Tag: स्थायी कमिटी बैठक

  • एमाले स्थायी कमिटी बैठक बस्दै, एक सयभन्दा बढी महाधिवेशन प्रतिनिधि मनोनयन हुने

    एमाले स्थायी कमिटी बैठक बस्दै, एक सयभन्दा बढी महाधिवेशन प्रतिनिधि मनोनयन हुने

    काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा स्थायी कमिटी बैठक बोलाइएको छ ।

    अपरान्ह ३ बजे तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा बस्ने बैठकमा महाधिवेशन तयारीको समिक्षा र विधान अनुसार ५ प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनयनबारे छलफल हुने केन्द्रीय कार्यालय सचिव शेरवहादुर तामाङले जानकारी दिए ।

    एमालेको दशौं महाधिवेशनमा कुल प्रतिनिधिको ५ प्रतिशत केन्द्रीय कमिटीले मनोनयन गर्ने व्यवस्था छ । स्थायी कमिटीले विभिन्न क्षेत्रबाट छुटेका व्यक्तिहरुको मनोनयनको सूची केन्द्रीय कमिटीमा पेश गर्नेछ ।

    करीव एक सय जना प्रतिनिधि मनोनयन हुने एमालेले जनाएको छ ।

  • माओवादी बैठक तेस्रो दिन पनि जारी, संगठन र सत्ता गठबन्धन बलियो बनाउन केन्द्रित (तस्बिरहरु)

    माओवादी बैठक तेस्रो दिन पनि जारी, संगठन र सत्ता गठबन्धन बलियो बनाउन केन्द्रित (तस्बिरहरु)

    काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज तेस्रो दिन पनि जारी रहेको छ । राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा बसेको माओवादी बैठक विशेष गरी संगठन संरचनामा केन्द्रित छ ।

    केन्द्रीय कार्यालयमा जारी बैठकले तल्ला तहका सम्मेलनको कार्यतालिका हेरफेर गरिसकेको छ । बैठकले सत्ता गठबन्धनलाई चुनावसम्मै लैजानेबारेमा अवधारणा बनाइरहेको छ ।

    माओवादीको विहीवारको बैठकका केही तस्बिर:

  • एमाले स्थायी कमिटी बैठक आज बस्दै

    एमाले स्थायी कमिटी बैठक आज बस्दै

    काठमाडौं । राष्ट्रिय महाधिवेशनको तयारीमा रहेको नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ ।

    आज दिउँसो ३ बजे च्यासलस्थित तुल्सीलाल अमात्य स्मृति प्रतिष्ठानको हलमा बस्न लागेको बैठकले असोज १६ र १७ गतेको विधान महाधिवेशनको समीक्षासँगै आसन्न राष्ट्रिय महाधिवेशनबारे छलफल गर्नेछ ।

    नेकपा एमालेको राष्ट्रिय महाधिवेशन मंसीरमा गर्ने तयारी छ । त्यसका लागि कात्तिक ६ गते शनिबार वडा अधिवेशन हुँदैछ । कात्तिक ९ गते मंगलबार पालिका अधिवेशन हुँदैछ । आजको बैठकले त्यसको तयारीबारे पनि छलफल गर्ने बताइएको छ ।

    बैठकमा हालै बेमौसमी वर्षापछि देशभर बाढी र पहिरोले पु¥याएको जनधनको क्षतिसँगै राहत र उद्धारमा सरकारको ध्यानाकर्षण गराउनेबारे पनि छलफल हुनेछ ।

  • स्थायी कमिटी बैठकमा एमाले नेताहरूको इन्ट्री (तस्बिरहरू)

    स्थायी कमिटी बैठकमा एमाले नेताहरूको इन्ट्री (तस्बिरहरू)

    काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक शुरू हुन लागेको छ । ललितपुर च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बैठकको लागि अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरू आउनेक्रम जारी छ ।

    अध्यक्ष ओलीले सोमबार साँझ एक अपीलमार्फत एमाले विभाजनका लागि अध्यादेश ल्याउन लागिएको भन्दै पार्टी विभाजनविरुद्ध एकजुट हुन आव्हान गरेका थिए । सरकारले हिजोमात्रै संसद अधिवेशन अन्त्य गरेको थियो ।

    संसद अधिवेदन अन्त्यपछि पार्टी विभाजनसम्बन्धी अध्यादेशको चर्चासँगै बोलाइएको स्थायी कमिटी बैठकप्रति सबैको चासो बढेको छ ।

    आजै ३ बजेदेखि एमाले संसदीय दलको बैठक पनि बस्दैछ ।




     
    
    तस्बिरहरू : उमेश कार्की
  • स्थायी कमिटीमा सहभागी वामदेवले किन गरे केन्द्रीय कमिटी बैठक बंक ?

    स्थायी कमिटीमा सहभागी वामदेवले किन गरे केन्द्रीय कमिटी बैठक बंक ?

    काठमाडौं । स्थायी कमिटी बैठकमा सहभागी भएर विधान संशोधन प्रस्तावमा आफ्नो राय राखेका एमाले उपाध्यक्ष वामदेव गौतमले केन्द्रीय कमिटी बैठक भने बहिस्कार गरेका छन् ।

    पछिल्लो अनौपचारिक छलफल र स्थायी कमिटी बैठकमा सहभागी भइरहेका गौतम सोमवारको स्थायी कमिटी बैठकपछि च्यासलबाट बाहिरिएका थिए ।

    स्थायी कमिटी बैठकमा गौतमले अध्यक्ष केपी शर्मा अ‍ोलीको आलोचना गरेका थिए । उनले अध्यक्ष ओलीसँग केहीबेर बाझाबाझ गरेको स्रोतले जनाएको छ । गौतमसँगै एमाले केन्द्रीय कमिटीमा उनी पक्षधर हरि पराजुली सदस्य छन् ।

    एमालेको केन्द्रीय कमिटी बैठक तुलसीलाल प्रतिष्ठान च्यासलमा चलिरहेको छ ।

  • मन्त्रीको टुंगो लगाउन माओवादी स्थायी कमिटी बैठक बस्दै

    मन्त्रीको टुंगो लगाउन माओवादी स्थायी कमिटी बैठक बस्दै

    काठमाडौं । गठबन्धन सरकारमा सहभागी बाँकी मन्त्रीको टुंगो लगाउने मुख्य एजेण्डासहित नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दैछ ।

    सरकार गठन भएको तीन सातासम्म पनि मन्त्रिपरिषद विस्तार हुन सकेको छैन । माओवादीबाट जनार्दन शर्माले अर्थ र पम्फा भुसालले उर्जा मन्त्रालयको जिम्मेबारी पाएका छन् ।

    बाँकी मन्त्रीको टुंगो आज दिउँसो पेरिसडाँडामा बस्ने बैठकले लगाउने अपेक्षा गरिएको छ ।

