Tag: स्वास्थ्य बीमा

  • गाउँपालिकाका सबै नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा

    गाउँपालिकाका सबै नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा

    काठमाडौं । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा गरिदिन शुरु गरेको छ ।

    गाउँपालिकाको गत असारमा सम्पन्न नवौँ गाउँसभाले ‘समृद्ध गाउँपालिका–सुखी नागरिक’ अभियानअन्तर्गत गाउँपालिकाका सबै नागरिकलाई स्वास्थ्य बीमामा जोड्ने निर्णय गरेसँगै कार्यान्वयनतर्फ लागिएको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताए ।

    ‘शुरुआतमा दलित, विपन्न, एकल महिला, अल्पसङ्ख्यकलाई प्राथमिकता दिएर क्रमशः सबै नागरिकलाई निशुल्क स्वास्थ्य बीमामा समेटेका छौँ’, अध्यक्ष थापाले भने, ‘गाउँसभाबाट नीति तथा कार्यक्रम पारित भएसँगै रु एक करोड ५० लाख विनियोजन गरिएको छ ।’

    गाउँपालिकाभित्रका कोही पनि नागरिकलाई स्वास्थ्यको पहुँचबाट वञ्चित हुन नपरोस् भन्ने र समय–समयमा स्वास्थ्य परीक्षण गर्न तथा बिरामी पर्दा सहजरुपमा उपचार गर्न सकुन् भन्ने गाउँपालिकाको मुख्य उद्देश्य रहेको अध्यक्ष थापाले बताए । उक्त कार्यक्रमका लागि झण्डै दुई करोड रूपैयाँ लाग्ने अनुमान गाउँपालिकाको छ । एक करोड ५० लाख रूपैयाँ विनियोजन गरिए पनि ५० लाख रूपैयाँ जति रकम अभाव हुनसक्ने देखिएकाले थप गरिने अध्यक्ष थापाले बताए ।

    स्वास्थ्यको पहुँच सबै नागरिकसमक्ष पुर्‍याउँदै स्वस्थ नागरिकसहितको समृद्ध गाउँपालिका बनाउने लक्ष्य प्राप्तिका लागि यस अभियानमार्फत सहजता हुने अध्यक्ष थापाले बताए ।

    एउटा परिवारमा एकदेखि दश जनासम्म रहेका छन् । गाउँपालिकाले यो अभियान कार्यान्वयनमा ल्याएसँगै हालसम्म एक हजार ५१४ घरधुरीका सात हजार बढी सङ्ख्या लाभान्वित भइसकेका स्वास्थ्य शाखाका प्रमुख खड्का थापाले बताए । गाउँपालिकाका चार हजार ७०० घरधुरीका २२ हजार ७३५ लाई सेवा उपलब्ध गराइने भएको छ । आगामी असोज महिनासम्ममा यो अभियानलाई हरेक नागरिकसम्म पुर्‍याई सकिने शाखा प्रमुख थापाले बताए ।

  • अस्तव्यस्त कोशी अस्पताल : बिरामीका झमेला, कसले बुझिदेला ?

    अस्तव्यस्त कोशी अस्पताल : बिरामीका झमेला, कसले बुझिदेला ?

    विराटनगर । मोरङ रंगेली नगरपालिका रञ्जनीकी रनमाया कार्कीको खुट्टा करकर दुख्न थाल्यो । स्थानीय क्लिनिकमा देखाएर औषधी पनि खाइन् तर उनको खुट्टा दुख्न छाडेन । त्यसपछि थप उपचारका लागि अस्पताल जाने तयारी गरिन् ।

    स्वास्थ्य बीमा कार्यक्रममा सहभागी भएका कारण उनी नजिकैको स्वास्थ्य चौकीबाट रेफर भएर कोशी अञ्चल अस्पतालमा उपचार गर्न आइन् । काउन्टर र परीक्षणको भीडका कारण एक्सरेको पालो कुर्न नसक्दा उनलाई झन पीडा भयो । उनले भनिन्, ‘अस्पतालको भीड देखेर एकछिन पनि बस्न मन छैन । लाइनमा बसेको तीन घण्टा भइसक्यो, एक्सरेको पालो कतिखेर आँउछ थाहा छैन ।’

