ७५ लाख, जिल्ला अस्पताल दैलेखलाई ७५ लाख, जिल्ला अस्पाताल धनकुटालाई ७५ लाख, जिल्ला अस्पताल जलेश्वरलाई ७५ लाख, जिल्ला अस्पताल इलामलाई ७५ लाख रूपैयाँ रहेको छ ।

    यस्तै जिल्ला अस्पताल संखुवासभालाई ८० लाख, रामेछाप अस्पतालका लागि ७५ लाख, चौरजहारी अस्पताल रुकुमपश्चिमका लागि ७५ लाख, टीकापुर अस्पताल कैलालीका लागि ७५ लाख, ओखलढुङ्गा अस्पतालका लागि २५ लाख र व्यास अस्पतालका लागि २५ लाख छ ।

    स्वास्थ्य मन्त्रालयको माग अनुसार अर्थले कोभिड नियन्त्रण, उपचार तथा रोकथामका लागि आवश्यक सामग्री तथा पूर्वाधारको व्यवस्था गर्न यसअघि पनि बजेट सहमति दिँदै आएको अर्थ मन्त्रालयले जनाएको छ ।

  • अक्सिजनको अभाव घट्दैछ : स्वास्थ्य मन्त्रालय

    अक्सिजनको अभाव घट्दैछ : स्वास्थ्य मन्त्रालय

    काठमाडौं । विश्वभर फैलिएको कोरोनाभाइरस दोस्रो लहरका रुपमा नेपालमा प्रवेश गरेसँगै यहाँको जनजीवन अस्तव्यस्त भएको छ । दोस्रो लहर भनिएको महामारी आएसँगै देशैभरि अक्सिजनको अभाव देखिएको छ ।

    यसका कारण देशले सोचेभन्दा बढी मानवीय क्षति व्यहोर्नुपरेको छ । देश विदेशको सहयोगका कारण अहिले संक्रमितहरुका लागि अक्सिजनको अभाव विस्तारै टर्दै गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयको यो जानकारीसँगै आगामी दिनमा कोभिड उपचार केही सहज हुने अपेक्षा गरिएको छ ।

    कोभिड-१९ का कारण मङ्गलवारसम्म कोभिड संक्रमणमा परेका तीन लाख ५२ हजार ४१४ मानिस निको भएका छन् । निको हुने दर ७४.६ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयलको तथ्याङ्क बताउँछ । अहिलेसम्म पाँच हजार ४११ जनाको यही संक्रमणजन्य जटिलताबाट ज्यान गएको छ । नागरिकलाई आफ्ना परिवारका सदस्य अनि आफन्त गुमाउनु पर्दाको पीडाले दिन प्रतिदिन पिरोल्दै गएको छ ।

    नेपालमा रहेका अस्पलात, स्वास्थ्य क्षेत्रका जनशक्ति र स्रोत साधनले नै धान्न नसक्ने गरी कोभिड-१९ को संक्रमण फैलिएपछि उपचारमा समेत निकै कठिनाई भएको देखिएको छ । आफ्ना नागरिकलाई कोभिडबाट बचाउन देशको स्रोत र साधानले नभ्याउने अवस्था भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सहयोगका लागि विश्व समुदायसँग आग्रह समेत गरेका छन् ।

    कोभिड-१९ को दोस्रो लहरमा धेरै बिरामीलाई अक्सिजनको आवश्यकता पर्‍यो । तर पर्याप्त मात्रामा अक्सिजनको पूर्ति हुन नसकेपछि धेरैले ज्यान गुमाउनु पर्‍यो । चीन सरकारले अनुदानस्वरुप नेपाललाई प्रदान गरेको २० हजार अक्सिजन सिलिण्डर नेपाल वायुसेवा निगममार्फत् केही ल्याइएको छ भने केही तातोपानी नाकाहुँदै नेपाल आइपुगेका छन् ।

    त्यस्तै खाडी मुलुकमा कार्यरत नेपालीहरुले सरकारलाई शनिबार ५६० थान अक्सिजन सिलिन्डर पठाएका छन् । नेपालमा अक्सिजन सिलिन्डरको अभाव भएको थाहा पाएपछि खाडी मुलुक संयुक्त अरब इमिरेट्स, कतार, ओमन, साउदी अरब, कुवेत, बहराइनमा कार्यरत नेपालीले रकम सङ्कलन गरेर नेपाललाई अक्सिजन सिलिन्डर पठाएका हुन् । देश तथा विदेशमा बस्ने नागरिकले पनि यो विपद्का बेला सक्दो प्रयास गरिरहेका छन् । यसबीचमा सर्वोच्च अदालतले पनि नागरिकको उपचामा कुनै कसर बाँकी नराख्न आदेश जारी गरेको छ ।

    सर्वोच्चको आदेशः उपचारको उचित व्यवस्था गर्नु

    सर्वोच्च अदालतले कुनै पनि कोरोना संक्रमित बिरामीको उपचारपछि मात्र घर फर्किने गरी व्यवस्था मिलाउन सरकारका नाममा सोमबार अन्तरिम आदेश दिएको छ ।

    न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले दिएको आदेशमा भनिएको छ, ‘उपचारमा सबै संक्रमितको सहज र समान पहुँच स्थापित होस्, अक्सिजन वा पर्याप्त उपचार अभावमा कोही संक्रमितको मृत्यु नहोस् ।’ त्यस्तै, प्रदेश र स्थानीय तहमा पनि कोभिडको उपचार हुनसक्ने गरी पूर्वाधार र अन्य व्यवस्थापन मिलाउनू भनिएको छ ।

    ‘पहिलो चरणको खोप लगाउनेले दोस्रो चरणको र सबै नेपालीले खोप पाउने सुनिश्चित गर्नु’-आदेशमा भनिएको छ, ‘कोरोना महामारीको तेस्रो चरण र यसपछि आउन सक्ने सम्भावित संक्रमणको पूर्वतयारी गर्नु, महामारी नसकिएसम्म १५-१५ दिनमा कामकारबाहीको प्रगति विवरण अदालतलाई बुझाउनु ।’ सर्वोच्च अदालतले नागरिकको जीवन रक्षाका लागि स्वास्थ्य मन्त्रालयलाई उक्त आदेश दिएको हो । मन्त्रालयले अब संक्रमितलाई बचाउन समस्या नभएको जनाएको छ ।