     

  • विघटित कार्यदल सदस्यहरुले निकाल्न सकेनन् निचोड, स्थायी कमिटी बैठकमा जानेबारे नेपाल पक्ष मौन

    विघटित कार्यदल सदस्यहरुले निकाल्न सकेनन् निचोड, स्थायी कमिटी बैठकमा जानेबारे नेपाल पक्ष मौन

    काठमाडौं। नेकपा (एमाले)को विघटित एकता कार्यदलका नेताहरूबीचको आजको छलफल पनि कुनै ठोस निचोडमा नपुगि सकिएको छ। अध्यक्ष केपी शर्मा ओलीले आजै अपरान्ह स्थायी कमिटी बैठक बोलाएको सन्दर्भमा कार्यदलका सदस्यहरु सिंहदरबारस्थित एमाले संसदीय दलका उपनेताको कार्यकक्षमा छलफलमा जुटेका थिए।

    झण्डै साढे दुई घण्टाको छलफलपछि निस्केका कार्यदल सदस्यहरुले छलफलको कुनै ठोस निष्कर्ष भने सुनाउन सकेनन्। उपनेता सुवास नेम्वाङले आफूहरु निरन्तर छलफलमा लागिरहेको बताए।‘हाम्रो बीचमा निरन्तर सम्पर्क छ, छलफल छ,’ उनले भने, ‘हामी पार्टी एकताका पक्षमा निरन्तर लागि रहेकै छौं।’

    नेता गोकर्ण विष्टले पनि आफूहरु कुनै पनि हिसाबले पार्टी एकतालाई जोगाउनुपर्छ भन्ने लक्ष्य राखेर छलफलमा जुटेको जानकारी दिए। ‘पार्टीलाई कसरी एकतावद्ध बनाएर लैजान सकिन्छ भन्ने विषयमा हामीले छलफल गर्‍यौं,’ बिष्टले भने, ‘हामीले कुनै पनि हिसाबले पार्टी एकतालाई जोगाउनुपर्छ, यसबीचमा देखापरेका कतिपय समस्या र अविश्वास पनि हामीले थप प्रयत्नमार्फत समाधान गर्नुपर्छ भन्ने हिसाबले छलफल गर्यौं।’

    बिष्टले एकतामा धेरै ढिला हुँदा पार्टीमा क्षति पुग्ने बताए। उनले भने, ‘धेरै ढिला गर्दा यसले पार्टीमा एकपछि अर्को क्षति पुग्छ भन्ने ढंगबाट छलफल भएको छ।’ अध्यक्ष ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच भेटघाट किन हुन सकेन भन्ने प्रश्नमा उनले आफूहरुको प्रयत्न जारी रहेको बताए। ‘१० बुँदे सहमति र दुईटा अध्यक्षको जुन प्रसँग चलेको छ, यसलाई मुख्य आधार बनाएर हामीले छलफल गरेका छौं। भेटघाटका लागि निरन्तर पहल भइरहेको छ।’

    दिउँसो बोलाएको स्थायी कमिटी बैठकमा जाने, नजाने बारे भने कार्यदलमा रहेका नेपाल पक्षका सदस्यहरुले केही प्रतिक्रिया दिन मानेनन् । उपनेता नेम्वाङले भने अब एमालेमा कुनै पक्ष नरहेको दावी गरे।

  • स्थायी कमिटी बैठकमा नेपाल पक्षका वार्ताकार पनि जाँदै, पाण्डे भन्छन्- हामी कुरा गर्छौं

    स्थायी कमिटी बैठकमा नेपाल पक्षका वार्ताकार पनि जाँदै, पाण्डे भन्छन्- हामी कुरा गर्छौं

    काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठकमा वार्ता टोलीले सहमति जुटाएको १० बुँदे सम्झौतामाथि छलफल हुन लागेका बेला माधव नेपाल पक्षका नेताहरु पनि बैठकमा उपस्थित हुने भएका छन् ।

    वार्ता टोलीमा रहेका नेपाल पक्षका नेताहरु अध्यक्ष केपी शर्मा ओली र महासचिव ईंश्वर पोखरेलसँग छलफल गर्न बैठकस्थल तुलसीलाल स्मृति प्रतिष्ठान च्यासल जाँदैछन् ।

    वार्ता टोली सदस्य सुरेन्द्र पाण्डेले आफूहरु अध्यक्षसँग कुरा गर्नका लागि बैठकस्थलमा जान लागेको बताए । कार्यदलले अध्यक्ष र महासचिवलाई आग्रह गरेर स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको थियो ।

    माधव पक्षकै अर्का नेता भीम आचार्यले भने–बैठकमा हामी केही साथीहरु आउँछौ तर बैठक राख्नको लागि आग्रह गर्न आउछौं । आजकै बैठकमा हाम्रो औपचारिक सहभागिता भन्दा पनि कुरा गर्न आउने हो ।

    माधव पक्षधर कार्यदल सदस्यहरुको आग्रहमै आज स्थायी कमिटी बैठक संसदीय दलको भन्दा अगाडि राखिएको वार्ता टोली संयोजक सुवास नेम्वाङले बताए ।

    आजको बैठकमा सहभागी भएर सहमतिको स्थायी कमिटी बैठक बोलाउन आग्रह गरिने नेताहरुले बताएका छन् । यसअघि स्थायी कमिटीको अनौपचारिक वैठकमा उपस्थित भएर माधव पक्षधर वार्ता टोली संयोजक भीम रावलले १० बुँदे सम्झौता बुझाएका थिए ।

  • एमाले स्थायी कमिटी बैठकमा १० बुँदे सम्झौता पेश हुँदै, आजै संसदीय दलको बैठक

    एमाले स्थायी कमिटी बैठकमा १० बुँदे सम्झौता पेश हुँदै, आजै संसदीय दलको बैठक

     

    काठमाडाैं । एमाले स्थायी कमिटी बैठक विहान ११ बजे तुलसीलाल प्रतिष्ठान च्यासलमा बस्दैछ । संसदीय दलको बैठकअघि स्थायी कमिटीमा १० बुँदे सहमति पेश गर्न माधव नेपाल पक्षका वार्ता टोली नेताहरूले आग्रह गरेपछि अध्यक्ष केपी ओलीले बैठक बोलाएको वार्ता टोली संयोजक सुवास नेम्वाङले बताए ।

    अध्यक्ष ओलीले महासचिव ईश्वर पोख्रेल, उपमहासचिव बिष्णु पौडेल र उपनेता नेम्वाङसँगको छलफलपछि बैठक तय भएको हो । बैठकमा नेपाल पक्षको सहभागिता निश्चित छैन ।

    यसअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरेको बैठक अध्यक्ष ओली सत्ताच्युत भएपछि पहिलोपल्ट च्यासलमा बस्न लागेको हो । आजै अपरान्ह ओलीले संसदीय दलको बैठक बोलाएका छन् ।