    आमाको उपचार गराउन आएका हिरण्य कार्कीले अस्पतालमा उपचार गराउन समस्या भएको बताए । समयमा परीक्षण गर्न नपाउँदा रोग घट्नुको सट्टा बढेकोमा उनले गुनासो गरे । टिकट काटेर डाक्टरलाई देखाए पनि एक्सरे गरेर आउनु भनेपछि धेरै दु:ख पाएको भन्दै उनले भने, ‘एक्सरे गर्न पालो नआएपछि भोलिपल्ट फेरि आउनु पर्ने भयो । बिरामीलाई झन् पीडा भो ।’

    ज्वरो आएर उपचार गराउन आएका सुनसरी दुहवीका रामबहादुर श्रेष्ठलाई अस्पतालका सबै रिपोर्ट भेला गर्न तीन दिन लाग्यो ।

    बीमाका कारण बिरामीको चाप

    स्वास्थ्य बीमा कार्यक्रममा सरकारले प्राथमिकतामा राखेपछि कोशी अस्पतालमा बिरामीको चाप बढेको छ । यसअघि विराटनगरका निजी अस्पतालहरूले विज्ञापन नै गरेर स्वास्थय बीमा गरेका बिरामीलाई बोलोउने गरेको र सामान्य बिरामीलाई समेत धेरै परीक्षण गरेर सरकारसँग बीमावापतको रकम लिँदै आएका थिए ।

    साउनयता प्रथम सेवा विन्दूबाट रेफर नभइ निजी अस्पतालमा गए स्वास्थ बीमाको रकम नपठाउने निर्णय भएपछि कोशी अस्पतालमा बीरामीको चाप बढेको छ ।

    यसअघि बिरामीको इच्छाअनुसार सजिलै रेफर गरिँदै आएकोमा साउनयता भने डाक्टरले एनएमसी नम्बरसहित राखेर कारणसहित रेफरको चिठ्ठी बनाइदिनु पर्ने नियम लागेपछि कोशी अस्पतालले बिरामीलाई रेफर समेत दिन छाडेको छ ।

    स्वास्थ्य बीमा कार्यक्रममा कडाइ भएपछि ओपीडी सेवा लिने ५ सयदेखि ६ सयबाट बढेर साउनयता दैनिक १ हजारभन्दा बढी पुगेको छ ।
    तीमध्ये अधिकांश स्वास्थ्य बीमाका सेवाग्राही रहेको अस्पताल प्रशासनले जनाएको छ । बिरामी अनुसारको संरचना र कर्मचारी अभावमा जताततै बिरामीको पट्टाइलाग्दो लाम हुन्छ ।

    ज्येष्ठ नागरिक, अपांगता भएका र अशक्तका लागि एउटा साथै महिला र पुरुषको अलग काउन्टर बनाएर काम गरिएको भए पनि सेवा प्रवाहमा समस्या भएको अस्पतालका बीमा कार्यक्रम हेर्ने कर्मचारी भोला ढुंगेल बताँउछन् । ‘सबै कागजपत्र स्क्यान गरेर रेकर्ड राख्नुपर्छ । दिनहुँ बीमा कार्यक्रमका सहभागीको संख्या बढेको छ । कर्मचारी भने कम छन् ‘, ढुंगेलले भने ।

    कोटा लागू भएपछि सकस बढ्यो

    बिरामीको चाप बढेपछि अस्पतालमा भिडियो एक्सरे अल्ट्रासाउण्ड गराउन अस्पतालमा दैनिक कोटा प्रणाली लागू भएको छ । घण्टौ लाइन बसेपछि कोटा सकिएको भन्दै भोलि लाइन लाग्न भनिएपछि बिरामीको विरोधले दिनहुँ अस्पतालमा होहल्ला मच्चिन्छ । समस्या समाधानतर्फ अस्पताल प्रशासनले कुनै चासो नराखेको सेवाग्राही गुनासो गर्छन् ।

    अस्पतालले रेफर पनि नदिने र समयमा उपचार पनि नपाउने भएपछि बिरामीहरू मर्कामा परेको उपचारका लागि आएका प्रबिन कार्कीले बताए ।

    कोशी अस्पतालमा २ सय देखि २ सय ५० जना अल्ट्रासाउन्ड, सिटी स्क्यान र एक्स-रेलगायतका रेडियोलोजी सेवा लिन आउँछन् ।
    तर, रेडियोलोजी विभागमा चिकित्सक नपुगले ५० देखि ६० जनाभन्दा बढीको जाँच हुन पाउँदैन ।