    अक्सिजनको अभावमा बिरामी मर्नु पदैन : स्वास्थ्य मन्त्रालय

    स्वास्थ्य तथा जासंख्या मन्त्रालयले अस्पतालमा अक्सिजनको अभाव भएर कुनै पनि बिरामीले ज्यान गुमाउनुपर्ने अवस्था नभएको बताएका छन् । ‘बाहिर आएजस्तो एकदमै अभाव भनेर ३/४ दिनअघिको जस्तो अवस्था छैन’, मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने, ‘अहिले ट्याङ्करबाटै झोल अक्सिजन ल्याएर अस्पताल/अस्पतालमा गएर खाँली सिलिण्डरमा हाल्ने काम भएको छ, दिनमै चार/पाँच हजार एकै ठाउँमा प्रयोग गर्नुपरे पनि पुगेको छ ।’ उनले आफैले अक्सिजन बोकेर ल्याउनुपर्ने भनेर बिरामीका आफन्तलाई भन्नुपर्ने अवस्था नभएको र अबको तीन/चार दिनमा देशभर कुनै पनि ठाउँमा अक्सिजनको अभाव नहुने बताए ।

    नागरिकको जीवन पहिलो प्राथमिकता : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ बाट नागरिकको जीवन बचाउनु सरकारको पहिलो प्राथमिकताको काम भएको पटकपटक प्रतिवद्धक्ता व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले तेस्रो पटक प्रधानमन्त्रीकारुपमा कार्यभार शुरु गरेपछि कोभिड-१९ को रोकथाम, नियन्त्रण र उपचारका लागि अपनाउनुपर्ने नीति, चाल्नुपर्ने कदम, गर्नुपर्ने कार्यहरूमा सम्पूर्ण सामथ्र्य, स्रोत साधन लगाएर गम्भीरतापूर्वक लाग्न निर्देशन दिएका थिए।

    नेपालमा संक्रमणको दरमा कमी ल्याउन देशभरका ७३ जिल्लामा निषेधाज्ञा आदेश जारी गरिएको अवस्थामा नागरिकको जीवन रक्षालाई पहिलो प्राथामिकतामा राखी यस संक्रमणको रोकथाम, नियन्त्रण र उपचारकामा सरकारले आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गर्न निर्देशन दिएको हो।

    सरकारबाट कोभिड-१९ नियन्त्रणका लागि भएका प्रयासमा संक्रमितका लागि अक्सिजनको अभाव हुन नदिन तत्काल अक्सिजन प्लान्ट खरिद गरिने, संक्रमित सबैको उपचार गर्न सक्ने गरी अस्पताल एवं स्वास्थ्य संस्थाहरूमा जीवनरक्षक औषधिलगतालयका स्वास्थ्य सामग्रीको पर्याप्त व्यवस्था गरी भौतिक तथा संस्थागत पूर्वाधार विकास गरिने, कोभिड-१९ को उपचार र व्यवस्थापनमा कमी हुन नदिनका लागि आवश्यक चिकित्सकलगायतका स्वास्थ्यकर्मी थप गरी अग्रपङ्तिमा खट्ने सम्पूर्ण स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मीलगायत कर्मचारीहरूलाई प्रोत्साहन सुविधा उपलब्ध गराइने रहेको छ ।

    कोभिड-१९ विरुद्धको खोप लगाउने व्यवस्था गरिने, कोभिड-१९ महामारीबाट उद्योग, व्यवसाय, उत्पादन र रोजगारीमा परेको प्रभावलाई सम्बोधन गर्न विशेष व्यवस्था गरिनेलगायतका विषयमा गम्भीरतापूर्वक प्राथमिकता निर्धारण गरी कार्यसम्पादन शुरु गरेको छ । कोभिड-१९ को रोकथाम, नियन्त्रण र उपचारसँग सम्बन्धित स्वास्थ्य सामग्री, उपकरण, औषधीलगायतका सामग्रीको पैठारीमा लाग्ने कर छुट दिने, अक्सिजन, अक्सिजन सिलिन्डर, अक्सिजन कन्सन्ट्रेटर आयात गर्दा लाग्ने भन्सार, मूल्य अभिवृद्धि कर लगायतका अन्य सबै कुर छुट दिने व्यवस्था गरेको छ ।

    सरकारले कोभिड-१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि अस्पतालहरुको क्षमता अभिवृद्धि र अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांक, एचडियुलगायत स्वास्थ्य सामग्रीका लागि अर्थ मन्त्रालयले ४ अर्ब ३१ करोड ८५ लाख ६० हजार रुपैयाँ सहमति भएको छ ।

    कोभिड नियन्त्रण द्रूत कार्ययोजना कार्यान्वयन गर्न १४ अर्ब रुपैयाँसम्मको खर्च गर्ने गरी सहमति प्रदान गरिएको छ । कोभिड–१९ सँग सम्बन्धित स्वास्थ्य सामग्री, उपचार, औषधीलगायत अत्यावश्यक वस्तुहरुको आपूर्तिलाई सहज बनाउन भन्सार विभागद्वारा ‘क्विक रेस्पोन्स टिम’ परिचालन गरिएको छ । साथै त्यस्ता सामग्री छिटो भन्सार जाँचपास गर्न संक्षिप्त कार्यविधि तयार गरिएको छ ।

    उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री, उपकरण र औषधीका लागि वैदेशिक सहायता प्रक्रियालाई तीव्र बनाई, चीन सरकारबाट अक्सिजन सिलिन्डरसहितका सामग्री प्राप्त हुने क्रम जारी रहेको छ । अमेरिका, स्वीट्रजलाण्डलगायतका देशहरुबाट पनि सहायता प्राप्त हुने क्रम जारी रहेको छ ।

    उपप्रधानमन्त्री तथा सीसीएमसीका संयोजक ईश्वर पोखरेलले गत वैशाख २४ गते नेपालले कोभ्याक्स सुविधाअन्तर्गत पाउने कोभिड-१९ विरुद्वको खोप यथाशक्य छिटो उपलब्ध गराइदिन संयुक्त राष्ट्रसंघलाई अनुरोध गर्ने निर्णय गरी प्रक्रिया अघि बढाएका छन् ।

    नेपालस्थित संयुक्त राष्ट्र्रसंघीय आवासीय संयोजक सारा बेस्लो न्यान्तीसँग उपप्रधानमन्त्री पोखरेलले विश्व स्वास्थ्य संगठनबाट पाउने कोभ्याक्सअन्तर्गतको खोप साथै भेन्टिलेटर, पीपीई, अक्सिजन सिलिण्डर, अक्सिजन कन्सेन्ट्रेटर, मोबाइल अक्सिजन प्लान्ट, औषधी र खोपसँगसम्बन्धित सामग्री, अस्थायी अस्पताल स्थापनाका लागि पूर्वाधार र विज्ञ जनशक्ति विषयमा नेपालको अपेक्षासहित सहजीकरणका लागि आग्रह गरेका छन् ।