    यसअघि १० बुँदे सहमति अनुमोदनका लागि असार २८ गते बैठक बोलाइएको थिउो । तर नेताहरुबीचको सल्लाहमा स्थगित गरिएको थियो । संसदीय दलको बैठक नगर्न माधव नेपाल पक्षका नेताहरुले आग्रह गरे पनि ओलीले आजैका लागि बोलाएका छन् ।

  • एमाले स्थायी कमिटी बैठक बस्दै, १० बुँदे सहमति अनुमोदन हुने

    एमाले स्थायी कमिटी बैठक बस्दै, १० बुँदे सहमति अनुमोदन हुने

    काठमाडौं । नेकपा एमालेको स्थायी कमिठी बैठक आज बोलाइएको छ । अध्यक्ष केपी शर्मा ओलीसँगको परामर्शपछि महासचिव ईश्वर पोखरेलले दिउँसो १ बजेका लागि बैठक आह्वान गरेका हुन् ।

    बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हुनेछ । यसअघि हिजो सोमबार साँझ ५ बजेका लागि बोलाइएको बैठक अनौपचारिक छलफलपछि आजसम्मका लागि सारिएको थियो ।

    आज बस्ने स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकको मिति तय गर्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहदुर तामाले बताए

    यसअघि असार १९ गते सम्पन्न केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले सर्वोच्च अदालतको फैसला आएको भोलिपल्ट केन्द्रीय समिति बैठक बस्ने र त्यसले असाधारण निर्णय लिने बताएका थिए ।

    आजको बैठकमा माधव पक्षका नेताहरु पनि सहभागी हुने र विवाद समाधान कार्यदलले तयार पारेको १० बुँदे सहमति अनुमोदन हुने बताइएको छ । माधव नेपाल पक्षका कार्यदल सदस्य भीम रावलसँगको परामर्शपछि महासचिव पोखरेलले स्थायी कमिटी बैठक बोलाएका हुन् ।

  • भीम रावल बालुवाटारमा, स्थायी कमिटी बैठकबारे छलफल हुँदै

    भीम रावल बालुवाटारमा, स्थायी कमिटी बैठकबारे छलफल हुँदै

    काठमाडौं । नेकपा एमाले स्थायी कमिटीको पूर्वनिर्धारित बैठकमा भाग लिन माधव नेपाल पक्षधर वार्ता टोली संयोजक डा. भीम रावल बालुवाटार पुगेका छन् । अन्य नेताहरू पनि बालुवाटार जाने क्रम जारी छ ।

    बैठकअघि सबैलाई समेट्नबारे नेताहरूबीच अनौपचारिक छलफल चलिरहेको बालुवाटार स्रोतले जनाएको छ । बैठक स्थगित गर्ने कि सहमतिलाई अनुमोदन गरेर पार्टी एकताको सन्देश दिने भन्नेबारे छलफल भइरहेको छ ।

    यता सर्वोच्च अदालतको फैसलापछि विकसित घटनाक्रमलाई लिएर पार्टीमा विकसित सहमति भाँडिन नदिन आज निर्धारित स्थायी कमिटी बैठक स्थगित गर्न माधव नेपाल निकट केही नेताहरूले आग्रह गरेका छन् ।

    वार्ता कार्यदलले हस्ताक्षर गरेर तयार पारेको सहमतिको मस्यौदा पारित गर्न आज साँझ बोलाइएको बैठक थप छलफलपछि राख्न आग्रह गरिएको वार्ता टोली सदस्य सुरेन्द्र पाण्डेले बताए ।

    पाण्डेले नेपाल प्रेससँग भने, ‘धेरै मेहनत गरेर माधव कमरेडले दुई दिन पर्खौ भन्दा भन्दै पनि हामीले सहमति गरेका हौं । यसलाई भत्किन दिनु हुँदैन र पार्टी एकता टुट्न नदिन हामी दृढ छौं । आजको बैठक स्थगित गर्ने कुरा विष्णु पौडेलले भन्नुभएको थियो, खबर आएको छैन ।’

  • एमाले स्थायी कमिटी बस्दै, नेपाल पक्षसँग पनि परामर्श

    एमाले स्थायी कमिटी बस्दै, नेपाल पक्षसँग पनि परामर्श

    काठमाडौं । पार्टीभित्रको विवाद मिलाउन गठित कार्यदलले जुटाएको सहमति अनुमोदन गर्न नेकपा (एमाले) को स्थायी कमिटी बैठक पूर्वनिर्धारित समयमै बस्ने भएको छ ।

    बेलुकी ५ बजे बस्ने बैठकले कार्यदलले आइतबार गरेको १० बुँदे सहमति अनुमोदन गर्ने छ । बैठकअघि अध्यक्ष केपी शर्मा ओेलीले महासचिव ईश्वर पोखरेल र माधव नेपाल पक्षसँग पनि परामर्श गरेका थिए ।

    कार्यदलमा रहेका नेपाल पक्षका सदस्यहरूले सहमति लगत्तै संवाददाताहरूलाई प्रतिक्रिया दिँदा आफूहरू बैठकमा सहभागी हुने बताएका थिए ।

    एमालेले भोलि केन्द्रीय कमिटी बैठक पनि बोलाएको छ ।

  • स्थायी कमिटी बैठक तत्कालै बोलाउन अध्यक्ष ओली र महासचिव पोखरेल परामर्शमा

    स्थायी कमिटी बैठक तत्कालै बोलाउन अध्यक्ष ओली र महासचिव पोखरेल परामर्शमा

    काठमाडौं । पार्टी एकता कार्यदलले तयार पारेको १० बुँदे सहमतिलाई अनुमोदन गर्न नेकपा एमाले स्थायी कमिटी बैठक आज तत्कालै बस्ने भएको छ । बैठक बोलाउनका लागि अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेलबीच परामर्श भइरहेको छ ।

    कार्यदलले सम्झौता अनुमोदनका लागि स्थायी कमिटी बैठक राख्न अध्यक्ष र महासचिवलाई आग्रह गर्ने लिखित सहमति गरेको थियो । कार्यदलका सदस्यहरुले ओलीलाई भेटेर बैठक आज विहानै राख्न आग्रह गरेका थिए ।

    एमाले स्रोतका अनुसार वैठक विहान ११ बजेभित्रै बस्नेगरी अध्यक्ष र महासचिवबीच छलफल भइरहेको छ । माधव नेपालसँग समेत अध्यक्ष ओलीले बैठकका सन्दर्भमा कुराकानी गर्ने प्रयास भइरहेको स्रोतले जनाएको छ ।

    यसअघि आइतवार डाकिएको बैठक सहमतिमा हस्ताक्षर हुन ढिला भएकाले आज साँझ ५ बजेसम्मलाई स्थगित भएको थियो । पार्टी एकताको सहमति भएपछि बैठक तत्कालै बोलाएर सम्झौता अनुमोदन गर्ने तयारी भइरहेको छ ।