    सेवा प्रवाहमा चिकित्सक र कर्मचारी अभाव

    रेडियोलोजी विभागमा दुईजना चिकित्सकको दरबन्दी छ । तर पाँच वर्षदेखि रिक्त छ । अस्पताल विकास समितिले करारमा नियुक्त गरेको दुईजना र दरबन्दीका एकजना गरी तीनजना रेडियोलोजिस्ष्टले राजीनामा दिएको कारण अस्पतालको सेवा प्रभावित बनेको छ ।
    अहिले छात्रावृत्ति करारमा नियुक्त एकजना चिकित्सकमात्र कार्यरत छन् ।

    अस्पतालमा दुईजनाको रेडियोलोजिस्टको दरबन्दीअनुसार डा. ओमबिजु पन्त र डा पुस्कर देव थिए । डा. पन्त विभागीय कारवाहीमा परेका छन् भने भएका डा. देवले अघिल्लो आइतबारदेखि लागू हुने गरी राजीनामा दिएका छन् ।

    सेवा प्रभावित हुनुमा जनशक्ति अभाव रहेको अस्पताल प्रशासनको भनाइ छ । दरबन्दीअनुसारका चिकित्सक नहुनु र करारमा रहेका डाक्टरहरुले पनि राजीनामा दिएका कारण समस्या भएको अस्पतालका निमित्त मेसु डा. लक्ष्मीनरायण यादवले बताए ।

    रेडियोलोजी विभागमा सबैभन्दा बढी समस्या भएको भन्दै यादवले सेवा दिने जनशक्तिकै अभावमा सेवाग्राहीले दु:ख पाएको स्वीकारे । डा. यादवका अनुसार अस्पतालमा ऐनेस्थेसिया, नेफ्रोलोजिष्ट, कार्डियोलोजिष्टको समेत अभाव छ । ५ सय शय्यामा स्तरोन्नती भएको अस्पतालमा संरचना र जनशक्ति भने त्यो अनुसारको नहुँदा अन्तत: बिरामीले दु:ख पाएका छन् ।

  • सुविसुका ग्राहकले १ लाखसम्मको स्वास्थ बीमा निःशुल्क पाउने

    सुविसुका ग्राहकले १ लाखसम्मको स्वास्थ बीमा निःशुल्क पाउने

    काठमाडौं । टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुविसु केबलनेट प्रा. लि ले नयाँ वर्षको अवसरमा ग्राहकहरूका निम्ति ‘इन्टरनेट मस्त जीवन स्वस्थ’ अफर प्रस्तुत गरेको छ ।

    यस योजनाअन्तर्गत सुविसुका ग्राहकले एक लाखसम्मको निःशुल्क स्वास्थ बीमा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

    स्वस्थ जीवनको महत्वलाई ध्यानमा राख्दै कम्पनीले इन्टरनेट तथा इन्टरनेट र क्लियर टिभी सेवाको नयाँ जडान तथा नवीकरणमा एक लाखसम्मको निःशुल्क स्वास्थ्य बीमा प्रदान गर्ने भएको हो । सेवा २० एमवीपीएसभन्दा माथिको ब्याण्डयुथमा लागु हुने कम्पनीले जनाएको छ ।

    कम्पनीले स्वास्थ्य बीमाको लागि शिखर इन्स्युरेन्ससँग सहकार्य गरेको जनाएको छ । यस अफरअन्तर्गत ग्राहकहरूले नेपाल र भारतमा उपचारार्थ ग्राहकलाई एक लाखसम्मको स्वास्थ्य बीमा प्रदान गर्ने भएको हो । आकस्मिक स्वास्थ्य उपचारमा हुने आर्थिक भारलाई यसले राहत दिने कम्पनीले बताएको छ ।

    सुविसु केबलनेट प्रा. लि.ले केबल तथा डिजिटल टिभी सेवा, कन्जुमर इन्टरनेट, इन्टरप्राइज इन्टरनेट, एम.पी.एल.एस भी.पी.एन. एस व्यान एथर्नेट होलसेल आई.पी ट्रान्जिट, एम.भी. पी डाटा सेन्टर सोलुसनजस्ता मनोरञ्जनात्मक सेवा तथा बिजनेस सोलुसन प्रदान गर्दै आएको छ ।

    नेपालको पहिलो डिजिटल केवल टिभि ‘क्लियर टिभि’ मार्फत मार्फत सुविसुले सेवा प्रदान गर्दै आएको छ । जसले एमपीईजी फोर स्टाण्डर्ड र हाइ डेफिनेसन केबलमार्फत, कन्डिसनल एक्सेस स्टिमको प्रयोग गरी सेटअप बक्सको माध्यमबाट प्रसारण गर्दछ ।

