Tag: स्टिङ अप्रेसन

  • सर्वोच्चको आदेश : घुस दिएर अनुसन्धान गर्न पाउने अख्तियारको नियमावली नै खारेज

    सर्वोच्चको आदेश : घुस दिएर अनुसन्धान गर्न पाउने अख्तियारको नियमावली नै खारेज

    काठमाडौं । सर्वोच्च अदालतले भ्रष्टाचारका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्ने ‘स्टिङ अप्रेसन’लाई असंवैधानिक ठहर गरेको छ ।

    प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वको संवैधानिक इजलासले घुस दिएर अनुसन्धान गर्न पाउने अख्तियारको नियमावली नै खारेज गरिदएको छ। सर्वोच्चले अख्तियार दुरुपयोग अनुसन्धान आयोग नियमावली, २०५९ को नियम ३० खारेज गरेको हो।

    ‘अतः अख्तियार दुरुपयोग अनुसन्धान आयोग नियमावली, २०५९ को नियम ३० मा रहेको प्रावधान नेपालको संविधानको धारा १३३ को उपधारा (१) बमोजिम आजका मितिले लागू हुने गरी अमान्य र बदर हुने ठहर्छ,’ सर्वोच्चको आदेशमा भनिएको छ।

    के छ अख्तियारको नियमावलीमा ?

    अख्तियारको उक्त नियमालवीमा घुस रिसवतवापत रकम उपलब्ध गराएर अनुसन्धान गर्न पाउने उल्लेख छ।

    नियमावलीमा भनिएको छ, ‘कुनै सार्वजनिक पद धारण गरेको व्यक्तिले घुस रिसवत माग गरेको भनी आयोगमा पर्न आएको उजुरी निवेदनको अनुसन्धानको सिलसिलामा आयोगले आफ्ना कर्मचारी वा उजुरवाला वा अन्य कुनै व्यक्तिमार्फत त्यस्तो सार्वजनिक पद धारण गरेको व्यक्तिलाई घुस/रिसवत वापत रकम उपलब्ध गराउन सक्नेछ ।’

  • पैसा दिएर अख्तियारद्वारा गरिने ‘स्टिङ अप्रेसन’ असंवैधानिक ठहर (आदेशसहित)

    पैसा दिएर अख्तियारद्वारा गरिने ‘स्टिङ अप्रेसन’ असंवैधानिक ठहर (आदेशसहित)

    काठमाडौं। सर्वोच्च अदालतले भ्रष्टाचारका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्ने ‘स्टिङ अप्रेसन’ लाई असंवैधानिक ठहर गरेको छ।

    प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा सम्मिलित संवैधानिक इजलासले सो ठहर गरेको हो ।

    घुसवापतको रकम आफैं उपलब्ध गराएर अख्तियारले गर्दै आएको स्टिङ अप्रेसनले व्यक्तिको स्वतन्त्रता र मर्यादामा आँच पुर्‍याउने र संविधानले सुनिश्चित गरेको मौलिक हकविरुद्ध समेत हुने भन्दै अधिवक्ता विष्णुप्रसाद घिमिरेले २०७४ पुस ९ गते संवैधानिक इजलासमा निवेदन दिएका थिए ।

    घिमिरेले निवेदनमा सो अप्रेसन संविधानले सुनिश्चित गरेको व्यक्तिको गोपनीयता, मर्यादा र स्वतन्त्रताविरुद्ध भएको र आयोगको नियमावलीको नियम ३० मा भएको स्टिङ अप्रेसनको प्रावधान संविधानसँग समेत बाझिएको जिकिर गरेका थिए ।