    सीसीएमसीद्वारा चाल्नाखेलस्थित सगरमाथा अक्सिजनको प्लान्ट मर्मत गर्न आवश्यक भएकोले नेपाली सेनाका प्राविधिकहरूलाई खटाइएको छ । बनेपास्थित नवज्योति अक्सिजन प्लान्टका सबै कर्मचारीहरू कोभिड संक्रमित भएकाले उक्त उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनालाई प्राविधिक जनशक्ति खटाउन अनुरोध गरिएको छ ।

    देशभरका अक्सिजन उद्योगहरूको अनुगमन गरी पूर्ण क्षमतामा सञ्चालन गर्ने/गराउने, अक्सिजन उद्योगहरूमा विद्युत तथा खानेपानीको नियमित आपूर्ति गर्ने, उद्योग तथा निर्माण क्षेत्रमा रहेका अक्सिजन सिलिन्डरसम्बन्धित अक्सिजन उद्योगमा फिर्ता गराउने काम गरेको छ ।

    अक्सिजन सुविधासहितको बेड संख्या थप गर्ने, कालो बजारी गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने र स्टक राख्ने तथा लुकाउने उपर कानूनी कारवाही गर्ने-गराउने र अक्सिजन प्रयोगको मापदण्ड यथाशीघ्र टुंग्याउने काम गर्ने निर्णय गरी काम अघि बढाएको छ ।

    अक्सिजनको उत्पादन बढाउने, अक्सिजन उद्योगहरुमा बिना व्यवधान चौबीसै घण्टा विद्युत र पानीको सुविधा सुनिश्चित गर्ने, उद्योगको सुरक्षाका लागि पर्याप्त व्यवस्था मिलाउने, अक्सिजनको उत्पादनसँग सम्बद्ध कर्मचारी अस्वस्थ भएमा तत्काल अस्थायी कर्मचारी/प्राविधिकद्वारा उत्पादन कार्य सञ्चालन हुनसक्ने वैकल्पिक व्यवस्था गर्ने, विदेशबाट अक्सिजन ट्यांकर आयात गरेर नेपालमा नै भर्ने, तरल अक्सिजन आयात गर्ने काम भएको छ ।

    प्रमुख अस्पतालहरुमा हावाबाट अक्सिजन उत्पादन गर्न सक्ने प्रविधियुक्त अक्सिजन प्लान्ट तत्काल आयात गरी जडान गर्ने, स्वास्थ्य मन्त्रालयले आईसीयू, एचडीयू, भेन्टिलेटर र बिरामीको संख्याको तथ्यांक प्रकाशन गर्ने निर्णय गरी काम अघि बढाएको छ ।

    उद्योगहरुलाई उपलब्ध गराउने अक्सिजनको कोटा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा तोक्ने र यसको अनुगमनका साथै आकस्मिक व्यवस्थापनका लागि समन्वय सीसीएमसीले गर्ने, सम्बद्ध उद्योग चौबीसै घण्टा सुचारु गरी अक्सिजन उपलब्ध गराउने, सञ्चित भएका जिल्लाहरुबाट काठमाडौं उपत्यका बाहिरका अक्सिजन उद्योगहरुबाट अक्सिजन भरी उपत्यकामा ल्याउने प्रबन्ध गर्ने, औषधी उपकरणलगायतका मानवीय सहायता हवाइमार्गबाट ल्याउने व्यवस्था मिलाउने लगायतका निर्णय गरेको छ ।

    उपप्रधानमन्त्री पोखरलले कोरोना बिरुद्धको खोप र स्वास्थ्य सामग्री सहयोगका लागि अमेरिकी राजदूत रेन्डी बेरीसँग कोभिड नियन्त्रणका लागि सहयोग गर्न आग्रह गरेका छन् । उनले छिटै अमेरिकी सरकारका तर्फबाट स्वास्थ्य सामग्रीको सहयोग गरिने प्रतिवद्धक्ता व्यक्त गरेका छन् ।

    व्यक्ति स्वयंमले स्वास्थ्यका मापदण्डको पालना गर्दै कोभिड-१९ बाट बच्न र बचाउनका लागि सरकार, सरोकारवाला निकाय, देशविदेशमा रहेका नेपाली सबै मिलेर सहयोग र सहकार्य जरुरी छ ।

    -रासस

  • निषेधाज्ञा कडा गर्न २० जिल्ला प्रशासनलाई स्वास्थ्य मन्त्रालयको आग्रह

    निषेधाज्ञा कडा गर्न २० जिल्ला प्रशासनलाई स्वास्थ्य मन्त्रालयको आग्रह

    काठमाडौं । स्वास्थ्य मन्त्रालयले जारी निषेधाज्ञालाई उल्लंघन गर्ने क्रम बढेको भन्दै चिन्ता व्यक्त गरेको छ ।

    मन्त्रालयद्वारा सोमबार जारी विज्ञप्तीमा निषेधाज्ञाको समयमा पनि सर्वसाधारणको हिँड्डुलमा ५९ प्रतिशत मात्र कमी आएको जनाएको छ ।

    मन्त्रालयले निषेधाज्ञामा आफ्नो भूमिका बढाउन संक्रमण बढी भएका जिल्लाहरुलाई आग्रह गरेको छ ।

    काठमाडौं, रुपन्देही, ललितपुर, भक्तपुर, मोरङ, कैलाली, कास्की, बाँके, दाङ, चितवन, सुर्खेत, झापा, कञ्चनपुर, मकवानपुर, धनुषा, काभ्रेपलाञ्चोक, सुनसरी, पर्सा, बर्दिया, पाल्पा लगायतका जिल्लामा संक्रमण बढेपनि निषेधाज्ञाको सहि पालना नभएको जनाइएको छ ।

    संक्रमण रोकथाम र नियन्त्रणका लागि प्रभावकारी भूमिका बढाउन पनि मन्त्रालयले सबै पक्षलाई आग्रह गरेको छ ।

  • सरकारले भन्यो- थप ५० लाख डोज खोप खरिद गर्ने अवस्था अहिले छैन, सर्तअनुसार सिरमको खोप चाँडै आउँछ

    सरकारले भन्यो- थप ५० लाख डोज खोप खरिद गर्ने अवस्था अहिले छैन, सर्तअनुसार सिरमको खोप चाँडै आउँछ

    काठमाडौं । कमिसन विवादको कारण भारतको सिरम इन्स्टिच्युटसँग ५० लाख डोज कोभिसिल्ड खोप खरिद गर्ने प्रक्रिया रोकिएको भनिएको बारे सरकारले औपचारिकरुपमा टिप्पणी गरेको छ ।

    शुक्रबार विज्ञप्ती जारी गर्दै स्वास्थ्य मन्त्रालयले ती समाचारमा कुनै सत्यता नरहेको समेत जनाएको छ । प्रवक्ता जागेश्वर गौतमद्वारा जारी वक्तव्यमा सिरम इन्स्टिच्युटले चाँडै खोप आपूर्ति गर्ने जानकारी मन्त्रालयलाई दिएको समेत उल्लेख छ ।