  • स्वास्थ्य  बीमा देशभर लागू हुँदै

    स्वास्थ्य बीमा देशभर लागू हुँदै

    काठमाडौं । सरकारले यही आर्थिक वर्षमा नै ७७ जिल्लामा स्वास्थ्य बीमा लागू गर्ने भएको छ । विसं २०७२ बाट शुरु भएको बोर्डले यही चैत २५ गते अन्य छ जिल्लामा स्वास्थ्य बीमा लागू गर्ने भएको छ ।

    त्यसपछि काठमाडौँ तथा ललितपुरमा पनि स्वासथ्य बीमा तुरुन्त लागू गर्ने बोर्डका वरिष्ठ स्वास्थ्य प्रशासक डा. माधव लम्सालले जानकारी दिए। ‘यही चैत २५ गते ताप्लेजुङ, दोलखा, बारा, सर्लाही, मनाङ र मुस्ताङमा स्वास्थ्य बीमा कार्यक्रम तथा वैशाखमा काठमाडौँ र ललितपुरमा स्वास्थ्य बीमा लागू हुनेछ,’ उनले भने ।

    बीमा कार्यक्रममार्फत पाँच जनासम्मको परिवारको तीन हजार ५०० रुपैयाँ बुझाएपछि त्यस घरमा रहेका सदस्यले एक लाख रुपैयाँ बराबरको औषधि उपचार सरकारले तोकेको अस्पतालमा निःशुल्क उपचार गर्न पाइन्छ ।

    पाँच जनाभन्दा बढी सदस्य भएपछि प्रतिसदस्यका दरले ७०० रुपैयाँ बुझाउनु पर्दछ । पाँच जनाभन्दा बढी सदस्यले प्रतिसदस्य २० हजार रुपैयाँदेखि दुई लाखसम्म निःशुल्क उपचार गर्न पाउने व्यवस्था छ ।

    बोर्डले बीमा कार्यक्रमका लागि देशभरिका सरकारी र निजी गरी ३७५ अस्पताललाई सूचीकृत गरेको छ । ती अस्पतालमा उपचार बीमा लागू गरेका परिवारका सदस्यले एक लाखसम्मको निःशुल्क उपचार गराउन पाउनेछन् ।

    बोर्डका सदस्य चन्द्र थापाले ७७ वटै जिल्लामा कार्यक्रम लागू गरेपछि सबै नागरिकलाई बीमामा आबद्ध गराउने पहल गरिने जानकारी दिए । ‘अहिले हामी सबै जिल्लामा कार्यक्रम लागू गर्दछौँ’, उनले भने ‘त्यसपछि नागरिकलाई बीमाप्रति जनचेतना जगाई सबैलाई आबद्ध गर्दछौं ।’ अझै पनि मानिसमा स्वास्थ्य बीमाप्रति जानकारी नभएर धेरै मानिस स्वास्थ्य बीमाबाट बाहिर रहेका छन् ।

    उनले बीमामा सबै नागरिकलाई आबद्ध गराउने खालका कार्यक्रम ल्याइनेसमेत जानकारी दिए । अहिले ६९ जिल्लामा बीमा कार्यक्रम सञ्चालन भए पनि सात लाख ४२ हजार १९२ घर परिवारका ३७ लाख १० हजार ९६२ जना बीमा कार्यक्रममा सहभागी रहेका छन् । तीमध्ये १४ लाख ३० हजारले मात्र बीमा कार्यक्रमको सुविधा लिएका छन् ।

    तीमध्ये यस आर्थिक वर्षमा ७० प्रतिशत बीमितले नवीकरण गरेको छन् । सरकारले अति गरीब, ज्येष्ठ नागरिक, एचआइभी/एड्स सङ्क्रमित, महिला स्वास्थ्य स्वयंसेविका, अतिअशक्त अपाङ्गलाई भने निःशुल्क बीमा गर्ने गरेको बोर्डका वरिष्ठ स्वास्थ्य प्रशासक डा. लम्सालले जानकारी दिए ।

