Tag: स्पेनिस ला लिगा

  • एट्लेटिकोको सहज जित

    एट्लेटिकोको सहज जित

    काठमाडौं । इल्चेलाई २-० ले पराजित गर्दै एट्लेटिको मड्रिडले स्पेनिस ला लिगाको शीर्ष चारमा बस्दै आगामी सिजन च्याम्पियन्स लिगमा स्थान बनाउने सम्भावना बलियो पारेको छ ।

    गयराति प्रशिक्षक डिएगो सिमोनीको प्रशिक्षणमा एट्लेटिकोले ला लिगामा चार सय खेल खेलेको हो । सिमोनीको टोलीले आइतबार लिग विजेता रियाल मड्रिडलाई १-० ले पराजित गरेको थियो ।

    २८औँ मिनेटमा म्याथ्युज कुन्हाको गोलमा एट्लेटिकोले अग्रता लिएको थियो । ६२औं मिनेटमा रोर्डिगो डी पाउलले एट्लेटिकोको अग्रता दोब्बर पारेका थिए ।

    जितपछि ३६ खेलमा ६७ अंकसहित एट्लेटिको तेस्रो स्थानमा उक्लिएको हो । चौथो स्थानको सेभिया भन्दा एट्लेटिको एक अंकले अघि रहेको छ । एट्लेटिकोले आगामी सिजन च्याम्पियन्स लिगको टिकट सम्भावना बलियो पार्ने क्रममा पाँचौ स्थानको रियल बेटिससँग ६ अंकको अग्रता लिएको थियो ।

    लिगमा अब दुई चरणका खेल मात्र बाँकी रहेको छ । लिग विजेता रियाल मड्रिडसँगै दोस्रो स्थानको बार्सिलोना यसअघि नै च्याम्पियन्स लिगमा छनोट भइसकेका छन् ।

    सेभिया भने बुधबार रियल मार्लोकासँग गोलरहित बराबरीमा रोकिएको थियो । सेभिया पाँचौ स्थानको बेटिसभन्दा पाँच अंकले अघि रहेको छ ।

     

  • स्पेनिस ला लिगाः रियल मड्रिड एट्लेटिकोसँग पराजित

    स्पेनिस ला लिगाः रियल मड्रिड एट्लेटिकोसँग पराजित

    काठमाडौं । स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको मड्रिड डर्बीमा एट्लेटिको मड्रिडले उपाधि विजेता रियल मड्रिडलाई १–० अन्तरले पराजित गरेको छ ।

    घरेलु मैदानमा एट्लेटिकोलाई जिताउन खेलको ४०औं मिनेटमा यान्निक कारास्कोले पेनाल्टी मार्फत गोल गरे ।

    यूइएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको रियलले यस अघिनै ला लिगाको उपाधि जितिसकेको छ ।

    पराजित भएपनि३५ खेलमा ८१ अंक जोडेको रियल शीर्ष स्थानमा यथावत् छ । जितसँगै एट्लेटिकोले ३५ खेलबाट ६४ अंक जोडेर चौंथो स्थानमा छ ।

  • स्पेनिस ला लिगाः रियल र एट्लेटिको विजयी

    स्पेनिस ला लिगाः रियल र एट्लेटिको विजयी

    काठमाडौं । स्पेनिस ला लिगाको शनिबार राति भएको खेलमा लिग लिडर रियल मड्रिड र एट्लेटिको मड्रिड समान ३–० अन्तरले विजयी भएका छन् ।

    रियलले घरेलु मैदानमा डिपोर्टिभो अलाभेसलाई दोस्रो हाफमा लगातार तीन गोल गर्दै ३–० अन्तरले पराजित गर्यो । रियलको जितमा मार्को एसेन्सियो, भिनिसियस जुनिअर र कप्तान करिम बेन्जेमाले एक एक गोल गरे ।

    अर्को खेलमा भ्रमणकारी टोली एट्लेटिकोले ओसासुनालाई ३–० अन्तरले पराजित गर्दै शीर्ष चारमा रह्यो । एट्लेटिकोको जितमा जोआओ फेलिक्स, लुइस सुआरेज र एन्जल कोरेयाले एक एक गोल गरे ।

    जितसंगै २५ खेलबाट ५७ अंक बनाएको रियल शीर्ष स्थानमा छ । एट्लेटिको भने समान खेलबाट ४२ अंक बनाएर चौथो स्थानमा छ ।

    यता पराजित अलाभेस २० अंक सहित रेलिगेशन जोनमा छ भने ओसासुना ३२ अंकसहित नवौं स्थानमा छ ।

  • ला लिगामा बार्सिलोनाको छैठौं जित

    ला लिगामा बार्सिलोनाको छैठौं जित

    काठमाडौं । बार्सिलोनाले स्पेनिस ला लिगामा सिजनको छैठौं जित निकालेको छ । शनिबार राति भ्रमणकारी टोली बार्सिलोनाले घरेलु टोली भिल्लारियलमाथि ३-१ को सहज जित हात पारेको हो ।