    सिरमले दिनुपर्ने २० लाख डोज खोपमध्ये १० लाख प्राप्त भएको र बाँकी खोपको आपूर्ति वर्तमान विश्व परिस्थितीमा निर्भर हुने जनाइएको छ ।

    सिरम इन्स्टिच्युटले नेपाललाई खोप आपूर्ति गर्नु आफ्नो प्राथमिकतामा रहेको तर, सो कम्पनीमा भएको आगलागी र क्षमता विस्तारमा अवरोध भएकाले क्षमता विस्तार हुने वित्तिकै खोप आपूर्ति गर्ने जानकारी दिएको समेत विज्ञप्तीमा उल्लेख छ ।

    थप ५० लाख डोज खोप खरिद गर्ने अवस्था तत्काल नरहेको समेत मन्त्रालयले स्पष्ट पारेको छ । सरकारले अन्य मुलुकका खोप प्राप्त गर्न कूटनीतिक तथा अन्य माध्यमबाट समेत प्रयास गरिरहेको समेत मन्त्रालयले जनाएको छ ।

    कोभिसिल्ड खोप खरिदबारे निर्णय गर्ने अधिकार स्वास्थ्य सेवा विभागको भएकाले मन्त्रालयलाई संलग्न गराइ आएका विवरणमा सत्यता नरहेको दाबी समेत मन्त्रालयले गरेको छ ।

  • अक्सिजन सिलिन्डर तत्काल फिर्ता गर्न उद्योगलाई स्वास्थ्य मन्त्रालयको निर्देशन

    अक्सिजन सिलिन्डर तत्काल फिर्ता गर्न उद्योगलाई स्वास्थ्य मन्त्रालयको निर्देशन

    काठमाडौं । स्वास्थ्य मन्त्रालयले उद्योगधन्दामा प्रयोग भैरहेका अक्सिजन सिलिन्डरलाई तत्काललाई अस्पतालमा फिर्ता गर्न निर्देशन दिएको छ ।

    विहिबार विज्ञप्ती जारी गर्दै मन्त्रालयले अनुगमनको क्रममा खाली अक्सिजन सिलिन्डर उद्योगधन्दामा प्रयोग भैरहेको उल्लेख गर्दै अस्पतालमा उपलब्ध हुने गरी फिर्ता गर्न भनेको हो ।

    अनुगमनको क्रममा ठूलो मात्रामा अक्सिजन सिलिन्डर खाली रहने वा भरेर भण्डारण गरेर राख्ने पाइएकाले त्यसो नगर्न मन्त्रालयले आग्रह गरेको हो ।

    ती सिलिन्डर फिर्ता नगरिए संक्रामक रोग ऐन, २०२० को आधारमा अनुगमन गरी कारवाही गर्ने तथा अस्पतालमा अक्सिजनको न्यायोचित उपलब्ध गराउने व्यवस्था गर्न आग्रह गरेको हो ।

  • शय्या चाहिएमा यी नम्बरमा फोन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

    शय्या चाहिएमा यी नम्बरमा फोन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ संक्रमितको उपचारका लागि शय्या चाहिएमा टोलफ्रि नं ११३३ एवं मोबाइल नम्बर ९८५१२५५८३७ र ९८५१२५५८३९ मा सम्पर्क गर्न आग्रह गरेको छ । मन्त्रालयले सूचना प्रकाशित गरी बिरामीका लागि शय्या चाहिएमा वा अस्पताल जान परेमा ती टोलफ्रि र मोबाइल नम्बरमा सम्र्पक गर्न आग्रह गरेको हो ।

    संक्रमणको दोस्रो भेरियन्ट फैलिएर बिरामी बढ्न थालेपछि अहिले देशभरि शय्याको अभाव रहेको छ । बुधबार मात्र ८ हजार ६५९ जना संक्रमित भएका थिए भने ५८ को निधन भएको थियो । ती नम्बरमा फोन गरे शय्या उपलब्ध गराउने मन्त्रालयले जनाएको छ । चौबिसै घण्टा ती नम्बरमा फोन गर्न सकिने व्यवस्था मिलाइएको छ ।

  • कोरोनाको तेस्रो लहर चाँडै सुरु हुन्छ, सतर्क रहनूस : भारतीय स्वास्थ्य मन्त्रालय

    कोरोनाको तेस्रो लहर चाँडै सुरु हुन्छ, सतर्क रहनूस : भारतीय स्वास्थ्य मन्त्रालय

    दिल्ली । भारतको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरसको तेस्रो लहर चाँडै सुरु हुने चेतावनी दिँदै सतर्क रहन आग्रह गरेको छ ।

    दिल्लीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा भारतको स्वास्थ्य मन्त्रालयका मुख्य चिकित्सा सल्लाहकार के विजय राघवनले तेस्रो लहर चाँडै सुरु हुन लागेको बताएका हुन् ।

    ‘भाइरसको तेस्रो लहर सुरु हुने कुरा निश्चित छ । चाँडै सुरु हुने हाम्रो अनुमान छ । यसबाट झनै सतर्क हुनुपर्ने अवस्था छ’ राघवनले प्रेसमिटमा भने, ‘ठ्याक्कै यही मिति भने निश्चित छैन ।’

    भारतको स्वास्थ्य संरचनालाई नै प्रभावित तुल्याउने गरी दोस्रो लहर आउला भनेर आफूहरुले कल्पना नै नगरेको समेत उनले बताए । ‘खोप नै भारतमा भेटिएका कोरोना प्रजातिका लागि प्रभावकारी हुनेछन्’ राघवनले भने ।

    उनले मास्क लगाउनेसहितका कोभिड मापदण्ड पालना गर्न समेत नागरिकलाई आग्रह गरे ।

    यसैगरी, भारतीय राज्य महाराष्ट्रमा आगामी जुलाइ तथा अगस्टमा भाइरसको तेस्रो लहर सुरु हुन सक्ने राज्यका स्वास्थ्य मन्त्री राजेश तोपेले बताएका छन् ।

    मे अन्त्यमा राज्यको कोभिड संक्रमण प्लेटो लेभल (न्यून तह)मा पुग्ने बताउँदै स्वास्थ्य मन्त्रीले तेस्रो लहरसम्म अक्सिजन र भेन्टिलेटरको पर्याप्त उपलब्धता हुने समेत जानकारी दिए ।

  • बिदामा रहेका स्वास्थ्यकर्मीलाई काममा फर्किन निर्देशन

    बिदामा रहेका स्वास्थ्यकर्मीलाई काममा फर्किन निर्देशन

    काठमाडौं । स्वास्थ्य मन्त्रालयले अध्ययन बिदामा रहेका स्वास्थ्यकर्मीलाई आ-आफ्नो दरबन्दी रहेको स्वास्थ्य संस्थामा हाजिर हुन निर्देशन दिएको छ ।