    माधव नेपालले भने सम्झौताप्रति अशन्तुष्टि जनाएका छन् । उनी सर्वोच्चको फैसलाअघि बैठकमा सहभागी हुने सम्भावना नरहेको उनी निकट स्रोतले जनाएको छ ।

  • स्थायी कमिटी बैठकबारे थाहा छैन, जाँदा पनि जाँदैनौ : न्यौपाने

    स्थायी कमिटी बैठकबारे थाहा छैन, जाँदा पनि जाँदैनौ : न्यौपाने

    काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेले स्थायी कमिटीको बैठकबारे जानकारी नभएको बताएका छन् ।

    वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेता न्यौपानेले बैठकबारे जानकारी नभएको बताएका हुन् । अध्यक्ष केपी शर्मा ओलीले आज ४ बजे एमाले स्थायी कमिटीको बैठक बोलाएका छन् । बैठकमा माधव पक्षका स्थायी कमिटी सदस्यहरूलाई पनि बोलाइएको छ । न्यौपानेले भने बैठकमा आफूहरु नजाने स्पष्ट पारेका छन् ।

    ‘बैठकबारे हामीलाई थाहै छैन । बैठक हो भने पनि ३ बजे बोलाएर ४ बजे को जान्छ ?’, न्यौपानेले नेपाल प्रेससँग भने ।

  • एमाले स्थायी कमिटी बैठकको पूर्वसन्ध्यामा दुवै पक्षका नेताबीच छलफल

    एमाले स्थायी कमिटी बैठकको पूर्वसन्ध्यामा दुवै पक्षका नेताबीच छलफल

    काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । बैठकको पूर्वसन्ध्यामा एमालेका दुवै पक्षका दोस्रो तहका नेताबीच सोमवार पनि राति अबेरसम्म याक एण्ड यति होटलमा छलफल भएको छ ।

    पार्टीलाई २०७५ जेठ २ को आसपासमा फर्काएर सहमति खोज्ने प्रयासमा सुवास नेम्वाङ, विष्णु पौडेल र प्रदीप ज्ञवालीले अध्यक्ष केपी ओलीको पक्षबाट वार्ता गरेका छन् । नेपाल पक्षबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्ट सहमागी थिए ।

    वार्ताको विस्तृत विवरण प्राप्त भएको छैन । यसअघि पनि विष्ट बाहेकका नेता याक एण्ड यति होटलमा वार्तामा बसेका थिए । तर त्यसको भोलिपल्टै माधव नेपाल पक्षले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको हुन लागेको सहमति भाँडिएको थियो ।

    यता प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने स्थायी बैठकमा कांग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने विघटित प्रतिनिधिसभाका बाँकी १२ सांसदमाथिको कारवाहीबारे निर्णय हुने सम्भावना छ । थप कारवाही एक दुई दिन रोकिन सक्ने एमाले स्रोतले जनाएको छ ।

    त्यस्तै बैठकमा सत्ता गठबन्धनमा जसपाको सहभागिताको बारेमा पनि अहिलेसम्म भएका प्रगतिबारे जानकारी गराइने प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली निकट स्रोतले जनाएको छ । ओलीसहित शीर्ष नेताहरु जसपाको महन्थ ठाकुर पक्षसँग सोमवार पनि वार्तामा थिए ।

    लुम्बिनीको राष्ट्रियसभा चुनावका कारण दुई दिन लगातार स्थगित भएको बैठकमा यसबीचमा भएका दुवै राष्ट्रियसभा सदस्य निर्वाचनको समीक्षा हुने बताइएको छ । माधव नेपाल पक्षले विपक्षी उम्मेदवारलाई मतदान गरेका कारण पराजय भएको निष्कर्ष एमालेको छ ।

    पार्टीविरुद्ध गतिबिधि गरेको,कांग्रेसलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेर राष्ट्रपति समक्ष र अदालत गएको तथा ह्वीप उल्लंघन गरेको जस्ता अभियोगमा झलनाथ खनाल र माधव नेपालसहित ११ जनालाई एमालेले साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिसकेको छ ।

    सुृरेन्द्र पाण्डे, घनश्याम भुसाल, भवानी खापुङ, यज्ञराज सुनुवार, कृष्णलाल महर्जन, जीवनराम श्रेष्ठ, नारायण खतिवडा, सोमप्रसाद पाण्डे, मेटमणी चौधरी, झपट रावल, दिपकप्रकाश भट्ट र विरोध खतिवडालाई एमालेले स्पष्टीकरण सोधेको छ । तर उनीहरुले बुझाएका छैनन् ।

  • एमाले स्थायी कमिटी बैठक आज पनि स्थगित

    एमाले स्थायी कमिटी बैठक आज पनि स्थगित

    काठमाडौं । सत्तारुढ नेकपा एमालेको आज विहान १० बजे बोलाइएको स्थायी कमिटी बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ । लुम्बिनीमा आज हुन लागेकाे राष्ट्रियसभा उपनिर्वाचन र अन्य तयारीका लागि बैठक स्थगित गरिएकाे बताइएकाे छ ।

    यसअघि हिजो साँझ ५ बजेका लागि बोलाइएको बैठक आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी स्थगित गरिएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका थिए ।

    भोलि बालुवाटारमा बस्ने बैठकले लुम्बिनीमा आज हुने राष्ट्रियभा उपनिर्वाचनसहित पछिल्लो राजनीतिक स्थिति तथा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका एमालेका १२ जना नेतालाई सोधिएको स्पष्टीकरणबारे निर्णय वा कारबाही गर्नेछ ।

  • एमाले स्थायी कमिटी बैठक बस्दै, ११ जनासँग सोधिएको स्पष्टीकरणबारे थप निर्णय हुने

    एमाले स्थायी कमिटी बैठक बस्दै, ११ जनासँग सोधिएको स्पष्टीकरणबारे थप निर्णय हुने

    काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी आज पनि बस्ने भएको छ । अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठक पार्टीका आन्तरिक विवाद, बजेटको तयारी र पछिल्ला राजनीतिक घटनाक्रममा केन्द्रित हुने नेताहरुले बताएका छन् ।

    शनिवार बसेको स्थायी कमिटी बैठकले माधव नेपाल, झलनाथ खनाल र भीम रावलसहित विघटित प्रतिनिधिसभाका ११ जना सांसदसँग स्पष्टीकरण माग गरेको थियो ।

    स्पष्टीकरण दिने समय आज विहान सकिएकाले उनीहरुमाथि थप कारवाहीको सम्भावना रहेको छ । त्यस्तै पार्टी विवाद समाधानका लागि गठित वार्ता टोलीको सन्दर्भमा समेत छलफल हुने बताइएको छ ।