    बार्सिलोनाको सहज जितमा फ्रान्की डी जोङ, मेम्फिस डिपाए र फिलिपे कौटिन्होले समान १/१ गोल गरे । घरेलु टोलीका स्यामुइल चुकविइजीले एक गोल फर्काए ।

    प्रशिक्षक जाभि होर्नाण्डेजको नेतृत्वमा बार्सिलोनाको स्पेनिस ला लिगामा दोस्रो जित हो । शनिबार राति भएको अन्य खेलमा मालोर्काले गटाफेसँग गोलरहित बराबर खेल्यो । यस्तै भ्यालेन्सिया र रायो भालेकोनोले १-१ गोलको बराबरी खेल्दै अंक बाँढेका हुन् ।

    सेल्टा भिगोले भने डिपोर्टिभो अलाभेसलाई २-१ ले पराजित गर्यो । जितसँगै बार्सिलोना १४ खेलबाट २३ अंक जोडेर सातौं स्थानमा छ । पराजित भिल्लारियल १६ अंक जोडेर १२औं स्थानमा रहेको छ । शीर्षस्थानमा रहेको रियल मड्रिडको ३० अंक रहेकेा छ ।

  • स्पेनिस लालिगामा ओसासुना र ग्रानडाको बराबरी

    स्पेनिस लालिगामा ओसासुना र ग्रानडाको बराबरी

    काठमाडौं । एन्जेल मोन्टोरोले निर्धारित समयको अन्तिम मिनेटमा गरेको बराबरी गोलसँगै ग्रानडा स्पेनिस लालिगामा ओसासुनाविरुद्धको हारबाट जोगिएको छ । ग्रानडा शुक्रबार राति ओसासुनाको मैदानमा भएको खेलको पहिलो हाफमा १–० ले पछि परेको थियो ।

    पहिलो हाफको अन्तिम मिनेटमा एजिक्विल अभिलाले गरेको गोलसँगै घरेलु टोली ओसासुनाले अग्रता लिएको थियो । दोस्रो हाफको सुरुआतदेखि नै बराबरी गोलका लागि निरन्तर प्रयासरत ग्रानडाले घरेलु टोलीको रक्षापंक्ति छिचोल्न सकेको थिएन ।

    यद्यपि, ७४औं मिनेटमा जोसे एन्जलले रातो कार्ड पाएसँगै १० जनामा सीमित भएको ओसासुनाले अग्रता जोगाउन नसक्दा ८९ मिनेटसम्म लिड लिएर पनि जित निकाल्न सकेन ।

    बराबरीसँगै १० खेलबाट १८ अंक जोडेको ओसासुन अंक तलिकाको दोस्रो स्थानमा उक्लिएको छ । ९ खेलबाट ७ अंक जोडेको ग्रानडा १७औं स्थानमा छ ।

  • सहज जितसहित भ्यालेन्सिया ला लिगाको शीर्ष स्थानमा

    सहज जितसहित भ्यालेन्सिया ला लिगाको शीर्ष स्थानमा

    काठमाडौं । शुक्रबार राति स्पेनिस ला लिगामा भ्यालेन्सियाले डिपोर्टिभो एलाभेसमाथि ३–० को नतिजामा सहज जित निकालेको छ ।

    घरेलु मैदानमा भएको खेलको तेस्रो मिनेटमै ड्यानियल वासको गोलसँगै भ्यालेन्सियाले अग्रता लिएको थियो । उनले डेनिस चेसिरेभको पासमा भ्यालेन्सियालाई सुरुआतमै अग्रता दिलाएका थिए ।

    भ्रमणकारी एलाभेसमाथि हाबी बनेको भ्यालेन्सियाका लागि पहिलो हाफको इन्जुरी समयमा कार्लेस सोलेरले दोस्रो गोल गरेका थिए । उनले गोन्कालो गुइडेजको पासलाई जाली चुमाउँदै पहिलो हाफमा भ्यालेन्सियाको अग्रता २–० मा पुर्याएका थिए ।

    दोस्रो हाफमा सम्हालिने प्रयासरत एलाभेसले पुनः एक गोल खायो । म्याक्सिमिलानो गोमेजले दिएको पासमा गुइडेजले गोल गर्दै भ्यालेन्सियाको पक्षमा ३–० को जित सुनिश्चित गरे ।

    जितसँगै ३ खेलबाट ७ अंक जोडेको भ्यालेन्सिया ला लिगाको अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समान खेलमा अंक जोड्न असफल एलाभेस तालिकाको पुछारमा छ ।

    समान तीन खेलबाट ७ अंक जोडेको मायोर्का दोस्रो स्थानमा छ । दुई खेलमा ४÷४ अंक जोडेका रियाल मड्रिड र बार्सिलोना क्रमशः पाँचौं र छैठौं स्थानमा छन् ।

