Tag: स्रोत नखुलेको रकम

  • स्रोत नखुलेको रकम र सुनको बालासहित पक्राउ

    स्रोत नखुलेको रकम र सुनको बालासहित पक्राउ

    सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका-२ स्थित रत्न रोडबाट स्रोत नखुलेको १८ लाख नेपाली रुपैयाँ र बिल भरपाई बिनाको करिब २ सय ५८ ग्राम ३ सय २० मिलिग्राम सुनको ५ थान बाला सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका-१५ सगरमाथा लाईन बस्ने ४८ वर्षीय रामबहादुर श्रेष्ठ र धनकुटा महालक्ष्मी नगरपालिका-२ बस्ने ३४ वर्षीय चन्द्र प्रसाद श्रेष्ठ रहेका छन् ।

    ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त नगद र सुनसहित पक्राउ गरी यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

  • बैंकिङ कसुरमा फरार दुईजना ४२ लाखसहित पेप्सीकोलाबाट पक्राउ

    बैंकिङ कसुरमा फरार दुईजना ४२ लाखसहित पेप्सीकोलाबाट पक्राउ

    काठमाडौं । महानगरीय प्रहरी कार्यालय भक्तपुरले स्रोत नखुलेको रकमसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले २६ गते राति कारको डिकीबाट २७ लाख नगदसहित २ जनालाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा दोलखा बैतेश्रर गाउँपालिका घर भई भक्तपुरको बालकोट बस्ने ३२ वर्षीय सुमन घिमिरे र काठमाडौं माकलबारी बस्ने ३७ वर्षीय विनोद तामाङ रहेका छन् ।

    प्रहरीले जुवातास खेलाएरको पैसा लिएर हिडिरहेको भन्ने सूचना प्रहरीले पाएको थियो । उक्त सूचनाकाे आधारमा प्रहरी निरिक्षक शशीघर शर्मा र प्रहरी निरीक्षक सुदन केसीको कमाण्डमा छुट्टाछुटै टोली परिचालन गरेकाे थियाे ।

    खटिएकाे प्रहरी टाेलीले चेकजाँच तथा खोजतलास गर्ने क्रममा २६ गते राति २ बजे पेप्सीकोलाबाट सानोठिमी तर्फ आउदै गरेको बा २१ च ३८३९ नंको नीलो रंगको कारलाई रोकी चेकजाँच गर्ने क्रममा कार बिनोद स्वयमले चलाएर ल्याएका थिए ।

    उनी कारमा उनी एक्लै थिए । प्रहरीले गाडी चेकजाँच गर्दा गाडीको पछाडीको डिकी छरपष्‍ट अवस्थामा हजार, पाँच सय र एक सय दरका नेपाली रुपैयाका बिटाहरु फेला पार्‍याे ।

    चालक तामाङलाई सोध्दा उक्त रुपैया भक्तपुर बालकोट बस्ने सुमन घिमिरेले बालकोट स्थित घरमा पुर्‍याउन लगाएको भनी बताए ।  गाडीको डिक्कीमा भएको नगद रकम बरामद गरी गन्दा २७ लाख फेला परेको प्रहरीले जनाएको छ ।

    तामाङले दिएको सूचनाको आधारमा पैसा धनी सुमन घिमिरेको खोजतलास गर्दा पेप्सीकोलामा उनलाई प्रहरीले पक्राउ गरेको थियो । उनले उक्त रकम आफ्नो भनी स्वीकार गरेको प्रहरीको दाबी छ ।

    बालकोट स्थित डेराकोठामा समेत तलासी गर्दा थप १५ लाख ३० हजार थप फेला पर्यो । स्रोत नखुलेको ४२ लाख रकम र सुमन घिमिरेको नाममा काटिएको २ लाख ५० हजार रुपैयाको राष्ट्रिय बाणिज्य बैंकको चेक एक थान समेत फेला परेको छ ।

    साथै घिमिरेको नाममा काटिएको ९ लाख ५० हजार रुपैयाँ लेखिएको प्राइम बैंकको बाउन्स चेक १ थान, १ लाख २५ हजार रुपैयाँ लेखिएको स्ट्यार्ण्ड चार्टर बैंकको चेक १ थान, ९ लाख ९९ हजार रुपैयाँ लेखिएको नेपाल बैंक लिमिटेडको १ थान चेक, १५ लाख रुपैयाँ लखिएको महालक्ष्मी बिकास बैंकको चेक १ थान, मनास्लु डिस्ट्रिलरीको नाममा ७२ हजार रुपैयाँ नगद जम्मा गरेको १ थान भौचर समेत प्रहरीले बरामद महानगरीय प्रहरी कार्यालय भक्तपुरका डिएसपी दिपक गिरीले बताए ।

    बरामद रकमसहित सुमन घिमिरे र बिनोद तामाङलाई समेतलाई थप अनुसन्धान तथा कारवाहीका लागी सम्पति सुद्धिकरण बिभाग पुल्चोक, ललितपुरमा पठाइएको छ ।

    साथै, सुमन घिमिरेलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्ज काठमाडौं र महानगरीय प्रहरी वृत्त दरवारमार्ग काठमाडौंबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा र नैतिकता विरुद्धको कसूरमा जुवा खेलेको वा खेलाएको अभियोगमा मुद्धा दर्ता भएको छ ।

    घिमिरे २०७५ असार ९ गते महानगरीय प्रहरी वृत्त बौद्धबाट बैंकिङ कसुरमा समेत मुद्धा दर्ता भई पटके तथा फरार समेत रहेको अनुसन्धानको क्रममा खुल्न आएको  छ। थप अनुसन्धान कार्य भई रहेको महानगरीय प्रहरी कार्यालय भक्तपुरका डिएसपी गिरीले बताए ।

     

  • स्रोत नखुलेको रकमसहित दुई भारतीय पक्राउ

    स्रोत नखुलेको रकमसहित दुई भारतीय पक्राउ

    बारा । बाराकाे फेटा गाउँपालिका -५ जोतपुरबाट स्रोत नखुलेको रकमसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।

    प्रहरीले स्रोत नखुलेको ४९ लाख रुपैयाँ सहित भारत घर भएका २६ वर्षीय अरबिन्द महतो सहित २ जनालाई शनिबार दिउँसो पक्राउ गरेको हाे।

    अस्थाई प्रहरी पोष्ट जोतपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ५ वाई ६४१७ नम्बरको मोटरसाइकल जाँच गर्दा उक्त रकम फेला पारी चालक महतोलाई मोटरसाइकल सहित पक्राउ गरेको हो ।

    प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।