  • एमाले बैठक : पार्टीविरुद्ध मतदान गर्ने नेता र जनप्रतिनिधिप्रति भर्त्सना

    एमाले बैठक : पार्टीविरुद्ध मतदान गर्ने नेता र जनप्रतिनिधिप्रति भर्त्सना

    काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभाको उपनिर्वाचनमा पार्टीको निर्देशन अवज्ञा गर्ने कतिपय नेता र पार्टी उम्मेदवारको विपक्षमा मतदान गर्ने जनप्रतिनिधिका क्रियाकलाप क्षमायोग्य नरहेको प्रष्ट पारेको छ ।

    बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकमा माधव नेपाल पक्षले राष्ट्रियसभा उपनिर्वाचनमा पार्टीका उम्मेदवार रामबहादुर थापा बादललाई मत नदिएको बारेमा गम्भीर छलफल भएको प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।

    बैठकले पार्टीविरोधी गतिविधि र पार्टीको विरुद्धमा मतदान गर्ने प्रवृत्तिको भर्त्सना गरेको र यो घटनालाई क्षम्य मान्न नसकिने ज्ञवालीले बताए । उनले कार्यदल बनेपछि पनि पार्टीका विपक्षमा मतदान गर्ने कुरालाई सामान्य रूपमा लिन नसकिने प्रतिक्रिया दिए ।

    ज्ञवालीले भने, ‘जेठ २ गते कार्यदल नबन्दासम्मको अवधिलाई कट अफ डेट मान्न सकिन्थ्यो । तर कार्यदल बनेर पार्टी एकताको कुरा अघि बढेपछि पनि यस्ता घटना हुन्छन् भने यसलाई सामान्य रूपमा लिन सकिन्न, यसबाट बुझ्न सकिन्छ ।’

    बैठकमा माधव नेपाल पक्षको उद्देश्य एमालेमा रहने खालको नदेखिएकोले कार्यदलको वार्ता अघि बढाउने कि नबढाउने भन्ने बारेमा समेत गम्भीर छलफल भएको एमाले स्रोतले जनाएको छ ।

    एकपटक निर्णायक ढंगले छलफल गर्ने र त्यसपछि पनि पार्टीविरुद्ध उभिने क्रम जारी रहे वार्ता प्रक्रिया बन्द गर्नुपर्ने विषय समेत उठेको बताइएको छ ।

  • एमाले स्थायी कमिटी बैठक जारी

    एमाले स्थायी कमिटी बैठक जारी

    काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक शुरू भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक जारी छ ।

    बैठकमा माधव नेपाल पक्षसँग वार्ता गर्न गठित कार्यदलबाट रिपोर्टिङ हुने बताइएको छ ।

    त्यस्तै राष्ट्रियसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार तथा स्थयी कमिटी सदस्य रामबहादुर थापा बादललाई माधव पक्षले गरेको असहयोगको बारेमा समेत समीक्षा हुने बताइएको छ । बैठकका अन्य एजेण्डा भने सार्वजनिक भएको छैन ।

  • प्रचण्डको नेतृत्वमा माओवादीको कोभिड नियन्त्रण इकाई, सीसीएमसी खारेजीको माग

    प्रचण्डको नेतृत्वमा माओवादीको कोभिड नियन्त्रण इकाई, सीसीएमसी खारेजीको माग

    काठमाडौं । नेकपा (माओवादी) ले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा केन्द्रीय कोभिड नियन्त्रण इकाई बनाउने निर्णय गरेको छ।

    बिहीबार सकिएको स्थायी कमिटी बैठकले स्थानीय तहसम्मै हुने गरी त्यस्तो संरचना बनाउने निर्णय गरेको स्थायी कमिटी सदस्य गणेस साहले जानकारी दिए ।

    ‘प्रचण्डको कमाण्डमा केन्द्रीय कोभिड नियन्त्रण इकाई बनाउने, सदस्य संख्या भने नारायणकाजी श्रेष्ठ लगायतसँग सरसल्लाह गरेर टुंग्याउने र संख्या सकेसम्म सानो बनाउने निर्णय भयो,’ उनले भने, ‘यस अन्तर्गत प्रदेश र स्थानीय तहसम्म कोभिड इकाई रहने छन् । प्रदेशमा भने पार्टीका प्रदेश इन्चार्जले त्यसको नेतृत्व गर्ने छन् ।’ बैठकले त्यस्तो युनिट पाँच दिनभित्र बनाइ सक्न पार्टी कमिटीमा सर्कुलर पठाउने निर्णय गरेको छ ।

    सरकार कोरोना नियन्त्रणमा असफल भएको र कमिसन तन्त्रमा फसेको निष्कर्ष निकाल्दै सीसीएमसी खारेजको माग समेत गर्ने निर्णय गरेको छ । आज भएका निर्णयहरूलाई समेटेर भोलि प्रधानमन्त्रीलाई ज्ञापन पत्रमा बुझाउने र त्यसमा सिसीएमसी खारेजीको माग गरिने साहले जानकारी दिए । उनका अनुसार संविधानले सीसीएमसी नचिन्ने भएकोले माओवादीले यसलाई असंवैधानिक भनेको छ ।

    अध्यक्ष प्रचण्डकै नेतृत्वमा पार्टी नेताहरूको टोली ज्ञापन पत्र बुझाउन जाने छ । ज्ञापन पत्रको तयारी गर्ने जिम्मा बैठकले स्थायी कमिटी सदस्य वर्षमान पुनलाई दिएको छ ।

    त्यस्तै कोभिड नियन्त्रण कोष बनाउने निर्णय पनि बैठकले गरेको छ। कोषमा सरकारबाट सेवा सुविधा लिने पार्टीका नेता तथा कार्यकर्ताले केही रकम बुझाउने छन् ।

  • एमाले अध्यक्ष ओलीले बोलाए स्थायी कमिटीको आकस्मिक बैठक

    एमाले अध्यक्ष ओलीले बोलाए स्थायी कमिटीको आकस्मिक बैठक

    काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज दिउँसो बस्ने भएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलपछि महासचिव ईश्वर पोखरलले दिउँसो २ बजे बैठक बोलाएका हुन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा माधव नेपाल पक्षसँग वार्ता गर्न गठित वार्ता टोलीले रिपोर्टिङ गर्नेछ ।

    त्यस्तै राष्ट्रियसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार तथा स्थयी कमिटी सदस्य रामवहादुर थापा बादललाई माधव पक्षले गरेको असहयोगको बारेमा समेत समीक्षा हुने बताइएको छ ।

    बैठकका अन्य एजेण्डाबारे केही बताइएको छैन ।

  • माओवादी केन्द्रले बोलायो स्थायी कमिटीको बैठक

    माओवादी केन्द्रले बोलायो स्थायी कमिटीको बैठक

    काठमाडौं । राष्ट्रपतिले आह्वान गरेअनुरुप नयाँ सरकार बनाउन दिएको डेडलाइन नजिकिँदै गर्दा नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ ।

