Tag: स्थायी कमिटी सदस्य

  • बुद्धनगरमा माधवपक्षीय स्थायी कमिटी सदस्यको बैठक, भोलिको बैठकमा जाने-नजानेबारे छलफल

    बुद्धनगरमा माधवपक्षीय स्थायी कमिटी सदस्यको बैठक, भोलिको बैठकमा जाने-नजानेबारे छलफल

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर स्थायी कमिटी सदस्यको बैठक शुरू भएको छ ।

    भोलि बोलाइएको एमाले केन्द्रीय कमिटी बैठकमा सहभागी हुने/नहुने निर्क्यौल गर्न माधव पक्षधरका नेता हिजोदेखि छलफलमा जुटेका छन् । विशेषगरी जेठ २ अघिको एमालेको मात्र बैठक बस्नुपर्ने भन्दै नेपाल पक्षमा भोलिको बैठकमा जान नहुने मत धेरैको छ ।

    बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा नेता नेपालसहित भीम रावल भीम रावल, अष्टलक्ष्मी शाक्य र घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, रघुजी पन्तलगायतका नेता सहभागी छन् ।

    केन्द्रीय कमिटी बैठकमा माधव नेपाल पक्षलाई पनि सहभागी गराउन दुवै पक्षका नेताहरू हिजोदेखि छलफलमा जुटेका छन् । वार्तामा सहभागी नेताहरुमार्फत भोलिको बैठक पर सार्न माधव नेपाल पक्षको आग्रह छ ।

    बुधबार महाधिवेशन आयोजक कमिटी भंग गरी एमालेले २०७५ जेठ २ अघिकै पदाधिकारीका हैसियतमा माधव नेपाल पक्षसहितको बैठक बोलाएको छ । सो बैठकलाई एमाले एकताको ‘डेडलाइन’ भनिएको छ ।

    स्थायी कमिटी तथा आफ्नोपक्षीय केन्द्रीय सदस्यहरूसँगको छलफलको निष्कर्षपछि मात्र माधव पक्षले केन्द्रीय बैठकमा सहभागी हुने वा नहुने नेताहरूले बताएका छन् ।

  • केन्द्रीय समितिमा नरहेका पूर्वमाओवादी नेताहरू एमाले स्थायी कमिटीमा, माधव पक्षका दुई नेता पनि अटाए

    केन्द्रीय समितिमा नरहेका पूर्वमाओवादी नेताहरू एमाले स्थायी कमिटीमा, माधव पक्षका दुई नेता पनि अटाए

    काठमाडौं । नेकपा एमालेले पूर्वमाओवादी पृष्ठभूमिका नेताहरूसहित ८ जनालाई पार्टीको स्थायी कमिटीमा समाहित गरेको छ । पार्टीको महाधिवेशन आयोजक समिति भंग गर्ने निर्णयसँगै पूर्वमाओवादी नेताहरूको अवस्था के हुन्छ भन्ने कौतुहल थियो ।

    आज बसेको महाधिवेशन आयोजक समितिको अन्तिम बैठकले नेकपा विभाजनका क्रममा एमालेमै बसेका पूर्वमाओवादी नेताहरूलाई स्थायी समिति सदस्य मनोनीत गरेको हो । जसअनुसार रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा पार्टीको स्थायी मिति सदस्य बनेका छन् । उनीहरू केन्द्रीय सदस्य भने रहने छैनन् ।

    यसैगरी माओवादीसँगको एकता प्रक्रियामा एमालेबाट स्थायी कमिटीमा थपिएका रघुवीर महासेठ, विष्णु रिमाल, बेदुराम भुसाल र रघुजी पन्त पनि फेरि स्थायी कमिटी सदस्य बनेका छन् । उनीहरूमध्ये रघुवीर र विष्णु रिमाल संस्थापन समूहका हुन् भने बेदुराम र रघुजी पन्त माधव नेपाल समूहका हुन् । बेदुरामले हालैमात्र आफूलाई स्वतन्त्र सांसदका रूपमा व्यवहार गर्न संसद सचिवालयमा आग्रह गरेका थिए ।

  • माधव पक्षका स्थायी कमिटी सदस्यको आकस्मिक बैठक

    माधव पक्षका स्थायी कमिटी सदस्यको आकस्मिक बैठक

    काठमाडौं। नेकपा एमालेको माधव नेपाल पक्षले आकस्मिक बैठक बोलाएको छ।

    कलंकीको मेघा पार्टी प्यालेसमा नेपाल स्थायी कमिटी सदस्यहरुको बैठक बोलाइएको एक नेताले जानकारी दिए।

    माधव नेपाल र झलनाथ खनाल पुगेपछि बैठक शुरू हुनेछ।

    भोलिदेखि उपत्यकामा निषेधाज्ञा लागू हुने भएकाले त्यसअघि नै समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको हो।

    नेपाली कांग्रेस र माओवादी केन्द्रले सरकारविरूद्ध ल्याउने भनिएको अविश्वास प्रस्ताव दर्ता भइहाले आफूहरूको पोजिसन के हुने भन्नेबारेमा पनि नेपाल पक्षले छलफल गर्ने छ ।

  • नेपाल पक्षका ११ स्थायी कमिटी सदस्यको वक्तव्य- बालुवाटार भेला अवैध भन्दै सबै निर्णय रद्द गर्न माग

    नेपाल पक्षका ११ स्थायी कमिटी सदस्यको वक्तव्य- बालुवाटार भेला अवैध भन्दै सबै निर्णय रद्द गर्न माग

    काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षका ११ स्थायी कमिटी सदस्यहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध संयुक्त वक्तव्य जारी गरेका छन् ।

    केन्द्रीय कमिटीको विशेष वैठक भनी बालुवाटारमा गरिएको भेला अवैध रहेको विज्ञप्तिमा उल्लेख छ ।

    ‘नेकपा एमालेलाई एकतावद्ध र सुसंगतरुपमा अगाडि बढाउनका लागि केपी ओलीबाट गत फागुन २८ गते गुटको भेलाबाट भए–-गरिएका पार्टी विधानविपरीतका सबै काम-कारबाही रद्द गरी विधान, पद्धति र विधि अनुरुप स्थायी कमिटी र केन्द्रीय कमिटीका वैठक हुनुपर्ने स्वयं स्पष्ट छ,’ विज्ञप्तिमा भनिएको छ ।

    वक्तव्यमा प्रधानमन्त्री ओलीमाथि दक्षिणपन्थी र विर्सजनवादीको आरोप लगाइएको छ ।