  • ला लिगामा रियलको विजयी शुरुआत, बार्सिलोनाको खेल आज

    ला लिगामा रियलको विजयी शुरुआत, बार्सिलोनाको खेल आज

    एजेन्सी । हिजोदेखि सुरु भएको स्पेनिस ला लिगामा रियल मड्रिडले विजयी शुरुआत गरेको छ । लिगको पहिलो खेलमा अलाभेसमाथि रियलले ४-१ गेलको अवे जित निकाल्यो ।

    रियलको जितमा करिम बेन्जिमाले २ गोल गरे । कार्लो एन्सेलोटीले गत सिजन टोटनह्याममा लोनमा विताएर फर्किएका ग्यारेथ बेललाई सुरुआती ११ मा राखेका थिए ।

    सबै गोल दोस्रो हाफमा सम्भव भएको थियो । इडेन हाजार्डको पासमा बेन्जिमाले दोस्रो हाफको सुरुआतमै अग्रता दिलाएपछि ५६ औं मिनेटमा नाचोले तथा ६२ औं मिनेटमा बेन्जिमाले गोल गरे ।

    ६५ औं मिनेटमा पेनाल्टीमार्फत अलाभेसले १ गोल फर्कायो । भिनिसियस जुनियरले खेलको अन्त्यतिर गोल गरी ४–१ को जित निश्चित गरे ।
    बार्यन म्युनिखबाट फ्रि–ट्रान्सफरमा मड्रिड आएका स्वीस डिफेण्डर डेभिड अलाबाले रियलका लागि डेब्यू गरे । भिनिसियसको गोलका लागि उनैले बल उपलब्ध गराएका थिए ।

    लियोनल मेस्सीले क्लब छाडेपछि बार्सिलोनाले आज पहिलो खेल खेल्दैछ । हिजो आयोजित पत्रकार सम्मेलनमा बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले क्लबमा मेस्सीको स्थान र महत्व सदैव रहने भन्दै विगतलाई सम्झिएर वर्तमान खराव बनाउन नहुने बताइसकेका छन् ।

    १७ सिजनपछि बार्सिलोनाले मेस्सीविना ला लिगा सुरु गर्दा खेलाडीको मनोविज्ञान र मनस्थितिमा पनि असर पर्नसक्ने आंकलन गरिएको छ । तर, प्रशिक्षक कोम्यानले मेस्सीविना ५ साता प्रशिक्षण गरिएको र सन्तुलित टिम निर्माण भइसकेको दावी गरेका छन् ।

    बर्सिलोनाले नोउक्याम्पमा आज राती सवा ११ बजेदेखि हुने रियल सोसिडाडसँगको खेलबाट ला लिगा सुरुआत गर्नेछ । गत सिजन एट्लेटिको मड्रिडले जितेको लिगमा बार्सिलोना तेस्रो भएको थियो । प्रशिक्षक कोम्यानले बार्सिलोना ला लिगा मात्र होइन, च्याम्पियन्स लिग जित्ने बलियो टोली भइसकेको दावी गरे ।

  • ला लिगाको उद्घाटन खेलमा १० जनामा सीमित भ्यालेन्सिया विजयी

    ला लिगाको उद्घाटन खेलमा १० जनामा सीमित भ्यालेन्सिया विजयी

    काठमाडौं । खेलको तेस्रो मिनेटमै १० जना खेलाडीमा सीमित भएको भ्यालेन्सियाले स्पेनिस ला लिगाको नयाँ सिजनको पहिलो खेलमा गेटाफेविरुद्ध १–० को कठिन जित निकालेको छ ।

    शुक्रबार राति घरेलु मैदान स्टाडियो मेस्टेलामा भएको खेलेका सुरुआतमै गेटाफेका खेलाडीमाथि खराब फाउल गरेपछि भ्यालेन्सियाका हुगो ग्विलामोन रातो कार्डको सामना गर्दै मैदानबाट बाहिरिनु परेको थियो ।

    उनी बाहिरिएसँगै १० जनामा सीमित भएको भ्यालेन्सियाले ११औं मिनेटमा पेनाल्टी पाएको थियो । गेटाफेका डिजेनले डेनिस चेरिसेभमाथि १८ यार्ड बक्सभित्र फाउल गरेपछि भ्यालेन्सियाले स्पटबाट अग्रता लिने मौका पाएको थियो ।

    सोही पेनाल्टीको सदुपयोग गर्दै भ्यालेन्सियाका कार्लोस सोलेरले टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० ले पछि परेको गेटाफेले बराबरी गोलका लागि निरन्तर प्रयास गरे पनि सफल हुन सकेन ।