    बैठक पेरिसडाँडास्थित पार्टी कार्यालयमा पाँच बजे बोलाइएको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए ।

    साहका अनुसार भौतिक दूरी कामय गरेर बैठक बस्न लागिएको छ । यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग बुढानीलकण्ठमा गएर भेटवार्ता गरेका थिए ।

    देउवा र उनीबीच समयमै बहुमतीय सरकारका लागि दावी पेस गर्ने सहमति बनेको थिए । तर, अहिलेसम्म विपक्षी गठबन्धनका पक्षमा बहुमत देखिएको छैन ।

  • स्थायी कमिटी बैठकलगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शीतल निवासमा (भिडियो)

    स्थायी कमिटी बैठकलगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शीतल निवासमा (भिडियो)

    काठमाडौं । नेकपा एमाले स्थायी कमिटीको आकस्मिक बैठक भर्खरै सकिएको छ ।

    बालुवाटार बैठक सकिनासाथ प्रधानमन्त्री राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास गएका छन् ।

    संसदबाट विश्वासको मत लिन वैशाख २७ गते तय गरिएको प्रतिनिधिसभाको बैठक, दलहरूसँग भएका छलफल र समसामयिक विषयमा बैठक केन्द्रित भएको बताइएको छ ।

  • माओवादी केन्द्रको स्थायी कमिटी बैठक बोलाइयो

    माओवादी केन्द्रको स्थायी कमिटी बैठक बोलाइयो

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बस्ने भएको छ । स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले दिउँसो तीन बजे उपत्यकामा उपलब्ध स्थायी कमिटी सदसस्यहरुको बैठक बस्न लागेको जानकारी दिए ।

    बैठक पेरिसडाँडास्थित पार्टी कार्यालयमा भौतिक दूरी कायम गरेर बस्ने गजुरेलले बताए । अर्का स्थायी कमिटी सदस्य देव गुरुङले औपचारिक बैठक नभइ अनौपचारिक छलफल भएको बताए ।

    समसामयिक राजनीतिक विषयमा छलफल हुने गुरुङले बताए।

  • जसपा तयार हुने बित्तिकै सरकारविरुद्ध अविश्वास प्रस्ताव, कोरोना नियन्त्रणका लागि राजनीतिक संयन्त्रको माग

    जसपा तयार हुने बित्तिकै सरकारविरुद्ध अविश्वास प्रस्ताव, कोरोना नियन्त्रणका लागि राजनीतिक संयन्त्रको माग

    काठमाठौं । नेकपा (माओवादी केन्द्र)ले जनता समाजावादी पार्टी तयार हुने बित्तिकै सरकार विरुद्ध अविश्वास प्रस्ताव आउने बताएको छ । मंगलबार बसेको स्थायी कमिटी बैठकका निर्णय सुनाउँदै नेता नारायणकाजी श्रेष्ठले भने–‘यो सरकारविरुद्ध हामी अविश्वास प्रस्ताव ल्याउन तमतयार छौं । जसपा सहमत हुने बित्तिकै दर्ता हुन्छ ।’

    भोलि प्रस्ताव दर्ता हुन लागेको भन्ने खबर छ नि भन्ने प्रश्नमा श्रेष्ठले जसपा सहमत हुने बित्तिकै जतिबेला पनि अविश्वासको प्रस्ताव दर्ता हुने बताए । श्रेष्ठले नेपाली कांग्रेससँग मिलेर नयाँ सरकार गठन गर्ने सन्दर्भमा एमसिसीबारे सम्झौता भएको भन्नेकुरा भ्रमपूर्ण मात्रै रहेको बताए ।

    बैठकले कोरोना माहामारी नियन्त्रणमा काम गर्ने गरी सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारसँग माग गरेको छ । महामारीप्रति संवेदनशील बन्न सरकारसँग गर्दै माओवादी केन्द्रले ननकोभिड र कोभिडका बिरामीलाई एउटै अस्पतालमा राख्नु उपयुक्त नहुने बताएको छ । त्यसका लागि ‘डेडिकेटेड कोभिड–१९ अस्पताल’ बनाउनु पर्ने माग माओवादी केन्द्रको छ ।

    अक्सिजन, आईसीयू, भेन्टिलेटर र आइसोलेसन सेन्टरको व्यवस्था गर्न, स्वास्थ्य सामग्रीको जोहो गर्न र फ्रन्टलाइनमा रहेकाहरुका लागि काम गर्ने उपयुक्त वातावरण सुनिश्चित गर्न पनि सरकारलाई आग्रह निर्णय भएको श्रेष्ठले बताए । त्यस्तै कोरोना नियन्त्रणमा स्वयंसेवीका रुपमा खटिन आफ्ना कार्यकर्तालाई निर्देशन समेत बैठकले दिएको छ।

  • एमाले स्थायी कमिटी बैठक : ७ जनालाई सांसदबाट कारवाहीको तयारी

    एमाले स्थायी कमिटी बैठक : ७ जनालाई सांसदबाट कारवाहीको तयारी

    काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बस्नुअघि स्थायी कमिटी बैठक बसेको छ । विहान १० बजे बोलाइएको आयोजक कमिटी बैठक स्थायी कमिटी बसेका कारण निर्धारित समयमा बस्न नसकेको हो ।

    एमाले स्रोतका अनुसार आकस्मिक रूपमा बोलाइएको आयोजक कमिटी बैठकअघि स्थायी कमिटीमा पार्टीलाई अपूरणीय क्षति पुर्‍याउन लागेको ठहर गर्दै तत्कालै सांसद पदबाट माधव नेपाललगायत केही नेतालाई निलम्बन गर्नेबारे छलफल भएको स्रोतले जनाएको छ ।

    स्रोतका अनुसार स्पष्टीकरण सोधिएका २७ जनामध्ये केहीलाई कारवाही गरिने सम्भावना छ । त्यो संख्या घटीमा सात र बढीमा १० सम्म हुन सक्ने बैठकमा सहभागी एक नेताले बताए ।

    झलनाथ खनाल, माधव नेपाल, भीम रावललगायतका नेताहरूमाथि कारवाही नगर्दा थप क्षति हुने भएकाले सांसद पदबाट निलम्बन गरि संसदका गतिविधिहरूमा भाग लिन नदिने दलको विधानअनुसार अघि बढ्नेबारे छलफल भइरहेको एमाले स्रोतले जनाएको छ ।

  • नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै, के हो घोषणा गर्न लागिएको राष्ट्रव्यापी अभियान ?

    नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै, के हो घोषणा गर्न लागिएको राष्ट्रव्यापी अभियान ?

