Tag: स्कुटर

  • टीभीएस एनटोर्क किन्नेको संख्या ५० हजार पुग्यो

    टीभीएस एनटोर्क किन्नेको संख्या ५० हजार पुग्यो

    काठमाडौं । नेपालमा टिभिएसको एनटोर्क स्कुटर किन्नेको संख्या ५० हजार पुगेको छ । टीभिएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले सो तथ्यांक सार्वजनिक गरेको हो ।

    कम्पनीले यही उपलक्ष्यमा सबै एनटर्किएनको निम्ति एक सेलिब्रेसन राइडको आयोजन गर्ने भएको छ । राइड असोज १६ गते नक्सालको टिभियस शोरूमदेखि धुलिखेलको मिराबेल रिसोर्टसम्म हुनेछ ।

    सन् २०१८ मा टीभीएस एनटर्क १२५ पहिलो ब्लुटुथ जडान गरिएको स्कुटरको नेपाल भित्रिएको थियो ।

  • गाडीको ठक्करबाट स्कुटरमा सवार २ जनाको मृत्यु

    गाडीको ठक्करबाट स्कुटरमा सवार २ जनाको मृत्यु

    विराटनगर। पूर्व-पश्चिम राजमार्गअन्तर्गत मोरङको उर्लाबारी सडकमा सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।

    केही बेरअघि पौने ९ बजेतिर विपरित दिशाबाट आएको १-०१-००१ क १०३५ नम्बरको पानी बोकेको गाडीको ठक्करबाट को. ३१ प ५१ नम्बरको स्कुटरलाई ठक्कर दिएर दुर्घटना भएको हो ।

    उर्लाबारी ४ स्थिति भदेमारी सडक खण्डमा भएको दुर्घटनामा परी स्कुटरमा सवार उर्लाबारी- ८ का २३ वर्षीय प्रदीप धामी र २२ वर्षीय सुदीप भुजेलको मृत्यु भएको इलाका प्रहरी कार्यलयका प्रहरी निरीक्षक उद्धव पोखरेलले जानकारी दिए ।

    दुर्घटनामा गम्भीर घाइते भएका दुवैजना उपचारका लागि उर्लाबारीस्थित अरनिको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको थियो ।
    स्कुटरलाई ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।