    बोर्डले अहिले बीमा कार्यक्रमलाई बाध्यात्मक नबनाएकाले सोचेको जस्तो नागरिक सहभागी नभएको बताए । उनले स्वास्थ्य बीमा गरेका तर बिरामी नभएका घरपरिवारको शुल्कले बिरामी हुने व्यक्तिको उपचारमा सहयोग पुग्ने भएकाले सबै स्वास्थ्य बीमामा सहभागी हुनुपर्ने बताए ।

    ‘गरीब विपन्न परिवारले अझै पनि उपचार गर्न सक्दैनन’, उनले भने, ‘त्यस्ता गरीब, विपन्न वर्गलाई उपचारमा अन्यले तिरेको शुल्कले सहयोग पुर्‍याउँछ ।’ बीमा बोर्डका सूचना अधिकारी हिमलाल ज्ञवाली मानिसले स्वास्थ्यप्रति चासो नदिएकाले बीमामा आकर्षण कम भएको बताए ।

    ‘बिरामी हुँदा मानिसहरु एक लाख रुपैयाँभन्दा पनि बढी तिर्छन्’, उनले भने, तर बीमा गर्नका लागि तीन हजार ५०० शुल्क पनि तिर्न मानिरहेका छैनन् ।’

    उनले वार्डस्तरमा एक जना दर्ता सहयोगी खटाएर बीमाबारे जानकारी दिन घरघर जाने गरेकाले अब भने बीमित बढ्ने बताए । सरकारले पोलिएको, गम्भीर अपाङ्गताका लागि गरिने उपचार, ओँठ तालु काटिएकामा गरिने सर्जरीबाहेकको प्लास्टिक तथा कस्मेटिक सर्जरी भने बीमाबापत गराउने पाउने छैनन् ।

    सरकारले २०७२ चैत २५ गते सबै नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले कैलाली, इलाम र बागलुङसहित तीन जिल्लाबाट सो कार्यक्रम शुरु गरेको थियो ।

     

  • स्वास्थ्य बीमामा सरकारलाई वार्षिक ७ अर्बको दायित्व, १५ अर्ब पुग्दै

    स्वास्थ्य बीमामा सरकारलाई वार्षिक ७ अर्बको दायित्व, १५ अर्ब पुग्दै

    काठमाडौं । सरकारले नागरिकालाई स्वास्थ्यमा पहुँच पुर्याउन स्वास्थ्य बीमाको कार्यक्रम सञ्चालन गरिरहेको छ । सरकरले अहिले प्रतिवर्ष नागरिकको स्वास्थ्या बीमामा ७ अर्ब खर्च गरिरहेको छ ।

    अर्थ समितिको बीमा प्रधिकरण ऐनको दफाबारे छलफलमा अर्थमन्त्रालयका राजस्वा सचिव रामशरण पुडासैनीले सरकारले स्वास्थ्य बीमामा ७ अर्ब खर्च गरिरहेको र अब यो दायित्व बढेर १५ अर्ब पुग्ने अवस्था आएको बताए ।

    छलफलमा पुडासैनीले भने ‘स्वास्थ्य बीमा’ स्वास्थ्य सुरक्षा कार्यक्रम जस्तो भयो । अब नयाँ ऐनमा स्वास्थ्य बीमालाई पनि पोलिसीमा नै समेटेर अगाडि लानुपर्छ । स्वास्थ्य बीमा बोर्डमा काम गरेर यसलाई खारेज गरेर स्वास्थ्य बीमा कम्पनी निर्माण गरौं ।’

    छलफलका क्रममा अर्थ सिमितिका सभापती कृष्णप्रसाद दाहालले स्वास्थ बीमालाई निजी अस्पतालले लुट धन्दा जसरी प्रयोग गरेको बताए । उनले भने ‘एउटै रोगको उपचारको लागि निजीले ५ लाख शुल्क लिन्छन् भने सरकरीले ५ हजारमा नै गर्ने गरेको छ ।

    स्वास्थ्य बीमाको यो विकृति नियान्त्रण गर्न स्वास्थ्य बोर्डलाई नै अधिकार दिउं ।’ सरकारको स्वास्थ्य बीमामा दायित्व बढ्दै जाने र निजी अस्पतालले पैसा कमाउने माध्यमको रुपमा स्वास्थ्य बीमालाई लिएको दाहालले बताए ।

    समितिले बीमाका लागि नयाँ ऐन ल्याउन दफाबार छलफल सञ्चालन गरिरहेको छ । सरकराले देशैभर स्वास्थ्य बीमाको कार्यक्रम सञ्चालन गरिरहेको छ ।