    निर्धारित समयको खेल सकिन १४ मिनेट बाँकी रहँदा एरिक काबाकोले दोहोरो पहेँलो कार्डको सामना गर्दैैै मैदान छाड्नु परेपछि गेटाफे पनि खेलको अन्त्यमा १० जना खेलाडीमा सीमित भएको थियो ।

    जितसँगै भ्यालेन्सियाले तीन अंक जोडेको छ भने गेटाफेले खराब सुरुआत गरेको छ । स्पेनिस ला लिगामा शनिबार राति चार खेल हुँदैछन् ।

  • एट्लेटिको मड्रिड सात वर्षपछि ला लिगा च्याम्पियन

    एट्लेटिको मड्रिड सात वर्षपछि ला लिगा च्याम्पियन

    एजेन्सी । लुइस स्वारेजले विजयी गोल गरेपछि शहरीय प्रतिद्वन्द्वी रियल मड्रिडलाई पछि पार्दै एट्लेटिको मड्रिडले यो सिजनको स्पेनिस ला लिगा उपाधि जितेको छ ।

    डिएगो सिमोनी प्रशिक्षित एट्लेटिकोले भालाडोलिडसँग पहिलो हाफमा पछि परेको थियो । ओस्कार प्लानोले गोल गरेपछि एट्लेटिको सुरुमै दवावमा आयो । तर दोस्रो हाफमा एंगेल कोरिया र स्वारेजले १० मिनेटको अन्तरमा गोल गरेपछि खेल एट्लेटिकोको पक्षमा फर्कियो ।

    रियल मड्रिडले पनि भिल्लारियलमाथि अन्तिम समयमा गरेको दुई गोलमार्फत २–१ को जित हासिल गरेको थियो । तर दोस्रो स्थानमै सीमित रहेर लिग टुंग्यायो ।

    उरुग्वेका ३४ वर्षीय स्ट्राइकर स्वारेजले यस सिजन ला लिगामा २१ गोल गरे । सन् २०१४÷१५ मा स्पेन आएयता उनले पाँच सिजन बीसभन्दा बढी गोल गरेका छन् । उनी डेभिड भिया र आद्रा टुरानपछि बार्सिलोना र एट्लेटिको दुवैबाट ला लिगा जित्ने तेस्रो खेलाडी हुन् ।

    उनको उमेरका कारण स्वारेजले बार्सिलोनामा पछिल्लो सिजन अपमानित हुँदै बाहिरिनुपरेको थियो । प्रशिक्षक रोनाल्ड कोम्यानले स्वारेजका लागि आफूले कुनै योजना नबनाएको सार्वजनिक अभिव्यक्ति दिएका थिए । बार्सिलोना क्लब व्यवस्थापन र कप्तान लियोनल मेस्सीबीचको सबैभन्दा ठूलो दरारको मुख्य कारण यही पनि थियो । मेस्सीले पाका खेलाडीलाई हेप्ने गरिएकोमा असन्तुष्टि व्यक्त गरेका थिए ।

    उपाधि जितेपछि निकै नै भावुक देखिएका स्वारेजले भने, ‘म एट्लेटिकोप्रति अनुग्रहित छु कि उनीहरुले मलाई अवसर दिए र यो स्थितिमा विश्वास गरे । मेरो अप्ठेरो स्थितिमा मसँगै रहेकी मेरी श्रीमती र बच्चाहरुले पनि धेरै सहयोग गरे ।’

  • सेभियासँग बराबरी खेलेपछि रियल मड्रिड शीर्ष स्थानमा पुग्न असफल

    सेभियासँग बराबरी खेलेपछि रियल मड्रिड शीर्ष स्थानमा पुग्न असफल

    एजेन्सी । घरेलु मैदान सान्टियागो वर्नबाउमा सेभियासँग २–२ गोलको बराबरी खेलेपछि स्पेनिस ला लिगामा सिजनको तीन खेल बाँकी रहँदा रियल मड्रिडले शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ ।

    खेलको इन्जूरी समयमा सेभियाका डिएगो कार्लोसले आत्मघाती गोल गरेपछि रियलले कम्तिमा १ अंक पाएको हो । टोनी क्रुजको प्रहार डिफ्लेक्ट हुँदा रियलले दुईपल्ट पछि परेर पनि बराबरी गर्न सक्यो । बराबरीपछि एट्लेटिको मड्रिडभन्दा २ अंकले पछाडि छ ।

    फर्नान्डो रेगेजले २२ औं मिनेटमा गरेको गोलमार्फत पाहुना टोलीले पहिलो हाफमा अग्रता बनाएको थियो । सब्स्टिच्युड मार्को एसेन्सियोले ६७ औं मिनेटमा बराबरी गोल फर्काए ।

    तर ७८ औं मिनेटमा बार्सिलोनाका पूर्व मिडफिल्डर इभान राकिटिचले पेनाल्टीमा गोल गरी पुनः सेभियालाई अगाडि बढाए । इडर मिलिटोले बक्सभित्र ह्याण्ड गरेपछि सेभियाले पेनाल्टी पाएको थियो ।

