Tag: स्थगित

  • काठमाडौं महानगरपालिकाको नगरसभा दुई दिनका लागि स्थगित, उपमेयरसँग छलफल जारी

    काठमाडौं महानगरपालिकाको नगरसभा दुई दिनका लागि स्थगित, उपमेयरसँग छलफल जारी

    काठमाडौँ । काठमाडौं महानगरपालिकाले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/२०७९को नीति तथा कार्यक्रममाथिको छलफल आइतबारसम्मका लागि स्थगित भएको छ । असार ३ गते काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नवौँ नगरसभाको पहिलो वैठकमा नीति–तथा कार्यक्रम सार्वजनिक गरेका थिए । त

    र, उपमेयरसहित कांग्रेस निकटका जनप्रतिनिधिले नीति–तथा कार्यक्रमबारे केही अध्ययन गर्न दुई दिनको समय माग गरेपछि प्रमुख शाक्यले आजको छलफलमा दुई दिनका लागि स्थगित गरेको जानकारी दिए ।

    ‘काठमाडौं महानगरपालिकाको नवौँ अधिवेशन हिजोबाट सुरु भयो । हिजोको बैठकमा नेपाली कांग्रेसका तर्फबाट उपमेयरलगायत धेरैजसो सांसदअनुपस्थित भए,’ शाक्यले भने,‘सबैको उपस्थितिमा छलफल गरेर सर्वसम्मत रुपमा नीति–तथा कार्यक्रम पारित गर्ने विगतको परम्परा अनुसार हिजोको बैठक स्थगन गरेर आजलाई राखेका थियौं। मैले हिजो नै उपमेयरलगायत अन्य साथीहरुसँग पनि छलफल गरेँ ।’

    आज बिहान पनि उपमेयरलगायतका नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरुसँग छलफल गरिएको मेयर शाक्यले बताए । उनले भने,‘उहाँहरुले नीति–तथा कार्यक्रम अध्ययन गर्न दुई दिनको समय माग गर्नुभयो । त्यहि अनुसार आज बैठक बसेर आइतबार ११ बजे सभागृहमै नीति–तथा कार्यक्रममाथिको छलफल गर्ने गरी नवौँ अधिवेशन स्थगन गरिएको छ ।’

    प्रमुख शाक्यले असार १० गते बजेट ल्याउनै पर्ने कानुनी बाध्यतालाई समेत ध्यानमा राखेर नेपाली कांग्रेसका तर्फका जनप्रतिनिधिसँग सघन छलफल गरेको पनि स्मरण गराए । ‘विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि सर्वसहमतिले नीति–कार्यक्रम र बजेट पारित गर्ने गरी अघि बढ्छौँ,’ उनले भने, ‘विगतका वर्षमा पनि हामी सर्वसहमतिमा अघि बढेको छौँ । मलाई विश्वास छ । यो वर्ष पनि त्यस्तै हुन्छ । नीति–तथा कार्यक्रममा त्यस्तो असहमति राख्नुपर्ने केही छैन । अझ सघन अध्ययन गरेर जान पाए राम्रो भन्ने उहाँहरुको सझुावलाई सारकात्मक रुपमा लिएको छु ।’

    नगरसभामा पेस भएको नीति तथा कार्यक्रमलाई अझ परिपक्क बनाउन उनीरुबाट गहकिलो सुझाव आउने अपेक्षा लिएको पनि उनले बताए । ‘बजेट पेस गर्ने उपमेयरले नै हो, मैले त्यो विषयमा पनि उहाँहरुलाई जानकारी गराएको छु । बजेट तर्जुमा समितिको संयोजक नै उपमेयर हुने भएकाले त्यो विषयमा उहाँहरु जानकार हुनुहुन्छ भन्ने ठानेको छु,’ शाक्यले थपे ‘ हामी १० गते बजेट पेश गर्छौ । त्यसपछि पनि लामो समय व्यापक छलफल गरेर बजेट पास गर्छौ ।’

    काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रममा १ सय बेडको ‘काठमाडौं महानगर विशेष अस्पताल’ स्थापना गर्ने, विद्युतीय सवारी करमा शतप्रतिशत छुट दिने, कोभिड–१९ को महामारीबाट प्रभावित करदातालाई विशेष छुट÷सहुलियत दिने , महानगरवासीलाई ‘नागरिक स्वास्थ्य विमा कार्यक्रम’, ‘एक वडा एक नमूना विद्यालय कार्यक्रम’ लगायतका कार्यक्रमहरु ल्याएको छ ।

    साथै सहरी स्वाथ्य क्लिनिकबाट विशेषज्ञ चिकित्सकसहितको निशुल्क सेवा पनि ल्याएको महानगरले जानकारी दिएको छ ।

  • कोरोनाले मातातीर्थ मेला नलाग्ने

    कोरोनाले मातातीर्थ मेला नलाग्ने

  • कोरोना संक्रमण बढेपछि बुटवलमा परीक्षा रोक

    कोरोना संक्रमण बढेपछि बुटवलमा परीक्षा रोक

    रुपन्देही । कोरोनाको नयाँ भेरिएन्टको संक्रमण बढ्दै गएपछि बुटवल उपमहानगरले विद्यालयको परीक्षा संचालनमा रोक लगाएको छ । उपमहानगर क्षेत्रभित्रका सम्पूर्ण शैक्षिक संस्थाहरु वैशाख मसान्तसम्मका लागि बन्द गरिएको हो ।

    उपमहानगरले एक सूचना जारी गर्दै पूर्वनिर्धारित परीक्षाहरु समेत वैशाख मसान्तसम्मका लागि स्थगित गर्न भनेको छ । उपमहानगरको निर्णयले कक्षा ८ को पालिका स्तरीय परीक्षा समेत स्थगित गरेको छ ।

    बन्द भएका बिद्यालयहरुले बैकल्पिक माध्यमबाट कक्षा लिनसक्ने नगरपालिकाको सूचनामा उल्लेख छ । उपमहानगरका अभिभावकरुलाई आ-आफ्ना बालबालिकालाई वैकल्पिक माध्यमबाट शिक्षा दिन तथा विद्यालयको नियमित प्रशासनिक कार्यलाई भने निरन्तरता दिन सकिने सूचनामा उल्लेख गरिएको छ ।

  • कांग्रेस सांसदको नाराबाजीपछि प्रतिनिधिसभा बैठक १० मिनेटका लागि स्थगित

    कांग्रेस सांसदको नाराबाजीपछि प्रतिनिधिसभा बैठक १० मिनेटका लागि स्थगित

    काठमाडौं । प्रतिनिधिसभाको बैठक १० मिनेटका लागि स्थगित गरिएको छ ।

    नेपाली कांग्रेसका सांसदहरुले रोष्टम घेरेर नाराबाजी गरेपछि सभामुख अग्नि सापकोटाले १० मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

    सभामुखको निर्देशनमा कानूनमन्त्रीले अध्यादेश सदनमा पेश गरेपछि कांग्रेस सांसदहरुले रोष्टम घेरेर नाराबाजी गरेका थिए ।

    नाराबाजीका बावजुद सो अध्यादेश संसदमा पेश भएको छ ।