    आइतबार विज्ञप्ती जारी गर्दै मन्त्रालयले चिकित्सा विधामा अध्ययनरत विद्यार्थी तथा अध्यापन गराउने सम्पूर्णलाई सम्बन्धित विश्वविद्यालय तथा कलेजले उपचार व्यवस्थापनमा लगाउनुपर्ने समेत निर्देशन छ ।

    विदेश जानेको लागि पीसीआर गर्ने हकमा सरकारी प्रयोगशाला र न्यूनतम १०० बेड भएका अस्पतालमा आधारित ए वर्गका प्रयोगशालाले परीक्षण गर्ने व्यवस्था मिलाउन पनि मन्त्रालयले निर्देशन दिएको छ ।

  • चर्चामा स्वास्थ्य मन्त्रालयको विज्ञप्ति : कोरोनासँग सरकारले हात उठाएकै हो ?

    चर्चामा स्वास्थ्य मन्त्रालयको विज्ञप्ति : कोरोनासँग सरकारले हात उठाएकै हो ?

    काठमाडौं । कोरोना महामारीको सन्दर्भमा स्वास्थ्य मन्त्रालयले आज जारी गरेको विज्ञप्ति सामाजिक सञ्जालमा चर्चामा छ । धेरैले यसलाई कोरोनासँग ‘सरकारले हात उठाएको’ अर्थमा व्याख्या गरिरहेका छन् ।

    ‘सर्वसाधारणलाई अपिल’ भन्दै स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीको हस्ताक्षरमा दुई बुँदे विज्ञप्ति जारी भएको हो । नेपालका २२ जिल्लाहरुमा कोरोना संक्रमण ‘डरलाग्दो गरी बढिरहेको’ विज्ञप्तिमा उल्लेख छ ।

    ‘अति संवदनशील जिल्लाहरुमा स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकाले अस्पतालमा राखेर हेरचाह गर्न अस्पताल शैया उपलब्ध गराउन नसकिने भइसकेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले सबै दाजुभाई-दिदीबहिनीमा संवेदनशील हुन हार्दिक अनुरोध छ ।’

    नेपालमा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएको धेरै भएको छैन । स्वास्थ्य मन्त्रालयकै पूर्वानुमानअनुसार कोरोना महामारी जेठ अन्तिम र असार महिनामा उच्च विन्दूमा पुग्न सक्छ । तर अहिल्यै जिम्मेवार मन्त्रालयले ‘देशको स्वास्थ्य प्रणालीले थेग्न नसक्ने गरी संक्रमण बढेको’ भनेपछि सर्वसाधारणमा चिन्ता उत्पन्न हुनु स्वभाविक हो । त्यसमाथि ‘अस्पतालमा शैया उपलब्ध गराउन नसकिने भइसकेको’ व्यहोराले थप त्राश उब्जाएको छ ।

    सिंगो देश अहिले कोरोनाविरुद्धको लडाईंमा छ । यो लडाइको नेतृत्व गर्ने प्रमुख जिम्मेवार निकाय भनेको स्वास्थ्य मन्त्रालय नै हो । कोरोना महामारी सुरु भएको पनि एक वर्षभन्दा बढी समय भइसक्यो । आज यसरी निरिह विज्ञप्ति जारी गर्ने मन्त्रालयले यो एक वर्षमा नेपालको स्वास्थ्य प्रणाली मजबुत तुल्याउन के-के काम गर्यो भन्ने प्रश्न उठ्छ । देशका अस्पतालहरुको क्षमता कति अभिवृद्धि गरियो, कतिवटा आइसीयू-भेन्टिलेटर र बेडहरु थपिए भन्ने लेखाजोखा गर्दा सन्तोषजनक जवाफ भेटिँदैन ।

    दोस्रो लहर सुरुभएदेखि स्वास्थ्य मन्त्रालयले स्वास्थ्य क्षेत्रको संवद्र्धन र खोप आपूर्तिको सुनिश्चितताभन्दा लकडाउनमा बढी जोड दिँदै आयो । बलियो स्वास्थ्य प्रणालीबिना लकडाउनले मात्रै कोरोनासँग लड्न सम्भव छैन भन्ने प्रमाणित तथ्यलाई उसले नजरअन्दाज गरेको छ । जनताले लकडाउन पालना गरेनन् भनेर गुनासो गरिरहँदा मन्त्रालयले के बिर्सिनुहुँदैन भने दैनिक काम नगरी हातमुख जोर्न नसक्ने बर्ग पनि देशमा ठूलो छ । उनीहरुका लागि कोरोनाको त्राशभन्दा पेटको भोक ठूलो हो ।

    कोरोनाको महामारीले आक्रान्त देश नेपाल मात्रै होइन । विश्वका थुप्रै देशहरुलाई यसले हराबरा खेलाइरहेको छ । आजका दिनमा नेपालभन्दा बढी कोरोना संक्रमित भएका देश ५० वटा छन् । यी मध्ये केही देशको स्वास्थ्य प्रणाली नेपालको भन्दा नाजुक छ । ती देशमा सरकारले यसरी ‘हात उठाएको’ पाइँदैन ।

    हाम्रो छिमेकी देश भारतकै कुरा गर्दा त्यहाँको स्वास्थ्य क्षेत्र चरम संकटमा छ । दैनिक झण्डै चार लाख संक्रमित थपिएका छन् । अस्पतालमा अक्सिजनको अभावले बिरामी मरिरहेका छन् । मृतकको दाहसंस्कार गर्नसमेत स्थान अभाव भएर सडक र पार्कमा शव दहन भइरहेको छ । तर, पनि सरकारले अब बिरामीको उपचार गर्न सकिँदैन भनेर लाचारी दर्शाएको छैन ।

    नेपालमा चाहिँ स्वाथ्य मन्त्रालयले जनताको हौसला बढाउने भन्दा पनि स्थिति भयावह देखाएर अत्याउने काम गरिरहको एक जनस्वास्थ्यविद बताउँछन् ।

    नाम उल्लेख नगर्ने शर्तमा उनले भने, ‘स्वास्थ्य मन्त्रालयको विज्ञप्ति गैरजिम्मेवार छ । यसले जनतामा ‘पेनिक’ सिर्जना गर्छ । जनतालाई सचेत गराउने यो ठीक तरिका होइन ।’

    हात उठाएका छैनौं, सचेत गराएका हौं : सहप्रवक्ता

    विज्ञप्ति जारी गर्ने स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारी भने कोरोनासँग हात उठाएको नभइ जनतालाई थप सचेत गराउन मात्रै खोजेको बताउँछन् । उनले मन्त्रालयमा उच्चस्तरीय छलफलपछि विज्ञप्ति जारी गरेको जानकारी दिए ।