    रियल मड्रिडले खेलको १२ औं मिनेटमै अग्रता बनाएको थियो । तर करिम बेन्जिमाको हेड गोललाई भिडियो असिस्टेन्ट रेफ्री (भार)ले अफसाइड दिएको थियो ।

    सिजनको तीन चरणका खेल बाँकी रहँदा एट्लेटिको ७७ अंकसहित शीर्ष स्थानमा छ भने रियल र बार्सिलोना समान ७५ अंकसहित क्रमसः दोस्रो र तेस्रो स्थानमा छन् । अघिल्लो दिन एट्लेटिको र बार्सिलोनाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका थिए ।

    रियललाई हराउन सकेको भए सेभियाको पनि उपाधि सम्भावना बलियो हुन सक्थ्यो । समान खेलबाट सेभिया ७१ अंकसहित चौथो स्थानमा छ ।

  • काडिजलाई हराएपछि रियल मड्रिडद्वारा ला-लिगाकाे शीर्ष स्थानमा अंक बराबर

    काडिजलाई हराएपछि रियल मड्रिडद्वारा ला-लिगाकाे शीर्ष स्थानमा अंक बराबर

    एजेन्सी । काडिजलाई उसकै मैदानमा ३–० गोलअन्तरले पराजित गरेसँगै यिल मड्रिडले स्पेनिस लालिगाको शीर्ष स्थानमा एट्लेटिको मड्रिडसँग अंक बराबर गरेको छ ।

    घोषणा भएलगत्तै सर्बत्र आलोचना भएपछि युरोपियन सुपर लिगबाट पछि हटेलगत्तै यो जित निस्किएको हो । काडिजबिरुद्ध खेल्दै गर्दा ठूलो मात्रामा समर्थकहरु रंगशालाबाहिर सुपर लिगको विरोध गर्न भेला भएका थिए । रंगशालाभित्र घरेलु टोली काडिजले प्रेरणादायी प्रदर्शन गरे पनि पहिलो हाफको ३ गोलले रियल सहजै विजयी भयो ।

    रियलले १३ मिनेटको अन्तरमा ३ गोल गर्दा करिम बेन्जेमाले २ गोल गरे । ला लिगामा जारी सिजन व्यक्तिगत गोलसंख्या २१ पु¥याएका बेन्जेमाले पहिलो गोल ३० औं मिनेटमा पेनाल्टीमार्फत गरेका थिए । ३३ औं मिनेटमा ओड्रियोजोला र ४० औं मिनेटमा बेन्जेमा आफैंले गोल गरेका हुन् ।

    जितपछि ३२ खेलबाट रियलको ७० अंक पुगेको छ । एक खेल कम खेलेको एट्लेटिको मड्रिडको पनि ७० अंक नै छ । दुई खेल कम खेलेको चौथौ स्थानको बार्सिलोनाको ६५ अंक छ । सेभिया तेस्रो स्थानमा छ । उसले ३२ खेलबाट ६७ अंक जोडेको छ ।

  • एल्चेबिरुद्ध कठिन जितपछि रियल मड्रिड ला लिगाको दोस्रो स्थानमा

    एल्चेबिरुद्ध कठिन जितपछि रियल मड्रिड ला लिगाको दोस्रो स्थानमा

    एजेन्सी । रेलिगेसनको खतरामै रहेको एल्चेमाथिको पुनरागमन जितका साथ रियल मड्रिड स्पेनिस ला लिगाको दोस्रो स्थानमा पुगेको छ ।

    करिम बेन्जिमाले इन्जूरी समयमा गोल गरी टिमलाई जित दिलाएका हुन् । सान्तियागो वर्नबाउमा रियल मड्रिडले ६१ औं मिनेटमा गोल खाएको थियो । एल्चेका लागि ड्यानी काल्भोले गोल गरेका थिए ।

    तर, बेन्जिमाले ७३ औं मिनेटमा गोल गरी खेल बराबरीमा ल्याए । त्यसयता इन्जुरी समयमै उनैले गोल गरी महत्वपूर्ण तीन अंक दिलाए ।

    यो जितपछि २७ खेलबाट ५७ अंकसहित रियलले बार्सिलोनालाई १ अंकले पछि पारेर दोस्रो स्थानमा पुगेको हो । समान खेलबाट शीर्ष स्थानको एट्लेटिको मड्रिडको ६३ अंक छ । बार्सिलोनाले भने १ खेल कम खेलेको छ ।

  • गुइडेजको गोलमा भ्यालेन्सियाको रोमाञ्चक जित

    गुइडेजको गोलमा भ्यालेन्सियाको रोमाञ्चक जित

    काठमाडौं । गोन्कालो गुइडेजको निर्णायक गोल प्रेरित भ्यालेन्सियाले स्पेनिस लालिगामा शुक्रबार राति भिलारियाललाई २-१ को नतिजामा पराजित गरेको छ ।