    काठमाडौं । शुक्रबारदेखि जारी नेकपा एमालेको माधवकुमार नेपाल समूहको स्थायी कमिटी को अनौपचारिक बैठक आज पनि बस्दैछ।

    दिउँसो तीन बजे बस्ने बैठकले संगठन सुदृढीकरण, प्रशिक्षण सञ्चालन लगायतका विषयमा राष्ट्रव्यापी अभियान घोषणा गरिने बताइएको छ ।

    शुक्रबारको बैठकबारे जानकारी दिंदै नेता योगेश भट्टराईले भनेका थिए,’ राष्ट्रव्यापी अभियान सञ्चालनका विषयमा विभिन्न प्रस्ताव आका छन् , भोलि (शनिबार) निर्णय गर्छौं।’

    नेपाल समूहले ४ र ५ चैतमा आयोजना गरिएको राष्ट्रिय कार्यकर्ता भेलापछि देशभर समानान्तर कमिटी बनाइ रहेको छ ।

  • माधव नेपाल पक्षको बैठक बस्दै, अलग अभियानको घोषणा हुने

    माधव नेपाल पक्षको बैठक बस्दै, अलग अभियानको घोषणा हुने

    काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीबाट चार नेतालाई पार्टी सदस्यबाट निलम्बन गरिएपछिको रणनीति बनाउन स्थायी कमिटी सदस्यहरुको बैठक बोलाएको छ ।

    आज बस्ने माधव नेपाल पक्षधर स्थायी कमिटी बैठकपछि अब के गर्ने भन्ने बारे ठोस नीति तय हुने बताइएको छ । देशब्यापी पार्टी पुनर्गठनको अभियान चलिरहेको र आज स्थायी कमिटीको बैठकले थप घोषणा गर्ने नेता युवराज ज्ञवालीले बताए ।

    एमालेले साबिकका पदाधिकारी र स्थायी कमिटी भंग गरी महाधिवेशन आयोजक समिति बनाइसकेको छ । तर माधव नेपाल पक्षले त्यसलाई मानेको छैन । नेपाल पक्षमा तत्कालीन एमाले स्थायी कमिटीका ११ जना सदस्य छन् ।

    झलनाथ खनाल, माधव नेपाल, भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे र मुकुन्द न्यौपानेसहितको बैठक बस्न लागेको हो । बैठकमा अनुशासन आयोगका अध्यक्ष अमृत बोहोरा पनि सहभागी हुनेछन् ।

    स्रोतका अनुसार अब एमालेमा ओलीसँगै रहन नसकिने निष्कर्षमा धेरै नेता पुगेका छन् । कतिपयले अझै पनि एकताको प्रयास जारी राखेका छन् । गोकर्ण विष्ट, योगेश भट्टराईहरु पार्टी एकता जोगाउने प्रयासमा छन् ।

    माधव नेपालले भने अब शुरुमा एमाले पुनर्गठन अभियानका नाममा तलदेखि माथिसम्म कमिटीहरुमा कार्यकर्ता संगठित गरेर एक महिनापछि अलग पार्टी दर्ताको मनस्थिति बनाएका छन् । त्यसपछि प्रचण्ड,मोहन वैद्य लगायतका समूहसँग एकताको पहल गरिने नेपालको भनाइ छ ।

    नेपाल पक्षले विहीवारमात्र माधव नेपालकै उपस्थितिमा गण्डकी प्रदेशका सबै जिल्लामा समानान्तर कमिटी घोषणा गरिसकेको छ ।

    भोजपुर, अर्घाखाँची, गोरखामा कमिटी त्यसअघि नै गठन भइसकेको छ भने शनिवार उदयपुरमा घोषणा हुने नेता जगन्नाथ खतिवडाले बताए ।

  • माधव नेपाल पक्षले बोलायो आकस्मिक स्थायी कमिटी बैठक

    माधव नेपाल पक्षले बोलायो आकस्मिक स्थायी कमिटी बैठक

    काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले आकस्मिक स्थायी कमिटी बैठक बोलाएको छ । आफूहरुलाई थाहै नदिइ केन्द्रीय कमिटी विस्तार र पार्टीका अन्य कमिटी हेरफेर गरेपछि नेपाल पक्षले आकस्मिक स्थायी कमिटी बैठक बोलाएको हो ।

    शुक्रबार नेकपा एमालेले महाधिवेशनको मिति तोक्नेसँगै विभिन्न पार्टी कमिटी विस्तार एवम् पुनर्गठन गरेको हो । भावी रणनीति तय गर्न स्थायी कमिटी बैठक बोलाइएको बताइएको छ ।

    स्थायी कमिटी बैठक बोलाइएको पुष्टि गर्दै माधव पक्षका नेता रघुजी पन्तले आफू बैठकस्थल जाँदै गरेको नेपाल प्रेसलाई बताए ।

  • सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने ओलीपक्षीय नेकपाको निर्णय

    सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने ओलीपक्षीय नेकपाको निर्णय

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको फैसला बमोजिम प्रतिनिधिसभाको बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने भएका छन् ।

    ओलीपक्षीय नेकपाको स्थायी कमिटी बैठकमा अदालतले दिएको समयसीमाभित्र संसदको अधिवेशन बोलाउने जानकारी प्रधानमन्त्रीले दिएका हुन् ।

    बैठकपछि पत्रकारसँग कुरा गर्दै ओलीपक्षीय नेकपाका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले अदालतको फैसलाको सम्मान गर्दै त्यसलाई समयसीमाभित्र कार्यान्वयनमा लगिने बताए ।

    ज्ञवालीले संसदीय दल र केन्द्रीय कमिटी बैठक पनि बोलाउनेबारे स्थायी कमिटीमा छलफल भएको जानकारी दिए । दलको नेता केपी ओली र उपनेता सुवास नेम्वाङले बोलाएको बैठक नै आधिकारिक हुने पनि उनले बताए ।

    आजै प्रचण्ड-माधव पक्षले पनि संसदीय दलको बैठक बोलाएको छ । ज्ञवालीले पार्टी एकताका लागि आफूहरु लचिलो भएकैले अहिलेसम्म प्रचण्डलगायत कसैलाई पनि कारबाही नगरिएको बताए ।

    ओलीपक्षीय नेकपाको स्थायी कमिटी बैठक बिहीबार पनि जारी रहनेछ । बैठकले सर्वोच्च अदालतको फैसलापछि देश अस्थिरतामा जाने र संसदीय व्यवस्थाका विगतका विकृति दोहोरिने चिन्ता व्यक्त गरेको छ ।

    अबको राजनीतिक निकासका लागि सबै पक्षसँग आफूहरु छलफलमा रहेको समेत ज्ञवालीले बताए ।

  • प्रचण्ड–माधव पक्षले पनि बोलायो स्थायी कमिटी बैठक

    प्रचण्ड–माधव पक्षले पनि बोलायो स्थायी कमिटी बैठक

    काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी(प्रचण्ड–माधव पक्ष)ले स्थायी कमिटी बैठक बोलाएको छ। प्रवक्ता नारायणकाजी श्रेष्ठले उपत्यकामा उपलब्ध स्थायी कमिटी सदस्यहरूको बैठक दुई बजेपछि राखिएको जानकारी दिए।