    ‘जनतालाई त्रशित तुल्याउने हाम्रो अभिप्राय होइन,’ उनले भने, ‘तर, केही मानिसहरु अझै पनि कोरोनालाई मामुली ठानिरहेका छन्, निस्फिक्री हिँडडुल गरिरहेका छन् । उनीहरुलाई वास्तविकता यस्तो छ है भनेर सचेत गराउन खोजिएको हो ।’

    त्यसो भए विज्ञप्तिमा भनिएजस्तै अब कोरोनाका बिरामीले अस्पतालमा उपचार नपाउने अवस्था आइसकेको हो त ? भन्ने प्रश्नमा उनले स्पष्ट जवाफ दिएनन् । २२ जिल्लामा भने गम्भिर अवस्था रहेको उनले बताए ।

    ‘कोरोना अति प्रभावित जिल्लाहरुमा सहजै वा भनसुनको भरमा बेड पाइहाल्ने अवस्था छैन, यो यथार्थ हो,’ उनले भने, ‘तर, कोरोना संक्रमितले उपचार नै नपाउने भन्न खोजिएको होइन । संक्रमित संख्या दशौं लाख पुगे पनि हामी आफ्नो जिम्मेवारीबाट भाग्नु हुँदैन र भाग्दैनौं ।’

    अधिकारीले अगाडि थपे, ‘हामीलाई एकातर्फ जनतामा त्राश कम पनि गर्नुपर्ने र अर्कोतर्फ कोरोनासँग डर पैदा पनि गराउनुपर्ने विरोधाभाषपूर्ण जिम्मेवारी छ । पछिल्ला दिनमा सरकारले लकडाउन गरे पनि कतिपय मानिसहरु निर्धक्क भेटघाट गर्ने, पाहुना बोलाएर पार्टी गर्ने गरिरहेका छन् । त्यसैले यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्नका लागि हामीले अलिक कडा विज्ञप्ति जारी गरेका हौं ।’

  • स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण फैलियो : स्वास्थ्य मन्त्रालय

    स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण फैलियो : स्वास्थ्य मन्त्रालय

    काठमाडौं । मुलुकको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी कोरोनाभाइरस संक्रमण फैलिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयले शुक्रबार विज्ञप्ती जारी गर्दै संक्रमणको हिसाबले मुलुकको २२ जिल्लामा संक्रमण डरलाग्दो गरी फैलिएको जनाएको छ ।

    मन्त्रालयले विज्ञप्तीमार्फत सर्वसाधारणलाई परिस्थितीप्रति संवेदनशिल बन्न आग्रह गरेको छ ।

    मन्त्रालयले मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुरलाई मुलुकका अति प्रभावित जिल्लाको रुपमा समेत राखेको छ ।

  • आन्तरिक र बाह्य पर्यटन नगर्न सरकारको आग्रह, २२ जिल्ला कोरोनाको संवेदनशील सूचीमा

    आन्तरिक र बाह्य पर्यटन नगर्न सरकारको आग्रह, २२ जिल्ला कोरोनाको संवेदनशील सूचीमा

    काठमाडौं । मुलुकका २२ जिल्लामा कोरोनाभाइरस संक्रमण डरलाग्दो गरि फैलिएको भन्दै स्वास्थ्य मन्त्रालयले शुक्रबार सकेसम्म ती ठाउँमा नजान सर्वसाधारणलाई आग्रह गरेको छ ।

    मन्त्रालयद्वारा जारी विज्ञप्तीमा कुनै पनि मार्गबाट देश विदेश जानेआउने तथा आन्तरिक बाह्य पर्यटनका लागि कहिँकतै जाने कामहरु पूर्णरुपमा नगर्न र नगराउन आग्रह गरिएको हो ।

    सार्वजनिक स्थानमा जाने, भीडभाड हुने कामहरु समेत नगर्न र नगराउन समेत मन्त्रालयले आग्रह गरेको छ । देशको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण फैलिरहेको स्थितीमा संवेदनशिल बन्न पनि मन्त्रालयले आग्रह गरेको छ ।

    मन्त्रालयले मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुरलाई मुलुकका अति प्रभावित जिल्लाको रुपमा समेत राखेको छ ।

  • एकीकृतरूपमा एम्बुलेन्स सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

    एकीकृतरूपमा एम्बुलेन्स सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एम्बुलेन्सलाई एकीकृतरूपमा परिचालन गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको छ ।

    मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले ७७ वटै जिल्ला प्रशासनलाई आज पत्र लेख्दै जिल्लामा सञ्चालित एम्बुलेन्सलाई एकीकृतरूपमा सञ्चालन गरी सेवाग्राहीलाई सहज गराउन अनुरोध गरेका छन्।

    ‘कोभिड-१९ को सङ्क्रमण बढ्दै गएर व्यवस्थापनमा चुनौतीहरु थपिँदै जाँदा नियमित स्वास्थ्य सेवा लिन तथा सङ्क्रमितलाई अस्पताल पु¥याउन समस्या भइरहेको अवस्था छ’, पत्रमा भनिएको छ, ‘त्यसैले जुनसुकै निकायबाट सञ्चालित एम्बुलेन्सहरु जिल्लाभित्र एकीकृतरूपमा परिचालन गरी सेवाग्राहीलाई सहज हुने गरी १०२ नंको व्यवस्था गरिदिन अनुरोध छ ।’

  • स्वास्थ्यकर्मी र चिकित्सकलाई बिदा नदिने सरकारको निर्णय

    स्वास्थ्यकर्मी र चिकित्सकलाई बिदा नदिने सरकारको निर्णय

    काठमाडौं । सरकारले स्वास्थ्यकर्मी एवं चिकित्सकलाई लामो बिदा नदिने निर्णय गरेको छ । कोभिड-१९ को दोस्रो लहरको जोखिमको कारण अस्पतालमा सेवा लिन आउने बिरामीको प्रभावकारी उपचार व्यवस्थापनका लागि सरकारले यस्तो निर्णय गरेको हो।

    स्वास्थ्य मन्त्रालयको मंगलबार बसेको सचिवस्तरीय बैठकले लामो बिदामा बसेका कर्मचारीहरुलाई तुरुन्त कार्यालयमा हाजिर हुन पनि निर्देशन दिएको छ ।

    कार्यरत जनशक्ति मध्ये ५० प्रतिशत जनशक्तिको पालो निर्धारण गरी सेवा दिने व्यवस्था गर्ने निर्णय पनि भएको छ ।

    अस्पतालको स्वीकृत दरबन्दीअनुसार कुनै पद रिक्त भएमा तत्काल जनशक्ति व्यवस्थापन गर्ने निर्णय पनि बैठकले गरेको छ । त्यसका लागि ६ महिनाको करार सेवामा लिने व्यवस्था मिलाइनेछ ।