    भ्यालेन्सियाको मैदानमा भएको खेलको पहिलो हाफ सकिन पाँच मिनेट बाँकी रहँदा जेराड मोरेनोले पेनाल्टीमार्फत गोल गर्दै भ्रमणकारी टोलीलाई अग्रता दिलाएका थिए ।

    पहिलो हाफमा १-० ले पछि परेको भ्यालेन्सिया दोस्रो हाफमा आक्रमक शैलीमा प्रस्तुत भएको थियो । निरन्तर गरेका प्रयासमा भिलारियालको रक्षापंक्ति बाधक बनेपछि भ्यालेन्सिले बराबरी गोलका लागि ८६औैं मिनेटसम्म प्रतिक्षा गर्नुपरेको थियो ।

    भ्यालेन्सियाले पाएको पेनाल्टीको सदुपयोग गर्दै कार्लोस सोलेरले ८६औं मिनेटमा घरेलु टोलीका लागि बराबरी गोल फर्काए । निर्धारित ९० मिनेटसम्म १-१ को बराबरीमा रहेको खेलको इन्जुरी समयमा गुइडेजले गोल गर्दै भ्यालेन्सियाको रोमाञ्चक जित सुनिश्चित गरे ।

    जितसँगै २६ खेलबाट ३० अंक जोडेको भ्यालेन्सिया अंक तालिकाको ११औं स्थानमा उक्लिएको छ । समान खेलबाट ३७ अंक जोडेको भिलारियाल सातौं स्थानमा छ ।

  • सोसिडाडसँग अंक बाँडेपछि रियल मड्रिडले दोस्रो स्थानमा उक्लने अवसर गुमायो

    सोसिडाडसँग अंक बाँडेपछि रियल मड्रिडले दोस्रो स्थानमा उक्लने अवसर गुमायो

    एजेन्सी । ब्राजिलियन फरवार्ड भिनिसियस जुनियरले क्लबका लागि एक सयौं खेलको अन्तिम मिनेटमा बराबरी गोल फर्काएपछि स्पेनिस ला लिगामा रियल मड्रिड घरेलु मैदानमा रियल सोसिडाडसँग हारबाट जोगिएको छ ।

    पहिलो हाफ सान्टियागो बर्नबाउमा घरेलु टोलीले बर्चश्व बनाएको थियो । मारियानो र रफायल भारानेले दुई मिनेटको अन्तरमा गरेको हेड क्रसबारमा लागेपछि गोल हुन सकेन ।

    दोस्रो हाफमा सोसिडाडले निकै नै सुधारिएको खेल प्रदर्शन गरेको थियो । ५५ औं मिनेटमा नाचो मानरियल्सको क्रसलाई सदुपयोग गरी पोर्तुगेज मान्जानेराले शानदार हेड गोल गरे ।

    जिदानेले ६१ औं मिनेटमा अग्रपंक्तिका तीन खेलाडी परिवर्तन गरे । तिनैमध्येका एक भिनिसियसले लुकास भाज्क्वेजको पासमा ८९ औं मिनेटमा गोल गरे, हार टारे ।

    यो बराबरीले सबै प्रतियोगितामा गरी रियल मड्रिडको पाँच खेलको अजेय यात्रा सकिएको छ । र ला लिगामा बार्सिलोनालाई पछि पारी दोस्रो स्थानमा उक्लले अवसर पनि गुमाएको छ ।

    २४ खेलबाट बार्सिलोना र रियलको समान ५३ अंक भएको छ । गोलअन्तरले बार्सिलोना अगाडि रह्यो । एक खेल कम खेलेको एट्लेटिको मड्रिड शीर्ष स्थानमा ५ अंक अगाडि छ । सोसिसाड पाँचौं स्थानमा छ ।

  • भिल्लारियलमाथिको जितसँगै एट्लेटिकोलाई ५ अंकको अग्रता

    भिल्लारियलमाथिको जितसँगै एट्लेटिकोलाई ५ अंकको अग्रता

    एजेन्सी । भिल्लारियलमाथि २–० गोलअन्तरको अवे जितका साथ एट्लेटिको मड्रिडले स्पेनिस ला लिगाको शीर्ष स्थानमा ५ अंकको स्पष्ट अग्रता बनाएको छ ।

    एट्लेटिको सन् २०१३-१४ पछि पहिलोपल्ट ला लिगाको उपाधि जित्ने लक्ष्यमा छ । ला लिगा इतिहासमै एट्लेटिकोले अहिलेसम्म १० पल्ट ला लिगा जितेको छ ।

