Tag: सोनिया भट्ट

  • टोकियाे ओलम्पिक: जुडोकी सोनिया पहिलो खेलमै पराजित

    टोकियाे ओलम्पिक: जुडोकी सोनिया पहिलो खेलमै पराजित

    काठमाडौं । जारी टोकियो ओलम्पिकमा आज भएको जुडोको प्रतिस्पर्धामा नेपालकी सोनिया भट्ट पहिलो खेलमै पराजित भएकी छन् । उनी रुसकी प्रतिस्पर्धीसँग खेलको दुई मिनेट ४४ सेकेण्डमै पराजित भइन् ।

    आजकै सुटिङको प्रतिस्पर्धामा कल्पना परियारले पनि पराजय व्यहोर्नुपर्यो । उक्त खेलको स्वर्णपदक चीनले हात पार्यो । कल्पनाले प्रतिस्पर्धामा राष्ट्रिय कीर्तिमान भने कायम गर्न सफल भइन् ।

    महिला १० मिटर एयर राइफल इभेन्टको छनोट चरणमा ६ सय १६.८ स्कोर बनाउँदै उनले राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् । १३ औं दक्षिण एसियाली खेलकुदमा पनि कल्पनाले नै ६ सय १४.५ स्कोरसाथ कीर्तिमान राखेकी थिइन् ।

    जापानको राजधानी टोकियोमा शुक्राबार ग्रीष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिताको औपचारिकरुपमा सुरु भएको हो । उद्घाटन समारोहमा नेपालका तर्फबाट गौरिका सिंहले मार्च पासको नेतृत्व गरेकी थिइन् ।

    ३२ औं संस्करणको ओलम्पिक प्रतियोगिताका केही खेलहरु दुई दिनअघि नै सुरु भएका थिए । सन् २०२० मा नै सम्पन्न हुनुपर्ने ओलम्पिक कोरोना महामारीले गर्दा एक वर्ष पछि सरेको थियो ।

  • जुडोकी सोनियाले टोकियो ओलम्पिक खेल्ने

    जुडोकी सोनियाले टोकियो ओलम्पिक खेल्ने

    काठमाडौं । नेपाली राष्ट्रिय जुडो खेलाडी सोनिया भट्टले टोकियो ओलम्पिकका लागि वाइल्डकार्ड प्राप्त गरेकी छन् । सन् २०१९ को डिसेम्बरमा नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुदमा कास्य पदक जितेकी सोनियाले विश्व जुडो च्याम्पियनसिपमा एक बाउट पनि जितेकी थिइन् ।

    नेपालबाट विश्व च्याम्पिपयनसिपमा एक बाउट जित्ने पहिलो खेलाडीसमेत रहेकी सोनियाले जुलाई २३ देखि अगस्ट ८ सम्म हुने टोकियोमा ओलम्पिकमा सहभागी हुने निश्चित भएको नेपाल ओलम्पिक कमिटीले जानकारी दिएको छ ।

    सोनियाको सहभागिता निश्चित भएसँगै नेपालबाट पाँच जनाले ओलम्पिक खेल्ने भएका छन् । यसअघि नै सुटिङकी कल्पना परियार, पौडीका गौरिका सिंह र एलेक्स साह र म्याराथनका गोपिचन्द्र पार्कीले ओलम्पिक खेल्ने तयारी भइसकेको छ ।