  • आइतबार २८ जना कोभिड बिरामीको मृत्यु, सक्रिय संक्रमित संख्या १९ हजार नाघ्यो

    आइतबार २८ जना कोभिड बिरामीको मृत्यु, सक्रिय संक्रमित संख्या १९ हजार नाघ्यो

    काठमाडौं । कोभिड-१९ को कारण आइतबार मुलुकमा अहिलेसम्मकै दोस्रो धेरै व्यक्तिको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले २८ जना कोभिड बिरामीको मृत्यु भएको बताए ।

    उनका अनुसार यो हालसम्मकै दोस्रो ठूलो उच्च हो । यसअघि कात्तिक १९ गते ३० जनाको मृत्यु भएको थियो ।

    आइतबार भाइरसबाट १४ जनाको मृत्यु भएको थियो । आइतबार सक्रिय संक्रमित संख्या १९ हजार ३८२ पुगेको छ । उपत्यकासहित ९ जिल्लामा सक्रिय संक्रमित ५०० भन्दा माथि छन् ।

  • ट्रान्जिटमा आउने विदेशी नागरिकको पीसीआर परीक्षण नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

    ट्रान्जिटमा आउने विदेशी नागरिकको पीसीआर परीक्षण नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

    काठमाडौं । स्वास्थ्य मन्त्रालयले ट्रान्जिटमा आउने विदेशी नागरिकको कोरोना परीक्षणमा कडाइ गरेको छ ।

    पछिल्लो समय नेपाललाई ट्रान्जिट बनाउँदै कोरोनाविरुद्धको खोप लगाउने र परीक्षण गर्ने विदेशी नागरिक बढेपछि स्वास्थ तथा जनसंख्या मन्त्रालयले त्यसमा रोक लाएको छ । आइतबार मन्त्रालयद्वारा जारी विज्ञप्तिमा ट्रान्जिटका लागिमात्र नेपाल आएर कोभिड-१९ को परीक्षण गर्ने विदेशी नागरिकको पीसीआर परीक्षण नगर्न प्रयोगशालालाई निर्देशन दिइएको छ ।

    सहप्रवक्ता समिरकुमार अधिकारीका अनुसार यसरी ट्रान्जिटमा आउने विदेशी नागरिकका कारण जनमानसमा कोभिड झन् फैलनसक्ने जोखिमलाई ध्यान दिँदै मन्त्रालयय सो निर्देश गरेको हो ।

    मन्त्रालयले नेपाली नागरिक, कुटनैतिक निकाय, नेपालस्थित विभिन्न मिसनका कर्मचारी तथा उनीहरूका परिवार र नेपालमा बसोबास गरेका विदेशीलाई परिचय खुल्ने प्रमाणका आधारमा परीक्षण गरिदिन पनि अनुरोध गरेको छ ।

    मन्त्रालयको निर्देशनलाई अटेर गरेको पाइए कारवाही गरिने मन्त्रालयले जनाएको छ ।

  • संक्रमण नरोकिए अस्पतालमा ठाउँ हुने छैन, स्वास्थ्य मापदण्ड निर्विकल्प पालना गरौं

    संक्रमण नरोकिए अस्पतालमा ठाउँ हुने छैन, स्वास्थ्य मापदण्ड निर्विकल्प पालना गरौं

    काठमाडौं । कोरोना संक्रमणको बढ्दो जोखिमलाई ध्यान दिँदै सरकारले नागरिकलाई र जिम्मेवार र अझ संवेदनशील बन्न आग्रह गरेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केहीबेरअघि सूचना निकालेर संक्रमणको चक्रलाई रोक्न सकिएन र यही गतिमा फैलदै गएमा केही दिनमै अस्पतालमा बिरामी राख्ने ठाँउसम्म नहुने जनाएको छ ।

    ‘कोभिड-१९ ले हाल छिमेकी देशहरुमा स्वास्थ्य सेवा प्रवाह प्रणाली समेत तहसनहस पारी नियमित स्वास्थ्य सेवा उपलब्ध गराउन र कोभिड १९ को संक्रमितहरुलाई अस्पतालमा राखेर हेरचार गर्न नसकिएको हृदयविदारक घटना हानै आँखा अगाडि देखिरहेका छौं’,मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीको हस्ताक्षरमा जारी सूचनामा भनिएको छ, ‘यो महामारीले हालै देशका विभिन्न स्थानहरुका समेत उस्तै किसिमका दःखद अवस्था आइसकेको देख्दादेख्दै पनि हामी सबैले संक्रमण रोकथाम गर्न सक्ने भूमिकाहरूका निर्वाह गरेका छैनौं ।’

    शनिबारमात्र नेपालमा थप २ हजार ६१८ संक्रमित थपिएका थिए । भने २४ घण्टामा थप १४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएकव छ । नेपालमा हाल सक्रिय संक्रमित संख्या १६ हजार ८२८ छन् ।

    अहिलेको संक्रमण सबै वर्ग र उमेर समूहका लागि अत्यन्त जोखिमपूर्ण देखिएको भन्दै मन्त्रालयले संक्रमणको फैलावटलाई रोक्ने गरी जिम्मेवार बन्न र बनाउन सबैलाई अनुरोध गरेको छ ।

    ‘संक्रमण रोकथामको लागि नेपाल सरकारले तोकेका मापदण्डहरु निर्विकल्प उपाय हुन् । संक्रमणको चक्रलाई रोक्न सकिएन र यही गतिमा फैलदै गएमा केही दिनमै अस्पतालमा बिरामी राख्ने ठाँउसम्म हुने छैन । त्यसैले व्यक्ति व्यक्तिले निर्वाह गर्न सक्ने भूमिकाहरुबाट कसैलाई पनि विचलिन हुन नदिऔं, खबरदारी गरौं । आफूले अरु सबैलाई संक्रमणको आशंकामा राखेर मास्क लगाउने, भौतिक दूरी कायम गर्ने र हातको सरसपाइमा ध्यान दिने गरौं’ ,सूचनामा भनिएको छ ।

    समाजका अगुवाहरूको क्रियाकलापहरुलाई सबैले अनुसरण समेत गर्ने भन्दै मन्त्रालयले सबै व्यक्तिलाई सामाजिक उत्तरदायित्व निर्वाह गरी संवेदनशील बन्न, सार्वजनिक समारोहहरु र सार्वजनिक स्थलमा कार्यक्रमहरु नगर्न/नगराउन/सहभागी नबनिदिनहुन आग्रह गरेको छ ।

  • लकडाउन गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस, सीसीएमसीले आज प्रधानमन्त्रीलाई ब्रिफिङ गर्दै