    दिउँसो चार बजे संसदीय दलको बैठक बोलाएको प्रचण्ड–माधव पक्षले प्रतिनिसिधसभा पुर्नस्थापनापछिको घटनाक्रमबारे छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको हो।

    आजै ओली पक्षको समेत स्थायी समिति बैठक बसेको छ।

    प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजेका लागि स्थायी समिति बैठक बोलाएका हुन् । पार्टी विभाजनपछि ओली पक्षीय स्थायी समितिको बैठक पहिलोपल्ट बस्न लागेको हो ।

  • बिनाकुनै निर्णय सकियो प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठक, भोलि फेरि बस्ने

    बिनाकुनै निर्णय सकियो प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठक, भोलि फेरि बस्ने

    काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव पक्ष)को स्थायी कमिटी बैठक विभिन्न विषयमा छलफल गरेर सकिएको छ।

    पेरिसडाँडास्थित पार्टी कार्यालयमा दिउँसो तीन बजेदेखि सुरु भएको बैठकमा प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनबारे छलफल भएको स्थायी कमिटी सदस्य वेदुराम भुसालले जानकारी दिए। ‘आन्दोलनबारे साथीहरुले रिपोर्टिङ गर्नुभयो,’ नेपाल प्रेससँग उनले भने, ‘आज छलफल मात्रै भयो । कुनै निर्णय भएको छैन।’

    त्यस्तै बैठकमा पार्टी एकताका बाँकी कामबारे छलफल भए पनि कुनै निर्णय नभएको अर्का स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले जानकारी दिए। २० पुसमा बसेको स्थायी कमिटी बैठकले अध्यक्ष माधव नेपालको नेतृत्वमा कार्यदल बनाएको थियो। सात दिन भित्र प्रतिवदेन दिने ‘म्यान्डेड’ पाएको कार्यदलले अहिलेसम्म विषय टुंग्याउन सकेको छैन।

    स्थायी कमिटीको अर्को बैठक भोलि ११ बजे बस्ने छ।

  • प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठक बस्दै

    प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठक बस्दै

    काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव पक्ष)को स्थायी कमिटी बैठक बस्ने भएको छ।

    बिहीबार दिउँसो तीन बजे पेरिसडाँडास्थित पार्टी कार्यालयमा बस्न लागेको बैठकमा आन्दोलनका समीक्षा र पार्टी एकताका बाँकी काम टुंग्याउनेबारे छलफल हुने स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले नेपाल प्रेसलाई जानकारी दिइन।

    २० पुसमा बसेको स्थायी कमिटी बैठकले केन्द्रीय संघर्ष समितिको सह–संयोजकमा स्थायी कमिटी सदस्यहरू पम्फा भुसाल र गणेश शाहलाई थप गर्ने निर्णय गरेको हो।

    त्यस्तै पार्टी एकताको बाँकी काम सम्पन्न गर्न अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा गृहकार्य टोली बनाएको थियो । कार्यदलले अझैं पनि प्रतिवेदन बुझाउन सकेको छैन।

  • प्रचण्ड–माधव पक्षको बैठकः ओलीलाई अनुशासनको कारबाही गर्ने

    प्रचण्ड–माधव पक्षको बैठकः ओलीलाई अनुशासनको कारबाही गर्ने

    काठमाडौं । नेकपाको प्रचण्ड माधव नेपाल पक्षको स्थायी कमिटी बैठकले प्रतिनिधिसभा विघटनको भत्र्सना गर्दै चारवटा निर्णय गरेको छ ।

    बैठकले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारवाही गर्न केन्द्रीय कमिटीमा प्रस्ताव लैजाने निर्णय गरेको स्थायी कमिटी सदस्य बेदुराम भुसालले बताए ।

    प्रधानमन्त्री निवास बालुवाटारमै बसेको बैठकले पुस ७ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको भुसालले बताए । सोही बैठकले ओलीमाथि अनुशासनको कारबाही गर्ने उनले जानकारी दिए । त्यस्तै सोही बैठकले पूर्वसभामुख कृष्णवहादुर महरालाई स्थायी कमिटी सदस्यमा मनोनित गरेको छ ।

    प्रचण्ड माधव नेपाल पक्षका सांसदहरुको बैठक भोलि बस्ने र भोलिनै स्थायी कमिटीको बैठक पनि बस्ने भुसालले बताए । आजको बैठकमा २५ जना सदस्य सहभागी भएको उनले दावी गरे । बैठकमा उपाध्यक्ष बामदेव गौतम भने उपस्थित थिएनन् ।

  • प्रचण्डको ‘लान्छानापत्र’माथिका छलफलमा ओली सहभागी नहुने

    प्रचण्डको ‘लान्छानापत्र’माथिका छलफलमा ओली सहभागी नहुने

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष प्रचण्डको ‘लान्छानापत्र’माथि छलफल गरिने कुनै पनि बैठकमा आफू सहभागी नहुने प्रष्ट पारेका छन् ।

    स्थायी कमिटी बैठकअघि एजेण्डाबारे छलफल गर्न प्रधानमन्त्री निवास पुगेका प्रचण्डलाई ओलीले यस्तो जवाफ दिएको बालुवाटार स्रोतले जनाएको छ ।

    यसअघि पार्टी कार्यालयमा बसेको बैठकमा ओली सहभागी थिएनन् तर अध्यक्षको हैसियतमा ओलीले बैठकलाई पठाएको पत्र सचिवालय सदस्य ईश्वर पोखरेलले पढेर सुनाएका थिए ।

    मंसिर २८ को बैठकमा भने कमानसिंह लामाको निधनमा शोक प्रस्ताव पारित गर्नेमात्र एजेण्डा भएकाले अध्यक्ष ओली सहभागी थिए ।

    अध्यादेश प्रकरणपछि थप विवाद चर्किएका बेला प्रचण्ड पक्षले स्थायी कमिटी बैठकबाटै अध्यादेश खारेज गर्न सरकारलाई निर्देशन दिने तयारी गरेको छ ।

    प्रचण्डसँगको करीव एक घण्टाको छलफलमा ओलीले आफूमाथि निकृष्ट ढंगले लगाइएको आरोपपत्र फिर्ता नलिएसम्म छलफल नहुने बताएका थिए ।

    पहिलो अध्यक्ष ओली बैठकमा आउन नमानेपछि बैठकका लागि बालुवाटार पुगेका नेताहरु घाम तापेर बसेका छन् । अध्यक्ष प्रचण्डसहित माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतमबीच अलग्गै कोठामा छलफल भएको छ ।