    भिल्लारियलका अल्फोन्सो पेड्राजाको आत्मघाती गोलमा एट्लेटिकोले पहिलो हाफमा अग्रता लिएको थियो । जोआओ फेलिक्सले ६९ औं मिनेटमा गोल गरी २–० को आरामदायी जित निश्चित गरे ।

    यो नतिजाले एट्लेटिकोलाई दोस्रो स्थानको बार्सिलोनासँग ५ अंकको स्पष्ट अग्रतामा कायम राखेको छ । तेस्रो स्थानको रियल मड्रिडभन्दा ६ अंकले अगाडि छ । मड्रिड डर्बी मार्च ७ मा एट्लेटिकोले आतिथ्य गर्दैछ ।

    एट्लेटिको पछिल्ला तीन खेलमा जितबिहीन यात्रापछि लयमा फर्किएको हो । जसमा च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा चेल्सीसँग ब्यहोरेको १–० को हार पनि समावेश छ ।

    उनीहरुले उत्कृष्ट रक्षात्मक शैली यस सिजनको ला लिगामा देखिएको छ । २४ खेलमा एट्लेटिकोले १६गोलमात्र खाएको छ । यद्यपि सबै प्रतियोगितामा गरी पछिल्लो १० खेलमा एट्लेटिकोले गोल नखाएको यही भिल्लारियलसँगको खेलमा मात्र हो ।

    सोमबार रियल मड्रिडले रियल सोसिडाडसँग खेल्दैछ । त्यो खेल जितेमा उसलाई दोस्रो स्थानमा उक्लने अवसर हुनेछ ।

  • ला लिगा- शीर्ष स्थानको एट्लेटिकोसँग २ अंकको दूरीमा बार्सिलोना

    ला लिगा- शीर्ष स्थानको एट्लेटिकोसँग २ अंकको दूरीमा बार्सिलोना

    एजेन्सी । लियोनल मेस्सीले एक गोल र अर्को एक गोलका लागि अवसर सृजना गरेपछि सेभियालाई पराजित गरी बार्सिलोनले स्पेनिस ला लिगामा शीर्ष स्थानको एट्लेटिको मड्रिडसँगको दूरी २ अंकमा झारेको छ ।

    सेर्गिनो डेस्टले प्रहार गरेको बल पोलमा लागेर बाहिरिएको केहि समयपछि अर्थात २९ औं मिनेटमा ओस्मान डेम्बेलेले मेस्सीको पासमा गोल गरी पहिलो हाफमा अग्रता दिलाएका थिए ।

    बार्सिलोनाका डिफेण्डर क्लेमेन्ट लेङलेटको हेडर गोल अफसाइड करार भएको थियो । त्यस्तै सेभियाका युशुफ एन–नेस्यारीले गरेको गोल पनि अफसाइडका कारण मान्यता दिइएन ।

    मेस्सीले ८५ औं मिनेटमा शानदार गोलमार्फत घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाए । ला लिगामा उसले लगातार जित हासिल गरेको हो ।

    मेस्सीले आफ्नो करिअरमा सेभियाबिरुद्ध गरेको यो ३८ औं गोल हो । सेभियाबिरुद्ध अन्य क्लबको तुलनामा ६ गोल बढी हो । बार्सिलोनाले ला लिगामा लगातार आठौं खेलमा १२ औं गोल गरेका हुन् । पछिल्लो २ वर्षमा मेस्सीको यो सबैभन्दा उत्कृष्ट प्रदर्शन हो ।

    बार्सिलोनाको २५ खेलबाट ५३ अंक भएको छ । उसले एक खेल कम खेलेको रियल मड्रिडलाई १ अंकले पछि छोडेको छ भने २ खेल कम खेलेकामे शीर्ष स्थानको एट्लेटिको मड्रिडसँग २ अंक पछाडि छ ।

  • ला लिगामा भ्यालेन्सियामाथि रियल मड्रिडको सहज जित

    ला लिगामा भ्यालेन्सियामाथि रियल मड्रिडको सहज जित

    एजेन्सी । करिम बेन्जिमाले सिजनको १७ औं गोल गरेपछि स्पेनिस ला लिगामा रियल मड्रिडले भ्यालेन्सियामाथि २–० गोलको सहज जित हासिल गरेको छ । जितसँगै मड्रिड अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

    सान्टियागो बर्नबाउमा घरेलु टोलीले सानदार खेल प्रदर्शन गरेको थियो । १२ आंैं मिनेटमै बेन्जिमाले खेलमा अग्रता दिलाएका थिए । उनले टोनी क्रुसको पासमा गोल गरेका हुन् ।

    उनी क्रुसले पहिलो हाफ सकिनु ३ मिनेटअघि लुकास भाज्क्वेजको पासमा गोल गरी सहज स्थितिमा पुर्‍याए ।

    दोस्रो हाफमा भ्यालेन्सियाले गोल गर्न सकेन । म्याक्सी गोमेजले थियावट कोर्टिअसलाई लक्षित गरी केहि प्रहार गरे पनि सफल भएनन् ।