    लकडाउन गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस, सीसीएमसीले आज प्रधानमन्त्रीलाई ब्रिफिङ गर्दै

    काठमाडौं । स्वास्थ्य मन्त्रालयले काठमाडौं उपत्यकामा कोरोना संक्रमण नियन्त्रणबाहिर जान लागेको भन्दै कम्तिमा चार साता लकडाउन गर्न सुझाव दिएको छ ।

    यो सुझाव कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा आए पनि निर्णय भएको छैन । आज अपरान्ह ४ बजे सीसीएमसीका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित मन्त्रीहरुले प्रधानमन्त्रीलाई पछिल्लो अवस्थाबारे ब्रिफिङ गर्ने कार्यक्रम तय भएको छ ।

    स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार कोभिड महामारी अझ बढ्दै गएको र भारतमा भयावह अवस्था पुगिसकेको भन्दै लापरवाही रोक्न काठमाडौं उपत्यकामा लकडाउन गर्न उपयुक्त हुने सुझाव सीसीएमसीमा दिइएको छ । यसबारेमा प्रधानमन्त्रीलाई ब्रिफिङपछि सरकारले आवश्यक निर्णय लिने स्रोतले जनाएको छ ।

  • कोरोनाविरुद्धको खोप किन्न स्वास्थ्य मन्त्रालयले माग्यो ३३ अर्ब

    कोरोनाविरुद्धको खोप किन्न स्वास्थ्य मन्त्रालयले माग्यो ३३ अर्ब

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अर्थ मन्त्रालयसँग ३३ अर्ब रूपैयाँ कोरोनाविरुद्धको खोप व्यवस्थापन गर्न माग गरेको छ ।

    अर्थ समितिले बिहीबार स्वास्थ्य मन्त्रालयसँग गरेको पूर्वबजेट छलफलमा सो रकम खोप किन्नका माग गरिएको हो । कोरोनाविरुद्धको खोप पाउन योग्य ७२ प्रतिशत जनसंख्यामा खोप पुर्‍याउनका लागि सो रकम आवश्यक भएको स्वास्थ्य मन्त्रालयका सचिव लक्षमण अर्यालले बताए ।

    स्वास्थ्य मन्त्रालयले अहिलेसम्म कोरोना नियन्त्रण र खोप किन्नका लागि ४८ अर्ब खर्च भएको समितिलाई जानकारी गराएका छन् । समितिमा सचिव अर्यालले आर्थिक वर्ष २०७८/७९ कोभिड-१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि नभएर खोप किन्नका लागि मात्र सो रकम आवश्यक भएको जानकारी गराएका थिए ।

    यसैगरी मन्त्रालयले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कोभिड-१९ पहिचान, रोकथाम, नियन्त्रण र उपचारमा मन्त्रालयले पाँच अर्ब १७ करोड ७२ लाख रुपैयाँ बराबर खर्च गरेको विवरणसमेत समितिमा पेस गरेको थियो ।

    यसैगरी, खोप कार्यक्रम र एचडीयूका आगि दुई अर्ब ५४ करोड ४८ लाख रुपैयाँ भुक्तानी हुन बाँकी रहेको मन्त्रालयले जानकारी दिएको छ ।

  • मंगलबार १,७३६ संक्रमित थपिए, ११ जनाको मृत्यु

    मंगलबार १,७३६ संक्रमित थपिए, ११ जनाको मृत्यु

    काठमाडौं । मंगलबार नेपालमा १,७३६ जना कोरोना संक्रमित थपिएका छन् भने ११ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार ८,७३७ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    २५१ जना निको भएका छन् ।

    कूल संक्रमित संख्या २ लाख ८७ हजार ५६७ पुगेको छ । मृत्यु संख्या ३,१०२ पुगेको छ ।

  • आज ५२ जना बालबालिकामा नयाँ कोरोना पुष्टि, ललितपुरमा कोरोनाको दोहोरो प्रजाति भेटियो

    आज ५२ जना बालबालिकामा नयाँ कोरोना पुष्टि, ललितपुरमा कोरोनाको दोहोरो प्रजाति भेटियो

    काठमाडौं । बुधबार भेटिएका कूल ६०३ जना कोरोना संक्रमितमध्ये ५२ जना १७ वर्षमुनिका बालबालिका भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    नियमित प्रेस ब्रिफिङमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले कोरोनाको नयाँ प्रजाति देशव्यापी रुपमा फैलिएको बताए ।

    शिक्षण संस्था कोरोनाको हटस्पट बनेको भन्दै उनले लकडाउन गर्नुपर्ने परिस्थिती आउन नदिनेतर्फ सबै सचेत हुनुपर्ने बताए । काठमाडौं, पोखरा, भक्तपुर, नुवाकोट र दार्चुलामा समेत यूके भेरिएन्ट फैलिएको उनले जनाए ।

    पहिलोपटक ललितपुरमा डबल म्युटेन्ट कोरोनाभाइरस पत्ता लागेको जानकारी पौडेलले दिए । उनले यूके भेरिएन्टका कारण नयाँ प्रजातिको कोरोना फैलिएको बताउँदै स्वास्थ्य सावधानी नअपनाए कठिन परिस्थिती आउन सक्ने चेतावनी दिए ।

  • कोरोनाको नयाँ लहर : विद्यालय , पार्टी प्यालेस, फिल्म हल बन्द गर्न सीसीएमसीलाई सिफारिस

    कोरोनाको नयाँ लहर : विद्यालय , पार्टी प्यालेस, फिल्म हल बन्द गर्न सीसीएमसीलाई सिफारिस

    काठमाडाैं । स्वास्थ्य मन्त्रालयले काेराेना भाइरसको नयाँ लहर फैलिएको भन्दै शिक्षण संस्थाहरुको प्रत्यक्ष पठनपाठन, फिल्म हल र पार्टी प्यालेस बन्द गर्न सिफारिस गरेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकमा सिफारिसमाथि छलफल हुने बताए ।

    नेपाल प्रेससँग कुरा गर्दै मन्त्री त्रिपाठीले भने, ‘नयाँ खाले युके भेरियन्टको असर युवाहरुमा देखियो । हामीले पठनपाठन भर्चुअल माध्यमबाट गरौं भनेर विद्यालयहरु बन्द गर्न सिफारिस गरेका छौं । वालवालिकाहरुलाई कुनै जोखिम नहोस भन्नेमा सरकार गम्भीर छ ।’

    मन्त्री त्रिपाठीले स्वास्थ्य मापदण्डमा सबै सचेत नहुने हो भने अवस्था फेरि भयावह हुने बताएका छन् । विद्यालयमात्र होइन सिनेमा हल र पार्टी प्यालेसहरु पनि बन्द गर्न सिफारिस गरिएको छ ।