    यो जितपछि रियलले शीर्ष स्थानको एट्लेटिको मड्रिडसँगको दूरी ५ अंकमा झारेको छ । तर उसले २ खेल बढी खेलेको छ ।

  • बार्सिलोनाको फराकिलो जितमा मेस्सीको २ गोल

    बार्सिलोनाको फराकिलो जितमा मेस्सीको २ गोल

    एजेन्सी । लियोनल मेस्सी र फ्रान्सिस्को ट्रिन्काओले २-२ गोल गरेपछि बार्सिलोनाले स्पेनिस ला लिगामा अलाभेसमाथि ५–१ गोलअन्तरको जित हासिल गरेको छ । बार्सिलोनाको यो लगातार सातौं लिग जित पनि हो ।

    ट्रिन्काओले २९ औं मिनेटमा इराक्स मोरिवाको पासमा गोल गरेका थिए । यी दुवै युवा खेलाडीले ला लिगामा डेब्यू गरिरहेका थिए । मेस्सीले बक्सबाहिरकबाट शानदार गोल गरेपछि पहिलो हाफमा बार्सिलोना २–० ले अगाडि रह्यो ।

    रेलिगेसन क्षेत्रबात्र मात्र २ अंक माथि रहेको अलाभेसका लागि ५७ औं मिनेटमा लुइस रोइजाले गोल गरी आशा जगाएका थिए । तर खेलको अन्त्यतिर ६ मिनेटको अन्तरमा ३ गोल गरी बार्सिलोनाले फराकिलो अन्तर राख्न सक्यो ।

    ७४ औं मिनेटमा ट्रिन्काओले व्यक्तिगत दोस्रो गोल गर्दा त्यसको एक मिनेटपछि मेस्सीले पनि गोल थपे । ८० औं मिनेटमा जुनियर फिर्पोले क्लोज रेन्जबाट पाँचौं गोल गरे ।

    २-२ गोल गर्ने मेस्सी र ट्रिन्काओ दुवैका लागि यो दिन निकै महत्वपूर्ण थियो । ३३ वर्षीय मेस्सीले ५ सय ५ औं ला लिगा खेल खेल्दै थिए जुन जाभीको कीर्तिमान बराबरी हाे । २१ वर्षीय ट्रिन्काओ सिनियर करिअरमा ला लिगामा डेब्यू गरेका हुन् । तर उनी लगातार बेन्चमा थिए र नकआउट प्रतियोगितामा खेलेका थिए ।

    दुवै खेलाडीको थप अर्को गोल भिडियो असिस्टेन्ट रेफ्रीबाट अफसाइड करार गरिएको थियो । यो जितपछि बार्सिलोना अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । तर, अझै शीर्ष स्थानको एट्लेटिको मड्रिडभन्दा ८ अंकले पछाडि छ ।

     

  • एट्लेटिकोसँग दूरी घटाउँदै रियल मड्रिड

    एट्लेटिकोसँग दूरी घटाउँदै रियल मड्रिड

    एजेन्सी । सान्टियागो बर्नबाउमा गेटाफेमाथि २–० गोलको सहज जित निकाल्दै यिल मड्रिड स्पेनिस ला लिगाको दोस्रँे स्थानमा उक्लिएको छ । जितसँगै उसले शीर्ष स्थानको एट्लेटिको मड्रिडसँगको दूरी पनि केहि कम गरेको छ ।

    साविक विजेता रियलले नयाँ सिजनको सुरुआतमा ९ जना सुरुआती टिमका खेलाडीलाई इन्जूरी तथा प्रतिबन्धका कारण गुमाएको थियो । त्यसैले उसको सुरुआत नै कमजोर र कठिन बन्यो ।

    करिम बेन्जिमाले हेड गोलमार्फत घरेलु टोलीलाई अग्रता दिलाएका थिए । उनको यो २७ खेलमा १६ औं गोल हो । डिफेण्डर फरल्याण्ड मेन्डीले अर्को गोल थपेपछि रियलले सहज विजय पायो ।

    रियल अझै पनि एट्लेटिको भन्दा ५ अंकले पछि छ । रियलको २२ खेलबाट ४६ अंक भएको छ । २ खेल कम खेलेको एट्लेटिकोको ५१ र एक खेल कम खेलेको बार्सिलोनाको ४३ अंक छ ।

    गेटाफेबिरुद्ध इडेन हाजार्ड, फेडेरिको भाल्भर्डे, टोनी क्रुस, अल्भारो ओडजियोजाला, कप्तान सर्जियो रामोस पनि अनुस्थित थिए ।

    प्रशिक्षक जिनेदिन जिदानलाई मैदानमा ३–४–३ को असहज फर्मेसनमा खेलाउनुपरेको थियो ।